• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३४

  • १७ आश्विन २०८२, शुक्रबार ०७:४५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकचौंतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०५/१२

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३४{एकसयचौतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफूखुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    फूलमा हाँस बस्यो
    सधैंको बास बस्यो
    कति आनन्दित छन्,
    त्यसैमा आस बस्यो
    दिलको खास बस्यो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फूल्यो डालीमा
    झुल्यो डालीमा
    हाँस बसेको,
    डुल्यो डालीमा
    खुल्यो डालीमा ।

    गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग
    हालः- अमेरिका

    पञ्चाङ्ग :०३

    यहाँ सुन्दर फूल फुले वनैमा
    वरिपरि भमरा डुले वनैमा
    अहाे ! प्राकृतिक दृश्य देख्दा नै झन्
    धानका बाला सरि झुले वनैमा
    यत्रतत्र काेपिला खुले वनैमा ।

    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ,हाल भारत ।

    पञ्चाङ्ग:०४
    साैन्दर्यले मनुष्य लाेभ्याउने फूल हजुर
    जीव वारीपारि गराउने हाे पुल हजुर
    सृष्टिको रचना ईश्वरकाे शक्ति छ अपार,
    वासना लठ्ठ बन्ने भ्रमराकाे हुल हजुर
    चराचर सञ्चालन नै हुन मूल हजुर ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०५
    कल्पना जे पनि गर्न सकिन्छ फूल हेरेपछि
    निस्कर्षमा त बल्ल पो पुगिन्छ मुल हेरेपछि
    भावलाई बुद्धिले काबु राख्नुपर्दछ जहिल्यै,
    अनि सुध्रिनु पर्छ विगतको
    भुल हेरेपछि
    सधैं लाग्नुपर्छ आफ्नै बाटोमा हुल हेरेपछि।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग-०६
    अक्षर-१२

    चरा र फूलको मेल हेर राम्रो
    सुन्दर देख्दा शव्दमा के र राम्रो
    कति मिल्दै बसेका हेर्दै आनन्द,
    बाद इन्द्रेणी सहित घेर राम्रो
    आनन्द लिई मनले बेर राम्रो ।

    -दुर्गा आचार्य
    मोरङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    पञ्चाङ्ग लेखन शृङ्खला- १६३

  • १७ आश्विन २०८२, शुक्रबार ०७:४२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयत्रिसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६३————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०५/०९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    तीजमा रमाइलो गर्ने हो
    मीठा खानाले पेट भर्ने हो
    दिन्छु शुभकामना तीजको,
    शिवजीको शरण पर्ने हो
    दिव्य वाणी सबैमा छर्ने हो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    दर खाउँ कि तर दोधारमा परेँ
    वर जाउँ कि पर दोधारमा परेँ
    सधैॅभरि यस्तै हुन्छ मलाई हेर,
    कर लाउँ कि भर दोधारमा परेँ
    घर छाउँ कि खर दोधारमा परेँ।
    -घनश्याम पौडेल,पोखरा
    पञ्चाङ्ग :०३
    आमा सिम जाऊँ कि
    दर मिठो खाऊँ कि
    तिजको बेला हो यो,
    रातो सारी लाउँ कि
    चेली हुँ म गाउँ कि।
    -सुमित्रा पोखरेल काठमाडौं।

    पञ्चाङ्ग-०४
    तीज आयो आयो त भन्छन् रौनक चाहिँ उस्तो लाग्दैन खै
    उहिलेको तीजको त्यो भाका संगिनीले किन माग्दैन खै जतासुकैबाट हमला छ हाम्रो मौलिक संस्कृति माथि,
    छमछम नाचेको बेला लुसुक्क छिर्छ डाँका भाग्दैन खै
    मरेछ क्यारे हाम्रो तीजको मुल मर्म किन जाग्दैन खै?

