कपिलवस्तु / जिल्लाको मायादेवी गाउँपालिका कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकाको सभाहलमा आज एक कार्यक्रम बिच गाउँपालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
नियमित खोपतर्फको पूर्ण खोपयुक्त जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्य र सहायक प्रमुख जिल्ला अनिल पौडेलले कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अतहर कमालले स्वास्थ्यनै जिवन अपरिहार्य भएकोले स्वास्थ्यलाई बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । पालिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित घोषणा भएपनि यसको कार्यन्वयनमा ध्यान दिनुपर्ने बताए ।
घोषणा कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कोभिड १९ मात्रै होईन बालबालीकालाई दिईने नियमित खोप पनि पुर्ण रुपमा निरन्तर दिनुपर्नेमा जोड दिए ।
मायादेवी गाउँपालिकाले घरधुरी १०० प्रतिशत बालबालिकाहरुले पूर्ण मात्रा लगाएको र कोभिड १९ बिरुध्दको खोप १२ वर्ष माथीको उमेर समुहमा पहिलो तथा दोश्रो मात्रा शत प्रतिशत लगाएको पाइएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरीएको पालिका स्वास्थ्य संयोजक महेन्द्र यादवले जानकारी दिए ।पालिकामा १२ बर्ष माथिका कुल ४३ हजार ९ सय ३७ जनालाई पुर्ण खोप लगाएकोे तथ्याङ्क सर्बजनिक गरिएको थियो ।
गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानको अध्यक्षतामा कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चितको कार्यक्रममा जिल्लाका सबैसुरक्षा निकाय प्रमुखहरु ,गाउँपालिका उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्यकर्मी ,स्वास्थ्य स्यमसेवीका,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
काठमाडौं : काठमाडौंका मतदाताले पुराना सांसदलाई जिताउन नचाहेको बताएका छन्। काठमाडौंका मतदातामाँझ गरिएको एक सर्वे अनुसार पुराना सांसदलाई जिताउन नचाहनेको हिस्सा ७५ प्रतिशत छ। २० प्रतिशतले मात्रै अहिलेको सांसदलाई जिताउन चाहेको बताए।
मिडिया आउटलेट एजेन्सीले काठमाडौंका क्षेत्र नम्बर १,४,५ र ८ क्षेत्रका १ हजार ४ सय ५८ जनासँग गरेको सर्वेका क्रममा ५ प्रतिशतले अहिलेका सांसद जिताउन चाहे/नचाहेको कुनै जवाफ नदिएको निर्देशक अरुण लम्सालले बताए।
त्यसो त पछिल्लो समयमा राजनीतिक वृतमै एउटै व्यक्ति धेरै पटक सांसद बन्न नपाउने बहस हुन थालेको छ। कम्तीमा ३ पटकभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था ल्याउनुपर्ने आवाज उठ्न थालेको बेला यस्तो सर्वेले राजनीतिक दललाई उम्मेदवार छनोट गर्न चुनौती थपेको लम्साल बताउँछन्।
काठमाडौंका मतदाता पनि एउटै व्यक्ति दोहोरिने तर कुनै काम नगर्ने प्रवृतिप्रति आजित भइसकेकाले अबको निर्वाचनमा दलहरूले युवा उम्मेदवार छनोट नगर्ने हो भने ठूलो क्षति बोहोर्ने निश्चित भएको जानकारहरू बताउन थालेका छन्।
पछिल्लो समयमा स्वतन्त्रको चाप बढ्दै गएको छ। स्थानीय तहको निर्वाचनका क्रममा काठमाडौंमा स्वतन्त्रबाट बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ, धनगदीमा गोपाल हमाल र बर्दिबासमा प्रल्हाद क्षेत्रीले निर्वाचन जिते।
स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित निकालेसगै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बन्नेको लर्को लाग्न थालेको छ। स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको चाप जस्तै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पनि स्वतन्त्रको माहोल देखिएको निर्देशक लम्साल बताउँछन्।
