साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको २३६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- २३६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] विकास दुर्गम क्षेत्रको कहिले पाउला निकास ?
वसन्त अनुभव [२] विकास खोज्दै गाउँघर भाषणको राज देशभर !
नारायण कोइराला तानसेन, पाल्पा हाल- कुवेत [३] विकास खोजेको जनताले देशैभर होस् निकास !
वेदु न्यौपाने [४] बिकास जनताले बिकास हुने कैले निकास !
बिबा तामाङ, दार्जिलिङ [५] विकास आफ्नो गोजीमा गोजेङ्ग्रो भ्रष्टाचारको खोजीमा !
कविता आचार्य [४३] विकास समानुपातिक वितरण पाउला अर्थपूर्ण निकास वासुदेव ज्ञवाली पाल्पा ,तानपा १ ध्रुवघाट [४४] उदक विकास निर्वाचनसम्म मिजास पल्केर सत्ताको मिठास ।
रामप्रसाद पुरी, बादेल, खाेटाङ । [४५] उदक
१, विकास नेताको भरमा जनता भेंडा मात्र
२, रहर सहरमा बस्ने गाउँको चेली बेचिन्छ।
एवाइ प्रभात धनकुटा [४६] गति छैन विकासको कहिले सुध्रिन्छ मति ?
डा. टीकाराम पोखरेल काठमाडौँ [४७] विकास देश नेपालको भर्ने भुँडी आफ्नो !
नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ [४८] विकास एकैचोटि हुँदैन बन्दैछ कृषि सडक !
सुरेश चन्द्र घिमिरे [४९] नाेट तान्ने भाेट विकास फुस्रा ओठ !
प्रद्युम्न चालिसे भक्तपुर, कटुञ्जे [५०] विकास अलपत्र जताततै निकास छैन कतै !
शोभा आचार्य गौतम काठमाडौँ [५१] विकास भाषणका कुरा मुटुमा राेपेर छुरा !
रवि पाैडेल दक्षिण भारत, पाण्डेचरी [५२] मुखले विकास सुखले उपभोग हदै दु:खले !
केन्द्रप्रकाश बराल, इलाम [५३] सुस्त विकासको गति भइरहेछ रुपैयाँको क्षति !
होमप्रसाद नेउपाने धरान, सुनसरी [५४] सकस दुर्गम क्षेत्रमा कहिले हुने झकास !
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘महाकम्प’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे । ‘महाकम्प’ लघुकथासङ्ग्रह, लघुकथाकार घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को पहिलो लघुकथा कृति हो । जसमा कुल १ सय ८ वटा लघुकथाहरू रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा.दयाराम श्रेष्ठले आजका परिचर्चाकारहरूको परिचर्चाबाट आफू सन्तुष्ट नभएको प्रतिक्रिया दिनुभयो । आफू खरो व्यक्ति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो- “परिचर्चाकरहरू लघुकथाको शिल्प शैलीमा छिर्न सक्नुभएन । लघुकथाको प्लटको बारेमा बोल्नु नै भएन । कक्षाकोठामा विद्यार्थीलाई लघुकथा कसरी लेख्ने ? भनेर सिकाएझैँ सिकाउनुभयो, वर्णविन्यास पढाउनुभयो । यसरी हुँदैन । लघुकथामा प्युरिटी हुनुपर्छ । बालकथा, गद्य कविता, निबन्ध लेखेर लघुकथा हुँदैन । न्याराटिभ एस्से लेखेर आख्यानीकरण हुँदैन ।” साथै उहाँले आफूले महाकम्प पुरै पढेको उल्लेख गर्दै महाकम्पका धेरैजसो लघुकथाहरू लघुकथा बन्न नसकेको धारणा राख्नुभयो ।
आज परिचर्चा गरिएको पुस्तकको बारेमा बोल्दै कृतिका सम्पादक एवम् कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. विदुर चालिसेले ‘नमस्ते आधुनिक लघुकथा मञ्च र यसका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले जुन गुरुकुल अभियान सञ्चालन गर्नुभयो, एउटा छुट्टै मान्यतालाई स्थापना गर्न खोज्नुभयो, उक्त काम सराहनीय छ, स्तुत्य छ’ भन्नुभयो । “अभियान अन्तर्गत प्रकाशित २२ वटा कृतिहरूमध्ये महाकम्प प्रकाशित पहिलो कृति हो । जुन आकारमा ठूलो छ ।”, उहाँले भन्नुभयो ।
