• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

दाङमा संचालित गाेरखनाथ गुरुकुलकाे उन्नयनकालागि महेश संस्कृत गुरुकुलम् देवघाटकाे सहयाेग रहने

  • १६ मंसिर २०७९, शुक्रबार ०६:३५ मा प्रकाशित
  • नेपालकाे एक मात्र संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्ला हावापानीकाे हिषाबले एकदमै राम्राे मानिन्छ ।पहाडि जिल्ला भएपनि प्रसस्त समथर खेतियाेग्य मैदानले जस्ताे काम गर्दछु भन्दा पनि कुनै कमि छैन ।राष्ट्र गुरु याेगी नरहरिनाथले चिम्टा गाडेर दाङ जिल्लामा संस्कृत विश्वविद्यालय स्थापना गराएरै जानू भयाे ।त्यस्तै गुरुले काेटिहाेम पनि दाङ जिल्लामा ३ ठांउमा लगाउनु भयाे ।ती स्थान हुन् चाैघेरा सिद्ध रत्ननाथ मठ,त्रि सिद्धेश्वर शिवालय तुल्सिपुर र अर्काे रिहार धाममा ।काेटिहाेम लगाउनुकाे मूख्य उद्धेश्य एउटै थियाे गुरुकुल र गाैशाला हरेक मठ मन्दिरमा स्थापना गरेर संचालन गर्ने ।उद्धेश्य राम्रा हुन्छन् महान पुरुषका तर ती उद्धेश्य पूरा गर्नकालागि लाग्ने अनुयायी हरुकाे खाँचाे समाजमा रहेका छन् ।अहिले आएर याे महसुस सबैलाई भएकाे छ ।यसै शिलसिलामा दाङमा खुलेकाे गाेरखनाथ वैदिक गुरुकुलम् ले सबैलाई सानाे आशा जगाएकाे सुगन्ध धेरै स्थानबाट पाईएकाे छ ।मठ,मन्दिर समाज तथा राज्यबाट सहयाेग भएमा सुविधा सम्पन्न व्यवस्थापनका साथ एक अब्बल गुरुकुल दाङमा चलाउन सकिन्छ भन्ने दृढ विचार लिएर अगाडि लागेका छन् घाेराही १७ निवासी प्रकाश भट्टराई ।उहाँकाे परिवारनै गुरुकुलमा लागेकाे छ ।छाेराले पनि गुरुकुलमानै पढ्दछन् ।नयाँ नयाँ याेजनामा काम गर्ने तथा समाजसंग गुरुकुललाई जाेड्नकालागि घर घर पुगेर अन्न दान लिने साेचाई लिएकाे भट्टराई बताउनु हुन्छ ।
    यहि मंसिर १३ १४ गते वटुकहरुलाई शैक्षिक ,धार्मिक तथा पर्यटकीय भ्रमण गराउने उद्धेश्य लिएर देवघाट धामकाे अध्ययन अबलाेकन भ्रमण यस गुरुकुलले गराएकाे छ ।गुरु गाेरखनाथकाे आशीर्वाद ग्रहण गरि शैक्षिक भ्रमण यात्रा शुभारम्भ गर्ने क्रममा बांणगंगा नगर पालिकाकाे नन्दनगरमा अवस्थित मनकामना संस्कृत गुरुकुल ,चितवन गैडाकाेटमा रहेकाे याेगी नरहरिनाथ गुरुकुल ,नवलपरासीमा रहेकाे धार्मिक पर्यटकीय सिजि मन्दिर ,लुम्बिनी,देवघाट स्थित महेश सन्यास आश्रम,हरिहर सन्यास आश्रम ,गलेश्वर आश्रम लगायतका स्थानकाे अध्ययन अवलाेकन गरेकाे छ ।शैक्षिक भ्रमणकाे क्रममा यस पटक आफ्नाे कार्मिक सम्बन्ध भएकाे देवघाट स्थित महेश संस्कृत गुरुकुलम् मा विशेष रुपमा रहेकाे छ ।१४ गते विहान ७ बजे महेश आश्रमका वर्तमान स्वामी महाराजकाे दर्शन आशीर्वाद ग्रहण गरी सत्संग छलफल गर्ने माैका प्राप्त गरेकाे छ । महाराजजीबाट सबैलाई भाेजन खाना ,बसाईका बारेमा केही साेधेपश्चात दाङमा गुरुकुल संचालन गर्नकालागि साेचाई गुरु महाराजकाे थियाे ।आज त्यस कार्यकाे सुरुवात भएकाे छ खुसि लाग्याे ।अब हामी संम्पर्कमा रहेर काम गराैं ।म दाङ आउंदछु ठूलाे कार्यक्रम राखेर एउटा याेजना बनाउनु पर्दछ ।गुुरुकुल चलाउनका लागि उपयुक्त वातावरण चाहिन्छ । सुरुवात भएकाे छ अब थप्दै जाने हाे भन्नु भयाे साथै केही विद्यार्थीलाई जानेका शैक्षिक गतिविधि साेध्नु भयाे ।तत्पश्चात हामी विदा भयाै ।
    महेश सन्यास आश्रमका संस्थापक महाराज स्वामी रामानन्द हुनुहुन्छ ।त्यस आश्रमबाट संचालित महेश संस्कृत गुरुकुलम् हाे ।आज भन्दा करिब ३० बर्ष अगाडि स्वामीज्यूले कठिन साधना र प्रयत्नबाट आज याे अबस्थामा आईपुगेकाे छ ।अहिले यस गुरुकुलमा करिव २५० बिद्यार्थीहरु कक्षा ६ देखि आचार्य सम्मकाे अध्ययन आवासीय रुपमा रहेर अध्ययन गरिरहेका छन् ।स्वामीज्यूकाे एउट भनाई थियाे —* पढ्ने र पढाउने कुरामा कहिल्यै अल्छी गर्न हुँदैन ।* आज त्याे प्रतिफल दिएकाे छ यस गुरुकुलले ।व्यवस्थापन तर्फ भन्नु पर्दा एकै पटक सबै विद्यार्थीहरुलाई भाेजन,सत्संग गराउन सक्ने ब्यवस्थित भाेजन काेठा र सत्संग कक्ष रहेका छन् ।त्यस्तै अतिथि पाहुना ,विद्यार्थीहरुका अभिभावकहरुकालागि सुविधा सम्पन्न आवास गृह रहेकाे छ ।विद्यालयमा पठन पाठन कक्ष , प्रशासन कक्ष ,शिवालय परिसर लगायत पठन पाठन गर्नकालागि चाहिने सबै क्षेत्रलाई समेटेर लगेकाे पाईन्छ यस गुरुकुलमा ।
    अहिले स्वामी रमणान्दज्यूकाे प्रमुख संरक्षकत्वमा रहेकाे यस गुरुकुलमा उच्च शिक्षा देखि आचार्य तर्फकाे जिम्मेवारी गुरु कमल सुवेदी र कक्षा ६ देखि माथि उच्च शिक्षा सम्मकालागि गुरु फणीन्द्र पाैडेलले लिएर खटिनु भएकाे छ भने अन्य साधु,सन्त गुरुहरुकाे मेहनत र जिम्मेवारी भुमिका उत्तिकै राम्राे रहेकाे छ ।यस्तै गुरुकुलम् संचालनकालागि गुरु गुरु प्रसाद सुवेदी ,गुरु कपिल सुवेदी ,गुरु राम प्रसाद सुवेदी हेटाैंडा लगायत साधु सन्त , विद्वान ,धर्मात्मा समाजसेवी दाता अभिभावकज्यूहरुकाे अत्यन्तै सकृयता रहेकाे छ ।जयतु संस्कृतम् ।

