• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक उदक लेखन शृङ्खलाको ४९औँ भाग शनिबार सम्पन्न

  • १८ बैशाख २०७९, आईतवार २३:५५ मा प्रकाशित
  • काठमाडौ, १७ बैशाख। साप्ताहिक उदक लेखन शृङ्खलाको ४९औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    Social media

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    सन्तान
    अतृप्त माया
    सुख दु:खको साथी !
    ✍️
    राम नेउपाने

    [२]
    चीत्कार
    आमाको आँसु
    बुझ्ने छोराको कर्तव्य !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [३]
    आमा
    प्यारी सृष्टिकर्ता
    सन्तानको दु:ख हर्ता !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [४]
    आमा
    आँखामा आँसु
    बिचलित अबोध बालक !
    ✍️
    मंगला उपाध्याय

    [५]
    आमा
    धर्ती जननी
    सृष्टिको अटुट नाता !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [६]
    स्वर्ग
    आमाको काख
    अरूको माया लाख !
    ✍️
    रमा पन्त
    पाल्पा

    [७]
    आमा
    सन्तानको सुख
    देखी अनुहारमा कान्ति !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [८]
    औँसी
    कालो रात
    आमाको मीठो सम्झना !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [९]
    आमा
    हुन् सृष्टिकर्ता
    हेर्छिन् दु:ख पर्दा !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [१०]
    आमा
    ममताको खानी
    संसारको अमुल्य चिज !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [११]
    सन्तान
    जीवनको आधार
    रहन्छ सम्बन्ध सदावहार !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१२]
    धरती
    आमाको स्वरूप
    सृष्टिकै उज्यालो कान्ति !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [१३]
    आमा
    देवी समान
    पुछ्नु छ आँसु !
    ✍️
    शिव खनाल

    [१४]
    आमा
    ममताकी खानी
    पुजाैँ महत्त्व जानी !
    ✍️
    प्रीतबीज

    [१५]
    आमाको
    गर स्याहार
    वृद्धाश्रम लगी नछाड !
    ✍️
    सौन्दर्य शाक्य
    पाल्पा , तानसेन

    [१६]
    आमा
    आत्मीय भाव
    देखिन्न कतै अभाव !
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी

    [१७]
    आमा
    सुपुत्र हुँ
    म पुछ्नेछु आँसु !
    ✍️
    प्रद्युम्न चालिसे

    [१८]
    कर्तव्यबोध
    भराेसाकाे केन्द्र
    आमाको खुशीकाे संसार ।
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [१९]
    छोरा
    कर्तव्य बोध
    पुच्छदै आमाको आँसु !
    ✍️
    बुद्धिमान चौधरी
    सुरुङ्गा ४ झापा

    [२०]
    जननी
    आँखाका कसिङ्गर
    पन्छाउँदै पुत्र रत्न !
    ✍️
    कण्ठराज गिरी

    [२१]
    आमा
    एक साहारा
    सुन्दर जीवन आधार !
    ✍️
    कविता आचार्य
    कैलाली

    [२२]
    आमा
    जननी जन्मदाता
    देवी हाम्री विधाता !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [२३]
    आमा
    तिमी नरुनु
    म छु साथमा !
    ✍️
    सूर्य क्वितिचा
    काठमाण्डौ

    [२४]
    आमा
    ममताकी खानी
    असल बन्ने प्रेरणा !
    ✍️
    मिलन के. सी.( थापा)
    पोखरा

    [२५]
    माता
    फगत एउटा
    पृथ्वीमा जिउँदो देवता ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [२६]
    आमा
    अजस्र ममता
    सन्ततिको कर्तव्य बोध !
    ✍️
    गोपालप्रसाद पौड्याल

    [२७]
    आमा
    प्रेणनाकाे स्रोत
    संसारकाे अमुल्य गहना !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [२८]
    सन्तान
    मुटुको टुक्रा
    जीवनको निकट भरोसा !
    ✍️
    सन्तु खत्री

    [२९]
    आमा
    ईश्वरको रुप
    एउटा सिङ्गो सँसार !
    ✍️
    नरेन्द्रबहादुर क्षेत्री
    बुटवल, रुपन्देही

    [३०]
    आमाको
    ममता अमूल्य
    आँसुका चुकाउनु मूल्य !
    ✍️
    टीकाराम जाेशी
    टीकापुर

    [३१]
    आमा
    ममताकि खानी
    सन्तानलाई दिन्छिन जिन्दगानी !
    ✍️
    धर्मी शाक्य
    बुटवल,रुपन्देही

    [३२]
    आमा
    सर्व देवी
    सृष्टि नयाँ जिवन !
    ✍️
    घनश्याम पौडेल
    कैलाली

    [३३]
    भावुक
    कलिलो बालक
    मातृ पिडा बोधक !
    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ*

    [३४]
    आमा
    पीडामा हुॅदा
    अवोधले पनि बुझ्दछ !
    ✍️
    सरस्वती श्रेष्ठ

    [३५]
    आमा
    एक सृष्टिकर्ता
    सन्तानको प्रिय मान्छे !
    ✍️
    त्रिलोक नारायण रामदाम
    सिननपा~८ देव पथ, भैरहवा (रुपन्देही)

    [३६]
    माता
    जीवन दाता
    बिश्व बम्हाण्डको ज्ञाता!
    ✍️
    पशपती राई
    खोटाङ

    [३७]
    आमा
    ममताकि खानि
    भगवानको अर्को रुप !
    ✍️
    शिव ज्ञवाली
    गुल्मी

    [३८]
    आमा
    प्रेरणाकाे प्रतिमुर्ति
    निस्वार्थ मायाकि खानि !
    ✍️
    रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    [३९]
    आमा
    स्मृति छायाँ
    मनकाे आँखा भित्रै।
    ✍️
    राेशन पराजुली
    धरान।

    [४०]
    आमा
    मार्ग निर्देशक
    घृणा हेलचेक्राइँ अपराध !
    ✍️
    जमुना कायस्थ, पोखरा

    [४१]
    आमा
    ममताकी खानी
    जन्मदाता हुन् जननी !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    जय उदक ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन शृङ्खलाको ४९औँ भाग शनिबार सम्पन्न

    पञ्चाङ्ग चित्रपटको १३ औँ भाग सम्पन्न

  • १८ बैशाख २०७९, आईतवार १३:४० मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट : भाग: १३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०१/१५

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीबार

    चित्र संकलक
    —————-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार ।
    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं   शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    चित्रपट पञ्चाङ्ग    ०१

    नेताको  भाषण   सुन्न  आएको देखेकै छौँ
    र्‍यालीमा जनता नै भोको नाङ्गो भेटेकै छौँ
    आफूलाई भन्दा  राष्ट्रलाई   बचाउ    नेता
    एक – एक   भोटको मूल्यले नै जेलेकै छौँ
    चुनाव  जित्नलाई  के  के  गर्छौ  हेरेकै छौँ ।

    चुनावीको र्‍यालीमा बहुत देखियो सडकमा
    जनतासँग भिख  मागेको भेटियो सडकमा
    नेपाल आमाको छाती  कुल्चेर नदेख्ने नेता
    पुरानै नेता आज  बोलेको हेरियो  सडकमा
    पैसाको बलले राम्रा जति छेकियो सडकमा ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”  ।

    पञ्चाङ्ग   ०२
    १
    चुनावको लहर आयो रे भन्छन्
    गाउँशहर  देश  छायो रे भन्छन्
    राम्रा  मान्छेहरू  चुन्न पाए हुने
    सडकतिर ऱ्याली लायो रे भन्छन्
    कसैले ता पैसा पो पायो रे भन्छन् ॥
    २
    न्याय निम्ति लड्छ जसले उसलाई भोट खसाल्नु
    देश प्रेम गर्छ जसले   उसलाई भोट खसाल्नु
    नजिताउँ भोट दिएर मुखले ठिक्क पार्नेलाई
    जन दुःख हर्छ जसले उसलाई भोट खसाल्नु
    विकासमा बढ्छ जसले उसलाई भोट खसाल्नु ॥

    💢गुणनिधि घिमिरे, पाँचथर मोरङ  हाल अमेरिका ।

    पञ्चाङ्ग   ०३

    चुनाव आउने बेलामा मात्र सडकमा देखिन्छन्
    काम गर्नुभन्दा घर सिगार्ने तडकमा देखिन्छन्
    जितेरै गएनि केही छैनन्  लछारपाटो  लाउने !
    जनतालाई काम छैन नेता कडकमा    देखिन्छन्
    स्वास्थ्यको खर्च विदेशमा गर्ने भडकमा देखिन्छन्  ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   ०४

    देशमा  चुनावी माहोलले  छाएको छ
    जताततै  भोटको  गीत  नै गाएको छ
    चुनावको  बेला  मात्र  मुख  देखाउँदै
    भोट  मागेर  घर  घरमा  धाएको   छ
    कसै कसैले त  पैसा पनि खाएको छ ।

    💢सरस्वती श्रेष्ठ, इटहरी ।

    पञ्चाङ   ०५

    स्थानीय चुनाव हाम्रो देशमा आएको छ
    पर्चा पम्पलेटले बोर्ड र भित्ता छाएको छ
    विकास गर्ने राम्रो  नेता छानेर यसपाली
    मलाई  नि मतदान  गर्न  मन लाएको छ
    अठार वर्ष माथि मताधिकार पाएको छ ।

    💢तारा घिमिरे संखुवासभा ।

    चित्रपट पञ्चाङ्ग   ०६

    स्वार्थका लागि यी मरि मेटेका छन्
    अघि पछि नभेट्नेले भेटेका छन् ।
    सत्ता माेह खुवै देखिदै आएकाे
    नागरिकका दिमाग फेटेका छन्
    महङ्गिले सबैलाई रेटेका छन् ।

    💢मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग  ०७

    दम्भकै सहस बोकी  खै के  गर्छौ कुन्नी
    आफ्नै लागि सुर तालमा के भर्छौ कुन्नी
    नेताको  भाषण  सुन्न , भित्र  जाल बुन्न
    जनताको  मर्म  टेकी खै  के तर्छौ कुन्नी
    बाहिरी खोक्रो समाधिमा के छर्छौ कुन्नी !!

