• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०१

  • २५ आश्विन २०८०, बिहीबार ००:४० मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    महिनौँ बित्यो दर खादैमा, मासु रक्सी चिउरा,
    नाङ्गो तन यो कम्मर मर्काई, —–गाउँदै बेसुरा ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    वर्ष दिनको तीज पर्व, दर नखाई भएन,
    ऋण काढेर खादा हजुर ! घरबासै रहेन ।
    🔹वसन्त अनुभव
    [२]
    जहाँ पनि देखिन्छन् त नेताकै मान्छे,
    बाँडहरू अघि सर्छन् बनेर भान्छे ।
    🔹पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [३]
    तीजको नाममा मात्तिएर रक्सी बोतल,
    यसैगरी तिम्रा आन्द्रा भुँडी सबै खोतल ।
    🔹प्रेम थापा “मन”बागलुङ
    [४]
    धनाढ्यहरूले महिनौँदेखि मनाउँदैछन्, नाचगान गर्दै तीज,
    ऋण काढेर खाँदाखेरि तिर्ने छैन, घरमा अन्न एक पाथी बीज।।
    🔹कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५]
    जिन्दगानी पाएको हो रमाइलो गर्न,
    जे जे खाउँ के खाँचो हौ आफ्नो पेट भर्न ।
    🔹गुणनिधि घिमिरे, अमेरिका
    [६]
    पैसासँग बिक्न थाल्याे माैलिक संस्कृति हाम्राे,
    विदेशीकाे अन्धानुकरण विकृति भाे राम्राे ।
    🔹निरज कोइराला
    [७]
    दर पनि कस्तो आउन थाल्यो बोतल भित्रमा,
    हेरेर नि के भनौं खै, अचम्मै लाग्ने यो चित्रमा।
    🔹अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [८]
    पहिलेको जस्तै न तिज आयो न भेटियो दर,
    मेला पर्वको पनि कहाँ रह्यो पहिले झैँ भर ।
    🔹सुरेशकुमार पाण्डे ०९-०९-२०२३
    [९]
    पैसासॅंग तुलना गर्दै मनाउॅंदा तीज,
    पछि एक गेडा नरहॅंला घरमा बिज।
    🔹अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    [१०]
    मौलिकतामा भित्रिएको विकृतिले आकाश छोयो,
    संस्कृति हराउला कि भन्ने सन्तापले मन रोयो ।
    🔹गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    [११]
    दुईदिनको जिन्दगी हो मोजमस्ती गर्छौं,
    आज पनि दर खान अर्को टोलमा सर्छौं ।
    🔹सरिता सेढाई धादिङ
    [१२]
    पहिला पहिला एकदिन मनाउने तिज अहिले महिनौँ मनाउने,
    रेष्टुरेन्टमा गई दर खाएर निस्कदाखेरि डुङ्डुन्ती हुन्छ गनाउने।
    🔹राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    १३)
    न कसैको डर छ यिनीलाई, आधुनिक दर खान,
    गरिब माइती छाडा छन् चेली, खोज्दैनन् माइत जान ।
    🔹सरस्वती भट्ट
    १४)
    तिजको नाउँमा फैलिएको छ शैली पाश्चात्य,
    पुरुषभन्दा बढी नारीहरू बने अमात्य ।
    🔹समुद्र
    जल्जला७गण्डकी
    १५)
    महिनौँदेखि दर खाने यो कस्तो चलन आयो,
    रक्सी, बियर ह्विस्कीसँगै, बेसुरमा नाँच्न पायो ।
    🔹एवाइ प्रभात
    धनकुटा छेन्ताङ सहिदभुमि-३,कोङ्लाङ
    हाल मोरङ
    १६)
    पहिलेझैँ कहाँ छ, नारीको दर खाने तरिका,
    आजकल त वाइन पो पिउछन् थरीथरीका।
    🔹शंकर कार्की, थाहा नगरपालिका ३ मकवानपुर।
    १७)
    आधुनिक तिज भन्छन् स्वतन्त्रताकाे दुरुपयाेग भयाे,
    ह्विस्की वाइन डिस्काेमा तिज डुब्याे विकृती छाउँदै गयाे ।
    🔹ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    १८)
    महिनौँ दिन भोज, मदिरापान, यो कस्तो संस्कृति ?
    सच्याइदेऊ शिव ! तिमीले हरे, तिजको विकृति ।
    🔹ध्रुव श्रेष्ठ,
    खोटाङ वजार,
    हाल नरेफाँट,काठमाडौ ।
    १९)
    चाडबाड भन्दै नसा र रक्सी धेरै खायो,
    सन्चै नहुने रोग लागेपछि होश पायो ।
    -चन्द्रप्रकाश `कमल´
    तिनाउ-१ कचल,पाल्पा।
    २०)
    रक्सी मासु बियर हातमा दर खान बसेका,
    तिजमा नाँच्न गाउन भन्दै डिस्काे बार पसेका।
    🔹भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    २१)
    दिनभरि होटलमा मदिराले नुहाउँछन्,
    मिलिजुली टिकटक खोली तिज मनाउँछन्
    🔹गम्भीर दुवाडी
    गजुरी-५, धादिङ्ग
    २२)
    आधुनिक जमाना छ, दर त जताततै खानै पर्‍यो,
    एकछाक मात्रै माइत अरू सबै होटलमा टर्‍यो ।
    🔹राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ
    २३)
    हुने कुरा हुँदै गर्छ मन बहलाउनुपर्छ,
    अभिनय होला हजुर तन तन्काउनुपर्छ ।
    🔹नन्दलाल आचार्य, उदयपुर ।
    २४)
    बल्ल बल्ल पाएका छौँ रक्सी र चिउरा खान,
    जिउँदो छँदै मोज गर्ने हो, मरे के छ लान ?
    🔹बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २५)
    तिजको दर महङ्गो भो मासु र बियर,
    शरीरलाई हानी गर्छ नखाऊ डियर !
    🔹कमला देवकोटा ,
    पाल्पा
    २६)
    छाडा भयाे तिजकाे मर्म हुन्छ के के घरमा ?
    बधुलाई त लाग्छ मजा हुन्छ लाज वरमा ।
    🔹जी.वि.चिन्तन दाङ
    २०८०/०५/२३ बिहान ७:३३
    २७)
    फेसन भयो तिज र दरखाने पर्व,
    गर्न छोडे भयो अब संस्कृतिमा गर्व ।
    🔹मन्दिरा सेढाई
    मलेखु,धादिङ
    २८)
    नारीको हाँसो खुशी, समाजलाई सैह्य छैन,
    दुःख र पीडा पोख्नु मात्रै गीत सङ्गीत हैन ।
    🔹पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    २९)
    तिज भनेर नाच्ने सेता साप्रा देखाएर,
    सकियो थिति विकृतिको नाम लेखाएर ।
    🔹नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    ३०)
    कस्तो तिज मनाउँदैछौ संस्कृति माथि गरी अत्याचार,
    यही स्वाङले पुरुषहरू वाध्य हुन्छन् गर्न भ्रष्टाचार ।
    🔹चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    ३१)
    आयो है परिवर्तित समाजमा दरको अनौँठो रुप,
    लाएनन् दुःखीमा मलम देखाएनन् स्वतन्त्रताको धुप
    🔹सुस्मिता अधिकारी ,काठमाडौँ
    ३२)
    ईर्ष्या गर्ने गर्दै गरुन्, दर खाने हो ठोकेर,
    खुट्टा टेक्नै नसकिएमा, लैजाने छन् बोकेर।
    🔹होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ३३)
    खाने चिज हैन मदिरा आवश्यक पनि छैन – यसैको छ विश्वबजार,
    नखानुस् भन्दा कसैले टेर्दैन आजकल फेसनालिटी देखियो हजार ।
    🔹चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    ३४)
    रहरले याे जिन्दगी कहाँ पुरायो नारी,
    संस्कृति बचाऊ, नल्याऊ विकृतिका भारी।
    🔹शोभा आचार्य गौतम
    ३५)
    छाडा प्रवृत्तिले समाजमा नसोचेको अड्डा जमाइयो,
    चाडपर्वमा सर्वत हैन मदिरा बोतल समाइयो ।
    🔹अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ३६)
    एकरात खाने दर त भयो महिनौँ पाटी,
    रम, बियर चलाइदिने चेली कति आँटी ।
    🔹त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ३७)
    दरकाे नाउँमा वर जाला कि तिजमा यसपालि,
    देखासिकी गर्ने हुँदा घरै अब हुने भयो खाली ।
    🔹रामप्रसाद पुरी,बादेल खाेटाङ
    ३८)
    संस्कृति र संस्कार बिर्सिएर कोही होटल गए,
    देखासिकी गर्न खोजेर हेर ऋणका भागि भए।
    🔹दुर्गा आचार्य
    मोरङ
    ३९)
    कस्तो रीति आयो अचेल चाडपर्व बेढङ्गी,
    रक्सी चुरोट मदिराले बढा’को छ महङ्गी ।
    -पद्मा पाण्डे
    पथरी मोरङ
    ४०)
    नयाँ नेपाल सारै राम्रो महिनौँ तिज मान्न पाइन्छ,
    निर्धक्कसँग नाँच्दै गाउँदै मात्दै दर रक्सी खाइन्छ !
    🔹विवश पारदर्शी
    झापा
    ४१)
    तिज आयो अब खानु छ दर,
    रक्सी पिउनेको के छ र भर ?
    🔹नागेन्द्रप्रसाद यादव , दाङ
    ४२)
    वर्षदिनको चाड तिज, संस्कृति हाम्रो,
    मदिरा पिउने चलन , होइन राम्रो ।
    🔹बिके मुखिया
    दार्जीलिङ, भारत।
    ४३)
    महिलाहरू खुम्चिएर बस्ने दिन गयो,
    नारी पुरुष समानता आयो राम्रै भयाे ।
    🔹केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ४४)
    दर स्थलमा भएतापनि झिलिमिली झिल्ला,
    नसाको तालमा मिचिन्छ कि आबरुको किल्ला ।
    🔹बाबुराम गौतम, गुल्मी
    ४५)
    न नियन्त्रण छ, न त बन्द छ बजार व्यवस्था ,
    श्रम विदेश यहाँ मोजमस्ति नाजुक अवस्था।
    🔹मनोहरी पौडेल
    गैडाकोट १
    ४६)
    हिँडेका सबै जीवन मार्ग हृदय सिएर,
    बिग्रेका हेर मानिस धेरै मादक पिएर !
    🔹आर्त अकुलीन, कैलाली
    ४७)
    तिमी पुरुष रमाउँदै वर्षैदिन भट्टी तिर जाने,
    मैले पनि तिजको दरमा रक्सिसँगै चुरोट ताने ।
    🔹सुशीला शिखा
    काठमाडौं, कागेश्वाेरी ..
    ४८)
    पुर्खाले बसालेकाे संस्कार , सन्ततिकाे नासाे ,
    माैलिक संस्कृतिलाई भुल्दै गए पर्ला पासाे ।
    🔹प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ४९)
    नेपाली संस्कृति बचाउन गुहार,
    त्यति धेरै नलाउनु गहना हार।
    🔹भगवती दवाडी ,झापा
    ५०)
    दरसँग रक्सी मासु खाइकन तिज पर्व मनाउँछौ,
    आधुनिक फेशनमा विकृति हाली संस्कृति जनाउँछौ ।
    🔹राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ ।
    ५१)
    विकृति नै विकृति छायाे तिजकाे पर्व,
    लाग्दैन हाे कहिल्यै पनि मनैमा गर्व ।
    🔹सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही
    ५२)
    विकृति पनि कतिसम्म बढेको छ भन्न कठिन भयो,
    बियरको बोतलसँग रमाउन पर्ने बाध्यता भयो।
    🔹नारायण कोइराला
    तानसेन,पाल्पा
    ५३)
    एक सालपछि आएको तिज मज्जाले पियौँ
    स्वतन्त्रताको प्रतीक झैँ खुल्ला रुपले जियौँ ।
    🔹प्रदीप के रिमाल
    इटहरी, सुनसरी।
    ५४)
    अब यस्ताे विकृती नगराैँ सबैलाई हटाऊँ,
    महिनाैँ दिनकाे तिजलाई एकैदिन अटाऊँ।
    🔹कल्पना भण्डारी
    सिन्धुपाल्चोक जिल्ला हाल (काठमाडौँ )