    • पशपती राई खोटाङ ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३३

  • १७ आश्विन २०८२, शुक्रबार ०७:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०५/०५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३३{एकसयतेतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    कुबाटाेमा पाइला राेकेर हिड्ने
    आफ्नाे भनी गन्तव्य ताेकेर हिड्ने
    बुबा नै हुन् यस जगतमा हाम्राे,
    शिर उठाइ छाती ठाेकेर हिड्ने
    काँधमा जिम्मेवारी बाेकेर हिड्ने।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२


    संसारमा सबै मान्छे राम्रा दाजै
    स्वार्थ मिलेसम्म मात्र हाम्रा दाजै
    हात समाइ हुर्केको दिन बिर्स्याे,
    कठै ! साेच,गुणि हुन्न चाम्राे दाजै
    के काम फलेका फल डाम्राे दाजै ।
    प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०३

    हाम्रो बा घरकाे मूल खम्बा धूरी हुनुहुन्थ्याे
    हामी रम्ने रमाउने चुरी -फुरी हुनुहुन्थ्याे
    छ बा काे महिमा , छुट्टै यो संसार बनाउने
    सन्तानको खातिर अमरा पुरी हुनुहुन्थ्यो ।
    हाम्रो बा जीवन दाता मुरी मुरी हुनुहुन्थ्यो ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-४
    माता धर्ती हुन् भन्छन् हाम्रो शास्त्रले पितालाई आकाश ठाने मैले
    वैदिक शास्त्रमा लेखिएको कुरा बल्ल आज आएर जाने मैले
    पिताले लुकाएको रहस्य जान्नलाई जिन्दगी नै लाग्दो रहेछ ,
    मुख हेर्ने समय पाइन त्यसैले पिताको तस्बिर छाने मैले
    तस्बिर हेर्दै परदेशको भुमिमा लामो सास ताने मैले।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग भाग- १६२

  • १७ आश्विन २०८२, शुक्रबार ०७:३६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय बैसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६२————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०५/०२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    पञ्चाङ्ग:०१
    देखिन र देखाउन जान्नु पर्छ यहाँ
    आफू आफैलाई ठूलो मान्नु पर्छ यहाँ
    सारथि हुँ बाँचुन्जेल खलियान मेरै,
    खुट्टा तान्ने दुष्ट गुरु तान्नु पर्छ यहाँ
    नेतृत्व पाए प्रगति ठान्नु पर्छ यहाँ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग :०२
    जूनले , घामले प्रकाश छर्छ शंका नगर्नुस्
    पौडी खेल्न जान्नेले खाेलाे तर्छ शंका नगर्नुस्
    मान्छेकाे पाेगटाे हुँदैन, धानको भएपनि ,
    तल झर्ने मान्छे नै माथि पर्छ शंका नगर्नुस्
    मौका पाउँदा नै सबैले गर्छ शंका नगर्नुस् ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    तीजको बेला माइतीघर आउँदा रमाम्ला
    लिएर बिदा भाइकोसाथ लाउँदा रमाम्ला
    चेलीको लागि पियारो तीज बर्षमा आउने,
    माइत पुगी आमाले दर ख्वाउँदा रमाम्ला
    मनको पीर वेदना खोली गाउँदा रमाम्ला।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग :०४
    कसैलाई दुःख र पीडा छर्ने काम नगर
    व्यर्थ मायामा शंका आँखा तर्ने काम नगर
    भाेलि वचन लाग्ला कुनै दिन हजुरलाई
    अरूको भर जीवनमा पर्ने काम नगर
    सधैँ नराम्रा कामहरू गर्ने काम नगर ।

