• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

नेपाली राजदुतावास साउदी अरबका नवनियुक्त राजदूत नबराज सुवेदी द्वारा पद वहाली ।

  • २५ श्रावण २०७९, बुधबार १७:२५ मा प्रकाशित
  • साउदी अरबका लागि नेपालका नव नियुक्त राजदूत नवराज सुवेदीले आज मिति २०७९।०४।२५ देखि आफ्नो पदभार सम्हालेका छन् ।
    नेपाली राजदूतावास, रियाद द्वारा आफ्नो आधिकारिक फेसबुक पेज मार्फत उपलव्ध गराईएको जानकारीअनुसार नव नियुक्त राजदूत सुवेदी आज बिहान हिमालय एयरलाईन्सको उडानबाट राजधानी रियाद आइपुगेका थिए भने उनलाई विमानस्थलमा साउदी अरबका विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी र राजदूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली राजदुतावास साउदी अरबका नवनियुक्त राजदूत नबराज सुवेदी द्वारा पद वहाली ।

    नेपाल आदिवासी जनजाति महासंघ द्वारा आउँदो १२अगष्टमा साउदी अरबको दम्माममा २८औ विश्व आदिवासी दिवस मनाउने।

  • २१ श्रावण २०७९, शनिबार २३:४७ मा प्रकाशित
  • नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)राष्ट्रिय समन्वय परिषद , साउदी अरबले यहि आउँदो १२अगष्ट ‌ अर्थात श्रवण २७ गते शुक्रबारका दिन २८ औ विश्व आदिवासी दिवस शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम-२०२२ आयोजना गरि मनाउने भएको छ।

    महासङ्घका महासचिव रोशन श्रेष्ठले दिएको जानकारीअनुसार कार्यक्रम साउदी अरबको पूर्वी क्षेत्र दम्माम सिको नजिकै रहेको होटल प्यारागन आयोजना गरिने भएको छ भने कार्यक्रम नेपाली राजदुतावासका कार्यवाहक राजदूत दिलिप पौडेलको प्रमुख आतिथ्यमा बिभिन्न जातीय सास्कृतिक झाकीको पनि प्रस्तुति गरिने भएको छ ।

    महासंघको प्रवास समिति साउदीमा तमु धि नेपाल ,नेपाल मगर संघ ,किरात राई यायोक्खा ,नेपाल तामांग घेदुग , नेवा : समाज ,किरात याक्थुङ चुम्लुङ लगायत साउदी अरबमा अवस्थित बिभिन्न जातीय संघसंगठन आबद्ध रहेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाल आदिवासी जनजाति महासंघ द्वारा आउँदो १२अगष्टमा साउदी अरबको दम्माममा २८औ विश्व आदिवासी दिवस मनाउने।

    साउदी स्थित एमालेको प्रवास संगठन प्रबासी नेपाली मन्चको अधिवेशन स्थगित ।

  • १७ श्रावण २०७९, मंगलवार २१:४८ मा प्रकाशित
  • समर्पण रम्जान

    २ अगस्ट २०२२, साउदी अरब ! साउदी स्थित एमालेको प्रवास संगठन प्रबासी नेपाली मन्च, साउदी अरेबियाले आउदो ५ अगष्ट २०२२ शुक्रबारका दिन गरिने भनिएको दोश्रो राष्ट्रिय अधिबेषन अर्को सुचना नआउदा सम्मको लागि स्थगित गरेको छ ।

    उक्त दोस्रो राष्ट्रिय अधिवेशनलाई नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रवास ईन्चार्ज, परराष्ट्र मामीला विभाग प्रमुख तथा स्थाई कमिटी सदस्य कमरेड डा राजन भटराईद्वारा सम्बोधन गरिने भनिएता पनि संगठनद्वारा २ अगस्ट २०२२ का दिन एक बिग्यप्ती जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी गराएको छ ।
    साउदी स्थित धेरै संघ संस्था तथा समाजिक ब्यक्तित्व, साथै सर्वसाधारण जनताहरुलाइ निमन्त्रणा पनि दिई सकिएको अबस्थामा विविध कारण बस अधिवेशन स्थगित गर्नु परेकोमा दुख व्यक्त गर्दै क्षमा मागेको छ ।

