• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

अमेरिकी डलर झन् कमजोर, यस्तो छ विनिमयदर

  • २५ भाद्र २०७८, शुक्रबार १२:४९ मा प्रकाशित

  • नेपालमा आज (शुक्रबार) अमेरिकी डलर थप कमजोर भएको छ ।
    औषतमा १२० रुपैयाँ हाराहारी रहेको अमेरिकी मुद्राको खरिददर आज ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको छ । हिजो (बिहीबार) यो मुद्राको खरिददर ११७.४७ र बिक्रीदर ११८.७ रुपैयाँ तोकिएको थियो ।
    नेपाल राष्ट्र बैंकले आज एक युरोको खरिददर १३८.८२ र बिक्रीदर १३९.५३ रुपैयाँ, बेलायती पाउण्डको खरिददर १६२.०५ र बिक्रीदर १६२.८ रुपैयाँ तोकेको छ ।
    एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिददर ८७.३३ र बिक्रीदर ८७.७ रुपैयाँ तथा १० जापानी येनको खरिददर १०.६७ बिक्रीदर १०.७३ रुपैयाँ तोकिएको छ ।
    यस्तै, साउदी अरेबियन रियालको खरिददर ३१.३२ रुपैयाँ तथा बिक्रीदर ३१.४८ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।
    यस्तै, कतारी रियालको खरिददर ३२.२१ र बिक्रीदर ३२.३७ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामका खरिददर ३१.९४ र बिक्रीदर ३२.१० रुपैयाँ तथा मलेसियन रिंगटको खरिददर २८.२८ र बिक्रीदर २८.४३ रुपैयाँ कायम भएको छ ।
    यसैगरी, १०० कोरियन वनको खरिददर १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ, हङकङ डलरको खरिददर १५.०८ रुपैयाँ तोकिँदा बिक्रीदर १५.१६ रुपैयाँमा भइरहेको बैंकले जानकारी दिएको छ ।

    Posted in अर्थLeave a Comment on अमेरिकी डलर झन् कमजोर, यस्तो छ विनिमयदर

    शेयर बजारमा झिनो सुधार, कसले कमाए ? कसले गुमाए ?

  • १६ भाद्र २०७८, बुधबार १९:१० मा प्रकाशित
  • १६ भदौ, काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने झिनो अंकले सुधार भएको छ । बुधबार नेप्से परिसूचक १ दशमलव १८ अंक्ले बढेर २ हजार ९ सय ७७ दशमलव ०२ अंकमा पुगेर रोकिएको छ ।
    नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले बढेको छ । उता कारोबार रकममा भने गिरावट आएको छ । मंगलबारको तुलनामा ४ अर्ब हाराहारीमा कारोबार रकम घटेको छ ।
    दिनभर भएका १ लाख ४ हजार २३४ कारोबारबाड १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैयाँमा रोकिएको छ ।
    मंगबालर १३ अर्ब भन्दा माथिको शेयर कारोबार भएको थियो ।
    यी हुन् धेरै कमाउने र गुमाउने कम्पनीहरु :

    Posted in अर्थLeave a Comment on शेयर बजारमा झिनो सुधार, कसले कमाए ? कसले गुमाए ?

    ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’

  • १५ भाद्र २०७८, मंगलवार ००:२२ मा प्रकाशित
  • ५ वर्षपछि ‘नक्कली सुन’ भनेपछि महालक्ष्मी विकास बैंकविरुद्ध उजुरी

    महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् ।

    कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ रातोपाटीसँग कुरा गर्दै विष्णु महर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर,अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’

    धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर गरेकी छिन् ।

    २०७२ चैतमा आफ्ना ३५ थान सुनका गहना जाँच गरेर नै बैंकले ऋण दिएको महर्जनले बताइन् । ०७८ भदौ ९ मा ऋण चुक्ता गरेपछि उनी आफ्नो सुन फिर्ता माग्न गएकी थिइन् ।

    महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी गरेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको छ । छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका छन् । ‘सुन फिर्ता गर्छौँ’ भनेर प्रहरीकहाँ भनेपनि आफूलाई बैंकले अझै सुन नदिएको महर्जनले बताएकी छिन् ।

    ‘जाँचेर राखेको सुन ५ वर्षपछि नक्कली भएको हो र ?’ भन्ने रातोपाटीको प्रश्नमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने, ‘यो बैंक र ऋणीको आन्तरिक कुरा हो,त्यस्तो केही छैन उहाँ (विष्णु महर्जन)ले यसबारे जान्नुभएको छ ।’

    सीईओ देवकोटाले २०७२ मा धितो स्वीकार गर्दा सुन जाँचेर लिएको स्वीकार गरेका छन् । सुन फिर्ता नगरेकोबारे देवकोटा भन्छन्, ‘त्यहाँ धेरै कुराहरु छन् ।’
    ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’

    ५ वर्षपछि ‘नक्कली सुन’ भनेपछि महालक्ष्मी विकास बैंकविरुद्ध उजुरी

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’

    अक्षय कुमारको ‘बेलबटम’लाई साउदी, कुवेत र कतारमा प्रतिबन्ध

  • ९ भाद्र २०७८, बुधबार ०९:१७ मा प्रकाशित
  • , काठमाडौं । भारतीय अभिनेता अक्षय कुमारले अभिनय गरेको ‘बेल बटम’लाई साउदी अरेबिया, कुवेत र कतारले प्रतिबन्ध लगाएका छन् । ऐतिहासिक तथ्यलाई तोडमोड गरेर देखाएको भन्दै तीन मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएका हुन् ।

    फिल्मले समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा साउदी, कुवेत र कतारले भने यसमाथि प्रतिबन्धको निर्णय गरेका हुन् । समाचारमा जनाइएअनुसार यो फिल्ममा सन् १९८० को दशकमा भएको विमान अपहरणको घटनालाई देखाउने प्रयास गरिएको छ । फिल्ममा अपहरणकारीले विमानलाई पाकिस्तानको लाहोरबाट कुवेत लगेको देखाइएको छ ।

    वास्तविकतामा भने उक्त विमानलाई यूएईका रक्षामन्त्री शेख मोहम्मद बिन रासिद अल माक्टुमले व्यक्तिगत रुपमा यो घटनालाई सम्हालेका थिए । साथै यूएईको प्रशासनले नै अपहरणकारीलाई पक्राउ गरेको थियो । यही कारण खाडी मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएको हुनसक्ने समाचारमा उल्लेख छ ।

    ‘बेल बटम’मा भानी कपुर, लारा दत्त, हुमा कुरेसी, अदिल हुसेनलगायतका कलाकारले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।

    एजेन्सीहरुको सहयोगमा

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on अक्षय कुमारको ‘बेलबटम’लाई साउदी, कुवेत र कतारमा प्रतिबन्ध

    किन घट्यो प्राधिकरणको बिजुली उत्पादन ?

  • ४ भाद्र २०७८, शुक्रबार १८:५७ मा प्रकाशित

  • काठमाडौँ- गत आव २०७७/७८ मा विद्युत् प्राधिकरणको २१ करोड युनिट बिजुली उत्पादनमा कमी आएको छ । प्राधिकरणको औसत बिक्री मूल्य प्रतियुनिट ९ रुपैयाँ ६३ पैसाका हिसाबले गत वर्ष कम बिजुली उत्पादन भएको कारण मात्र उसलाई दुई अर्ब दुई करोड रुपैयाँ घाटा लाग्न पुग्यो ।

    प्राधिकरणको नाफा ६९. ९४ प्रतिशतले कमी आई तीन अर्ब ५१ करोड रुपैयाँ मात्र भयो । जबकि आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणको खुद मुनाफा ११ अर्ब ६८ करोड रुपैयाँ थियो । प्राधिकरणले दुई वटा ठूला विद्युत्‌गृह माथिल्लो त्रिशुली थ्री ए (६० मेगावाट) र चमेलिया (३० मेगावाट) को आवधिक मर्मत वर्षायाममा गरिदिनाले ठूलो परिमाणको बिजुली उत्पादन हुन पाएन ।