    गोरखनाथ वैदिक गुरुकुलबाट प्राप्त समाचार

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on दाङमा संचालित गाेरखनाथ गुरुकुलकाे उन्नयनकालागि महेश संस्कृत गुरुकुलम् देवघाटकाे सहयाेग रहने

    देउवाले ‘बढ्ता नबोल्नुस्’ भनेर हप्काएका युवा डडेलधुराबाट देउवासँगै चुनाव लड्ने

  • २ श्रावण २०७९, सोमबार १६:०८ मा प्रकाशित

  • काठमाडौं । झण्डै पाँच वर्षअघि बीबीसी नेपाली सेवाद्वारा सञ्चालित कार्यक्रम ‘साझा सवाल’ मा तत्कालीन प्रधानमन्त्री र संयोगवश वर्तमान प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गुल्मीका एक युवाले खरो प्रश्न सोधे । उनको प्रश्न थियो, ‘लि क्वानलाई सिंगापुर दिँदा खेरी ढुँगा दिइएको थियो, उनले हीरा बनाए । तर, नेपाललाई तपाईंलाई दिँदा हीरा दिइएको थियो, तपाईंले ढुंगा बनाउनुभयो । यसको कारबाही कसलाई गर्ने ?’

    आक्रामक शैलीमा प्रश्न सोधिरहेका उनी त्यतिमै रोकिएनन् । उनले थप प्रश्न गरे, ‘सिंगांपुर, चीन, अमेरिका, बेलायतलगायतका देशमा अति उत्कृष्ट विद्यार्थीहरुमात्र प्रधानमन्त्री भएका छन् । उदाहरणका लागि बेलायतका सम्पूर्ण प्रधानमन्त्रीहरु अक्स्फोर्ड विश्वविद्यालयका छन् । नेपालको विगत ७० वर्षदेखि हामीले हाम्रो मन बुझ्ने प्रधानमन्त्री कुन चाहिं पायौं ?’