    स्थगित गरिएको अधिवेशन अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

    संगठनको प्रेस बिग्यप्ती 👇️👇️
    प्रेस बिज्ञप्ति

    बिषय: अधिबेशन स्थगित गरिएको बारेमा ।
    प्रबासी नेपाली मन्च, साउदी अरेबियाले आउदो ५ अगष्ट २०२२ शुक्रबारका दिन गरिने भनिएको दोश्रो राष्ट्रिय अधिबेषन अर्को सुचना नआउदा सम्मको लागि बिबिध कारणबस स्थगित गरिएको छ। नेपाली दुतावास लगायत साउदी अरब मा क्रियासिल गैर आबासिय नेपाली संघ, राजनैतीक संगठनहरु र्र सस्थाहरु लाई समेत निमन्त्रणा पठाइ सकेको अवस्थामा अधिबेषन स्थगित गर्नु पर्दा अत्यन्तै दुखित छौ ।
    हामीलाई सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दै तिथीमिती सहित अर्को सुचना छिट्टै निकाल्ने प्रतिबद्द्ता जाहेर गर्दछौ ।
    यस बाट पर्न गएको असुबिधा प्रती क्षमाप्राथी छौ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on साउदी स्थित एमालेको प्रवास संगठन प्रबासी नेपाली मन्चको अधिवेशन स्थगित ।

    एनआरएनए एनसीसी साउदी अरब द्वारा १५ औँ वार्षिकोत्सव धुमधामका साथ सम्पन्न।

  • १६ श्रावण २०७९, सोमबार ०१:०२ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरबले २९ जुलाई २०२२, शुक्रवारका दिन आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ। साउदीअरबको राजधानी रियाद स्थित एक सभाहलमा एनआरएनए एनसीसी साउदीअरबका अध्यक्ष डमर कुमार यादवको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
    वार्षिकोत्सव कार्यक्रममा संघका संगठनिक कार्यप्रगती विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै श्रमिकहरूको समस्याको सुनुवाईका लागी अन्तर्क्रिया कार्यक्रम र विभिन्न सांगीतिक कार्यक्रम रहेको थियो ।कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष मनिष कोईराला द्वारा प्रस्तुत गरिएको थियो भने कार्यप्रगती विवरण संघका महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो । महासचिव भट्टराई द्वारा प्रस्तुत भएको कार्यप्रगती विवरण अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको ३० जुलाई २०२१ मा सम्पन्न भएको आठौँ महाधिवेशन बाट गठन भएको कार्यसमितिले २९ जुलाई २०२२ सम्ममा बाहिरी र आन्तरिक स्रोत बाट विभिन्न सहयोग, उद्धार तथा सहजीकरणका कार्यहरू भएको उल्लेख गरिएको थियो ।

    महासचिव भट्टराईका अनुसार बाह्य स्रोतबाट कोरोना महामारी केन्द्रित रही संघले दम्माम, रियाद र जेद्धा गरी साउदीअरबका मुख्य ठूला सहरहरूमा समस्यामा परेका नेपाली श्रमिकहरूको लागि अस्थायी आवास गृह क्रियाशील रहेका छन्| जसबाट हालसम्ममा २ सय ३१ जना भन्दा बढीले लाभ लिएका छन् भने कोरोना प्रभावितहरु मध्ये स्वदेश फर्किन असमर्थ भएकाहरु ४४ जना पुरुष र ११ जना महिला गरी ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फिर्ता पठाईएको थियो भने स्वदेश फर्किएकाहरु मध्ये विमान स्थल काठमाडौँ देखी घरसम्म जान १० जनालाई संघले यातायात सेवा प्रदान गरिएको थियो ।
    कोरोना महामारीका दौरान अस्थायी आवास बाहिर विभिन्न स्थानहरुमा रहेका १ सय ६० जना नेपाली श्रमिकहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको र यसै अवधिमा ३८ जना नेपाली श्रमिकहरूलाई RT PCR परीक्षण सेवा उपलब्ध गराईएको थियो। यसका साथै विभिन्न साउदी सरकारी ऐन तथा कानुनको उलंघन गरी समस्यामा परेका ५ जना नेपाली श्रमिकहरूलाई सरकारी जरिवाना भुक्तान गरी बहिर्गमन भिषा उपलब्ध गरि दिएको उक्त विवरणमा भनिएको थियो ।