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०१

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०२

  • २४ आश्विन २०८०, बुधबार २३:४५ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    उनकै हितमा लडेको छु, खोज्दै बाल अधिकार,
    बालमजदुर —–थोरै नि ! राख्न नपाउनु त यार ?
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    गर्ने नै त्यही हो हेर ! मजाले काममा जोत,
    यो कुरा राजनीतिको सिँढी बनाउने पो त !
    -वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    २)
    बाल अधिकार खोजेर राख्ने गर्छौ रे नाम,
    भन अहिलेसम्म तिन्को लागि के गर्यौ काम ?
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ३)
    बालबालिकाको समय गा’को छ खेर,
    बालशोषण देख्दा नि मनै दुख्छ हेर ।
    -भेष कुमारी लामिछाने
    देवदह खैरेनी ०५ रुपन्देही
    ४)
    आफ्नो र अर्काको नचिन्ने भए जो जो पढे लेखेर ठुलाठुला पदमा गए,
    सामान्यका केटाकेटी त तिनै ठुलाबडाका छोराछोरीका भारी बोक्ने भए !
    -पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    ५)
    बालबालिकाहरू नै हुन्, भोलीका सुनौलो भविष्य,
    आमाबुबा तथा गुरु भन्दा नि विद्वान हुन्छन् शिष्य।।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ६)
    बालबालिकाहरू हुन् भविष्यका कर्णधार,
    नदिनु तिनीहरूलाई काँधमा ठुलो भार ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    ७)
    बालकलाई फुच्चे नाथे भन्दै गर्छाै सधैँ हेला,
    कानुनलाई चेपिरा’छाै भविष्यमा पर्छाै फेला ।
    -निरज कोइराला, इटहरी
    ८)
    जब कानुनले राेकेपछि किन यसाे गर्नु,
    यस्ता काममा कहिले पनि झमेला नपर्नु ।
    -भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ९)
    जानेर पनि बुझ पचाउनेहरूलाई के भन्नु र खोइ ?
    बालबालिकालाई हेप्ने प्रवृत्ति देख्दा आउँछ मन रोई ।
    -गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    १०)
    आजका बालबालिका, भोलीका सुनौला कर्णधार,
    राम्रा शिक्षा पाए भने हुन्छ भविष्य यी होनहार ।
    -एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा । हाल मोरङ
    ११)
    मञ्चबाट चर्को स्वरमा बाल अधिकारका कुरा,
    उस्कै घरमा काम गर्ने श्रमिक साना साना भुरा ।
    -विवश पारदर्शी
    झापा
    १२)
    संविधानमा लेखियो बालअधिकारकाे राम्रा कुरा,
    बाल उत्थान भनी काम लगाउँदै इच्छा भयो पूरा ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर
    १३)
    यत्रतत्र बाल शोषण छ, ठुला हुन्छन् अधिकारका ती कुरा,
    न्यायको त भजन गाउँदै, पैसा कुम्लाई बस्ने के सारै सुरा।
    -शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    १४)
    बालकलाई दिन्छु काम थाहा हुन्न कसै,
    आय उसको परिवारमा खाँचो छ जसै ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    १५)
    भनिन्थ्यो त बालबालिका भविष्यका तारा,
    आज मजदुर भोलि बन्दैछ सर्वहारा ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    १६)
    अधिकारको माला जपेर मसला तयार बनाऊ
    गुन निखारेर बच्चा बेची सुनको कपडा लगाऊ ।
    -नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
    १७)
    उमेर बुढो भएपनि मन चन्चल बालक सरि,
    कुनैपनि अधिकार पा’को छैन मैले जीवनभरि ।
    -समुद्र
    जल्जला७गण्डकी
    १८)
    भाषण र नारामा पाे बालअधिकार,
    घरमा त आफ्नै कानुन चल्छ नि यार !
    -माधवप्रसाद पाैडेल, अर्घाखाँची
    १९)
    राजनीतिमा अगाडि बढ्न बाल श्रमिकको अधिकारका कुरा,
    नेताका घरमा भने तिनै बालबालिका काममा लगाऊ पूरा ।
    -राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ
    २०)
    आफ्नै छ ताल यो देशको आफ्नै छ सुर हजुर,
    कोही डनबस्को स्कुल, कोही चैँ बाल मजदुर !
    -बि.कुलुङ”रंगबूले”
    दार्जिलिङ, भारत
    २१)
    भनिन्छ आजका बालबालिका हुन् भविष्यका कर्णधार,
    लगानी बिनाको बालकले कसरी पाउँछ रोजगार ?
    -पद्मा पाण्डे
    पथरी मोरङ
    २२)
    गर्छौ एकदिन तिमीले बाल अधिकारका कुरा,
    बाँकी दिनहरूमा के गर्नसक्छन् होला नाथे भुरा ।
    -बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २३)
    मीठा गुलिया भाषण दिन्छन् मन छुने नारा,
    ठेक्का लिन्छन् बालअधिकार टार्छन् मात्र ढारा ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    २४)
    भोगियो अधिकार देखियो अधिकार त्यो बाल मुद्दामा उन्कै कारैकार,
    नुनको नाममा गुण खाएर ठुलाबडा लाए सुन हिराको हारैहार ।
    -टिकाराम पुन टिपु
    सल्यान छत्रेश्वरि गाँउपालिका २
    २५)
    तिम्रै लागि नियम कानुन बालमैत्री बनाइदियौँ,
    नसम्झ तिम्रो हकको विपरीत हामीले श्रम लियौँ !
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    २६)
    रूप बालबालिका बुद्धि देश चलाउने,
    के दिनु अधिकार उनीहरूसँगै हुने ।
    -लक्ष्मी रिजाल
    कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।
    २७)
    मनोविज्ञान के हो, श्रमशोषण गर्दै हिँड्छौ चुस्तै,
    अधिकारका नारा जति आएपनि समस्या उस्तै ।
    -प्रेम थापा “मन”बागलुङ
    २८)
    जुन देशमा वालकहरू दिनरात काममा जोतिन्छ्न्
    त्यही देशमा अधिकारकर्मी नामका डलरे भेटिन्छन् ।
    -ध्रुव श्रेष्ठ,
    खोटाङ वजार, हाल काठमाडौ ।
    २९)
    पढाउने कर्तव्यबाट टाढा नहुनू,
    बालअधिकार हनन् गरेर नछुनू ।
    -अम्विका अधिकारी
    झापा विर्तामोड
    ३०)
    जहाँ छैन सुनिश्चित बाल अधिकार,
    हुन्छ त्यो देशको भविष्यनै अन्धकार ।
    -चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    ३१)
    जसले बनायो कानुन, नियम उसैले जानुन्
    आफ्नो र अरुको सन्तानलाई बराबर मानुन् । -मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ३२)
    दिवा खाजा सरकारी स्कुलमा दिन्छन् तर मिठो लागेन मामा,
    कोदो मकै फापरको पिठो मिठो मलाई पठाइदिनुस् आमा ।
    -चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    ३३)
    मञ्चमा चढेर बालअधिकारको भाषण गर्दैमा पूरा हुँदैन कुरा,
    आफ्नो देशको शिक्षा दीक्षा र बालशोषण रोक्ने कुरा चैँ कैले गर्छौ पुरा ।
    -बेदु न्यौपाने
    काठमाडौँ
    ३४)
    बालअधिकारका भाषण छाँट्दै हिड्छ जो जो नेता बनी,
    हिंसा शोषण उसैबाट, दुरुत्साहित हुन्छन् जति पनि ।
    -यामनाथ आचार्य
    पर्वत
    ३५)
    दिवस आउँदा भन्ने गर्छौ सुन्दर भविष्य बालबालिकाको पाटो,
    उज्यालोको आँखा नखुलेसम्म धकेलिरहन्छौँ अन्धकारको बाटो ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ३६)
    समस्या जहाँको तहीँ छ, कार्यक्रममा हो बालअधिकार,
    आफ्नो पासा नपल्टिएसम्म दल आफैँले बनायाै सिकार ।
    -रामप्रसाद पुरी,बादेल खाेटाङ
    ३७)
    आजका साना बालबालिका नै हुन् भोलिका चालक,
    अधिकारको हनन् नगरौँ है यिनै हाम्रा पालक !
    -कमला देवकोटा, पाल्पा
    ३८)
    बालअधिकार चाहियो भन्छौ बसी उच्च आसन,
    आफ्नै घरमा बालशोषण गरेर ठुलो शासन ।
    -सरिता सेढाई धादिङ
    ३९)
    बालअधिकारका कुरा यहाँ भाषणमा मात्र सीमित भयो,
    बाबाआमाविहीन बालबालिका सडकमा भौँतारिन गयो ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    ४०)
    वर्षको एकदिन गर्दै हिँड्छन् बाल अधिकारको खोजी,
    अरुबेला परवाह हुन्न के छ उनीहरूको रोटीरोजी ।
    -Shukra raj kunwar
    ४१)
    बालबालिकाहरूले पाउँनुपर्छ आफ्नो मौलिक अधिकार,
    मजदुर बनाई शोषण गर्नेलाई पार्नुपर्छ नाङ्गोझार ।
    -राजेन्द्र प्रधान ‘ पासा,’ दार्जिलिङ ।
    ४२)
    लिइरहेछन् सधैँभरि दुष्टहरूले लाभ भरपुर,
    निमुखाका सन्तानहरूलाई राखेर बाँधा मजदुर l
    -बाबुराम गौतम, गुल्मी
    ४३)
    केटाकेटी भनी नहेप बालबालिकालाई,
    भविष्यका कर्णधार हुन् उठ्छ्न् देश बनाई ।
    -भाेलामान बर्देवा धरान ८ सुनसरि
    ४४)
    आज हामी बालबालिका गिलो काँचो माटो,
    भोलि देश बनाउनु छ बिगार्नुको साटो ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    ४५)
    जतासुकै बालअधिकार नारामा मात्रै सिमित भयाे,
    हेप्छन् बालबालिकालाई बाँच्ने अधिकार कता गयाे ।
    -उर्मिला के.शी.
    धनकुटा !
    ४६)
    बालबालिका हाम्रा आँखाका नानी,
    आफैँले बनाऊ राम्रो आनीबानी ।
    -भगवती दवाडी
    ४७)
    जसले राखेकाे छ आफ्नैँ घरमा शाेषण गरी बालबालिकालाई,
    ताली पायाे उसले नै बालअधिकारकाे पक्षमा भाषण सुनाई ।
    -रामकृष्ण रिजाल
    बागलुङ
    ४८)
    तिमी सर्वेसर्वा छौ आफैँ नियम बनाऊ आफैँ भाषण गाऊ,
    आफ्ना छोराछोरी पढाई गरिबलाई शोषण गरी कमाऊ ।
    -सुशीला थापा
    काठमाडौं कागेश्वरी मनाेहरा
    ४९)
    उता बाबाले मञ्चमा भाषण गरेर,
    यता छोराले पसिना बेच्दैछ मरेर !
    -आर्त अकुलीन, कैलाली
    ५०)
    खान लाउन दिएर राखेकाछौँ काम,
    बसेका छौँ भरेर हातमा पनि दाम ।
    -जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०२

    श्रमिक समस्या समाधानमा नेपाली दूतावास र सामुदायिक संस्थाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न।

  • २४ आश्विन २०८०, बुधबार ११:३९ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब र नेपाली दूतावास रियादको सहकार्यमा श्रमिक समस्या समाधानमा नेपाली दूतावास र सामुदायिक संस्थाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम ६ अक्टूबर २०२३ का दिन साउदीअरबको पूर्वी प्रान्तको औद्योगिक क्षेत्र जुवेलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहभागिताका लागी संघले श्रमिक संग सरोकार राख्ने विषयहरू संग जोडी रहने क्रियाशील सबै राजनीतिक र सामाजिक संघ संस्थाहरूलाई औपचारिक पत्राचार गर्दै आमन्त्रण गरिएको थियो भने तत् सम्बन्धित व्यक्तित्वहरूलाई सार्वजनिक सुचना मार्फत आह्वान गरिएको थियो।

    संघको महासचिव द्वारा संचालित उक्त कार्यक्रममा श्रमिक समस्या, उद्धार प्रक्रिया, कठिनाई लगायतका विषयमा नेपाली दूतावास रियादका लागी श्रम काउन्सुलर श्री देवेन्द्र कार्की ज्युले आफ्नो प्रस्तुती मार्फत प्रस्तुत गर्नु भएको थियो ।

    त्यसै गरी साउदीअरब स्थित कार्यरत आप्रवासी नेपाली श्रमिकहरूको मृत्यु, त्यसको कारण र सचेतनाको विषयमा नेपाली दूतावास रियादका लागी द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले आफ्नो प्रस्तुती मार्फत प्रस्तुत गर्नु भएको थियो ।

    सोही कार्यक्रममा ग्लोबल आईएमई बैंकका लागी मध्यपूर्व संयोजक एवम् नव निर्वाचित एनआरएनए आईसीसी सदस्य श्री राम बहादुर क्षेत्री ज्युले वित्तीय साक्षरता एवम् विप्रेषणका वैधानिक माध्यमहरू र त्यसका फाईदाहरू बारे जानकारी दिनु भएको थियो ।

    कार्यक्रममा नेपाली दूतावास रियादका लागी श्रम काउन्सुलर श्री देवेन्द्र कार्की ज्युले श्रम स्विकृती नवीकरण, त्यसको प्रक्रिया र सामाजिक सुरक्षा कोषको बारे पनि विस्तृत जानकारी दिनु भएको थियो ।

    उक्त अन्तर्क्रिया कार्यक्रमलाई नेपाली दूतावास रियादका लागी महामहिम राजदूत श्री नवराज सुवेदी ज्युले संबोधन गर्दे नेपाली श्रमिकहरुका हकहित संरक्षण हेतु दुतावास सदैव लागिपरेको बताउनुभएको थियो ।

    विभिन्न सामाजिक तथा राजनीतिक संघ संस्थाहरूको प्रतिनिधिहरू र गैरआवासीय नेपाली संघका स्थानिय, क्षेत्रिय, राष्ट्रीय र अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरू, राष्ट्रीय समन्वय परिषद साउदीअरबका संरक्षक तथा सल्लाहकारहरूको उपस्थिति रहेको कार्यक्रमलाई समापन गर्दै कार्यक्रमको सभापति एवम् संघका अध्यक्ष रबिना अर्यालले उक्त कार्यक्रम बाट प्राप्त जानकारीहरू सबै आप्रवासी नेपाली समुदाय सम्म पुर्याईदिन अनुरोध गर्दै सहभागी सबैमा आयोजक एवम् एनआरएनए एनसीसी साउदीअरबको तर्फ बाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on श्रमिक समस्या समाधानमा नेपाली दूतावास र सामुदायिक संस्थाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न।

    ‘हाम्रो बाटो’ एक समीक्षा

  • २३ आश्विन २०८०, मंगलवार २२:४८ मा प्रकाशित
  • म्यामराज राईको हाम्राे बाटो लघुकथासङ्ग्रहले विविध विषयमा कोरेको बाटो


    शेखर अर्याल
    विषयप्रवेश
    म्यामराज राई नेपाली लघुकथामा एक उदाउँदो व्यक्तिका रूपमा परिचित नाम हो । राईको जन्म २०४४ साल असार १२ गते भोजपुर जिल्लाको हतुवागढी ६ होम्ताङमा भएको हो । माता आशबुङ र पिता जोगबहादुर राईका पुत्र म्यामराज हाल जापानमा छन् । नेपाल र जापानको परिवेशसँग भिज्न सफल राईको ‘हाम्रो बाटो’ २०७९ सालमा प्रकाशित पहिलो लघुकथासङ्ग्रह हो ।

    यस सङ्ग्रहमा ६१ वटा लघुकथाहरू समावेश छन् । हाम्रो बाटो लघुकथासङ्ग्रह अक्षरधाम प्रकाशन प्रालिबाट प्रकाशित कृति हो । यस कृतिको बाहिरी आवरण चित्रात्मक र रङ्गिन हुनाले आकर्षक देखिन्छ । गाताको एकातर्फ लघुकथाको नाम र चित्र छ भने पछाडिको भागमा राईको परिचयसहित साहित्यकार धुव्र मधिकर्मीले लेखेको लघुकथाको चुनौतिपूर्ण दौडमा म्यामराज राई भनी लेखिएको छ । क देखि र सम्मको पृष्ठमा चिनारी, प्रकाशकीय, शुभकामना, पूजनीय मातापिताको तस्बिर, विनीत म्यामराजका मोतीदाने लघुकथाहरू, हाम्रो बाटो लघुकथासङ्ग्रहले कोरेको बाटो, सङ्ग्रहमा आइपुग्दा र कथाक्रम समावेश गरिएको छ । लघुकथाहरू पृष्ठ १ देखि ११८ सम्म चित्रसहित विस्तार भएका छन् । आख्यान विधामा पर्ने हाम्रो बाटो लघुकथासङ्ग्रहको सम्पादन गर्ने कार्य डा.शेखरकुमार श्रेष्ठबाट भएको छ भने प्रकाशनको कार्य अक्षरधामबाट भएको छ । चित्रका माध्यमबाट कथागत चित्र दिन टङ्कबहादुर आले मगर सक्रिय छन् भने आवरण चित्र मुकुन्द प्रयासबाट बनाइएको छ । यस कृतिको मूल्य २६५ रुपियाँ तोकिएको छ ।

    यस लघुकथा कृतिले लघुकथाप्रति चासो, जिज्ञासा र रुचि राख्नेका लागि एउटा सिङ्गो लघुकथाको भवन निर्माण गर्ने कार्यमा एक कोछे ढुङ्गा बन्ने देखिन्छ । यस लघुकथासङ्ग्रहमा विविध विषयहरू समावेश भएका छन् । मूलतः यस विश्लेषणमा लघुकथासङ्ग्रहभित्रका लघुकथाले नेपाली समाज र राष्ट्रका लागि के कस्तो बाटो कोरेको छ ? र नेपाली परिवेशसँग के कस्ता विषयहरू आएका छन् ? भनी केलाउने कार्य गरिएको छ ।