कार्यक्रममा ‘महाकम्प’को परिचर्चा दुई पक्षमा आधारित रहेर गरिएको थियोे । ‘महाकम्प’ लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु’मा केन्द्रित रही सोको विश्लेषण वरिष्ठ समीक्षक/समालोचक डा. शंकरप्राद गैरेले गर्नुभएको थियोे भने ‘महाकम्प’ लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘शिल्प शैली अर्थात सौन्दर्य’ पक्षको विश्लेषण प्रा.डा. कपिल लामिछानेले गर्नुभएको थियोे । कार्यक्रममा परिचर्चा गर्दै परिचर्चाकार डा. शंकरप्रसाद गैरेले महाकम्पका लघुकथाहरूलाई विभिन्न १७ वटा विषयवस्तुमा विभक्त गरी परिचर्चा गर्नुभयो । जसअन्तर्गत कोरोना, बाआमा/वृद्धावस्था, नेपाली सभ्यता र संस्कृति, लैङ्गीक विभेद, सामाजिक विकृति, विसङ्गति, राष्ट्रियता, दर्शन लगायत अन्य विभिन्न विषयवस्तुहरू रहेका थिए । “लघुकथाकार शर्माले आफ्ना लघुकथाहरूका माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गतिको उजागर मात्र गर्नुभएको छैन, घुमाउरो पाराले त्यसको समाधान पनि दिनुभएको छ । वर्तमान राजनीतिमा देखापरेका गलत संस्कार, प्रवृत्तिहरूको भण्डाफोर गर्नुभएको छ ।”, उहाँले भन्नुभयो । साथै उहाँले महाकम्पमा रहेका लघुकथाहरू विषयवस्तुको दृष्टिले र यसले दिने सन्देशको दृष्टिले निकै महत्वपूर्ण र बलिया रहेको उल्लेख गर्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका अर्का वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.कपिल लामिछानेले महाकम्पको शिल्प शैली र सौन्दर्यगत पक्षबाट परिचर्चा गर्नुभयो । उहाँले विभिन्न शैलीका प्रकारहरूको बारेमा बोल्दै महाकम्पका अधिकांश लघुकथाहरू वर्णनात्मक शैलीमा रहेको उल्लेख गर्नुभयो । “धेरै लघुकथाहरूमा वर्णनहरू छोटो रहे तापनि केही लघुकथाहरूमा पट्यारलाग्दो लामो वर्णन पाइन्छ । जुन नभएमा उत्तम हुन्थ्यो ।” उहाँले भन्नुभयो । त्यस्तै उहाँले लघुकथामा नाटकीय शैलीको पनि प्रयोग भएको र संवादले लघुकथालाई जिवन्त बनाएको तर कतिपय ठाउँमा लामो संवाद हुँदा दाँतमा ढुङ्गा लागेको उल्लेख गर्नुभयो । “त्यस्तै महाकम्पका कतिपय लघुकथाहरूमा चित्रात्मक शैलीको, कतिपयमा संस्मरणात्मक शैलीको पनि प्रयोग गरिएको छ । आत्मसंस्मरणको प्रयोग गरेको पाइन्छ । साथै कतिपय लघुकथामा निबन्धात्मक शैलीको प्रयोग पनि भेटिन्छ ।”, उहाँले भन्नुभयो । “शर्माका कतिपय लघुकथाहरूमा अभिधात्मक शैली र कतिपयमा लक्षणा र व्यञ्जना शैलीको प्रयोग गरिएको पाइन्छ । व्यङ्ग्यात्मक शैलीको पनि प्रयोग पाइन्छ ।”, उहाँले भन्नुभयो । उहाँले महाकम्पमा संवाद ढाँचा फरक भएको उल्लेख गर्दै कथयिता र कथन अंशको बिचमा पूर्णविराम हुनुहुँदैन । सोचेकोमा सिंगल र भनेको कथनमा डबल इन्भर्टेड कमा हुनुपर्नेमा त्यसो नगरिएको बताउनुभयो । शीर्षक सकभर छोटो, आकर्षक र कथाको भाव समेट्ने र लघुकथामा अकस्मात् पटाक्षेप हुनुपर्ने मान्यता उल्लेख गर्दै महाकम्पका केही लघुकथाहरू बाहेक अधिकांशमा छोटो, आकर्षक र उपयुक्त शीर्षक रहेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा कालखण्ड दोष, अन्त्य बिस्तार, वर्णविन्यास लगायतका कुराहरूलाई ध्यानमा राखेर कृति निकाल्दा उत्तम हुने बताउनुभयो ।
धन्यवाद मन्तव्य दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष, परिचर्चा गरिएको कृतिका कृतिकार एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले आजको कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको, धेरै कुराहरू जान्ने, सिक्ने मौका प्राप्त भएको उल्लेख गर्नुभयो । “बिरामीको हित (उपचार)का लागि डाक्टरले जसरी ब्लेड, औजार चलाउँदा क्षणिक रूपमा पीडादायी भए पनि दीर्घकालीन रूपमा राम्रो हुन्छ । त्यस्तै परिचर्चाकार, समालोचकज्यूहरूले मेरो कृतिमाथि छुरा चलाउँदा मलाई खुसी लागेको छ । विशेषतल: आजका प्रमुख अतिथि, महागुरु प्रा.