घोराही, दाङ राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) एक विशेष समारोहका बीच विमोचन गरिएको छ। घोराहीस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख लोकसाहित्य अनुसन्धानकर्ता डा. गोविन्द आचार्य प्रमुख अतिथिको रूपमा रहनुभएको थियो भने राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो। विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै पदमप्रसाद शर्माले ‘रचना कुसुम’ लाई नेपाली साहित्यको एउटा ओजिलो प्राप्तिको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “लेखक अधिकारीको यो कृतिले मानवीय संवेदना र आध्यात्मिक चेतलाई सरल तर गहिरो ढङ्गले प्रस्तुत गरेको छ। पुस्तकको उपशीर्षक ‘असतोमा सद्गमय’ ले भनेझैँ यसले पाठकलाई असत्यबाट सत्यको मार्गतिर डोर्याउने सामर्थ्य राख्दछ। भाषाको शुद्धता र भावको गहिराइले गर्दा यो अत्यन्तै सुन्दर र प्रेरणादायी पुस्तक बनेको छ।”
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले शुभकामना मन्तव्य राख्दै कृतिको सफलताको कामना गर्नुभएको थियो। वक्ताहरूले लेखकको लामो साधना र अनुभवको निचोडका रूपमा यो कृति आएको बताउनुभयो। लेखकका तर्फबाट सुपुत्र ईश्वरीप्रसाद शर्मा अधिकारीले कृतिको पृष्ठभूमिबारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा दाङका प्रतिष्ठित साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
दाङ, २५ बैशाख । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि घनश्याम अस्तित्वको नवीनतम् कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा कार्यक्रम सम्पन्न भएको छ। परिषद्को नियमित १९९ औँ शृङ्खला अन्तर्गत पत्रकार महासङ्घ दाङको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, पत्रकार तथा साहित्यानुरागीहरूको उल्लेख्य सहभागिता रहेको थियो। राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालय, संस्कृति विभागका निर्देशक डा. टीकाराम उदासी रहनुभएको थियो ।
समीक्षाका क्रममा समीक्षकद्वय यज्ञबहादुर डाँगी प्रमोद धितालले वि.सं. २०८० मा प्रकाशित यस सङ्ग्रहभित्रका ६६ वटा कविताहरूमाथि गम्भीर चिरफार गर्नुभयो। उहाँहरूले अस्तित्वका कविताहरू वैचारिक र कलात्मक दुवै दृष्टिले अब्बल रहेको बताउनुभयो। समीक्षकहरूका अनुसार सङ्ग्रहले वर्तमान समयको स्वार्थी प्रवृत्ति र सामाजिक विसङ्गतिमाथि कडा प्रहार गर्दै भुइँमान्छेका आवाजलाई सशक्त ढङ्गले मुखरित गरेको छ। सरल भाषाशैली, मार्मिक बिम्ब विधान र नवीन शिल्पका कारण ६६ वटै कविताहरूले पाठकलाई गम्भीर आत्मचिन्तन गराउन सफल भएको टिप्पणी उहाँहरूले गर्नुभयो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्य अतिथि पुरुषोत्तम खनाल, विशिष्ट अतिथि डा. टीकाराम उदासी र विभिन्न साहित्यिक संस्थाहरूको तर्फबाट राप्ती साहित्य परिषद्का सल्लाहकार एवं केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ ले नेपाली साहित्यको श्रीवृद्धिमा यस कृतिले महत्वपूर्ण इँटा थपेको चर्चा गर्नुभयो। वक्ताहरूले कविको लेखनमा रहेको इमानदारिता र समाजप्रतिको जिम्मेवारीबोधको प्रशंसा गर्नुभएको थियो।