    ‘हाम्रो बाटो’ लघुकथाङ्ग्रहमा रहेका लघुकथाको विषयवस्तु
    साहित्यका हरेक विधाले विविध खालका विषयवस्तुलाई अङ्गालेका हुन्छन् । ती विषयवस्तुले व्यक्ति, समाज, राष्ट्र र विश्व परिवेशलाई आत्मसाथ गरेका हुन्छन् । हाम्रो बाटो लघुकथासङ्ग्रहले पनि समाजमा रहेका विकृति, विसङ्गति, कुरीति, कुसंस्कार, भ्रष्टाचार, दमन, अन्याय, अत्याचार, शोषण, धार्मिक तथा सांस्कृतिक आस्था, गरिबी, राजनीतिक हस्तक्षेप आदि विषयले पारेको प्रभावलाई उजागर गरेको छ ।
    ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रहमा रहेको पहिलो लघुकथा ‘आर्शीवाद’ले धार्मिक तथा सामाजिक अवस्थाको चित्रण गरेको छ । कथामा नेपाली परिवेशमा विद्यमान रहेको धार्मिक तथा सामाजिक परम्परामा आधारित परिवेशलाई आधार बनाई सोहीअनुसारको चित्रण गरिएको छ ।

    ‘धोका’ लघुकथाको विषयवस्तु नेपाली समाजसँग सम्बन्धित परिवेशमा संरचित रहेको छ । राजनीतिक विषयवस्तुलाई आत्मसाथ गरिएको यस कथामा हाम्रो समाजमा हुने राजनीतिक धोकालाई टड्कारो रूपमा उठाइएको छ । पहिला समाजमा रहेको भेदभाव, थिचोमिचो र दयनीय अवस्था मिल्काइदिने आश्वासन दिइएको छ तर चार वर्ष हुँदा पनि गाउँबस्ती ज्यूँका त्यूँ भएको भन्दै जुन जोगी आए पनि कानै चिरेका भनी कटाक्ष गरिएको विषयवस्तु प्रस्तुत गरिएको छ । ‘म्यानेजर’ लघुकथाको विषयवस्तु राजनीतिमा आधारित छ । कथामा राजनीतिक विषयवस्तुलाई आत्मसाथ गरी सामाजिक भ्रष्टाचार, हत्या, बलत्कार, चोरीडकैती जस्ता कुरालाई म्यानेजरले प्रस्तुत गरेको छ । त्यसैले कथामा म्यानेजर पात्रका सहायताले नेपाल र नेपालीप्रतिको सामाजिक विषयप्रति कटाक्ष गरिएको छ । जसमा सपनालाई आधार बनाई यथार्थतालाई कथाका सहायताले प्रस्तुत गरिएको छ ।

    सङ्ग्रहमा रहेको ‘चलाख सिँगारे’ लघुकथामा सिँगारे दुब्लो बनेर धेरै बाँच्ने बठ्याईँ निकालेको छ । किसानले भने सिँगारे दुब्लाउँदै गएकाले एक महिनाअगाडि नै सानो पार्टीका लागि बेचेको सामाजिक विषयवस्तु रहेको छ । यसले हाम्रो समाजमा रहेको पशुप्रतिको मानव व्यवहारलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । त्यस्तै ‘आदत’ लघुकथामा नेपाली समाज र राष्ट्रको समग्र विषयवस्तु र परिवेशलाई आधार बनाएर लघुकथाको संरचना निर्माण गरिएको छ । यसमा नेपालीहरू विदेशिनुपर्ने बाध्यात्मक अवस्थाको चित्रण गरिएको छ । काम र मामको समस्याले जापान गएपछि उनी पात्रले गाउँघर र छरछिमेकको कुराकानी गरेको विषयवस्तु रहेको छ ।

    समाजमा कुरा काट्ने प्रवृत्तिको भण्डाफोर गरी त्यसप्रति सचेत भई आफ्नो काममा लगाउनुपर्ने सन्देश प्रदान गरेको छ ।
    ‘पीडा’ सङ्ग्रहमा रहेको एक अर्को महत्वपूर्ण तथा मार्मिक लघुकथा हो । यस कथाको विषयवस्तु नेपालीहरू कामको खोजीमा भौँतारिएर परिवारबाट टाढा हुनु परेको पीडा र वेदना रहेको छ । जसले नेपाली समाजमा रहेको कामको अभाव र राष्ट्रले रोजगारीको अवसर प्रदान गर्न नसकेको यथार्थपरक विषयवस्तु समावेश गरिएको छ । ‘अभावको दसैँ’ लघुकथामा नेपाली परम्पराअनुसार मनाउँदै आएको संस्कार र संस्कृतिलाई कोरोनाले पारेको प्रभावले मनाउन कठिन भएको यथार्थपरक विषयवस्तु प्रस्तुत भएको छ । यसमा नेपाल र नेपालीको परिवेशलाई सशक्त रूपले आत्मसाथ गरेको छ ।

    ‘डोरो’ लघुकथाको विषयवस्तु सामाजिक हुनुका साथै कोरोनाको सन्त्रासमय अवस्था रहेको छ । सङ्ग्रहमा रहेको ‘जीविकोपार्जन’ लघुकथाको विषयवस्तु मूलतः नेपालको सामाजिक परिवेश अनि राष्ट्रिय परिवेशमा हुने राजनीतिक विषयमा देखिएको विकृति, विसङ्गतिमा आधारित रहेको छ । राजनीतिक आडभरोसामा मोजमस्ती गर्ने अवस्थाको सशक्त रूपमा चित्रण गरिएको छ । त्यस्तै ‘बिर्खे’ लघुकथामा रहेको विषयवस्तु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा अन्तरघुलन भएको छ । विदेश अर्थात् जापान गएर गर्नुपर्ने सङ्घर्ष र त्यहाँ नेपाली नागरिकले बिताउनुपर्ने स्थितिलाई यथार्थपरक ढङ्गबाट प्रस्तुत भएको छ । जापान गएर आफ्नो परिवारबाट नपाएको गाली खानुपर्दाको यथार्थपरक विषयवस्तु यस लघुकथामा प्रस्तुत भएको छ ।


    हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको ‘न्याय’ लघुकथा कानुनी विषयमा आधारित छ । उच्च वर्ग अर्थात् जमिनदारले सामान्य अर्थात् निम्न वर्गकी छोरीलाई बलत्कार गरेको हुनाले अदालत गएको प्रसङ्ग छ । अदालत गए पनि धम्की र उपचार खर्च दिएर खाली कागजमा सही गराएको कारुणिक विषयवस्तुमा आधारित छ । ‘किनारको मिहिनेत’ लघुकथामा प्राकृतिक विपत्तिबाट भोग्नु परेको सास्ती अनि घरपरिवारको मूल सदस्य नहुँदा कसरी जिउने भन्ने चिन्ता प्रकट गरिएको सामाजिक, प्राकृतिक तथा पारिवारिक विषयवस्तु रहेको छ । ‘खड्ग ठाडा मगर’ लघुकथा साहित्यिक विषयवस्तुसँग सम्बन्धित छ । यसमा साहित्यकार, भानुभक्त, घाँसी र मोतीराम जस्ता व्यक्तिमा आधारित विषयवस्तु रहेको छ । नेपाल र नेपालीसँग सम्बन्धित विषयवस्तुका आधारमा कथा सान्दभिक रहेको देखिन्छ ।

    ‘पुरुष’ लघुकथाले सामाजिक विषयवस्तुलाई आत्मसाथ गरेको छ । सामाजिक यथार्थपरक विषय हुनाले सन्तान नजन्मनुमा महिलाको दोष देखाइएको छ भने शिक्षित व्यक्तिबाट परीक्षण गराउँदा पुरुष नै बच्चा नजन्माउने हुनाले बच्चा नजन्मिएको विषय रहेको छ । त्यस्तै शीर्षकीकरण गरिएको ‘हाम्रो बाटो’ लघुकथाको विषयवस्तु जापानको बाटो सफा गर्ने विषयवस्तुाई लिएर त्यस्तै बाटो सफा गर्ने समय नेपालीले नछुट्टाएकोमा ग्लानी भएको विषय रहेको छ ।


    ‘पुन्टे’ लघुकथामा बोर्डिङ स्कुलमा माक्स चुटिएर वा नलगाएर प्रिन्सिपलको गाली खाने हुनाले बालक भागेको र उसमा मनोवैज्ञानिक तनाव उत्पन्न भएको विषयवस्तु प्रस्तुत छ । गुरुदक्षिणा लघुकथामा गुरुपूर्णिमा मनाउने नेपाली संस्कार र संस्कृतिमा आबद्ध विषयवस्तु रहेको छ । बिचौलिया लघुकथामा बिचौलिया र कर्मचारीतन्त्रको अनि सरकारको झन्झटिलो कार्यले सास्ती हुँदा बिचौलिया हावी बनेको वास्तविक चित्र उतारिएको विषयवस्तु यस कथामा रहेको छ । पोजेटिभ लघुकथामा कोरोना पोजेटिभले समाजमा देखाउने सन्त्रास अनि कुरा नबुझी हो हो का पछाडि दौँडिँदा सास्ती हुने अनि यथार्थता पत्ता लगाउन नसक्दा राम्रो नहुने, लेप्चाले वास्तविकता भनेपछि साहुजीले दाल, चामल दिएको विषयवस्तु रहेको छ । त्यस्तै सफलता लघुकथामा कोरोना र त्यसबाट बँच्न ओखती मानिसले बनाएको र माक्सको प्रयोग गर्नुपर्ने विषयवस्तु रहेको छ ।


    मूल्याङ्कन लघुकथामा गायन रियालिटी सो प्रतियोगितामा हुने भोट डलर, रुपियाँ र आफन्तले नभएर उसको साधनाले हुने विषयवस्तु रहेको छ । नेपाली समाजमा गफ गर्ने तर भलाद्मीले त्यो सत्यता नबताउने कुराको कटाक्ष रहेको छ । फस्ट डेटिङ लघुकथाको विषयवस्तु श्रीमान् श्रीमतीबिचको सामाजिक विषयवस्तुमा आधारित छ । विदेश रहेको श्रीमान्ले फेसबुकबाट नाम बदलेर नाथुराम नितेश बनेको छ । सो कुरा चाल पाएकी कालुमाया कला बनेर पैसा पठाएको यथार्थपरक घटना वा विषयवस्तु नेपाली समाजमा घटेका छन् । यही विषयवस्तु यस कथामा प्रस्तुत भएको छ । सिकाइ लघुकथाको विषयवस्तु सामाजिक छ । यस कथामा घरपरिवारका सदस्य वा बुबाआमाले गरेको सिकेर केटाकेटीले पनि धुमपानतर्फ लाग्ने गर्दछन् । यो नेपाली समाजको मात्र नभएर मानव समाजको वास्तविकता हो । यही समाजको वास्तविक विषयवस्तु यस कथामा प्रस्तुत भएको छ । संयोग लघुकथाको विषयवस्तु धार्मिक तथा सामाजिक रहेको छ । यसमा नागपञ्चमीको दिनलाई मूल आधार बनाइएको छ । नाग पञ्चमीको दिन पूजा गर्दा पनि धेरै घटना घटेकाले जय पात्र त्यसप्रति आक्रोशित बनेको छ । उसलाई त्यसप्रति विश्वास पनि छैन । यही विषयवस्तु यस कथाको कथानक बनेको छ । त्यस्तै पार्टी लघुकथाको विषयवस्तु पनि सामाजिक नै रहेको छ । कामनाथ खेल प्रतियोगितामा विजय भएकोमा एक साथीले पार्टी खुवाउन भन्दा उसले साथीलाई पार्टी खुवाएको छ तर त्यसको दुई महिनापछि सुनिलाले बलत्कारको आरोप लगाएको विषयवस्तु प्रस्तुत भएको छ । लघुकथाको समय क्षणिक रहन्छ तर यस कथामा दुई महिनाको अन्तराल रहेको छ ।


    नुनको सोझो लघुकथा हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको छब्बिसौँ लघुकथा हो । यस लघुकथाको विषयवस्तु काम वा पेसासँग सम्बन्धित रहेको छ । लघुकथामा एक कुशल पत्रकार पनि नुनको सोझो गर्दा असक्षम भएको वा उत्कृष्ट नभएको लेख पनि छाप्नुपर्ने बाध्यात्मक पत्रकारिताको विषयवस्तु प्रस्तुत छ । जहाँ भ्रष्टमानले नुनको सोझो गरेर सुन्नारामको लेख छपाएका छन् । विश्वासघात कथाको विषयवस्तु राजनीतिक रहेको छ । राजनीतिक विषयप्रति व्यङ्ग्य रहेको यस कथामा २०–३० प्रतिशत बनाएर पार्टी फुटाउने प्रवृत्तिलाई यथार्थपरक रूपमा नेपाली राजनीतिको विषयवस्तुलाई प्रस्तुत गरिएको छ । अनुहार लघुकथाको विषयवस्तु सामाजिक तथा पारिवारिक रहेको छ । शिखर भारतीय सेनामा भर्ती भएको हुन्छ । विवाह गरेको दुई वर्षपछिको दुई महिने छुट्टी सकेर पल्टन फर्कन्छ । नुमा पुरानो अफिसमा काम गरेको उकेशसँगको मेसेन्जर कलपछि भेट भएर होटलमा बस्छन् । दुई महिनामा गर्भ रहेको कुरा श्रीमान्लाई भनेको अनि बच्चाको अनुहार नमिलेको हुनाले त्यसको सुरक्षित उपाय गरेको गहन विषयवस्तु रहेको छ । घडेरी लघुकथामा सामाजिक विषयवस्तु रहेको छ । घरघडेरी पास गर्ने भनी लठ्याउन्, औषधी लगाई पैसा डाँक मारेको विषयवस्तु रहेको छ । त्यस्तै अभियन्ता लघुकथा भाषिक तथा सामाजिक विषयवस्तुमा आधारित छ । यसमा मातृभाषाप्रतिको मोह देखाएर आफ्नो सन्तानलाई अङ्ग्रेजी भाषातर्फ प्रेरित गराएको कटाक्ष विषयवस्तु रहेको छ ।


    गायन हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको लघुकथा हो । यस लघुकथामा शौचालयको चुक्कुल बिग्रिँदासमेत बनाउन नसकेर गीत गाएर सङ्केत गर्नुपर्ने सामाजिक तथा आर्थिक विषयवस्तु रहेको छ । बुबाको जन्मदिन लघुकथाले धार्मिक, पारिवारिक तथा सहयोगात्मक विषयलाई आत्मसाथ गरेको छ । यसमा बुबाआमाप्रतिको सद्भाव र जन्मदिनको नयाँ स्वरूप, वृद्धवृद्धालाई फलफूल र पैसा दान गरेका छोराहरूले पनि बुबाको नाममा दान गरेको विषयवस्तु रहेको छ । सर्जक लघुकथाले कुनै सिर्जनाको प्रतियोगितामा आफ्नोलाई प्रथम, द्वितीय बनाउने प्रवृत्तिको भण्डाफोर गरिएको विषयवस्तु रहेको छ । अनुकरण लघुकथाको विषयवस्तु सामाजिक तथा घरायसी रहेको छ । घरपरिवारमा रहँदा कुनै सदस्य बिरामी भएमा वा बिरामी हुँदा सेवा वा औषधोपचार गर्नुपर्ने विषयवस्तु रहेको छ । त्यस्तै जिम्मेवारी लघुकथाले कामप्रतिको जिम्मेवारी कसरी पूरा गर्नुपर्छ भन्ने विषयलाई प्रस्तुत गरेको छ ।