डा. दयाराम श्रेष्ठले राख्नुभएको विचारबाट म अत्यन्त प्रभावित भएको छु । उहाँको कुराले गर्दा अब मेरो लेखनयात्राले छुट्टै मोड लिनसक्छ ।” उहाँले भन्नुभयो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने, प्रा.डा.विदुर चालिसे, डा. शंकरप्रसाद गैरे, ध्रुव मधिकर्मी, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, डा.टिकाराम पोख्रेल, हिमलाल श्रेष्ठ, प्रा.डा.खेमराज खनाल, नर पल्लव, मुक्ति गौतम, कर्ण दयाल, श्रीकृष्ण पौडेल, मित्र उराठी गौतम, गंगा शर्मा पौडेल, हरि शर्मा, लक्ष्मी रेग्मी खनाल, नारायणनाथ योगी, मुना थपलिया, सुरेशकुमार पाण्डे, विष्णु पन्थी, राजन घले, ईश्वर लामिछाने, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार एवम् कुशल कार्यक्रम सञ्चालक आयुष बडालले गर्नुभएको थियोे ।
काठमाडौँ, मङ्सिर ०६ गते वसन्त अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘नेपाली नस्ल’ र ‘सुन्दरी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा जुम प्रविधिबाट सञ्चालित उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि सुरु भएर सवा तीन घन्टासम्म चलेको थियोे ।
‘नेपाली नस्ल’ लघुकथासङ्ग्रह लघुकथाकार वसन्त अनुभवद्वारा लिखित प्रथम कृति हो । अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चको संस्थापक सचिव एवम् प्रशासक हुनुहुन्छ । त्यस्तै लघुकथाकार मीठू कुमारी पाठकको ‘सुन्दरी’ लघुकथासङ्ग्रह पनि उहाँको प्रथम कृति हो । पाठक पनि नमस्ते आधुनिक लघुकथा मञ्चको कोषाध्यक्ष एवम् प्रशासक हुनुहुन्छ ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा. कपिल लामिछानेले नमस्ते आधुनिक लघुकथा मञ्चले अहिलेसम्म कति कृति निकाल्यो, यो कतिऔँ कृति हो भन्ने कुरा पुस्तकमा अङ्कित गर्नुपर्ने, सम्पादकको नाम अलग्गै उल्लेख गर्नुपर्ने बताउनुभयो । यसो गर्दा पाठक संस्थाको प्रकाशन एवम् सम्पादक बारे सुसूचित हुने बताउनुभयो । साथै उहाँले लघुकथा छोटो हुनुपर्छ भनिरहँदा यसमा लेखिने भूमिका, सम्पादकीय/प्रकाशकीय लगायत समीक्षा कार्यक्रम पनि छोटो नै हुनुपर्ने उल्लेख गर्नुभयो ।
‘लेखकहरू भावुक हुन्छन् । कठोर भएर आफ्ना सृजना काँटछाट गर्न सक्दैनन् तर समीक्षक/समालोचक/सम्पादक कठोर हुनुपर्छ । निर्मम भएर कैँची चलाउनु पर्छ।” भन्नुभयो । कृतिका सम्पादक प्रा.डा. विदुर चालिसेप्रति लक्षित गर्दै उहाँले सबै पुस्तकहरूमा एउटै ढाँचाको सम्पादकीय भयो, प्रत्येक पुस्तकमा फरक फरक खालको हुनुपर्ने बताउनु भयो ।
परिचर्चाकार डा. शंकरप्रसाद गैरेको प्रशंसा गर्दै ‘उहाँले विषयवस्तुको गहिराइमा गएर, कत्ति नआत्तिएर गर्नुभयो, निकै राम्रो लाग्यो । तर उहाँले कृतिको सबल पक्ष धेरै बढी र सुधार गर्नुपर्ने पक्ष कम उल्लेख गर्नुभयो । सकभर सुधार गर्नुपर्ने पक्षलाई बढी जोड दिएर हामीले लेखकलाई परिष्कृत हुने अवसर दिनुपर्छ’ भन्नुभयो । ‘परिचर्चा कार्यक्रममा कृति परिचर्चा गर्नुपर्ने परिस्थिति आउनसक्ने सम्भावनालाई आँकलन गर्दै ‘नेपाली नस्ल’ पल्टाएर पढ्न सुरु गरेँ । पढ्न थालेपछि एकपछि अर्को लघुकथाले मलाई तान्दै गयो । अन्ततः मैले एकैदिनमा पुरै पढेर भ्याएँ ।’ भन्दै उहाँ अगाडि भन्नुभयो, ‘यति राम्रा मानक लघुकथा हुँदाहुँदै पनि एकाध लघुकथामा ढुङ्गा लाग्यो । जसमा मैले कालखण्ड दोष भेटाएँ ।”
त्यस्तै अर्को परिचर्चित लघुकथा ‘सुन्दरी’को बारेमा बोल्नुहुँदै उहाँले सुन्दरी शीर्षकको लघुकथा अत्यन्त सुन्दर रहेको बताउनुभयो । ‘अरू लघुकथाहरू पनि सुन्दरीझैँ भइदिएको भए कति राम्रो हुन्थ्यो ।’ उहाँले भन्नुभयो । ‘तपाईँ फरक क्षमता भएका विद्यार्थीहरूलाई पढाउनुहुन्छ, तिनीहरूकै बारेमा अध्ययन गर्नुस्, तिनीहरूकै बारेमा लघुकथा लेख्ने गर्नुस्, बाहिरको विषयमा लेख्ने त हामी छँदैछौँ नि !’ ठट्यौली पारामा उहाँले सुन्दरीकी स्रष्टा मीठू कुमारी पाठकलाई भन्नुभयो ।