    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ,हाल भारत ।

    ॐ
    पञ्चाङ्ग:०५
    “”””””””””
    मेराे बुबा घरकाे छानाे हजुर
    दु:खले जुटाउछन् मानाे हजुर
    हामी सबैको उनै आशाको केन्द्र,
    जिम्मेवारीमा उनी कानाे हजुर
    म हुँ आफ्नाे घरकाे सानाे हजुर ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०६
    झलझली सम्झना आउँछ त्यो मुहार
    कहिं कतै देखिन्छ लाउँछ त्यो मुहार
    दिन,हप्ता ,महिना,बर्षौ पनि बितेछ,
    सपनामा चुरा बजाउँछ त्यो मुहार
    मस्त निन्द्रा खलबलाउँछ त्यो मुहार !
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०७
    काँधमा टेकी टाउकोमा हान्ने छन्
    पछाडि खुट्टा समातेर तान्ने छन्
    मानिसको चाल पनि अचम्मको,
    सबैजना आ-आफैं निकै जान्ने छन्
    सर्वेसर्वा कतिले आफैं ठान्ने छन्।
    ह्यारिस

    पञ्चाङ्ग-०८
    केही न केही त गरौं न समय त हात खाली जाँदैछ
    के बालक के वृद्ध के जवान सबैलाई ढाली जाँदैछ
    उ त जाने नै हो आफूसँगै अरुलाई पनि लाने नै हो,
    जीवनलाई लिएर रहस्यलाई यतै फाली जाँदैछ
    बुझौं न हर रात प्रेरणाले पनि बत्ती बाली जाँदैछ!
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-१३१

  • १७ आश्विन २०८२, शुक्रबार ०७:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०४/२९

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३१{एकसयएकतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सुन्दर गाउँ हेर्न मन छ
    केही अक्षर केर्न मन छ
    ठाउँ देख्दा हुन्छ मन खुसी,
    खुसीले सास फेर्न मन छ
    प्रकृतिलाई बेर्न मन छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    अति राम्रो ठाउँ बनाई दियो प्रकृतिले
    हामीबाट आखिरमा के लियो प्रकृतिले
    स्वर्गभन्दा पनि राम्रा ठाउँ पनि रहेछन्,
    लुकीलुकी गरेको होला चियो प्रकृतिले
    स्वार्थी भए फेरि लैजाने थियो प्रकृतिले।
    -घनश्याम पौडेल,पोखरा

    ॐ
    पञ्चाङ्ग:०३
    “””””””””””
    निभ्नु अगाडि बत्तीले उज्यालो जलाउने प्रकृति
    अन्तिम घडी कमिलाकाे प्वाँख पलाउने प्रकृति
    अत्याचाले सिमा नाघेपछि समयले महाेदय,
    कुकृत्यकाे ठूलाे भारी कसरी तलाउने प्रकृति
    भ्रष्टाचारी सरकार जनता छलाउने प्रकृति ।
    -प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०४
    सुन्दर गाउँ छ
    गार्खेकाे ठाउँ छ
    साना घर रम्य,
    नेपाल नाउ छ
    हाे जाऊँ जाऊँ छ।
    -भवानी घिमिरे

    पञ्चाङ्ग :०५
    सुन्दरताले भरिएको गाउँ छ
    थोरै घर तर छरिएको गाउँ छ
    सुर्य अस्ताउन लागेको दृश्य,
    गरामा धान हरिएको गाउँ छ
    केही दिनमै दरिएको गाउँ छ।
    -सुमित्रा पोखरेल काठमाडौं।

    पञ्चाङ्ग:०६
    गाउँ घर सुन्दर हरियाली रहेछ बस्ती सुन्दर
    त्यस घरभित्र बस्ने गृहिणी होलिन् त कस्ति सुन्दर
    खेत उस्तै सूर्यकिरण छिरेर भञ्ज्याङ् पहाड डाँडा
    नदी बहने शीतल हावा बहँदो हो मस्ती सुन्दर
    साँच्चै होलिन् घरकी दुलही पनि परी जस्ती सुन्दर ।
    गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग
    हालः-अमेरिका