    💢प्रेम थापा “मन”बागलुङ ।

    पञ्चाङ्ग    ०८

    चुनाव आयो प्रचार छायो गाउॅ र वस्तीमा
    जसको जीत भएनि सधैॅ जनता सास्तीमा
    भदौरे भेल झैॅ उर्लिए जन सडक माझ
    तैनाथ रहे प्रहरी बल गल्लीका गस्तीमा
    हारेनि जीतेनि नेता त सधैॅ मोज मस्तीमा ।

    💢सरस्वती श्रेष्ठ,  रूपन्देही बुटवल

    पञ्चाङ्ग   ०९
    १
    ज्ञान छैन अर्ध शिक्षा अक्षर मात्र पढ्छन् बिचरा
    सुर्याई दिएपछि नबुझी अगाडि बढ्छन् बिचरा
    बुद्धि भए, रोजगार भए किन पछि लाग्थे होलान्
    छैन कतै समाउने हाँगो माथि त चढ्छन् बिचरा
    पाए भने ठुलो धोका ती मनमनै डढ्छन् बिचरा ।
    २
    पाँच वर्षमा एक कल फोन मलाई पनि आउँछ अब
    हाम्रो पाटीलाई हेर्नुहोला भन्दैमा एक गीत गाउँछ अब
    उल्टो सुल्टो मिलिजुली उही सत्तालाई भोट, कसरी दिनु
    साँघुरो त्यो पथ, माथिबाट काँडाले घोच्ने छ, धाउँछ अब
    कुँडिएको व्यवहारले बहुलाएछु भने पाउँछ अब ।

    💢सविता के.सी. , काठमाडौं ।

    पञ्चाङ्ग    १०

    निराश छु अाज म, देशमा चुनाव छाएकोछ हेर
    उही पुरानै अनुहारले टिकट पाएकाेछ हेर
    विकास त गर्न केही बाँकी नै छैन याे देशमा भन्दै
    जुकाले रगत चुसेसरि बजेट खाएकोछ  हेर
    कर्याकर्ता उनैलाई नेतृत्व दिन धाएकाेछ हेर ।

    💢रामराजा के. सी. फर्पिङ, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   ११

    चुनाव आयो जनता हेर रमाइ हिँडेका
    रङ्गी है चङ्गी झन्डा ती समाइ हिँडेका
    नेताले पनि विकास गर्छन् आशमा भुलेका
    नेताका निठा बात मै छिटै जमाइ हिँडेका
    क्षणको हाँसो ओठमा टाँस्दै ठम्याइ हिँडेका ।

    💢सरिता काफ्ले, कोहलपुर बाँके ।

    पञ्चाङ्ग    १२

    चुनावको प्रचार प्रसारको निम्ति हिडेको देखियो यहाँ
    पैसाको लागि हेर आफ्नो पार्टी पनि छाडेको भेटियो यहाँ
    काग परे तिवारी नत्र गोतामे भन्ने  धेरै छन् अहिले
    देश चलाउनु भएका नेताहरुको शक्ति हेरियो यहाँ
    युवाहरुलाई रोजगारको लागि बाटो नै छेकियो यहाँ ।

    💢आर्मित्मा थापा मगर, स्याङ्जा ।

      पञ्चाङ्ग    १३

    पछिपछि लाग्दैछौ नेताको प्यारो हुनलाई
    कुकृत्य, भ्रष्टाचार पद प्राप्तिले धुनलाई
    कहिलेसम्म बन्छौ तिमी पानीमाथि ओभानो
    चिनेभने जनताले मकै खाने घुनलाई
    तयारीका लागे हुन्छ कुनापसि रुनलाई

    💢पुष्पा नेपाल  (सुवेदी ) इलाम ।

    चित्रपट  पञ्चाङ्ग   १४

    दुई दिनको पर्व हाे चुनाव मनाउनु पर्छ है
    आ-आफ्नो आस्थाको झण्डा सबैले समाउनु पर्छ है
    यहाँ स्वास्थ्य छवि भएको नेता नभेट्न नै गार्‍हो छ
    मतदानकाे बखतमा हात कमाउनु पर्छ है
    आज गरेको फैसलामा भाेलि रमाउनु पर्छ है ।

    💢भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   १५

    हुरी छ  हाल  बेसरी   चुनाव  चल्छ   देशमा
    प्रचार बढ्छ पार्टिको निकास फल्छ देशमा
    लडाइँ   हुन्छ  भाेटकाे  हुँदैछ  ग्याँठ   एकल
    जितिन्छ नित्य लाेभमा विशुद्ध जल्छ देशमा
    जितेर  अाउँदा  यहाँ  कुकृत्य  दल्छ   देशमा ।

    💢सुरेश चन्द्र घिमिरे, लमजुङ ।

      पञ्चाङ्ग   १६

    भनेको सबै पुराउछु मत दिनुहोस्
    सम्पन्नशाली बनाउछु मत दिनुहोस्
    केही चिन्ता लिनु पर्दैन् हामी छौ साथमा
    साउदी खाडी उडाउछु मत दिनुहोस्
    गरिब सबै हटाउछु मत दिनुहोस् ।

    💢वसन्त अनुभव, घोराही, दाङ ।

      पञ्चाङ्ग   १७

    फेरि अवसर आएको छ हाम्रा नेता छानौँ
    अनुशासित विकासशील राम्रा नेता छानौँ
    बुद्धि पुर्याउ भोट हाल्न असल मान्छे चुनौं
    सभ्य समाजको आश भए माम्रा नेता छानौँ
    दिनु हुन्न त्यस्तालाई भोट दाम्रा नेता छानौँ ।

    पद्मा रिजाल, बाँके कोहलपुर ।

    पञ्चङ्ग    १८

    पाँच  वर्षमा  नेता  गाउँमा   टेक्न आए
    हात जोडी  चुनावमा के के देख्न आए
    बाढी आयो   पहिरो गयो भए बिचल्ली
    आश्वासनको कोसेली फेरि फेक्न आए
    यिनै पुराना  नेता    विकास छेक्न आए ।

    💢देवकी के.सी. हाल बिरगंज ।

    चित्रपट  पञ्चाङ्ग     १९

    चुनावकाे लहरले घन्क्याे गाउँ   आज
    शहरमा  र्याली हेर्न  हिड जाऊँ आज।
    हाम्रा नभै राम्रा  राेजाैँ जिम्मेवारी  हाम्राे
    जाेसुकै हाेस् छेपारेलाई न दिऊँभाउ आज ,
    छक्का पञ्जा गरी गरी चल्छ दाउ आज।

    💢चन्द्रावती  अधिकारी, कोहलपुर बाँके।

    पञ्चाङ्ग     २०                

    चुनावी मैदानमा नेता आएर के गर्ने ?
    सबै पार्टीका झण्डा यहाँ छाएर के गर्ने ?
    चुनाव जितेपछि फर्कने छैनन् गाउँमा
    जनताको स्थिती उस्तै हो धाएर के गर्ने ?
    कागजमा मात्र आश्वासन पाएर के गर्ने?
                                        
    💢निर्मला सुवेदी,बागलुङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपटको १३ औँ भाग सम्पन्न

    पञ्चाङ्ग साहित्य समाज पाठशालाको अठ्ठाइसौँ अभ्यास शृङ्खला सम्पन्न

  • १५ बैशाख २०७९, बिहीबार २२:२९ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज पाठशालाको अभ्यास शृङ्खला :- अठ्ठाइसौ   (२८)

    ——————————————–
    “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/ ०१/१३

    ………………………………………….

    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी
    .

    ======================
    अनुप्रास = गलाएर , चलाएर,  छलाएर, जलाएर, फलाएर,पलाएर, ढलाएर, दलाएर, खलाएर, मलाएर
    आदि ।
    स्थायी आफुखुसी

    —–

    पञ्चाङ्ग   ०१

    मनलाई  पीडा  दिदै     गलाएर आयो
    जिन्दगीलाई नै    आज ढलाएर आयो
    आशै आसामा  बाँच्नु  कतिन्जेल अब
    सल्काउन आगो बाली  चलाएर आयो
    त्यही आगोमा  इज्जत जलाएर आयो ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली “

    पञ्चाङ्ग   ०२

    तरल  मन  बनाई  ठोस  कुरा  गलाएर  के  पायौ
    हावाको झोक्का बनेर झर्ने गरी ढलाएर के पायौ
    आफ्ना कुरा पेचिलो,भन्छन् रे अरुका कुरा अगतिलो
    स्वामित्व राखी  खरानी हुने गरी जलाएर के पायौ
    स्वार्थको बीऊ रोपी बेतुक हल्ला चलाएर के पायौ ?

