साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१] सान बन्द गरौँ आँखा मुख कान !
वसन्त अनुभव [२] अचम्म दुःखदायी व्यवस्था बोल्नै नहुने अवस्था !
नारायण कोइराला तानसेन, पाल्पा हाल: कुवेत [३] मस्तिष्क अवचेतन आकाश एक दुई तीन !
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३८ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३८ जय होस् हजुर चाप्लुसी गर्दै खुट्टा मल्नेहरूको उन्नति अनि प्रगतिमा आरिसले जल्नेहरूको । ~~~~~<•>~~~~~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
[१] सकेजति त झुक्नुपर्छ अनि झुकाउनुपर्छ साम, दाम, दण्ड, भेद उपाय लगाउनुपर्छ । ✍️ वसन्त अनुभव घोराही, दाङ ~~~~~<•>~~~~~ [२] आफैँ सक्षम भए पाे त राम्राे काममा अघि सर्छ असक्षमले त माथि पुग्न लाेलाेपाेताे गर्नै पर्छ । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~~~~~<•>~~~~~ [३] जसरी भएपनि माथि पुग्न हिम्मत कसिन्छ दायाँबायाँ गर्न थाले भने देखी घुँडा धसिन्छ ✍️ बेदु न्यौपाने ~~~~~<•>~~~~~ [४] आरिसेहरू त अरूको प्रगति चाहदैनन् देख्न खुट्टा मल्ने जतिको लिष्ट बनाई अब पर्यो लेख्न । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~~~~~<•>~~~~~ [५] चाप्लुसी गरी खुट्टा मल्नेलाई जय होइन गर्नुपर्छ छि:छि: र थुरथुर यस्ताबाट भाँचिन्न एउटा सिन्को पनि त्यसैले राख्नुपर्छ सदा दुरदुर । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहुँ, हाल चनपा६ मातातीर्थ ~~~~~<•>~~~~~ [६] अर्काको प्रगतिमा आरिस डाहा कहिल्यै नगर्नु सक्छौ हौसला देऊ लान्छना लगाई भ्रम नछर्नु । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ ~~~~~<•>~~~~~ [७] मुखले भने चिप्लो पार्दै बाहिर रोप्छौ छुरा यता मुखले ठिक्क पारेर उता काट्छ्न् कुरा। ✍️ अनिता भण्डारी ताप्लेजुङ ~~~~~<•>~~~~~ [८] कसरी खुट्टा तानेर लडाउने भनी बनेका छन् जम्बु टोली संसारकै चलन भइसकेको छ त नि ! हजुर आजभोलि। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~~~~~<•>~~~~~ [९] खेलको मज्जा लिन पनि दुई चार हुनुपर्छ जल्ने प्रगतिशिल पाइला चालेको देख्दा आरिसले ढल्ने। ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ~~~~~<•>~~~~~ [१०] मुखले राम जपेर भित्रभित्रै धस्छन् छुरा दुई जिब्रेहरूको गरेर, के साध्य छ कुरा ? ✍️ शंकर कार्की ,मकवानपुर । ~~~~~<•>~~~~~ [११] खेलमा मजा लिन्छन्, उता दुईचार जनाले नत्र भने खुट्टा तान्न मिल्दैन यहाँ लज्जाले । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ~~~~~<•>~~~~~ [१२] सागरमाथि उर्लिएको छाल हेर्दाहेर्दै जिन्दगी भो बेहाल । ✍️ रघु थापा सु न पा १. ~~~~~<•>~~~~~ [१३] खुट्टा तान्नेहरूको भिडमा रमाउँदैछु खुसी केही मिल्छ भन्दै लरखराउँदैछु । ✍️ कला ढकाल, झापा ~~~~~<•>~~~~~ [१४] म अगाडि बढ्दै जान्छु, तिमी आरिसले जल्दै गर अर्काको प्रगति देखेर कालै नआई चाडै मर । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~~~~~<•>~~~~~ [१५] सक्षमले राम्रो राम्रो काम सधैँभरि देशकै लागि गर्छ असक्षमले त आरिस गरी खुट्टा तान्न अघि अघि सर्छ । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~~~~~<•>~~~~~ [१६] को नै बनेको छ र यहाँ बलबुताले सक्षम ? चापलुसी त गर्नु नै पर्छ भएपछि अक्षम l ✍️ बाबुराम गौतम, गुल्मी ~~~~~<•>~~~~~ [१७] खुबीवाला आफ्नै बुद्धि र पौरखमा रमाउँछ निरन्तरको मिहेनतले संसार जमाउँछ । ✍️ इमान सिंह के.सि. व्यास९ धनुबेसी,कलेस्ति,तनहुँ ~~~~~<•>~~~~~ [१८] चाकडी चाप्लुसी गरी पानीसाप र गड्यौलो झैँ हिँडाइ गर्नेको चतुर्याइँ ठानिन्छ धाेका दिई बाेली फेर्दै अरूकै खाई मर्नेको । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । ~~~~~<•>~~~~~ [१९] राम्रो होस् यी चोरी ढाटी लुट्नेहरूको मङ्गल भो सयौँ चोटि फुट्नेहरूको । ✍️ कमला देवकोटा, पाल्पा ~~~~~<•>~~~~~ [२०] जीवन घाम र पानीमा चलिरन्छ रिस मान्नेहरू आगोमा जलिरन्छ । ✍️ श्रीकृष्ण धामी – बझाङ ~~~~~<•>~~~~~ [२१] किन गर्नुपर्ने सधैँ ती अरूका कुरा कर्म गर अनि मात्र लक्ष्य हुन्छ पूरा । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची ~~~~~<•>~~~~~ [२२] एउटै छ रूप मान्छेको केवल एउटै छ जात दुनियाँ भनेकै लाग्छ मलाई खुट्टा तान्ने जमात । ✍️ बि.कुलुङ दार्जिलिङ, रंगबुल ~~~~~<•>~~~~~ [२३] कति के भनेर पनि यहाँ हुँदैन मनमा कहिले उसलाई छुँदैन । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ~~~~~<•>~~~~~ [२४] माथि जान पाए जुनसुकै उपाय लगाउने बानी खुट्टा मल्ने चलन आइसकेको छ मल्छु जानाजानी । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~~~~~<•>~~~~~ [२५] नजिक नजिक बन्यो चाप्लुसीको भरमा स्वार्थको झोली भिरेर निमुखाको घरमा । ✍️ प्रेम थापा “मन”बागलुङ ~~~~~<•>~~~~~ [२६] चाप्लुसी खुट्टा मल्नेहरू बुनेर हिँड्दछन् जाल एकदिन आफैँ जालमा परेर हुनेछ काल । ✍️ बिके मुखिया दार्जीलिङ भारत। ~~~~~<•>~~~~~ [२७] काम गर फलको आशा आजै नगर भाग्य आफैँ लेख कसैको भरमा नपर । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ~~~~~<•>~~~~~ [२८] थरीथरीका मान्छेको थरीथरी सोचाइ अनि सोचाइ भन्दा फरक हुने भोगाइ । ✍️ दीपा समभाव खोटाङ्ग ~~~~~<•>~~~~~ [२९] चाप्लुसी गर्छु अघि जान अरूको खुट्टा तान्दै व्यङ्ग्य वाण मार्छु भरसक गरी छुरा हान्दै ! ✍️ विवश पारदर्शी झापा, ~~~~~<•>~~~~~ [३०] झुक्ने झुक्छन् सकेजति पोखिएको टिप्न कालोमोसो आफैँ आफ्नो मुहारमा लिप्न । ✍️ महेन्द्र मान बलामी ~~~~~<•>~~~~~ [३१] माथि चढ्न लगाउँदै छु भर्याङ जल्नेहरू त कति धेरै हौ चाङ । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ~~~~~<•>~~~~~ [३२] कुराहरू खोतल्दै चाप्लुसी गर्न खुट्टा मल्नेहरूलाई
प्रगति गरेर देखाउनु छ रिसले जल्नेहरूलाई ।
✍️ सबिता खड्का, कैलाली ~~~~~<•>~~~~~ [३३] हजार सपना बाेक्दै चिन्तनमा जीवन नढाल क्षमताकाे आकलन विना धर्तिमा बीउ नफाल । हिरालाल न्याैपाने ,बानपा८,काेटमाैला, सल्यान ~~~~~<•>~~~~~ [३४] कहाँ देख्न सक्छन् र यहाँ आफन्तले प्रगति गरेको आफ्नो दु:खमा भन्दा अरूको सुखमा डाहाले मरेको ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ ~~~~~<•>~~~~~ [३५] आरिसले जल्नेहरू आफैँ भष्म हुन्छन् खुट्टा मल्ने जति सबै भविष्यमा रुन्छन्। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ~~~~~<•>~~~~~ [३६] उन्नतिको बहानामा बिगारे भएको थातथलो गोरु चुट्ने बहाना जुराउन नअड्काउनु हलो । ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे ~~~~~<•>~~~~~ [३७] केको मेसो हुन्छ कठै उल्टो उल्टो चल्नेसँग हिसाब किन राख्नु आफ्नै रागले जल्नेसँग । ✍️ पुष्पा राई, बादेल, खाेटाङ । ~~~~~<•>~~~~~ [३८] मनमा पीडा दबाई परदेशमा बसिन्छ कालसँगको युद्ध लड्न त कम्मर कसिन्छ । ✍️ सनत रोकाय बिवश कुशे गा. पा ८, जाजरकोट ~~~~~<•>~~~~~ [३९] प्रगतिको श्रेय अन्धभक्तलाई पनि जान्छ भर्ने छौ पेट देशको ढुकुटीले जति धान्छ । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ ~~~~~<•>~~~~ [४०] असक्षमले नै तान्ने गर्छन् हजुर अरूको खुट्टा चाप्लुसे र आरिसेले कुरा काट्छन् भरी फूलबुट्टा । ✍️ रुना कर्माचार्य दाहाल ,चितवन ~~~~~<•>~~~~~ [४१] यस्तै छ यहाँ जताततै हाम्रो देशको चाला चाकरी अनि चाप्लुसीको मात्र छ बोलवाला। ✍️ ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची। ~~~~~<•>~~~~~ [४२] बोलीले विकास गरी ठगेरै खान पल्केको चाहिँदैन कुनै विकास आफूलाई सजिलो हुनुपर्छ अरूको लागि किन दिनु त नी निकास । ✍️ सुशील शिखा काठमाडौँ कागेश्वरी ~~~~~<•>~~~~~ [४३] कानुन छ अन्धो बैरी भए बन्धु भाइ बाध्य छु ठूलाबडाको खुट्टा मोल्नलाई । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~~~~~<•>~~~~~ [४४] भोक लागे हसुर पानी चाहिए पिऊ भुक्दै नहिँड यसरी मनभरि जिऊ । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । ~~~~~<•>~~~~~ [४५] स्वार्थ साध्न नै होकि उद्दत किन चाकडीमा राेज अन्डर टेबुल उपर टेबुल दिनदिनै भोज । ✍️ रामकृष्ण दुवाडी पाेखरा ~~~~~<•>~~~~~ [४६] चाप्लुसी प्रगति देखेर डाहा गर्नेको राज सोझा साझा र चाप्लुसी नजान्नेको छैन काज। ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~~~~~<•>~~~~~ [४७] असक्षम छु अघि बढ्न पनि गाह्राे तिम्राे त्याे प्रगतिले मुटु जल्याे साह्राे । ✍️ काेेपिला अधिकारी सिरानचाेक-७, गाेरखा ~~~~~<•>~~~~~ [४८] खुट्टा मल्ने र चाप्लुसी सबै यहाँ हुनेरहेछ त्यस्को चोट जति निमुखाले मात्र यहाँ सहेछ! – पवनकुमार बुढाथेाकी काठमाडौं ~~~~~<•>~~~~~ [४९] देशका नेता जति भए कमिना कुलङ्गार विदेशीले हेर गरेका छन् कति चमत्कार । ✍️ सुनगाभा पोखरेल ~~~~~<•>~~~~~ [५०] रिसले जल्नेहरू जले आखिर भित्रभित्रै गले ! ✍️ आर्त अकुलीन ~~~~~<•>~~~~~ [५१] सहृदय हुनेको कमी छ आज पुनः हुने भो यहाँ रावण राज । ✍️ कार्की डिबी माकुम सुनवल -४, नवलपरासी ~~~~~<•>~~~~~ [५२] रातारात जुनी फेर्ने नै हुन्छन् महाजन तेल घस्नेहरू कटुवाल चप्पल, छाता ओढ्ने रातो कार्पेटमा हिँड्छन् बरू । ✍️ इन्दु श्रेष्ठ, चितवन ~~~~~<•>~~~~~ [५३] समय निरन्तर चलिरहन्छ रिसाहा मान्छे भने जलिरहन्छ । ✍️ दुर्गा भट्टराई , माेरङ ~~~~~<•>~~~~~ [५४] गरीबलाई खै अन्न छैन, भोकले आँत जलिरहेछ टाउकेहरू कमिसनमा नै, तोलमोल चलिरहेछ । ✍️ समिता पौडेल न्यौपाने भ न पा७ कृष्णपुर चितवन ~~~~~<•>~~~~~ [५५] कही कतै देखिएन सत्यताकाे शुद्ध खेल जहाँतहीँ हुनथाले आजभाेलि अनमेल । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार। ~~~~~<•>~~~~~ [५६] सधैँ आफ्नो कर्म नित्य गर्छु मेहनत गरी पेट भर्छु । ✍️ शशी श्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ~~~~~<•>~~~~~ [५७] काम छैन कसरी हाे बस्ने यहाँ खल्ती भरी कमाइ त्यसै कहाँ हुन्छ र चाप्लुसी नगरी ? ✍️ भवानी पोख्रेल ~~~~~<•>~~~~~ [५८] स्वार्थको पनि भाँडा ठूलो रहेछ कहिले पोखिएन पोखिएर निस्वार्थ भावले यहाँ कहिले जोखिएन । ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ। ~~~~~<•>~~~~~ [५९] गोडा तानुन् कोही काटुन् कोही कुरा या धसुन् यो दिलमा कसैले छुरा । ✍️ रतन बिष्ट, आलिताल डडेल्धुरा ~~~~~<•>~~~~~ [६०] खुट्टा मल्नेहरूको नै, जय देखिन्छ देशमा गरी आरिस के हुन्छ? मौन छन् सब केसमा। ✍️ रामशरण न्यौपाने, भक्तपुर ~~~~~<•>~~~~~ [६१] अरूले गरेको प्रगति देखेर धेरै भए जल्ने अरूकाे प्रगतिकाे जराे ढाल्दा आफैँ पाे भए ढल्ने । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ~~~~~<•>~~~~~ [६२] फूलबुट्टा हानेर, झोले नेता पालिन्छ यसपालिको बजेटले लुतो फालिन्छ । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । ~~~~~<•>~~~~~
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना गर्ने भएको छ। साउदी अरबको पूर्वी प्रान्त दमामको एक स्थानीय खेलमैदानमा इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल आधाको अवसर पारेर यही जुन महिनाको १६ र १७ तारिखका दिन उक्त आयोजना हुन लागेको संघले जनाएको छ। फिफाको नियम अनुसार नकआउट विधिबाट सञ्चालन हुने उक्त खेल गैरआवसीय नेपाली संघ साउदी अरबले विगतमा गरिएका राहत तथा उद्धारका कार्यहरूलाई निरन्तरता दिन एवं नेपाली फुटबल खेलाडीहरूको खेलप्रतिको लगावलाई समेत निरन्तरता दिँदै हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ। संघले उक्त प्रतियोगितामा सहभागी टिमहरूमध्ये विजेतालाई प्रथम पुरस्कार ६,६६६/- साउदी रियाल राखिएको छ भने द्वितीय पुरस्कार ३,३३३/- र तृतीय पुरस्कार १,६१६/- रियाल रहने जनाएको छ।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको उपाध्यक्ष तथा खेलकुद समिति संयोजक राज गिरीको मातहतमा रहने गरी गठन भएको उपसमिति संयोजक चित्रकुमार चाम्लिङ राईले जनाए अनुसार जुन महिनाको दोस्रो हप्ताभित्रमा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा हुने जनाएको छ। उनका अनुसार समितिका पदाधिकारीहरूलाई विभिन्न अलगअलग जिम्मेवारी सुम्पिएर तयारी अगाडि बढाएको छ।
समिति सदस्य पासाङ शेर्पाका अनुसार हालसम्म २३ वटा फुटबल क्लबले सहभागिताको लागि आशय व्यक्त गरेका छन् भने ती मध्यबाट १९ वटा फुटबल क्लबले सहभागिताको लागि सुनिश्चितता जनाई सकेको छ। त्यस्तै गरेर चारवटा क्लबले भने आफ्नो सहभागिताको सुनिश्चितता गर्न बाँकी रहेको छ। पूर्व सूचनालाई उल्लेख गर्दै उनका अनुसार १३ जुन २०२४ को रातको १२ बजे भित्रमा टिम दर्ता गर्न सकिने जनाएको छ। उक्त समयभन्दा पछाडि टिम दर्ताको लागि आउने फुटबल क्लबहरूलाई दर्ता गर्न नसकिने पनि जनाएको छ। उनका अनुसार टिम दर्ता शुल्क साउदी रियाल ६६६ रहेको छ। उनले समयमा नै आफ्नो टिम दर्ता गराउनको लागि सम्बन्धित सबै फुटबल क्लबहरूलाई आह्वान समेत गरेका छन्।
उक्त फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न साउदीअरब स्थित क्रियाशील सामाजिक संघ संस्थाहरू, बैचारिक एवम् राजनीतिक दलका भातृ संगठनहरू, सक्रिय फुटबल क्लबहरू र समाजसेवी व्यक्तित्वहरूलाई साथ र सहयोग गरिदिन संघका अध्यक्ष रबिना अर्यालले आह्वान गरेकी छिन्।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अन्ठानब्बेऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९८ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०२/२१ बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ सिमेन्टको खम्बामा छानाे खर बनेकाे छ। सपनाहरू बालुवाकाे घर बनेकाे छ। हेर्दामा सङ्लाे छ पानी सबै सफा देखिने। नदेखिने तेलकाे बाक्लाे तर बनेकाे छ, मान्छेकाे शत्रु मन भित्र डर बनेकाे छ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ कहिलेकाहीँ रहर नि लाग्छ बेकार, चञ्चल यो मन किन खै जाग्छ बेकार, जिन्दगी अगाडि बढिरहन्छ आखिर, अनेक ईच्छामा शान्त मन भाग्छ बेकार, अनावश्यक अभौतिक माग्छ बेकार । शोभा आचार्य गौतम काठमाडौँ पञ्चाङ:०३ देश बिकास हेर्न कति रहर लागेको छ। विकासको काम गर्न औधि मन जागेको छ। सत्ता लुछाचुँडी खाने काममात्र भयो यहाँ, देश बेथिति छ जनता विदेश भागेको छ। नेपालमा बच्चा जन्मदै रिनले नागेको छ। ✍️ बेदु न्यौपाने 🌹🌹 पञ्चाङ्ग:०४ अरुलाई बदल्न सकिने भए आज धेरै बुद्ध हुन्थे होला निल आर्मस्ट्रङ मात्रै होइन सबैले चन्द्रमा छुन्थे होला तर विडम्बना मान्छे जहिल्यै समाज बदल्नतिरै लाग्यो आफुलाई बदलेको भए दुख जति आफैंले धुन्थे होला समस्या सबै निर्मूल हुन्थ्यो अनि त मान्छे किन रुन्थे होला । -पशपती राई खोटाङ ।