    साउदीअरबको दम्माम, जुवेल, अलकासिम, हायल र जेद्ध गरी ५ स्थानहरुमा नेपाली श्रमिकहरूको निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको र जसबाट ६ सय ७२ जना नेपाली श्रमिकहरूले सेवाको लाभ लिएका थिए।

    भट्टराईका अनुसार संघले नेपाली दूतावासको आयोजना र संघको सहजिकरणमा साउदी अरबको पूर्वी क्षेत्रमा ४ अलकासिममा १, जिजान/आवाहमा २ ताबुकमा १ गरी ८ वटा राहदानी सहजिकरण शिविर सञ्चालन गरिएको र ३ हजार ३ सय ५८ जना नेपाली श्रमिकहरूले उक्त शिविर बाट लाभ उठाएको थियो ।त्यसैगरी उक्त कार्यप्रगति विवरणमा एक एनसीसी एक परियोजना अन्तर्गत सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नम्बर १ र ४ स्थित रहेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई aama foundation USA र एनसिसी साउदी अरबको संयुक्त पहलमा २ लाख २० हजार बराबरको शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको उल्लेख गरिएको थियो ।

    संघका महासचिव द्वारा प्रस्तुत गरिएको विवरणमा एनसीसी साउदीको आन्तरिक स्रोतबाट एनआरएनए एनसीसी साउदीका पंजीकृत सदस्यहरू रविन्द्र थापा(SA0200472),
    चित्रबहादुर गुरुङ(SA070002009) र धनपति माझी(SA04000104) को कामको सिलसिलामा साउदीमा मृत्यु भएको हुँदा संघको विधानतः मृतकको परिवारलाई जनही नेपाली रुः ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो छ भने विभिन्न समस्यामा परी हवाई टिकटको आभावमा नेपाल फर्किन प्रतिक्षारत १० जना महिला र २ जना पुरुष गरी जम्मा १२ जनालाई हवाई टिकट उपलब्ध गरिदिएको उक्त विवरणमा उल्लेख गरिएको थियो ।

    प्रस्तुत प्रगति विवरण अनुसार संघले साउदी अरबको पूर्वी क्षेत्र दम्माममा नेपाली राजदूतावास रियाद र एनआरएनए एनसीसी साउदीअरबको संयुक्त सहकार्यमा संचालन गरिएको श्रमिक सचेतना कार्यक्रम बाट ६ सय २३ जना श्रमिकहरुले लाभ प्राप्त गरेका थिए। त्यसै गरी संघको आन्तरिक स्रोत बाटै नेपाली महावाणिज्य दूतावास जेद्धा र एनआरएनए साउदी अरबको संयुक्त सहकार्यमा साउदी अरबको अबाह र जिजानमा एक/एक गरी २ वटा राहदानी सहजीकरण कार्यक्रम सम्पन्न गरिएको थियो, जसबाट २ सय ४८ जना नेपाली कामदारहरु लाभान्वित भएका थिए।

    महासचिव भट्टराई द्वारा प्रस्तुत उक्त विवरणमा एनआरएनए एनसीसी साउदीअरबको उपाध्यक्ष रबिना अर्याल संयोजक रहेको लेभर टास्क फोर्स समिति र नेपाली नियोगहरु सँगको समन्वय र सहकार्यमा संघले विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूको उद्दार तथा पैरबी पहल गरिएको उल्लेख गरिएको थियो ।

    उक्त कार्यप्रगति विवरणमा एनसीसी साउदीअरब द्वारा संचालित श्रमिक अस्थायी आवसीय गृहमा रहेका १ सय २२ जना पीडित नेपाली कामदारहरुलाई खाद्यान्नको व्यवस्थापन गरिनुका साथै अस्थायी आवास बाहिर रहेका ४९ जना पीडितहरूलाई खाद्यन्न सहयोग गरिएको समेत उल्लेख गरिएको थियो ।