    💢प्रेम थापा “मन ” बागलुङ ।

    पञ्चाङ्ग   ०३

    थाहै नदिई मुटुमा तीर चलाएर गयौ
    छातीभित्र सुटुक्क मशाल जलाएर गयौ
    शान्त थियोे मेरो जीवन, न केही चिन्ता पीर,
    सुटुक्क छिरी नौनीझैँ मन गलाएर गयौ
    विश्वासका ती सारा पर्खाल ढलाएर गयौ ।

    💢वसन्त अनुभव,घोराही, दाङ।

    पञ्चाङ्ग   ०४

    झुटा कुराले नेताले जनतालाई गलाएर खाए
    कुर्सीकाे लुछाचुँटी सधेैँ गरी सत्ता ढलाएर खाए
    जुन जाेगी अायाे कान चिरुवा रहेछ याे त भनेझेैँ
    उठेकाे राजश्व जनताकै थाप्लाेमा जलाएर खाए
    पाँचतारे हाेटलकाे नालीकाे रस चलाएर खाए।

    💢ताेयानाथ सुवेदी, काठमाडौं ,काँडाघारी ।

    पञ्चाङ्ग   ०५

    चुप्प लाग बसेकाे थे चलाएर गयाै
    पिर परेकाे मान्छे म जलाएर गयाै
    आगाे निभाउनु पर्ने दन्काएर छाड्याै
    जसाे तसाे उठ्दै थिएँ ढलाएर गयाै
    माया लगाउला भन्दै छलाएर गयाै।

    💢 मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।

    पञ्चाङ्ग    ०६

    थाह छैन किन तन गलाएर गई
    मुटु भित्र प्रेम झोसी जलाएर गई
    फर्क भनी बिन्ति गरें अझै फर्किएन
    पिरतीको फलहरू फलाएर गई
    निर्मोहीले शान्त मन चलाएर गई।

    💢अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   ०७

    १
    मलाई यसरी ढलाएर नजाऊ प्रिया
    यो मन मुटु नै गलाएर नजाऊ प्रिया
    यो तन मन जीवन सधैँ तिम्रै थियो हो
    मलाई जिउदै  जलाएर नजाऊ प्रिया
    बचनका बाण चलाएर नजाऊ  प्रिया ।
    २
    आमाको मन जलाएर नजाऊ
    आँसुको धारा बगाएर नजाऊ
    आमा तिम्री हुन् जननी जन्मदाता
    तिखो बचन चलाएर नजाऊ
    आमाको मुटु ढलाएर नजाऊ ।

    💢सुमित्रा पोखरेल,  काठमाडौं ।

    पञ्चाङ्ग    ०८

    बिग्रेको गाडी चले झैँ चलाएर मात्र जाने भाे जिन्दगी ।
    कल्पनाकाे त्यो कहर  पलाएर मात्र जाने भाे जिन्दगी ।
    परिस्थितिकाे दास भाे याेजना नेतृत्वको भरमा पर्दा ,
    अभावकाे वेदनाले गलाएर मात्र जाने भाे जिन्दगी ।
    साझा सुन्दर रहर जलाएर मात्र जाने भाे जिन्दगी ।

    💢भवानी घिमिरे
         सर्लाही ।

    पञ्चाङ्ग   ०९

    रुखो हृदय पनि पलाएर आयो
    हरियो त्यो रुखले फलाएर आयो
    अमिट छाप धरामा छाड्नु जीवन
    जीव, तरु, मानव चलाएर आयो
    रहर नै मनमा पलाएर आयो।

    💢सरिता काफ्ले,  कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १०

    किन मेरो मनलाई आज  गलाएर  गयौ
    माथि उठ्न नसकिने गरि  ढलाएर  गयौ
    हेर विश्वास गर्नु मेरो गल्ती भएछ क्यार!
    संसार सारामा भुइँचालो चलाएर गयौ
    हृदयको चाहना त्यतिकै जलाएर गयौ

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग    ११

    भित्र भित्रै रिसले  मुटु जलाएर गयो
    आज उसलाई सुटुक्क छलाएर गयो
    बाहिरबाट हेर्दा दुइटै मिलेकै थिए
    तर पनि के भयो आज गलाएर गयो
    पत्यार नलाग्ने गरी घर ढलाएर गयो।

    💢सरस्वती श्रेष्ठ इटहरी ।

    पञ्चाङ्ग    १२

    वसन्तपछि ती पालुवा हरिया पलाएर गए
    आए भमरा नाची बागमा फूल चलाएर गए
    एक अर्काको सहयोगले प्रकृति बनेछ
    अनायास बोटहरूमा बिजन फलाएर गए
    पुगेछ प्रकृति भोग्न छाडे, मन जलाएर गए ।।

    💢सविता के.सी., काठमाडौँ ।

    पञ्चाङ्ग    १३

    बिख फलाएर गयौ ।
    देह ढलाएर गयौ ।
    आफन्तले घात गरे,
    छुरी चलाएर गयौ ।
    मुटु जलाएर गयौ ।

    💢आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   १४

    १
    दाजुभाइ  माया  प्रीति जलाएर छाड्यो
    व्यर्थैमा  गोली  बारुद  चलाएर  छाड्यो
    यस्तै  रैछ  संसारमा  दैवको  यो  लिला
    खोजेको  थियो शासन  छलाएर छाड्यो ॥
    २
    हातीछाप पक्का घर पलाएर छाड्यो
    जनताका आँखाहरू छलाएर छाड्यो
    एकार्कामा हाना थाप गर्दा गर्दै पनि
    लोक फाटो गराएर दलाएर छाड्यो
    ढलिगाको धरहरा फलाएर छाड्यो ॥
    ३
    शुद्धशान्ति इतिहास गलाएर छाड्यो
    सारा देशवासीलाई दलाएर छाड्यो
    जनताका  सुखदुःख  विना  मतलव
    कुर्सीखेल राजनिती चलाएर छाड्यो
    पूर्खा पुस्ता इतिहास ढलाएर छाड्यो ॥

    💢गुणनिधि घिमिरे, पाँतथर मोरङ हाल अमेरिका ।

    पञ्चाङ्ग    १५

    म माया लाउँछु भन्दै पीडामा गलाएर गयौ ,
    स्थिर थियो मेरो मन तिमीले चलाएर गयौ ।
    बिछ्याइएका धेरै सपनाहरू चुँडिएका छन्
    अनगिन्ती मनका आशालाई ढलाएर गयौ
    साटिएका प्रेमपत्र तिमीले जलाएर गयौ ।

    💢दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग   १६

    फेद भुल्यौ  तिमी टुप्पैबाट पलाएर गयौ
    भित्र भित्रै यो मनमा छुरि  चलाएर गयौ
    धनको पछि लाग्दै गयौ पवित्र मन तोडी
    धमिराको देवल झैं तन गलाएर गयौ
    घायलपारी यो मुटुलाई जलाएर गयौ ।

    💢चेतना पोखरेल, मोरङ ।

    पञ्चाङ्ग    १७

    खुसी मन हुँदाहुँदै दुःखको बह ढलाएर गई
    आँखाको आँसु भुइँमा झर्न नदिइ छलाएर गई
    हाँस्न खोज्दै थिए सबै पीडालाई भुलाइ अन्त कतै
    नशाले सिएको घाउ नुन छर्केर जलाएर गई
    गुलाफको फूलमा पनि काँडैकाँडा फलाएर गई  ।

    💢अम्विका अधिकारी, झापा विर्तामोड ।

    पञ्चाङ्ग    १८

    दियो बत्ती जलाएर जाऊ प्रिया।
    शत्रु जति ढलाएर जाऊ प्रिया।
    अघि बढ्न शत्रु हुनु पर्छ हाम्रो,
    सबैलाई दलाएर जाऊ प्रिया।
    मेरो दिल चलाएर जाऊ प्रिया।

    💢ह्यारिश ह्याऋसन् , काठमाडौं ।

    पञ्चाङ्ग   १९

    चाेखाे माया गलाएर के पायाै
    छाती मेराे जलाएर के पायाै
    कसम झुटा साबित बनाइ
    प्रेम हाम्रो ढलएर के पायाै
    विष त्यहाँ फलाएर के पायाै ।

    💢रामराजा के. सी. ,फर्पिङ, काठमाडौं  ।

    पञ्चाङ्ग    २०

    मन भित्र छुरा चलाएर  गयौ प्रिय
    यी तस्वीरहरू जलाएर गयौ प्रिय
    तिमीलाई विश्वास गर्नु नै भुल भयो
    किन यो शरीर ढलाएर गयौ प्रिय
    मिठो कुरा गरी छ्लाएर गयौ प्रिय ।

    💢आर्मित्मा थापा मगर
    स्याङ्जा ।

    पञ्चाङ्ग   २१

    प्रेमिल अंकुर गलाएर नजाऊ तिमी
    मेरो मन मुटु जलाएर नजाऊ  तिमी
    सँगै मर्ने र बाँच्ने कसम खाएर हिजो
    आज सबै वाचा ढलाएर नजाऊ तिमी
    हृदयमा छुरा चलाएर नजाऊ तिमी ।

    💢सुशीला पौडेल ।

    पञ्चाङ्ग   २२

    शुरामा  निरासा  चलाएर  हिड्याै
    ननिभ्ने छ पीडा जलाएर  हिंड्याै
    सहारा   लिएछाै  नचल्ने  घडीकाे
    पुरानाे  सुशिक्षा  गलाएर   हिड्याै
    निभेकाे छ ज्वाला बलाएर हिड्याै।

    💢सुरेश चन्द्र घिमिरे

    पञ्चाङ्ग      २३

    स्वार्थ पूर्ति भएपछि दोषी बनाउन भलाएर गयौ
    बिना कसुर तिमीले अाज दुखी अात्मा जलाएर गयौ
    सोझो मन भएन कहिल्यै नजर तिम्रा टेढा ति कति
    बलियो, कसिलो सम्बन्धलाई बेसरी गलाएर गयौ
    आखिर हेर्दाहेर्दै दोषै दोषको फल फलाएर गयौ ।

    💢निर्मला सुवेदी, बागलुङ।

    पञ्चाङ्ग    २४

    तिम्रो मेरो प्रेमको निशानी जलाएर गयौ
    आफैँ बनायौ मायाको घर ढलाएर गयौ
    भयो नछाम ढुकढुकी श्वास चलिरहेछ
    थाके जीवनदेखि मलाई गलाएर गयौ
    बन्छु भन्थ्यौ मुनाकी मदन छलाएर गयौ  ।

    💢पुष्पा नेपाल  (सुवेदी )
          इलाम

    पञ्चाङ्ग   २५

    १
    प्रेमको दीपक जलाएर गयौ
    रोपेर बिरुवा फलाएर गयौ
    बटुल्दा भुइँको पोख्यौ की काखको
    मिठा बात गर्दै छलाएर गयौ
    यो यात्रा सुनौलो ढलाएर गयौ ।
    २
    टुप्पोबाट तिमी पलाएर गयौ
    हुकुम दिलमा चलाएर गयौ
    भुलाएर सबै विगतका कुरा
    बलिष्ठ यो मन गलाएर गयौ
    घाउमा नुनिलो दलाएर गयौ ।