‘हामी प्रायः पुस्तकको नामाकरण गर्दा पुस्तकभित्रकै कुनै एउटा लघुकथाको शीर्षकलाई लिएर गर्छौँ । यसो गर्दा बाँकी लघुकथाहरूमाथि अन्याय हुने भन्दै सकभर सबै लघुकथाहरूको भावलाई समेट्ने भिन्नै शीर्षक राख्न उपयुक्त हुने बताउनुभयो ।
परिचर्चा कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्नुहुँदै वरिष्ठ समालोचक एवम् कृतिका सम्पादक प्रा.डा. विदुर चालिसेले ‘अण्डाको स्वाद कुखुरालाई नहुने तर अण्डा खाने व्यक्तिलाई भएजस्तै लघुकथा कस्तो भयो भन्ने कुराको ज्ञान लेखकलाई नभई पाठक हुने र पाठकका प्रतिक्रिया हामीले सहर्ष ग्रहण गर्नुपर्ने बताउनुभयो ।
लघुकथासङ्ग्रहमा देखिएका वर्णविन्यास लगायतका त्रुटिका बारेमा स्पष्ट पार्नुहुँदै सम्पादक चालिसेले ‘छोटो समयमा दुईदर्जन बढी लघुकथाहरूको सम्पादन गर्नुपर्ने, ती लघुकथाहरूलाई नयाँ शिल्प र शैलीमा ढालेर तयार पार्नुपर्ने, भूमिका लेख्नुपर्ने लगायतका चुनौतीहरू थिए । सच्याउन दिइएको पनि नसच्चिएर आउँदा त्रुटि रहन गएको बताउनुभयो ।
कार्यक्रमको पहिलो चरणमा ‘नेपाली नस्ल’ लघुकथासङ्ग्रहको परिचर्चा गर्नुहुँदै वरिष्ठ साहित्यकार एवम् समालोचक डा. शंकरप्रसाद गैरेले ‘सुरुमा लेखकले के शीर्षक राख्नुभएको होला यस्तो ? भन्ने लागेको थियोे । तर पढेपछि थाहा पाएँ कृतिलाई शीर्षकले न्याय गरेको रहेछ’ भन्नुभयो ।
कृतिको समीक्षा गर्दै उहाँले ‘संरचनागत दृष्टिले कुरा गर्नुपर्दा उहाँका प्रायजसो सबै लघुकथा छोटा छन् तर छोटो बनाउनका लागि भने उहाँले कुनै सम्झौता गरेको पाइएन । उहाँका लघुकथामा मानवेत्तर, मानवीय पात्रहरू छन् । मानवेत्तर पात्र त्यसमा पनि मानवीय अङ्ग, भाव जस्ता कुराहरू पात्रका रूपमा आएका छन् जसलाई मानवीय पात्रको रूपमा प्रयोग गर्दै सन्देश प्रवाह गर्नुभएको छ’ भन्नुभयो ।
परिचर्चाकार गैरेले ‘वसन्त अनुभवका लघुकथाहरू सरल, सहज एवम् बोधगम्य छन् । विविध विषयवस्तु समेटेका छन् । सरल, सहज एवम् बोधगम्य छन् । प्रचुर व्यङ्ग्य विधानको प्रयोग गरिएका छन् । यति हुँदाहुँदै पनि केही (एक/दुई वटा) लघुकथा विषयवस्तुको दृष्टिले कमजोर, प्रायः लेखिँदै आएका विषयवस्तुका छन् ।” भन्नुभयो ।
त्यस्तै कार्यक्रमको दोस्रो चरणमा ‘सुन्दरी’ लघुकथाको परिचर्चा गर्दै परिचर्चाकार डा. शंकरप्रसाद गैरेले सुन्दरी शीर्षकले पनि न्याय पाएको उल्लेख गर्नुभयो ।
लघुकथाकार मीठू कुमारी पाठकले विशेषत: अपाङ्गता, शैक्षिक विषयवस्तु लगायत बिग्रिएका केटाकेटीलाई सुधार गर्ने जस्ता कुरा समेट्नुभएको छ । उहाँले मानवीय प्रवृतिको उजागर गर्नुभएको छ । कोरोनाकालका अवस्थाहरू, महिला हिंसा/अधिकार सम्बन्धी प्रस्तुतिले पाठकलाई घोत्लिन पर्ने अवस्था सृजना गर्दछन् । संरचनागत दृष्टिले उहाँका लघुकथाहरू मध्यम खालका छन् ।
सुन्दरीमा भएको सुधार गर्नुपर्ने पक्ष औँल्याउँदै डा.गैरेले केही भाषिक, वर्णविन्यासगत त्रुटिहरू छन् आगामी दिनमा सुधार्नुपर्ने देखिन्छ । केही लघुकथाले के भन्न खोजेको हो त्यो अस्पष्ट छ, त्यसतर्फ पनि लघुकथाकार सजग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृतिकारको तर्फबाट धन्यवाद मन्तव्य दिनुहुँदै नेपाली नस्लका सर्जक एवम् लघुकथाकार वसन्त अनुभवले परिचर्चाकार डा. शंकरप्रसाद गैरेले लघुकथासङ्ग्रह पढेर लघुकथाको गहिराईमा गएर, केस्रा केस्रा केलाएर, मिहिन ढङ्गले समीक्षा गरिदिनुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै समीक्षकप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभयो । साथै समीक्षकले दिनुभएको सुझावलाई अक्षरस: पालना गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।