    प्राधिकरणले खोलामा पानी कम रहेको समय अर्थात् सुख्खायाममा विद्युत्‌गृह मर्मत गर्दै आएकोमा गत वर्ष वर्षायाममा गर्‍यो । अझै पनि चमेलियाको एउटा युनिट मर्मत भइरहेको छ भने माथिल्लो त्रिशुली थ्री ए को पनि ठेक्का सम्झौताअनुसार मर्मत गर्ने जिम्मा आगामी २१ सेप्टेम्बरसम्म ठेकेदारकै छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीले मर्स्याङ्दीको एउटा टावर बगाएपछि त्यसलाई मर्मत गर्न १६ दिन लाग्यो ।

    प्राधिकरणले यस्तै टावर ढल्दा वा बगाउँदा अर्काे टावर ठड्याउन महिनौं लाग्‍ने र करोडौं रुपैयाँको बिजुली नाश हुन्छ भनेर १० वटा आकस्मिक टावर (इआरएस) क्यानाडाबाट टेण्डर गरेर आयात गरेको थियो । ‘इआरएस खडा गर्न बढीमा तीन दिन लाग्छ,’ घिसिङले शुक्रबार इकागजसँग भने, ‘त्यो नगरी १६ दिन लगाएर अर्काे टावर खडा गरियो, यसबाट मध्य मर्स्याङ्दीको बिजुली प्रसारण गर्न नपाएर प्राधिकरणलाई दिनको दुई करोड घाटा पर्‍यो ।’

    ती १० वटा इआरसी टावरले ५० करोड रुपैयाँ उठाइसकेको छ । घिसिङले नै आफ्‍नो पहिलो कार्यकालमा ती टावरको बन्दोबस्त गरी सम्भावित क्षति रोकेका थिए । तर अघिल्ला कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो टावर राखेर अन्तरिम व्यवस्था गर्नेतिर ध्यान दिन सकेनन् र उनलाई यस्तो सल्लाह अरुले पनि दिएनन् ।

    घिसिङका अनुसार अर्काे माथिल्लो त्रिशुली थ्री एको पनि एक महिना पूरा हुने मर्मत तीन महिना लाग्दा बिजुली उत्पादन हुन पाएन । ‘यो आयोजनाबाट दैनिक डेढ करोड रुपैयाँ घाटा पर्‍यो,’ घिसिङले भने ।

    प्राधिकरणले चमेलिया पनि वर्षायामै मर्मत गर्नुपरेका कारण धेरै बिजुली नाश हुन पुग्यो । ‘धेरै बिजुली उत्पादन हुने बेलामा विद्युत्‌गृह बन्द भएपछि उत्पादन ठप्प त हुने नै भयो,’ उनले भने ।

    यता प्राधिकरणको उत्पादन निर्देशनालयका तत्कालीन उपकार्यकारी निर्देशक मदन तिम्सिना इआरसी टावर नराखिएको स्वीकार गर्छन् । उनका अनुसार समय र परिस्थितिले गर्दा वर्षायाममा विद्युत् गृह मर्मत गर्न बाध्य भएको हो ।

    प्राधिकरण व्यवस्थापन र भार प्रेषण केन्द्रले विद्युत् गृह बन्द गर्ने अनुमति नदिंदा हिउँदयाममा विद्युत्‌गृह मर्मत हुन नपाएको तिम्सिनाले बताए । माथिल्लो त्रिशुली थ्री एको हकमा भने ठेकेदारको ‘डिफेक्ट ल्याबलिटी पिरियड’ (तोकिएको अवधिभित्र कुनै गडबडी आएमा ठेकेदारले नै बनाउनुपर्ने अवधि) मा ठेकेदार आफैले र उसले चाहेको समयमा मर्मत गरिदिएकाले वर्षायाम पुगेको तिम्सिना बताउँछन् । ‘माथिल्लो त्रिशुली थ्री एमा धेरै क्षति थियो,’ तिम्सिनाले शुक्रबार इकागजसँग भने, ‘उसकै लागतमा उसले बनाएको हो, हामीले यसो गर उसो गर भन्‍न मिलेन, हाम्रो जिम्मामा भएको भए धेरै चाँडो मर्मत हुन्थ्यो ।’