    उनको खरो शैलीको प्रश्नमा शेरबहादुर देउवा अलि आक्रोशित ढंगमा प्रस्तुत भए र जवाफ फर्काए, ‘तपाईं बर्ता बोल्दै हुनुहुन्छ । नेपालमा जुन विश्वविद्यालय छ, त्यही पढ्ने हो । यहाँ अक्स्फोर्ड कताबाट ल्याउने ?’

    उनले थपे, ‘मलाई जनताले चुन्या हैन ? म प्रधानमन्त्री नभए को बन्ने, तपाईं बन्ने ?’

    एउटा सामन्य युवाको प्रश्न गर्ने शैली र उत्तर दिने ठाउँमा रहेका देशका कार्यकारी प्रमुखको आक्रोशित शैलीले ती युवालाई देशको नेतृत्वबाट ‘फ्रस्टेड’ युवा वर्गमा एकाएक चर्चित बनायो । ती युवा थिए सागर ढकाल । साझा सवाल ‘बोय’को इमेज बनाएका ती नै सागर ढकालले हाल आसन्न प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

    मूलधारका पार्टीको नेतृत्वमा रहेका नेताहरुलाई हजुरबुबा र दोस्रो पुस्ताका नेता भनिएकाहरुलाई बुबा पुस्ताको संज्ञा दिँदै आएका ढकालले हजुरबुवा पुस्तालाई पूर्ण आराम, बुवा पुस्तालाई सल्लाहकार र ४० वर्षमुनिका प्रधानमन्त्री भन्ने अवधारणालाई अंगीकार गर्दै चुनावमा होमिने घोषणा गरेका हुन् ।

    नेपालमा पढेलेखेका नेताहरु किन छैनन् भन्ने प्रश्न गर्दै आएका ढकालले पुल्चोक इन्जिनियरिङ कलेजबाट स्नातक र विश्व प्रख्यात अक्स्फोर्ड विश्वविद्यालयबाट मास्टर्सको अध्ययन गरेका छन् । उनले नेपालकै ऊर्जा तथा जलस्रोत मन्त्रालयदेखि चीन, जोर्डन, इजरायल, प्यालेस्टाइनलगायतका देशमा समेत काम गरिसकेका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on देउवाले ‘बढ्ता नबोल्नुस्’ भनेर हप्काएका युवा डडेलधुराबाट देउवासँगै चुनाव लड्ने

    प्रादेशिक आयुर्वेद चिकित्सालय परिसरमा वृक्षारोपण कार्यक्रम

  • ३२ असार २०७९, शनिबार ०७:५५ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरी दाङमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । चिकित्सालयको आफ्नै परिसरमा दालचीनी, रुद्राक्ष, श्रीखण्ड, रक्तचन्दन, आँप लगायत विभिन्न प्रजातिका फलफूल तथा जडिबुटीका बिरुवा रोपिएको थियो । अस्पताल परिसरमा रहेकोे खाली जमिनको सदुपयोग गर्न वृक्षारोपण गरिएको चिकित्सालयका निमित्त प्रमुख डा.सन्तोष कुमार ठाकुरले बताउनुभयो ।

    उक्त वृक्षारोपण कार्यक्रममा जि.प्र.का.दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, अस्पताल विकास समिति अध्यक्ष कृष्ण बहादुर बस्नेत, चिकित्सालय प्रमुख डा.सन्तोष कुमार ठाकुर, पञ्चकर्म विज्ञ डा. योगेश प्रसाद वैद्य लगायत चिकित्सालयका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेकोे थियो ।

    वृक्षारोपण कार्यक्रमका केही झलकहरू

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on प्रादेशिक आयुर्वेद चिकित्सालय परिसरमा वृक्षारोपण कार्यक्रम

    सेञ्चुरी कमर्सियल बैंक, गुलरिया शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • २३ असार २०७९, बिहीबार १५:४९ मा प्रकाशित
  • सेञ्चुरी कमर्सियल बैंक गुलरिया शाखाले गुलरिया नगरपालिका वार्ड नं ०४ बबई स्थित बबई बहुमुखी क्याम्पसमा आज वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    उक्त कार्यक्रम सो क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरि सञ्चालन गरिएको थियो ।

    क्याम्पसका व्यवस्थापन विभागका प्रमुख नारायण पौडेलको अध्यक्षता एवम् सेञ्चुरी कमर्सियल बैंक लि. गुलरिया शाखाका शाखा प्रबन्धक माया प्रकाश पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रमको उद्देश्य पैसा कसरी कमाउन सकिन्छ ? व्यक्तिगत आयआर्जनका स्रोतहरू के के हुनसक्छन् ? त्यसको उपयोगीता कसरी बढाउने सम्बन्धमा जानकारी गराउनुका साथै सुरक्षित आर्थिक भविष्य प्रति सबैलाई वित्तीय जानकार गराई पहुँच अभिवृद्धि तथा बैंकिङ क्षेत्र सबलिकरण गरि सर्वाङ्गीण विकासमा योगदान पुर्याउनु रहेको थियो ।

