स्काभेटर आगजनी गरेको आरोपमा दुइजनालाई पक्राउ

  • १२ जेष्ठ २०७७, सोमबार १४:४५ मा प्रकाशित
  • तुलसीपुर,
    १२ – वैशाख / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ माथिल्लो हलवार स्थित ग्वारखोलामा आईतबार विहान जेसीवीमा आगजनी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।
    प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर ४ बस्ने ४७ बर्षीय लोकमणी आचार्य र वडा नं. १९ निवासी ३९ बर्षीय कृष्ण थापालाई पक्राउ गरिएको हो ।
    ग्वारखोलामा पार्किङ गरी राखीएको अनटेष्ट जेसीवीमा आगजनी हुँदा जेसीवी जलेर काम नलाग्ने भएको छ । तुलसीपुर ४ रक्षाचौर कृष्ण बहादुर खड्काको जेसीवी माथी आगजनी गरिएको थियो र आगजनी गर्नु को उदेश्य भने अनुसन्धान कै बिषय रहेको प्रहरीले जनायको छ !

    Leave a Reply