शेयर बजारमा झिनो सुधार, कसले कमाए ? कसले गुमाए ?

  • १६ भाद्र २०७८, बुधबार १९:१० मा प्रकाशित
  • १६ भदौ, काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने झिनो अंकले सुधार भएको छ । बुधबार नेप्से परिसूचक १ दशमलव १८ अंक्ले बढेर २ हजार ९ सय ७७ दशमलव ०२ अंकमा पुगेर रोकिएको छ ।
    नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले बढेको छ । उता कारोबार रकममा भने गिरावट आएको छ । मंगलबारको तुलनामा ४ अर्ब हाराहारीमा कारोबार रकम घटेको छ ।
    दिनभर भएका १ लाख ४ हजार २३४ कारोबारबाड १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैयाँमा रोकिएको छ ।
    मंगबालर १३ अर्ब भन्दा माथिको शेयर कारोबार भएको थियो ।
    यी हुन् धेरै कमाउने र गुमाउने कम्पनीहरु :

    Leave a Reply