
प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरी दाङमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । चिकित्सालयको आफ्नै परिसरमा दालचीनी, रुद्राक्ष, श्रीखण्ड, रक्तचन्दन, आँप लगायत विभिन्न प्रजातिका फलफूल तथा जडिबुटीका बिरुवा रोपिएको थियो । अस्पताल परिसरमा रहेकोे खाली जमिनको सदुपयोग गर्न वृक्षारोपण गरिएको चिकित्सालयका निमित्त प्रमुख डा.सन्तोष कुमार ठाकुरले बताउनुभयो ।
उक्त वृक्षारोपण कार्यक्रममा जि.प्र.का.दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, अस्पताल विकास समिति अध्यक्ष कृष्ण बहादुर बस्नेत, चिकित्सालय प्रमुख डा.सन्तोष कुमार ठाकुर, पञ्चकर्म विज्ञ डा. योगेश प्रसाद वैद्य लगायत चिकित्सालयका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेकोे थियो ।
वृक्षारोपण कार्यक्रमका केही झलकहरू