    त्यसैगरी खेलकुदमा एनआरएनएको सहभागिता अन्तर्गत एनसिसी साउदी अन्तर्गत रहेका RCC र LCC हरूले नेपाली खेलाडीहरूको खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्य अनुरुप साउदीको पूर्वी प्रान्तका दम्माम र कतिफमा एक/एक गरी दुई वटा भलिबल प्रतियोगिताहरु सम्पन्न गरिएको थियो ।

    संघको वार्षिकउत्सव कार्यक्रममा क्षेत्रिय समन्वय समिति दम्मामका अध्यक्ष विष्णु भण्डारी, अलकासिमका उपाध्यक्ष काजिमान कान्धाङ्वा र जेद्धाका सचिव चिरञ्जीवी बस्नेतले आआफ्नो सांगठनिक प्रगति प्रस्तुत गरिएको थियो भने सोही कार्यक्रममा अल अविर ईन्टर्नेशनल मेडिकल सेन्टरले निःशुल्क स्वास्थ्य शिविर संचालन गेको थियो, जस बाट कार्यक्रममा उपस्थित नेपाली नागरिकहरूले स्वास्थ्य परि़क्षणको लाभ लिएका थिए।

    वार्षिकोत्सब समारोह कार्यक्रमका दौरान नेपाली श्रमिकहरुसँग सम्बन्धित अन्तरकृयात्मक कार्यक्रम पनि संचालन गरिएको थियो। सोही चरणमा हलमा सहभागीहरु मध्येबाट विभिन्न ८ वटा शिर्षकमा श्रमिक गुनासा र समस्याहरुका बारेमा प्रतिनिधि जिज्ञासा राखिएको थियो । स‍ोहि चरणमा उठेका जिज्ञासा र गुनासाहरुलाइ नेपाली दूतावास रियादका श्रम काउन्सिलर देवेन्द्र कार्की, प्रथम सचिव ऋषि आचार्य, द्वितीय सचिव टिकाराम तिमलसीना लगायत नेपाली नियोगका प्रतिनिधिहरुले सम्बोधन गरिएको थियो । वहाहरुले विशेषगरी पछिल्लो समयमा नेपाली श्रमिकहरुले भोगि रहेका समस्या, समाधानका पहल र निराकरणका लागी नेपाली राजदुतावासले खेलेको भूमिकाका बारेमा प्रस्ट्याईएको थियो ।

    उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका लागी कार्यवाहक राजदूत दिलिप कुमार पौडेल संगै विशिष्ट अतिथिको रूपमा दूतावासका प्रथम सचिव ऋषि आचार्य, श्रम सहचारी देवेन्द्र कार्की, द्वितीय सचिव टिकाराम तिमलसीना र पूर्वी प्रान्तका लागी नेपाली दूतावासका जनसंपर्क अधिकारी नारायण पासवानको उपस्थिती रहेको थियो । अतिथिहरूमा एनआरएनए आईसीसीका महिला उपाध्यक्ष यास्मिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, सदस्य तेज थापा संगै एनआरएनए एनसीसी साउदीअरबका राष्ट्रीय, क्षेत्रिय र स्थानीय तहका पदाधिकारीहरूको उपस्थिती रहेको थियो । अतिथिकै रूपमा साउदीअरब स्थित क्रियाशील विभिन्न राजनीतिक र सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायी तथा वुद्धिजीवीहरू र विभिन्न संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनए एनसीसी साउदी अरब द्वारा १५ औँ वार्षिकोत्सव धुमधामका साथ सम्पन्न।

    अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका यूवा सतीश चापागाई डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित

  • ५ श्रावण २०७९, बिहीबार २३:५९ मा प्रकाशित
  • अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका यूवा सतीश चापागाई डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।

    जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई बाल्टिमोर काउण्टीको ७ए बाट केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।