    💢पद्मा रिजाल, बाँके कोहलपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको अठ्ठाइसौँ अभ्यास शृङ्खला सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३० औँ शृङ्खला शनिबार सम्पन्न

  • १४ बैशाख २०७९, बुधबार ०८:२९ मा प्रकाशित
  • काठमाडौ, १० बैशाख । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३० औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४३ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३० औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    मिल्दासम्मन् अधिकार र प्यार,
    कुरा बिग्रे भन्दियो बलात्कार ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    भन्छौ बिहे गर्छु पक्कै, अप्ठ्यारो नमान,
    सँगै लान्नौ भने मलाई, त्यता नतान ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [२]
    स्वार्थ पूरा हुँदासम्म नाच्दै मुजुर,
    केही छैन् लुट्न बाँकी गर्दछु उजुर ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी

    [३]
    मिल्दा सुरा सुन्दरी सबै मिलायो,
    कस्तो रैछ दिल भुकम्पै दिलायो ।
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [४]
    सतायो उही पुरानो रोग बल्झेर मरेको,
    सोच्दासोच्दा यो ज्यान गलेर सिकिस्त परेको।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५]
    हाेस कहाँ हुन्छ र ? रमझम गरुन्जेल,
    टुसाउँछ अनि झाङ्गिन्छ याे स्वार्थकाे खेल।
    ✍️
    मित्र उराठी गाैतम
    तिलाेत्तमा-२

    [६]
    आज कुरो मिलाएर राती, हामी सँगै सुतौँला,
    कसैको नजर पर्यो भने, उजुरीमा जुटौँला।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी, सुनसरी

    [७]
    मन मिलेसम्म त भयो दुई जनाको प्यार,
    अलि खटपट के भयो भनी दियो बेकार।
    ✍️
    राम रावल सागर
    कैलाली

    [८]
    तिम्रो प्यार पुगेन् मेरो छेउमा आऊ,
    मान्छे म हजुरकै हो नमान्नु झ्याऊ ।
    ✍️
    अनिल प्रसाद यादव
    रूपन्देही

    [९]
    मन मिले त्यही कुरा हुन्छ मुजुर,
    नमिले त्यही कुरामा दिन्छन् उजुर।
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [१०]
    पहिले पहिले त भन्यो निश्छल प्यार,
    पछिबाट भन्यो त्यसलाई बलात्कार ।
    ✍️
    दीपक ठटाल जलन,
    खरसाङ।२३.०४.२२

    [११]
    मन मुटु मिलुन्जेल हुन्छ घरबार ,
    जब मन भर्छ तब खोज्छन् अधिकार ।
    ✍️
    बुद्धिमान चौधरी
    क . न. पा. ४ झापा

    [१२]
    यो सामाजिक ढाँचा फितलो हुँदै गयो,
    इमान धर्म आफैँ औषधि जस्तो भयो।
    ✍️
    सुरेशकुमार पान्डे
    घोराही उप महानगर पालिका१८ दाङ।

    [१३]
    मनको चरी नफस्नु है जालमा,
    फसी गए निस्कनु एक तालमा ।
    ✍️
    पुष्पशायरा
    बिराटनगर ।

    [१४]
    कुरा मिलुञ्जेल प्रेममा नानाथरी सबै नै हुने,
    कस्तो खेल जब मन टाढिन्छ पिडित बनी रूने।
    ✍️
    शंकर कार्की,
    थाहा ३मकवानपुर।

    [१५]
    जिउनकाे लागि परिश्रम गर्नु,
    अल्छी बनेर भाेकभाेकै नमर्नु।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [१६]
    बाचा र कसम खाइ हातै ताने,
    गल्ती भएपछि अदालत जाने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१७]
    हेप्नसके धन भए मोज अहङ्कार,
    दिमाग खराब भएमा भो अत्याचार ।
    ✍️
    चुडामणि देबकोटा
    सिमरा बारा

    [१८]
    सुन न प्यारा बज्दैन एक हातले ताली,
    मायामा फेरि धोका भए म निस्कौँला जाली ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [१९]
    महिलाको पर्दा तानी रमाउने बानी,
    आफ्नै स्वास्नी बेश्या भन्दै अर्काकी छ रानी।
    ✍️
    पौडेल विमुन्स
    पोखरा कास्की

    [२०]
    नशामा फूलको सट्टा चढाउॅंछु जवानी,
    चोखिन खोजे, तिमी हुन्छौ पहिले खरानी।
    ✍️
    म्यामराज राई
    भोजपुर

    [२१]
    आफ्नाे स्वार्थकाे लागि गरिन्छ यहाँ प्यार,
    सब लुटिएपछि के खाेज्नु अधिकार ।
    ✍️
    प्रेम कला चापागाईं (सिटाैला)
    मेचीनगर १२ झापा

    [२२]
    पियार हो भन्दै गला पो समायौ,
    जननीको ‘उपमा’ कसरी पायौ?
    ✍️
    अनिल खग्रास
    पर्वत

    [२३]
    माया पिरती गाँसेर फोटो खिँचेको गाला टाँसी,
    स्वार्थ पूरा गरी विनाकारण छोडी भाग्यौ हाँसी ।
    ✍️
    भगवती दवाडी
    दमक झापा

    [२४]
    स्वार्थ मिलेमा सबैकुरा नसाेचेकाे बन्छ,
    नभएमा केही पूरा आराेप झुट्टा भन्छ ।
    ✍️
    रामकृष्ण दुवाडी

    [२५]
    प्यारो हुन्छ भाँडो पकाएर खुवाउन्जेल भात,
    पत्रु बन्नेछ जब त्यो बदलिन्छ उसको जात ।
    ✍️
    होम प्रसाद
    धरान, सुनसरी

    [२६]
    उर्लेर आउरे खोला बगरमा,
    अचेल बैँस बिक्दैछ शहरमा ।
    ✍️
    जि कुमार गौतम
    भद्रपुर-१ पृथिविनगर झापा

    [२७]
    सोचविचार राम्रो लिनु नै ठूलो कुरा,
    भव्य महल छोडी हिड्नु बुद्धि अधुरा।
    ✍️
    सुरेखा चाम्लिंग
    -भक्तपुर

    [२८]
    चुनाव आयो एक अर्कामा रिस नदेखाऊँ,
    जसले जिते नि दुखीलाई चोट नपुराऊँ ।
    ✍️
    तारा घिमिरे

    [२९]
    सस्तो भएछ तिम्रो प्यार भनिदे भैगो बलात्कार,
    मासियो मायाको संस्कार धोका प्रेमको उपहार ।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान कालेबुङ्ग,भारत।

    [३०]
    आफैँले भन्याै मेराे राजा गराैँ आज प्यार,
    फेरि किन गुहार माग्छ्यौ भन्दै बलात्कार ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [३१]
    मिलेमा सबै लुट्छौ खल्तीनै रित्याइलिन्छौ,
    बलात्कार केस त भन्यौं प्रमाण के दिन्छौ ?
    ✍️
    बेदु न्यौपाने
    काठमाडौ

    [३२]
    मिल्दासम्म त मनपरी,
    नमिलेपछि भुलगरी ।
    ✍️
    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [३३]
    जे भए नि स्वीकार्ने आफ्नो अनुकुल परेमा,
    नत्र मुद्दा नै हालिदिने दायाँबायाँ गरेमा ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३४]
    मन मिले माेज गर्ने,
    नमिले इज्जत हर्ने !
    ✍️
    गोपाल कृष्ण डंगोल
    इटहरी, प्रदेश १

    [३५]
    लेनदेन मिले लटरम्म,
    मन फाटे बलत्कारसम्म !
    ✍️
    इन्दिरा देवकोटा

    [३६]
    सहमतिमा गरे मोजमस्ती प्यार,
    बिमतिमा भैदिए हुन्छ बलत्कार !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [३७]
    स्वार्थ मिलेमा आहा ! क्या मज्जाकाे हाँसखेल ,
    धक्का लागे मान सान खानामा जालझेल ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३८]
    पानीमाथि बनेका छन्, ओभानु आज जो जति,
    देश खाने गभारोको, बनेको छैन् रे ओखती।
    ✍️
    रामशरण न्यौपाने
    भक्तपुर

    [३९]
    काम देखाउने जालमा सजिलै परे,
    भुँडी भर्न अझैँ खानमा अगाडि सरे ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४०]
    मन मिल्दा हुन्छ नै हाँसी खुशी सधैँ बारबार,
    आफू जित्न नसकेमा भन्छन् चाहियो अधिकार ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [४१]
    के के उल्का जादू छ मायामा,
    माया गर्दा परिन्छ छायामा ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [४२]]
    म मर्दाको मलामी तिम्रो बिहेको जन्ती बनोस्
    हाँसीखुसी होऊन् सारा तिम्रो जोडी वाह भनोस् ।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी”
    कालेबुङ ,दार्जिलिङ

    [४३]
    जीवनभर साथ दिन्छु, फकाएर मार्यौ,
    स्वार्थ पूर्ति गरेर वाह ! अन्तै डेरा सार्यौ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    ✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३० औँ शृङ्खला शनिबार सम्पन्न

    साताका तीन लघुकथा

  • १२ बैशाख २०७९, सोमबार १०:५८ मा प्रकाशित
  • साताका तीन लघुकथाको तेह्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (तालमेल, कबाडी केटो र जिम्दारको नाति) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : तालमेल

    ✍️ दिपक खनाल अगम
    डेभिड सरले जीवजन्तुकाे पाठ पढाउँदा प्रसङ्गवश गधा बुद्धिजीवी प्राणी हाे र छ भन्नुभयाे । बुद्धिकाे हिसाबले यसलाई टप पाँच भित्र राख्दा फरक नपर्ला भन्दा विद्यार्थीहरू अट्टाहास हाँसे ।

    कक्षाकोठाकाे वातावरण शान्त भएपछि उहाँले केही उदाहरण दिदै भन्नुभयो ।
    -“नानीबाबुहरू हाे ! गधाले आफू पुगेको ठाउँ र पच्चीस वर्ष पुराना साथीहरू राम्रोसँग चिन्न सक्छ । अन्न, नुन, चिनी वा भिज्ने वस्तुकाे भारी बाेकाउदा नदीनाला वा पानीमा जान मान्दैन । आफ्नाे काम इमानदारीपूर्वक गर्छ । गधाहरू अटेरी हुदैनन् तर आफूलाई खतरा वा हानिकारक हुन सक्ने काम गर्न मान्दै मान्दैनन् !”