👉 पञ्चाङ्ग:०५ जीवनमा केही मिहेनतले जोड्छु भन्दाभन्दै सपनाको महल बनाएरै छोड्छु भन्दाभन्दै आफैंलाई पुर्ने खाल्डो समेत खन्न बाध्य भएँ बन्धुबान्धवको नातालाई तोड्छु भन्दाभन्दै आफ्नै इच्छा अन्सार जिन्दगी मोड्छु भन्दाभन्दै ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:०६ धेरै भए सपना लुट्ने पापी शहरमा, नयन भरि ताल फुट्ने पापी शहरमा। शब्द बन्दै आउनु सधैँ पर्खिदै बस्नेछु, गएर पनि मन छुट्ने पापी शहरमा, दुखियाकै खिलाप जुट्ने पापी शहरमा।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०७ जिन्दगी खुकुरीको धारमा छ बाटो नबन्दा कतै भुँइमा कतै तारमा छ बाटो नबन्दा शहरमा धुलो धुवाँ खाए पनि खुशी नै छन गाउँ त उस्तै ठुलो भारमा छ बाटो नबन्दा जीवन बाच्नु पनि सारमा छ बाटो नबन्दा। प्रभा
पञ्चाङ्ग:०८ बन्द कलकारखाना खोल्ने बात दिनुपर्छ युवा लक्षित काम ल्याउने हात दिनुपर्छ सबै मिली देश विकासमा लाग्न सकेदेखि नकाबधारी शोषकलाई लात दिनुपर्छ रगत चुस्ने मच्छडलाई मात दिनुपर्छ ।
भुमिका गैरे तिमिल्सिना, गैंडाकोट नवलपुर ।
पञ्चाङ्ग:०९ काँडाको बीचमा फूल्न मन छ। सबैसँग सधैं खुल्न मन छ। मरी लैजानु के नै छ हजुर, मायाको जालमा झुल्न मन छ। प्रेमील मार्गमा डुल्न मन छ। ह्यारिस पञ्चाङ्ग:१० लोकतन्त्र ह्वात्तै आयो , सुकी गयो लौ जान्छु पनि भनेन , लुकी गयो कुकुर भुक्थे, तर किन भुकेनन् धेरै पर स्याल जस्तो, भुकी गयो बत्ती गयो,मोम गयो, टुकी गयो । •देवी पन्थी ///
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बयासीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०२/२४गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८२[बयासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग
पञ्चाङ्ग:०१ तिमी मलाई छोडेर नजानु प्रिय। कहिल्यै बाटो मोडेर नजानु प्रिय। जिन्दगी जति सुकै कठिन भए नि, जोडेको मुटु तोडेर नजानु प्रिय। रोपेको बिज गोडेर नजानु प्रिय। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ तिमी बिना प्रिय अब बाँच्न सक्दिन। तितो मिठो यादहरु साँच्न सक्दिन। नजाऊ परदेश स्वदेशमै बसौं, आईपर्ने दुःख सुख भाँच्न सक्दिन। कसैगरि रमाएर नाँच्न सक्दिन। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०३ तिम्रै लागि भनि प्रिय मैले मायाँ साँचेकी छु चाेखाे मायाँ तिमीले दिँदा खुशीले नाचेकी छु दु:ख, पिडामा एकअर्काकाे साथ बन्दै गर्दा !! विश्वासकाे दियो जलाइ पर्खेर बाँचेकी छु तिमी राखी हृदयमा तिम्रै निम्ति हाँसेकी छु
उर्मिला के.शी . धनकुटा
पञ्चाङ्ग:०४
तिमीलाई मनमा बानेकी छु प्रिय। सयौँ दिन देखि नै जानेकी छु प्रिय। यो मनले मात्रा हो कि रोजेको लाग्छ, सम्झनाले धड्कन हानेकी छु प्रिय। लाखौँमा तिमीलाई छानेकी छु प्रिय।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०५
तिमी बिना एकछिन पनि बाँच्न सक्दिनँ म। तिम्रो मेरो प्रेम छैन भनी ढाट्न सक्दिनँ म। यो सम्बन्धलाई कति दिन लुकाएर राख्नु , मनभरि पीर बोकेर नि हाँस्न सक्दिनँ म। अविश्वास बढ्यो भने माया साँच्न सक्दिनँ म ।
दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:०६ तिमीलाई मैले त आफ्नै ठानेको छु। सदा सर्वदा तिमी प्रिय मानेको छु। मन देखि नै मलाई मन पर्दछौ, सधैँ को तिम्रो बानी मैले जानेको छु। आज देखि नै मेरो साथ तानेको छु। ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०७ पुरुष बिना नारी पनि पुरा हुन सक्दैन नारी बिना झन् सृष्टिको कुरा हुन सक्दैन भनाइ नै छ एक रथको दुई पाङ्ग्रा अरे मिल्दै अघि बढे यात्रा अधुरा हुन सक्दैन रातमा पनि प्रकाश मधुरा हुन सक्दैन। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०८ खुसीमा एकसाथ हाँसौला हामी। भएका शत्रु बैरी मासौला हामी। जिन्दगी हाँसेर बिताउनु पर्छ, प्रेममा जल्नेलाई नासौला हामी। मिलेर प्रेम माला गासाैला हामी। ह्यारिस
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५९औँ) शृङ्खलाका लागि लघुकथाकार बासुदेव तिमल्सिनाको लघुकथा ‘सेता दारी’, लघुकथाकार श्रीप्रसाद पोखरेलको लघुकथा ‘छोइछिटो’ र लघुकथाकार सविता भट्टराईको लघुकथा ‘प्रतीक्षा’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~ ——————-<•>——————
[१] लघुकथा: सेता दारी
✍️ बासुदेव तिमल्सिना “ल ! अब यो सिक्री तानौँ र ऊ त्यो बुढालाई दोष लगाऔँ ।” ट्रेनको एउटा कोचमा एउटा बुढो मानिस र केही उदण्ड केटाहरू यात्रा गरिरहेका बेला एउटा उदण्ड केटाले साथीहरूसँग प्रस्ताव राख्यो । सबै केटाहरू हाँसे र सही थापे ।
अर्को उदण्डले सावधान गरायो- “विनाकारण चेन तान्नेलाई रु.पाँचसय जरिवाना र ६ महिनाको कैद हुन्छ नि ।” अर्कोले जुक्ती निकाल्यो- “हामी सबैजनाले पचास/पचास निकालौँ पाँचसय पुगिहाल्छ नि । त्यसमाथि पनि दोष त त्यो बुढालाई लाउने हो नि ! इनकेस तिर्नुपर्यो भने तिरौँला ।” बुढाले हात जोडेर धेरै बिन्ती गर्यो तर कसैले एक सुनेनन् ।
सबैजनाले पचास/पचास उठाए, पाँचसय भयो । त्यसमध्येको एउटाले सबै रुपैयाँ जम्मा गरेर गोजीमा हाल्यो । चेन खिचियो । ट्रेन रोकियो । एकैछिनपछि टी.टी. र केही प्रहरी आएर सोधखोज गरे । ती बदमास केटाहरूले एकै स्वरमा बुढालाई देखाए । “ए बुढा ! तँलाई यो उमेरमा यस्तो हरकत गर्न लाज, डर केही लागेन ?” टी.टी. ले सोध्यो । “साहेब ! चेन खिँच्नु मेरो बाध्यता थियो । मसँग भएको सबै पाँचसय रुपैयाँ यिनीहरूले लुटेर लगे । त्यो पेैसा ऊ त्यो केटाको त्यो चैँ खल्तीमा राखेको छ । मेरा नोटहरू सबै पचासका छन् ।”
