• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२४

  • २० आश्विन २०८०, शनिबार २१:३३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    ममता
    ज्यानको बाजी
    हुन्छिन् हरदम राजी !

    • वसन्त अनुभव
      [२]
      आमा
      राखेर ध्यान
      हुर्काउँछिन् बच्चाको ज्यान !
    • सरिता सेढाई, धादिङ
      [३]
      आमा
      ममताको काख
      हजारौंमा हुन्छ लाख !
    • सम्झना थापा मगर, स्याङ्जा
      [४]
      आमा
      स्पर्शकाे अनुभूति
      जीवनसँगै जिउन सिकाउने !
    • राेशन पराजुली, धरान
      [५]
      आमा
      ममताकी खानी
      ढाकीमा सुन्दर रानी !
    • डुकछिरिङ लेपचा, भारत
      [६]
      खोलो
      जसोतसो तरियो
      देख्तिनँ आमालाई कतै !
    • युगल त्रिन
      [७]
      आमा
      साहसकी खानी
      सन्तान सुरक्षा कवच !
      सुस्मिता अधिकारी, काठमाडौँ
      [८]
      आमा
      आफू मरेर
      बचाउँछिन् खोला तारेर !
    • अम्विका अधिकारी
      झापा, विर्तामोड
      [९]
      आमा
      सृष्टिको रचना
      मेटिन दिन्न सिर्जना !
      -पशपति राई, खोटाङ
      [१०]
      आमा
      आफू मारेर
      सन्तान खाेली तारेर !
    • निरज कोइराला, इटहरी

    [११]
    नि:स्वार्थ
    हुन्छन् आमा
    औलादको लागि त्यागी !

    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही
    • [१२]
    • आमा
    • माया अपार
    • जोखिम मोल्न तयार !

    पृथक प्रकृति, झापा
    [१३]
    आमा
    महिमा अपरम्पार
    एकमात्र जिउने आधार !

    रिता खराल, रूपन्देही
    [१४]
    आमा
    निस्वार्थ माया
    दिन्छिन् हरदम छाया !

    सरस्वती श्रेष्ठ, इटहरी
    [१५]
    आमा
    ममताकी खानी
    उनैमा रहन्छ जिन्दगानी !

    घनश्याम पौडेल, पोखरा
    [१६]
    जननी
    बरसँगै पीपल
    चौतारीको सौम्य शीतल !

    आर्त अकुलीन
    [१७]
    आमा
    महान कति
    अलौकिक सशक्तिकी खानी !

    इन्दिरा देवकोटा, कपिलवस्तु
    [१८]
    निश्चल
    आमाको माया
    ज्यान जाेखिममा राखेर !

    प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे
    [१९]
    ममता
    सकिन्न देख्न
    बाहिरी नजरले आमाको !

    ध्रुव श्रेष्ठ
    खोटाङ बजार, हाल: काठमाडौ
    [२०]
    आमा
    सृजनाकाे खानी
    सन्तानको हुन सिरानी !

    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी-५, संगम काेलानी, भक्तपुर
    [२१]
    आमा
    शर्तहीन ममता
    खतरा मोड्ने क्षमता !

    अगस्टीन राई
    पूर्व सिक्किम, भारत
    [२२]
    आमा
    सन्तानको खुसीमा
    लाग्छिन् जस्तोसुकै जोखिममा !

    केन्द्रप्रकाश बराल, इलाम
    [२३]
    आमा
    ममताकी खानी
    सृष्टिकी हुन् रानी !

    धनमाया चौधरी, कैलाली
    [२४]
    माया
    आफ्नोभन्दा धेरै
    सन्तानको गर्छिन् आमा !

    बि के विरही, टीकापुर
    [२५]
    महतारी
    ममताको फुलबारी
    धर्तीकी उत्कृष्ट नारी !

    तोया नाथ चापागाईं
    दमक, झापा
    [२६]
    आमा
    हिँड्दै कठिनाईमा
    बचाउँदै सन्तान पानीमा !

    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा-६ सन्खु
    [२७]
    ममता
    आमाको जस्तो
    पाइदैन कतै पनि !

    प्रेम थापा “मन”, बागलुङ
    [२८]
    आमा
    सन्तानको द्वार
    जोखिम मोल्न तयार !

    बेदु न्यौपाने, काठमाडौँ
    [२९]
    आमा
    ममताकी खानी
    सन्तानको दिलकी रानी !

    गोपेन्द्र रिजाल
    मेची, पाँचथर
    [३०]
    भविष्य
    दृष्य, बालकको
    जीवन आमाको सेरोफेरो !

    पागल भिक्षुक, कैलाली
    [३१]
    विधाता
    आमाको माया
    ज्यानभन्दा सन्तानको ममता !

    विवश पारदर्शी, झापा
    [३२]
    आमा
    लगाइदियौ जामा
    स्कुल जान तामझाम !

    चक्र शाही, लम्की, कैलाली
    [३३]
    आमा
    एक सृष्टिकर्ता
    सन्तानको सधैँ छाया !

    बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
    कनकाइ-४, झापा
    [३४]
    चोखो
    निस्वार्थ माया
    आमा बनेर हेर्दा !

    गुणनिधि घिमिरे, अमेरिका
    [३५]
    मातृत्त्व
    निस्वार्थ सेवा
    फलाउँछिन् आमाले मेवा !

    ऋजु दिल्पाली
    ईटहरी-१, सुनसरी
    [३६]
    शास्त्र
    भन्छ यसरी
    यमुना तारे वासुदेवले !

    अमृत सुवेदी
    [३७]
    बालक
    सुरक्षित हुने
    साथमा हुँदासम्म आमा !

    नारायणप्रसाद अम्मै
    घोडाघोडी-१, कैलाली
    [३८]
    माया
    आमाको छाया
    बिचल्ली छैन सम्भावना !

    नारायण कोइराला
    तानसेन, पाल्पा
    [३९]
    बाँच्न
    संसार जगाउन
    काफी मन लोभ्याउन !

    नन्दलाल आचार्य, उदयपुर
    [४०]
    खुसी
    तिम्रो काँध
    मेरो सुन्दर भविष्य !

    हिमाल अम्मै, घोडाघोडी, कैलाली
    [४१]
    ममता
    हृदयको टुक्रा
    यो संसार विचित्र !

    सविता के.सी.
    दक्षिणकाली-९, काठमाडौँ
    [४२]
    आमा
    जोखिममा परी
    सन्तानलाई बचाउँछिन् सधैँभरि !

    योगेन्द्र भट्टराई, खोटाङ
    [४३]
    आमा
    सृष्टिकै जननी
    ममताकी हुन् खानी !

    त्रिलोक रामदाम
    सि.न.न.पा-८, भैरहवा, रुपन्देही
    [४४]
    आमा
    हत्केलामा ज्यान
    रक्षार्थ बचाउँछिन् सन्तान !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर, काठमाण्डौँ
    [४५]
    काख
    अरूको लाख
    पाइन्छ आमाको एकमा !

    जमुना आचार्य
    [४६]
    आमा
    तर्दै खोला
    पार्दै जीवन जोखिममा !

    कमला पौडेल
    बरेङ-१, उर्लेनी, बाग्लुङ
    [४७]
    आमा
    सदैव माया
    सन्तानकाे हितमा धामा !

    सुरेश चन्द्र घिमिरे
    [४८]
    आमा
    हरेक परिस्थितिमा
    सधैं रहन्छिन् साथमा !