    उक्त पदमा सो पार्टीबाट दुईजना पुरुष हुनुपर्नेमा चापागाईको मात्र एकल उमेद्वारी परेपछि उनी निर्विरोध भएका थिए। तर, सोही पदमा दुई महिलाको सिटमा ३ महिलाको मनोनयन परेपछि निर्वाचन भएको थियो । चापागाईसंगै अन्य दुई महिला निना म्याक हग र जुलिया आर सुगर विजयी भएका छन ।

    चापागाई नेप्लिज डायस्पोराका सम्पादक हुन । चापागाईले नेपालमा लामो समय पत्रकारिता गरेका थिए । चापागाई गीतकार तथा कवि पनि हुन ।

    निर्वाचनमा खटिएका स्वयंसेवकहरुलाई चापागाईले धन्यवाद ज्ञापन गरेका छन ।

    आफ्नो अमेरिकी राजनीतिको मूल प्रवाहमा आउनुको कारणबारे चापागाईले भने, “हामीले भावी पुस्तालाई बाटो देखाएका हौं । यो यात्रालाई आयतनमा होईन आयाममा नापौं ।”

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका यूवा सतीश चापागाई डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित

    अमेरिका र साउदी अरेबियाबीच भयाे १८ सम्झाैता

  • १ श्रावण २०७९, आईतवार ०१:१४ मा प्रकाशित
  • एजेन्सी- अमेरिका र साउदी अरेबियाबीच ऊर्जा, निवेश, संचार र स्वास्थ्य क्षेत्रमा १८ सम्झौता भएकाे छ।

    अमेरिकी राष्ट्रपति जो बाइडनकाे साउदी अरेबियाकाे भ्रमणमा छन्। साेही क्रममा दुई देशबीच सम्झाैता भएकाे हाे।

    राष्ट्रपति बाइडेनकाे शुक्रबार साउदीका राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएकाे थियाे।

    भेटका बारेमा जो बाइडेनले साउदी अरेबियाको सुरक्षा आवश्यकताबारे राजा सलमान र युवराजसँग पनि कुराकानी भएको बताए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on अमेरिका र साउदी अरेबियाबीच भयाे १८ सम्झाैता

    नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा.राजन भट्टराई साउदी अरब आउने।

  • ३२ असार २०७९, शनिबार १९:३८ मा प्रकाशित
  • नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च,साउदी अरबको
    आगामी २०२२ अगस्ट ५ गते रियादमा हुन गईरहेको दोस्रो राष्ट्रिय अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा.राजन भट्टराई मुख्य अतिथिका रूपमा आउने भएका छन्

    प्रवासी नेपाली मञ्च,साउदी अरबका प्रचार प्रसार उपसमितिका संयोजक कृष्ण कार्की द्वारा गराइएको जानकारी अनुसार साउदी अरबको रियाद स्थित एक्जिट १८ मा १२:३० मा सुरु हुन गइरहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न भट्टराई आउने भएका हुन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा.राजन भट्टराई साउदी अरब आउने।

    साउदी अरब लगायत तीन देशमा राजदूत नियुक्त ।

  • २४ असार २०७९, शुक्रबार १६:५८ मा प्रकाशित

  • शुक्रवार, आषाढ
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलङ्काका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो ।

    ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलङ्काका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on साउदी अरब लगायत तीन देशमा राजदूत नियुक्त ।

    जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

  • २४ असार २०७९, शुक्रबार १३:१५ मा प्रकाशित
  • काठमाडौ
    २४ असार / जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    उनी एक सभामा सम्बोधनका क्रममा ढलेका थिए । प्रत्यक्षदर्शीहरूले उनको शरीरबाट रगत बगिरहेको देखेको र गोली पड्केको आवाज सुनेको बताएका छन् । त्यहाँका सन्चार माध्यमहरुले उनको अवस्था नाजुक रहेको समाचारमा जनाइएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

    अर्थमन्त्री शर्माले दिए राजीनामा

  • २२ असार २०७९, बुधबार १७:१७ मा प्रकाशित

  • अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

    Posted in अर्थ, मुख्य खबर, राजनीतिLeave a Comment on अर्थमन्त्री शर्माले दिए राजीनामा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P