    सरकाे कुरा सुनेर छात्र शिवहरि नेपालीले जिज्ञासा राखे ।
    “सर ! गधा बाठाे हुने रहेछ । तर, किन बुद्धु , पुङमाङेहरूलाई ‘कस्तो बुद्धि नभएको गधा जस्तो रहेछ,’ भन्छन् ?”
    “ओहाे ! अब्बल प्रश्न गर्याै, बाबु । यसमा विभिन्न कारणहरू छन् । सुन्न चाहन्छाै भने भन्छु । माेहम्मद बिनले सुन्ने उत्सुकता प्रकट गर्दा सबै विद्यार्थीहरूले साथ दिए ।

    -“ल सुन ! त्रेतायुगकाे अन्त र द्वापरयुगकाे सुरुवातमा जनावरहरूको दाैड र बुद्धिकाे प्रतिस्पर्धा भयाे । गधाले ‘आफू बुद्धिजीवी र सामाजिक प्राणी हाे’ भन्ने लक्षण देखाउँदै गधाहरूकाे गठबन्धन गर्याे । तालमेल आफूले जित्नभन्दा अरूलाई हराउन थियाे । गधाहरू यसमा सफल पनि भए । याे सम्पूर्ण दृश्य हेरिरहेका मनुष्यहरूले बुद्धिजीवी गधालाई पकडमा लिए । बुद्धिलाई सही तरिकाले प्रयोग गर्न नजान्ने गधालाई मान्छेहरूले किन रहस्यपूर्वक आफ्नाे सहयोगी बनाए ?

    [२] लघुकथा : कबाडी केटो

    ✍️ मित्र ‘उराठी’ गौतम
    “हैन, यो केटाले के के थुपार्छ घरमा ? फोहोरको डङ्गुर गरायो। पढ्नु, लेख्नु छैन्, खालि सिसाका टुक्रा, प्लाष्टिक के के हो के के कबाड बटुलेर हैरानै पार्यो। कहाँको यस्तो कबाडी जन्मेछ ?” छोरालाई गाली गर्दै फतफताइ रहन्थिन्, धनकला।

    “त्यही त ! स्कूलबाट आयो कि यिनै कबाड खेलाउँछ कि मोवाइलमा मात्र झुण्डिन्छ। यसो टोल छिमेकमा जानु साथीभाइसँग खेल्नु, कुद्नु गरे पो ज्यान पनि स्फूर्ती रहन्थ्यो। सामाजिक पनि भइन्थ्यो। आजकलका केटाकेटी के भएका हुन्, कुन्नि यस्ता ?”- धनकलाको कुरामा होमा हो मिलाउँदै बोले पति भोलानाथ पनि।

    “यो पनि पढाइ नै हो के बाबा ! मोवाइलमा झुण्डिएर नचाहिँने कुरामा समय बिताएको छैन् । गुगल, युट्यूवमा चाहिँने विषय नै खोजिरहेको हुन्छु । यसबाटै सिकेर मैले टेलिस्कोप बनाएको छु।”
    “ल हेर्नुस् ! यसबाट कति टाढाका चिज नजिकै देखिन्छन्।”- सौरभले बाबालाई आफ्नो टेलिस्कोप हेर्न कर गर्यो।
    नपत्याइ नपत्याइ भोलानाथले टेलिस्कोपबाट हेरे।

    “ए बुढी, हेर् त हेर ! छोराले त किसिम गरेछ नि ।”- आफूले हेरेपछि बुढीलाई पनि हेर्न आग्रह गरे।
    धनकला पनि छोराको करामत देखेर दङ्ग परिन् ।
    “भोलिपर्सी धेरै पढेर अझ यो भन्दा राम्रो टेलिस्कोप बनाउँछु । त्यो टेलिस्कोपले यति टाढासम्म देख्न सकिने छ कि यो पृथ्वी जस्तै जीवनयुक्त अर्को पृथ्वी भेट्टाउने छु।”- सौरभ मिठो कल्पनामा डुबेर आफ्नो सपना व्यक्त गर्यो।
    एक अर्कालाई हेरेर नपत्याउँदो पाराले मुसुमुसु हाँसे भोलानाथ दम्पती।
    × × × × × × × × × × × × × × × × × × × ×

    कक्षा बाह्र पास गरेपछि विज्ञान पढ्न छात्रवृत्ति पाएर चाइना गयो, सौरभ।
    सौरभ चाइना पुगेको वर्षौँ भएको थियो।
    आज समाचार आयो – “चाइनाले सौर्य मण्डल बाहिर जीवयुक्त पृथ्वी खोज्ने मिसन शुरु गर्दैछ र उक्त मिसनको एउटा सदस्य सौरभ पनि हो।”

    अमरपुर –गुल्मी, हालःतिलोत्तमा -२, रुपन्देही

    [३] लघुकथा : जिम्दारकाे नाति

    ✍️ तारा श्रेष्ठ
    “हिजाे पनि विद्यालयमा साथीलाई पिटेर रक्ताम्मे बनाएछ । हेड सरले मलाई बाेलाएर जिम्मा लगाइदिए । पढाइ पनि दिनदिनै कमजोर हुँदैछ रे ! चकचक गरेर केही न केही उपद्रो नगरेकाे त दिनै हुन्न रे !” आँगनकाे बिस्कुन चलाउँदै बिमला फत्फताउँदै थिई ।

    ‘”त्यसका बाआमालाई अमेरिका तिरै लैजा भनेकाे, कागजात नै मिलेकाे छैन्, भन्छन् । के गर्नु ! छ महिनादेखि आफ्नो लाम्टा चुसाएर यत्रो बनाएँ । उनीहरू डिभि परेर गइहाले । दश वर्ष भाे, एकपल्ट फर्केर आ हैन । मलाई सधैँकाे दु:ख ।” तरक्क आँसु झारी बिमलाले ।

    नरेश डाेरीकाे खाटमा बसेर हुक्का तान्दै हजुरआमा र नातिकाे चर्तिकला हेरिरहेका थिए । नरेश भन्दै थिए -“कुटाइ खाएर नआओस् ! कुटेर आएछ, जिम्दारकाे नाति हाे । धेरै नकरा, मेराे नातिलाई ।”
    “यसरी नै फुर्काउँदै जाऊ न ! भाेलि तिम्रो टाउकामा टेक्छ अनि थाहा पाउँछौ ।” बिमला च्याठ्ठिई।

    “एकछिन बिस्कुन रुङ्न लाकाे, कुखुराेकाे चल्लाे त प्याट्टै मार्याे । यस माेराेलाई के भा छ हँ ?” बिमला नातितिर झम्टिई । नाति बुरुक्क उफ्रेर भाग्याे ।
    नरेश विमलालाई सम्झाउँदै थिए “किन पिर गर्छेस् बुढी ? देखिनस्, रमितेकाे छाेराे लक्ष्य, याेभन्दा चार गुणा बढी बदमास थियो । देशकाे मन्त्री भा’छ ।”

    विराटनगर – ६
    मिति २०७९ -०१ -०७

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    पञ्चाङ्ग चित्रपटको १२ औँ भाग सम्पन्न

  • ११ बैशाख २०७९, आईतवार २३:१७ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    =========
    पञ्चाङ्ग चित्रपट : भाग: १२
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०१/०८

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीबार

    चित्र संकलक
    —————-
    सविता के.सी.

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार ।

    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं   शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    चित्रपट पञ्चाङ्ग   ०१

    बिचरा ती बचेराको खाली पेट  हुँदो  होला
    साँझपख माउ आई दु:ख मानी रुँदो होला
    प्राण लिई जन्मेपछि प्राणी सबै उस्तै हुन्छ
    बाचेको कि मरेको हो भनी आई छुँदो होला
    जिन्दगीको सारा दुःख आफू आफैं धुँदो होला ।

    गुणनिधि घिमिरे,  पाँचथर मोरङ हाल अमेरिका ।

    चित्रपट पञ्चाङ्ग  ०२

    खुल्ला आकाशको घरमा बसेकाछन् बचेराहरु
    दुश्मनहरुको   डरमा  बसेकाछ्न् बचेराहरु
    आमाले कति खेर आहारा ल्याउलान् भनेर यहाँ 
    यिनै आहाराको भरमा बसेकाछन् बचेराहरु
    रहर  होइन करमा बसेकाछन् बचेराहरु   ।

    आर्मित्मा थापा मगर, स्याङ्जा ।

    चित्रपट पञ्चाङ्ग   ०३

    जिन्दगी जिउन गार्‍हो छ सबलाई अभिभारा उही
    असहाय  हुनु  विकल्प के  रोज्नै पर्ने  सहारा उही
    सृष्टि  यहाँ  धान्नु पर्ने , आमाले सबै तिर जान्नु पर्ने
    निर्भर  हुन  संघर्षबाट  त्यो  उठ्नै  पर्ने  सारा उही
    प्रकृतिले  बचाउँछ  र  गिजाउँछ  भाइचारा  उही ।

    प्रेम थापा “मन” बागलुङ ।

    चित्रपट पञ्चाङ्ग   ०४

    जिन्दगी भोग्न नै कठिन पार्यो बिचरा
    खोजी आहारा खुबाउँदै टार्यो बिचरा
    पुग्दो हो आहारा खोज्न रन वन सारा
    सिकारीको  झम्टालाई टार्यो बिचरा
    बचेराको  जीउ कष्टले तार्यो बिचरा ।

