• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

“काङ्ग्रेसबाट तुलसीपुरको मेयरमा बलियो उम्मेदवार म नै हुँ” : डिल्ली बहादुर बस्नेत ।

  • २७ चैत्र २०७८, आईतवार ००:२८ मा प्रकाशित

  • नेपाली काङ्ग्रेसका नेता, तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष, डिल्ली बहादुर बस्नेतले आगामी वैशाख ३०
    गते हुने स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको मेयरमा आफ्नो दाबी पेस गरेका छन् ।

    यस क्षेत्रका उद्योगी एवं प्रतिष्ठीत व्यक्तिको पहिचान बनाएका बस्नेत बितेका केही वर्षहरुमा तुलसीपुर क्षेत्रको विकास तथा समाजसेवा मार्फत स्थानीय माझ राम्रो पहिचान बनाउन सफल भएका छन् ।

    आसन्न स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको मेयर पदको दाबी पेश गर्दै बस्नेत भन्छन् तुलसीपुर क्षेत्रमा मैले सकेसम्म विभिन्न क्षेत्रहरुबाट आफ्नो सेवा पुर्याउँदै आएको छु तसर्थ यसपालिको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाका बासिन्दाले मलाई सहजै स्वीकार गर्छन् भन्नेमा म ढुक्कनै छु त्यसैले कांग्रेसबाट तुल्सीपुरको मेयरमा बलियो उम्मेदवार म नै हुँ” ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on “काङ्ग्रेसबाट तुलसीपुरको मेयरमा बलियो उम्मेदवार म नै हुँ” : डिल्ली बहादुर बस्नेत ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बित गरेको छ।

  • २५ चैत्र २०७८, शुक्रबार २२:४५ मा प्रकाशित
  • निलम्बनपश्चात डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

    बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गरेको हो । गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ ।

    पूर्व न्यायाधिश पुरुषोत्तम भण्डारीको नेतृत्वमा नेतृत्वमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सम्मिलित एक समिति बनाइएको छ। समितिले अधिकारीमाथि लागेको आरोपको छानविन गरेर एक महिना भित्र सरकारलाई प्रतिवेदन बुझाउने छ।

    Posted in अर्थ, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बित गरेको छ।

    राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता

  • २५ चैत्र २०७८, शुक्रबार ११:३६ मा प्रकाशित
  • काठमाडौं, चैत २५ । सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ ।

    यसैगरी, मन्त्रिपरिषद्ले अन्य कैयौ नियुक्तिहरू गरे पनि त्यसलाई गोप्य राखिएको छ । आचारसंहिता लागे पनि पुरानै मितिमा निर्णय गरिएको सन्देश दिन कैयौं नियुक्तिमा सैद्धान्तिक सहमति दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । निर्वाचन आचारसंहिता लागू भए पनि सरकारले कुनै नियुक्ति तथा सरुवा बढुवा गर्न पाउनेछैन ।

    राजदूत नियुक्तिको सिफारिसमा नेकपा एसको कोटामा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली ढकालसमेत परेकी छन् । पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएको जनाइएको छ ।

    त्यस्तै, श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन् । चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ सिफारिसमा परेका छन् । त्यस्तै जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने अवसर पाएका छन् । यसअघि श्रीलंकाको राजदूतबाट राजीनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योति प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ ।

    प्रधानमन्त्री कार्यालयका अनुसार दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र इजरायलमा शान्ता रिजालको नाम सिफारिस भएको छ भने जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस भएका छन् । रसियाको राजदूतका लागि मिलन तुलाधर सिफारिस भएका छन् भने श्रीलंकामा बासुदेव मिश्र सिफारिसमा परेका छन् । उनीहरू सबै राजनीतिक दलको कोटाबाट भएका हुन् । त्यस्तै डिल्लीराज पौडेल मलेसियाको राजदूतमा सिफारिस भएका छन् ।

    परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको सिफारिस भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । राजधानी दैनिकबाट

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता

    यमनमा युद्ध समाप्तिको सङ्केत : राष्ट्रपतिद्वारा शक्ति हस्तान्तरण, साउदीले अर्बौं डलर दिँदै

  • २४ चैत्र २०७८, बिहीबार २१:२५ मा प्रकाशित
  • काठमाडौं। यमनका राष्ट्रपतिले उपराष्ट्रपतिलाई बर्खास्त गर्दै आफ्नो शक्ति राष्ट्रपति परिषद्मा हस्तान्तरण गरेको बताएका छन्।

    विनाशकारी युद्ध अन्त्यका लागि हुथीहरुसँग वार्ता गर्न आग्रह गर्दै साउदी अरेबियाले यमनलाई अर्बौं डलर सहायता दिने भएसँगै उनले युद्ध अन्त्यका लागि शक्ति हस्तान्तरण गरेका हुन् ।

    राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले बिहीबार नयाँ निकायले राष्ट्रपति र उपराष्ट्रपति दुवैको जिम्मेवारी सम्हाल्ने बताएका हुन्।