    समुन्द्रा शर्मा, सुनसरी
    [४९]
    सन्तान
    सुरक्षा खातिर
    माता सर्वोपरि आखिर !

    मङ्गला उपाध्याय, बारा
    [५०]
    डालीमा
    बसेको बालक
    अपार ममता आमाको !

    धर्मी शाक्य बुटवल, रुपन्देही
    [५१]
    माता
    अतुलनीय देवी
    हरपलको न्यानो आश्रय !

    एस बी देशभक्त, लमही, दाङ
    [५२]
    बचाउने
    सृष्टिको चक्र
    आखिर हिड्नुपर्ने बक्र !

    रामप्रसाद पुरी, बादेल, खाेटाङ
    [५३]
    माता
    जगत् जननी
    अनन्त साश्वत सौदामिनी !

    शारदा गौतम आचार्य, ललितपुर
    [५४]
    शक्ति
    आमाको अपार
    मान्दिनन् कहिले हार !

    दुर्गा आचार्य, मोरङ
    [५५]
    लाख
    आमाको काख
    बचाउने हरदम खास !

    सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल

    [५७]
    आमा
    ज्यानको बाजी
    सन्तती बचाउन राजी !

    कमला देवकोटा, पाल्पा
    [५८]
    आमा
    भगवानकी रूप
    सृष्टिकी हुन् सम्बाहक !

    देवी पन्थी
    [५९]
    आमा
    धर्तीकी रानी
    सम्मान गरौँ जानी !

    तेजप्रसाद खनाल
    दाङ।
    [६०]
    जननी
    ममताकी धनी
    बचाउँछिन् डुबेर पनि !

    अच्युत घिमिरे, सर्पाङ, भुटान
    [६१]
    आमा
    ममताकी खानी
    जिन्दगी सन्तानमा लगानी !

    मन्दिरा सेढाई
    मलेखु, धादिङ
    [६२]
    आमा
    संसार सारा
    बुढेसकालमा हुन्छिन् बेसहारा !

    साहित्य प्रेमी सलिन
    [६३]
    आमा
    असीमित अपार
    सन्तानका लागि देवतुल्य !

    गोपालप्रसाद पौड्याल
    [६४]
    मातृत्व
    ईश्वरकाे रूप
    निस्वार्थ सन्तानको माया !

    श्रद्धा आचार्य, पोखरा
    [६५]
    आमा
    ममताकी खानी
    सधैँ सन्तानको निगरानी !

    नागेन्द्रप्रसाद यादव, दाङ
    [६६]
    बाटाे
    जीवन सङ्घर्षकाे
    ममताको साथमा भयरहित !

    टीकाराम जाेशी, टीकापुर
    [६७]
    आमा
    सन्तानकी रानी
    सदा ममताकी खानी !

    मिलन के. सी.(थापा), पोखरा
    [६८]
    आमा
    सर्वस्वसहित नानी
    करुणाकी बन्दछिन् खानी !

    भगवती दवाडी, झापा
    [६९]
    माया
    आमा हुन्
    शक्तिशाली शितलु छाया !

    शोभा आचार्य गौतम, काठमाडौँ
    [७०]
    माता
    ममताकी खानी
    दु:खसुखमा एक साहारा !

    कविता आचार्य, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२४

    साताका तीन लघुकथा- ३९

  • २० आश्विन २०८०, शनिबार २१:११ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३९औँ) शृङ्खलाका लागि लघुकथाकार कल्याण पन्तको लघुकथा ‘राजनीति’, लघुकथाकार खगेन्द्र बश्यालको लघुकथा ‘महत्वपूर्ण पुस्तक’ र लघुकथाकार शिवहरि अधिकारीको लघुकथा ‘सहमति’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथाः राजनीति

    ✍️ कल्याण पन्त
    “हिजो उसलाई एकजोर चप्पल मैले किनिदिएको भन्थिस् नि, आज देखिस् !’’ बिमलले भने ।

    “मन्त्री भएसी सबैको चालामाला यस्तै हो ।’’ कसैले मन बुझाउँदै थिए ।
    सुन, जनधन… आदि काण्डैकाण्डको चर्को विरोध हुँदै थियो । सडक, चोक, संसद कतै बाँकी थिएन, नारा जताततै सुनिँदै थियो । अन्ततः मन्त्री जुगतलालको साँझमा राजीनामा आयो । तर मुद्दामामिलामा उनी पनि अछुतो रहेनन् ।

    छ महिनापछि अदालत परिसरमा खचाखच भीड थियो । यसै बीच न्यायमूर्तिले मुद्दा किनारा लगाए । जुगतलाल, गाईको दूधले नुहाएजस्ता ठहरिए । उनी फेरि फूलमालाले सजिए ।

    “यो कसरी सम्भव भो ?’’ सबैको मुखमुखमा झुण्डियो । उनका ससुराबा समेत तीनछक परे । दशैँमा ससुराबाले उत्साहले सोध्नुभयो । पूर्व मन्त्री जुगतलालले खुसुक्क कानमै पुगेर भने-“मैले सुरूबाटै कार्यपालिकादेखि न्यायपालिकासम्म बुद्धिमतापूर्वक काम गरेको थिएँ नि, बा !’’

    २)
    लघुकथा: महत्त्वपूर्ण पुस्तक

    ✍️ खगेन्द्र बस्याल
    दैलातुङ्ग फाँटमा बिदा हुने बेलामा ताराले हिरालाई भने- “तपाईँले पाँच छ घण्टामा पढ्न सकिने महत्त्वपूर्ण पुस्तक ल्याउने छु भन्नुभएको थियो, पुस्तक पढन त के कुरा टाढाबाट दर्शन गर्ननैँ पाइएन।”

    हिराको जवाफ रह्यो, “देखेर पनि नपढेपछि मेरो के लाग्छ र ! सबै समय आफ्नै छोराछोरीको तारिफ गर्नमै खर्चनु भयो । सायद् यसैले मैले ल्याएको महत्त्वपूर्ण पुस्तक चिन्न सक्नुभएन।”

    ताराले भने- “पहिले पहिले राजनीतिका कुरा गर्न निकै चासो लिन्थेँ । जुन जोगी आएपनि उस्तै देखेपछि यो बाटो अँगालेको हुँ । तपाईँले पुस्तक दिनुभएको भएता पनि तपाईँसँग कुराकानी नगरी रहन सक्दिनथेँ।”

    हिराको कुरा रह्यो, “सँगै पढ्न सकिन्थ्यो नि !”
    ताराले अचम्म मान्दै सोधे- “सँगै पढ्न सकिने पनि पुस्तक हुन्छ र ?”
    हिराले बताए- “सँगै चासोका साथ पढ्न सकिने पुस्तक हुँदोरहेछ भन्ने दैलातुङ्ग फाँटमा आएर प्रमाणित गर्ने मेरो धोको थियोे । त्यो पुरा हुन बाँकी रहेको चाहना बिर्घा गएर पुरा गर्नुपर्ला।”

    ताराले गम्भीरतापूर्वक सोधे- “पढ्न नपाए पनि त्यो पुस्तक त देखाउनुस्।”

    हिराले सँगै गएका अन्दाजी बहत्तर वर्षिय पाहुनालाई देखाउँदै भने- “उहाँसँग पशुपालन तथा कृषिमा कसरी चमत्कार ल्याउने भन्ने विषयमा राम्रो ज्ञान छ । के स्वयम्मा उहाँ निकै महत्त्वपूर्ण सँगै बसेर पढ्न सकिने पुस्तक होइन त ?”
    तिलोत्तमा९ सरस्वती पथ,रुपन्देही ।
    ०८० असोज १३