    त्यस्तै किशोर किशोरी र युवा युवतीको वित्तीय ज्ञान, सीप तथा मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नुका साथै सुरक्षित बैंकिङ कारोबार गर्नु रहेको थियो ।

    उक्त कार्यक्रममा सेच्युरी कमर्सियल बैंकले विगत देखि नै समय समयमा यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिएको थियो ।
    विभागीय प्रमुख नारायण पौडेलले कार्यक्रम अत्यन्त फलदायी र प्रभावकारी भएको जानकारी गराउनु हुँदै आगामी दिनमा पनि यस्तै विद्यार्थी लक्षित सीपमुलक कार्यक्रम गर्न आग्रह गर्नु भयो।

    कार्यक्रममा गुलरिया शाखाका कर्मचारीहरू, विद्यार्थीहरू लगायत प्राध्यापकहरूको उपस्थिति रहेको थियो।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on सेञ्चुरी कमर्सियल बैंक, गुलरिया शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    गाेरखनाथ वैदिक गुरुकुलमा अक्षयकोष सञ्चालनका लागि न्यौपाने परिवारद्वारा २५ हजार रकम सहयोग

  • २९ जेष्ठ २०७९, आईतवार ०९:५३ मा प्रकाशित
  • गाेरखनाथ वैदिक गुरुकुलमा अक्षयकोष सञ्चालनका लागि न्यौपाने परिवारद्वारा २५ हजार रकम सहयोग प्राप्त भएको छ । घोराही उपमहानगरपालिका वडा नं.१२ हापुर विजौरी स्थायी ठेगाना भइ हाल घोराही – १५ भरतपुर निवासी चम्पा न्यौपानेले शनिबार उक्त रकम गुरुकुललाई हस्तान्तरण गर्नुभएको हो ।

    स्व.दुर्गा प्रसाद न्याैपाने र स्व.जीवेश्वरा न्यैापानेकाे जेष्ठ पुत्र वधु चम्पा न्यैापानेले आफ्नो माइती तथा घर तर्फका समस्त पितृहरू र हालसालै असामयिक रुपमा मृत्युुवरण गर्न पुगेकी भान्जी विद्या गाैतमकाे समेत माेक्षकाे कामना सहित उक्त रकम नगदै प्रदान गर्नुभएको थियो ।

    वैदिक गुरुकुल पद्धतिमा आधारित सनातन शिक्षा ग्रहण गर्दै आएका बाल बालिकाहरूकाे शैक्षिक उन्नयनका साथै समग्र गुरुकुल शिक्षा पद्धतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्राप्त अक्षयकोष रकम दाताको ईच्छा अनुरुप नै सदुपयोग गरिने प्रतिबद्धता गुरुकुलले गरेको थियो ।

    साथै उक्त अवसरमा गुरुकुलले दाता परिवारकाे सुख, शान्ति, समृद्धि तथा उत्तराेत्तर प्रगतिको कामना पनि गरेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गाेरखनाथ वैदिक गुरुकुलमा अक्षयकोष सञ्चालनका लागि न्यौपाने परिवारद्वारा २५ हजार रकम सहयोग

    घाेराहीकाे तेराैटे स्थित जेष्ठ नागरिक सराेकार केन्द्र (वृद्ध आश्रम )मा गाेरखनाथ वैदिक गुरुकुलका वटुकद्वारा हवन र गीता पाठ

  • १८ जेष्ठ २०७९, बुधबार १४:४५ मा प्रकाशित
  • जेष्ठ १७, तेराैटे, दाङ
    दाङ जिल्लाकाे तेराैटेमा संचालित वृद्ध आश्रममा गोरखनाथ वैदिक गुरुकुलका वटुकहरूले हवन र गीता पाठ गरेका छन्।

    आश्रममा बस्दै आउनु भएका एक जेष्ठ सदस्य गाेविन्द आचार्यकाे १३औँ दिनकाे शुद्ध शान्तिकाे कार्यक्रममा मृतात्माकाे शान्तिका लागि हवन तथा गीता पाठ गरिएकाे हो । आश्रमको निमन्त्रणामा गुरुकुलका पदाधिकारी लगायत वटुक तथा कन्या त्यहाँ पुगेको गुरुकुलले जनाएको छ।