कृति प्रकाशन गर्न हौसला दिनुहुने मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी कृष्णजी शर्मा, सम्पादनको बोझिलो कामको बिंडो थाम्नुहुने प्रा.डा. विदुर चालिसे लगायत सम्बद्ध सबैप्रति धन्यवाद प्रकट गर्नुभयो । त्यस्तै व्यस्तताका बावजुद पनि परिचर्चा कार्यक्रममा आइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू सबै सबैप्रति आभार प्रकट गर्नुभयो ।
त्यस्तै धन्यवाद मन्तव्य दिनुहुँदै सुन्दरी कृतिका कृतिकार मीठू कुमारी पाठकले मिहिन ढङ्गले लघुकथाको समीक्षा गरिदिनुभएकोमा डा.शंकरप्रसाद गैरेप्रति आभार प्रकट गर्नुभयो । साथै समीक्षकले दिनुभएको सुझावहरूलाई ग्रहण गर्दै अक्षरस: पालना गर्ने कुरा व्यक्त गर्नुभयो ।
उहाँले सुन्दरीभित्र रहेका सम्पूर्ण लघुकथाहरू सत्य घटनामा आधारित रहेकोे उल्लेख गर्नुभयो । उहाँले लघुकथा लेखन एवम् कृति प्रकाशनका लागि प्रेरणा दिनुहुने मञ्चका अध्यक्ष कृष्णजी शर्मा, कृति सम्पादन गरिदिनुहुने प्रा.डा. विदुर चालिसे लगायत परिचर्चा कार्यक्रम उपस्थित हुनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिहरूमा धन्यवाद प्रकट गर्नुभयो ।
परिचर्चा कार्यक्रममा समापन मन्तव्य दिनुहुँदै कार्यक्रम अध्यक्ष कृष्णजी शर्माले आजको परिचर्चा कार्यक्रमबाट निकै गम्भीर खालका दुई तीनवटा कुरा सिकाइ भएको उल्लेख गर्नुभयो । आजका प्रमुख अतिथि प्रा.डा. कपिल लामिछाने समीक्षक गुरुहरूको पनि गुरु भएको उल्लेख गर्दै उहाँले दिनुभएको सुझावहरूलाई गम्भीर ढङ्गले पालना गरिने बताउनुभयो । साथै उपस्थित सबै अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. कपिल लामिछाने, प्रा.डा.विदुर चालिसे, डा. शंकरप्रसाद गैरे, कृष्णजी शर्मा, वसन्त अनुभव, मीठू कुमारी पाठक, यमुना प्रधानाङ्ग मुना, गंगा कर्माचार्य पौडेल, श्रीकृष्ण पौडेल, डा.टीकाराम पोखरेल, सुरेशकुमार पाण्डे, कुमार काफ्ले, राजेन्द्र आचार्य, लोकनाथ पुडासैनी, मुक्ति गौतम, गंगा, मुना थपलिया, सावित्री अधिकारी, ईश्वर लामिछाने, आयुष बडाल लगायत संस्थाका पदाधिकारीहरू, सल्लाहकारहरू, अभिभावकहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक आयुष बडालले गर्नुभएको थियोे ।
कार्तिक २८ दाङ राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आफ्नो नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९७ औँ श्रृङ्खलामा साहित्यकार खगेश्वर भण्डारीको नविनतम् कथासङ्ग्रह “प्लाष्टिककको फूल”को घोराहीमा समीक्षा गरेको छ।
परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय, सांस्कृतिक विभागका प्रमुख निर्देशक डा.टीकाराम उदासीको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।
‘प्लाष्टिकको फूल’ कथासङ्ग्रहको समीक्षा समालोचक तथा साहित्यकार प्रमोद धितालले गरेका थिए । भण्डारीको कथा सङ्ग्रह हरेक दृष्टिकोणले पठनयोग्य रहेको समीक्षक धितालले बताए । प्लाष्टिकको फूल कथासङ्ग्रहमा १२ वटा कथा रहेका छन् । जसलाई अक्षरधाम नेपालले प्रकाशनमा ल्याएको हो ।
कार्यक्रममा कथाकार भण्डारीले कथा लेख्दाका एवम् कथा प्रकाशन गर्दाका अनुभवहरू सुनाएका थिए ।
सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले शुभकामना मन्तव्य तथा स्रष्टा भण्डारीलाई बधाई दिएका थिए।
कार्यक्रम ३ दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियोे । परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।