उपाध्यक्ष सुरेश कुमार पाण्डेले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। परिषद्का सचिव घनश्याम केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष रेग्मीले यस्ता समीक्षात्मक बहसले सर्जकलाई थप निखारिन र नेपाली साहित्य परम्परालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
लघुकथाकार सुरेशकुमार पाण्डेको तेस्रो लघुकथा कृति ‘आवाज’को आइतबार परिचर्चा कार्यक्रम सम्पन्न भएको थियो । स्रष्टा साँझ अमेरिकाको आयोजनामा नेपाली समयानुसार यही चैत २९ गते आइतवार अपरान्ह सवा ६ बजे जुम प्रविधिमार्फत् भएको उक्त कार्यक्रममा परिचर्चाकारहरू सत्या अधिकारी, डा. कुसुमाकर शर्मा गौतम, दीपक लोहनी र खेमराज पोखरेलले कृतिमाथि परिचर्चा गर्नुभएको थियो ।
परिचर्चाकार सत्या अधिकारीले कृतिभित्रबाट समीक्षा शीर्षकको लघुकथा वाचन गर्नुकासाथै वाचित लघुकथाको टिप्पणी गर्नुभयो । उहाँले शैक्षिक बेथितिमाथि बुलन्द आवाज उठाएको, समस्या देखाउने तर समाधान नखोज्ने मानवीयप्रति कटाक्ष गरेको टिप्पणी गर्नुभयो । कृतिका भूमिका लेखक र कार्यक्रमका परिचर्चाकार डा. कुसुमाकर शर्मा गौतमले आवाज लघुकथासङ्ग्रह कालखण्ड दोषमुक्त सङ्ग्रहकारूपमा आएको बताउनु भयो । छोटाकथा र लघुकथाको बीचमा भिन्नता पहिचान गर्न लघुकथामा देखिनु पर्ने लघुत्व , क्षणिकता र प्रभावकारिताको विचार प्रस्तुत गर्नुभयो ।
परिचर्चाकार दीपक लोहनीले आवाज लघुकथाकृतिले उठाएका विचारप्रति आफ्ना धारणा प्रस्तुत गर्नुभयो । कृतिभित्रका १२२ वटा लघुकथाहरूमा कृतिकारले समाचार, सामाजिक घटनाहरू र जीवन भोगाइका विविध अनुभवलाई लघुकथामा पस्केको र समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा, विभेद, नारी चेतना, बाल र पुरुष मनोविज्ञान, वैदेशिक रोजगारका पीडाहरूका विरूद्धमा सशक्त आवाज उठाएका बताउनुभयो । ग्रामिण परिवेश, आञ्चलिक र स्थानीय लवजहरूको सन्तुलित प्रयोग गर्नुले लघुकथामा मिठास रहेको बताउनुभयो । अभिधाको अर्थमा लघुकथाहरू बढी रहेका छन् भने लक्षणाका आधारमा न्यून र व्यञ्जनाका आधारमा प्रमुखरूपमा आएको धारणा प्रष्ट पार्नु भयो । नियमितरूपमा लघुकथा लेख्ने स्रष्टा पाण्डेको लेखनप्रतिको सक्रियता लोभलाग्दो छ तर पनि कृतिकारले धैर्य र चिन्तनमनन गरेर लेख्ने हो भने एउटा सफल लघुकथाकारको रूपमा स्थापित हुन सक्ने विचार राख्नुभयो ।
परिचर्चाकार खेमराज पोखरेलले लघुकथाहरूमा पाइने सवल र दुर्वल पक्षबारे बिहङ्गम दृष्टि प्रस्तुत गर्नुभयो । आमाप्रतिको सम्मान भाव, अर्गानिक भाषा, विविध विषय, स्वैरकल्पना र व्यङ्ग्यको प्रयोग, लघुत्व र क्षणिकता पाइनु , लघुकथाका सबल पक्ष हुन् भने कौतुहलताको क्षय, विषयको दोहोरोपन, परम्परावादी विचार, प्राभवकारिता कम हुनु, कथ्य चयनमा कमजोरी, केही लघुकथामा समापनको बिस्तार र छोटोकथा बनेको बताउँदै आगामी दिनमा सचेत रहन सुझाव दिनुभयो ।
