
प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाने भएका छन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा आज दिउँसो १ बजे तीन दिने औपचारिक भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्।
प्रधानमन्त्री देउवासहित परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा र कृषि मन्त्री महिन्द्र राय यादव भारत जान लागेका हुन्।
प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भारत भ्रमणका क्रममा सीमा विवाद, ऊर्जा, द्विपक्षीय हित, व्यापार तथा लगानीलगायत विभिन्न विषय नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

