• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

आइजिपी खापुङको दृढ अडान : “राजनीतिक दबाबमा गिरफ्तारी सम्भव छैन” 

  • २१ आश्विन २०८२, मंगलवार १८:५८ मा प्रकाशित
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीसहित तीन सुरक्षा निकायका प्रमुखले असहमति जनाएका छन्। बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको चारवटै सुरक्षा प्रमुखहरुको बैठकमा ओली र लेखकलाई पक्राउ गर्ने विषयमा गम्भीर ढंगले छलफल भएको थियो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगाल पनि सहभागी थिए। छलफलमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले उनीहरुलाई पक्राउ गर्ने विषयमा प्रष्ट भाषामा विमति राखेको विश्वस्त स्रोतले जानकारी दियो।

    (आइजिपी) चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष खुलेर भनेका थिए –
    “प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, राजनीतिक दबाबका आधारमा गिरफ्तारी गर्नु प्रहरीको धर्म होइन। यदि प्रमाण र कानूनी प्रक्रिया पूरा नगरी पक्राउ गरियो भने यसको दीर्घकालीन असर अत्यन्त गम्भीर हुनेछ।”

    उनले थपे, “आज हामी ओली र लेखकलाई पक्राउ गर्छौं भने भोलि यही मिसाल देखाएर जो कोहीमाथि पनि राजनीतिक प्रतिशोधका आरोपमा गिरफ्तारी गर्न सकिने बाटो खुल्छ। यस्तो कदमले न्याय प्रणाली र सुरक्षाको विश्वसनीयता नै ध्वस्त पार्छ।”

    खापुङले जेनजी आन्दोलनको सन्दर्भसमेत उठाउँदै भने, “त्यो समयमा म पनि प्रहरी प्रमुखको जिम्मेवारीमा थिएँ। यदि त्यस आन्दोलनमा दमन भएको भनी जाहेरी पर्‍यो भने ममाथि पनि मुद्दा आउन सक्छ। त्यस अवस्थामा के गर्ने? प्रहरी प्रमुखमाथि मुद्दा दर्ता गरेर सरकार चलाउने कि कानूनी प्रक्रिया हेर्ने?”

    उनका अनुसार प्रहरी संस्थाले कुनै पनि व्यक्ति, चाहे ऊ पूर्वप्रधानमन्त्री किन नहोस्, कानूनी प्रमाणबिना पक्राउ गर्न नपाउने स्पष्ट अडान लिएको छ।

    बैठक अन्त्यतिर खापुङले पुनः जोड दिए –
    “यदि सरकारले कानूनी आदेश ल्याउँछ भने प्रहरी त्यसको पालना गर्न तयार छ, तर मौखिक निर्देशन वा राजनीतिक दबाबका आधारमा गिरफ्तारी सम्भव छैन।”

    Posted in मुख्य खबर, राजनीति

    धनगढी To काठमाडौँ

  • १९ आश्विन २०८२, आईतवार १८:४८ मा प्रकाशित
  • ✍️तुल्सी राम आचार्य
    धनगढीदेखि काठमाडौँ जाने पुरानो, थोत्रो बस खचाखच भरिएको थियो। खाल्टाखुल्टी, खोलानाला, हिमाल र पहाडको खोचहरू पार गर्दै त्यो बस काठमाडौँसम्मको गन्तव्यतर्फ लम्कँदै थियो।
    आफ्नो सिट संख्याभन्दा धेरै यात्रु गाडीभित्र राखेकाले वा पुरानो गाडी भएकाले होला गाडीको गति धीमा थियो।
    गाडीमा यात्रारत यात्रुहरूमध्ये केही बुढा बुवाआमा यात्रुगनहरुले आफ्नै भाग्यलाई कोस्दै “भाग्यमै यो थोत्रो गाडी परेको रहेछ हामीलाई त,…. भन्दै हुनुहुन्थ्यो। उक्त बसमा करिब दश–पन्ध्र जना युवा पनि थिए — प्रायः १५–२५ वर्ष उमेर समूहका — जो नौलो सोच र उग्र जोशले भरिएका थिए।

    उनीहरूलाई बसको अवस्था र गति मन परिरहेको थिएन; अझ साँच्चै भन्ने हो भने त ड्राइभर सिटमा बसेका बुढा चालकप्रति उनीहरूको विश्वास कतै थिएन।
    धनगढीदेखि अगाडि बढेको बस जसरी—तसरी बामे सर्दै— कोहलपुरसम्म आइपुगेको थियो। तर गाडीको गति र अवस्था हेर्दा उनीहरू असन्तुष्ट थिए। बाटैमा गाडी रोकेर ती युवा आक्रोशमा झन् झन् उग्र भए: चालकलाई सिटबाट थुत्दै अपमानजनक तरिकाले घिसार्न थाले।
    गाडीमा एकछिन माहोल बिग्रियो। त त म म भन्दै तथानाम गालीगलोज ओहोरदोहोर चल्यो अनि त्यही रिसको आवेगमा उनीहरूले गाडीमा रहेको अतिरिक्त टायर जलाइदिए, सबै सिसाहरू फुटाइदिए र केही सिटहरू पनि तोडफोड गरे। यो ताण्डव देखेर बसभित्रका वृद्धहरूले शान्त स्वरमा बिन्ती गरे — “भाइहरू, तोडफोड नगर, आगजनी नगर; यो गाडी हामीलाई गन्तव्यसम्म पुर्‍याउन चाहिन्छ। यदि तिमीहरूलाई चाहियो भने तिमीले चाहेको मानिसलाई चालक सिटमा राखिदेऊ र गाडीको चाबी पनि तिमीहरू नै रेखदेख गर।