    ठेकेदार सीजीजीसीले डेढ महिनामा मर्मत गरिसक्नुपर्नेमा तीन महिना लगाइदिएको छ । यसबाट दैनिक डेढ करोड रुपैयाँ प्राधिकरणलाई घाटा पर्न गयो । चमेलियाको एउटा युनिट अझै मर्मत भइरहेको छ । तिम्सिनाले हिउँदयाममा विद्युत्‌गृह बन्द गर्ने अनुमति नपाएकाले वर्षायाममा पुग्नु परेको बताए । ‘अहिले मर्मत नगरेको भए जे पनि हुन सक्ने अवस्था थियो,’ उनले भने, ‘कोही व्यक्ति बिरामी पर्‍यो भने तत्काल उपचार नगरे मर्छ भनेजस्तै हो ।’

    तिम्सिनाले अर्काे बचाउ पनि गरे । यसपालि हिउँदयाममा वर्षा नभएकाले खोलामा जलस्तरमा निकै कमी आयो । त्यसमाथि गत हिउँदमा ऊर्जाको माग पनि अत्यधिक बढ्यो । अघिल्लो वर्ष २०७६ सालको हिउँदमा २५० प्रतिशत वर्षा (कूल) भएको थियो भने गत हिउँदमा २५ प्रतिशत मात्र वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ ।

    यसैको उदाहरण दिँदै तिम्सिना भन्छन्, ‘अघिल्लो वर्ष माथिल्लो त्रिशुली थ्री एले चरम सुख्खायाममा पनि ४५ मेगावाट उत्पादन गरेको थियो, यसपालि ३० देखि ३५ मेगावाट मात्रै भयो ।’
    यो ‌खबर ईकागज डटकम बाट साभार गरिएको।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on किन घट्यो प्राधिकरणको बिजुली उत्पादन ?

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

  • ४ भाद्र २०७८, शुक्रबार १४:१६ मा प्रकाशित
  • आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ । यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ । केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री मूल्य १३९.२६ र खरिद मूल्य १३८.५६ रुपैयाँ कायम भएको छ । यस्तै, एक पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६३.०६ र खरिद मूल्य १६२.२४ रुपैयाँ तोकिएको छ ।

    यसैगरी, साउदी अरबको रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९, कतारी रियालको बिक्री दर ३२.१९ र खरिद दर ३२.०२, संयुक्त अरब इमिरेट्स (युएई)को दिरामको बिक्री दर ३२.४२ र खरिद दर ३२.२६ तथा मलेसियाको रिगिंटको बिक्री दर २८.१० र खरिद दर २७.९६ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

    एनआरएनए साउदीको सहजीकरण र नेपाली दूतावासको सहकार्यमा घुम्ति शिविर कार्यक्रम सम्पन्न ।