शिक्षक तथा समाजसेवी स्व. हर्कध्वज राईद्वारा सङ्कलित ‘बान्तावा शब्दावली’ पुस्तक किराँत राई बान्तावा खिम, सहिदभूमि गाउँ कार्यसमितिको आयोजनामा बुधबार पिप्लेमा परिवार, शिक्षक र स्थानीय अगुवाहरूसॅंगै लोकार्पण गरिएको छ । सहिदभूमि गाउॅंपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि बंगला राई, चन्द्रध्वज राई, प्रा.डा. टंक न्यौपाने, निराजन राई (सहप्राध्यापक तथा भाषाविद, इच्छापूर्ण राई (सहप्राध्यापक तथा भाषाविद) रहेका थिए । त्यस्तै, आमन्त्रित विशेष अतिथिमा आनन्द सन्तोषी राई (निवर्तमान अध्यक्ष, केन्द्रीय जनजाति महासंघ), अस्मिता राई (केन्द्रीय सचिव, किराँत राई यायोख्खा), उद्धव राई(अध्यक्ष, किराँत राई यायोख्खा, धनकुटा) समाजिक अभियन्ताहरू तिलक राई, पृथसिंह दाहाल लगायत थिए ।
कार्यक्रमलाई अझ स्मरणीय बनाएको पक्ष के थियो भने लोकार्पित पुस्तकमा आत्मीयता, मेहनत र सङ्कलनको रोचक कहानी बोकेर बसेकी कृतिकारकी भतिजी सुजाता राई विशेष रूपमा उपस्थित थिइन् । काकाले आफ्नो जीवन समाज, शिक्षा र संस्कृतिमा अर्पण गरेको साँचो हो । मरणोपरान्त भए पनि उहाँको सम्मानार्थ यस पुस्तकलाई आकार दिइएको हो, उनले प्रष्ट्याइन् । कृतिकारको योगदान बारे सार्वजनिक रूपमा सुनिँदा सुजाता राई मात्र होइन, उपस्थित सम्पूर्ण परिवार र सहभागीहरू भित्रभित्रै भावुक बनेका दृश्यहरू खुलेर देखिन्थे । स्व. राई केवल शिक्षक मात्र थिएनन्, जीवन सुधालय माध्यमिक विद्यालय, खोकुका नि:शुल्क जग्गादाता, संस्कृतिक अभियन्ता एवम् समाजका आदर्श व्यक्ति पनि थिए ।
उनको जीवनसाथी श्रीमती बंगला राई, छोरा अशेष राई, भाइ चन्द्रध्वज राई, भाउजू बैकान्छी राई, भतिजो इच्छराम राई, मोहन राई, अशिम राई, प्रेमबहादुर राई, भतिजी धनकुमारी राई लगायत छिमेकी, आफन्त, साथीभाइ र सांस्कृतिक अभियन्ता, स्थानीय जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको उक्त लोकार्पण कार्यक्रमले शब्द मात्र होइन, अस्तित्वको पहिचान जोगाउने संकल्प समेत बोकेको थियो । विमोचनमा स्थानीय विद्यार्थीहरूको सुन्दर नृत्यले कार्यक्रमको शोभा बढाएको थियो । पञ्चकृष्ण माविका प्रधानाध्यापक होमबहादुर राईको सभापतित्वमा स्वागत मन्तव्य सहिदभूमि बान्तावा खिमका कोषाध्यक्ष सुलुकमन राईले गरेका थिए भने कार्यक्रम सञ्चालन अर्जुन राईको थियो ।
कार्तिक १०, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-८, खुरखुरेमा यही कार्तिक १० गते राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोह-२०८२ भएको छ। वरिष्ठ साहित्यकार प्रा.डा. चूडामणि बन्धुकाे प्रमुख आतिथ्यमा प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने र भागीरथी श्रेष्ठ, वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईलाई रथारोहण गराई भव्य सार्वजनिक अभिनन्दन गरियो । राप्ती नगरपालिकाका विभिन्न मार्ग हुँदै विभिन्न सांस्कृतिक समूहबाट बाजागाजा, नाचगान सहित नगर परिक्रमा गरी जनसमुदायबाट अभिनन्दन तथा सम्मान गरिएको हाे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष कृष्णजी शर्माकाे अध्यक्षता तथा आयुष बडाल र इन्दिरा पाैडेल प्रतीक्षाद्वारा सञ्चालित कार्यक्रममा मञ्चद्वारा पूर्व घोषित ‘आख्यान अनुसन्धान तथा समालोचना शीर्ष पुरुष-२०८२’ बाट वरिष्ठ साहित्यकार एवम् आख्यानकार प्रा.डा. दयाराम श्रेष्ठलाई अभिनन्दन गरिएको थियोे । त्यस्तै ‘लघुकथाश्री समालोचक सम्मान- २०८२’ बाट वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. कपिल लामिछानेलाई’ विशिष्ट संगीतश्री सम्मान- २०८२’ बाट वरिष्ठ गायक एवम् संगीतकार लोचन भट्टराईलाई र ‘विजय स्मृति अग्रज लघुकथा सम्मान-२०८२’ बाट वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठलाई सम्मान अर्पण गरिएको थियोे ।