    संस्थाका अध्यक्ष भुपाल गिरीकाे अध्यक्षता एवं गाेरखनाथ वैदिक गुरुकुलका अध्यक्ष जाेगी देवनाथकाे प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रमको प्रमुख वक्ताको रूपमा बोल्दै जाेगी देवनाथले समाजमा गुरुकुल शिक्षाकाे अपरिहार्यता तथा वृद्ध आश्रममा असल सन्तानकाे अभावमा वृद्ध आश्रमा आउनुपर्ने उत्पन्न अमानवीय अवस्थाहरु सुनिदा दुख लागेकाे कुरा ब्यक्त गर्नुभयो ।
    साथै उहाँले वृद्ध आश्रममा पनि प्रयाप्त स्थान भएकाे, भाैतिक संरचनाकाे पनि खासै अप्ठेराे स्थिति नभएकाले गुरुकुल चलाउदा राम्राे हुने बताउनुभयाे ।
    धेरै जिल्लामा ५,६ वटा गुरुकुल रहेकाे र सबै आश्रमहरू राम्राेसँग चलेको उल्लेख गर्दै ती आश्रमहरू प्राय: गुरुकुलकै कारण चलेको बताउनुभयो।
    दाङ जिल्लामा एउटा मात्र गुरुकुल हुनु त्याे पनि चलाउन गाह्रो हुनु सबैकाे लागि लाजमर्दाे कुरा रहेकाे सबै वक्ताहरूको धारणा थियाे ।

    जेष्ठ नागरिक सराेकार मञ्चकी सदस्य सुषमा कुमारी रेग्मीले संचालन गर्नु भएकाे कार्यक्रममा जेष्ठ नागरिक सराेकार मञ्चका सुसिला आचार्य, रुपा वली, मनाेरमा शर्मा तथा गुरुकुलका निवर्तमान अध्यक्ष तथा प्रमुख व्यवस्थापक प्रकाश भट्टराईको उपस्थिति रहेकोे थियो ।

    अन्तमा संस्थाका अध्यक्ष भुपाल गिरीले गुरुकुलसँग संस्थालाई जाेड्न पाउँदा खुसी लागेकाे उल्लेख गर्दै सबै मिलेर गुरुकुल राम्रोसँग चलाउनु पर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले कार्यक्रममा सहभागिताकाे लागि गाेरखनाथ वैदिक गुरुकुल परिवार प्रति धन्यवाद प्रकट गर्नुभयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on घाेराहीकाे तेराैटे स्थित जेष्ठ नागरिक सराेकार केन्द्र (वृद्ध आश्रम )मा गाेरखनाथ वैदिक गुरुकुलका वटुकद्वारा हवन र गीता पाठ

    गाेरखनाथ वैदिक गुरुकुलका वटुकहरुद्वारा दाङकाे चाैघेरा मतदान केन्द्रका मतदाताहररूलाई नि:शुल्क पानी वितरण

  • ३१ बैशाख २०७९, शनिबार १९:११ मा प्रकाशित
  • दाङको चौघेरामा अवस्थित गोरखनाथ वैदिक ग्रुरुकुलले नि:शुल्क पिउने पानी वितरण गरेको छ । गुरुकुलले सोही ठाउँमा रहेको मतदान स्थलका मतदाताहरूलाई पानी पिलाउने कार्य गरेको हो ।

    दिउँसाेकाे टण्टलापुर घाममा मतदान हेतु लाइन बसेका प्यासले आकुलव्याकुल मतदाताहरूलाई घाेराही उप-महानगर पालिका वडा नं १७ काे चाैघेरा सिद्ध रत्ननाथ मठमा संचालित दाङकै एकमात्र वैदिक गुरुकुलका वटुकहरूले पानी पिलाएर तृप्त बनाएका थिए ।

    उपस्थित मतदाताहरूले गुरुकुलको उक्त सामाजिक कार्यको प्रशंसा गर्नुका साथै धन्यवाद ज्ञापन समेत गरेका थिए ।

    नेपाल संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्लामा यस अघि कुनै गुरुकुल थिएन । पछिल्लाे समय याे गुरुकुल खुलेयता विविध गतिविधि र क्रियाकलाप गर्दै आएको छ ।

    केवल किताबी कोरा ज्ञान मात्र नदिई सामाजिक र व्यवहार उपयोगी काममा वटुकहरूलाई लगाएर चर्चामा रहेको यो गुरुकुलको भावी लक्ष्य यसलाई ज्ञान केन्द्र र ध्यान केन्द्रकाे रुपमा विकास गर्ने रहेको गुरुकुलका निवर्तमान अध्यक्ष प्रकाश भट्टराई जानकारी दिनुभयो ।

    साथै उहाँले गुरुकुललाई नाथ दर्शनकाे अध्ययन तथा अनुसन्धान केन्द्र बनाउदै पहिलो चरणमा कक्षा ११ तहसम्म पुर्याउने योजना रहेको बताउनुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गाेरखनाथ वैदिक गुरुकुलका वटुकहरुद्वारा दाङकाे चाैघेरा मतदान केन्द्रका मतदाताहररूलाई नि:शुल्क पानी वितरण