    सरिता काफ्ले कोहलपुर बाँके ।

    चित्रपट पञ्चाङ्ग    ०५

    बचेरा   छोडी  दाना  चुन्न जानू पर्छ
    आफू   बच्चाहरूले  पनि खानु पर्छ
    कठै  हावा   हुरिमा  बिचल्ली हुनेछ
    आफ्नै चोँचमा दानापानी लानु पर्छ
    कहिले  सामुन्ने  प्रचण्ड   भानु पर्छ

    सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।

    चित्रपट पञ्चाङ्ग   ०६

    कठै ती बचेराहरू कति रुदा होलान्
    माउ आउँदा  खेरी सुम्सुम्याउँदा होलान्
    खुल्ला आकाश मुनि घर बनाई बसेका
    झरी बादल नभनी आफै धुँदा होलान्
    बा आमाको खोजीमा गुन्गुनाउँदा होलान्।

    सरस्वती श्रेष्ठ, इटहरी ।

    चित्रपट पञ्चाङ्ग    ०७

    आकाश उनको घर भयो
    रूख  नै उनको भर भयो
    बिचरा   नपखेटा नआमा
    बाच्नलाई  झन डर भयो
    खसे   मरिने  कहर भयो ।

    सुमित्रा पोखरेल,  काठमाडौं ।

    चित्रपट पञ्चाङ   ०८

    नछ आफ्नी आमा न छ कुनै भर बच्चालाई
    ज्यान बचाउन सिकारीको डर  बच्चालाई
    सत्रु  घाम पा  नी हुरी  बतास असिनाबाट
    जोगाउन  ठुलो त्यही  रुख  छर बच्चालाई
    बचाउन   प्रकृतिले  रक्षा गर  बच्चालाई ।

    तारा घिमिरे, संखुवासभा ।

    चित्रपट पञ्चाङ्ग   ०९

    यो बिहान जिउने आधार !
    छ ओछ्यान जिउने आधार !
    बाबा आमा जिवित ईश्वर ,
    छन् ईशान जिउने आधार !
    यी सन्तान जिउने आधार !

    आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग   १०

    सबैतिर अग्ला घर प्वाल छैन कतै हेर वसन्तमा
    गुँड बनायो उडाई लान्छ मिहिनेत खेर वसन्तमा
    कठै खुला ठाउँ, झाल खोजी गुँड बनायो कोरल्न फुल
    त्यहीँबाट पनि त दुःख दिए बस्न पाएन धेर वसन्तमा
    कहाँ जीवन काट्लान् बचेरा सोच एक फेर वसन्तमा ।

    सविता के.सी. काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   ११

    चारो खोज्दै आमा तिमी फाँटमा झर्यौ कि
    हतारोमा  ~~शिकारीको  जालमा पर्यौ कि
    टुहुरा,  ~~~अनाथ  हुनु   नियत भो हाम्रो
    हाम्रो खुशी ~खोज्दै बाबा मुग्लान तर्यौ कि
    स्वर्ग जस्तो  ~~घर बिर्सेर  भूल   गर्यौ  कि ।

    पुष्पा नेपाल  (सुवेदी ) इलाम ।

    चित्रपट  पञ्चाङ्ग   १२
    मुसा दौड्न थाले पेटमा कहाँ छौ आमा
    चारा लिई आऊ है छिट्टै जहाँ छौ आमा
    प्रतीक्षामा बसेका छौँ आँखा बिच्छाएर,
    सक्ने भए आउथ्यौँ जहाँतहाँ छौ आमा
    धर्तीमा लिई आयौ तिमी महा छौ आमा ।

    वसन्त अनुभव, दाङ्ग ।

    चित्रपट पञ्चाङ्ग    १३

    रमाई बाँच्ने कला सबैमा दिएकाे छ प्रकृतिले
    खुलेर हाँस्ने कला सबैमा  दिएको छ प्रकृतिले
    हाँगाकाे सहारामा कति बचेराले जीवन पाए
    पिरती गाँस्ने कला सबैमा दिएकाे छ प्रकृतिले
    अधर्म मास्ने कला सबैमा दिएको छ प्रकृतिले ‌ ।

    भवानी घिमिरे, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग    १४

    मिहिनेत गरेर आफ्नो बच्चा पाल्छन् माउले
    बस्ने ठाउँमा गुँडलाई सधैँ  टाल्छन्
    माउले
    आकाशमा उडेपनी माया हुन्छ धर्तिको
    आधा पेट खाएरनी  मुखमा  हाल्छन् माउले
    आँखाबाट दुष्ट दुश्मन सधैँ फाल्छन् माउले ।

    सुशीला पौडेल ।

    चित्रपट पञ्चाङ्ग   १५

    बिना अाेत अाकास नियाल्दै बसेका छन्  बच्चाहरू
    हावा  हुरी  चल्दा  जमिनमा  खसेका छन्  बच्चाहरू
    हुर्कंदै   जाँदा  वाह्य  शत्रुकाे  पनि उत्तिकै  त्रास  छ
    चारा खान  ढिला  भए चुच्चाे धसेका छन् बच्चाहरू
    अामाकाे अगाध माया भित्र पसेका छन् बच्चाहरू

    सुरेश चन्द्र घिमिरे, लमजुङ ।

    चित्रपट  पञ्चाङ्ग     १६

    चारो खोज्नुपर्छ बचेरा ती पाल्न हजुर
    अँध्यारोमा सक्नुपर्छ बत्ती बाल्न हजुर
    मरि जाने मानव चोला लानु केही होइन
    संकुचित विचार सक्नुपर्छ फाल्न हजुर
    अब हिम्मत गर्नुपर्छ यात्रा थाल्न हजुर ।
    निर्मला सुवेदी, बागलुङ।

    चित्रपट पञ्चाङ्ग   १७

    बचेरा भाेकैछन् खाना छैन
    पेट  भर्नलाई  दाना  छैन
    हवाहुरी चल्छ त्यहाँ पनि
    ओत लाग्न जहाँ छाना छैन
    नाङ्गै छन्  तिनकाे नाना छैन ।

    नवराज भट्ट, महेन्द्रनगर ।

    चित्रपट पञ्चाङ्ग   १८

    जसरी भए पनि बचेरा  हुर्काउनै  पर्ने
    जानेरै गल्ती बोलेर पनि फुर्काउनै पर्ने
    जिम्मेवारी बहन गर्न पनि मुस्किल पर्छ
    प्यास मेट्नै भएपनि  थोपा तुर्काउनै पर्ने
    अभिभावक  गलामा गाँठो सुर्काउनै पर्ने ।

    जमुना आचार्य, सिन्धुपाल्चोक

    चित्रपट पञ्चाङ्ग   १९

    आमा तिमी कहाँ छौ ? आउ है छिट्टै
    लाग्यो भोक जहाँ छौ  आउ है छिट्टै
    व्याधा ताक्छ गुलेली बनी निष्ठुरी
    के गरुँ ? आमा यहाँ आउ है छिट्टै
    रहेछ पापी महाँ आउ है छिट्टै ।

    गीता अर्याल, नेपालगन्ज ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपटको १२ औँ भाग सम्पन्न

    साप्ताहिक उदक लेखन शृङ्खलाको ४८औँ भाग शनिबार सम्पन्न

  • ११ बैशाख २०७९, आईतवार ११:५९ मा प्रकाशित
  • काठमाडौ, १० बैशाख। साप्ताहिक उदक लेखन शृङ्खलाको ४८औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    Social media

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला
    [१]
    आमा
    धुवाँकाे जीवन
    फुकेर कहाँ कहाँ ?
    ✍️
    राेशन पराजुली
    धरान।

    [२]
    चुरोट
    फोक्सोमा खोट
    नखाने गरौँ अठोट !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [३]
    धूम्रपान
    खराब लत
    दिर्घ रोगको डर !
    ✍️
    राजाराम रत्गैंया
    अमौरा कैलाली

    [४]
    धुम्रपान
    गरेमा जान
    यसले लिन्छ ज्यान !
    ✍️
    रमा पन्त

    [५]
    जीवन
    बृद्ध आमा
    धुम्रपानकाे खराब आदत !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [६]
    जीवन
    वृद्ध बेसहारा
    कुलत रोगको इसारा !
    ✍️
    जमुना कायस्थ
    पोखरा

    [७]
    धुम्रपान
    कुलतमा ध्यान
    अकालमा जाने ज्यान !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [८]
    निरस
    सुन्दर जिबन
    स्वार्थी भ्रष्ट जनजीवन !
    ✍️
    घनश्याम पौडेल

    [९]
    धुम्रपान
    स्वास्थ्यमा हानि
    लिन्छ मान्छेको ज्यान !
    ✍️
    बुद्धिमान चौधरी
    सुरुङ्ग ४झापा

    [१०]
    धूम्रपान
    स्वास्थ्यमा बाधक
    लिन्छ यसले ज्यान !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [११]
    धुमपान
    धुँवाको उडान
    अकालमै जाने ज्यान !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [१२]
    चुरोट
    जीवन लिन्छ
    पीर भुल्ने बहनामा !
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी

    [१३]
    बहाना
    लागुपदार्थ सेवन
    असाध्य राेगहरुकाे उत्पादन !
    ✍️
    चन्द्रावती अधिकारी

    [१४]
    जिएको
    चुरोटको खुसीमा
    अनभिज्ञ आफैँलाई पिएको !
    ✍️
    शारदा दहाल (शरु)
    संखुवासभा ।

    [१५]
    धुवाँले
    फोक्सो जलाउँछ
    सारा तन गलाउँछ !
    ✍️
    पुष्पशायरा
    बिराटनगर ।

    [१६]
    नशा
    चुरोटको धुवाँ
    जीवन बिनाश पथमा !
    ✍️
    सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    [१७]
    ब्यथा
    जीवन भुलाउँदै
    मिश्रीत सुर्तिको धुवाँमा
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१८]
    जननी
    क्रोधाग्निको ज्वाला
    रक्तरहित जिर्ण वय !
    ✍️
    कण्ठराज गिरी