    पञ्चाङ्ग-०७
    कति फुर्छन् गीतहरू चौतारीमा बसेर गाउनु पर्यो
    प्राकृतिक प्रेम चाख्ने हो भने लेकबेँसी धाउनु पर्यो
    कृत्रिमताले त भद्दा पो बनायो है गाउँका घर पनि,
    टिनका पाता हटाएर अब खरले नै छाउनु पर्यो
    अब त हामी पनि सबैजना प्रकृतिमै आउनु पर्यो।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    ‘लोपाञ्जन ‘ र ‘प्रयोगशाला’को परिचर्चा कार्यक्रम सम्पन्न

  • ११ आश्विन २०८२, शनिबार २०:३० मा प्रकाशित
  • काठमाडौँ, असोज ११ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘लोपाञ्जन’ र ‘प्रयोगशाला’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।

    ‘लोपाञ्जन’ लघुकथासङ्ग्रह, लघुकथाकार श्रीकृष्ण पौडेलको पहिलो लघुकथा कृति हो । त्यस्तै ‘प्रयोगशाला’ लघुकथासङ्ग्रह लघुकथाकार होम प्रसाद नेउपानेको पनि पहिलो लघुकथा कृति हो ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् आज परिचर्चा गरिएका पुस्तकहरूको सम्पादक समेत रहनुभएका वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.विदुर चालिसेले परिचर्चाकारज्यूले औल्याउनुभएका त्रुटिहरूको सन्दर्भमा बोल्दै ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्‍यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो ।
    साथै लघुकथाकार होम प्रसाद नेउपानेको लघुकथा कृति ‘प्रयोगशाला’को परिचर्चा गर्दै प्रा.डा. विदुर चालिसेले लघुकथाकार होम प्रसाद नेउपानेका लघुकथाहरू छोटा, सटिक र चोटिला रहेको उल्लेख गर्नुभयो । ‘उहाँका धेरै लघुकथाहरू समसामयिक परिवेशसँग मेल खाने हुनुका साथै व्यङ्ग्यात्मक शैलीमा रहेका छन् ।’ उहाँले भन्नुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.कपिल लामिछानेले लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा कृति ‘लोपाञ्जन’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू सामाजिक, राजनैतिक लगायत विभिन्न परिवेशका रहेका उल्लेख गर्नुभयो ‘लघुकथाकार पौडेलले आफ्ना लघुकथाहरूमा नेपाली संस्कृति उजागर गर्नुभएको छ । साथै उहाँका लघुकथाहरूमा रैथाने शब्दहरूको प्रयोग धेरै पाइन्छ ।’ उहाँले भन्नुभयो ।
    सङ्ग्रहमा रहेका सुधार गर्नुपर्ने कुराहरूको उल्लेख गर्दै परिचर्चाकार लामिछानेले केही लघुकथाहरूमा संवाद नभएकोमा संवाद राख्दा उचित हुने, लघुकथा लेख्दा एउटै कालमा लेख्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले शुद्धाशुद्धी तर्फ पनि ध्यान पुर्‍याउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा ‘लोपाञ्जन’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट बोल्नुहुँदै लघुकथाकार श्रीकृष्ण पौडेलले आफ्नो कृतिको शब्द शब्द केलाएर अत्यन्त मिहिन ढङ्गले समीक्षा गरिदिनुभएकोमा परिचर्चाकार प्रा.डा. कपिल लामिछानेज्यू, प्रमुख अतिथि प्रा.डा. विदुर चालिसेज्यू, अध्यक्षज्यू लगायत कार्यक्रममा उपस्थित भइदिनुहुने सबै महानुभावप्रति आभार प्रकाट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा.विदुर चालिसे, प्रा.डा. कपिल लामिछाने, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, डा.टिकाराम पोख्रेल, मुक्ति गौतम, कर्ण दयाल, श्रीकृष्ण पौडेल, विष्णुप्रसाद काफ्ले, लोकनाथ पुडासैनी, मुक्तिनाथ गौतम, मित्र उराठी गौतम, रोहिनी, प्रतीक्षा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण आधिकारिक लघुकथा वाचक प्रतीक्षा पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा, लघुकथा परिचर्चा, वसन्त अनुभव