    साउदी अरेबियाको राजधानी रियादमा भएको शान्ति वार्ताको अन्तिम दिन बिहीबार बिहानै एक टेलिभिजन वक्तव्यमा बोल्दै हादीले भने,’म अपरिवर्तनीय रूपमा राष्ट्रपति नेतृत्व परिषद्लाई मेरो पूर्ण शक्ति सुम्पन्छु।’

    उनको घोषणापछि साउदी अरेबियाले युद्धले क्षतिग्रस्त यमनको अर्थतन्त्रलाई उकास्न ३ अर्ब अमेरिकी डलरको व्यवस्था गरिरहेको बताएको छ।

    २ अर्ब डलर रियादबाट आउने र थप १ अर्ब संयुक्त अरब इमिरेट्स (युएई) बाट आउने साउदीले जनाएको छ । युएई यमनमा साउदी नेतृत्वको सैन्य गठबन्धनको हिस्सा हो । यसले इरान समर्थित अथवा गठित हुथीहरूविरुद्ध हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दछ।

    यस्तै रियादले यमनमा अन्तर्राष्ट्रिय सम्मेलनको लागि पनि आह्वान गरेको सरकारी मिडियाले जनाएको छ ।

    हुथीहरूले राजधानी सानालाई कब्जामा लिएपछि सन् २०१४ को अन्त्यदेखि यमन युद्ध जारी छ । सन् २०१२ मा दुई वर्षको संक्रमणकालीन अवधिका लागि निर्वाचित हादीको सरकार ठूलो विरोधी प्रदर्शन भएपछि दक्षिण यमन भागेको थियो ।

    लामो समयदेखि चलिरहेको द्वन्द्वलाई संयुक्त राष्ट्र सङ्घले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटको रूपमा वर्णन गरेको छ।

    यतिबेला राष्ट्रसङ्घको मध्यस्थतामा भएको दुई महिनाको युद्ध विरामको पहिलो हप्तामा देश छ। सन् २०१६ पछि यो पहिलो राष्ट्रव्यापी युद्ध विराम हो।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on यमनमा युद्ध समाप्तिको सङ्केत : राष्ट्रपतिद्वारा शक्ति हस्तान्तरण, साउदीले अर्बौं डलर दिँदै

    जसपा नेता नवराज सुवेदी साउदी अरेबियाका लागि राजदूत नियुक्त

  • २४ चैत्र २०७८, बिहीबार १८:४२ मा प्रकाशित
  • काठमाडौं, २४ चैत्र । जसपा केन्द्रीय कार्यकारिणी सदस्य नवराज सुवेदी साउदी अरेबियाका लागि राजदूत नियुक्त भएका छन् ।

    सुवेदी साउदी अरेवियाका लागि राजदूत नियुक्त भएको नेता गंगा श्रेष्ठले जनाएका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on जसपा नेता नवराज सुवेदी साउदी अरेबियाका लागि राजदूत नियुक्त

    नेकपा एमाले पर्साको बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न, ओलीलाई भब्य स्वागत

  • २२ चैत्र २०७८, मंगलवार २०:४९ मा प्रकाशित
  • वीरगंज,२२ चैत्र : नेकपा एमाले पर्सा जिल्ला कार्यसमितीले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रममा पर्सा जिल्लाका तीन पालिका उपाध्यक्षले पार्टी प्रबेश गरेका छन ।


    वीरगंजको घण्टाघर स्थित पार्कमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बहुदरामाई नगरपालिकाका उप–प्रमुख गायत्री देवी , सखुवाप्रसौनी गाउपालिकाकी उपाध्यक्ष फुलमती देबी थरुनी , धोबिनी गाउपालिकाका उपाध्यक्ष पारस राउत कुर्मी , बीरगंज महानगरपालिका वडा नंं.५ का वडाध्यक्ष बिशवराज पटेल, विश्रामपुरका तत्कालिन गा.विस अध्यक्ष तथा नेपाली कांग्रेसका नेता राजदेव यादव लगायतकाले पार्टी प्रवेश गरेका छन ।

    नवप्रवेशीहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अबिर टिका लगाई पार्टीमा स्वागत गर्नुभयो ।बहुदरामाई नगरपालिकाका उप–प्रमुख गायत्री देवी नेपाली कांग्रेसबाट निर्वाचित हुन । यस्तै सखुवाप्रसौनी गाउपालिकाकी उपाध्यक्ष फुलमती देबी थरुनी र धोबिनी गाउपालिकाका उपाध्यक्ष पारस राउत कुर्मी जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधी हुन ।

    विगत केहि महिनादेखि पर्सा जिल्लामा जसपा लगायतका दलबाट नेकपा एमालेमा पार्टी प्रबेश गर्नेको लहर बढेको छ । यसभन्दा अगाडी जसपाबाट निर्वाचित वीरगंज महानगरपालिका प्रमुख विजय सरावगी एमालेमा प्रबेश गरेका थिए ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on नेकपा एमाले पर्साको बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न, ओलीलाई भब्य स्वागत