प्रहरीले खल्ती चेक गर्यो । नभन्दै बुढाले भनेझैँ नोटहरू भेटिए । अर्को स्टेसनमा सबै केटालाई कारबाहीको लागि पुलिसले ओराल्यो । ओर्लदै गर्दा सबै केटाले बुढालाई खाउँलाझैँ गरेर हेरे ।
उनीहरूको हेराइको जवाफमा बुढाले आफ्नो दारीमा हातले मुसार्दै भन्यो- “केटा हो ! मेरा यी दारी घामले डढेर मात्रै सेता भएका होइनन्, बुझ्यौ ?” लालबन्दी, सर्लाही ——————-<•>——————
[२] लघुकथा: छोइछिटो
✍ श्रीप्रसाद पोखरेल आज आफ्नै हातले पकाएर मीठो पारेर खाने सोचेर म मसला पिस्न बाहिर निस्किएँ । सिलौटो दुखी मुद्रामा देखेर ठिङ्ग उभिएँ । “के भद्रो हेरेको ? मनमोजी दल ।” सिलौटोले भन्यो । मसला त पिस्नै थियो । छेउमा बसेँ । टिठलाग्दो हेराइले हेर्दै सिलौटोले भन्यो- “सँगैका साथीहरू खोलामा रमाएर बसेका छन्; आफूभने रातोदिन पिसिनुपरेको छ ।”
मसला पिस्न मेरा हातै लागेनन् । सिलौटो भन्दै थियो- “तिमी मानिसहरू कसैलाई शालिग्राम भनेर पुज्छौ, कसैलाई सिलौटो बनाएर दल्छौ । आखिर हामी एकै आमाका सन्तान त हौँ नि !” सिलौटोले मानिसले गरेको विभेद प्रस्ट्याउन खोज्यो ।
म एकोहोरो भएर सुनिरहेको थिएँ । त्यसै समयमा लोहोरोले भन्यो- “हुन्देऊ आमा ! यी आफैँ कुजात हुन् । आफ्नै सजातीयलाई त छोइछिटो गर्छन्; हामीलाई के बाँकी राखुन् ?” ——————-<•>——————
[३] लघुकथा: प्रतीक्षा
✍️ सविता भट्टराई “डाक्टर साप ! म कहाँ छु। म किन मरिनँ ? कसरी बाँचेँ ?” अस्पतालको बेडबाट चिच्याउँदै शर्मिलाले भनिन् । “तपाईँको दुवै मृगौला फेलको रिपोर्ट आएदेखि तपाईँको बुढाले छोडेर जानुभयो; फर्केर पनि आउनुभएन l तर हाम्रो अस्पतालको सिक्युरिटी गार्ड जगते बि.क. दाइले आफ्नो एउटा मृगौला दिएर तपाईँलाई बचाउनुभयो ।” डाक्टरले भन्नुभयो । “मलाई किन बचाएको ? मलाई मेरो बुढाले पनि छोडिदिनु भयो । अब म कहाँ जाउँ ?” शर्मिलाले बिलौना गरिन् ।
“हेर सरु ! जातीय भेदभावका कारण तिमी र म छुट्टिएको आज तीस वर्ष भएछ । तर हाम्रो निश्चल मायाको शक्तिले आज हामी फेरि भेट भयौँ । प्रतीक्षा पनि कहिलेकाहीँ यति सुखद हुँदोरहेछ ।” जगते दाइ भित्र पस्दै भन्नुभयो । “आज प्रणय दिवसको दिन हजुरले आफ्नो अङ्ग, मलाई दिएर अर्धाङ्गिनी बनाउनुभयो । मायामा जातपात ठूलो हुँदोरहेनछ ।” भन्दै शर्मिला भावविह्वल भइन्। जनकपुरधाम ——————-<•>——————-
साताका उत्कृष्ट झिल्का कविताको १६औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १६ का लागि झिल्काकारत्रय सुस्मिता अधिकारी, रिजु दिल्पाली र पद्मा काश्यप पाण्डेका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
———<•>——— [१] १. गणतन्त्र सुन्दर बाहाना जानेका कति बुन्न समृद्धिको देखावटी चाहाना । २. विगतबाट सकेनन् सिक्न नियत रोज्छन् पुरानै केवल ढुकुटी झिक्न । ३. गणतन्त्र त आखिर लुट्न जान्नेका लागि बन्यो सुनौलो जागिर । ✍️ सुस्मिता अधिकारी काठमाडौँ ———<•>———
[२] १. गोठालाहरू सहर पसे बिगौतीको लोभमा फसेर आमालाई छुरा धसे । २. अपराधीले छुनु हुँदैन पवित्र देश मेरो देशभक्तले रुनु हुँदैन । ३. यो आयात नीति मुलुक बर्बाद भयो कतै छैन थिति । ✍️ रिजु दिल्पाली ———<•>———
[३] १. देशको भलाइ हुनलाई राष्ट्रिय एकता चाहिन्छ पर्दैन हामी रुनलाई । २. संस्कृति साझा हाम्राे जोगाउँदा मिली सबैले सभ्यता बन्छ राम्रो । ३. युवालाई रोजगारी चाहिन्छ श्रम सिप रोपेमा स्वदेशमै जागिर पाइन्छ । ✍️ पद्मा काश्यप पाण्डे मोरङ ———<•>———
झिल्का लेखन अभियानको १६ औँ शृङ्खला (बाबुआमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- —————<•>—————
[१] १// रहन्छ हरकुराको सामा सन्तानका खातिर सदैव भगवान् हुन् बाबुआमा ! २// काटेर आफ्नो गाँस पेट भर्छन् सन्तानको मारेर सधैँ भोकप्यास ! ३// हरठाउँ ईश्वरको सामा स्वर्गमा देवराज इन्द्र धर्तीमा छन् बाबुआमा ! ✍️ वसन्त अनुभव घोराही, दाङ ————-==———– [२] यिनै हाम्रा संसार जन्माएर हुर्काउने बढाउने जीवनमा नमानिकन हार ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ————-==———– [३] १// हुर्काउनुहुन्छ दु:ख गरी भाेकाे नराखी गर्नुहुन्छ काम मरी मरी ! २// कठिन दु:ख गरेर बाबा पढाउनुहुन्छ हामीलाई स्कुलको फी भरेर ! ३// आमाबाबु भगवान्का रूप नबनाउँ कसैले पनि जलाई नैवेद्य धूप ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि । ————-==———– [४] १// पूजनीय पिता माता धर्तीमा पाइला टेकाउने हामी सबका विधाता ! २// जतिसुकै गरोस् हङ्गामा बदला लिँदैनन् कहिल्यै सन्तति माथि बाबुआमा ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ————-==———– [५] नभुलाैँ कहिल्यै सुसंस्कार बाआमाकाे महानता भुल्दै गर्नु हुन्न तिरस्कार । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ ————-==———– [६] १// भगवान् जस्तै बाबुआमा सन्तानको पीर बोकी कहिल्यै नथाक्ने पीडामा ! २// आफू नखाई खुवाउने सन्तानप्रतिको अगाध माया सधैँ श्रमले नुहाउने ! ३// प्रेमको निशानी सन्तान हुर्किन्छ झन बढ्दै समयको गति बलवान ! ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ————-==———– [७] १// लगाउन दिई जामा जन्माई हुर्काइ बढाउने भगवान् हुन् बाबुआमा ! २// दिनुपर्छ हामीले साथ अशक्त भएको बेला राखेर पाउमा माथ ! ३// सबै मिल्नेछ खोजेमा शक्तिमा हुँदा आफू तर मिल्दैन बुवाआमा ! ✍️ दुर्गा भट्टराई मोरङ ————-==———– [८] आमा, बाबा हाम्रा तारा दुई आँखाको धेरै प्यारा राम्रा ! ✍️ कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा ————-==———– [९] आमाबाबा भन्दा ठूलो कुनै भगवान् हुन्नन् सन्तान पाउको धुलो ! ✍️ विवश पारदर्शी झापा ————-==———– [१०] १// देश नबनी हुँदैन बाआमा पाल्ने कुरा करकापमा परी हैन । २// हटाउन यो सामन्तवादलाई शोषणबाट मुक्त गराऔँ सम्पूर्ण हाम्रा बाआमालाई ! ३// लागे सहिदहरू अतितबाट व्यर्थ भए प्रयासहरू रेमिट्यान्सै चाहियो विदेशबाट ! ✍️ लोक वहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपुर, कल्याणठाना, पर्वत ————-==———– [११] १// आफ्नो संस्कार भुलेर हिँड्नु हुँदैन कहिल्यै नराम्रो काममा डुलेर ! २// बाआमालाई माया गर सन्तानलाई सहारा भनी परेका हुन्छन् भर ! ३// आफ्नो सन्तानको लागि आफू भोकै बसेर बरु खुवाउँछन् मागी ! ✍️ ललिता गिरी सिन्धुली, हाल काठमाडौँ 🇳🇵 ————-==———– [१२] जन्माउने हुर्काउने राम्रा जन्मदाता महान् छन् जिउँदा भगवान् हाम्रा ! ✍️ आर्त अकुलीन ————-==———– [१३] १// भविष्य सन्तानको उज्यालो आफूलाई रित्याउने विधाता वृद्धवृद्धाको पन्यालो तुवालो ! २// वृद्धाश्रमले मन चुँडिन्छ सन्तानको खुसीको डोकोले अन्धकारमय भविष्य किन्छ । ३// जीवनमा सबैको पालो आमाबुवा सन्तान सुख जीवनचक्र घाउ आलो ! ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ ————-==———– [१४] १// बाबाआमा ईश्वरको रुप छोराछोरीले स्याहार बुढेसकालमा छोराछोरी हुर्काउँछन् खुब ! २// मेहनत कर्म बाबाको भोको नाङ्गो हेरेर हरेक स्याहार आमाको ! ३// बाबाआमा ईश्वरको बरदान कसैले वृद्धाश्रम नपुर्याउँ घरमै गर्नुपर्छ सम्मान ! ✍️ बेदु न्यौपाने ————-==———– [१५] म जान्दिनँ धेरै यत्ति जान्दछु आमाबाबु भगवान् हुन् मेरै ! ✍️ लक्ष्मी रिजाल रूपनगर, सप्तरी ————-==———– [१६] १// नजाऔँ ईश्वर खोज्न हुनुहुन्छ भने बुबाआमा अरू पर्दैन रोज्न ! २// सुखको हुन्न फारो बुबाआमा नहुनेको घर सदा हुन्छ अँध्यारो ! ३// बुबाआमा हुन् ईश्वर यिनैको भरमा पर्दा बिग्रन्न कहिल्यै घर ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ————-==———– [१७] १// सम्मानका हुन् हकदार जन्माएर हुर्काउने ती बाबाआमाप्रति छ प्यार ! २// आशिर्वाद दिएर हात ठूलो मान्छे बनाइदियौ लागेर हाम्रो साथसाथ ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ————-==———– [१८] १// जन्माएर हामीलाई धरामा सबभन्दा ठूला भगवान् सादर प्रणाम बाबुआमा ! २// पाईँदैन कतै खोजेर बाबुआमा साथमा भएपछि खान लाउन रोजेर ! ३// सबै तारतम्य मिलाउने बाबुआमाले खोजमेल गरेर चाहिने कुरा दिलाउने ! ✍️ गुणनिधि घिमिरे, अमेरिका ————-==———– [१९] १// दुःख कहिल्यै गएन गरिबको आवाज सुन्ने आज कोही भएन । २// सधैँ दोषारोपण गरेका कुर्सीमोहमा छन् यिनीहरू एकअर्कामा हुन्छन् लडेका । ३// छलफल सधैँ चर्को एकता नहुने रहेछ लाग्न थाल्यो झर्को । ✍️ कला ढकाल, झापा ————-==———– [२०] आमाबुबा छन् महान सदा पुण्य कमाऔँ गरेर गरिबलाई दान ! ✍️ श्रीबहादुर केसी शैलुङ्गे ————-==———– [२१] १// अनेकन् कष्ट गरी जन्माए, हुर्काए, पढाए हुन् भगवान् सरी ! २// हाम्रालागि धाए चारधाम साथमै राख बाआमा नगर लखेट्ने काम ! ३// सधैँ पटुकी कसेर सन्तानको पेट भर्ने आफू भोकै बसेर ! ✍️ साबित्री प्याकुरेल, धादिङ्ग ————-==———– [२२] १// केही पाइन्न मन्दिरमा बाआमा खुसी रहुन् केही चाहिन्न शिरमा । २ // नखानु अन्न कुहाएर यसैबाट बन्छ मदिरा नराख्नु बाआमा रुवाएर । ३// मौका हेर्छन् पर्खिन्छन् वृद्ध बाआमासँग बेकारमा मदिरा खाएर झर्किन्छन् । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ ————-==———– [२३] १// सबैभन्दा छन् राम्रा जिउँदा भगवान् हुन् बाबुआमा दुवै हाम्रा । २// मिलोस् शितल छाया बाबुआमा दुवैको सवैलाई नटुटोस् कहिल्यै माया ! ३// हेलाँ नगर्नु कहिल्यै वृद्ध भएका बाबुआमालाई सेवा पुर्याउनु जहिल्यै । ✍️ अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत। ————-==———– [२४] १// जून अनि घाम बुबाआमा हुन् मेरा जिउँदो देवता चारधाम । २// मायाममताको शुद्ध खानी बुबाआमा नै हुन् मेरा सारा जिन्दगानी । ३// सोच्दैनन् कहिले नराम्रो प्राणप्यारो हुन्छन् सधैँ बुबाआमा नै हाम्रो । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ————-==———– [२५] १// आमाबुबा हुन् भगवान सबै दैवले दिएकाे गाैरवशाली हाम्रो सान ! २// दैवकाे प्रसाद बाआमा हुन् अमुल्य सम्पत्ति जिवनकाे गतिलो खामा । ३// पुजेर हिँड्छु सधैँ मेरा जिउँदा भगवान् ठानेर बाआमा अझै । ✍️ ईश्वर साउद रामारोशन गाउँपालिका ६ सुदेरपश्चिम अछाम ————-==———– [२६] १// आमाबाबु हाम्रो भगवान खपेर कष्ट लाखौँ बनाए हामीलाई जवान ! २// छाओस् सुखशान्ति दिनमा आमाबाबुलाई लागुन् निद नपारौँ कसैले ऋणमा । ३// नहोस् बरु धन रहोस् परिवार हाँसीखुसी नदुखाई आमाबाबुको मन । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। ————-==———– [२७] १// बाबुआमा ईश्वरका रुप ठोस खान सक्दैनन् बनाएर देऊ सुप । २// बाबुआमालाई साथ देऊ बुढेसकालमा सेवा गर उनको आशिर्वाद लेऊ । ३// बाँचुन्जेल गर सेवा मृत्युपछि केही पर्दैन दान दिनलाई मेवा ! ✍️ देव कृष्ण काफ्ले पोखरा १कास्की ————-==———– [२८] १// पाइन्छ अटुट माया महत्त्वपूर्ण अङ्ग पनि जिउँदै बनेर पाया । २// बुबाआमा आशिर्वादको खानी सन्तानको लागि बरदान केवल स्वर्ग जिन्दगानी । ३// छोराछोरीको लागि हारेर प्रफुल्ल हुनुहुने बुबाआमा आफ्नो इच्छा मारेर । ✍️ पृथक प्रकृति, झापा ————-==———– [२९] १// झेलेर अनेकन् धामा सन्तानको भलो चाहने साक्षात् ईश्वर बाबुआमा l २// सारा इच्छा मारेर सन्तानलाई जिताउने होडमा बस्छन् आफूले हारेर l ३// शीलवती भएमा रामा घर बन्दछ अमरावती खुसी रहन्छन् बाबुआमा l ✍️ बाबुराम गौतम, गुल्मी ————-==———– [३०] १// बाआमाको सम्मान गर्न सबैले जान्नुको कुरा छोडिन्न पाउ पर्न । २// जिउँदा देवी भनेर सधैँ चिनिन्छन् बाआमा बस्छु भक्त बनेर ! ३// नदिनु दुःखमा पर्न ख्याल गरौ बाचुन्जेल अकालमा नपार्नु मर्न । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत 🇳🇵 ————-==———– [३१] १// आमाकाे न्यानाे काख बाबाकाे साथ गुनिलाे बिर्साउछ घमाइलाे बैशाख ! २// बाबाआमाकाे चोखो मायामा भविष्य सदा फक्रन्छ उहाँहरूकै शितल छायामा ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजा। ————-==———– [३२] १// सृष्टिकर्ता हुन् आमा प्रकृति चाहिँ बाउ नाता प्याराे मामा ! २// माया भयाे मुखले बुढाे हुँदा हेला बाँच्ने कति दुखले ! ✍️ जि.बि.चिन्तन ————-==———– [३३] १// जिन्दगीको संसार देखाउने आमा बाबु हुन् प्रेमिल नाम लेखाउने । ✍️ प्रेम थापा “मन”बागलुङ ————-==———– [३४] १// सधैँ दु:खकष्ट गरी पालनपोषण गर्ने आमाबाबु भगवान् हुन् सधैँभरि ! २// आमाबाबु पहिलो गुरू ज्ञान, बुद्धि सिकाउन गरे उनैले सुरू ! ३// कहाँ पाइन्छ खाेजेर आमाबाबुलाई घृणा नगर्नु कहिल्यै पाइन्न राेजेर ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ————-==———– [३५] दुःख पोल्टामा राखेर राख्दछ्न् बाबुआमाले सुखमा छोराछोरीलाई देवीदेवता भाकेर ! ✍️ प्रमिला प्याकुरेल, विराटनगर -५ ————-==———– [३६] १// आमाबाबु मेरा भगवान् साथ सहयोग दिने मेरा लागि महान् ! २// मिलिरहोस् आमाबुबाको साथ सधैँभरि सुन्न पाउँ उनका मिठामिठा बात ! ३// सबैलाई मिलाेस् छाया जिन्दगीमा मिलिरहाेस आमाबुबाको सधैँ न्यानो माया ! ✍️ श्रीकृष्ण धामी – बझाङ ————-==———– [३७] १// जन्माए, हुर्काए, बढाए सन्तानलाई बाबु आमाले सत्मार्गकाे ज्ञान सिकाए ! २// जान्दै बुझ्दै गएपछि बिर्सिन्छन् आफ्नै सन्तानले स्वार्थ पूरा भएपछि ३// बाबुआमा मिल्दैनन् खाेजेर सामान जस्तै किन्नलाई बजारमा पाईँदैन राेजेर ! ✍️ सुन्दरी घिमिरे खतिवडा सङ्खुवासभा ————-==———– [३८] बाबुआमा भगवान् समान सुन्दर संसार देखाउने उनै हुन् जान ! ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ————-==———– [३९] १// आमाबा हुन् देवता कहिले रुन नपरोस् कहदै आफ्नो व्यथा ! २// अरूको लाख चाहिँदैन आमाको काख भए कुनै विलाप गाइँदैन । ३// दुःखै सही मुस्कुराउने सन्तानको खुसीको लागि सत्मार्गमा हिड्न सिकाउने । ✍️ धनमाया चौधरी, कैलाली ————-==———– [४०] १// आमाबाबा हाम्रा भगवान् तिरस्कार नगर्नु कसैले गर्नु भगवान्झैँ सम्मान् । २// यस धर्तीमा टेकाउने आमाबाबुले नै हुन् सारा संसार देखाउने ! ३// गर्व गर्छु मातापिता धन्य भए आज साथमा पुज्छु गीता । ✍️ दुर्गा आचार्य मोरङ ————-==———– [४१] आमाबाबु पाइँदैन खोजेर आशीर्वाद हुन्छ ईश्वरको नखोज तिमी रोजेर । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ————-==———– [४२] १// यहाँ बाबाआमा जस्तो छैन अर्को भगवान् खोजी हिँड्छौ कस्तो ? २// बाबा र आमा भेट्न सक्दिनँ कहिल्यै फाट्दा धेरै जामा ! ✍️ दीपा समभाव खोटाङ्ग ————-==———– [४३] १// हाम्रो बाबुआमा भनेको हृदयको पाटो हुन् ईश्वर बनी बसेको । २// जिवन हुन्छ शुरू घरै भयो पाठशाला बाबुआमा हुन् गुरु ! ✍️ राजनारायण राई राजदल बस्ती सोनादह ————-==———– [४४] १// बाबुआमाले हुर्काए बढाए दश नङ्ग्रा खियाएर हामीलाई लेखाए पढाए ! ✍️ बि.कुलुङ ————-==———– [४५] १// आमाबाबा नै राज्य गर्छु सदैव श्रद्धा उनीहरू हाम्रो साम्राज्य । २// जीवन मेरो अधुरो आमाबाबा बितेर गएपछि सम्झेको छु अपुरो । ३// महानता देखे मातापितामा सम्झे अविभावकमा ईश्वरीय दुख्दैछ जलेको चितामा । ✍️ दिल ठकुरी, दार्जिलिङ ————-==———– [४६] १// सम्झन्छु बुट्टे जामा मायाले ल्याइदिन्थे मेरो प्यारो बुबाआमा ! २// सन्तानको खुसी खोजेर सम्झौता गर्थे कठै दुःखको बाटो रोजेर । ३// बच्चाकै सपना देख्थे रातोदिन एक गरी उनकै भविष्य लेख्थे । ✍️ पुष्पा राई, बादेल, खोटाङ। ————-==———– [४७] १// असिनाले पार्यो राँजो पीडा कसलाई सुनाउँ ? निष्प्राण छ रैपाँजो l २// विकट गाउँमा बस्छु खेतीपाती मुख्य पेसा माटोमै नङ्ग्रा धस्छु l ३// पाइदैनन् कतै निमेकी अर्मपर्म गरौँ भने बसाइँ सरे छिमेकी ! ✍️ बाबुराम गौतम गुल्मी
