• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

बहुप्रतिक्षित बन्दै हुन्डाईको माइक्रो एसयूभी, सेन्ट्रोभन्दा महंगो हुने

  • २८ जेष्ठ २०७७, बुधबार ०९:२० मा प्रकाशित
  • काठमाडौं । हुन्डाईले माइक्रो एसयूभी ‘एएक्स’ निर्माण गर्न सुरु गरेको विषयलाई गतवर्ष हुन्डाई इन्डियाका तत्कालीन एमडी तथा सीइओ वाई के कुले जानकारी दिएका थिए । तर, त्यसपछि उक्त माइक्रो एसयूभी कस्तो हुने तथा कहिलेबाट बजारमा आउने भन्ने विषयमा केही जानकारी बाहिर आएको थिएन ।
    अब भने दक्षिण कोरियाली पत्रिका ‘डिजिटल टाइम्स’ले हुन्डाईको माइक्रो एसयूभी प्रोजेक्ट अगाडि बढेको उल्लेख गरेको छ । बजारमा आएसँगै हुन्डाईको यो सबैभन्दा सस्तो माइक्रो एसयूभी हुनेछ ।
    कम्पनीले बनाउन लागेको उक्त माइक्रो एसयूभी भारतीय बजारलाई केन्द्रमा राखेर निर्माण सुरु गरिएको छ भने भारतपछि कोरिया, ब्राजिल, नेपाल जस्ता देशमा बिक्री वितरण गर्ने अनुमान गरिएको छ । यसलाई कम्पनीले ग्वान्झु सहरमा रहेको आफ्नो नयाँ प्लान्टमा उत्पादन गरिरहेको डिजिटल टाइम्सले दाबी गरेको छ ।
    यसलाई कम्पनीले नयाँ जेनेरेशन सेन्ट्रोको के१ प्ल्याटफर्ममा निर्माण गर्ने अनुमान गरिएको छ । उक्त ग्वान्झु प्लान्टबाट वार्षिक ७० हजार यूनिट माइक्रो एसयूभी उत्पादन हुने अनुमान गरिएको छ ।
    कम्पनीले एएक्स कोड नेममा उत्पादन गरिरहेको उक्त माइक्रो एसयूभीमा १.० लिटर टर्बो इन्जिनमा ल्याउने छ । यसलाई पहिलो पटक भने भारतीय बजारमा नै सार्वजनिक गर्ने कम्पनीको तयारी रहेको जनाइएको छ ।
    नयाँ एएक्स माइक्रो एसयूभीले भारतीय बजारमा रेनो क्वीड, मारुती सुजुकी एस–प्रेसो, टाटा हर्नविलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
    कम्पनीको यो मोडल सेन्ट्रो र ग्रान्ड आई १० को बीचको मोडल हुनेछ । यसलाई २०२० को अन्त्य वा २०२१ को पहिलो क्वाटमार बजारमा उतार्ने अनुमान गरिएको छ ।

    Posted in अर्थLeave a Comment on बहुप्रतिक्षित बन्दै हुन्डाईको माइक्रो एसयूभी, सेन्ट्रोभन्दा महंगो हुने

    उडानको तयारीमा लाग्यो बुध्द एयर, भाडा घट्यो (भाडादरसहित)

  • २८ जेष्ठ २०७७, बुधबार ०२:२३ मा प्रकाशित
  • हवाइ इन्धनको मूल्य घट्नुका साथै सरकारले बजेटमार्फत अतिरिक्त कर पनि १० हटाइएपछि बुध्द एयरले सोही अनुसार फ्यूल चार्ज घटाएको छ । जसअनुसार हवाई दुरी अनुसार नेपाली यात्रुको हकमा अधिकतममा रु ११०५ देखि न्यूनतममा रु २२५ सम्म भाडा घटेको बुद्ध एयरले जनाएको छ । 

    बुध्द एयरले लकडाउनपछि उडानका लागि व्यापक तयारी गरिरहेको जनाएको छ । लकडाउनमा केही जहाज उडेता पनि तिनीहरुको नियमित मर्मतसम्भार तथा परीक्षणहरु गरि नै रहेको एयरलाइन्सले जनाएको छ ।

    कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको गाईडलाइन अनुसार ‘सुरक्षा निर्देशिका’ पनि ल्याईसकेको एयरलाइन्सले जनाएको छ । सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी, जहाजहरुको विशेष सरसफाई, र्याम्प बस, कार्गो, ट्रली, विभिन्न काउण्टर तथा कार्यस्थललाई कसरी सुरक्षित राख्ने विस्तृतमा उल्लेख रहेको छ ।
    सुरक्षा निर्देशिका अनुसार आफ्ना कर्मचारीहरुलाई आउने सातादेखि तालिम प्रदान गर्ने बुध्द एयरले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरि आउने साताको अन्त्यसम्म सोही अनुसार अभ्यास गर्ने पनि जनाएको छ । यस अभ्यासले यात्रु तथा कर्मचारीको सुरक्षामा विशेष भूमिका खेल्ने उसको विज्ञप्तिमा उल्लेख छ ।
    नयाँ भाडादर


    Posted in अर्थ, मुख्य खबरLeave a Comment on उडानको तयारीमा लाग्यो बुध्द एयर, भाडा घट्यो (भाडादरसहित)

    सिन्धुपाल्चोकमा मेसिनबाट पहिलो पटक मकै रोपियो

  • २३ जेष्ठ २०७७, शुक्रबार १२:१३ मा प्रकाशित
  • सुशील सुबेदी

    -इन्द्रावती गाउँपालिकामा पहिलोपटक मेसिनबाट मकै रोपिएको छ । इन्द्रावती(१० को ठूलीटारमा जिल्लामै पहिलो पटक ‘सिड कम फर्टिलाईजर ड्रिल’ प्रविधि मार्फत मकै रोपिएको हो । ठूलीटारका सामुहिक खेतीका लागि सुरुमा किसानको जग्गालाई ठूलो ट्याक्टरले सम्याइएको थियो । सो ठाउँमा आज मेसिनको प्रयोग गरेर मकै रोपिएको हो । मेसिनले मकै र मल एकैचोटि सामान दुरीमा हाल्ने गर्दछ । जसको कारण समय र मजदुरको समेत आर्थिकभार किसानलाई कम पर्दछ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको समन्वयमा ठूलीटारमा सो प्रविधिमार्फत सामूहिक मकै खेती सुरु गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

    ठूलीटारमा तीन सय रोपनीमा मकैखेती गर्ने गाउँपालिकाको योजना भएतापनि १ सय ५० रोपनीमा मात्रै मकैबाली लगाइएको गाउँपालिकाका कृषि प्रमुख नवराज उपाध्यायले जानकारी दिनुभयो । मुल बिउँ अभावका कारण भनेजति ठाउँमा मकैैबाली लगाउन नसकिएको उनले बताउनुभयो। सामुहिक मकै खेतीबाट मकैको मूल बिउँ उत्पादन गर्ने गाउँपालिकाको लक्ष्य छ ।

    गाउँपालिकाले १ सय ५० रोपनीमा लगाइएको मकैबालीबाट १५ सय टन मकैको बिउँ उत्पादन गर्ने लक्ष्य राखेको कृषि प्रमुख उपाध्यायले बताउनुभयो । उक्त उत्पादित बिउँ गाउँपालिका तथा मकै जोन कार्यक्रमले किनेर किसानलाई उक्त बिउँ बराबरको पैसा दिनेछ । यो सामुहिक खेतीका लागि प्रदेशबाट समेत ठूलीटारमा बजेट परेको थियो ।

    Posted in अर्थ, समाजLeave a Comment on सिन्धुपाल्चोकमा मेसिनबाट पहिलो पटक मकै रोपियो

    लकडाउनको अन्त्यसँगै मोटरसाइकल कम्पनीले ल्याउदै छन् भारी अफरै-अफर

  • २२ जेष्ठ २०७७, बिहीबार २१:१९ मा प्रकाशित
  • काठमाडौं । कोभिड १९ को संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरेको ७० दिन वितिसकेको छ । लामोसमय लकडाउनमा बस्नु पर्दा सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प छन् । यस्तोमा मोटरसाइकल बिक्रेता कम्पनीहरु लकडाउन सकिएपछि नयाँ अफर योजना सहित आफ्नो शोरुमहरु खोल्ने तयारीमा जुटेका छन् ।

    नेपालमा दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने लिडिङ कम्पनीको रुपमा रहेको होन्डाले नयाँ योजना अगाडि ल्याएर अन्य कम्पनीहरुलाई दबाबमा ल्याइदिएको छ । होन्डाले विभिन्न ४ अफर ग्राहकलाई गरेको छ । उसले एक रुपैयाँ मासिक किस्ता, एक रुपैयाँ डाउन पेमेन्ट र एक प्रतिशतसम्म व्याज जस्ता अफर ग्राहकलाई दिएको हो ।