    चार वर्षपछि दिल्लीसँग न्यानो संवाद

  • २० चैत्र २०७८, आईतवार ०९:२० मा प्रकाशित
  • काठमाडौं, चैत २० । भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् । हैदरावाद हाउसमा शनिबार करिब पौनै घन्टा लामो विशेष भेटवार्तामा दुवै सरकार प्रमुखहरू द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन र सहकार्यलाई फराकिलो बनाउन सहमत भएका हुन् ।नेपाल भारतबीच अल्झिएका विषयलाई आपसी विश्वास र हितका आधारमा समाधान खोज्दै दुई पक्षीय सम्बन्ध र सहयोगलाई थप बलियो बनाउने सहमति भएको छ । दुई प्रधानमन्त्रीबीच मात्रको प्रत्यक्ष वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच पनि सामूहिक छलफल भएको थियो ।

    हैदरावाद भेटवार्ता र प्रतिनिधिमण्डलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीहरूले संयुक्त रूपमा सम्बोधन गरेका थिए । हैदरावाद वार्तामा प्रधानमन्त्री देउवाले सीमा समस्याका समाधानका लागि संयुक्त संयन्त्रको प्रस्ताव गरेका थिए र त्यसमा मोदीले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।दुई प्रधानमन्त्रीबीचको वार्ता सीमा समाधान, सुरक्षा चासो, ऊर्जा विकासको साझेदारी र सहकार्य एवं आर्थिक विकासका लागि सम्पर्क सञ्जाल बढाउने विषयमा केन्द्रित थियो ।शीर्ष वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले पारस्परिक हितलाई ध्यानमा राख्दै सहयोग र सहकार्यलाई विस्तार गर्ने सम्बन्धमा समकक्षी भारतका प्रधानमन्त्री मोदीसँग सकारात्मक छलफल भएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    Posted in राजनीतिLeave a Comment on चार वर्षपछि दिल्लीसँग न्यानो संवाद

    नयाँ दिल्लीमा प्रधानमन्त्री देउवालाई स्वागत गरे रक्षा राज्यमन्त्रीले

  • १८ चैत्र २०७८, शुक्रबार १६:२० मा प्रकाशित
  • प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्।

    शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भट्टले देउवाको स्वागत गरेका हुन्।

    प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

    प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै उनी सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा समेत जाने तालिका छ।

    Delhi | Prime Minister of Nepal, Sher Bahadur Deuba arrives in India on a three-day visit. pic.twitter.com/Y1FJT9h6Da

    — ANI (@ANI) April 1, 2022
    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नयाँ दिल्लीमा प्रधानमन्त्री देउवालाई स्वागत गरे रक्षा राज्यमन्त्रीले

    प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

  • १८ चैत्र २०७८, शुक्रबार ०६:३६ मा प्रकाशित
  • प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाने भएका छन्।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा आज दिउँसो १ बजे तीन दिने औपचारिक भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्।

    प्रधानमन्त्री देउवासहित परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा र कृषि मन्त्री महिन्द्र राय यादव भारत जान लागेका हुन्।

    प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।  भारत भ्रमणका क्रममा सीमा विवाद, ऊर्जा, द्विपक्षीय हित, व्यापार तथा लगानीलगायत विभिन्न विषय नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

    Posted in राजनीतिLeave a Comment on प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

    ठेक्कापट्टामा लागेकाहरू स्थानीय चुनावमा उम्मेदवार हुन नपाउने!

  • १६ चैत्र २०७८, बुधबार १७:०९ मा प्रकाशित
  • निर्वाचन आयोगले स्थानीय तह चुनावमा ठेकेदारहरूलाई उम्मेदवार हुन कडाइ गरेको छ।

    आयोगले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भनेको छ।

    कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नभएको’ उम्मेदवारले स्वघोषणा गर्नुपर्ने हुन्छ।

    उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि लिखित स्वघोषणा पत्र पनि पेश गर्नुपर्ने आयोगले बताएको छ।

    आयोगले संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थासमेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्द स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयम जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारको मनोनयनपत्र साथ पेश गर्नुपर्ने स्वघोषणा पत्रमा विभिन्न बुँदा समेट्नुपर्नेछ।’

    नेपालको संविधानप्रति निष्ठावान् रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक, गाउँ वा नगरमा मतदाता नामावलीमा नाम भएकोलगायत स्वघोषणा गर्नुपर्नेछ।

    साथै सरकारी संस्थामा बाहल नरहेको, प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा नाम नरहेको पनि स्वघोषणा गर्नुपर्ने आयोगको भनाइ छ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on ठेक्कापट्टामा लागेकाहरू स्थानीय चुनावमा उम्मेदवार हुन नपाउने!

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P