    गाेरखनाथ वैदिक गुरुकुलकाे तृतीय वार्षिक उत्सव मंगलबार सम्पन्न

  • २३ बैशाख २०७९, शुक्रबार १३:५० मा प्रकाशित
  • दाङ, २० बैशाख ।
    श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा सञ्चालित गाेरखनाथ वैदिक गुरुकुलमले आफ्नाे तृतीय वार्षिक उत्सव एक समारोह बिच मंगलबार मनाएको छ । उक्त कार्यक्रम नेपाल संस्कृत विश्विद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सनातन वैदिक दर्शन र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि आज भन्दा ३ बर्ष अगाडि वि. सं. २०७६ साल बैशाख २४ गते अक्षय तृतीयाकै दिन दाङ जिल्लाकाे ऐतिहासिक महत्त्व बाेकेकाे श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा गाेरखनाथ वैदिक गुरुकुलमको स्थापना भएको हाे ।

    जाेगी देवनाथकाे अध्यक्षतामा संचालित कार्यक्रममा गुरुकुल समितिकि सदस्य सुषमा रेग्मीले स्वागत मन्तव्य सहित कार्यक्रम बारे जानकारी गराउनु भएकाे थियाे ।उक्त कार्यक्रममा प्रमुख अतिथि एवं उपकुलपति लामिछानेले संस्कार, संस्कृति र आफ्नाे पहिचान बचाउन आज कठिन परिस्थिति भएको उल्लेख गर्नुभयो । साथै उहाँले दाङकाे यस गुरुकुलका कृयाकलापले अत्यन्तै प्रभावित पारेकाे बताउनुभयो ।

    उहाँले विश्वविद्यालयकालागि चाहिने शैक्षिक जनशक्ति यदि कसैले दिनसक्छ भने त्याे गुुरुकुलले मात्रै भएको बताउनुभयो । गुरुकुलबाट पढेर आएका जनशक्तिकै अभावले ने.सं. वि. लगायतका सम्पूर्ण शैक्षिक तथा धार्मिक क्षेत्र पनि सन्ताेष गर्न लायक नबन्दा दु:ख लागेकाे बताउनु भयाे ।

    साथै उहाँले दाङ जिल्लामा सञ्चालित याे गुरुकुलमा आफू २ पटक आउँदा पहिलेकाे भन्दा धेरै प्रगति भएकाे धारणा राख्दै गुरुकुल हुर्काउने दायित्वबाट ने सं वि पछाडि हट्न नहुने भन्दै मठ तथा गुरुकुल परिवारलाई धन्यवाद समेत प्रदान गर्नु भएको थियाे ।

    कार्यक्रमका अन्य वक्ताहरूमा उप-प्राध्यापक सुन्दर गाैतम, पतञ्जलि याेग समितिका उदय डाँगी, घाेराही नगर शिक्षाका नारायण प्रसाद पाैडेल, प्रेश सेनानी तथा सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गाैतम, लगायतका रहनुभएको थियोे । शैक्षिक उन्नतिका साथै सामाजिक रुपान्तरणका लागि गुरुकुलीय शिक्षा र संस्कारकाे ठूलाे भुमिका रहेकाे सहभागी वक्ताहरूको भनाइ रहेकोे थियोे ।

    गुरुकुलमा अध्ययनरत छात्र छात्राहरूबाट स्वस्ति वाचन र स्वागत गीतबाट सुरुभएकाे कार्यक्रममा प्रमुखअतिथिले गुरुकुलमा अक्षयकाेष, नगद तथा खाद्यान्न ,लत्ताकपडा लगायतका वस्तु सामग्री सहयाेग गर्नुहुने दाताहरूलाई रुद्राक्ष माला सहित प्रमाण पत्रले सम्मान गर्नु भएकाे थियाे।

    कार्यक्रममा नगर शिक्षाका अधिकृत नारायण प्रसाद पाैडेलबाट उत्कृष्ठ अंक प्राप्त गर्ने छात्रछात्रालाई र पीर मठाधीश याेगी ब्रह्मनाथ महाराजबाट सरसफाईमा ध्यान दिने ,अनुशासित तथा जेहेन्दार छात्रछात्रालाई सम्मान सहित पुरस्कार प्रदान गरिएकाे थियाे ।

    उक्त कार्यक्रममा गुरुकुलकी प्राचार्य सन्ताेषी सुवेदीले गुरुकुलकाे परिचय गराउनुभएको थियोे भने निवर्तमान अध्यक्ष प्रकाश भट्टराईले विभिन्न जिल्लाका गुरुकुल र धार्मिक एवं शैक्षिक निकायबाट प्राप्त शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो ।