————-==———– [४८] १// ज्यानदिन्छन् सन्ततिका लागि आफू भोकभोकै बसेर खुवाउछन् बरु मागी । २// जान पर्दैन मन्दिर बाआमा खुसी हुँदा ह्ट्दछ सारा पीर ! ३// नेपालीपन यो नभुलौँ समय खेर फाल्दै अरूको लहैलहैमा नडुलौँ ! ४// सबैभन्दा छन् राम्रा जिउँदा भगवान् हुन् आमाबाबा नै हाम्रा ! ५// पुज्ने गरौँ अब मन्दिर नगई घरमा बाआमा छन् जब । ✍️ दुर्गा भट्टराई मोरङ ————-==———– [४९] १// जन्माउन हुर्काउन धामा सँधै खुसी चाहने भगवान् हुन् बाबुआमा । २// सहेर अनेकाैँ कष्ट हेर्न चाहन्छन् बाबुआमा सन्तान नहाेस् पथभ्रष्ट। ✍️ काेपिला अधिकारी सिरानचाेक – ७, गाेरखा ————-==———– [५०] १// बाबुआमा भगवान तुल्य आफ्नो कर्तव्य सम्झी तिर्नपर्छ सबले मूल्य ! २// बाबुआमा घरको बलो बुढेसकालमा हेला गरे हुन्न त्यसको भलो ! ३// गर्नुपर्छ बाबुआमाको सेवा गरेमा असल काम बल्ल मिल्दछ मेवा । ✍️ जयनारायण नेपाल इलाम ,हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर ————-==———– [५१] १// आमाबाको छ छत्रछाया सुरक्षीत त्यो कवच कतै नपाएको माया ! २// कालो टीकाले जोगाए कुदृष्टि पर्नै दिएनन् सन्तानको जिन्दगी सजाए । ३// गाली नै ज्ञान आमाबाको प्रसाद सम्झनू त्यसैले गर्नु सम्मान ! ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर ————-==———– [५२] बाबाआमा हुन् भगवान् आदर सत्कार गरौँ बन्न सदैव महान् । ✍️ बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु ————-==———– [५३] १// लागेन निद्रा रातमा रेखदेख गर्दा उनैको छैनन् सन्तान साथमा ! २// ढुङ्गाका देउता नखोजौँ बाबुआमाको मन दुखाई नर्कको बाटो नरोजौँ । ३// कोखाकाे घाउ छोराछोरी अपार माया दिएर हुर्काउँछन् कसर नछोडी ! ✍️ पद्मा काश्यप पाण्डे मोरङ ————-==———– [५४] १// बस्छु बाबुआमाको साथमा सोध्ने गर्छु बारम्बार कस्तो छ गाथमा ? २// बाबुआमा साक्षात् भगवान दिनुहुन्छ सल्लाह अप्ठेरो कहिल्यै गर्नुहुन्न अपमान । ३// नबनून सन्तान कपुत चाहनुहुन्छ मेरा बाबुआमा बनून् राष्ट्रकै सपुत ! ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ। ————-==———– [५५] बाबाआमा हाम्रा भगवान ख्याल राख उनको नगरौँ कसैले अपमान ! ✍️ सरिता सेढाई, धादिङ ————-==———– [५६] १// दुःख कहिले नदेखाउने सन्तानको हुन् भगवान् हाँसेर खुसी बनाउने ! २// आमाबाबु हाम्रा छहारी प्रेरणा दिन्छन् सधैँ जीवन जिउँछौँ नहारी ! ✍️ सविता भट्टराई, जनकपुर ————-==———– [५७] १// अरूभन्दा नि राम्रा जिउँदा भगवान हुन् बाबाआमा त हाम्रा । २// सेवा सधैँ गर बुढेसकालको सहारा भनी परेका छन् भर । ✍️ कला ढकाल, झापा ————-==———– [५८] आमाबाबा सन्सार उनै उनीहरू विनाको जीवन देख्दिनँ खास कुनै ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ ————-==———– [५९] १// आमाबाबु आउँदैनन् फेरि जतिसक्दो गरौँ सेवा अहिले यहीँ हुँदाखेरि । २// वरिपरि दुखले घेर्दा मुसुक्क हाँस्थिन् आमा सन्तानको मुख हेर्दा । ३// मातापिता भगवानको रुप सक्छौ घिउभात खुवाऊ कोइलालाई किन धुप ? ✍️ पशपती राई, खोटाङ ————-==———– [६०] १// आमाबुबा साथी मानेको देवतासमान हुन् छोराछोरीका संसारमै महान ठानेको । २// पीरमा केही नदिने छोराछोरीलाई नख्वाई आफूले खाना नभए नलिने । ✍️ भगवती दवाडी ————-==———– [६१] बाबुआमाको न्यानो काख भए पुग्छ मलाई चाहिँदैन सम्पत्ति लाख । ✍️ बिके मुखिया दार्जीलिङ,भारत। ————-==———– [६२] १// स्नेह प्रेममा आमाबाबाका डुब्न नजानेर मान्छे हिसाब ब्याज साँवाका । २// जिउँदा देवता छोडी मन्दिर जान्छन् किन ? यथार्थसँग मुख मोडी । ३// ममता, सुरक्षा काख पागल ! बिर्सेर चटक्कै पितृलाई बत्ती लाख । ✍️ मनोहरी पौडेल गैडाकोट १ ————-==———– [६३] १// आमाबुबाको छहारी पाई हामी रमेका हुन्छौँ नाना चाचा लगाई । २// आफ्नो पेट कटाई हामीलाई दिन्छन् सुख पसिनाको धारो बगाई ! ३// हामी नयनको नानी अगाडि बढाउँछन् बाबाआमाले पुर्याउन खोज्दैनन् हानी ! ✍️ सीमा कार्की समर्पण मेलचोक, पर्सा, नेपाल
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१] कर्म मृत्युशय्यामा पनि नछाडेको आफ्नो धर्म !
वसन्त अनुभव [२] सङ्घर्ष बाँचुञ्जेलसम्म पनि गरिरहनु पर्ने हुन्छ !
सरिता सेढाई, धादिङ [३] हरियो शुभ सङ्केत जीवनको दरिलो बरियो !