    यस्तोमा अन्य कम्पनीले पनि आफ्ना योजना बनाउदै गरेको जनाएका छन् । मोटरसाइकल बिक्री गर्ने कम्पनीमा अग्रणी रहेको बजाज, यामाहा, टिभीएस, हिरो र सुजुकी जस्ता कम्पनीले कस्तो अफर ल्याउने भनेर आन्तरिक छलफल गरिरहेको जानकारी दिएका छन् ।

    ‘अहिले सरकारले लकडाउन लम्ब्याएको छ । आगामी जेठ ३२ गतेसम्म नै लकडाउन हुने हुँदा तत्काल घोषणा गरेर कुनै फाइदा हुँदैन । पहिला लकडाउन सकियोस्, त्यसपछि राम्रो अफर दिने तयारीमा छौं’, हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ प्रालिका चेयरम्यान अभिक ज्योतिले मेरोअटोसँग भने ।

    यस्तै भनाई यामाहा, बजाज, टिभीएस लगायतका कम्पनीहरुको रहेको छ । यस्तोमा यी सबै कम्पनीले ग्राहकलाई लोभ्याउने योजना अगाडि सार्नेमा दुईमत छैन । तर, कुन कम्पनीले कस्तो अफर ल्याउँछ भन्ने थाहापाउन भने केही दिन कुर्न पर्ने भएको छ । मेरोअटो.कम.

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on लकडाउनको अन्त्यसँगै मोटरसाइकल कम्पनीले ल्याउदै छन् भारी अफरै-अफर

    मोटरसाइकलमा बजेटको कस्तो प्रभाव, मूल्य नबढ्ने

  • १६ जेष्ठ २०७७, शुक्रबार १४:३८ मा प्रकाशित
  • काठमाडाैं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेका आर्थिक बर्ष २०७७/७८ को बजेटले दुई पाङ्ग्रे सावारी साधनमा कुनै पनि प्रकारको कर वृद्धि गरेको छैन ।

    आर्थिक वर्ष २०७७/७८को बजेटले दुई पाङ्ग्रे सवारीसाधनमा कुनै कर वृद्धि नभएले यो क्षेत्रले राहत महशुस गरेको छ । कोरोनाका कारण अहिले सम्पुर्ण क्षेत्रमा संकट आइरहेको अबस्था छ । नेपालमा सबै प्रकारका सवारीसाधनको बिक्री ठप्प रहेको छ । लकडाउन पश्चात दुई पाङ्ग्रे सवारीसाधनको बिक्री बढ्ने अनुमान गरिएको छ ।

    यस्तोमा सरकारले कुनै पनि प्रकारको कर थप नगरे पश्चात अझै दुई पाग्रेको बजार अझै बढ्ने देखिन्छ । अहिले सबै किसिमका इन्जिन भएका मोटरसाइकलमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ ।

    अन्तःशुल्क भने १५५ सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत, १५५ सीसीमाथि २५० सीसीसम्मका बाइकमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ ।

    त्यसैगरि, २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ भने ५०० देखि ८०० सीसीसम्मको बाइकमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । ८०० सीसीभन्दा माथिका सम्पूर्ण बाइकमा १०० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

    सरकारले उक्त बजेटबाटै सडक दस्तुर पनि निकै बढाएको थियो । अहिले १५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नु पर्छ । त्यस्तै १५५ सीसीभन्दा माथि २५० सीसीसम्मका बाइकले १८ हजार र २५० देखि ४०० सीसीसम्मका बाइकले ५० हजार सडक दस्तुर तिर्नु पर्ने व्यवस्था रहेको छ ।

    ४०१ सीसीभन्दा माथिका बाइकले सडक दस्तुर नै एकमुष्ट २ लाख रुपैयाँ तिर्नु पर्छ । भ्याट रकम वापत सबै किसिमका मोटरसाइकलले १३ प्रतिशत तिर्नु पर्ने हुन्छ । भारतबात एलसी खोलेर मगाईएका मोटरसाइकलको हकमा ३० प्रतिशत भन्सार शुल्कको १‍.५ प्रतिशत रकम छुट पाउदै आएका छन् ।
    Meroauto

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on मोटरसाइकलमा बजेटको कस्तो प्रभाव, मूल्य नबढ्ने