    ३)
    लघुकथा: सहमति

    ✍️ शिवहरि अधिकारी
    “के काे हल्ला हाे चम्पा पल्लाे घरमा ?” रमाले साेधीन् ।
    “के हुन्थ्यो र रमा ! उही लाेग्नेस्वास्नीकाे झगडा ।” चम्पाले भनिन् ।

    “आ दिदी ! ‘लाेग्नेस्वास्नीकाे झगडा परालकाे आगाे भन्छन् ।’ एकैछिन दन्किन्छ अनि निभिहाल्छ ।” रमाले भनिन् ।
    “भाेलिदेखि भने झगडा नहाेला जस्तो छ ।” चम्पाले अनुमान गरिन् ।

    “किन र दिदी ?” रमाले साेधिन् ।
    “अबदेखि झगडा नगर्ने भनेर मेरै राेहबरमा पाँच बुँदे सहमतिमा दुवैले हस्ताक्षर गरेका छन् ।” चम्पाले भनिन् ।

    “उही शिक्षकहरूले गरेजस्तै कार्यान्वयन नहुने सहमति त हाेला नि !” रमाले भनिन् ।
    भरतपुर महानगरपालिका ७ कृष्णपुर
    २०८०/०६/१४

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ३९

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२३

  • २० आश्विन २०८०, शनिबार १५:५२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    कृषि
    कर्मको फल
    सुन फलाउँदै युवा !

    • आर्त अकुलीन
      [२]
      प्रकृति
      हरियाली बनपाखा
      सुन्दर मनोरम सम्पदा !
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      [३]
      कृषि
      उत्कृष्ट पेशा
      निकृष्ट नेपाली मनाेदशा !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      [४]
      किसान
      एक कर्मयोगी
      हुन् अर्गानिक अन्नदाता !
    • धनमाया चौधरी, कैलाली
      [५]
      क्रान्ति
      कृषिमा उद्यत
      जन्माउँदै युवा जमात !
    • कमला देवकोटा, पाल्पा
      [६]
      कृषि
      भन्नु मात्रै
      देशभित्र भयो जात्रै !
      घनश्याम पौडेल, पोखरा
      [७]
      महान
      देशका किसान
      माटाको सुगन्धको सान !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [८]
      कृषि
      गरेर परिवर्तन
      गरिबसँग हुनेछ धन !
    • तेजप्रसाद खनाल
      [९]
      कृषि
      किसानको मेहनत
      सबैको जीवनदाता अनवरत !
    • प्रेम थापा “मन”, बागलुङ
      [१०]
      देशको
      अवस्था हेरेर
      हुँदैन कृषि गरेर !
    • नारायणप्रसाद अम्मै
      घोडाघोडी-१, कैलाली
      [११]
      रोजेको
      माटोले खोजेको
      आदिदेखि हलो कोदाली !
    • निलकण्ठ काठमाण्डौँ
      [१२]
      पेशा
      उच्च महान
      कृषि कर्म जान !
    • मङ्गला उपाध्याय, बारा
      [१३]
      युवा
      देशमा परिश्रम
      पसिना चुहाउँदै माटोमा !
    • मिलन के. सी.(थापा), पोखरा
      [१४]
      हरियाली
      डाँडाकाँडा हिमाल
      पारी निलो आकाश !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१५]
      वृद्धि
      ल्याऔँ समृद्धि
      गरेर उन्नत कृषि !
    • शोभा आचार्य गौतम
      काठमाडौँ
      [१६]
      कृषि
      आवश्यक अति
      नीतिमा हुँदै बेथिति !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [१७]
      कृषि
      परम्परागत खेती
      किसानको पसिनाको क्षति !
      -पशपति राई, खोटाङ
      [१८]
      कृषि
      युवामा मेहनत
      भोली देशको भविष्य !
    • डुकछिरिङ लेपचा
      मिरिक, दार्जीलिङ, भारत
      [१९]
      किसान
      धर्तिको पुत्र
      सिंचिन्छ आफ्नो पसिना !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु नपा-३
      [२०]
      नारेको
      हलो जोतेको
      कृषिमा दैव हारेको !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [२१]
      पाैरख
      पाखुरीमा गर्व
      हाम्राे कृषि कर्म !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [२२]
      किसान
      चट्यान फाेर्दै
      कृषि क्रान्तिकाे चिनारी !
    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [२३]
      धर्ती
      दिएर अर्ती
      आफूले दिन्छ असर्फी !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [२४]
      युवा
      कृषिमा क्रान्ति
      आफ्नै पौरखमा रमाउँदै !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [२५]
      खेती
      परम्परागत रीति
      डामाडोल छ स्थिति !
    • तोयानाथ चापागाईं, झापा
      [२६]
      किसान
      पेशागत स्वाभिमान
      आत्मानिर्भरता मातृभूमि पहिचान !
    • तोया घिमिरे
      शंखमुल, काठमाडौँ
      [२७]
      हलो
      लोपोन्मुख भयो
      ट्रयाक्टरको जमाना आयो !
    • सरिता सेढाई, धादिङ
      [२८]
      किसान
      जाेतेर खेतबारी
      उब्जाउँदै अन्न पाखाभरि !
    • नारायणप्रसाद उपाध्याय, कैलाली !
      [२९]
      खेतबारी
      उर्वरता माटो
      साँढे जुधाइको पाटो !
    • डिल्लीराज घिमिरे, अर्घाखाँची
      [३०]
      कृषक
      सच्चा धर्तीपुत्र
      सादा स्वच्छ परिश्रमी !
    • सुधा बाँस्कोटा, ढकाल
      [३१]
      किसान
      सुन फलाउँदै
      बञ्जर भूमि जोतेर !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [३२]
      किसान
      देशको सान
      जोत्छन् बन्जर भूमी ! – – – त्रिलोक रामदाम
      सि.न.न.पा.-८, भैरहवा
      [३३]
      कृषक
      परिश्रमी मन
      गरौ सबैले सम्मान !
    • समुन्द्रा शर्मा, सुनसरी
      [३४]
      अनाज
      छर्ने जमिनमा
      युवा फर्क नेपालमा !
    • जमुना कायस्थ, पोखरा
      [३५]
      कृषि
      हलो गोरु
      जोतेर के गरुँ ?
    • होम प्रसाद
      धरान, सुनसरी
      [३६]
      किसान
      कृषिक़ो पहिचान
      आत्मनिर्भर सुन्दर स्वाभिमान !
    • सरस्वती श्रेष्ठ, रुपन्देही
      [३७]
      कृषक
      बगाएर परिश्रम
      सुन फलाउने काम !
    • बेदु न्यौपाने, काठमाडौँ
      [३८]
      हरियो
      चारैतिर भरियो
      देशमै ममता गरियो !
    • भगवती दवाडी, झापा
      [३९]
      कृषि
      बनाउँछ मेहनती
      देशमा सुन पलाएर !
    • सम्झना थापा मगर
      स्याङ्जा
      [४०]
      अन्न
      गर्दै जोहो
      सबैको स्वदेशकै मोह !
    • सरिता काफ्ले
      कोहलपुर, बाँके
      [४१]
      कृषक
      माटोको पुजारी
      सुनले भर्ने भकारी !
    • कविता आचार्य, कैलाली
      [४२]
      कृषक
      हलगोरुको साथमा
      उत्पादन शून्य जीवनमा !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [४३]
      कृषि
      देशको स्वाभिमान
      स्वदेशमै खोजौ पहिचान !
      दुर्गा भट्टराई, मोरङ
      [४४]
      कर्म
      कृषि जिवन
      निस्फिक्री नि:शर्त परिश्रम !
    • घनश्याम पौडेल
      गौरीगंगा नपा-९, कैलाली
      [४५]
      किसान
      पस्ना चुहैना
      जिनगी चलैना निसान !
    • सागर कुस्मी, कैलाली
      [४६]
      कर्म
      कृषि कार्य
      हातमुखको जोहो अनिवार्य !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [४७]
      श्रम
      आफ्नै माटोमा
      उब्जाऔँ मीठो फल !
    • शारदा गौतम आचार्य
      [४८]
      भगवान
      बचाउने प्राण
      कृषकलाई खोइ सम्मान !
    • केन्द्रप्रकाश बराल
      [४९]
      कृषक
      मेहनत गर्दा
      सुन फल्छ खेतबारीमा !
    • उर्मिला के.सी., धनकुटा
      [५०]
      किसान
      हलाे गाेरु
      भरपर्दो कृषि प्रणाली !
    • भवानी घिमिरे, सर्लाही
      [५१]
      कृषक
      खोतबारी जोत्दै
      के रोप्ने नसोद्धै !
    • अच्युत घिमिरे
      सर्पाङ, भुटान
      [५२]
      कृषक
      युवा विदेशमा
      बुढाबूढीले धान्न नसक्ने !
    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२३

    साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६३

  • १९ आश्विन २०८०, शुक्रबार १२:४३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रिसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६३ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०६/१५ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………
    पञ्चाङ्ग:०१
    गरीब र दुःखी रुनु परेको छ।
    आँसुले मुहार धुनु परेको छ।
    सानालाई ऐन ठूलालाई चैन,
    धनीको गोडामा छुनु परेको छ।
    टुट्दा मन एक हुनु परेको छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    चाडबाड त आयो तर के गर्नु।
    कमाई सुको छैन घर के गर्नु।
    सँधै यस्तै पीडा विदेशमा पनि,
    आफूलाई जे होला पर के गर्नु।
    चौतारीमा एकलो वर के गर्नु।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३

    खुसी कता भाग्यो आज।
    अशान्ति यो जाग्यो आज।
    बुद्ध जन्मिएको देश,
    जन न्याय माग्यो आज।
    देख्दा दुःख लाग्यो आज।
    ▪️शोभा आचार्य गौतम
    काठमाडौँ
    ,
    पञ्चाङ्ग:०४
    सोझा साझाको दिन गिर्दै गएको छ।
    भ्रष्ट लठेत तक्मा भिर्दै गएको छ।
    इमान्दारीताको कहाँ कदर यहाँ,
    यी तस्करीले मुटु चिर्दै गएको छ।
    सामन्तीहरु भित्र छिर्दै गएको छ।

    कमला देवकोटा, पाल्पा

    पञ्चाङ्ग:०५

    नुन पुग्दैन महङ्गी चर्को छ।
    छैन घर खर्च झर्कोफर्को छ।
    कसरी चलाउने व्यवहार,
    दोष मेरो देखाउने अर्को छ
    अन्यायमा परेकाको लर्को छ।।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०६
    जनताको जीवनस्तर तल झर्दै छ।
    विकृतिले हाम्रो राम्रो सँस्कृति मर्दै छ।
    न कान सुन्छ न त आँखा नै देख्छ बरै,
    ज्युँदो लास जस्तो सरकार के गर्दै छ।
    अझै पनि चोखो भएको भ्रम छर्दै छ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०७

    दसैँ आयो खान पाइन्छ ।
    मामा घर जान पाइन्छ ।
    टीका लाउने वडाबाट ,
    आशीर्वाद मान पाइन्छ ।
    सँस्कृतिकाे सान पाइन्छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०८
    बेइज्जतिलाई कहाँ लाज हुन्छ र सानी।
    सुन्ने भएता पनि कैले पो सुन्छ र सानी।
    ठगी खान पल्केकाले नसुन्दा नि भयो,
    स्वार्थीले राम्रो कुरा कहाँ गुन्छ र सानी।
    इज्जतै छैन भने गतिलो चुन्छ र सानी।

    • बेदु न्यौपाने, काठमाडौँ ❤️

    पञ्चाङ्ग:०९
    दसैँ कसैको पासा हुन्छ।
    बालपनामा खासा हुन्छ।
    महँगीले झन् शिखर चढ्यो,
    उज्यालो नभई बासा हुन्छ।
    नयाँ लाउने आशा हुन्छ।
    भगवती दवाडी ,दमक, झापा

    पञ्चाङ्ग:१०
    न त उद्योग धन्दा खोल्छ न बारी खनाउँछ सरकार।
    उत्पादन शुन्य पारी लोकतन्त्र भनाउँछ सरकार।
    सोझासाझा जनता भोट दिँदा दिँदा हैरान भइसक्यो,
    चुनिन्छ त्यही नेता महिनैपिच्छे बनाउँछ सरकार।
    हेर्दा सुकिलो छ तर भ्रस्टाचार गनाउँछ सरकार ।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:११
    सुन्दर कागजकाे पाना पनि,कहिलेकाहीँ केरिन सक्छ।
    हासाे मात्रै हुँदैन जीवन,राेदनले पनि घेरिन सक्छ।
    आज म माथि छु भनेर घमण्ड नगर्नुहाेस् महाेदय,
    तिमीप्रति दुनियाँले हेर्ने नजर पनि त फेरिन सक्छ।
    बलवान हुन्छ समय हजुर परिस्थिति बेरिन सक्छ।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१२
    टोकेर टोकिन्न समयलाई।
    ठोकेर ठोकिन्न समयलाई।
    समय देखि भाग्नै सकिदैन,
    बोकेर बोकिन्न समयलाई।
    रोकेर रोकिन्न समयलाई।

    ✍️अच्युत घिमिरे, भुटान🇧🇹

    पञ्चाङ्ग:१३
    पानी परेर दुःख दिएको छ।
    जसोतसो मान्छे जिएको छ।
    मौसमले कति सताएको,
    दु:खीको पसिना पिएको छ।
    कतिको ज्यान पो लिएको छ।
    ह्यारिस

    पञ्चाङ्ग१४

    फेरिँदो मौसम चिसोतातो बदला पिएको छ ।
    आकाशले गह्रुँगो बादल साथैमा लिएको छ ।
    खुल्ला आकाशमुनि काम गर्नेको पीडा के थाहा
    मनसुन न खेतीबाली भित्र्याउन दिएको छ ।
    किसान समयको मौका हेर्दाहेर्दै खिएको छ ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६३

    उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर तथा बिभिन्न समान हस्तान्तरण।

  • १८ आश्विन २०८०, बिहीबार १८:५७ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगंज / उपकार सेवा नेपाल संस्थाले व्हीलचेयर तथा बिभिन्न समानहरु हस्तान्तरण गरेको छ।

    शारीरिक अपाङ्गता भएको पर्सा जिल्ला निवासी बिरगंज-२८ बगहीका ६२ बर्षिय करिमन रामलाई उपकार सेवा नेपाल संस्थाले एक थान व्हीलचेयर सहयोग गरेको छ।

    त्यस्तै ठोरी गाउँपालिका-१ भगवान नगर स्थित अवस्थित रहेको बृद्धावृद्धि आश्रममा पुगेर आश्रय लिएर बसेका करिब २५ जना बृद्धबृद्धा तथा अशक्त असाहाय निसाहायको उपभोगको लागी चामल -२ बोरा, मसुर दाल ,खाने तेल ,रिफाईन तेल ,पिठो,भुजा नुन,लुगा धुने सर्फ, साबुन, टोवाईलेट साफा गर्ने हार्पिक,फिनाईल ,ब्रस,
    मसला तथा बेसार (हर्दी) धुलो खुर्सानी, जिरा, धनिया धूलो डाईफर एडलट को १०० थान
    सो संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगीले सदस्य सुमन बगेडिया द्वय,आश्रमको सदस्य, समाजिक अभियन्ता प्रकाश थारू तथा एम्बुलेन्स चालक राम बहादुरको उपस्थितमा एक कार्यक्रम बीच सामानहरु हस्तान्तरण गर्नु भएको सामजिक अभियन्ता प्रकाश थारूले यस ऑनलाइनलाई बताउनु भयो।

    Posted in मुख्य खबर, समाजLeave a Comment on उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर तथा बिभिन्न समान हस्तान्तरण।

    अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

  • १८ आश्विन २०८०, बिहीबार ११:२२ मा प्रकाशित
  • काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ ।

    यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ । व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो !

    भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु पनि अनुरोध गरेको छ ।

    विगतमा विभिन्न मुलुकबाट स्वदेश फर्कंदा विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान नेपालको विमानस्थलसम्म पु¥याइदिनु र विमानस्थलमा आफ्नो मान्छेले लिन आउने भनेर दिएर पठाउने गर्दै आएका थिए ।

    यसपालि मोटरसाइकलको बे्रक सुको आवरणमा एक क्विन्टल सुन भित्रिएपछि झस्किएको विमानस्थलसहित भन्सार कार्यालयले विभिन्न आवरणमा अवैध सामान भित्रिएला र सोझासिधा फस्ला भनेर अग्रिम रूपमा स्वदेश फर्किनेलाई चेतावनी दिएको हो ।

    विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइलैन्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिले मेरो घरको सामान हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउँछन् र लगेबापत केही पैसा दिन्छु भनेर प्रलोभनमा पारी ल्यापटप, मोबाइल, सुन, घडी आदि पठाउने गरेका छन् ।

    कार्यालयका अनुसार यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्ति कानुनी कारबाहीमा पर्ने घटना बढ्दै गएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-४७

  • १७ आश्विन २०८०, बुधबार ११:२१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सचालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०६/११गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४७[ सचालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~
    पञ्चाङ्ग:०१
    मानिस कला हेर्न पल्किदो रहेछ।
    जता कला छ त्यतै सल्किदो रहेछ।
    मानिसको कलालाई गर्छु सलाम,
    आफ्नो कला आफैँमा टल्किदो रहेछ।
    अशक्त हुँदा याद झल्किदो रहेछ।

    पञ्चाङ्ग:०२
    कसले भन्छ र थोपाथोपा नद हुँदैन।
    संरचना मिले पनि राम्रो कद हुँदैन।
    हेर्नुस् झिँगटा मिलाएर मानिस बनेको,
    मिहिनेतको खास मूल्य र पद हुँदैन ।
    नखोज्नू है कलाको अन्तिम हद हुँदैन ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३
    मान्छेको आकार बन्दो रहेछ मिलाउन सके।
    जराबुटामा राम्ररी आकार दिलाउन सके।
    पौरखी हातहरुलाई सलाम गर्दछु मैले,
    जिन्दगी सुखी बन्छ होला खुसी पिलाउन सके।
    दिन गएको पत्तो हुन्न होला कलामा बिलाउन सके।
    ह्यारिस

    पञ्चाङ्ग०४
    एक अर्काका छन् ओखती जानेमा मलाई यहाँ।
    रोपेमा फल्दछ असर्फी जोगाए भलाई यहाँ।
    छहारी र सहारा बनाउँला बुढ्यौलीमा पनि ,
    चरा र प्राणीको नास छ जङ्गल जलाई यहाँ।
    पहिरोमा थाम्छु काँध आफैँलाई गलाई यहाँ।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ:०५
    सबैले चाहेको हुँदैन पद यहाँ।
    स्वच्छ र निर्मल भएन नद यहाँ।
    कलाकारले कला दिए अनुभूति,
    मेहनती तिम्रा खै ठूलो कद यहाँ।
    मानिसको छ कलाकार हद यहाँ।
    भगवती दवाडी ,झापा

    पञ्चाङ्ग :०६

    मानव आकारको चित्र झल्केको छ।
    वृक्षहरुको जरो बन्न पल्केको छ।
    बोट बिरुवा जरो रहेछ सक्कल ,
    रुखहरुमा जड बनी अल्झेको छ।
    पुनर्जन्मको कर्म फल बल्झेको छ।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:०७

    प्रकृतिको भन्दा फरक चित्र पाएँ।
    हृदयेश वृत्तको रङ्ग भित्र पाएँ।
    यसमा पनि सास भर्न पाए हुन्थ्यो,
    चित्रैमा नै एउटा मैले मित्र पाएँ।
    यसो नियाली हेर्दा आफ्नै पित्र पाएँ ।

    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०८
    लगतमा दृश्य संरचनाको खाल रहेछ।
    जीवनत्व अड्याउने खालको ताल रहेछ।
    दाउरा छैन त पकाउने सुरसार मेटिने,
    भेटिने हरेक परिकारमा झाल रहेछ।
    अगाडि राम्रो देख्दा पछाडि झन् छाल रहेछ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:०९
    हरेक चिज राम्रो देखिदो रहेछ मिलाउन सके।
    फाटेको मन पनि जोडिन्छ राम्ररी सिलाउन सके।
    यहाँ वैमनस्यता भन्ने कसैमा पनि हुने थिएन,
    नराम्रो कुरा पनि राम्रो बनाएर दिलाउन सके।
    विष आफैं पिइ अरुलाई अमृत पिलाउन सके।
    -पशपति राई खोटाङ।

    पञ्चाङ्ग:१०
    मलाई पनि त यस्तै कला सिक्नु छ।
    राम्राे काम गरी समाजमा बिक्नु छ।
    गर्दा नहुने के छर यस धर्तीमा,
    प्रतिकुल समय आए नि हिक्नु छ।
    जिउने कलाकाे साथमा नै टिक्नु छ।

    उर्मिला के.शी.
    धनकुटा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-४७

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-६२

  • १७ आश्विन २०८०, बुधबार ११:१६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बैसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६२ [बैसठीऔं]

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०६/०८गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………

    पञ्चाङ्ग:०१
    समय आउँछ जान्छ सोध्दैन कसैलाई।
    जो कोहीलाई नै लान्छ सोध्दैन कसैलाई।
    त्यसैले केही बोल्दा सोच्ने गरौँ सबैले,
    जो सुकैको मुटु खान्छ सोध्दैन कसैलाई।
    मृत्युले कसरी हान्छ सोध्दैन कसैलाई।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    फूलमा रमाउँछन् सबै म पातमा रमाऊँ कसरी ।
    तिमी पिरतीमा झुम्दैछ्यौ म घातमा रमाऊँ कसरी।
    यो जिन्दगीमा तिमीलाई बिर्सन त मर्न पर्छ सानू,
    कल्पनाको सुख छोडी दुःख खातमा रमाऊँ कसरी ।
    जून बिना एक्लै यो अँधेरी रातमा रमाऊँ कसरी ?