    आरोप लघुकथा सामाजिक तथा वर्गीय विषयवस्तुमा आधारित छ । सांस्कृतिक चाड तिज पर्व र दर खाने चलनको विष्यवस्तु जसमा केही काम बिग्रियो भने घरमा काम गर्ने कामदारलाई दोष लगाउने प्रवृत्ति रहेको विषयवस्तु रहेको छ । हड्डी लघुकथामा लोभ देखाएर उसको ज्यान लिने प्रयत्न गरेको जहाँ मासुको चौटा नखाए गिद्धले झम्टिने खाए मासुभित्र हड्डी रहेको त्यो पनि घाँटीमा अड्केको विषयवस्तु रहेको छ । स्वभाव लघुकथाको विषयवस्तु सञ्चारसँग सम्बन्धि रहेको छ । यस कथामा समाजमा मोबाइल चलाउन नजान्ने आमाहरूको पैसा फोनबाट टान्सफर गरेर ठगेको ठगी विषयवस्तु रहेको छ । छुनु र मुनु लघुकथामा भूकम्पबाट पीडित हुनु, झन् बुबाआमा गुमाउँदा काकाकाकीकोमा बस्दा खेप्नु परेको पीरव्यथा भोग्नु परेको कारुणिक विषयवस्तु रहेको छ । त्यस्तै परिस्थिति लघुकथाको विषयवस्तु स्वदेशप्रतिको मोह, विदेशमा खेप्नुपर्ने दुःख, बुबाआमाले भनेको नमान्दा विदेश गएर पाएको सास्ती प्रस्तुत भएको छ ।


    हाम्रो बाटोमा रहेको दोष लघुकथाको विषयवस्तु पारिवारिक तथा सामाजिक रहेको छ । यसमा पुरुष सत्ता जो आफूले काम बिगारेर श्रीमतीलाई दोष दिँदा दुईबिचको झगडा भएको तर गाडीको चाबी भेटिएपछि पख्नोस् भरे घर त आउनुस् भन्ने कुरा व्यक्त छ । इन्टरनेट सपिङमा जापानी विषय याफुओकु (इन्टरनेट) बाट खोजेर गर्ने व्यापारको विषयवस्तुका साथै त्यहाँ ठुलासँग मुख लाग्नु राम्रो होइन भन्ने विषयवस्तु समावेश भएको छ । घरबेटी लघुकथामा जाँडरक्सीको लतले घरपरिवार पनि सकिन्छ अनि घरजग्गासमेत लिलाम भएको विषयलाई देखाइएको छ । पन्चै बाजामा पन्चे बाजा वा नेपाली बाजा र संस्कृतिको मोह प्रस्तुत गरिएको विषय छ । गालीमा काम गर्दा आइपर्ने अप्ठ्यारो अवस्था वा काम गर्दा खाइने गालीको विषयवस्तु प्रस्तुत भएको छ । प्रवृत्तिमा मानवीय प्रवृत्ति कस्तो हुन्छ ? आखिर ठेलमठेल गरेर भएपनि काम गर्नुपर्ने मानवीय प्रवृत्तिो विषयवस्तु रहेको छ ।


    मन लघुकथा कामदारको प्रवृत्ति, मनोवृत्ति र उसको सोचाइलाई आधार बनाइएको विषयवस्तु रहेको छ । इच्छा लघुकथामा शिक्षणसँग सम्बन्धित विषयवस्तु रहेको छ । जसमा शरद सर र रमाकी आमाको सामाजिक विषयवस्तु प्रस्तुत भएको छ । राष्ट्रियता लघुकथाको विषयवस्तु आफ्नो देशको राष्ट्रियता र दशगजाको विषयवस्तुलाई लिएर लेखिएको कथा हो, जसले सीमा मिच्ने भारतीय प्रवृत्तिको उजागर गरेको छ । आमा लघुकथाको विषयवस्तु आमाप्रतिको मायाममता छोराछोरीमा र छोराछोरीको स्नेह आमामा हुने विषयवस्तु रहेको छ । उत्कृष्ट शिक्षकमा रहेको विषयवस्तु शिक्षा, शिक्षण अनि शिक्षकको भूमिका प्रस्तुत गर्नुका साथै उत्कृष्ट शिक्षकको छनोटलाई मूल विषयवस्तु बनाइएको छ । त्यस्तै चाहना लघुकथाको विषयवस्तु राजनीति गरेर निजी कुरा पूरा गर्ने, निजी कामका लागि सरकारी संस्था प्रयोग गर्ने रहेको छ ।


    मेरो हल लघुकथामा आफ्नो समस्याको हल भएपछि अरूको के खाँचो ? भन्ने मानव प्रवृत्तिलाई मूल विषयवस्तु बनाइएको छ । व्यवस्थापन लघुकथामा राम्रो व्यवस्थापन गर्न सक्दा आफ्नो चाहना पनि पूरा गर्न सकिन्छ भन्ने विषयवस्तु छ भने भाइटीकामा भाइटीका अरू दिदी बनाएर टीका लगाई आर्जन गर्ने आफूलाई पर्दा वास्ता नगर्ने प्रवृत्ति देखाइएको छ । बनाएकी दिदी होइन आफ्नै बहिनीबाट अनलाइन टीका लगाएको विषयवस्तु रहेको छ । औषधी लघुकथामा रक्सी खाएर कक्षामा प्रवेश गरेको शिक्षक किन त्यसरी आए त ? घरपरिवारको झगडा किन भयो ? पुरुषले डाडु किन खाए भन्ने विषय रहेको छ ।


    खुसी लघुकथामा शिक्षा र पेसासँग सम्बन्धित विषयवस्तु रहेको छ । बोक्सीमा बोक्सीप्रतिको मान्यता जुन डाक्टरबाट रोगको पहिचान भएपछि आँखा खुलेको विषयवस्तु रहेको छ । हरियो बत्तीमा नेपाल र जापानको सडक, ट्राफिक लाइट आदिको तुलनात्मक विषयवस्तु रहेको छ । रेकर्ड लघुकथामा रेकर्ड राख्ने होडबाजीको विषय छ भने जनगायक लघुकथामा कलाकारप्रतिको सम्मान अनि उनीहरूले भोग्ने नियतीको विषयवस्तु व्यक्त भएको छ । साथै पार्टीले मरेपछि झन्डा ओडाएको विषय पनि समावेश भएको छ ।


    ‘हाम्रो बाटो’ लघुकथाङ्ग्रहमा रहेका लघुकथाले कोरेको बाटो
    साहित्य कला, संस्कार, संस्कृति, रीतिरिवाज, भूगोल, समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको अभिव्यक्तिमूलक दस्तावेज हो, जहाँ विविध विषयहरू भावयुक्त तवरले अभिव्यक्त भएका हुन्छन् । हाम्रो बाटो लघुकथासङ्ग्रहमा समावेश भएका लघुकथामा जापानी परिवेशसँग तुलना गर्दै स्वतन्त्रता प्राप्त गर्ने, समाजमा रहेका विकृति, विसङ्गति, शोषण, अन्याय, अत्याचारबाट मुक्त भई सभ्य समाजको निमार्ण हुनुपर्ने बाटो कोरेको छ ।


    सङ्ग्रहमा रहेको आशीर्वाद लघुकथाले धार्मिक तथा सामाजिक परम्परामा आधारित अवस्थालाई चित्रण गरेको छ । जसमा भरियालाई सहयोग गरी कुनै रकम नलिई आर्शीवाद दिन भनेकाले तीन छोरीपछि गर्भमा रहेको सन्तान छोरा भएको छ । उसको आकाङ्क्षा पनि छोरो रहेकाले छोराप्रतिको मोह प्रकट गरिएको छ । यो नेपाली समाज र संस्कृतिको एक ज्वलन्त उदाहरण बनेकाले यो सोचबाट परिष्कृत हुनुपर्ने बाटो अवलम्बन गरेको छ । धोका लघुकथाले राजनीतिक धोकालाई अगाडि सारी राजनीतिज्ञबाट समाज र राष्ट्रका लागि धोका हुनु हुँदैन भन्ने सचेतता प्रदान गर्दै राजनीतिक बाटो परिष्कृत र सभ्य हुनुपर्छ भन्ने बाटो कोरेको छ । म्यानेजर लघुकथाले नेपाली समाजमा हुने विकासका लागि सशक्त भएर लाग्नुपर्ने कुराको सङ्केत गरेको छ । विकसित जापानमा जस्तै यहाँ पनि अब राजनीतिक आचरणमा सुधार गरी विकासतर्फ लम्कनुपर्छ भन्ने बाटो कोर्ने कुरा प्रकट भएको छ । चलाख सिँगारे लघुकथामा कृषि तथा सामाजिक अवस्थाको उद्घाटन गरी सोप्रति सचेत रहनुपर्ने मार्गदर्शन गरिएको छ । आदत लघुकथाले कामको सिलसिलामा गरिबी र अभावले विदेशिनु परेका नागरिकलाई अब स्वदेशमै रोजगारी र विकासको अवस्था सिर्जना हुनुपर्छ भन्ने मार्गदर्शन गरेको छ ।


    पीडा लघुकथामा कामको अभावमा कतार गएको वेला छोरासँग गरेको कुराकानी रहेको छ । त्यहाँ बस्दा कोरोनाले पारेको प्रभावले छोराछोरी र घरपरिवारको चाह पूरा गर्न नसकेको हुनाले स्वदेशमै बसेर काम गर्न पाउनुपर्ने अवस्था सिर्जना हुनुपर्छ भन्ने बाटो कथाले कोरेको छ । अभावको दसैँ लघुकथामा चाडवाडको समय वा आफ्नो संस्कार र संस्कृति मनाउन कोरोनाले पारेको प्रभावले ठुलो समस्या पारेको अवस्थालाई देखाएको छ । यसले नेपाल, नेपाली समाज र नेपालको आर्थिक उन्नतितर्फ लाग्नुपर्छ भन्ने सन्देशात्मक बाटो कोरेको छ । डोरो लघुकथाले कोभिड १९ को महामारीले लिएको भयानक अवस्थालाई चित्रण गरिएको छ । कोरोनाको सन्त्रासबाट बच्ने औषधी छिटो आओस् भन्ने नौलो बाटो कोरेको छ । जीविकोपार्जन लघुकथामा राजनीतिक विकृतिलाई उजागर गर्दै अबको नेपाल नेपाली समाज र राष्ट्रमा स्वच्छ राजनीति हुनुपर्ने बाटो देखाएको छ । त्यस्तै बिर्खे लघुकथाले रोजगारीका लागि विदेशिनु परेको र त्यहाँ गर्नुपरेको कारुणिक अवस्था देखाउँदै विदेशमा गएर होइन स्वदेशमै काम गर्नुपर्ने बाटो देखाएको छ ।


    हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको न्याय लघुकथाले महिलाप्रति हुने बलात्कारको अन्त्य हुनुपर्ने बाटो सशक्त रूपमा देखाएको छ । किनारको मिहिनेत लघुकथाले प्राकृतिक विपत्तिका कारण हुने क्षतिबाट विचलित नभई त्यसको समाधान खोज्नुपर्ने र सचेत बन्नुपर्ने बाटो कोरेको छ भने खड्ग ठाडा मगर लघुकथा साहित्यिक क्षेत्रसँग सम्बन्धित हुनाले भानुभक्तलाई प्रेरणा दिने घाँसीको चर्चा कम भएकाले मुख्य व्यक्ति नै हराएको हो कि ? अब तिनको खोजी गर्नुपर्छ भन्ने ऐतिहासिक खोजको बाटो कोरेको दृखिन्छ । पुरुष लघुकथाले सामाजिक विषयवस्तुलाई आत्मसाथ गर्दै पुरुष र नारीबिच हुने सन्तानकोजन्ममा महिला मात्र दोषी होइन पुरुषको पनि दोष हुन्छ । त्यसलाई समाधान गर्नका लागि एकआपसमा कुराकानी गरी पहिचान गर्दा समाज सभ्य शिष्ट बन्न सक्छ भन्ने बाटो देखाएको छ । त्यस्तै हाम्रो बाटो लघुकथाले जापानमा मनिङवाक गर्दा वा सामाजिक कार्य गर्दा बाटो सफा राख्ने कार्य गर्छन् । बाटो सफा राख्नु सबैको कर्तव्य हो भन्दै नेपालीले बाटो सफा गर्ने समय नछुट्याएकोमा ग्लानी भएको छ । यसले गर्दा नेपाली, नेपाली समाज र राष्ट्रका लागि बाटो सफा गर्न जान्नुपर्छ भन्ने बाटो कोरेको छ ।


    पुन्टे लघुकथाले बालबच्चालाई डर र त्रासले होइन मायाममताबाट सिकाउनुपर्छ भन्ने शैक्षिक बाटो कोरेको छ । गुरुदक्षिणा लघुकथामा गुरुप्रति आस्था, विश्वास र सद्भाव राख्नुपर्ने र गुरुप्रति गर्नुपर्ने व्यवहार कमजोर भएको वा हराएको हुनाले गुरुका अर्ती वा उपदेश र विचारले बनाएको बाटो पुनः जागोस् भन्ने विचारको बाटो देखाएको छ । बिचौलिया लघुकथामा बिचौलिया प्रवृत्ति र सरकारी काम अर्थात् श्रम स्वीकृति लिने काममा सास्ती हुनाले त्यसमा सुधार हुनुपर्ने बाटो कोरेको छ । पोजेटिभ लघुकथामा कोरोना पोजेटिभले समाजमा पारेको प्रभावले त्रास फैलाएको छ । यसमा खास कुरा नबुझी हो का पछाडि लागेर हिँड्दा दुःख वा सास्ती पाइने हुनाले त्यसलाई राम्ररी बुझ्न सक्नुपर्ने बाटो देखाएको छ । त्यस्तै सफलता लघुकथाले कोरोनाको प्रभावले मानवमा आएको हाहाकार र सास्तीले सताएको छ । यसरी मानिसलाई एक रोगले सताउँदा तुरुन्तै ओखती बनाउन नसकेको अवस्थामा विज्ञानको समयमा पनि छिटो औषधी नबनेकाले छिटै औषधी पत्ता लगाउनुपर्ने मार्ग देखाएको छ ।


    मूल्याङ्कन लघुकथाले कुनै पनि प्रतियोगितामा हुने प्रतिस्पर्धा अस्वस्थ्य होइन स्वस्थ्य हुनुपर्ने असल बाटो कोरेको छ । जसले नेपाली समाजमा हुने विकृतिप्रति कटाक्ष गर्दै सत् प्रतिस्पर्धामा लाग्ने बाटो तय गरेको छ । फस्ट डेटिङ लघुकथाले मूलतः फेसबुकले नेपाली समाजमा पारेको प्रभावलाई उजागर गरेको छ । यही विषयवस्तुलाई देखाएर यसबाट सचेत बन्नुपर्ने बाटो यस कथाले कोरेको छ ।