    चर्चित गायक आनन्द राज बज्राचार्यको ”’एई ! एउटा कुरा सुनन” सार्वजनिक

  • ११ आश्विन २०८२, शनिबार १२:०७ मा प्रकाशित
  • काठमाडौं ।
    चर्चित गायक आनन्द राज बज्राचार्यको स्वरमा सजिएको नयाँ गीत ” एई! एउटा कुरा सुनन” सार्वजनिक भएको छ ।

    गीतमा शब्द राजेन्द्र अधिकारी “अपुर्ण”ले लेखेका छन् भने संगीत संयोजन सचिन सिंहले गरेका छन् ।

    गीतलाई सिबा इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।मोडलिङमा बद्री प्रसाद तिवारी र संगिता खाती देखिएका छन् । उक्त गीतको छायाङ्कन सुइंखेत रिभर भ्याली रिसोर्ट (हेमजा)मा गरिएको हो ।

    गीतमा मादलमा पोसन, गिटारमा सन्जिव सुब्बाले साथ दिएका छन् । रेकर्डिङमा राजा बाबु चौधरी, मिक्सिङ तथा मास्टरिङमा चन्द्र चौधरीको योगदान रहेको छ । भोकल रेकर्डिङ बार डिजिटल स्टुडियोमा बुद्ध राज बज्राचार्यको निगरानीमा सम्पन्न भएको हो भने मुख्य रेकर्डिङ कार्य स्टुडियो अकोस्टिक नेपाल, काठमाडौंमा गरिएको हो ।

    भिजुअल सम्पादन तथा निर्देशन नेत्र गुरुङले गरेका छन् भने पोस्ट–प्रोडक्सन नेत्र इन्टरटेन्मेन्टले गरेको हो । गीतको छायाङ्कनमा मिलन शंकरको सिनेमाटोग्राफी, अमृत देवकोटाको लाइट हेड, मेकअपमा राजकुमार गुरुङ र पब्लिसिटी डिजाइनमा सविन गायक (स्वोपु क्रिएसन)को उल्लेखनीय भूमिका रहेको छ ।

    पूरा भिडियो यो युटुब लिङ्कमा हेर्न सक्नुहुनेछ

    Posted in ताजा अपडेट, साहित्य

    ‘हात्तीको दाँत’ र ‘विभीषिका’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १६ भाद्र २०८२, सोमबार १८:३८ मा प्रकाशित
  • काठमाडौँ, भाद्र १४ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘हात्तीको दाँत’ र ‘विभीषिका’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि सुरु भएर ९ बजेसम्म चलेको थियोे ।

    ‘हात्तीको दाँत’ लघुकथासङ्ग्रह, हाल कीर्तिशेष रहनुभएका लघुकथाकार विजय चालिसेको र ‘विभीषिका’ लघुकथासङ्ग्रह, लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथासङ्ग्रह हो ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् परिचर्चित कृतिका सम्पादक समेत रहनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. विदुर चालिसेले आज परिचर्चा गरिएका दुवै कृति अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
    ‘आज यौटा अनौठो संयोग नै भनौँ परिचर्चा भएका दुवै कृतिका कृतिकारहरू मसँग अत्यन्तै नजिकबाट परिचित व्यक्तित्व हुनुहुन्छ । हात्तीको दाँतका स्रष्टा विजय चालिसे सहगोत्रीय दाजु र विभीषिकाकी स्रष्टा प्राध्यापन पेशाकी सहकर्मी हुनुहुन्छ।’ उहाँले भन्नुभयो ।
    “साहित्यका विविध क्षेत्रमा सक्रिय रही अतुलनीय योगदान पुर्‍याउनुभएका लघुकथाकार विजय चालिसेको भौतिक शरीर हामी माझ नरहे पनि उहाँ नेपाली साहित्य आकाशमा सदा ध्रुवतारा भई चम्किरहनुहुनेछ ।”, भावुक हुँदै उहाँले बताउनुभयो ।
    “गतवर्ष नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको सम्मान एवम् रथारोहणबाट उहाँ अत्यन्त प्रभावित, खुसी हुनुहुन्थ्यो र जीवनकै ठूलो उपलब्धिको रूपमा लिनुभएको थियोे भन्दै प्रमुख अतिथि चालिसेले कृतिकार विजय बहुआयामिक व्यक्तित्व भएको कुरा पनि उल्लेख गर्नुभयो । लघुकथा सम्पादनको प्रसङ्ग उल्लेख गर्दै उहाँले लघुकथाकार चालिसेका लघुकथाहरू निकै खारिएका र पृथक शैलीका छन्, भन्नुभयो ।