कार्यक्रममा उपस्थित हुनुभएका कृतिका सम्पादक वसन्त अनुभवले कृतिकारले जे जस्तो लवजमा बोल्नुहुन्छ, उस्तै लेख्नुहुन्छ तसर्थ पनि केही कमीकमजोरी देखिनु स्वभाविक हुने गर्छ । औपचारिक शिक्षा नलिएका भए पनि स्रष्टाले छिटो र नियमितरूपमा लेख्ने गर्नुहुन्छ जुन लोभलाग्दो पक्ष रहेकोे भन्दै स्रष्टाको कलमको प्रशंसा गर्नुभयो ।
प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लता के. सी. र राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीले कृतिगत सफलताको लागि कृतिकारलाई शुभकामना र बधाई दिनुभयो ।
कार्यक्रमको अन्त्यमा कृतिकारले सबैलाई धन्यवाद दिँदै लघुकथा लेखनको प्रेरणा , लेखनयात्राका अनुभूति र प्रभावबारे आफ्नो धारणा राख्नु भयो ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबयालीसौमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/१२/१९
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४२[एकसयबयालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग :०१
हिमालको फेदमा बस्ती देखिन्छ त्यहाँका बासिन्दामा मस्ती देखिन्छ अति सुन्दर हाम्रो देश नेपाल , सजाए झै हिउँको गस्ती देखिन्छ मानव एकताको रस्ती देखिन्छ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२
उच्च हिमशिखर हाे मेराे शिर साथी धर्तीपुत्र हुँ छैन नि कुनै पीर साथी विश्वमा बढाए गाैरव हाम्रो पुर्खाले, पहिचान बलियो नेपाली वीर साथी बुद्धका सन्तति भएर छाै धीर साथी। प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३ हिमाली फेदमा घर बनाउन मन छ सम्पूर्णको उपस्थिति जनाउन मन छ कस्तो राम्रो देखियो पुस्तकको घर हेर्दा, यस्को घृणा गर्नेलाई हनाउन मन छ धेरै वार्षिक उत्सव मनाउन मन छ। ह्यारिस ह्यारिसन
पञ्चाङ्ग-०४ हिमालको काखमा बस्ने कस्तो सौभाग्य पाइएको छ आफ्नै पाखामा चौरी डुलाई आफ्नै भाका गाइएको छ प्रकृतिको जति धनी छौं हामी मनको पनि उतिकै , चलाएर पाखुरी यै माटोमा उब्जेको खाइएको छ कोही छैनन् वैरी हाम्रो प्रेम सबैसँग लाइएको छ। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५ चैत बैशाख मास वसन्त ऋतु फक्री आए छन्। हिउँको सिजन देखेर होला खुसीले धाए छन्। हिमाल मिठो श्वास लिदै भुले भ्रमर पुतली वसन्त ऋतुको लतामा हल्ली माल्शिरी गाए छन्। फुलेको मीठो पदार्थ भ्रमर मौरीले खाए छन्। ✍️ वेदु न्यौपाने काठमाडौँ 🙏🌹🌹
दाङ चैत्र २७ राप्ती साहित्य परिषद् दाङ शाखाले हरेक तीनतीन महिनामा नियमित रूपमा गर्दै आएको एकल रचनावाचनको ८४ औँ श्रृङ्खला युवा गजलकार मनोज थापा मगरलाई स्थान दिएको थियो । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता तथा केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । एकल रचनावाचन कार्यक्रममा सष्टा मनोज थापा मगरले डेढ दर्जनभन्दा बढी गजलहरू प्रस्तुत गरेका थिए। उनका गजलहरूमा मायाप्रेम पाइनुका साथै समाजमा रहेका विकृति र विसङ्गतिमाथि उनले चोटिलो प्रहार गरेका थिए ।
लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, साहित्यकार नगेन्द्रगुरु, रुकुम पूर्व शाखाका पूर्व अध्यक्ष कमानसिंह बिष्ट, विशिष्ट अतिथि कमलमणि देवकोटा, प्रमुख अतिथि पुरुषोत्तम खनाल लगायतले स्रष्टा मनोज थापा मगरलाई सफलताको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर,’ नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, झिल्का साहित्य समाजका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव, प्रगतिशील लेखक सङ्घ दाङका सचिव पुराण शर्मा, अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी, कान्तिपुर टेलिभिजनका दाङ समाचारदाता अमर क्षितिज भण्डारी, गोरखापत्र दैनिकका दाङ समाचारदाता लिलाधर ओली, नयाँ युगबोध राष्ट्रिय दैनिकका समाचारदाता गोविन्द खड्का, रेडियो भरोसाका समाचारदाता भरत ओली , साहित्यकारहरू रामप्रसाद जैसी , कपिल किशोर घिमिरे, मधुसुधन गौतम, डम्बर प्रसाद निरौला, हरिप्रसाद रिजाल, महेश कुमार न्यौपाने, रिमा गौतम, देवेन्द्र रिजाल, नारदप्रसाद भण्डारी, शरद गौतम, दामोदर पौडेल, अनुजा शर्मा ‘संस्कृति’, शंकर घर्ती मगर, सुष्मा पुन, शर्मिला पुन, लगायतका विभिन्न संघसंस्था तथा साहित्यकारहरूकोहरूको गरिमामय उपस्थित रहेको थियो। राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीना रोका क्षेत्रीले गर्नुभएको थियो।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयएकासीऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१८१———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/१२/१६
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफूखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
केही मान्छे खुट्टा तान्ने पनि चाहिन्छ
आफैंलाई ठूलो ठान्ने पनि चाहिन्छ
यसरी नै हुने रैछ प्रगति यहाँ,
कोही प्रगतिमा हान्ने पनि चाहिन्छ
मैले भन्दा धेरै जान्ने पनि चाहिन्छ।
सुशीला पौडेल
ॐ पञ्चाङ्ग:०२ “”””””””” वसन्त ऋतु बगैँचामा फुल्याे फूल हजुर खै कताबाट आए माहुरीकाे हुल हजुर प्रकृतिले सृष्टि रक्षार्थ मिलाइन् व्यवस्था , सनातन शाश्वत हाम्रो धर्म मूल हजुर पूर्खाले चलाएको रीत छाडे भुल हजुर । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०३ प्रेमील संसार जगाएर जाऊ दुःख पीडा सबै भगाएर जाऊ मानव जिन्दगी अजीब रहेछ, सुख खुसी यतै मगाएर जाऊ प्रेमरूपी फूल लगाएर जाऊ। ह्यारिस ह्यारिसन।
पञ्चाङ्ग:०४ चैत बैशाख मास वसन्त ऋतु फक्री आए छन् फुल्नको सिजन देखेर होला खुसीले धाए छन् फुलेको मिठो सुवास् लिदै भुले भ्रमर पुतली , वसन्त ऋतुको लतामा हल्ली माल्शिरी गाए छन् फुलेको मीठो पदार्थ भ्रमर मौरीले खाए छन्। ✍️ वेदु न्यौपाने काठमाडौँ 🙏🌹🌹
पञ्चाङ्ग-०५ हिमाली हावा पहाड हुँदै तराई सम्म नै बहनु पर्छ दुःख र सुख पूर्व र पश्चिम मिलेर हामी सहनु पर्छ नाथे यो मान्छे त एकदिन मरि नै हालिन्छ मै हुँ नभनौं, तर यो देशको नाम नेपालै हो विश्वलाई कहनु पर्छ मर्नु हुन्न कहिल्यै पृथ्वी रहुन्जेल यो देश रहनु पर्छ । -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचालीसौं हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/१२/०५