अबको चुनावमा कसलाई जिताउन चाहनुहुन्छ भन्ने प्रश्नमा ७८ प्रतिशतले स्वतन्त्र उम्मेदवार जिताउन चाहेको बताएका थिए। १८ प्रतिशतले मात्रै राजनीतिक दलका उम्मेदवार जिताउन चाहेको जवाफ दिए। ४ प्रतिशतले भने कुनै जवाफ दिएनन्।
मिडिया आउटलेटले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सुरुवाती काम कस्तो लागेको छ भनेर पनि प्रश्न सोधेको थियो। उक्त प्रश्नमा ५० प्रतिशतले राम्रो लागेको प्रतिक्रिया दिए। ३७ प्रतिशतले ठिकै लागेको बताए। ९ प्रतिशतले पहिलाको जस्तै, २ प्रतिशतले नराम्रो र २ प्रतिशतले कुनै जवाफ नदिएको लम्साल बताउँछन्।
उक्त सर्वेका क्रममा प्रतिनिधिसभाका सांसद मात्र नभई प्रदेश सांसदको पनि नाम थाहा नभएको जवाफ दिएका थिए। प्रदेश सांसदको कामबाट मतदाता सन्तुष्ट छैनन्। ७४ प्रतिशतले असन्तुष्टी जनाएका छन्। २२ प्रतिशतले मात्रै कामप्रति सन्तुष्ट भएको उल्लेख गर्दा ४ प्रतिशतले कुनै जवाफ दिएनन्।
काठमाडौंका १, ४, ५ र ८मा स्वतन्त्र उम्मेदवारले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। राजनीतिक वितृष्णा बढ्दै गएकाले उम्मेदवारले वैकल्पिक अनुहार चाहेको सर्वेका क्रममा देखिएको छ।
मिडिया आउटलेट एजेन्सीले करिब २ हप्ताअघि उक्त क्षेत्रमा सर्वेक्षण गरेको थियो। सर्वेका क्रममा कुन कुन पार्टी मिलेर चुनाव लड्दा देशलाई फाइदा होला? भनेर पनि प्रश्न सोधिएको थियो।
तर, मतदाताले कुनै पार्टी मिल्न नहुने प्रतिक्रिया दिए। ८४ प्रतिशत मतदाताले कुनै पनि पार्टी मिल्न नहुने जवाफ दिए। ६ प्रतिशतले माओवादी र कांग्रेस मिल्दा र ७ प्रतिशतले एमाले र माओवादी मिल्दा देश बन्ने बताए। ३ प्रतिशतले भने कुनै पनि प्रतिक्रिया दिएनन्।
काठमाडौंका मतदातालाई आफ्नो क्षेत्रका सांसदको नामै थाहा नभएको पाइएको छ। ६२ प्रतिशतले सांसदको नाम थाहा नपाएको बताए। ३५ प्रतिशतले मात्रै सांसदको नाम थाहा भएको जवाफ दिए। ३ प्रतिशतले भने कुनै प्रतिक्रिया दिएनन्। मिडिया आउटलेटले प्रमुख तीन पार्टीका शीर्ष नेता को राम्रो (विश्वास) मान्नुहुन्छ भन्ने प्रश्नमा सर्वे गरेको थियो।
उक्त सर्भेक्षणमा एमालेका अध्यक्ष केपी शर्मा ओली अघि देखिएका छन्। ४६ प्रतिशतले ओलीलाई, २३ प्रतिशतले माओवादी अध्यक्ष पुष्कमल दाहाललाई र १५ प्रतिशतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वास गरेको मतदाताले बताए। १६ प्रतिशतले भने कुनै जवाफ दिएनन्। मिडिया आउटलेटले ५ जना पूर्वप्रधानमन्त्रीमध्ये को राम्रो मान्नुहुन्छ ? प्रश्नमा सर्वे गरेको थियो। उक्त सर्वेक्षमा ओली अघि देखिएका छन्। दाहाल भन्दा डा. बाबुराम भट्टराई अगाडि देखिएका छन्।
४१ प्रतिशतले ओली, १५ प्रतिशतले भट्टराई, १३ प्रतिशतले दाहाल र ८ प्रतिशतले शेरबहादुर देउवालाई रुचाएको सर्वक्षेणका क्रममा देखिएको निर्देशक लम्साल बताउँछन्। ५ पूर्व प्रधानमन्त्रीमध्ये कसैलाई नरुचाउने २० प्रतिशत छन्।
मिडिया आउटलेटले हाम्रो देश नबन्नुको मुख्य कारणमा पनि प्रतिक्रिया लिएको थियो। ७६ प्रतिशतले भ्रष्टाचारका कारण देश बन्न नसकेको जवाफ दिएका थिए। ६ प्रतिशतले महंगी, ७ प्रतिशतले बेरोजगार, ४ प्रतिशतले शिक्षा/स्वास्थ्य र ७ प्रतिशतले अन्य कारणले देश नबनेको जवाफ दिएका थिए।