    सत्मार्गमा लाग्ने प्रेरणा प्रदान गरेको यस कथाले देखाएको बाटो सकारात्मकतातर्फ मोडिएको छ । सिकाइ लघुकथाले वास्तविक सिकाइको विषयलाई आधार बनाएर बालबालिकाले घरपरिवारका सदस्यले गरेको काम वा उपभोगबाट धेरै कुरा सिक्छन् । चाहे त्यो सकारात्मक कार्य होस् या नकारात्मक त्यो सिकाइ बालबच्चामा हुन्छ । त्यसैले बालबच्चाका अगाडि सचेत हुनुपर्ने कुराको सत्मार्ग यस कथाले देखाएको छ । संयोग लघुकथाले समाजमा हुने अन्धविश्वासप्रति सजग हुने र त्यसको पछाडि लाग्न नहुने बाटो देखाएको छ । जसले सचेचतातर्फ उन्मुख गराएको छ । त्यस्तै पार्टी लघुकथाले कुनै खुसियालीमा भोज खुवाउन भन्ने अनि उसैलाई बलत्कारको आरोप लगाउने जुन खराब कार्य छ त्यसप्रति सचेत रहने मार्गदर्शन यस कथाले प्रदान गरेको छ ।
    नुनको सोझो लघुकथा सुधारात्मक सन्देश बोकेको कथा हो । यस कथामा पत्रकारितामा सुधार हुनुपर्ने र नुनको सोझो गर्दा जस्ता काम पनि गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने मार्गचित्र देखाएको छ ।

    विश्वासघात लघुकथाले मूलतः नेपाली राजनीति फुटको राजनीति रहेको, चिन्तन र दर्शनबाट स्खलित रहेको हुँदा त्यसप्रति सचेत रहनुपर्ने बाटो देखाएको छ । राजनीतिमा पनि स्वार्थ होइन इमानदारिता रहनुपर्ने बाटो कोरेको छ । अनुहार लघुकथाले नेपाली समाजमा पुरुष भर्तीमा गएपछि केही विशृङ्खलित नारीले यौनचाहना कसरी पूर्ति गर्छन् भन्ने कुराको सङ्केत गरेको छ । जसबाट उत्पन्न विकृति समाजमा हुन नहुने बाटो यस कथाले देखाएको छ । घडेरी लघुकथाले डाका, चोर, फटाहाबाट बच्नुपर्ने, घरजग्गाका नाममा लुट्ने प्रवृत्ति रहेकाले घरजग्गा बिक्री गर्ने तरिका फेर्नुपर्ने बाटो कोरेको छ । त्यस्तै अभियन्ता लघुकथाले मातृभाषाबाट शिक्षा प्रदान गर्नुपर्ने बाटो देखाएको छ ।


    गायन लघुकथाले आर्थिक कारणले गर्दा एउटा चर्पीको चुक्कुलसमेत फेर्न नसकेर गीत गाएर चर्पीमा बस्नु परेको अवस्था देखाई त्यसबाट मुक्त हुनका लागि रोजगारी हुनुपर्ने अर्थात् आर्थिक समस्या समाधान गर्ने बाटो हुनुपर्ने कुरा रहेको छ । बुबाको जन्मदिन लघुकथाले कोरेको बाटो पनि नयाँ छ । जन्मदिन नयाँ शैलीमा गर्नुपर्छ । यस समयमा त सेवा सहयोग गर्नुपर्छ भन्ने बाटो देखाएको छ । सर्जक लघुकथाले कोरेको बाटो कुनै पनि सर्जकले सिर्जना गरेको कृतिमा निष्पक्ष भएर मूल्याङ्कन गरी पुरस्कृत गर्नुपर्छ, आफन्तलाई होइन भन्ने कुरा देखाएको छ । अनुकरण लघुकथाले घरपरिवारमा कोही बिरामी पर्दा आफूले गर्नुपर्ने कर्तव्यलाई सङ्केत गरेको छ । त्यस्तै जिम्मेवारी लघुकथाले आफ्नो कामप्रति जिम्मेवार भएर जिम्मेवारी पूरा गर्नुपर्ने बाटो निमार्ण गरेको छ ।


    आरोप लघुकथाले नेपाली समाजमा घरमा काम गर्ने कामदारप्रति गरिने खराब र दमनात्मक प्रवृत्तिलाई देखाउँदै त्यस्तो कार्य गर्नु अपराध हो भन्ने सन्देश प्रदान गर्ने बाटो कोरेको छ । हड्डी लघुकथाले लोभ देखाएर अरूलाई अप्ठ्यारो पार्न नहुने मार्ग देखाएको छ । स्वभाव लघुकथाले विदेशमा रही काम गर्दा आफ्नी आमासँग पनि कुरा गर्न नसकेको हुनाले त्यसबाट मुक्त हुनुपर्ने सन्देश प्रदान गरेको छ । छुनु र मुनु लघुकथामा बालबालिका प्राकृतिक प्रकोपले आमाबुबाबाट छुट्टिँदा कस्तो पीडा खप्छन् भन्ने विषय देखाई त्यसबाट पर्ने प्रभावलाई देखाइएको छ । त्यस्तै परिस्थिति लघुकथाले स्वदेशमै काम गर्नुपर्छ र गर्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने बाटो देखाएको छ ।


    दोष लघुकथाले पुरुष सत्ताबाट नारी सत्ताले खेप्नु परेको झन्झट र दोषमा नयाँ सोच आउनुपर्छ र सही विषय पत्ता लगाउनुपर्छ भन्ने बाटे कोरेको छ । इन्टरनेट सपिङ ले इमान्दार ढङ्गले काम गर्दै गयो भने सही सिकाइ हुने बाटो देखाएको छ । घरबेटी लघुकथाले कुलतमा लाग्नु हुँदैन त्यसमा लाग्दा घरपरिवार र घरजग्गा सबै समाप्त हुने सन्देश प्रदान गरेको छ । पन्चै बाजाले आफ्ना मौलिक बाजाको संरक्षण गर्नुपर्ने बाटो कोरेको छ । गालीले काम गर्दा गाली खाने डर हुने तर त्यसबाट मुक्त हुने बाटो देखाएको छ । प्रवृत्तिमा मानवीय व्यवहार कस्तो हुन्छ भन्ने कुरालाई सङ्केत गरेको छ । त्यसबाट परिष्कृत हुनुपर्ने कुरा पनि देखाएको छ ।


    मन लघुकथाले काम गर्दा ठग्ने प्रवृत्ति हुनुहुँदैन भन्ने बाटो कोरेको छ । इच्छा लघुकथाले शिक्षण कार्यमा रहेका शरद सरले एकल महिलालाई आफू एकल पुरुषबिच सम्बन्ध कायम गरेर नयाँ सहकार्य गर्ने सोच बनाएको बाटो देखाएको छ । राष्ट्रियता लघुकथामा भने आफ्नो देशको सीमा वा राष्ट्रियता बचाउने र त्यसप्रति चनाखो हुनुपर्ने मार्ग देखाएको छ । आमा लघुकथाले हरेक प्राणीमा आमाले छोराछोरीप्रति कस्तो स्नेह खन्याउँछन् र उनको सुरक्षाका लागि आफ्नो ज्यानसमेत जोखिम राख्छन् भन्ने सन्देश प्रदान गरेको छ । उत्कृष्ट शिक्षकले शिक्षक समाजको ऐना हो जसले हरेक कार्यमा साथ दिइएको हुन्छ भन्ने मार्गदर्शन दिइएको छ । त्यस्तै चाहना लघुकथाले सत् राजनीति गर्नुपर्ने बाटो देखाएको छ ।
    मेरो हलले आफ्नो समस्या टर्दैमा समस्याको हल हुँदैन । अरूको समस्याको पनि हल हुनुपर्ने मार्ग देखाएको छ ।

    व्यवस्थापन लघुकथाले राम्रो व्यवस्थापन गर्न सक्दा आफ्नो चाहना पूरा गर्न सकिने मार्ग देखाएको छ भने भाइटीकाले देखावटी र भड्किलो चाडवाड मनाउन हुन्न । आफ्नो संस्कार र संस्कृतिलाई आत्मसाथ गर्नुपर्छ भन्ने बाटो देखाएको छ । औषधी लघुकथाले दुव्र्यसनका कारण घरपरिवारमा कलह हुने त्यसको असर सामाजिक संस्था विद्यालयमा पर्ने मार्गचित्र देखाएको छ ।


    खुसी लघुकथाले बुबाआमाले भन्दा छोराछोरीले राम्रो गरे खुसी हुने मार्गदर्शन दिएको छ । बोक्सी लघुकथाले एक्काइसौँ शताब्दीमा पनि बोक्सीको आरोप लाग्ने हुनाले यसबाट मुक्त हुन शिक्षित बन्नुपर्छ भन्ने बाटो कोरेको छ । हरियो बत्तीले हिँड्दा वा बाटो काट्डा सचेत भएर हिँड्नुपर्ने मार्ग देखाएको छ । रेकर्डले रेकर्ड राख्ने होडप्रति कटाक्ष गरेको छ भने जनगायक लघुकथाले गायक कलाकारलाई मर्नुभन्दा अगाडि सम्मान गर्नुपर्छ भन्ने बाटो देखाएको छ ।


    निष्कर्ष
    हाम्रो बाटो लघुकथामा ६१ वटा लघुकथा समावेश भएका छन् । यसमा रहेका लघुकथाको विषयवस्तु सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, पेसासँग सम्बन्धित, पारिवारिक, सांस्कृतिक, धार्मिक, मनोविज्ञान, देशप्रेम, व्यवहारिक ज्ञान रहेको देखिन्छ । कथामा प्रयोग भएको परिवेश राष्ट्रिय र अन्तर्राष्ट्रिय छ । भाषा सरल, सरस र बोधगम्य रहेको छ । पात्रको चयन समय सापेक्ष र कथानको विषयवस्तुअनुसार चयन भएको छ । प्राय ः शीर्षकले आफ्नो अस्तित्व र लघुकथाको धर्म निभाएका छन् । प्रथम लघुकथासङ्ग्रहले यसरी विविध विषयलाई समेट्न सक्नु महानता हो ।

    शब्द चयन, वाक्य गठन अर्थात् शैली वैज्ञानिक ढङ्गबाट हेर्दा पनि लघुकथासङ्ग्रह सफलताको नजिकतिर लम्केको छ । केही वर्णविन्यासगत त्रुटि रहनु र कुनै कथाले स्पस्टता प्रदान गर्न कठिन मान्नु यसमा रहेका केही सीमा हुन सक्छन् । यसतर्फ चनाखो हुन सक्दा लघुकथाको उच्चता बढ्न जान्छ । यस लघुकथासङ्ग्रहले कोरेको बाटो भने अधिक कथामा प्रस्ट देखिन्छ तर रेकर्ड, औषधी, मेरो हल जस्ता केही लघुकथामा भने प्रस्टताको अभाव रहेको छ । जे होस् म्यामराज राईको हाम्रो बाटो लघुकथासङ्ग्रहले ओगटेको विषयवस्तु र यसले कोरेको बाटो सफल रहेको देखिन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on ‘हाम्रो बाटो’ एक समीक्षा