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४०[एकसयचालीसौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफूखुसी
स्थायी :- आफूखुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग:०१ हर्ष नै हर्षको बहार आओस् चैते दशैंमा सम्पूर्णको दुःख हटेर जाओस् चैते दसैंमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु, देशमा अमनचयन छाओस् चैते दसैंमा शान्ति,एकताको प्रतीक पाओस् चैते दसैंमा। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ चैते दसैं आयो भन्छन् खुशी सबै छायो भन्छन् दुःख कष्ट पिडा बिर्सी, गरिबले खायो भन्छन् नयाँ लुगा पायो भन्छन्। -कला ढकाल झापा
पञ्चाङ्ग :०३ हाम्रो परम्परामा एक वर्षमा चार नवरात्र हुन्छ साथी विशेष गरेर नवदुर्गाकाे पूजाले हाम्राे मन छुन्छ साथी हाम्रो वैदिक सनातन धर्म वैशिष्ट्य आत्मालाई शुद्ध गर्ने पूर्वीय दर्शन अनुसार मान्छे जन्म जन्म पाप धुन्छ साथी हामीले अनुष्ठान निष्काम भावले गरे ईशले सुन्छ साथी । प्रधुम्न चालिसे।
पञ्चाङ्ग-०४ बेरोजगार कोही नहोउन् सबैको वर्षैभरि काम होस् चुहियोस् पसिना यै माटोमा यै माटोमा परमधाम होस् हाम्रो सबै पर्वमा गर्व गर्दै शुभकामना बाँड्न सकुँ, विश्वभरि जहाँ रहेपनि सधैं हाम्रो नेपाली नाम होस् असत्यलाई जित्न सक्ने यो कलियुगमा पनि राम होस्।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयउन्नासीऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७९———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/१२/०२
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
अति सुन्दर फूल फुलाउन मन छ
विषमा नि अमृत घुलाउन मन छ
मानिसहरुको घमण्ड हुन्छ विचित्र,
घमण्डीलाई सधैं झुलाउन मन छ
संस्कारीलाई सँगै डुलाउन मन छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
जब उमेर ढल्दै जान्छ
भित्री शरीर गल्दै जान्छ
तब घरमा हुन्छ हेला,
आगो मनमा बल्दै जान्छ
यस्तो हर्कत चल्दै जान्छ।
-कला ढकाल ,झापा।
पञ्चाङ्ग:०३ कसैले जिते कसै हारे चुनावमा तर तम्सेर छक्क पारे चुनावमा ‘म बन्छु प्रधानमन्त्री भनेर’ खोइ, भाषणले नै मार्नु मारे चुनावमा कतिले त छाक नै बारे चुनावमा ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०४ – मिलेर अगाडि बढे के हुन्छ कुन्नि साहेब मैमत्ता भएर असत्य कुरा सुन्नी ? साहेब भाराे पर्ममा सम्पन्न हुन्थ्यो हिजो हाम्राे काम, किन चलेकाे छ एकले अर्काे थुन्नी साहेब संस्कार भुलेर नै अरू किन चुन्नी साहेब । -प्रधुम्न चालिसे
पञ्चाङ्ग-०५ न साँघु लायौ एउटा भवसागर तर्छौ के जन्मेका जति सबै मर्छन् तिमी चाहिँ मर्छौ के धर्म कर्म गर्छु भन्दाभन्दै पापैपाप गर्यौ, तेरो मेरो भन्दाभन्दै बितिगो दिन गर्छौ के आफैं माटोमा रोपिने बेला भो बिउ छर्छौ के? -पशपती राई खोटाङ
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयउन्नचालीसौ हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/११/२८
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३९[एकसयउन्नचालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१