    लघुकथा लेखन, बालसाहित्य लगायत साहित्यका विभिन्न विधा र क्षेत्रमा कलम चलाउनुहुने विभीषिकाकी सर्जक वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुली एक अब्बल साहित्य साधक भएको कुरा उल्लेख गर्दै प्रमुख अतिथि डा.चालिसेले उहाँका लघुकथामा जीवन र जगतका विभिन्न पाटाहरू भेटाउन सकिन्छ भन्नुभयो ।

    दुवै कृतिको परिचर्चाको अभिभारा बोक्नुभएका वरिष्ठ साहित्यकार, समालोचक एवम् कार्यक्रमका विशिष्ट अतिथि गोपाल अश्कले पहिलो चरणमा कीर्तीशेष लघुकथाकार विजय चालिसेको लघुकथाकृति हात्तीको दाँतको बारेमा परिचर्चा गर्नुभएको थियोे । लघुकथाकार विजय चालिसेको लघुकथाहरूमा सामाजिक, राजनैतिक व्यङ्ग्य चेत पाइने उल्लेख गर्दै चालिसेका लघुकथाले घुमाउरो पाराले राजनैतिक, सांस्कृतिक, सामाजिक सुधारको आह्वान गरेका छन् ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथाकृति ‘विभीषिका’को परिचर्चा गर्नुहुँदै परिचर्चाकार गोपाल अश्कले ‘विभीषिका’ अर्थ ठूलो भय, त्रासको अवस्था भन्ने बुझाउछ भन्नुभयो ।
    कृतिमा पराजुली आफैँ एक समीक्षकको रूपमा प्रस्तुत भएको उल्लेख गर्दै उहाँ आफैँमा एक समीक्षक, समालोचक पनि हो भन्नुभयो ।
    उहाँ एक डायस्पोरिक स्रष्टा पनि हुनुहुन्छ, उहाँका लघुकथामा डायस्पोरिक सुगन्ध पाइन्छ ।
    पराजुलीका लघुकथामा नेपाली समाज, संस्कृति, परम्परा, राजनीतिमा मौलाउँदै गएको विकृतिप्रति व्यङ्ग्य प्रहार भेटाउन सकिन्छ, उहाँले भन्नुभयो ।
    हात्तीको दाँत लघुकथा सङ्ग्रह कृतिको कृतिकारको तर्फबाट किर्तीशेष लघुकथाकार विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसेले र ‘विभीषिका’ लघुकथाकृतिका तर्फबाट कृतिकार रञ्जुश्री पराजुलीले परिचर्चा गरिदिनुहुने परिचर्चाकार, उपस्थित अतिथिहरू लगायत आयोजक संस्था नआलमप्रति यति राम्रो परिचर्चा कार्यक्रमका लागि हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. विदुर चालिसे, गोपाल अश्क, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, ध्रुव मधिकर्मी, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, रामकुमार पण्डित, कीर्तिशेष विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसे, इन्दिरा चापागाईं, मित्र उराठी गौतम, रमेन्द्र कोइराला, श्रीकृष्ण पौडेल, राजन ग्याल्दाङ ‘बुद्धिसिंह घले, कमल पौडेल, इन्दिरा पौडेल, लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा परिचर्चा, लघुकथा समाचार, वसन्त अनुभव