    शुभकामना सन्देश प्रेषित गर्नेमा नेपाल महर्षि वैदिक फाउन्डेसन, श्री दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठम् दुर्गानगर रुपन्देही, श्री निङ्गलासैनि गुरुकुल संस्कृत विद्यापीठ,धनगढी ,कैलाली, श्री दुर्गा वैदिक विद्यापीठ नयाँमील ,रुपन्देही, श्री पञ्चकाेशी वेद विद्याश्रम दैलेख, श्री अनन्तादर्शन संस्कृत वेद विद्यालय माईधार,झापा, श्री रामजानकी राधाकृष्ण संस्कृत गुरुकुल आधारभुत विद्यालय काेहलपुर बांके, विश्व हिन्दूमहासंघ केन्द्रीय कार्यालय, श्री कालिगण्डकी गुरुकुलम् पाल्पा लगायतका संस्थाहरू रहेका थिए।

    गुरुकुलका अध्यक्ष जाेगी देवनाथकाे अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन गुरुकुल समितिका सदस्य कृष्ण प्रसाद अधिकारीले गर्नु भएकाे थियोे। कार्यक्रमको अन्तमा अध्यक्ष जाेगी देवनाथले कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे।

    शिक्षक अभिभावक संघको भेला सम्पन्न

    उक्त गोरखनाथ वैदिक गुरुकुलको वार्षिक उत्सव कार्यक्रम समापन भएसँगै दाेस्राे शिक्षक अभिभावक संघको भेला संघका अध्यक्ष शम्भु हरि अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।
    साथै भेलाले विभिन्न विषयहरुमाथि छलफल गरेर निर्णय समेत गरेको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गाेरखनाथ वैदिक गुरुकुलकाे तृतीय वार्षिक उत्सव मंगलबार सम्पन्न

    गाेरक्ष चिन्तन कार्यक्रममा पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.अर्याल

  • १० बैशाख २०७९, शनिबार २३:१४ मा प्रकाशित
  • दाङ जिल्लाको घाेराही उपमहानगरपालिका वडा नंं. १७ मा अवस्थित श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा रहेको गाेरखनाथ वैदिक गुरुकुलकाे आयाेजनामा संचालित गाेरक्ष चिन्तनकाे ४८औँ श्रृंखलामा पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको उपस्थिति रहेको थियो ।

    अष्ट्रेलियाकाे सिड्निमा रहेर अध्यात्मकाे क्षेत्रमा काम गर्दै आउनुभएका विदुर प्रसाद सापकाेटाकाे प्रमुख उपस्थिति रहेकाे कार्यक्रममा एकाएक उपकुलपति अर्याल उपस्थित हुनुभएको आयोजकले जनाएको छ । साथै यसरी उपकुलपति डा.अर्याल कार्यक्रममा आगमन हुँदा गोरक्ष चिन्तनको गरिमा उँचो भएको धारणा व्यक्त गरेको छ ।

    आध्यात्मिक चिन्तक अन्तर्राष्ट्रिय प्रवचनकर्ता डा. चिन्तामणिनाथ याेगीले कार्यक्रमकाे महत्त्वको बारेमा जानकारी गराउनु हुँदै दाङकाे गाेरखनाथ वैदिक गुरुकुलले संचालन गरेकाे जुम भर्चुअल कार्यक्रमकाे गरिमा बढाईदिएकाेमा धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुमा पनि एकसाथ रहेर धार्मिक, शैक्षिक जागरणका विषयमा अगाडि बढ्नका लागि ठूलाे मद्दत मिल्नेछ भन्ने आशा प्रकट गर्नुभयाे ।

    प्राप्त जानकारी अनुसार उक्त शृङ्खलाको कार्यक्रममा प्राचार्य सन्ताेषी सुवेदीले हरेक साता गुरुकुलमा भएगरेका गतिविधिका बारेमा जानकारी गराउनु भएकाे थियाे, भने पूर्व अध्यक्ष तथा गाेरक्ष चिन्तन जुम भर्चुअलका संचालक प्रकाश भट्टराईले गुरुकुलका बारेमा अवगत गराउनु भएको थियो ।

    साथै पूर्व अध्यक्ष भट्टराईले गुरुकुलमा वटुक मात्र नभई कन्याले पनि गुरुकुलीय शिक्षा लिईरहेकाे र आफूहरूले जुनसुकै जातजाति र समुदायका व्यक्तिहरुलाई संस्कृत शिक्षा लिनका लागि खुल्ला गरेको बताउनुभयो। साथै उहाँले हरेक शुक्रबार सन्चालन हुँदै गोरक्ष चिन्तन कार्यक्रमको ५० औँ शृङ्खला विशेष तवरले मनाउने पनि जानकारी दिनुभयो।