सुन्दर वन छ
सबैको मन छ
कति हरियाली,
राष्ट्रिय धन छ
गाईको तन छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
गाई चर्दैछन् सुन्दर वनमा यहाँ
औधी रमाएका आफ्नै मनमा यहाँ
सधैं गाई हाम्रो राष्ट्रिय जनावर,
हर्ष साट्दैछन् सबैकाे पनमा यहाँ
किसान खुसी छन् दुध धनमा यहाँ।
-केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ,हाल भारत ।।
पञ्चाङ्ग:०३
आहा !हेरिरहुँ जस्तो सुन्दर वन छ। आनन्दले र रमाएको छ यो मन छ हरियालीमा डुलेका छन् गाईहरू हो, हरियाली वन नै नेपालको धन छ राष्ट्रिय यो जनावर गाईको तन छ। -दुर्गा भट्टराई पञ्चाङ्ग- ०४ धान फल्ने गहुँ फल्ने खेतमा आज गाई चरेको देखियो मान्छेविहीन घरहरू बिलखबन्दमा परेको देखियो जति हेर्यो उति हेरौं हेरौं लाग्ने यी हरियाली वनपाखा, हेर्ने मान्छे नै नहुँदा प्रकृतिले गुनासो गरेको देखियो नसुने झैं गर्दै मान्छे दिनदिनै बसाइँ सरेको देखियो। -पशपती राई खोटाङ । पञ्चाङ्ग०५ प्राकृतिक एउटा सुन्दर गाउँ हजुर हरियाली ढपक्क ढाकेकाे ठाउँ हजुर चाैरमा स्वतन्त्र आहा गाई चरी रहेका रमणीय स्थानको के हाेला नाउँ हजुर मस्तले छटामा दुबै हात बाउँ हजुर । प्रधुम्न चालिसे
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय छयाहत्तरौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७६———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/११/११
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखी बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ अहंकारी आफैं पछि पर्ने छ। त्यस्ताको खुसी अरूले हर्ने छ आफू आफैंलाई महान् सम्झिने, आफैलाई आक्रमण गर्ने छ आफैंमा दुःखको बीज छर्ने छ। -सुशीला पौडेल।
पञ्चाङ्ग:०२
प्यास नमेटाउन पिएको पानी जस्तै किन चित्तनबुझ्ने मायाको खानी जस्तै पानीले नमेट्ने तिर्खा अनि उस्तै माया, भन्दा कत्ति नमान्ने अटेरी बानी जस्तै भेटें तपस्याले महलकी रानी जस्तै।
-दुर्गा आचार्य मोरङ पञ्चाङ्ग:०३ – तिमीले बिहेमा दिएको पछ्यौरीले छोपेपछि दुई हात बाँधी पिठिउँमा छुराले रोपेपछि म कहाँ बाँच्न सक्छु मेरी हृदयको प्यारो मान्छे, तिमीले पनि अगाडीबाट छातीमा घोपेपछि एक दुई हैन बार बार लडाइँ खोपेपछि । — -मल्ल लक्ष्मी श्रेष्ट मेची किजार बिर्तामोड झापा
पञ्चाङ्ग :०४ लाेकतन्त्र भनेकाे कसरी भक्षक भयो र देश जल्याे प्रभु ! लाेकतन्त्रमा पनि निहत्था विद्यार्थी माथि झन् गाेली चल्यो प्रभु! कहिल्यै नफल्ने फाेस्राे प्रजातन्त्र मान्न हामी बाध्य भएका छाैं, ताजा जनादेश धेरै पटक भयाे जनतालाई छल्यो प्रभु! स्वार्थी राजनीतिले गर्दा सरकार स्थिर भएन ढल्याे प्रभु ! -प्रधुम्न चालिसे
पञ्चाङ्ग- ०५ निष्ठा हरायो रे आज राजनीतिमा पनि मात्रै रेला छ काम भने सिन्को भाँचेको छैन खानलाई चाहिँ मेला छ होसियार ! मान्छे चिनौं बेलैमा नत्र पछुताउनु पर्ला ! बाहिर समृद्धिको कुरा भित्रभित्रै देश बेच्ने खेला छ अस्तित्व धरापमा छ पहिचानको गफ गर्ने भेला छ। -पशपती राई खोटाङ ।