    १४ लाख ७९ हजारदेखि २५ लाखभन्दा कम मूल्यमा पाइने एउटै ब्राण्डका ७ कार

  • १४ जेष्ठ २०७७, बुधबार ००:५० मा प्रकाशित

    काठमाडौं । नेपालमा सानो कार किनेर चढ्ने सपना देख्नु धेरै मुस्किलको विषय हो । अन्तर्राष्ट्रिय बजारमा कार चढ्नु सामान्य मानिएपनि नेपालमा निकै कठिन मानिन्छ ।

    नेपालमा मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले आफ्ना ७ मोडलका विभिन्न भेरियन्टका कारलाई २५ लाखभन्दा कम मूल्यमा बिक्री गर्दै आएको छ ।

    विभिन्न संघ-संस्थाको सर्वाधिक रोजाइमा पर्ने ८ सिट क्षमताको ओम्नी भ्यान कम्पनीले बिक्री गर्ने सबैभन्दा सस्तो गाडी हो । यसको मूल्य १४ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

    अहिले नेपालमा सबैभन्दा कम मूल्यमा पाउन सकिने कार मारुती सुजुकी अल्टो हो । मारुती सुजुकीले अल्टोको तीन भेरियन्ट नेपाली बजारमा बिक्री गर्दै आएको छ । अल्टो स्टायडर्ड मोडलको मूल्य १८ लाख ९९ हजार रुपैयाँ रहेको छ भने एलएक्सआई भेरियन्टको २० लाख ९९ हजार र भीएक्सआई भेरियन्टको २२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

    यसका अलावा मारुती सुजुकी एसप्रेसोका तीन भेरियन्टको मूल्य २५ लाखभन्दा कम रहेको छ । एसप्रेसो स्टायडर्ड भेरियन्टको मूल्य २२ लाख ९९ हजार, एलएक्सआई भेरियन्टको २३ लाख ९९ हजार र भीएक्सआई भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

    त्यसैगरि मारुती सुजुकीको अल्टो के १० भीएक्सआई मोडल पनि कम्पनीले २५ लाखभन्दा कम मूल्य राखेर बिक्री गर्दै आएको मोडल हो । यसको भीएक्सआई भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले २२ लाख ८९ हजार मूल्य राखेर कम्पनीले बिक्री गर्दै आएको छ ।

    मारुती सुजुकी सेलेरियो पनि २५ लाखभन्दा कम मूल्य राखेर बिक्री हुँदै आएको मोडल हो । कम्पनीले यसको भीएक्सआई भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

    मारुती सुजुकीले नेपालमा बिक्री गर्ने वागेनआरको भीएक्सआई अप्सनल मोडलको मूल्यपनि २५ लाखभन्दा कम रहेको छ । कम्पनीले वागेनआरको भीएक्सआई अप्सनलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

    कम्पनीले बिक्री गर्ने अर्को मोडल ७ सिट क्षमताको इको स्टायडर्डको मूल्य २२ लाख ३९ हजार र इको ५ सिटरको मूल्य २२ लाख ४९ हजार रुपैयाँ राखेर बिक्री गर्दै आएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on १४ लाख ७९ हजारदेखि २५ लाखभन्दा कम मूल्यमा पाइने एउटै ब्राण्डका ७ कार

    स्काभेटर आगजनी गरेको आरोपमा दुइजनालाई पक्राउ

  • १२ जेष्ठ २०७७, सोमबार १४:४५ मा प्रकाशित

    तुलसीपुर,
    १२ – वैशाख / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ माथिल्लो हलवार स्थित ग्वारखोलामा आईतबार विहान जेसीवीमा आगजनी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।
    प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर ४ बस्ने ४७ बर्षीय लोकमणी आचार्य र वडा नं. १९ निवासी ३९ बर्षीय कृष्ण थापालाई पक्राउ गरिएको हो ।
    ग्वारखोलामा पार्किङ गरी राखीएको अनटेष्ट जेसीवीमा आगजनी हुँदा जेसीवी जलेर काम नलाग्ने भएको छ । तुलसीपुर ४ रक्षाचौर कृष्ण बहादुर खड्काको जेसीवी माथी आगजनी गरिएको थियो र आगजनी गर्नु को उदेश्य भने अनुसन्धान कै बिषय रहेको प्रहरीले जनायको छ !