    विश्व मानसिक स्वास्थ्य दिवस विशेष टुक्का लेखन श्रृङ्खला सम्पन्न

  • २३ आश्विन २०८०, मंगलवार १०:५८ मा प्रकाशित
  • काठमाडाैँ, २१ असाेज
    विश्व मानसिक स्वास्थ्य दिवस २०८० को अवसरमा यही असाेज २१ गते टुक्का साहित्य समाजकाे आयाेजनामा टुक्का कविता लेखन अभियान श्रृङ्खला ९६ सम्पन्न भएकाे छ ।
    टुक्का पाठशालामा भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन / प्रशिक्षण टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
    उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट ४७ जना टुक्काकारहरू सहभागिता रहेकाे थियाे ।
    कार्यक्रमकाे समापन गर्दै संयाेजक चापागाईँले विश्व मानसिक स्वास्थ्य दिवस २०८० को अवसरमा टुक्का साहित्य समाजले अायाेजना गरेकाे विशेष टुक्का कविता लेखन कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना मूलक टुक्का कविताहरू सिर्जना गरेर टुक्का साहित्यका माध्यमबाट समाजलाई सुसूचित गर्नु हुने सहभागी सम्पूर्ण साहित्यकारहरूलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कल गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    आउ हामी हाँस्दै बाँचाै अरूलाई नि हसाउँ
    मानसिक स्वास्थ्य बारेमा सचेतना जगाउँ ।
    २.
    धेरै ठुलाे आशा अनि चिन्ता धेरै लिनु हुन्न
    हाँस्दै बाँच्ने मानिसलाई डिप्रेसनले छुन्न ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    मुखले होइन मनले हाँस
    भालेले बासेसरी मुक्त बास।
    २.
    सुखको अनुभूति धनीले होइन दुखीले गर्छ
    धनी सयपटक र गरीब एकपटक मर्छ।
    ✍️ डा.देवी पन्थी
    विराटनगर
    [३]
    १.
    बढ्दो छ विश्वभर मानसिक रोगी दिनदिन,
    चौतर्फि मानव छन् त्यसैमाथि नैतिकता हिन।
    २.
    तनाव नै रैछ मनोस्थिती कमजोर गराउँने,
    मन शान्ति बिना छैन मानसिक रोग हराउँने।
    ✍️ शर्मिला श्रेष्ठ
    ललितपुर
    [४]
    १.
    छोडौँ लोभ रिसराग सफा राखौँ मन,
    स्वास्थ्य नै हो महत्वपूर्ण अमूल्य धन ।
    २.
    विकृत मनकै उपज हुन् हत्या, हिंसा धेरै,
    बलात्कारका समाचार सुनिन्छ्न् जतिखेरै ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [५]
    १.
    सबै मानव बाँचौ र बचाउँ एकले आर्कालाई,
    बनेर स्वास्थ मानसिक रूपमा सबै दाजुभाइ।
    २
    समाजलाई अपाङ्ग होइन सपाङ्ग बनाऊँ,
    सबैमानवले एक आर्कोलाई सधै जोगाऊँ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [६]
    १.
    जीवन गतिशील बन्दछ सन्तुलित सोचाइ र विचारले
    मानसिक रोगी बनाइदिन्छ पिर र चिन्ता जस्ता विकारले।
    २.
    स्वस्थ मस्तिष्कले मात्र जीवनमा नयाँ उर्जा भर्छ
    तनाव र चिन्ताले ग्रसित मान्छे अकालमै मर्छ ।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर
    [७]
    १,
    स्वच्छ हुनुपर्छ हामी, मानव सबैलाई,
    स्वास्थ बिग्रि गयो भने, दुख त सधैलाई।
    २,
    विश्व समाजमा मानसिक स्वास्थ्य समस्या बढिरहेछ,
    दाजुभाई दिदी बहिनी, आपसमा लड्छन् खै के भएछ।
    ✍️ एवाइ प्रभात
    सहिदभूमि-३, छेन्ताङ धनकुटा
    [८]
    १.
    मानसिक रोगीको सङ्ख्या बढ्दै गयो
    अन्तमा विकराल रुप लिने भयो ।
    २.
    मष्तिस्कलाई शान्त राख्न योगा गर्ने गराैँ
    सकारात्मक सोच मात्रै मन भित्र भराैँ ।
    ✍️ सरिता सेढाई
    धादिङ
    [९]
    १.
    जिन्दगीमा आफू मात्रै नभई अरुलाई नि हसाउॅंनु पर्छ
    स्वस्थ शरीर र मस्त जीवनले मानिस धेरै नि बाँच्ने गर्छ।
    २.
    सिङ्गो समाज हसाउँन खोजी परिवर्तनलाई दिऊँ साथ
    मानसिक स्वास्थ्यमा सचेतनाको लागि सबले जोगाऔँ माथ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका, बोस्टन।
    [१०]
    १.
    स्वास्थ्य नै जीवन हो मर्नु बाँच्नु भगवानको हातमा
    अघि बढौ विश्व मानसिक स्वास्थ्य दिवसको साथमा।
    २.
    दिमागले गर्छ सबै जीवन सुन्दर बनाउने काम
    आफ्नो जिन्दगी स्वस्थ्य राख्न अपनाउँ सधै नै दण्ड दाम।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड
    [११]
    १.
    जीवन सिर्जनशील बनाऊ दामी,
    मानसिक रोगी हुँदै हुन्नौँ हौँ हामी ।
    २.
    मानसिक रोगीलाई विचार गर जहिले ,
    झन् एक्लै छोडेर जानु हुँदैन कतै कहिले ।
    ✍️ भगवती दवाडी
    झापा
    [१२]
    १.
    मनका विकार पीर र चिन्ता सार्दै पर,
    शान्त मन स्वस्थ तन योग व्यायम गर।
    २.
    खान पिन आचार विचार राख सबै शुद्ध ,
    आत्म ज्ञानी दीर्घजीवी हाँसी खुसी बन्नु बुद्ध !
    ✍️ विवश पारदर्शी
    झापा
    [१३]
    १.
    डाक्टर हुन्छन्,औषधि हुन्छ, मानसिक रोगको पनि
    निदान हुन्छ, उपचार गरे, बस्नु हुन्न,रोगी बनि ।
    २.
    हिड्यौँ भने रुनु पर्दैन, सत्यको बाटो समाई
    दुई दिने जिन्दगी यो, बाँचौँ है रमाई रमाई ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    [१४]
    १.
    ईर्ष्या, लाेभ, डाहा, व्यर्थै नगराैँ हामी कसैले
    नत्र त मानसिक राेग बढ्दै जान्छ यसैले ।
    २.
    स्वस्थ्य विचार, रहन सहनमा ध्यान दिउँ है सबले
    मानसिक राेग जित्छ, गर्छ नियमित व्यायाम जसले।
    ✍️ रमा देवी बानिया
    कटुन्जे, भक्तपुर ।
    [१५]
    १.
    मानव भइ बाचौँ अनि बचाऊँ
    स्वास्थ बन्न सदा मन लगाऊँ।
    २.
    समाज र देशलाई समृद्ध बनाऊँ
    चली आएका परम्परालाई जोगाऊँ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [१६]
    १.
    हामी बाँचुन्जेल हाँस्दै जाऊँ सबैलाई हसाऔँ,
    नाच्दै हाँस्दै जिउनु पर्छ जन सचेत गराऔँ।
    २.
    स्वास्थ्यलाई राम्राे राख्न पिर चिन्ता लिनु हुन्न,
    काम र साधना गरे घटिया रोगले छुन्न ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [१७]
    १.
    मनमा पीडा भए पनि हाँस्दै हामी बाँचाैँ
    नकारात्मक साेच हटाएर खुसी साचाैँ ।
    २.
    मनमा शान्ति नभए शरीर यसै गल्छ
    मनाेराेग लाग्यो भने अागाे मनमा बल्छ ।
    ✍️ प्रेम कला चापागाईं ( सिटौला )
    मेचीनगर -१२ सहरेडागी झापा
    [१८]
    १.
    मानसिक स्वास्थ्य सबै भन्दा ठुलो धन,
    सही ठाउँमा राख्नु है मानिसले मन ।
    २.
    संसार जित्न सकिन्छ राम्रो स्वास्थ्य भए,
    बिना स्वास्थ्य अवसर त्यसै खेर गए ।
    ✍️ पुष्पा राई
    खोटाङ।
    [१९]
    १.
    फालौ विकार बनौं स्वस्थ सफा राखौ मन,
    स्वस्थ मनले जाेड्न सक्छौँ आवश्यक धन ।
    २.
    याेग ध्यान व्यायामका अभ्यासहरू गराैँ,
    यस्ताे सन्देश हामी बिच सबैतिर छराैँ ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    [२०]
    १.
    पिडाले हामीलाई मानसिक रोगी बनाउछ,
    ओठकाे मुस्कानले मनको नै खुसी जनाउछ।
    २.
    याे स्वस्थ समाज साच्चै नै स्वर्ग जस्तै हुन्छ,
    मानसिक स्वस्थताले सबैको मन छुन्छ।
    ✍️ नानीबाबा अधिकारी
    काठमाडौँ
    [२१]
    १.
    सम्बन्ध छ मन र मस्तिष्क नगर्नु गडबड,
    मानसिक सन्तुलन गुम्ला गर्दामा हडबड ।
    २.
    विकारको सिकारमा पर्दा हुन सक्छ हानी
    तनावमा डुबुल्की मार्ने छाेडि दिउँ है बानी ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२२]
    १.
    असल काम,असल विचार,उच्च मनोबल,
    राख्नु खुसी आफूलाई नगर्नु कसैलाई छल।
    २.
    आदर गर्नु भावनाको मानवीय फल,
    घाम लाग्नेछ जीवनमा सधै झलमल।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    [२३]
    १.
    राखियो भने हृदय भित्र अन्तर विकार
    बनाउछ जोसुकैलाई मानसिक शिकार ।
    २.
    जस्ले साँच्छ विकारहरू मनभित्र जानिजानी
    त्यसैको हुन्छ दिमागमा बारम्बार खिचातानी ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [२४]
    १.
    दिनुहुन्न कसैले अरूलाई तनाव ,
    बुझ्नुपर्छ है सबैले मनको त्यो भाव ।
    २.
    आफू हाँसेर, अरूलाई हसाउनु मानव धर्म,
    स्वच्छ र निरोगी भई बाचौ, बचायौ यही हो कर्म ।
    ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२५]
    १.
    मानसिक आघातले मनमा ठुलो चोट पुग्दछ सहेमा
    जीवन कला चाहिन्छ, बाँच्न सकिन्छ, प्रेममा धोका भएमा।
    २.
    सबभन्दा राम्रो ओैँषधी हो हाँसी दे‌ऊ बन्छ सुखी जीवन
    पीर,चिन्ता तनावले मानसिक रोगी बन्छ रुन्छ है मन।
    ✍️ बाकुकाजी श्रेष्ठ
    मन्थली १ रामेछाप
    [२६]
    १.
    हाँस्ने अनि हसाउँने दैनिकी हो हाम्रो
    यस्ता कर्म गरे मात्र स्वास्थ्य बन्छ राम्रो ।
    २.
    आफू हाँस्ने मान्छेले नै अरूलाई पनि हसाउँछ
    शरीरलाई स्वस्थ राखी दिमागलाई बचाउँछ।
    ✍️ पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    [२७]
    १.
    मानसिक स्वास्थ्य बारे अब ज्ञान जगाऊँ
    याेग ध्यान व्यायाममा हाम्रो मन लगाऊँ ।
    २.
    स्वास्थ्य हाम्रो ठुलो धन हाे ख्याल गर्नुपर्छ ,
    मानसिक तनावले अधिक हानि गर्छ ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [२८]
    १.
    मानसिक सन्तुलन बनाएर राखौँ
    यसले पीड़ित हुँदैछन् मानिस लाखौँ ।
    २.
    चिन्ता धेरै लियाे भने दिमागमा असर हुन्छ
    तनावग्रस्त भए मानसिकता रोगले छुन्छ।
    ✍️ नीता गुरूंग भाटिया
    असम, भारत।
    [२९]
    १.
    गाउँ बेंसी शहरमा सचेतना जगाउ
    मनमा भएको पिर चिन्ता सबै भगाउ।
    २.
    मस्तिष्कलाई शान्त राखी योग व्यायाम गरौँ
    मनमा सधैँ सुविचार सुभावनाले भरौँ ।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    [३०]
    १
    कसैलाई पिडा तनाब दिँदा मानसिक सुस्त मनस्थिति हुन्छ
    यो परिस्थितिमा घर सडकमा बर्बराउंदै गाली गर्दै रुन्छ ।
    २
    घरमा सधैँ ठाक्क ठुक्क कलह नगर्नु मिलेर काम गर्नु
    अर्काले दिन्छ कि भनेर मानसिक चिन्तनमा भर नपर्नु ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ
    [३१]
    १.
    एक एकमा मानवताको भावना जुट्नुपर्छ
    रिसराग घमण्डको बिऊ हो, सबै टुट्नुपर्छ।
    २.
    मन सफा राखी बोकेर हिँडौ बिचार असल
    अनि फल्छ सबैमा आनन्दको सुन्दर फसल।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [३२]
    १.
    राख्नु हुँदैन है हामीले मनमा विकार,
    भैइहन्छ फेरि त्यही विकारले सिकार।
    २.
    विभिन्न राेगहरू बढिरहेको छ नि अहिले,
    राेगहरूबाट बच्नु पर्छ हामीहरू जहिले।
    ✍️ सहयात्री शाेभा अर्याल
    बुटवल, रुपन्देही
    [३३]
    १.
    दिलमा गहिराे चाेट र भित्रबाट मानसिक राेग हुन्छ ,
    समयमै निगरानीमा उपचार गरे ओखतीले छुन्छ ।
    २.
    नित्य पूर्विय दर्शन अनुरुप याेग ध्यान गर ,
    मानसिक देखि स्वस्थ शरीर पनि बनाउ नर ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर
    [३४]
    १.
    आँसुको भेल झारेर हुन्न मुस्कुराउन सिक्नु
    मानसिक स्वास्थ्य ख्याल गर्नु कुलतमा नबिक्नु।
    २.
    सबै भन्दा ठुलाे धन मानसिक स्वास्थ्य हाम्राे
    चिन्ता छाेडि हाँसाे बाँढ्दा हुन्छ धेरै राम्राे ।
    ✍️ रश्मि रिमाल
    झापा
    [३५]
    १.
    मानसिक स्वास्थ्य ठीक राख्नु पर्छ,
    यसले सबैमा सधैँभरि खुसी छर्छ।
    २.
    स्वास्थ्य नै जीवनको हो आधार,
    खराब स्वास्थ्य भए हुन्छ गद्दार।
    ✍️ सुशीला पाैडेल
    हाल काठमाडाैँ
    [३६]
    १.
    जीवन अमूल्य सबैको धैर्य गर्नु पर्छ
    मानसिक तनावले सधैँ नै हानी गर्छ।
    २.
    ठूलो धन स्वास्थ्य हाम्रो सचेतना जगाऔ
    डर ,पीर ,चिन्ता सबै मनबाट भगाऔ।
    ३.
    सामाजिक हुनु पर्छ पोखेर चिन्ता हट्छ
    सन्तोष लिऊ जेमा पनि दुख आफै घट्छ।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [३७]
    १.
    के हाे मन न बुझेर? लाेभ धेरै गर्दा,
    मानसिक राेग फैलिन्छ साे बीउ छर्दा ।
    २.
    सादा खान्छाै भने त मनले शान्ति लिन्छ,
    जाथाभावि खायाैँ भने फेरि दुःख दिन्छ ।
    ३.
    पानी हुन्छ मन सधैँ तरल ग्याँस ठाेस
    आफूलाई चिन्नलाई पुर्याउने कि हाेस ?
    ✍️ जी.वि.चिन्तन
    घाेराही,दाङ
    [३८]
    १.
    आफू पनि हाँसौ अरूलाई हँसाउँ
    मानसिक राेगीलाई पनि बचाउँ।
    २.
    मनका सारा पिर फालौ
    शान्तिकाे दियो सधै बालौ।
    ३.
    मनमा पिर बाेकी मानसिक राेगी नबनौ
    सुख र शान्ति पाइन कहिले पनि नभनौ।
    ३.
    स्वच्छ विचार लिएर हिड्ने गर्नु
    मानसिक चिन्ताबाट टाढा पर्नु।
    ४.
    साेच विचार धेरै गरे मानसिक राेगी भइन्छ
    अनाहकमा मृत्युको चाँडै सिकार बन्न गइन्छ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३९]
    १.
    राम्रा भाव मनमा राखि सकारात्मक बन्नु पर्छ,
    हाँसी खुसी बाँच्न सके हामीलाई नै फाइदा गर्छ।
    २.
    जीवन हाम्रो अनमोल छ पिर चिन्ता लिनु हुन्न,
    सकारात्मक बन्यौ भने कुनै रोगले छुँदै छुन्न।
    ३.
    रिस राग र द्वैधलाई फाल्नु अहिल्यै मनबाट,
    पिर चिन्ता त्यागी गर्नुपर्छ प्रेमलाई साटासाट।
    ४.
    नखेलाउ मनमा अनेक नानाथरी रोगी कुरा,
    तनावले घोच्न हामीलाई बनि तिखो धारे छुरा।
    ५.
    मस्तिष्कमा सधै हामीले असल भाव छर्ने गरौ,
    मानसिक रोगीहरुमा सकारात्मक प्रेम भरौ।
    ६.
    आफू हाँसी अरूलाई पनि हसाँउन सक्नु पर्छ,
    मनोविमर्शले सबलाई प्रेरणाको सन्देश छर्छ।
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ
    गोदावारी, ललितपुर।
    [४०]
    मानसिक स्वस्थ रहन पीर चिन्ता हटाऊँ ,
    रोग शोकले नथलिऊँ हाँसी खुसी कटाऊँ ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [४१]
    जिन्दगीको मिठो रहस्य, अरूलाई हँसाउनु
    स्वस्थ्य रहनु आफू, अनि अरूलाई बनाउनु ।
    ✍️ राजेशराज गड्तौला
    काँडाघारी, मोरङ
    [४२]
    स्वास्थ्य राम्रो राख्न, सबैले योग र ध्यान गरौँ,
    मानसिक स्वास्थ्यकाे लागि मनमा खुसी भरौँ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [४३]
    चिन्ता नराखेर मनमा स्वस्थ बनाऊँ
    गतिशील मगजले दिवस मनाऊँ ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [४४]
    हाँसौ रमाऔँ जिवनमा अझै गर्नुछ धेर
    नचाहिँदो चिन्ता लिई जीवन नफालौ खेर ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङवजार, हाल काठमाडौ ।
    [४५]
    स्वास्थ्य नै धन हो हामी खेलबाड नगरौँ
    कुलतमा लागेर अरूको भर नपरौँ।
    ✍️ कमला देवकोटा
    पाल्पा
    [४६]
    ध्यान दिनुपर्छ हामीले खाने कुरामा नियमित
    खेलवाड गर्नु हुँदैन कहिल्यै आफ्नो स्वास्थ्यसित ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [४७]
    मनमा सन्ताेष हुनु नै स्वस्थ जीवनकाे हाे फल
    रिस राग त्यागेर मानसिक स्वास्थ्य राखाैँ अब्बल ।
    ✍️ एस वि प्रगति
    प्यूठान, हाल:पाल्पा

