
रियाद, नेकपा एमालेको प्रबास संगठन प्रवासी नेपाली मन्च साउदी अरबले आउदो २ सेप्टेम्बर २०२२ शुक्रबार रियादको एक्जिट ९ मा दोश्रो राष्ट्रिय अधिबेसन गर्ने भएको छ ।
अधिबेसनलाई नेकपा एमालेका पोलिट्ब्युरो सदस्य, युबा इन्चार्ज तथा पूर्व मन्त्री महेश बश्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको मन्चका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिए ।
बिधान त प्रवासी नेपाली मन्च साउदी अरबको दोश्रो राष्ट्रिय अधिबेशन सन २०१७ मा हुनु पर्नेमा मन्चको आन्तरिक कारण एमाले – माओबादी एकिकरण र् फेरी बिभाजन र विश्व महामारी कोरोनाको कारण हुन सकेको थियन ।
अधिबेशन सम्पन्न गर्न ८ वटा उप समितीहरु गठन गरिएको र् समितीले आ आफ्नो जिम्माको काम सकाएको आयोजकले जानकारी दिएको छ। मन्चको पहिलो अधिबेशन बाट अध्यक्षमा बलराम गिरी महासचिबमा राजु खनाल लगायतका निर्बाचित भएका थिय । यसपाली नयाँ नेर्तित्व आउने आकलन गरिएको छ । मन्चको पहिलो अधिबेशन ७ अगष्ट २०१५ मा भएको थियो।
यस अघी ५ अगस्ट २०२२ का दिन गर्ने भनिएको अधिबेशन बिबिध कारणले स्थगित गरिएको भन्दै प्रेष बिज्ञप्ति मार्फत जानकारी गराइेको थियो ।