    इन्दिरा निरौला को शब्दमा तीज गीतको मिउजिक भिडियो सार्बजनिक “ए आमा… म त जिउँदै मरेँ”

  • ४ भाद्र २०८२, बुधबार २२:१० मा प्रकाशित
  • इन्दिरा निरौला को शब्दमा तीज गीतको मिउजिक भिडियो सार्बजनिक “ए आमा… म त जिउँदै मरेँ” चेलीको करुण व्यथा बोकेको गितको भिडियो सार्बजनिक। यस वर्षको तीजमा केवल नाचगानको रंगीन मायाजाल मात्र होइन, चेलीहरूको आँसु, पीडा र असमानताको करुण स्वर लिएर एक भिन्न ध्वनि घन्किएको छ। “ए आमा… म त जिउँदै मरेँ”। यो गीत केवल मनोरञ्जनका लागि मात्र नभई, पीडामा डुबेका हजारौँ चेलीहरूको मौन चित्कार बन्न सफल हुने अपेक्षा गरिएको छ।।

    युवा नेतृ तथा संवेदनशील लेखिका इन्दिरा निरौलाको कलमबाट जन्मिएको तथा इन्दिरा निरौला स्वयम्: निर्माता रहेको यस गीतमा गायिका समीक्षा अधिकारीको आत्मा छुने स्वर घुलिएको छ भने वरिष्ठ कलाकार बिमलराज क्षेत्रीले लय भरेका छन् भने प्रकाश भट्ट यो गितको निर्देशक हुनुहुन्छ। गीतले महिलामाथि हुने अन्याय, हिंसा र अपमानको कटु सत्यलाई निर्भीक शब्दमा उभ्याउनुका साथै कारुणीक हिसाबले भिडियो छायांकन गरेको छ।

    यो देशका हजारौं निरहि नागरिक न्याय पाउन अदालतको ढोका ढक्ढक्याउन पुग्छन तर पैसाको खेलमा न्याय किन्न नसकी आत्महत्याको बाटो रोज्नुपरेका असंख्य चेलीहरूको करुण व्यथा यस गीतमा स्पन्दित हुन्छ। “दुःखको कथा आमा लेख्न पाइन, माइतीको आँगन आमा टेक्न पाइन…” यी मर्मस्पर्शी हरफहरूले केवल कान मात्र होइन, हृदय नै भकाभक पोल्छ। प्रत्येक चेली, आमा, दिदी, छोरी र बहिनीको पीडा यसमा प्रतिबिम्बित हुन्छ। इन्दिरा निरौला सिन्धुली जिल्ला भूमि आयोगकी सदस्य र लेखक संघको केन्द्रीय सदस्यले यो गीतमार्फत कलमलाई नारी हक, अधिकार र न्यायका लागि धारिलो अस्त्र बनाएकी छिन्।

    मनोरञ्जनको सीमाभन्दा टाढा, यो गीत एक आन्दोलन बनेर चेलीहरूको पीडामा न्यायको स्वर माग्छ। गीतले आजको न्यायालयमा मौलाएको भ्रष्टाचार, अपराधीलाई संरक्षण गर्ने प्रवृत्ति, र पीडितलाई अझ पिडा थप्ने संरचनागत विकृतिलाई कलात्मक तरिकाले उजागर गरेको छ। यसैले यो केवल तीजको गीत मात्र होइन, समाजलाई झक्झक्याउने साहित्यिक दस्तावेज बनेको छ। समीक्षा अधिकारीको मधुर स्वर र इन्दिरा निरौलाको आत्मा जलाउने शब्दबीचको अद्वितीय संगमले नेपाली तीज गीतलाई एक नयाँ आयाम दिएको छ। जहाँ नाच र रमाइलो मात्र होइन, चेलीहरूको मौन चित्कारले न्याय खोज्छ, समानताको आवाज बुलन्द हुन्छ।

    Posted in मुख्य खबर, साहित्य

    ‘मारुनी’ र ‘चाक चारब्रा’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १ भाद्र २०८२, आईतवार २०:१३ मा प्रकाशित
  • काठमाडौँ, साउन ३१ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘मारुनी’ र ‘चाक चारब्रा’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।

    ‘मारुनी’ लघुकथासङ्ग्रह, लघुकथाकार राजन ग्याल्दाङ ‘बुद्धि सिङ’ घलेको र ‘चाक चारब्रा’ लघुकथासङ्ग्रह, लघुकथाकार मुक्ति गौतमको लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा. हरिप्रसाद सिलवालले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथाहरू वोधगम्य हुनुकासाथै समापन घोच्ने खालको, झसङ्ग बनाउने खालको हुनुपर्छ भन्ने परिचर्चाकार डा.शंकरप्रसाद गैरेको अभिव्यक्तिलाई समर्थन गर्दै लघुकथामा शब्द कति छ भन्नुभन्दा पनि लघुकथाले कस्तो सन्देश दिएको छ, कत्तिको झट्का हानेको छ भन्ने कुराले महत्त्व राख्ने बताउनुभयो ।
    साथै उहाँले परिचर्चाकारहरूले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूमा अनुरोध पनि गर्नुभयो ।

    राजन ग्याल्दाङ घलेको लघुकथा सङ्ग्रह ‘मारुनी’को परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, साहित्यकार ध्रुव मधिकर्मीले लघुकथा निश्चित विषय, निश्चित आयामको हुनुपर्छ, जसले लघुकथालाई राम्रो र मानक बनाउने बताउनुभयो । ‘लघुकथाकार घलेका लघुकथामा परदेशका विशेषत: जापानका चित्रहरू, हाम्रै समाजका चित्रहरू हेर्न र देख्न पाइन्छ’ उहाँले भन्नुभयो ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार मुक्ति गौतमको लघुकथा कृति ‘चाक चारब्रा’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार गौतमको कृतिको शीर्षकले नै आफूमा कौतुहलता उत्पन्न गरेको बताउनु भयो । लघुकथासङ्ग्रहको शीर्षक ‘चाक चारब्रा’ले सुरुमा अर्थ नबुझेर र पछि बुझेपछि झनै आकर्षित गरेको बताउनु भयो । आजभोलि गाउँघरमा ‘खाना खानु भयो’ भनेर सोध्ने मान्छे र परिस्थिति दुवै नभएको उल्लेख गर्दै यसले पछिल्लो समयको गम्भीर कुरा उठाएको बताउनु भयो ।
    गौतमका लघुकथामा आफू जन्मिएको समाज एवम् माटोको यथार्थ चित्रण पाइन्छ । कतिपय लघुकथाको शीर्षक उपयुक्त हुन नसकेको बताउँदै डा.गैरेले शुद्धता तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले भन्नुभयो, “छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्‍यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।”

    परिचर्चा कार्यक्रममा कृतिकारद्वय राजन ग्याल्दाङ घले र मुक्ति गौतमले परिचर्चाकारज्यूहरू, नमस्ते आधुनिक लघुकथा मञ्च लगायत उपस्थित सबैप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभएको थियो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. हरिप्रसाद सिलवाल, कृष्णजी शर्मा, ध्रुव मधिकर्मी, डा.शंकरप्रसाद गैरे, डा.विदुर चालिसे, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, डा.टिकाराम पोख्रेल, राजन घले, मुक्ति गौतम, लोकनाथ पुडासैनी, कमल पौडेल, इन्दिरा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, मुक्ति गौतम, राजन घले, लघुकथा, लघुकथा परिचर्चा, वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P