  • ३१ श्रावण २०७८, आईतवार ००:२८ मा प्रकाशित
  • दम्माम साउदीअरब | राहदानीको म्याद सकिएर नवीकरण गर्नु पर्ने  नेपाली नागरिकहरू कोरोना महामारी र अन्य कारणले  दूतावास रियाद सम्म जान नसकिएकाहरूलाई अस्थाई घुम्ति शिबिर संचालन गरी दूतावासको सेवा प्रदान गरिएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद सउदीको सहजीकरण र नेपाली दूतावास रियादको सहकार्यमा साउदी अरबको पूर्वीय प्रान्तको दम्माम फैसलियाह स्थित अल असेमाह रेस्ट हाउसमा १३ र १४ अगस्त २०२१ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त राहदानी सहजीकरण अस्थायी शिविर बाट पहिलो दिन ४ सय जना भन्दा बढी सेवा ग्राहीले सेवा प्राप्त गरे भने सेवा ग्राहीको अत्याधिक चाप रहेको कारण पूर्व कार्य योजना नरहे पनि १४ अस्टमा पनि उक्त सेवा प्रधान गरिएको दूतावासका प्रथम सचिव ऋषी आचार्यले बताएका छन्। उनका अनुसार सेवा ग्राहीको सहजतालाई ध्यानमा राखी दोस्रो दिनको लागी समय निर्धारण सहित टोकन बितरण गरिएको थियो । कुल ७५० टोकन बितरण गरिएकोमा ४ सय भन्दा बढीलाई शुक्रवार बिहान ७ बजे देखी रातको १० मा सेवा दिईए पनि बाँकीलाई समय अभावका कारण दोस्रो दिन पनि निरन्तर राहदानी नवीकरणको फारम संकलन गरिएको र कुल ७ सय ५३ जनाको राहदानी नवीकरणको आवेदन फारम संकलन गरिएको  जनाएको छ। भने  सोही अवधीमा नवीकरण भएर आएको ५२९ जनाको राहदानी मध्ये ३०० जनाको राहदानी  वितरण पनि गरेको छ ।

    उक्त दुईदिने अस्थाई शिविर मार्फत गैर आवासीय नेपाली संघका मध्यपूर्व क्षेत्रिय सहसंयोजक राजेन्द्र अर्यालका अनुसार   उपचाररत अशक्त बाँकेका राजेश परियार लगाएत कुल १ हजार ३ सय  ५३ जना सेवा ग्राहीले सेवा प्राप्त गरेका छन् भने राहदानी नवीकरणको लागी फारम संकलन गर्न दूतावासका प्रथम सचिव ऋषी आचार्यको नेतृत्वमा स्थानिय जनसंपर्क अधिकारी हरी घिमिरे लगायतको टोलीको उपस्थिती रहेको थियो । उक्त कार्यमा सेवा ग्राहीको सहजताको लागी सहजीकरण तथा सहयोग गर्न गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अन्तर्गत नव निर्वाचित आईसीसी सदस्य तेज बहादुर थापा, राष्ट्रीय समन्वय परिषद अध्यक्ष डमर कुमार यादव लगायत राष्ट्रीय, क्षेत्रिय र स्थानिय समन्वय समितिका विभिन्न तहमा रही कृयाशिल  पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेटLeave a Comment on एनआरएनए साउदीको सहजीकरण र नेपाली दूतावासको सहकार्यमा घुम्ति शिविर कार्यक्रम सम्पन्न ।

    आफन्तलाई बिदाइ गर्न अबदेखि त्रिभुवन विमानस्थलमा प्रवेश गर्न नपाइने

  • २९ श्रावण २०७८, शुक्रबार १७:२५ मा प्रकाशित
  • काठमाडौं, २९ साउन । अबदेखि विदेश जान लागेका आफन्तलाई विदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान नपाइने भएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आफु र आफन्तलाई बचाउन विमानस्थल प्रवेशमा रोक लगाइएको नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

    साथै अत्यावश्यक अवस्थामा मात्रै विमानस्थल हाताभित्र प्रवेश गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । विमानस्थलमा भौतिक दुरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

    Posted in अर्थ, मुख्य खबर, राजनीतिLeave a Comment on आफन्तलाई बिदाइ गर्न अबदेखि त्रिभुवन विमानस्थलमा प्रवेश गर्न नपाइने

    साउदी अराम्कोको मुनाफा ३०० % ले बढ्यो

  • २६ श्रावण २०७८, मंगलवार १०:४५ मा प्रकाशित
  • साउन २५, रियाद (साउदी अरब) । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोको मुनाफा बढेर करीब चार गुणामा पुगेको छ ।

    विश्व बजारमा तेलको माग सुध्रिएसँगै मूल्य बढ्दा कम्पनीको मुनाफा आकाशिएको हो । कोभिड–१९ का कारण लगाइएको प्रतिबन्ध खुकुलो पारिएको, खोप कार्यक्रम अगाडि बढेको, स्टिमुलस उपायहरु अपनाइएको र आर्थिक गतिविधि सुचारु हुन थालेको अवस्थाले कम्पनीको मुनाफा बढाउन टेवा दिएको कम्पनीले बताएको छ ।