    ::::: जय टुक्का ! जय साहित्य !! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विश्व मानसिक स्वास्थ्य दिवस विशेष टुक्का लेखन श्रृङ्खला सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४८

  • २२ आश्विन २०८०, सोमबार २३:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अठचालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०६/१८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४८[ अठचालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]


    चित्रमा पञ्चाङ्ग
    ~~~~~~
    पञ्चाङ्ग:०१
    बिहानीको घाम टलक्क टल्किएको छ।
    हेर्दा मनमोहक दृश्य झल्किएको छ।
    प्राकृतिक लिला सुन्दर छ अनुपम,
    मानिस प्राकृतिमा रम्न पल्किएको छ।
    सूर्यको किरणले पानी भल्किएको छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    अग्ला रुखको छाया पनि ढलक्क ढल्किएको छ।
    लाग्छ हेर्ने जतिको मन यसैमा पल्किएको छ।
    बिहानी पख सूर्यले लाली किरण छरे पछि,
    आहा अति सुन्दर दृश्य टलक्क टल्किएको छ।
    साँच्चै यही धर्तीमा नै राम्रो स्वर्ग झल्किएको छ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३
    रविको किरण झल्केको छ।
    मान्छे हेर्न त्यतै पल्केको छ।
    प्राकृतिक स्वर्ग छ अनुपम,
    बिहानी स्वर्ग बल्केको छ।
    पानीभित्र सूर्य टल्केको छ।
    ह्यारिस

    पञ्चाङ्ग:०४

    उघार्दै क्षितिज घुम्न आउँछ बिहानी।
    तलाउको पानी चुम्न आउँछ बिहानी।
    सुनौलो छ आकाश झलमल उज्यालो,
    सूर्यका किरण छुम्न आउँछ बिहानी।
    धर्तीको घरमा घुम्न आउँछ बिहानी।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    पञ्चाङ्ग:०५

    बिहानीको सुन्दर दृश्य झल्कियो पानीमा।
    रङ्गिन चम्किलो आकाश टल्कियो पानीमा।
    प्राकृतिक सुन्दर दृष्य ईश्वरीय देन,
    प्रकृतिसँगै सप्तरङ्ग छल्कियो पानीमा।
    त्यो अनुपम सुन्दरता सल्कियो पानीमा।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६

    बिहानीकाे रवि देख्दा ।
    प्रकृतिको छवि देख्दा ।
    माटो सुगन्धित मेरो ,
    धर्म कर्म हवि देख्दा ।
    रङ्ग भर्ने कवि देख्दा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०७

    सुन्दर संसार हेरुँ हेरुँ लाग्ने रहेछ
    रहर तुरुन्तै फेर्न मन जाग्ने रहेछ
    सबैलाई सुन्दरता मन पर्ने हुनाले
    सुन्दर दृष्यले दुःख पीर भाग्ने रहेछ
    हेर्दाहेर्दै यो जिन्दगी पनि थाक्ने रहेछ ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०८
    घामसङ्गै आकाश पनि लाल थियो।
    धर्तीमा भने छुट्टै नीलो ताल थियो।
    कहाँ किन अनि कहिलेको यो चित्र,
    पहाडको मध्यमा खैरो पाल थियो।
    समय त मिर्मिरे उषा काल थियो।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग०९
    बिहानीको घामसङ्गै यो सुतेको धर्ती जाग्दैछ हेर
    लाली किरण परेपछि अँधेरी रात भाग्दैछ हेर
    डाली डाली चरीहरु चिरबिर गाउन थालिसके,
    मलाई पनि चरीसित नै गाउँ गाउँ लाग्दैछ हेर
    स्वयं प्रकृतिले मानवताको सिर्जना माग्दैछ हेर।

                                       - पशपति राई खोटाङ

    पञ्चाङ्ग:१०
    उषाको किरण ट्ल्केको हिमाल।
    बिहानीमा कति झल्केको हिमाल।
    हाम्रो नेपाल स्वर्ग हो दृश्य हेर्न,
    मुनाल डाँफेले ढल्केको हिमाल
    पर्यटक सधैँ पल्कने हिमाल ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    पञ्चाङ्ग:११
    सूर्यको किरण सङ्गै आउँछ बिहानी।
    चराचुरुङ्गीको गीत गाउँछ बिहानी।
    चारै तिर हरियाली वन जङगल,
    प्रकृति स मीठो प्रित लाउँछ बिहानी।
    सधैँ नै खुशी उमङ्ग छाउँछ बिहानी।

    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग १२
    प्रकृतिको मनोरम लालित्यमा हराउन मन लाग्यो
    टाढा ती दृश्यले पृथ्वीकै तटमा झराउन मन लाग्यो
    दृष्टिगत गरी अघाउने छैन मिर्मिरेको वास्तविक
    भेडा बाख्रा बिहानी किरणसँगै चराउन मन लाग्यो
    भर्दै आएको प्रकाश यतै मात्र छराउन मन लाग्यो

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४८

    इजरायलमा मृत्यु भएका नेपालीप्रति राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख राहत दिइने

  • २२ आश्विन २०८०, सोमबार १८:०२ मा प्रकाशित
  • काठमाडौं । सरकारले इजरायलमा हमास लडाकुको आक्रमणमा परेको नेपालीहरुको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    त्यस्तै बैठकले मृतकका परिवारलाई राहतस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । साथै इजरायल सरकारले अनुमति दिएपछि त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने निर्णय भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।

    शनिबार प्यालेस्टाइनी हमास लडाकुुको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on इजरायलमा मृत्यु भएका नेपालीप्रति राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख राहत दिइने

    पुनम देवी हत्या प्रकरण: पर्सा प्रहरीद्वारा इमरान मियाँ पक्राउ

  • २१ आश्विन २०८०, आईतवार १८:५० मा प्रकाशित
  • वीरगंज/ दुई दिन अघि पुनम देवीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा वीरगंज-१ छपकैया निवासी रसुल मियाँको छोरा वर्ष २५ को ईमरान मियाँ रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साको सुक्ष्म अनुसन्धानले घटनाभएको दुई दिन भित्र निलम देवी हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सफल भएको हो।

    पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्न आइतवार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि दिएको जानकारी अनुसार असोज १९ गते अ.०३:३० बजेको समयमा भारत विहार जिल्ला सितामढी नरहा ग्राम घर भई हाल जि. पर्सा वीरगंज म.न.पा.वडा नं. १ छप्कैया बस्ने गगनदेव प्रसादको श्रीमती अ. वर्ष ४० की पुनम देवी राती खाना खाई आफ्नै सुत्ने कोठाको ओछ्यानमा एक्लै सुतेको अवस्थामा निजको आफ्नै दिदी निलम देवी साहले जितीया पर्वको पुजाको लागि उठाउन जाँदा बोलाउदा नबोलेको, घरको ढोका बाहिरबाट लगाएको अवस्थामा ढोका खोली हेर्दा टाउकोमा गहिरो चोट लागि गम्भिर अवस्थामा देखि तत्काल आफन्त बोलाइ उपचारको लागि नारायणी अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्जमा लगेकोमा उपचारको क्रममा ०७:४५ बजेको समयमा मृत्यु भएको थियो।

    घटना बारे सूचना प्राप्त हुनसाथ कार्यालयबाट पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको कमाण्डमा SOCO, तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली घटनास्थलमा खटी गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी मृतक लाश पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको थियो। पोष्ट मार्टम पश्चात मृतक लास सदगतको लागि मृतकको श्रीमान गगनदेव प्रसादले जिम्मा दिएसँगै पर्सा प्रहरीले थालेको अनुसन्धानको क्रममा शनिवार वीरगंज-१बाट मियाँलाई नियंत्रणमा लिई अनुसन्धान गर्दै जाँदा निज मियाँले नै हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उरीक्षक कुमार बिक्रम थापाले बताउनु भयो।

    पक्राउ परेका मियाँ लागू औषधको दुर्व्यसनी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अभियुक्त मियाँ घरमा बिबाद भए पश्चात राती ०१:५३ बजे आफ्नो घर नजिकै रहेको बिरगंज महानगरपालिका, वडा नं १ को कार्यालयमा सुत्छु भनी गेट चढेर भित्र प्रवेश गरेकोमा भित्रको मूल ढोकाबन्द रहेको कारण बाहिर निस्की नजिकै रहेको मृतक पुनम देवीको घरतर्फ गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    हत्या गर्न प्रहार गरिएको रड

    अभियुक्त ईमरान मियाँ लागू औषध प्रयोग गर्नको लागि चोरी गर्ने उद्देश्यले मृतकको घरको झ्यालको मदतले घरको छतमा चढी छतमा रहेको अं. १ फिट लामो फलामको छड़ उठाइ घरभित्र प्रवेश गरेको थिए, घर भित्र प्रवेश गर्दा निज मृतक जितिया पर्वको लागि।

    तयारी गर्न उठिसकेको अवस्थामा जम्काभेट हुँदा महिला डराएर चिच्याउँदा अभियुक्तले हाँतमा रहेको फलामको छडले मृतकको टाउकोमा प्रहार गरेको र मृतक वेहोस भई ढलेको कारण नजिकको कोठाको ओछ्यानमा लगी राखेको थिए।

    त्यसपछि अभियुक्तले कोठाको बत्ती बालेर हेर्दा महिलाको आँखा खुलेको देखि पुनः सोही फलामको छडले पटक पटक टाउकोमा प्रहार गरी घरको मूल ढोका खोलेर बाहिरबाट चुकुल लगाइ पूर्वतर्फ भागेको प्रहरीलाई अभियुक्तले बताएका छन् ।

    वारदातको समयमा लगाएका कपडाहरु नजिक रहेको नासिर खोलामा फालेकोका थिए भने फलामको छड (घटनास्थलबाट पूर्व तर्फ रहेको धान खेतमा फालेको अवस्थामा बरामद ) गरिएको प्रहरीले जनाएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on पुनम देवी हत्या प्रकरण: पर्सा प्रहरीद्वारा इमरान मियाँ पक्राउ

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०३

  • २१ आश्विन २०८०, आईतवार १८:३६ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०३ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    तिमी मात्र धमिल्याऊ पोखरी, म मार्दछु माछो,
    कसरी दुहुनु पर्छ थाहा छ ——-लगाएर बाछो ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    लगाऊ आफ्नै घरमा आगो सेक भिजेका हात,
    मनाऊ उत्सव आफन्तकै गराई देहपात ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    २)
    बाछो दुहुने हो र यसरी कुरा गरेको,
    पक्कै पनि मान्छे आफू दु:खमा नपरेको ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ
    ३)
    धामी आफैँ झाँक्री आफैँ चलाउ जताततै शासन,
    आफू सिरक, डसना अरूलाई काँडाको आसन ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड
    ४)
    गधाले सङ्लो पानी खाँदैन भनेर सुनेको,
    पानी धमिल्याई तर मार्नेलाई नै चुनेको ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ५)
    पानी धमिल्याउँदैमा माछो मार्ने चुक्दैन,
    खुरुखुरु हिड्नेहरूले कहिल्यै भुक्दैन ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ६)
    तिमी बजाऊ सिटी म हान्छु झटारो,
    झोलामा भरी आँप भाग्ने छ चटारो।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ७)
    ओढेर भेडाको छाला बथानमै व्वाँसाे बस्दछ ढुकेर,
    माैका पर्नासाथ झम्टन्छ अरूले नदेख्ने गरी लुकेर।
    ✍️
    मित्र `उराठी´ गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
    ८)
    नचलाऊ बोटबिरुवा नगर तिमी घात,
    शिक्षकलाई सबै वर्गले नै बढाऊ हात ।
    ✍️
    भगवती दवाडी ,झापा
    ९)
    देशको इज्जत नेपालीलाई पर्देशीको नोकरी गर्न पठाएर खसाले,
    जिन्दगीलाई राम्रो बनाउन विदेशीको नै सेवा गर्नुपर्ने थिती बसाले !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    १०)
    आकाशमा चिल देखाएर चल्ला टिप्ने दिन गए,
    लाटा सिधा सोझा भनिएका पनि ती जुझारु भए ।
    ✍️
    सञ्जयराज शर्मा
    काठमाडौ।
    ११)
    तिमी रहेछौ सवा शेर, हामीलाई सम्झन्छौ बाछो,
    एकदिन हुनेछौ तिमी पनि, पानी बिनाको माछो।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    १२)
    अगाडिको बाटो हिड्न खोज्दा खाल्डाखुल्डी बने,
    गर्न खोज्ने अगाडि बढ्दामा पछि बस भने ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    १३)
    आफैँ धामी आफैँ बोक्सी किन गर्छौ आफैँ जालझेल ,
    आफ्नै नासो शिक्षा पासो किन खेल्छौ शिक्षणमा खेल ।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौँ ❤️
    १४)
    सिधा औँलाले घिउ आउॅंदैन् भन्दथे हाम्रा बाले,
    बाङ्गो पारी झिक्दा के होला विचार गर है काले ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    १५)
    शिक्षक ठुलाे मान पदवी राजनीतिकर्मीका नातागाेता धेर,
    कुटेजस्ताे राेएजस्ताे खेल मिल्छ ललीपप अरू सबै हेर !
    ✍️
    निरज कोइराला इटहरी
    १६)
    देशमा बनेका छन् टोल टोलमा राजा,
    मिलीजुली मार्छन् माछा बजाउँदै बाजा।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ, भारत।
    १७)
    केही गरी सकिँदैन परिस्थितिलाई टार्न,
    सजिलो हुन्छ पानी धमिल्याएर माछा मार्न ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।
    १८)
    जादुमय गफ लाउनेहरू, मौका हेरि बस्छन्
    अलिकति ठाउँ पाउनु पर्छ, पछि छुरा धस्छन् ।
    ✍️
    शंकर कार्की,थाहा ३ मकवानपुर।
    १९)
    साधन मात्र बनाइयोस् लगाएर पासो,
    अरू जिम्मेवार मेरो किन गर्छौ गुनासो।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    २०)
    धमिलो पानीमा माछा मार्दा जालोमा परे असला,
    पकाउन पसी भान्सामा तोरी जिरा रै’छ मसला।
    ✍️
    मोती सुब्बा, दार्जीलिङ।
    २१)
    धेरै कुरा नगर खोजीनिधी गर्दैछन् सबै मिलेर,
    चुप लागेर बस फाल्देलान् आलुको बोक्रा झैँ छिलेर।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    २२)
    तैँले मात्र खाइस भनेर बारम्बार तीखा कुराले नघोच,
    धम्क्याई म पनि पाउँला भाग भनी सपनामा पनि नसोच ।
    ✍️
    ध्रुव श्रेष्ठ,
    खोटाङ्वजार, हाल काठमाडौ ।
    २३)
    मान्छे बाठो छस् अति यहाँ रक्त वर्षा नगर्दे,
    मान्छेकै पतन पथमा अग्रणी भै नसर्दे ।
    ✍️
    पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    २४)
    ठुलै काम गर्‍यौँ भन्दै लगाउ तिमी फुर्ती,
    छिमेकीको रमिता हेर्दै खाउ अब सुर्ती ।
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २५)
    माछा मार या गोही हामीलाई केको खाँचो,
    मन परि गर्दछौ हातमा पाउँदा साँचो ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    २६)
    तिम्रो स्वार्थी भावनाले नै हो म टाढिँदै गएको,
    खोलिदिन्छु पोल अब तिमी र उ एक भएको।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    २७)
    आफैँ बन्छौ धामी आफैँ बन्छौ झाँक्री सके जति गर,
    भोलि आउँला त्यस्तो बेला झुक्दै पर्ने हाम्रै नै भर !
    ✍️
    कमला देवकोटा, पाल्पा
    २८)
    तर्‍याकतुरुक ढुङ्ग्रोभरि सेतो सिर्का तुर्क्याउँछु,
    आँखा छली पानी हाल्छु सारा दङ्गदास फुर्क्याउँछु !
    ✍️
    विवश पारदर्शी
    झापा,
    २९)
    दुध नदिएपछि खुट्टा बाँधेर दुहुन्छन् सबैले,
    प्यारले भन्दा नमानेपछि लातले हान्छन् कबैले ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ
    ३०)
    कोही छैन यहाँ फर्काइ दिने कर्मको नासो,
    आज घिच हसुर भोलि जानु लगाई पासो ।
    ✍️
    योगप्रसाद उपाध्यय चापागाईं । झापा ।
    ३१)
    छाेटे राजा धेरै भए हाम्रो देशमा,
    सबै रहेछन् लुटेर खाने भेषमा ।
    ✍️
    दुर्गा भट्टराई
    ३२)
    ठुला माछा त उम्किन्छन् जाल पर्छन् सधैँ लिखे,
    दुहुन्छौ के गरी गाई ? गोठमा गोरु छन् तिखे।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    ३३)
    धमिल्याउँदै सङ्लाे पानी माछा मार्न धेरै आए,
    अर्थतन्त्र भताभुङ्ग नखाेजिदेऊ के के खाए ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ३४)
    के को बाछो लगाएर दुहुने हो र गाई,
    ढिला कुरा बुझ्दा र’छन् तल्ला घरका दाइ ।
    ✍️
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    ३५)
    कुरा काट्नेहरूले काटुन् हिँड्छु आफ्नैँ बाटो,
    मरेपछि बिलाउँनेछन् यही ढुङ्गा माटाे ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल
    ३६)
    अवसरवादीले यस्तै त हो मौका छोप्ने,
    अँगालो हालेर पहिला पछि छुरा खोप्ने ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    ३७)
    खान सक्ने खाऊ लगाउन सक्ने लगाऊ,
    आहारिसे बानी चाहिँ मनबाटै भगाऊ ।
    ✍️
    नन्दलाल आचार्य अक्षान्त
    उदयपुर, सिद्धार्थटोल ।
    ३८)
    तिमी भाँडा माँझेर बस, म पखाल्न सघाउँछु,
    डकारेर बस सत्तामा, भाषणले अघाउँछु ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ३९)
    अति गर्‍यौ गर्नुसम्म नराम्ररी छल,
    आफ्नो पेट भराउने आफैँ गर्‍यौ बल ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ४०)
    हामी जनता नेताका लागि दुहुनाे गाई झैँ भयौँ,
    जहाँ जान्छन् जतातिर लान्छन् उतैतिर हामी गयाैँ ।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ४१)
    दुध दिने पायो भने नख्वाई पनि दुन तम्सिने
    भोको पेटमा लात्ती हान्दा बेकसुर भयो सम्झिने ।
    ✍️
    जमुना आचार्य सिन्धुपाल्चोक
    ४२)
    ठुला माछा खान पल्केका खान्छौ अब कति,
    भोलिका दिनमा होला नि सबैको दुर्गति ।
    ✍️
    भगवती दवाडी ,दमक,झापा
    ४३)
    लात्ती फाले नि दुहुन्छौँ गाई लगाएर बाछो,
    न्याय बाँड्दा गर्दैनौँ प्रयोग समताको काछो l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ४४)
    संविधानमा सम्पूर्ण अधिकार थमाए,
    अल्पमतमा कसरी अधिकार जमाए ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ४५)
    देशभरि सात सय त्रिपन्न छन् छाेटे राजा,
    तिनैले बजाउने भए शिक्षकलाई बाजा ।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ४६)
    लाखौँको आत्मा मारेर तिमीले खै के कति पो खायौ,
    सोझासाझालाई झुक्याई पुस्तालाई पाप लगायौ ।
    ✍️
    सुशीला थापा शिखा
    काठमाडौं कागेश्वरी मनोहरा
    ४७)
    तिमी फाइल सदर गर टिप्पणी सुब्बाले उठाउँला,
    परे सुब्बा हो पर्ने कारबहीमा हामी मिली कमाउँला ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    ४८)
    सङ्लो पानीलाई धमिलो बनाउँदाखेरि,
    खोला तर्दातर्दै लडिएला नि दुवै फेरि ।
    ✍️
    पुष्पा राई
    ४९)
    गाई दुने बेलामा लात्ताले हान्छ भन्ने डराएर,
    हुदैन देश विकास राेडमा बसेर कराएर ।
    ✍️
    कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौँ
    ५०)
    धमिलो पार्ने वा सङ्लो तिम्रै रह्यो हातमा,
    अवसर धेरै खोज्दा रुनुपर्ला रातमा ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०३