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३
    दुःख र पीडा बिसाउने ठाउँ चाहिएको छ।
    हाँसोमा हाँसो मिसाउने ठाउँ चाहिएको छ।
    खुसी र पीडा एक अर्काका परिपुरक हुन्,
    भएका दुःख चिसाउने ठाउँ चाहिएको छ।
    दुश्मनलाई पिसाउने ठाउँ चाहिएको छ।
    ह्यारिस

    पञ्चाङ्ग:०४
    दिनमा पुतली जस्तै उडेर फूलमा रमाऊ।
    रातमा लामखुट्टेले टोक्छ है झुलमा रमाऊ।
    रात दिनको मिलन बिन्दु मनमा राखेर हेर,
    मनलाई चञ्चल नगर आफ्नै कुलमा रमाऊ।
    चाडपर्व आयो नि परिवारको हुलमा रमाऊ।
    बेदु न्यौपाने
    काठ माडौँ ❤️
    पञ्चाङ्ग:०५

    sss, iis, isi, iis, ssi, ssi, s

    कौसीमा बसियो अलाप रटियो, जो मेल मेरै भयो
    साथीको मनमा रहेर किन हो, आलाप धेरै भयो
    कहाँको रणमा बचेर अमली ,सोचेर काट्ने थियौ
    साथीको मुटुमा अनेक घटना, आएर खेरै भयो
    चौतारी कसको अजान पथमा, सोचेर तेरै भयो ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग:०६

    डुबेको घामसँगै झुल्के घाम पर्खेको छु यहाँ।
    मुस्कान ल्याउन पीडा सबै नै खर्चेको छु यहाँ।
    पानीको चक्रसँगै छ मेरो अस्तित्व गाँसिएको,
    पहाडलाई सारा खुशीहरु अर्पेको छु यहाँ।
    प्रकृतिमा खेल्न बादलसँग तर्केको छु यहाँ।

    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०७
    तिमीलाई हेर्दा हेर्दा यो ज्यान जानी भयो सानू।
    तिम्रो बोली सुन्दै निदाउने पो बानी भयो सानू।
    तिम्रै यादमा आजभोलि दिन अनि रात बित्छन्
    सोच्छु तिम्रै पिरले मलाई नै खानी भयो सानू।
    पीरको पसिनाले जिउ ज्यान पानी भयो सानू ।।
    बाबुराम पाण्डे
    अर्घाखाँची

    पञ्चाङ्ग:०८
    फुल्दैछन् आगनमा रङ्गीचङ्गी फूल हेर।
    आकाशमा उड्यो माल चराको हूल हेर।
    सरद् ऋतु आगमनको आभास हुदैछ,
    फल लागेका बोटमा मुनाको झुल हेर।
    कलिला मुना टिपेर नगर भूल हेर।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९

    आफ्नै छन् दुनियाँ पढी रमाऊँ साथैमा।
    एकले अर्काको हात समाऊँ साथैमा।
    एकतालाई जागृत दिएर सबैले,
    काम गर्दै रक्षा भर्दै कमाऊँ साथैमा।
    मिलेपछि के नहोला जमाऊँ साथैमा।

    जमुना आचार्य

    पञ्चाङ्ग:१०
    पर्खेर बसेँ,आएन खुसी, गलाएर गयौ।
    आशाको ठूलो रूख रोपेर ढलाएर गयौ।
    सुनेका कुरा बिर्सि दिएँ,देखेका सम्झि रहेँ,
    बिजुली चम्काएर सपना जलाएर गयौ।
    बिना बोटमा झुप्पा फसल फलाएर गयौ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    पञ्चाङ्ग११

    फूलमा रमाउँछन् सबै तिमी पातमा रमाउन सिक ।
    पिरतीमा सबै रम्द‌ैछन् तिमी घातमा रमाउन सिक ।
    जिन्दगीकाे महासागर तर्दामा तिघ्रा नकमाइकन ,
    पौडिएर आफैँ पराकाष्ठाकाे खातमा रमाउन सिक ।
    उज्यालोमा मात्रै नभै अँधेरी रातमा रमाउन सिक ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१२
    ओेमकार हटाएर राख्ने भनेर भन्दछन्
    यही चर्चा गरी मान्छे संख्या गनेर भन्दछन्
    कति संख्या रहेछन् ती ओेमकार विरुद्धमा
    आपसमा कुरा गर्दा क्राेधी बनेर भन्दछन्
    हाेच्याएर कसैलाई खाल्डाे खनेर भन्दछन्।

    ताेयानाथ सुवेदी
    काँडाघारी काठमाडौं

    पञ्चाङ्ग:१३
    कुकुरले कुकुर सित जति झगडा गरे पनि।
    साँढेहरु जुधेर एक अर्काको सिङ झरे पनि।
    मान्छेले मान्छेलाई जस्तै शिकार नगर्दो रहेछ,
    चाहे त्यो कैयौं दिनदेखिको भोकभोकै परे पनि।
    त्यतिकै नै बस्दो रहेछ त्यो बरु भोकले मरे पनि।

    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:१४
    शब्दकोषबाट ओम निकाल्ने भन्छन्।
    त्यसको बदला अर्कै के हाल्ने भन्छन्।
    मानिसमा कुमति लाग्न थाले पछि ,
    उल्टो दिशातिर पाइला चाल्ने भन्छन्।
    हिन्दूवादीहरूको मुख टाल्ने भन्छन्।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:१५
    तिम्रा लागि प्रगति पथको बाटोमा उभिन सकूँ।
    जस्तो भए नी आफ्नै नेपाली माटोमा उभिन सकूँ।
    एक रथको दुई पाङ्ग्रा भै जिन्दगीको दौरानमा,
    हिङ्ग नभएनी हिङ्ग बान्ने खाटोमा उभिन सकूँ।
    धर्खराउँदै भए नि तिम्रो पाटोमा उभिन सकूँ।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:१६
    जीवनसँग हार भयो मैले जितिनँ।
    नचाहिँदो कै पार भयो मैले जितिनँ।
    फेरि म जित्न भनेर होइन जन्मेको,
    सपनाको नै मार भयो मैले जितिनँ।
    निषेधात्मक सार भयो मैले जितिनँ।

    ✍️अच्युत घिमिरे,सर्पाङ,भुटान🇧🇹

    पञ्चाङ्ग:१७
    कहाँ हाेला नेटाे काटी मलाई छली हराकाे मान्छे।
    तिमी जता भएपनि मैले मन पराएकाे मान्छे।
    आखिरमा जानु नै थियाे त किन आयाै समिपमा,
    तिमीले छाेडी गएपनि मैले प्रेम भराकाे मान्छे।
    क्षितिज पारी गएपन मन त्यता सराकाे मान्छे।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१८
    थाहा छैन ऊ जितेर गयो या त हारेर गयो।
    तर आज सबैलाई अलपत्र पारेर गयो।
    हामी गरिबको खून र पसिना लुटेर एक्लै,
    अनयासै यो बिच सडकमा पछारेर गयो।
    हेर जानाजानी यो दुनियाँलाई मारेर गयो ।

    विवश पारदर्शी
    झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-६२

    १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८० सम्पन्न, एक करोड भन्दा बढीको आर्थिक  कारोबार

  • १० आश्विन २०८०, बुधबार ००:१५ मा प्रकाशित
  • मुग्लिन ! चितवन जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपलिकाको  कुरिनटारमा भाद्र २७ गतेदेखि असोज ७ गतेसम्म  चलेको १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८०  आइतबार समापन भएको छ ।


    हामी सबैको चाहाना समृद्ध इच्छाकामना’ भन्ने नारालाई  आत्मसात गर्दै इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र  इच्छाकामना गाउँपालिका वडा नं. ४ को वडा कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एमको सह–आयोजनामा भएको उक्त महोत्सवको समापन समारोह इच्छाकामना गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
    समापन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले महोत्सवले इच्छाकामना गाउँपालिकाको पहिचानमा थप टेवा पुर्‍याएको बताउनुहुँदै आर्थिक चलायमान बनाउन पनि निरन्तर रुपमा यस्तो किसिमको मेला महोत्सव आवश्यक रहेको बताउनुभयो । महोत्सवले कृषिजन्य बस्तुहरुको बजारीकरण, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रबर्दन आदिको प्रचार प्रसार एवम् प्रबर्दन हुने भएकोले यस्तो किसिमको मेला महोत्सवलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।


    भाद्र २७ देखि असोज ७ गते सम्म लागेको महोत्सवको मुख्य–प्रायोजन मनकामना दर्शन प्रा.लि, प्रायोजकमा यति वेभ्रेज प्रा.लि. र सह–प्रायोजक रिभर साइड स्प्रिङ्ग रिसोर्ट तथा महेन्द्र सो रुम कुरिनटार रहेको उक्त महोत्सवमा एक करोड बढीको आर्थिक  कारोबार भएको इच्छाकामना गाउँपालिका वडा नं. ४ का अध्यक्ष एवम् मुल समारोह समितिका संयोजक रुद्र प्रसाद उप्रेतीले बताए । उनका अनुसार महोत्सव आधालाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा कृषिजन्य सामाग्री, स्थानिय स्तरमा उत्पादित विभिन्न समाग्रीहरु, लत्ताकपडा, संगै अटो मोवाइल समेत राखिएको थियो । महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउन थोरै भए पनि टेवा पुगेको संयोजक उप्रेतीले बताए । विषम परिस्थितिमा महोत्सव गरेका थियौं, मुलुकको आर्थिक अवस्था नाजुक थियो । उद्योगी–व्यवसायी बैंकको ब्याज बृद्धि र खस्किएको अर्थतन्त्रका कारण थप धरासायी थियौं । यस्तो बेला महोत्सवले केही राहत मिलेको आयोजक्ले अनुभूति गरेको  छ । महोत्सव सफल भएको छ, उप्रेतीले भने ।


    त्यस्तै कार्यक्रमका संयोजक एवम् इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुले यस क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवले इच्छाकामनाको उद्योग पर्यटन विकास पहिचान एवम् प्रबर्द्धनमा टेवा पुगेको बताए । यस अघि इच्छाकामना उद्योग वाणिज्य संघले इच्छाकामना एफ एम संगको सहकार्यमा ०७५ सालमा पहिलो पटक प्रथम इच्छाकामना महोत्सव आयोजना गरेको थियो ।
    महोत्सवमा विभिन्न स्थानीय उत्पादित बस्तु सेवा एव व्यवसायिक कृषि उपज राखिएका थिए ।  पाँच बर्षपछि इच्छाकामनामा बृहत रुपमा महोत्सव हुन थालेपछि स्थानीयलाई मेला अवलोकन किनमेल एवम् मनोरन्जन पुगेको दावी गरिएको छ । महोत्सवमा स्थानीय कला संस्कृतिका विभिन्न परिकारका साथै विविध सेवा राखिएको र महोत्सवबाट सन्तोषजनक कारोबार भएको दावी गरिएको छ । महोत्सव भव्य एवम् सभ्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । महोत्सव समापन कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी उद्योगी व्यावसायी विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।
    कार्यक्रममा महोत्सवलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था एवम् सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै सम्मान पत्र प्रदान गरिएको महोत्सव मूल समारोह समितिका सह–संयोजक दान बहादुर गुरुङ्गले बताए । कार्यक्रमको सञ्चालन इच्छाकामना उद्योग बाणिज्य संघका उपाध्यक्ष कुमार श्रेष्ठ र रिता नेपालले गरेका थिए ।

    यस्तो बृहत महोत्सव सफल रुपमा गराउन साथ सहयोग गर्नुहुने मुल समिती तथा उप समितीका साथै सम्पुर्ण स्वयंसेवकहरुलाइ आयोजकले धन्यवाद दिदै  यस महोत्सव को बिशेष समिक्षा गर्दै आगामी बर्षहरुमा अझै सुधार गर्दै महोत्सव आयोजना गर्ने आयोजकले जनायो । 

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८० सम्पन्न, एक करोड भन्दा बढीको आर्थिक  कारोबार

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२२

  • ८ आश्विन २०८०, सोमबार २०:४२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    जनसागर
    जनताको माग
    चुनौती एवम् दबाब !