    [१९[
    जहर
    रहरके रहर
    हो जिनगीक डग्गर ।
    ✍️
    सागर कुस्मी
    कैलाली ।

    [२०]
    अज्ञानता
    नगर्नु धुम्रपान
    पीडा हट्दैन जान ।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी

    [२१]
    धुम्रपान
    मनको तलतल
    मेटाउछ भन्ने भ्रम !
    ✍️
    बालकृष्ण खनाल
    टीकापुर

    [२२]
    आँखाले
    दर्शायो चोट
    आत्महानीको देखाउदै भोट !
    ✍️
    इश्वरी अधिकारी
    लमजुङ ।

    [२३]
    संघर्ष
    आफ्नो मृत्युुसँग
    धूम्रपान लिन्छ ज्यान !
    ✍️
    मानन्धर रमेश
    येँ ११४२/६,२/७,७

    [२४]
    धुम्रपान
    नगर्नु कसैले
    यसले लिन्छ ज्यान !
    ✍️
    मंगला उपाध्याय

    ।२५]
    तलतल
    धूम्रपान सुर्तीजन्य
    रोगको जड अनन्य !
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [२६]
    जीन्दगी
    धुँवाको साम्राज्य
    फुङ्ग उडेको भविष्य !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२७]
    सर्को
    लगाउँछ लाइन
    विविध रोगको लर्को !
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [२८]
    धूम्रपान
    क्षणिक आनन्द
    समस्याको ल्याउँछ लहर !
    ✍️
    नारायण कोइराला
    तानसेन पाल्पा।

    [२९]
    धूम्रपान
    लिन्छ ज्यान
    कदापि नफसौँ कुलतमा !
    ✍️
    दुर्गा अधिकारी भमरकोटे ।

    [३०]
    अम्मल
    मनकाे तिर्सना
    सङ्गतकाे फल जीवनभर !
    ✍️
    प्रद्युम्न चालिसे

    [३१]
    चुस
    निरन्तर चुस
    नेपाल आमाको रगत !
    ✍️
    मोतीप्रसाद शर्मा
    पहलमानपुर

    [३२]
    चुरोट
    छाडा मन
    चाहना तृष्णा जिताहा !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [३३]
    चुराेट
    धुँवामा निकाेटिन
    कारक फाेक्साेकाे क्यान्सर !
    ✍️
    तोयनाथ सुवेदी

    [३४]
    अम्मली
    कुलतमा राेग
    चुराेटले सल्कायाे ओठ !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [३५]
    लत
    क्षणिक आनन्द
    रोग कष्ट अनन्त !
    ✍️
    शिव खनाल जीवम
    रुपन्देही ।

    [३६]
    बरबाद
    चुरोटको सेवनले
    हुॅदैछ उनको स्वर्गबास !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [३७]
    सानी
    बस्यो बानी
    पार्दैछ जीवन खरानी !
    ✍️
    पशपती राई
    खोटाङ ।

    [३८]
    चुरोट
    तलतल मेटाउने
    फोक्सोको सर्वनाश हुने !
    ✍️
    सीता पाण्डेय मरासिनी
    रे.नपा.-९,गुल्मी ।

    [३९]
    बस्यो
    बानी लहलहैमा
    लैजाला ज्यान धन !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [४०]
    धुम्रपान
    सुख दुःखमा
    आत्तिने मात्तिनेको सहारा !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [४१]
    कुलत
    नराम्रो बानी
    गाह्रो किन छाड्नलाई !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [४२]
    धुँवा !
    रोगग्रस्त नबनाऊँ
    मेरी आमा नेपाललाई !
    ✍️
    प्रेमप्रसाद भट्टराई
    सम्प्रति: सुन्दरहरैँचा नपा.१२,मोरङ
    सूर्योदय नपा.१४,इलाम ।

    [४३]
    चुरोट
    खाने लत
    जीवन बनाउँछ अचेत !
    ✍️
    मिलन के. सी.( थापा)
    पोखरा

    [४४]
    धूम्रपान
    लिन्छ ज्यान
    पुर्याऔँ सबैले ध्यान !
    ✍️
    नारायण प्रसाद निरौला

    [४५]
    छोडौँ
    धुम्रपानको बानी
    यसले गर्छ हानी !
    ✍️
    सुशीला पौडेल

    [४६]
    जिन्दगी
    छैन सजिलो
    धुवाँसगै बित्छ कसैको !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [४७]
    धुम्रपान
    धनको नाश
    ध्वस्त भो जीवन !
    ✍️
    भगवती दवाडी

    [४८]
    अम्मल
    नजाती लत
    सुधाराैँ सुधाराैँ आदत !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [४९]
    धुम्रपान
    धनको नाश
    जीवनको भयो वनबास !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [५०]
    बूढेशकाल
    धुम्रपानले हानी
    छुटेन सानैको बानी !
    ✍️
    सरस्वती श्रेष्ठ

    [५१]
    कम्पन
    चुरोटको सर्काे
    सधैँ यमराजको तर्सो !
    ✍️
    टीकाराम जाेशी
    टीकापुर

    [५२]
    अम्मल
    बुढेसकालको साथी
    नानी देखिको बानी !
    ✍️
    रघु थापा

    [५३]
    धुमपान
    राेगी ज्यान
    धन स्वास्थ्यकाे घान !
    ✍️
    सुरेशचन्द्र घिमिरे

    [५४]
    नशा
    आनन्दको आभास
    अज्ञानता नै बिनास !
    ✍️
    शारदा आचार्य
    ललितपुर !

    [५५]
    सर्काे
    लाग्छ मजाकाे
    तलतल बल्छी कालकाे !
    ✍️
    टीकाराम जाेशी
    टीकापुर

    [५६]
    बालिका
    थिइन् यिनी
    कुनै बेला जीवनमा !
    ✍️
    नरेन्द्रबहादुर क्षेत्री
    बुट्वल १२, रुपन्देही

    [५७]
    सेवन
    गर्ने धुम्रपान
    धुवाँसँगै उडेको जीवन !
    ✍️
    सरिता काफ्ले
    कोहलपुर बाँके

    [५८]
    आनन्द
    मिल्छ त्यहाँ
    सन्तुष्टि छ जहाँ !
    ✍️
    गोपाल प्रसाद पौडेल

    [५९]
    धूम्रपान
    नगरौँ सेवन
    लिन्छ यसले ज्यान !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [६०]
    नशा
    खराब आदत
    फोक्सोको ठूलो दुर्दशा !
    ✍️
    गुणनिधि घिमिरे पाँचथर मोरङ
    हाल अमेरिका

    [६१]
    धुम्रपान
    लिन्छ ज्यान
    स्वास्थको लागि हानिकारक !
    ✍️
    पद्मा, बाँके

    [६२]
    धूमपान
    पीडाको गोलचक्कर
    चुरोटझैँ सकिन्छ ज्यान !
    ✍️
    श्रीकृष्ण शर्मा
    पोखरा

    [६३]
    लत
    नानी देखिको
    छुटेन नराम्रो बानी !
    ✍️
    उर्मिला पन्त पाण्डेय*
    ज्ञानेश्वर , काठमाण्डौँ*

    [६४]
    धुम्रपान
    लिन्छ ज्यान
    बेलैमा दिउँ ध्यान !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [६५]
    धूम्रपान
    फोक्सोमा असर
    नउडाऊ बिडीको धुँवा !
    ✍️
    शाही सुरेन्द्र

    [६६]
    जिन्दगी
    एक धर्को
    चट्ट चुरोटको सर्को !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन शृङ्खलाको ४८औँ भाग शनिबार सम्पन्न

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • ९ बैशाख २०७९, शुक्रबार ००:०७ मा प्रकाशित
  • १
    बैँस
    उर्लदो भेल
    सुक्दो खहरे खोला !

    २
    बैँस
    उन्मत्त समय
    चिप्लिएर लड्ने भय !

    ३
    बैँस
    फक्रेको गुलाब
    भमराको गिद्धे नजर !

    ४
    बैँस
    कलकलाउँदो मुना
    सुरक्षा दिनु जरुरी !

    ५
    बैँस
    बसन्तको फूल
    ढुक्दै माहुरीको हुल !

    • सरस्वती श्रेष्ठ, रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • ९ बैशाख २०७९, शुक्रबार ००:०५ मा प्रकाशित
  • १.
    विहानी
    सूर्याेदयकाे समय
    नयाँ दिनकाे थालनी !

    २.
    हवाईजहाज
    आकाशकाे यान
    यात्रामा समयकाे बचत !

    ३.
    गाेरस
    अमृत पान
    गाई विधाता समान !

    ४.
    फलफूल
    शाकाहारी भाेजन
    प्राणीहरूकाे ठूलाे उपकार !

    ५.
    भाेजन
    शाकाहारी मांसाहारी
    मृग बाघकाे सिकार !

    ६.
    आनन्द
    सन्तुष्टिकाे द्योतक
    मनमा सधैँ मृगतिष्णा !

    ७.
    विचार
    समाजकाे दर्शन
    मान्छेकाे गन्तव्यकाे बाटाे !

    ८.
    नजर
    फरक फरक
    देवता दानव राक्षस !

    ९.
    नमन
    मनमा आदरभाव
    आत्मीयता प्रसन्नता सफलता !

    १०.
    राेग
    शिथिल शरीर
    औषधिकाे मनग्य व्यापार !