साथै ‘लघुकथालय पुरस्कार- २०८२’ बाट ‘दुर्बिन’ लघुकथासङ्ग्रह कृतिका कृतिकार एवम् वरिष्ठ साहित्यकार लक्ष्मण अर्याल (चितवन)लाई, ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८२’ बाट लघुकथाकार खगेन्द्र बस्याल (रुपन्देही)लाई, ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२ बाट लघुकथाकारद्वय हिमा रोका ‘प्रतिज्ञा’ (सुर्खेत) र हेमराज अधिकारी (सिक्किम)लाई पुरस्कार एवम् सम्मान अर्पण गरिएको थियोे ।
साथै उक्त अवसरमा ‘लघुकथा विशिष्ट प्रतियोगिता- २०८१’ विजयी लघुकथाकारहरूलाई पुरस्कार, सम्मान एवम् प्रमाणपत्र समर्पण गरिएको थियो । पुरस्कृत हुनुहुनेमा लोकनाथ पुडासैनी (प्रथम), मित्र ‘उराठी’ गौतम (द्वितीय), तारानाथ पराजुली (तृतीय), लक्ष्मी रेग्मी खनाल (सान्त्वना) र कुमार काफ्ले (सान्त्वना) हुनुहुन्छ । साथै सोही अवसरमा प्रदेशगत प्रतियोगितामा विजयी हुनुहुने लघुकथाकारहरूलाई पनि पुरस्कार तथा सम्मान अर्पण गरिएको थियोे ।
मञ्चीय कार्यक्रम स्थानीय नन्दिनी स्टार पार्टी प्यालेसको सभाहलमा गरिएको हाे । साेही कार्यक्रमका बिचमा लघुकथा र यसको सौन्दर्य विषयमा प्रा.डा. कपिल लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभयो भने कार्यपत्रउपर प्रा.डा. विदुर चालिसे र डा. शङ्करप्रसाद गैरेले टिप्पणी प्रस्तुत गर्नुभयो । गाेष्ठीमा लघुकथाकाे स्वरूप र साैन्दर्यमा जाेड दिइयो । कार्यक्रमकाे तेस्रो चरणमा आयाेजित साङ्गीतिक साँझमा वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईले दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नुभयो ।
वसन्त अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ गायिका एवम् संगीतकार लोचन भट्टराईलाई ‘विशिष्ट संगीतश्री सम्मान- २०८२’ प्रदान गर्ने भएको छ । मञ्चको मिति २०८२ साल साउन २४ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको थियोे ।
नेपाली लोक, आधुनिक, चलचित्र लगायत विभिन्न भाषाभाषीका गीत गायनका साथै नेपाली पद्य साहित्यमा संगीत र स्वरका माध्यमले दिनुभएको विशिष्ट योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको मञ्चले जनाएको छ ।
आगामी कार्तिक १० गते मञ्चले चितवनमा गर्ने ‘राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोहमा नगद रु. ११,१११/- (रुपैयाँ एघार हजार एकसय एघार) पुरस्कार रकमसहित ताम्रपत्रद्वारा सम्मान गरिने मञ्चले जनाएको छ ।
वसन्त अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठलाई ‘विजय स्मृति अग्रज लघुकथा सम्मान- २०८२’ प्रदान गर्ने भएको छ । मञ्चको मिति २०८२ साल साउन २४ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको थियोे । कीर्तिशेष वरिष्ठ साहित्यकार विजय चालिसेज्यूको स्मृतिमा मञ्चले यसै वर्ष यस पुरस्कार तथा सम्मानको स्थापना गरेको थियोे ।
आगामी कार्तिक १० गते मञ्चले चितवनमा गर्ने ‘राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोहमा नगद रु. ११,१११/- (रुपैयाँ एघार हजार एकसय एघार) पुरस्कार रकमसहित ताम्रपत्रद्वारा सम्मान गरिने मञ्चले जनाएको छ ।