    हाल केही दिनकाे बसाईमा नेपालमा आउनुभएका सत्संगप्रेमि विदुर प्रसाद सापकाेटाज्यूले आफूलाई नेपालीपन, नेपाली माटाेकाे बेग्लै श्रद्धा लाग्ने भएकोले नेपाल बसाईमा क्रममा आफ्नाे घरपरिवार भन्दा गुरुकुल र साधु सन्तकाे सङ्गतमा रमाउन पाउँदा आनन्दाभूति भएकाे बताउनुभयो।
    साथै उहाँले गाेरखनाथ वैदिक गुरुकुल दाङकाे बेग्लै पहिचान पाएकाे र आगामी दिनमा सँगै मिलेर गुरुकुल शिक्षाकाे विकाश विस्तारमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

    कार्यक्रममा निङ्गलासैनि गुरुकुल धनगढिका प्राचार्य र वि.वि.सि नेपाली सेवाका पूर्व पत्रकार भगिरथ याेगी लगायतको सहभागिता रहेकाे थियाे ।

    मठ समितिका ताेयनाथ याेगीले धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्नुभएको थियो, भने बटुकहरुले बिबिध शैक्षिक कृयाकलाप प्रस्तुत गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गाेरक्ष चिन्तन कार्यक्रममा पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.अर्याल

    टुक्का अभियन्ता समुहकाे २ दिने विशेष प्रशिक्षण तथा कार्यशाला गाेष्ठी सम्पन्न

  • ३० चैत्र २०७८, बुधबार ०५:०६ मा प्रकाशित
  • २९ चैत,
    १० बुदे कार्ययोजना तय गर्दै टुक्का अभियन्ता समूहको २ दिने कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईकाे संयाेजकत्वमा उक्त गोष्ठी २०७८ चैत २८ र २९ गते भर्चुअल माध्यमबाट सम्पन्न भएकाे हो । टुसासका संस्थापक सल्लाहकार तथा टुक्का अभियन्ता अरुण नदी खत्रीकाे प्रमुख आतिथ्यमा सञ्चालन भएकाे उक्त कार्यक्रममा ताराप्रसाद चापागाईं, अरुण नदी खत्री, म्यामराज राई, हाेमप्रसाद न्याैपाने, रामशरण न्याैपाने, राजेशराज गड्तौला, बेदु न्याैपाने, रामकृष्ण दुवाडी, जमुना आचार्य, वसन्त अनुभव, अनिल खग्रास, रचना शर्मा प्रतीक्षा, पुष्पा सायरा, लक्ष्मी श्रेष्ठ, भगवती दवाडी, सुरेशकुमार पान्डे, चिरञ्जीवी ढकाल, अच्युत घिमिरे, केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सहयात्री शाेभा अर्याल, रिजाल विनोद, दुर्गा भट्टराई समेत २२ टुक्का अभियन्ताहरूकाे सक्रिय सहभागीता रहेकाे थियाे ।

    २०७८ भदाै १७ गते गठन भएकाे टुक्का अभियन्ता समूह लघुत्तम नव काव्यिक विधा टुक्का कविताकाे उन्नयनमा विशेष सक्रिय टुक्काकारहरूकाे एउटा समूह हाे ।

    कार्यक्रमकाे उदघाटनकाे क्रममा प्रमुख अतिथि अरुण नदी खत्रीले छाेटाे समयमा लाेकप्रिय बन्न सफल भएकाे नयाँ काव्यिक विधा टुक्का काे संरक्षण र सम्बर्धनमा सबै एकजुट भएर लाग्नु पर्ने भन्दै कार्यक्रम भव्य रुपमा सफल हाेस भन्ने कामना गर्नु भएकाे थियाे।

    कार्यक्रमकाे पहिलाे दिन टुक्का अभियन्ता बिच टुक्का लेखन तथा विभिन्न बिषयहरूमा छलफल भएकाे थियाे भने दाेस्राे दिन हालसम्मकाे कार्यमुल्याँकन तथा आगामी कार्ययाेजना बारे छलफल हुनुकाे साथै १० बुदे कार्ययाेजनाहरू तयार गरीएकाे थियाे।

    कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता हाेम प्रसाद न्याैपानेले बढी सक्रिय रुपमा टुक्का लेखन अभियानमा भाग लिने सर्जकहरूकाे पहिचान गरेर प्राेत्साहन गर्नु पर्ने भन्दै २ दिने कार्यक्रममा उत्साहपुर्वक सहभागी भई कार्यक्रम सफल भव्य रुपमा सफल बनाउनु हुने सम्पूर्ण टुक्का अभियन्ताहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्य1 Comment on टुक्का अभियन्ता समुहकाे २ दिने विशेष प्रशिक्षण तथा कार्यशाला गाेष्ठी सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P