    • वसन्त अनुभव
      [२]
      भिडभाड
      भयानक मानिसहरू
      देश कुल्चेर अगाडि !
    • डुकछिरिङ लेपचा
      मिरिक डुपटिन, भारत
      [३]
      आन्दोलन
      शिक्षक शिक्षिका
      अलपत्र विद्यार्थीको भविष्य!
    • बालकृष्ण खनाल
      [४]
      शिक्षाविधि
      आ-आफ्नै जिद्दी
      माग गर्नु बुद्धिजीवी !
    • जमुना कायस्थ, पोखरा
      [५]
      दबाब
      नदिए नहुने
      माग पूराको आधार !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [६]
      जुटेर
      अधिकार पाउन
      सबैतिर मिलेर धाउन !
    • गङ्गा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [७]
      गुरु
      समानता खाेज्दै
      झाेला च्यापेर आन्दाेलित !
    • राेशन पराजुली, धरान
      [८]
      उत्रिए
      शिक्षक बाटोमा
      अधिकारको लागि उर्लिए !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [९]
      शिक्षकहरू
      सम्पूर्णको आन्दोलन
      मागहरू तत्कालै दिलाउन !
    • भगवती दवाडी, दमक, झापा
      [१०]
      कुरा
      अधिकार सम्मानका
      धोखा आफ्नै नाइकेबाट !
    • तेजप्रसाद खनाल, दाङ
      [११]
      शिक्षकहरू
      आन्दोलन गर्दै
      अधिकार प्राप्तिको लागि !
    • उर्मिला केसी, धनकुटा
      [१२]
      आन्दोलन
      विशाल जनसागर
      शिक्षकको हकमा सिमित !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [१३]
      शिक्षक
      बन्द शिक्षालय
      कसरी हुन्छ उदय ?
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [१४]
      शिक्षण
      गुरुवर्ग सडकमा
      दिँदै व्यवहारिक शिक्षा !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [१५]
      मुद्दा
      देखियो अनेक
      कारक शिक्षा विधेयक !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      गाेरखा
      [१६]
      मैन
      बलेर दिप्ती
      आफू जलेर सकिने !
    • आर्त अकुलीन, कैलाली
      [१७]
      आन्दोलन
      सामुहिक सौदाबाजी
      समानता भए राजी !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१८]
      आन्दाेलन
      मागकाे नीति
      नियम कानुनमा बेथिति !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      सुदूरपश्चिम, अछाम
      [१९]
      शिक्षक
      आशाको किरण
      अलमलिएको भविष्य खोज्दै !
    • दुर्गा आचार्य, मोरङ
      [२०]
      शिक्षक
      आन्दोलनमा होमिएका
      कोही नसामै झुमिएका !
    • चक्र शाही, लम्की, कैलाली
      [२१]
      बेरोजगार
      उत्पन्न स्थिति
      काम नभएका मान्छेहरू !
    • गुणनिधि घिमिरे, अमेरिका
      [२२]
      शिक्षक
      अधिकारको माग
      आन्दोलनमा होमिए खास !
    • सम्झना थापा मगर, स्याङ्जा
      [२३]
      शिक्षक
      माग बराबरी
      बस्छ सरकार हेरी ?
    • बेदु न्यौपाने, काठमाडौँ
      [२४]
      शिक्षक
      उता गोलमोल
      विद्यार्थीको पढाइ डामाडोल !
    • सरिता सेढाइ, धादिङ
      [२५]
      गुरु
      आन्दोलन शुरू
      विद्यार्थीको भविष्य धुरुधुरु !
    • पशपति राई, खोटाङ
      [२६]
      सरकार
      जनसागर हेर
      पल्टिन लाग्दैन बेर !
    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
      [२७]
      नेता
      बनाए खेलाैना
      सुनेनन् शिक्षकका बिलाैना !
    • निरज कोइराला
      [२८]
      आन्दोलन
      भव्य सागर
      लागेन कुनै टुङ्गो !
    • तोयानाथ चापागाईं
      दमक, झापा
      [२९]
      सङ्घर्ष
      परिवर्तनकाे खुड्किला
      गुरु समाजकाे गहना !
    • भवानी घिमिरे, सर्लाही
      [३०]
      आन्दोलन
      कथित वार्ता
      हात्ती आयो फुस्सा !
    • घनश्याम पौडेल, पोखरा
      [३१]
      गुरु
      आन्दोलन होइन
      विद्यार्थी पढाउ खुरुखुरु !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [३२]
      समाचार
      शिक्षक आन्दोलन
      बराबर बनाउ अधिकार !
    • पृथक प्रकृति, झापा
      [३३]
      गुरु
      ओर्लेर सडकमा
      थर्काउने भए ब्रह्माण्ड !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३४]
      गुरूहरू
      सडकमा कुर्ले
      जनताभन्दा माथि कोही !
    • मधुसुदन शर्मा
      [३५]
      आन्दोलन
      एकतामा सबै
      अधिकारको खोजिनिती गर्दै ।
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा
      [३६]
      आफ्नो
      सुविधाको लागि
      विद्यार्थीको भविष्य त्यागी !
    • जित सेरेङ मादेन
      पाँचखपन न.पा.१, संखुवासभा
      हाल: बहराइन
      [३७]
      उपेक्षित
      अधिकारको सङ्घर्ष
      झोले खोले मोले !
    • कण्ठराज गिरी
      [३८]
      गुरु
      विद्याश्रम छाडेर
      माईतीघरमा मेला भर्दै !
    • ध्रुव श्रेष्ठ
      खोटाङ बजार, हाल: काठमाडौँ
      [३९]
      सरकार
      देखाउँने दाँत
      शिक्षा स्वास्थ्य अस्तव्यस्त !
    • त्रिलोक रामदम
      [४०]
      आन्दोलन
      सडकको जलन
      न्याय माग्ने चलन !
    • सरस्वती वली
      बर्दिया, नेपाल
      [४१]
      सदाशय
      हक अधिकार
      खोसेर लिनुस् महोदय !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३, काभ्रे
      [४२]
      सरकार
      तँलाई धिक्कार
      कलम कि तरबार ?
    • दुर्गा अधिकारी भमरकोटे
      [४३]
      हरे !
      राज बेथितिकाे
      प्रताडित आम सर्वसाधारण !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४४]
      शिक्षक
      हुन् पथप्रदर्शक
      समाज रुपान्तरण कर्ता !
    • तिला लेकाली
      [४५]
      आन्दोलन
      उर्लियो जनसागर
      निष्कर्ष बन्यो उपलब्धिविहिन !
    • धनमाया चौधरी, कैलाली
      [४६]
      जनसागर
      उर्लियो सडकमा
      आफ्नो अधिकार माग्न ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [४७]
      आन्दोलन
      समयको माग
      आवश्यकता आमूल परिवर्तन ।
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [४८]
      ज्यादती
      झोले प्रतिनिधि
      व्यर्थ हैरान बेइज्जती !
    • विवश पारदर्शी, झापा
      [४९]
      शिक्षक
      नेताका गुरु
      देखिने अनेक चटक !
    • घनश्याम पौडेल
      गौरीगङ्गा-९, कैलाली
      [५०]
      आन्दोलन
      सरकारी मास्टर
      विद्यार्थीको भविष्य चौपट !
    • रघु थापा
      [५१]
      चाहाना
      आत्मसम्मान स्वाभिमान्
      देशका सबै शिक्षक !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [५२]
      आन्दोलन
      उर्लियो सागर
      तर निष्कर्ष धोका !
    • दुर्गा भट्टराई, मोरङ
      [५३]
      शिक्षक
      पैसा कमाउने
      व्यवहार अति गनाउने !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [५४]
      उफ्
      कस्तो शासन
      जेसुकै प्राप्तिमा आन्दोलन !
    • केन्द्रप्रकाश बराल, इलाम
      [५५]
      आन्दोलन
      भयो बेतुकको
      मारमा विद्यार्थी शिक्षक !
    • रमेश प्रभात, चितवन
      [५६]
      शिक्षक
      नगर्नु भक्षक
      बनिरहनु सदा सजग !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [५७]
      सुनेन
      सरकारले मर्का
      त्यसैले जनसागर उर्लेको !
    • मङ्गला उपाध्याय, बारा
      [५८]
      न्याय
      पाउनको लागि
      सडकमा उर्लेको जनसागर !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [५९]
      आन्दोलन
      भविष्य बिगार्ने
      आफ्नै गोजी तिखार्ने !
    • अम्विका अधिकारी
      झापा, विर्तामोड
      [६०]
      न्याय
      खोज्दै जनसागर
      कुरा बुझिदेऊ सरकार !
    • मिलन के. सी.(थापा), पोखरा
      [६१]
      मैन
      जल्दै तप्तप
      जीवन्त जीवन हप्हप!
    • कमला देवकोटा, पाल्पा
      [६२]
      विद्यार्थी
      आज खस्केलान्
      शिक्षक कहिल्यै नउठ्लान् !
    • नन्दलाल आचार्य अक्षान्त
      सिद्धार्थटोल, उदयपुर
      [६३]
      निलो
      छाता ओढेर
      पुगेकी ऊ पनि !
    • युगल त्रिन
      [६४]
      आन्दोलन
      शिक्षकको राजनिती
      बिग्रँदै शिक्षाको आकृति !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [६५]
      आन्दोलन
      अधिकार खोजीको
      सम्मान होस् गुरुको !
    • समुन्द्रा शर्मा, सुनसरी
      [६६]
      गुरु
      पढाउनु खुरुखुरु
      व्यर्थको आन्दोलन छोड्नु !
    • सरिता काफ्ले, कोहलपुर-८, बाँके
      [६७]
      शिक्षक
      तिम्रो जीवन
      खेप्नलाई दोष केवल !
    • प्रेम थापा “मन”, बागलुङ
      [६८]
      शिक्षक
      अगाडि बढ्नु
      अधिकारको लागि लड्नु !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [६९]
      आन्दोलन
      मगन्तेहरूकाे लस्कर
      लस्करमा शैक्षिक तस्कर !
    • पागल भिक्षुक, कैलाली
      [७०]
      शिक्षक
      मर्यादाक्रम नहुने
      माथि हुन्छ ऊ !
    • नरेन्द्रबहादुर क्षेत्री
      बुटवल, रुपन्देही
      [७१]
      शिक्षक
      जीवन निर्माता
      सृष्टिकै जिवित विधाता !
    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२२

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P