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०४

  • २१ आश्विन २०८०, आईतवार १३:३८ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    गरेर गम्भीर अपराध,——— गए नि जेल,
    भइहाल्छ मिनाहा सकिन्छ चुट्कीमा खेल ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    पैसामा नै बिक्यो हेर मान्छेको इमान जमान,
    सत्ता र पैसा हातमा लिई ठुलाे भए नमान ।
    ✍️
    Sushila Thapa
    २)
    काट्छु मार्छु जेल जान्छु जे गर्छौ गर,
    ठुला टाउके हातमा छन् के को डर ।
    ✍️
    सरिता सेढाई धादिङ
    ३)
    मौलायाे हत्या हिंसा अनि बलात्कार,
    आम माफी दिने छँदैछ सरकार ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ४)
    आफ्नै सरकार पाइहाल्छु आममाफी,
    निर्दोष कति रहेछु स्वागत छ काफी ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ५)
    अपराधीलाई छोड्छ, निर्दोषलाई थुन्छ,
    न आँखा देख्छ सरकार नत कान सुन्छ ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    ६)
    अपराधी बचाउँने कस्तो बन्यो हाम्रो संस्कार,
    हामीले नगरे कसले गर्ला खोइ तिरस्कार ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ७)
    तिमीलाई के थाहा मेरो ताकतको खेल,
    हजारौँले खेल्नै नजानी भएका छन् फेल ।
    ✍️
    प्रदीप के रिमाल।
    ८)
    कसैले बुझ्न नसक्ने भए यहाँको मात्र रीति,
    अगुवाहरूकै कारणले पो बिग्रदै छ थिति !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौं
    ९)
    गर्नु पर्दछ जे काम, नेताको गुरु मन्त्रमा,
    पाइन्छ आममाफी हो, नेपाली गणतन्त्रमा।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    १०)
    जेल नेल कानुन आफ्नै पावर हुँदा हातमा,
    हत्या हिंसा सब आममाफी हुन्छ एक बातमा।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ११)
    जति सक्छौ लुट कान्छा देशकाे ढुकुटी लुट,
    घुस ख्वाऊ पावर लगाऊ जेलबाट छुट ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    १२)
    जोसँग नि लडेर दुनियाँ जित्न सकिन्छ,
    जबसम्म यो कानुन उसको साथ दिन्छ ।
    ✍️
    खग्रास
    १३)
    मुला जस्तै काट्दै हिँड्छु मान्दिनँ केही डर,
    ठाउँमा छन् आफ्ना मान्छे मलाई दिने भर ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    १४)
    कहिल्यै खानु नपरोस् कसैको खुसी नै खोसेर,
    घाउ लगाई नपारौँ घाइते रगत सोसेर ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड
    १५)
    हत्यारालाई छोड्न किन सरकारमा नै आउनु पर्‍यो,
    देश चलाउने सरकारले कसरी यस्तो भूल गर्‍यो ?
    ✍️
    पेमा टि लामा,
    सालबारी, सिलगढ़ी, भारत।
    १६)
    घुसखोरी, बलात्कारी र ज्यानमारा, दुई दिनकालागि जान्छन् यहाँ जेल,
    अपराधीले नै देशमा गर्दैछन् शासन, मिनाहा गर्नेछन् चुट्कीमा खेल ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    १७)
    देशको लगाम आपराधीको हात पर्‍यो,
    भ्रष्टाचार र अपराध सकेसम्म गर्‍यो ।
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    १८)
    कानुन जनताको लागि मात्र नेताको लागि हैन,
    दुष्ट सुध्रने कानुन नेपालमा बनेको नै छैन ।
    ✍️
    समुद्र
    जल्जला ७ गण्डकी
    १९)
    शासनमा पुगोस् आफ्नो पार्टी अपराधीलाई त्यही काफी,
    जस्तै अपराध गरे नि कुनै बहानामा पाउँछ माफी ।
    ✍️
    ध्रुव श्रेष्ठ,
    खोटाङ वजार, हाल काठमाडौँ ।
    २०)
    गाउँ सहर अनौँठो खेल आफैँले देखाए,
    विश्वको सामु कटाई नाक कुनाम लेखाए !
    ✍️
    आर्त अकुलीन
    २१)
    नेपालको कानुन नेताले जानुन्, भन्थे बुढी आमा,
    यस्तै त भयो सरकार अहिले, गुण्डा तिनै मामा ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा
    २२)
    हुनेखानेले त जोडिदिन्छ गहिरो नाता,
    ठुला जति बनिदिन्छन् अपराधीको गाता ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    २३)
    मुलुकमा कानुन बन्यो व्यापार धन्दा,
    दोषीलाई मिनाहा निर्दोषलाई फन्दा।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।
    २४)
    शक्तिमा भएपछि जे पनि गर्छन्
    निर्दोष निमुखा पो जेलमै मर्छन् !
    ✍️
    भूषण जंग
    ललितपुर! हाल यूएस!
    २५)
    हत्यारालाई आममाफी भयो अझै प्रोत्साहन,
    बलात्कारी र हत्याराको झन झन बढ्यो मन ।
    ✍️
    पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    २६)
    करोडौँ कुम्ल्याउँछन् भ्रष्टले गर्छन् ब्रह्मलुट,
    केही लाख धरौटीमा निकाल्ने कस्तो यो छुट ?
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    २७)
    कसुरमा मुलाहिजा राखी गर्नुहुन्न है भेद,
    भेदभाव भइहाल्यो भने व्यक्त गर्नु है खेद ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    २८)
    शक्ति र पहुँच मेरै चल्छ, मान्छे काट्दैमा केही हुन्न,
    सरकार मेरै साथमा छ,भोलि छुट्छु ठाँगेले छुन्न !
    ✍️
    विवश पारदर्शी
    झापा,
    २९)
    फूल टिप्नु र मान्छे मार्नु उस्तै लाग्छ,
    मान्छेमा मानवता खै कहिले जाग्छ ?
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ
    ३०)
    नेता आफ्ना दाहिना छन्, गुण्डागर्दी गर्न,
    कुन ठूलो कुरा भयो छुट्दै जेल पर्न ।
    ✍️
    राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ३१)
    कानुन गयो लुटेरा र अपराधीको हातमा,
    देश लुट्ने योजना पास हुन्छ रे मध्य रातमा।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ३२)
    आफ्ना मान्छे भएपछि उच्च ठाउँमा,
    निमुखालाई काट्दै हिँड्छु म गाउँमा ।
    ✍️
    योगेन्द्र भट्टराई खोटाङ🇳🇵
    ३३)
    अपराधी उम्किहाल्छ यहाँ सोझो पुग्छ जेलमा,
    सत्ताधारी लाग्छन् अपराधी बचाउने खेलमा ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    ३४)
    बुझ्दछन्, भगवानले, भक्तहरूको पीर,
    जस्तोसुकै अपराध, किन नहोस् गम्भीर ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ३५)
    जसमा हुन्छ भित्री बर्कत भर्नसक्ने खल्ती,
    आम माफी हुन्छन् उसैका भएभरका गल्ती l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ३६)
    नलाउ कसैले फोस्राे वाहियात धक्कु,

    सुन्दर शान्त उद्यानमा भैजाला पक्कु ।
    ✍️
    हरिगोपाल प्रधान
    बनेपा १४, साँगा
    ३७)
    हाम्रो देशमा अपराधीलाई छोड्छन् निर्दोषलाई थुन्छन्,
    ठूला ठालु भनाउँदाहरू न आँखा देख्छन् न कान सुन्छन्।
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी
    ३८)
    राज्य कानुन सबै आफ्नै हो मेरै हातमा छ जेल,
    सकेसम्म काम गर केटा हो एक चुट्कीको खेल ।
    ✍️
    बेदु न्यौपाने, काठमाडौँ 💕
    ३९)
    जस्को शक्ति उस्को भक्ति भन्ने जस्तै हुन्छ,
    नातानाला खोजी खोजी छुट्ने जाल बुन्छ ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ४०)
    पैसा पावर मेरै हातमा, कस्को चाहियो भर ?
    मुला झैँ मान्छे काट्दै हिड्छु, कस्को छ मलाई डर ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ४१)
    जनता आफ्नै दु:खमा छन् भोटको निहुँमा गुण्डा लगाई कुटाउँछन्,
    जेल राख्नुपर्ने अपराधी राष्ट्रपतिले गणतन्त्रमा छुटाउँछन् ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    ४२)
    मैले ल्या’काे गणतन्त्र हो उदाङ्गाे लाजमा चलेको छ राज,
    अर्कैलाई दाेष दिने समृद्धिकाे ताज, लाेकतन्त्रकाे काज ।
    ✍️
    रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
    ४३)
    सुशासनको प्रत्याभूति लाेकतन्त्रकाे मुल मन्त्र ,
    भ्रष्टाचारी र अत्याचारीले घात गरे प्रजातन्त्र ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ४४)
    सत्ताधारी कार्यक्रम चाँजोपाँजो सेटमा ,
    हाइ हेल्लो मिलाउँदै अर्थयुक्त भेटमा ।
    ✍️
    जमुना आचार्य सिन्धुपाल्चोक
    ४५)
    बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल बिक्दैन,
    चिन्ता नगरौँ है असत्य लामो समय टिक्दैन ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    ४६)
    मान्छे मार्नेलाई छुट भैहाल्छ नेतालाई काट्छु,
    जे परेपनि पर्ला अब यो कदम मैले आट्छु !
    ✍️
    विक्रम तिरुवा सलिन
    जुम्ला
    ४७)
    मान्छे मारे पनि के फरक पर्छ र आजीवन बस्नै परेन जेल,
    कार्यकर्ता भएपछि निर्धालाई पो ऐन कानुन छ पेलापेल।
    भगवती दवाडी ,झापा
    ४८)
    अपराधीलाई छुट्कारा निर्दोषलाई जेल,
    यस्तै छ यहाँ हजुर यो राजनीतिको खेल ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ४९)
    खुशीले अपराध गरिन्न भाइ,
    बाध्य पार्छन् रिस साध्न हाम्रै दाइ ।
    ✍️
    नन्दलाल आचार्य, उदयपुर
    ५०)
    गम्भीर अपराध गर्दै हिँड्छन् जसले, उसैलाई लुकाउँछन्,
    निर्धा र सोझा छन् जो यहाँ उनलाई अनाहकमा फसाउँछन् ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०४

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P