काठमाडौं क्षेत्र नम्बर १ मा वडा नम्बर १०, ११, २९, ३१ र ३२ का मतदातालाई सोधेको थियो। त्यस्तै निर्वाचन क्षेत्र ४ मा वडा नम्बर १, ७, ८, ३०, क्षेत्र नम्बर ५ मा वडा नम्बर २,३,४, ५ र क्षेत्र नम्बर ८ मा वडा नम्बर १३, १५, १९, २०, २३, २४, २५ मा सर्वे गरेको थियो।
निर्देशक लम्सालले वडा कार्यालयमा आएका सेवाग्राहीसँग सोधेर सर्वे गरिएको बताए। मिडिया आउटलेटले स्थानीय तहको निर्वाचनका क्रममा भरतपुर महानगरपलिकाका उम्मेदवारका विषयमा मतदातासँग सर्वे गरेको थियो।
रियाद, नेकपा एमालेको प्रबास संगठन प्रवासी नेपाली मन्च साउदी अरबले आउदो २ सेप्टेम्बर २०२२ शुक्रबार रियादको एक्जिट ९ मा दोश्रो राष्ट्रिय अधिबेसन गर्ने भएको छ । अधिबेसनलाई नेकपा एमालेका पोलिट्ब्युरो सदस्य, युबा इन्चार्ज तथा पूर्व मन्त्री महेश बश्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको मन्चका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिए । बिधान त प्रवासी नेपाली मन्च साउदी अरबको दोश्रो राष्ट्रिय अधिबेशन सन २०१७ मा हुनु पर्नेमा मन्चको आन्तरिक कारण एमाले – माओबादी एकिकरण र् फेरी बिभाजन र विश्व महामारी कोरोनाको कारण हुन सकेको थियन । अधिबेशन सम्पन्न गर्न ८ वटा उप समितीहरु गठन गरिएको र् समितीले आ आफ्नो जिम्माको काम सकाएको आयोजकले जानकारी दिएको छ। मन्चको पहिलो अधिबेशन बाट अध्यक्षमा बलराम गिरी महासचिबमा राजु खनाल लगायतका निर्बाचित भएका थिय । यसपाली नयाँ नेर्तित्व आउने आकलन गरिएको छ । मन्चको पहिलो अधिबेशन ७ अगष्ट २०१५ मा भएको थियो। यस अघी ५ अगस्ट २०२२ का दिन गर्ने भनिएको अधिबेशन बिबिध कारणले स्थगित गरिएको भन्दै प्रेष बिज्ञप्ति मार्फत जानकारी गराइेको थियो ।
काठमाडौं : कांग्रेस नेता एवं प्रतिनिधिसभा सांसद प्रदिप गिरिको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन्। कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले मेडिसिटीमा उपचाररत गिरीको अवस्था स्थिर रहेको जनाएका हुन्।
‘उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा खटिएका चिकित्सकहरुले जानकारी दिएका छन्,’ प्रेस विज्ञप्ति जारी गर्दे उनले भनेका छन्।
आजमात्रै गिरीका धर्मपत्नी भारती सिलवाल गिरीले आफ्नो पतिको स्वास्थ्य स्थिति नाजुक रहेको र शरीरका धेरै अंगहरूले काम गर्न छाडेको जानकारी दिएकी थिइन्। उनले सम्पूर्णलाई स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेकी थिइन्।
‘चिकित्सकको टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय-समयमा स्वास्थ्य चेकअप गरिरहनुभएको छ र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको छ,’ भारतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। भनी आजको अन्नपूर्ण पोस्ट दैनिकको अनलाईन संस्करणमा छापिएको छ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च,साउदी अरबको आगामी सेप्टेम्बर २ गते रियादमा हुन गईरहेको दोस्रो राष्ट्रिय अधिवेशनमा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं युवा संघ इन्चार्ज तथा पुर्ब उद्योग मन्त्री महेश बस्नेत मुख्य अतिथिका रूपमा आउने भएका छन्
प्रवासी नेपाली मञ्च,साउदी अरबका प्रचार प्रसार उपसमितिका संयोजक कृष्ण कार्की द्वारा गराइएको जानकारी अनुसार साउदी अरबको रियाद स्थित एक्जिट १८ मा बिहान १०बजे सुरु हुनगइरहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न बस्नेत आउने भएका हुन्।