मञ्चले दिएको जानकारी अनुसार यस वर्षको पुरस्कार रकम कीर्तिशेष विजय चालिसेज्यूका सुपुत्र आलोक चालिसे एवम् परिवारको चाहना अनुरूप उहाँहरूले नै व्यवस्थापन गर्ने बुझिएको छ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयछैसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६६———-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०६/०६ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग०१ सबैको घरमा सुख शान्ति आओस् यो दशैंमा। माँ दुर्गा भवानीको दर्शन पाओस् यो दशैंमा बडादशैंको सबैमा हार्दिक शुभकामना, हर्ष नै हर्षको बाहरले छाओस् यो दशैंमा सदाको लागि गरिबी हटी जाओस् यो दशैंमा। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ बर्षै पिच्छे साल फेरियो तर देशको हाल फेरिएन जतिनै कराउँन जनता नेताको ताल फेरिएन चुनावै पिच्छे फेरिन्छन् मन्त्रीहरु तर के गर्नु यहाँ, अझै नि जनताको खुन पसिना चुस्ने चाल फेरिएन नयाँ सरकारमा पनि गरिब मार्ने जाल फेरिएन।
मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापाब
ॐ पञ्चाङ्ग:०३ लुकाएर लुक्दैन पापकर्म दाजै नकचराेलाई हुँदैन सर्म दाजै विधिसम्मत शासन हाे प्रजातन्त्र, युद्ध लड्नेले भिर्नुपर्छ वर्म दाजै मानवता नभए कस्तो धर्म राजै।
👉🏻त्रिपञ्चाङ्ग🇧🇹 सजिलो अप्ठ्यारो दईटैमा परेर जान्छ हाम्रो जीवन क्षणिकको हो मरेर जान्छ सपना बुन्दै त्यही अवधिमा हराउँदा गर्ने र नगर्ने सबैथोक गरेर जान्छ तर त्यो सपना आवेशमा टरेर जान्छ ।
मिलोमतोभित्र आफ्नो भनि धरेर जान्छ तर आफ्नो-अर्काको विभेद छरेर जान्छ छुट्याउने क्रमको अवधिमा हराउँदा, खासै इमान्दारी बन्ने मिति सरेर जान्छ अनि परितापी ऊ छ्वाङ्ङ झरेर जान्छ ।
विगतमा ऊ कर्तव्यदेखि नै तरेर जान्छ राम्रो गर्छु भन्दाभन्दै दोष भरेर जान्छ राम्रो र नराम्रोको दोबाटो मै हराउँदा, तितो र मिठोको छेउकुना चरेर जान्छ सावधानीपूर्वक अस्तित्व हरेर जान्छ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग-०४ समय परिवर्तनशील छ आफू पनि फेरिनु पर्छ स्वीकार गर या नगर एकदिन कात्रोमै बेरिनु पर्छ हिजोको जस्तै घाम आज पनि लागेको छ नसोच्नुस् कत्ति, आजको दिन अर्कै हो आज अर्कै आँखाले हेरिनु पर्छ ढुङ्गामै लेखियोस् अक्षर समयानुकूल केरिनु पर्छ । -पशपती राई खोटाङ ।
ॐ”पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकचौंतीसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८२/०६/०२
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३५{एकसयपैतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ सुन्दर फूल फुलेका छन् मन् त्यतैतिर डूलेका छन् हेर्दा राम्रो देखिने फूल, सबैका आँखा झुलेका छन् आकाश धर्ती खुलेका छन्। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ फूलको सुन्दर संसारमा रमाउँला सधैँ पवित्र सम्बन्धको यो नाता कमाउँला सधैँ चम्किलो बनिरहनु यसैगरी हरक्षण, सुगन्धित फूल झैं बाटो समाउँला सधैँ साथीसंगी मिलि हरपल जमाउँला सधैँ।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३ सुगन्ध छर्दै फूल फुलोस् यहाँ हरेक पल शान्ति झुलोस् यहाँ सुनौलो बिहानीसँगै रमेर, अधिकारको ढोका खुलोस् यहाँ सबै पीडा माटोमा घुलोस् यहाँ । -शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग०४ “”””””””” सुन्दर रहेछ मित्र काेरीएकाे चित्र आहा नेपाली परिवेश झैँ खाेजिएकाे चित्र आहा हिमाल पहाडका दृश्य त! सारै सुन्दर छ विश्वमा मुख्य गन्तव्य राेजिएकाे चित्र आहा नेपाली प्रकृति देखी लाेभिएकाे चित्र आहा । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-०५ लुकाइ पिडा यहाँ फूलले मलाई हाँस्न सिकायो उनिएर सियोमा पिरतीको माला गाँस्न सिकायो समर्पित भइ सुगन्धित बास्ना छर्दै जताततै, भएभरका जति छन् दुर्गन्ध सबै मास्न सिकायो प्रेमले जगतलाई नै आफैंतिर टाँस्न सिकायो। -पशपती राई खोटाङ ।