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on स्काभेटर आगजनी गरेको आरोपमा दुइजनालाई पक्राउ

    पूर्वराजाको चित्र भएको नोट अब नचल्ने, नोटमा स्टिच लगाउन पनि रोक

  • १२ जेष्ठ २०७७, सोमबार ००:२५ मा प्रकाशित


    काठमाडौं । नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएको छ । ४ वर्ष अघि ल्याइएको सफा नोट नीतिलाई लागु गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सफा नोटहरु मात्रै बजारमा पठाउन पाउनेगरी नयाँ ब्यवस्था गरेको हो । 

    राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंकहरुले झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेको, पूर्व राजाको तस्वीर भएको चित्रलाई समेत चलनचल्तीका लागि अयोग्य हुने जनाएको छ ।
     
    बैंकहरुले आफूसँग प्राप्त हुन आएको रकमलाई मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा छुट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । 

    त्यस्तो क्लिप गर्ने बैंकका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ । 

    रातो क्लिप भएका नोटलाई बजारमा पठाउन पाइने छैन । यस्तो नोटलाई राष्ट्र बैंकमा खाता भएकाले राष्ट्र बैंकमा र राष्ट्र बैंकमा खाता नभएका वित्तीय संस्थाले आफ्नो खाता भएको बैंकमा त्यस्तो नोट बुझाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । 
    राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब नोटमा बैंकहरुले स्टिच गर्न पाउँने छैनन् । रबर, प्लाष्टिक रबर र पेपर बैण्डको प्रयोग गर्न भने पाइने व्यवस्था गरेको छ । 
    बजारमा पठाउन योग्य नोटलाई अनिवार्य रुपमा संक्रमण हित बनाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै नोट राख्ने दराज, भल्ट, फर्निचर वा नोट ओसारपसार गर्ने सामाग्री पनि सफा हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on पूर्वराजाको चित्र भएको नोट अब नचल्ने, नोटमा स्टिच लगाउन पनि रोक

    कतार सरकारद्वारा एनआरएनएलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यन्न सहयोग

  • ९ जेष्ठ २०७७, शुक्रबार २०:१६ मा प्रकाशित
  • चिरण शर्मा

    लन्डन । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यन्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यन्न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सकृयतामा  नेपाली श्रमिकलाई वितरण भइरहेको बताए ।

    गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको हो । 

    कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले  हिजो विहीवार प्रकाशित गरेको सूचना अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ४५ जनामा जाँच गर्दा थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको संघको कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले जनाएका छन् ।  ६ सय ८८ जना निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको मुक्तदाले बताए ।

    यसअघि संघका बिभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका थिए । कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेका थिए ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कतार सरकारद्वारा एनआरएनएलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यन्न सहयोग

    एनआरएनए एलसिसि खोबार द्वारा CWEAF Nepal लाई आर्थिक सहयोग

  • २ जेष्ठ २०७७, शुक्रबार २०:४३ मा प्रकाशित
  • काठ्माण्डौँ| गैर आवसिय नेपाली संघ अल-खोबार स्थानिय समन्वय समिति साउदी अरबले काठ्माण्डौँ जोरपाटी स्थित रहेको बालिका महिला तथा शिक्षा फाउन्डेशन नेपाललाई रू. ३०,०००/- (रू. तिस हजार) आर्थिक सहयोग प्रदान गरेको छ।नेपालको विभिन्न जिल्ला बाट आएका असाहय बालबालिकाहरूलाई फाउन्डेशनले आश्रय दिँदै आएको छ।


    विश्व व्यापी कोभिड-१९ को महामारीका कारण नेपाल सहित विश्वका अधिकांश देशहरू पूर्ण वा आंशिक लकडाउनको अवस्थामा रहेको समयमा फाउन्डेशनको मातहदमा रहेका बालबालिकाका लागी मानविय आधारभूत सामग्री खरिदार्थ उक्त आर्थिक सहयोग गरेको एनआरएनए एलसिसि खोबारका अध्यक्ष विष्णु भण्डारीले हिमालयन दृष्टिलाई बताए।भण्डारीका अनुसार कार्यसमितिका पदाधिकारीहरू द्वारा स्वेच्छाले आर्थिक संकलन गरी फाउन्डेशनलाई बैंकिंग माध्यम द्वारा हस्तान्तरण गरिएको हो।


    “CWEAF नेपाल”ले विगत दश वर्ष देखि नेपालका विभिन्न जिल्ला बाट आएका असाहय बालबालिकाहरूलाई संरक्षण दिँदै उनिहरुलाई शिक्षा, खेलकुद तथा विभिन्न किसिम को तालिम दिंदै निरन्तर  मानवीय काम गर्दै आईरहेको छ।

    Posted in अर्थ, समाजLeave a Comment on एनआरएनए एलसिसि खोबार द्वारा CWEAF Nepal लाई आर्थिक सहयोग

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P