यसअघि गत ५ अगस्तमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा.राजन भट्टराई मुख्य अतिथिका रूपमा आउने भनिएतापनि केही कारणवश उनी नआउने भएपछि अधिवेशन सम्पन्न हुन सकेको थिएन।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको छ ।
सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए ।
उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’
हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए । धरान नै सफल लागेको भन्दै उनले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका थिए ।
पहिलोपटक कोहलपुर–जमुनाहा सडक खण्डको पाँच स्थानमा आकासे पुल बन्ने भएका छन् । पाँच स्थानमा आकासे पुल निर्माणको लागि सडक डिभिजन नेपालगन्जले मंगलबार ठेक्का आह्वान गरेको छ ।
नेपालगन्ज क्षेत्रमा तीन र कोहलपुर क्षेत्रमा दुई आकासे पुल निर्माणको लागि ठेक्का आह्वान गरिएको हो । पाँच वटा आकासे पुल निर्माणको लागि १० करोड छुट्याइएको सडक डिभिजन नेपालगन्जका ईन्जिनियर निज्जल श्रेष्ठले जानकारी दिए ।
‘आकासे पुल निर्माणको लागि टेण्डर आह्वान गरिएको छ’ उनले मिसन टुडेसँग भने, ‘मापदण्ड पुगेका निर्माण कम्पनीले ठेक्का हाल्न सक्नेछन् ।’ आधुनिक खालका आकासे पुलहरु निर्माण हुने उनले बताए । बेलहिया–बुटवल सडकमा निर्माण भएका आकासे पुलको मोडालिटीमा पुलहरु निर्माण हुने बताइएको छ । अपाङ्गता भएका व्यक्तिहरु समेत आकासे पुलबाट आवतजावत गर्नेगरी पुल डिजाइन गरिएको छ ।
‘आकासे पुलबाट अपाङ्गता भएका व्यक्तिहरु समेत सहज रुपमा आवतजावत गर्न सक्नुहुनेछ । ह्विलचियर गुड्नेगरी छुट्टै स्थान छुट्याइनेछ’ ईन्जिनियर श्रेष्ठले भने, ‘अन्य व्यक्तिहरुमा लागि पुलमा छुट्टै सिडी निर्माण हुन्छ ।’
नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक र कारकाँदो चोकमा गरेर तीन स्थानमा आकासे पुल निर्माण गरिनेछ । कोहलपुरमा भने न्यूरोड चोक र त्रिभुवन नमूना उमाविको अगाडि आकासे पुल निर्माण गरिने तय भएको छ ।
न्यूरोड चोकमा बनाउने आकासे पुललाई राँझा चोकमा निर्माण समेत गर्न सकिने बताइएको छ । ठेक्का स्विकृत भएपछि निर्माण कम्पनीले १५ महिनाभित्र काम सक्नुपर्ने गरी ठेक्का आह्वान गरिएको सडक डिभिजन नेपालगन्जका प्रमुख होमबहादुर एसीले बताए ।
‘ठेक्का सम्झौता भएको १५ महिनाभित्र सबै काम सम्पन्न गर्नुपर्ने सर्त टेण्डर आह्वानमा राखेका छौं’ उनले भने, ‘ठेक्का सम्झौता भएको १५ महिनाभित्र नै काम सम्पन्न हुन्छ ।’
राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ ।
गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता भए पनि सत्तारुढ दलले बहुमतको बलमा यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता एन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय राखेका छन् । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने गरिन्छ । यो खबर आजको नागरिकदैनिकमा प्रकाशित छ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदीस्थित नेपाली दूतावासका समस्याबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई जानकारी गराएको छ । आइतबार मन्त्रालयमा मन्त्री कुँवरलाई भेटेर ८ वटा समस्याबारे जानकारी गराएको हो ।
कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरूले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली लगायतका विषयमा मन्त्री कुँवरलाई जानकारी गराइएको हो । त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई ४ बुँदे माग अघि सारेको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भएपनि उनीहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै ति समस्याका लागि पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरेका हुन् ।
मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले साउदी र मलेसिया दूतावासमा धेरै समस्या रहेको र ति समस्याबारे मन्त्रीलाई अवगत गराइएको बताए । मलेसिया दूतावासबाट प्रमाणीकरणमा भइरहेको ढिला सुस्तीलाई चुस्त दुरुस्त बनाउन अविलम्ब जनशक्ति थप गर्नुपर्ने माग अघि सारेको छ । त्यस्तै श्रमिकले गरेको मेडिकलको रिपोर्ट एफडब्लूसीएमएस बाट म्याद गुज्रँदा समेत अनलाइन नभइरहेको परिस्थितिमा उक्त समस्याको समाधानका लागि कुटनीतिक पहल गर्न मन्त्री कुँवरलाई सुझाव दिएका छन् ।
म गन्तव्य मुलुक पुगेर मेडिकल अनफिट भएर फर्केका श्रमिकको ठाउँमा परिपूर्ति गर्न फेसिममा कोटा खाली गराउन आवश्यक रहेकोले त्यसको पहल गर्नुपर्ने र प्राय सबै गन्तव्य मुलुकमा जाने हवाई भाडामा भएको मूल्य बृद्धि अस्वभाविक रहेकाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी नियन्त्रणको लागि पहल गर्नुपर्ने माग अघि सारेका छन् ।
समस्या सुनेपछि मन्त्री कुँवरले आफु समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । आफुले सम्बन्धित देशका राजदूतलाई भेटेर नेपाली कामदारलाई सहज वातावरण बनाउन पहल गर्ने मन्त्री कुँवरको प्रतिबद्धता थियो । अहिले वैदेशिक रोजगारीमा खालका समस्या देखिएको भन्दै श्रमबजार मात्रै नभई व्यवसायलाई पनि मर्यादित बनाउन सबैले पहल गर्नुपर्नेमा मन्त्री कुँवरको जोड थियो । सभार: तातो पाटी बाट
काठमाण्डाै – विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गएकाे जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज आइतवार बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो । त्यसैगरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन हुनुभएकाे छ । विवेकशील साझा पार्टी बाग्मती प्रदेशकी पूर्वसंयोजक ३८ वर्षीय बास्कोटा गएकाे वैशाखमा सम्पन्न पालिका चुनावकाे काठमाण्डाै महानगरपालिकाको मेयरको उम्मेदवार हुनु हुन्थ्याे । त्यसअघि उहाँले २०७४ को चुनावमा काठमाण्डाै क्षेत्र नं १ ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गर्नुभएकाे थियाे । उहाँले काठमाण्डाै स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गर्नुभएकाे छ । संयोजक चयन हुनुभएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अङ्ग्रेजी भाषामा स्नातक गर्नुभएकाे छ । ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख हुनु हुन्थ्याे । केन्द्रीय समिति बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबाट स्थापनादेखि आजसम्म पार्टी निर्माणमा भएको अनवरत त्याग, योगदान तथा समग्र पार्टी पङ्क्तिलाई दिएको प्रेरणाप्रति उच्च सम्मान व्यक्त गर्दै आउँदाे मार्गमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । बैठकले आउँदो मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रादेशिक चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ ।