पूर्व सांसद रामचन्द्र प्यासी कुशवाहाले आज बिहानैदेखि चुनाव केन्द्रित छलफल सुरू गरेका छन्।
बिश्रामपुर गाउपालिकामा प्यासीले मंगलबार बिहान बिभिन्न राजनीतिक दल पार्टीका नेताहरू तथा सत्ता गठबन्धनका नेताहरू, जनताहरु र उम्मेदवारहरूसँग छलफल गरेका हुन् ।
प्यासीले बिश्रामपुर गाउपालिकाका बिभिन्न पार्टीमा सक्रिय रहेका नेताहरू तथा बिभिन्न प्रमुखहरू सँग पनि छलफल गरेका थिए।
त्यसपछि उनले बिभिन्न सत्ता गठबन्धनका जिल्लामा रहेका नेताहरूसँग छलफल गरेका छन्।
पूर्व सांसद रामचन्द्र प्यासी कुशवाहाले जेल मुक्त भईसके पछि बिभिन्न संघ -संस्था,राजनीति दलका नेतागण,मन्त्री,सांसद,बिधायक मेयर ,वडा अध्यक्ष,आम जनताले प्यासिलाई भेटघाट गर्न आउने लर्को लागेको छ।
काठमाडौं । नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म आफूले पार्टीको तर्फबाटै उम्मेदवार दिने बताइरहे पनि टिकट बाँडफाँटमा आफू पक्षका नेतालाई टिकट नदिएको रिसमा साहले स्वतन्त्र उम्मेदवार दिनुभएको हो ।
त्यस्तै, एमालेले केन्द्रीय सदस्य कुन्दन कुशवाहलाई रौतहट ३ ‘ख’बाट टिकट दिएको थियो । तर, अन्तिम समय आएर प्रभु साहसँगै उहाँले पनि स्वतन्त्र उम्मेदवार दिनुभएको छ । कुशवाहलाई पनि एमालेले पार्टी सदस्य नरहनेगरी कारबाही तयारी गरेको एमालेका एक नेताले जानकारी दिनुभयो ।
एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीविरुद्ध बागी उम्मेदवार दिनुभएकी गंगा चौधरी सत्गौवा पनि कारबाही सूचीमा पर्नुभएको छ । यसअघि, दुवै समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुभएको थियो । एमालेले शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिन्भएको हो । त्यस्तै, एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि अभिलेखबाट हटाएको छ । उहाँले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।
बैंकिङ कसुरमा सजाय पाएकाले उम्मेदवारी खारेज भएको हो । उनी एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए । अर्का दुई उम्मेदवार डा. कमल भुसाल (निकोलस) र हिमाल वस्यालको पनि योग्यता नपुगेको भन्दै खारेज । रूपन्देही — निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधि सभा तर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी रद्द गरिदिएको छ ।
उनी एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए । उनीसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी पनि खारेज भएको छ ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले निज उम्मेदवारहरुको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख छ ।
उम्मेदवार गुरूङ आँफै अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैंया नतिरेको भन्दै अदालतमा २०७६ सालमै बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते नै फैसला गरेको थियो ।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालि, गुरुङसहितका ६ जनालाई विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैंया जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने फैसला गरेको थियो । निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालो सूचिमा परेको व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ ।
त्यस्तै सोही क्षेत्रबाटै प्रतिनिधि सभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा कमल भुसाल (निकोलस) को भने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकोले उम्मेदवारी खारेज भएको उल्लेख छ । भुसालविरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए । उनी विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।
नेपाली फिल्मका नायक, निर्माता तथा निर्देशक रोज राणाले आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिनुभएको छ । उहाँले आइतबार प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएर चुनावी अभियानमा होमिनुभएको छ । चलचित्र निर्माता संघको निबर्तमान महासचिब राणा नेपाली कांग्रेस प्यूठान (ख) का क्षेत्रिय सभापति समेत हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसले गठबनधनको तर्फबाट उम्मेदवार बनाएको हो ।
राणासँग नेकपा एमालेका हरि रिजालले प्रतिष्पर्धा गर्नेछन् । प्रदेशसभा (ख) मा राणा बाहेक ४ जनाको उमेदवरी परेको छ । डन, दादागिरी, दोस्ती, खलनायक लगायत करिब दर्जन फिल्म निर्माण गरेका राणाले ‘म छु नि तिम्रो’ मा नायकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले फिल्मको निर्देशन समेत गर्नुभएको छ । सत्ता गठबनधनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि राष्टिय जनमोर्चाकी नेता दुर्गा पौडेलले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका रोज राणा सर्वव्यापी लोकप्रिय भएकाले उहाँलाई चुनाव जित्न सहज हुने नेपाली कांग्रेसका नेत गिरीराज पोखरेलले बताउनुभयो ।
काठमाण्डाै – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको बताउनुभएकाे छ । आज आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले रेमिट्यान्स आएन भने सरकार चलाउनै गाह्रो हुने बताउनुभयो ।
मन्त्री श्रेष्ठले सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन नसकेको बताउनुभयाे । विश्वमा द्वन्द्वपछि विकास भएको उदाहरण रहे पनि नेपालमा भने त्यो हुन नसकेको उहाँले सुनाउनुभयाे । कतिपय नीतिहरू सङ्घीय संरचना अनुरूप परिवर्तन गरेर जान नसक्दा धेरै समस्या आएको उहाँकाे भनाइ छ ।
आउँदाे निर्वाचित सरकारले नीतिहरू परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव हुने बताउँदै उहाँले भन्नुभयाे, ‘समय सापेक्ष नीतिहरू परिवर्तन गर्न सकिएन भने समृद्धिको बाटो आउँदैन भन्ने कुराको झलक देखिरहेको छ । संविधानको संरचनाअनुसारको प्रदेशमा देश लग्यौँ, अब विकास हुनुपर्छ । धेरै कुराहरू सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन सकेको छैन । अब आउने निर्वाचित सरकारले नीतीहरू समय सापेक्ष परिवर्तन गरेर समृद्धिको लागि अघि बढ्नुपर्छ । आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ । रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो छ ।’ मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत्, वनजङ्गल र जडीबुटीलाई कसरी प्रोत्साहन गर्ने भन्ने कुरा अध्ययन–अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायापलट हुने दाबी पनि गर्नुभयो ।
मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले घरभित्रै नजरबन्दमा राखेको भन्दै आपत्ति जनाएका छन्।
गृहनगर विराटनगरस्थित कोइराला निवासमा आइतबार कार्यकर्तासँगको संक्षिप्त कुराकानीका क्रममा नेता कोइरालाले सरकारले जबरालाई बाहिर निस्कन नदिने गरी घरभित्रै सीमित गर्नु मानवअधिकार हनन् भएको बताए।
सांसदहरुको पदावधि सकिएसँगै महाभियोग स्वतः निष्क्रिय हुने बताएका नेता कोइरालाले महाअभियोग नै निष्क्रिय हुँदा जबरालाई बाहिरको वातावारणमा अवरोध पुर्याउन नहुनेमा जोड दिए।
सोही क्रममा नेता कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक संकट निम्त्याएको बताएका थिए।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेकी छन्। मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्।
संसदको दुवै सदनबाट पहिलोपटक पास भएको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। उनले नागरिकता विधेयकमा आफ्नो राय प्रस्तुत गरेर फिर्ता पठाएकी थिइन्।
फिर्ता आएको विधेयक पुनः संसदको दुवै सदनबाट हुबहु पास भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले गत २० भदौमा पुनः नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पेस गरेको थियो। तर मंगलबार १२ बजेभित्रको समयसीमामा राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन्।
यसबीच राष्ट्रपति भण्डारीले विभिन्न पेसा व्यवसायीसँग विधेयक सम्बन्धमा छलफल गरेकी थिइन्। उनले नेपाली सेना, कानुन व्यवसायी र संसदमा रहेका सबै दलका शीर्ष नेताहरुसँग नागरिकता विधेयक सम्बन्धमा सम्बाद गरेकी थिइन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई भेटेरै नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए। गठबन्धनका शीर्ष नेताहरूले पनि प्रमाणीकारण गर्न राष्ट्रपति कार्यालयलाई दबाब बढाएको थियो।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।
महारानी एलिजाबेथले आफ्नो जीवनमा थुप्रै उतारचढावको सामना गरेकी थिइन् । उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।
एलिजाबेथलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रुपमा लिइन्छ । पारिवारिक जीवनमा उनी कैयौं अप्रिय घटनाको साक्षी बनिन् तर विचलित भइनन् । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । उनी बेलायतको महारानी बन्ने सम्भावना निकै कम थियो । तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।
उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् । दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन् । करिब १२० देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन् । १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनी हजारौं समारोहमा सहभागी भएकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।
महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।
सन् १९९६ मा चार्ल्स र डायनाबीच विवाहको १५ वर्षमै सम्बन्धविच्छेद भएपछि शाही परिवारप्रति आलोचना बढ्यो । त्यसको अर्को वर्ष फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा डायनाको निधन भएपछि मानिसहरू राजसंस्थाप्रति नकारात्मक बन्दै गए । डायनासँग चार्ल्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न र डायनाको दुर्घटनापछि गुम्दै गएको राजसंस्थाप्रति जनताको सम्मान कायम राख्नका लागि एलिजाबेथले थुप्रै चुनौती सामना गरिन् ।
राजकुमारहरु विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्टमा फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो । पछि सन् २००५ मा चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका हुन् ।
तीन वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गर्दा महारानीले दुःख व्यक्त गरेकी थिइन् । पछि सन् २०२१ को जुनमा पति गुमाएपछि भने उनलाई ‘एक्लोपन’ ले अत्याएको थियो । त्यसको ६ महिनापछि यौन दुर्व्यवहारको आरोपमा छोरा एन्ड्रयुको शाही पदवी खोसिएको थियो ।
महारानी एलिजाबेथले गद्दी आरोहण गरेको ७० वर्षको अवसरमा गत जुनमा भव्य समारोह आयोजना गरिएको थियो । चार दिन सार्वजनिक बिदा दिएर गरिएको ‘प्लेटिनम जुब्ली’ समारोहमा दसौं लाख बेलायतीले भाग लिएका थिए । त्यस अवसरमा महारानीले राजकुमार चार्ल्स, ड्युक अफ केन्टलगायत शाही परिवारका सदस्यमाझ राजदरबारको बाल्कोनीबाट सैनिक र हजारौं सर्वसाधारणलाई हात हल्लाएर हौसला प्रदान गरेकी थिइन् ।
उनले नेपालप्रति पनि सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो ।
दाङ क्षेत्र नं. २ (ख) बाट प्रदेश सभाको निर्वाचनमा युवा नेता अभियान बस्नेतको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं २ (ख)का सभापति समेत रहेका अभियान बस्नेत दङ्गाली युवाहरुबीच लोकप्रिय छन् ।
२०६५ सालदेखि काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलमा आवद्ध रहेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका बस्नेत ०६५ सालमा तरुण दल दाङका कोषाध्यक्षको जिम्मेवारी वहन गरी राजनीतिमा देखिदै उनी नारायणपुर उधोग बाणिज्य सङ्घको अध्यक्ष समेत रहिसकेका छन्।
प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ प्रदेश २ (ख) मा बस्नेत लगायत श्याम रेग्मी, प्रचण्ड न्यौपाने, कुमुद शर्मा, दिपक न्यौपाने, चित्रबहादुर डाँगी (निर्मल) र हिमबहादुरी डाँगीको नाम सिफारिस भएको छ भने। बस्नेतको नाममा अन्तिम निर्णय भएमा क्षेत्र नम्बर २ “ख” कांग्रेसको पोल्टामा पर्नसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।
प्रवासी नेपाली मंच साउदी अरबले गत शुक्रवार सेप्टेम्बर २ तारिखका दिन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा साउदी अरबको राजधानी रियादमा दोस्रो महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ।
अधिवेशनबाट आउँदो कार्यकालका लागि अध्यक्षमा अमर श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा कृष्ण कार्की, प्रथम उपाध्यक्षमा किशोर राई, उपाध्यक्षहरुमा ऋषि भट्टराई, याम बोम्जन लामा, अच्युत बोगटी, बिल्टु मुखिया चयन भएका छन् भने सचिवमा राजु खनाल रहेका छन ।
कार्यक्रममा नेपाली राजदूतावासका अधिकारी विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरु साउदी अरबमा अवस्थित तथा क्रियाशील मिडियाकर्मीहरु लगायत धेरै नेपाली हरुको उपस्थिति रहेको थियो ।
दोस्रो राष्ट्रिय अधिवेशन बाट सर्बसम्मत निर्वाचित हुनुहुने पदाधिकारी तथा सदस्यहरु:- अध्यक्ष – अमर श्रेष्ठ बरिस्ठ उपाध्यक्ष -कृष्ण कार्की प्रथम उपाध्यक्ष -किसोर राई उपाध्यक्ष – ऋषि भट्टराई उपाध्यक्ष – याम बोम्जन लामा उपाध्यक्ष – अचुत बोगटी उपाध्यक्ष -बिल्टु मुखिया सचिव- राजु खनाल सहसचिव -बसन्त राई सहसचिव – रमेश गिरि सहसचिव -खड्ग प्रसाद आचार्य कोषाध्यक्ष – रुपक वाइबा सदस्यहरुमा : भीम योङहाङ,युवराज खड्का,अर्जुन सिलवाल,होम तामाङ,विष्णु ढकाल,हेमराज रसाइली,लालबहादुर मोक्तान,नारायण पोख्रेल, BS अधिकारी, दीर्घ खड्का रहेका छन्।