             - नवराज भट्ट
        महेन्द्रनगर, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग साहित्य समाज पाठशालाको २७ औँ अभ्यास शृङ्खला सम्पन्न

  • ८ बैशाख २०७९, बिहीबार २३:५६ मा प्रकाशित
  • ——————————————–
    “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/ ०१/०६
    ………………………………………….
    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला
                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================

    अनुप्रास  आफ्नो मन मुताविक राख्नु होला र स्थायी तल दिएकोछ
    ——

    स्थायी 
    ——
    आउँछ हाम्रो पालो वा आउँछ हाम्रो दिन

    —–
    पञ्चाङ्ग   ०१

    राम्रो खाने घुम्न जाने कहिले आउँछ हाम्रो  दिन
    घुमी-घुमी  गरि खाने  कहिले  आउँछ हाम्रो दिन
    सर्वहारा  हामी  भयौँ सामन्तीले राज गर्दा गर्दै
    गर्दै दु:ख सर्दै   लाने   कहिले  आउँछ हाम्रो दिन
    झुटो  बोल्ने नेता  माने कहिले आउँछ हाम्रो दिन ।

    💢सोमनाथ लुइटेल रवि पाल्पाली ।

    पञ्चाङ्ग   ०२

    छटपटिँदा मरुभूमिमा भेटेपछि मूल आउँछ हाम्रो दिन
    एक्लो हुँदा रणभूमिमा भेटे पाण्डव हुल आउँछ हाम्रो दिन
    जीवन सफल बनाउन पनि अनेक चाहिने मानिसलाई
    पापी ती रावण मार्न भेटे विभीषण कुल आउँछ हाम्रो  दिन
    प्रकृतिमा हराभरा बगैँचामा देखे फूल आउँछ हाम्रो दिन

    💢सविता के.सी. काठमाडौं ।

    पञ्चाङ्ग   ०३

    देशको विकास गर्ने कहिले आउँछ पालो
    भोकाको पेट नि भर्ने कहिले आउँछ पालो
    कामको थलो कहाँ होला पत्तो  छैन अझै नि
    गन्तव्य पथमा  सर्ने  कहिले  आउँछ  पालो
    समस्या नभइ  टर्ने  कहिले  आउँछ  पालो ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   ०४

    दु:खमा धैर्य गरे आउँछ हाम्राे दिन
    साहसी भए भरे आउँछ हाम्राे दिन
    सधैँ एकै नास काेही हुँदैन बुझ्नु भाे
    आत्तिएर नै मरे आउँछ हाम्राे दिन
    वस्तीबाट नै सरे आउँछ हाम्राे दिन ।

    💢मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।

    पञ्चाङ्ग   ०५
    ~~~~~~~~~~~~~~~~~~
    बाँचुञ्जेल खुसीसँग मिलीजुली खानु पर्छ आउँछ हाम्रो दिन
    बाँची राख्ने कोही छैन पक्कै हामी जानु पर्छ आउँछ हाम्रो दिन
    बाँचुञ्जेल हाई हाई मरे छैनन् कोही भाई नियम जिन्दगीको
    हामी रित्तै जानु पर्छ न त केही लानु पर्छ आउँछ हाम्रो दिन
    पाथी परे पाथी पर्छ नत्र पक्कै मानु पर्छ आउँछ हाम्रो दिन

    💢गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका ।

    पञ्चाङ्ग   ०६

    माया सजाएर आउँछ हाम्रो पालो ।
    आफै लजाएर आउँछ हाम्रो पालो ।
    उकाली ओराली हिँडेर बढ साथी ,
    दु:ख भजाएर आउँछ हाम्रो पालो ।
    बाजा बजाएर आउँछ हाम्रो पालो ।

    💢आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   ०७

    तिमी हामी रमाउने कहिले आउँछ हाम्रो दिन ?
    सँगसँगै कमाउने कहिले आउँछ हाम्रो दिन ?
    रातदिन सपनीकाे यादले सुकेकाे छ याे ज्यान
    चोखो माया जमाउने कहिले आउँछ हाम्रो दिन ?
    नम्र हात समाउने कहिले आउँछ हाम्रो दिन ?

    💢भवानी घिमिरे,  सर्लाही ।

    पञ्चाङ्ग   ०८

    तिमीमात्रै रजाइँ गर्छौ कहिले आउँछ हाम्रो पालो
    आफ्नाहरूकै पेट भर्छौ कहिले आउँछ हाम्रो पालो
    हिजो पनि ठाउँमा तिमी थियौ आज पनि तिमी आफैँ
    सबैभन्दा अगाडि सर्छौ कहिले आउँछ हाम्रो पालो
    लेकबेसीमा आफैँ चर्छौ कहिले आउँछ हाम्रो पालो ।

    💢पुष्पा नेपाल  (सुवेदी ) ,  इलाम ।

    पञ्चाङ्ग   ०९

    मीठो होइन पीठोले भेट भर्ने कहिले आउँछ हाम्रो दिन?
    समाजको लागि यहाँ केही गर्ने कहिले आउँछ हाम्रो दिन?
    स्वार्थपूर्तिका लागि लालयित हुने गर्छन् सबै यो दुनियाँमा
    सागर भेट्नलाई त्यो खोल्सो तर्ने कहिले आउँछ हाम्रो दिन?
    सन्तोषको लागि अन्तै  बस्ती सर्ने  कहिले आउँछ हाम्रो दिन?

    💢 निर्मला सुवेदी, बागलुङ।

    पञ्चाङ्ग   १०

    सँगसँगै रमाउने कहिले आउँछ हाम्रो दिन।
    दुवै हात समाउने कहिले आउँछ हाम्रो दिन।
    एकै परिवार पनि छुट्टिएर बस्नु परेको छ
    दुबै मिली कमाउने कहिले आउँछ हाम्रो दिन
    घरजम जमाउने कहिले आउँछ हाम्रो दिन ।

    💢सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग   ११

    घुम्ने कुर्सिमा बस्न जानी कहिले आउँछ हाम्रो पालो
    जानी मन त लाग्छ नानी कहिले आउछ हाम्रो पालो
    फेरि पनि आउँदै छन है तिनै जोगी कान चिरेका
    झुटका हुन् राम्रै खानी कहिले आउँछ हाम्रो पालो
    जिते भने पाइन्न पानी कहिले आउँछ हाम्रो पालो?

    💢गीता अर्याल, नेपालगन्ज ।

    पञ्चाङ्ग   १२

    एक दिन हाम्राे पनि आउँछ पालाे
    चिन्ता  नगर  सबैले पाउँछ पालाे
    प्रतीक्षाकाे फल मिठाे हुन्छ भनौ न
    न आए आफैँ घरमा धाउँछ पालाे
    काेही त हाेला जसले लाउँछ पालाे ।

    💢नवराज भट्ट, महेन्द्रनगर ।

    पञ्चाङ्ग   १३

    उनीहरुलाई नै पुगेको छैन कहिले आउँछ हाम्रो पालो
    थरी थरी भागबन्डा धेरै हुन्छ कहिले आउँछ हाम्रो पालो
    हेर जनताका खुन सुकिसक्यो सामन्तीको चुसाइले गर्दा
    अगाडि सर्न खोज्यो खुट्टा तान्ने छन् कहिले आउँछ हाम्रो पालो
    चाकडी, चाप्लुसी गर्न जानिएन कहिले आउँछ हाम्रो पालो ।

    💢दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग   १४

    सँगसँगै रमाउने कहिले आउँछ हाम्राे पालाे?
    सान मान जमाउने कहिले आउँछ हाम्राे पालाे ?
    साेझा अनि निमुखाकाे  चामल बिक्ने छैन यहाँ
    आफ्नै खेत कमाउने कहिले आउँछ हाम्राे पालाे?
    आफ्नै पूर्जा समाउने कहिले आउँछ  पालाे?

    💢चन्द्रावारी अधिकारी, कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १५

    कति काट्ने दु:ख, कहिले आउँछ हाम्रो दिन
    बिधाताले हेर्ने कहिले आउँछ हाम्रो दिन
    सुखसँग बस्ने सास फेर्ने आउँदैन होला
    सुख दु:ख बाँड्ने कहिले आउँछ हाम्रो दिन
    रमाइलो क्षण कहिले आउँछ हाम्रो दिन ।

    💢देवकी के.सी. काभ्रे हाल बिरगंज ।

    पञ्चाङ्ग   १६

    तिमीसँगै म नि हुने कहिले  आउला पालो
    हर्षका साथ म रूने कहिले आउला पालो
    तिमीसङ्गै मिलेर हातमा  हात समाएर
    खुसीले आकाश छुने कहिले आउला पालो
    उमङ्गमा आँखा धुने कहिले आउला पालो

    💢सुमित्रा पोखरेल, काठमाडौं ।

    पञ्चाङ्ग    १७

    देशको माटो चलाउने कहिले आउँछ हाम्रो पालो
    यी हातहरु गलाउने कहिले आउँछ हाम्रो पालो
    सधैं अर्कोको कमरा भइ बस्नु पर्ने कस्तो बध्यता
    धर्तीमा अन्न फलाउने  कहिले आउँछ हाम्रो दिन
    सुखका दिन पलाउने कहिले आउँछ हाम्रो पालो ।

    💢आर्मित्मा थापा मगर ,स्याङ्जा ।

    पञ्चाङ्ग   १८

    सुख दुःख घुम्दै घुम्दै आउँछ हाम्राे पालाे
    सुख पनि दुःख गुम्दै आउँछ हाम्राे पालाे
    नियतिकाे खेल हाे याे भन्ने कुरा सम्झेर
    बाँचेकाले देह चुम्दै आउँछ हाम्राे पालाे
    जिन्दगीमा भाेग झुम्दै आउँछ हाम्राे पालाे

    💢ताेयानाथ सुवेदी, काठमाडौं, काँडाघारी ।

    पञ्चाङ्ग   १९

    आत्मनिर्भर भै रमाउने कहिले आउँछ हाम्रो दिन
    निडर  रुपमा  कमाउने कहिले आउँछ हाम्रो दिन
    सामन्तीले  राज  गर्दा गर्दै  र  उनकै भर पर्दा पर्दै
    दु:ख सुख जीत थमाउने कहिले आउँछ हाम्रो दिन
    ज्वलन्त सुमार्ग समाउने कहिले आउँछ हाम्रो दिन ।

    💢प्रेम थापा  “मन” बागलुङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको २७ औँ अभ्यास शृङ्खला सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P