    यो वर्ष शुरु भएयता कच्चा तेलको भाउ ३० प्रतिशतभन्दा धेरैले बढेको छ । यस वर्षको बाँकी अवधिको प्रदर्शन प्रति कम्पनीका प्रमुख कार्यकारीले सकारात्मक मूल्यांकन गरेका छन् । यस वर्षको दोस्रो त्रैमासमा कम्पनीले २५ अर्ब ५० करोड डलर खुद मुनाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २८८ प्रतिशत धेरै हो ।

    यसले विश्वभर ऊर्जाको मागमा आएको सुदृढ पुनःबहाली उजागर गरेको कम्पनीका सीईओ आमिन नासेरले एक विज्ञप्तिमा भनेका छन् ।एक्जोन मोबिल, रोयल डच शेल लगायत अन्इ ठूला कम्पनीको मुनाफामा पनि उच्च वृद्धि भएको तथ्यांक सार्वजनिक भएका थिए । एजेन्सी

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदी अराम्कोको मुनाफा ३०० % ले बढ्यो

    वैदेशिक रोजगार: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

  • २६ श्रावण २०७८, मंगलवार ०९:४० मा प्रकाशित
  • काठमाडौं, साउन २६ । म्यानपावर कम्पनी र दलालहरूले विदेशी मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक एक अर्ब रूपैयाँ हाराहारीमा लुटिरहेका छन्।

    म्यानपावर कम्पनी र दलालहरूले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आकर्षक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन्। तर भनिएअनुसार काम र सुविधा पाउनुको सट्टा विदेश पुगेका युवा अलपत्र पर्ने गरेका छन्। यसरी प्रलोभनमा पारेर मिलेमतोमा लुटिएको रकम वार्षिक औसतमा एक अर्ब रूपैयाँ हाराहारी छ।

    वैदेशिक रोजगार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा मात्र म्यानपावर कम्पनी र दलालहरूले नेपाली युवाबाट एक अर्ब ३२ करोड रूपैयाँ लुटेका छन्। उक्त आर्थिक वर्षभरिमा विभिन्न विदेशी मुलुकमा आकर्षक रोजगारीमा लगाउने आशा देखाएर पठाइएका युवाले आफूहरू ठगिएको भन्दै विभागमा उजुरी दिएका थिए। ती युवाले विदेश जान आफूहरूले एक अर्ब ३२ करोड रूपैयाँ बुझाएको दाबी गर्दै असुलउपरका लागि विभागसमक्ष निवेदन पेस गरेका थिए।

    गत वर्ष मात्र होइन, विभागको तथ्यांकअनुसार पछिल्ला ६ वर्षमा यस्तै प्रलोभनमा पारेर नौ हजार एक सयजनालाई अलपत्र पारिएको छ भने उनीहरूबाट करिब पाँच अर्ब रूपैयाँ लुटिएको देखिएको छ। विभागले यो रकम असुलउपर गर्नुपर्ने भनेको छ।

    विभागको तथ्यांक हेर्दा एक वर्षमा औसतमा एक हजार पाँच सय १६ युवा प्रलोभनमा पर्ने र लाखौं रकम गुमाउने गरेको देखिएको छ। वैदेशिक रोजगारीमा ठगिए पनि कतिपय युवाले विभागमा उजुरीसमेत दिँदैनन्। विभागमा दर्ता नभएका उजुरीलाई समेत आधार मान्ने हो भने बर्सेनि एक अर्ब रूपैयाँ हाराहारी रोजगारीका नाममा ठगी हुने गरेको आजको नागरिक दैनिकमा रुद्र खड्काले खवर लेखेका छन् ।

    Posted in अर्थ, मुख्य खबर, राजनीतिLeave a Comment on वैदेशिक रोजगार: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P