    बुढापाका आमाहरूको त्यो आग्रह सुनेपछि ती जोशीला युवा बीचबाट चालक अनुमतिपत्र नभएका कुनै एकयुवालाई चालक सिटमा राखी विजय ताण्डव गर्दै शोर सराबा र होहल्लाका बीचमा बस फेरि अघि बढ्यो। आजै मौसम विभागले सूचना जारीगरे अनुसार कपिलवस्तुदेखि पूर्वी जिल्लाहरूमा आरी घोप्टे वर्षा आँकलन गरिएको छ जस अन्तर्गत खोलानाला बढ्न सक्ने पहाडमा पहिरो खस्न सक्ने र यसबाट राजमार्गहरूमा यात्रा गरिरहेका यात्रुहरूलाई जनधनको क्षति पुग्न सक्ने भनी चेतावनी जारी गरिएको छ। तर बस अघि बढ्दैछ….

    🚌 पुरानो थोत्रो गाडी –

    देश (नेपाल) को प्रतीक हो। जति भए पनि अगाडि बढिरहेको छ, तर धेरै पुरानो भइसकेको, प्राविधिक रूपमा बिग्रन लागेको, मर्मत नपाएको, अस्तव्यस्त गाडी।

    👴🏼 बुढा चालक –

    पुराना नेताहरू, सम्भवतः लामो समयदेखि सत्तामा बसेका तर थाकेका, अलिकति अलमलिएका, जनताको विश्वास गुमाएका नेतृत्वकर्ताहरू।

    👵🏻 बाआमा दाजुभाई (शान्त नागरिक) –

    साधारण जनता, जसले तिनका दु:ख, बेथिति, असुविधालाई “मेरो भाग्य यस्तै” भनेर स्वीकृति दिइरहेका छन्। निष्क्रिय सहनशीलता देखाएका छन्।

    👦🏽👧🏼 १५–२५ वर्षका नानीबाबु (नयाँ पुस्ता/युवा) –

    नयाँ पुस्ता, जसमा जोश छ, परिवर्तनको इच्छा छ, तर संयम र दिशाबोध कम छ। उनीहरू पुरानो व्यवस्थाबाट त आजित छन्, तर नयाँ विकल्प के हो भन्ने स्पष्ट छैन।

    🔥 गाडी जलाउने, तोडफोड गर्ने घटना –

    नयाँ पुस्ताको अराजक विद्रोह, जसमा व्यवस्थाको अस्वीकार छ तर सकारात्मक निर्माणको योजना छैन। यस्तो अन्ध-आक्रोशले गन्तव्य पुग्न गाह्रो बनाउँछ।

    😟 बाआमाको अनुरोध: “गाडी नबिगार, चालक अनुमतिपत्र लिएर तिमीहरू नै चलाऊ” –

    पुरानो पुस्ताको आग्रह — परिवर्तन गर, तर संरचना नबिगार। देश चलाउने प्रणाली रहनु जरुरी छ; नेतृत्व फेर्नुपर्छ, व्यवस्थालाई सधैंको लागि जलेर सक्ने होइन।

    👨‍🔧 बिना लाइसेन्स तर जोशिला चालक –

    अवैधानिक,अनुभव नभएका, तर जोशिला, अलि “छिट्टै विश्वास गर्न नसक्ने” नयाँ नेतृत्व — जसले राजनीतिमा प्रवेश त गरे तर गहिरो योजना, नीति, र दृष्टिकोण बिना सत्ता सम्हाल्न लागे।

    Posted in मुख्य खबर, लोकप्रिय, समाज

    राजनीति कुनै एक पुस्ताको विषय होइन : शंकर पोखरेल

  • १७ आश्विन २०८२, शुक्रबार १४:१९ मा प्रकाशित
  • काठमाडौं, असोज १७ — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीति र समाज व्यवस्थामा कुनै एक पुस्ताको एकाधिकार नहुने स्पष्ट पारेका छन्।
    सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले यस्तो लेखेका हुन्।
    “पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ। नेकपा (एमाले) ले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ,” पोखरेलले भने, “राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्दैन।”
    उनले खास समयमा देखिने असन्तोष र विद्रोहहरू स्वाभाविक भए पनि त्यसलाई नै राजनीतिको मुख्य दिशा ठान्न नहुने धारणा राखे।
    “खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ। समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन,” पोखरेलको भनाइ छ।

    Posted in मुख्य खबर, राजनीति

    साप्ताहिक पञ्चाङ्ग भाग- १६६

  • १७ आश्विन २०८२, शुक्रबार ०७:५१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयछैसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६६———-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०६/०६
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग०१
    सबैको घरमा सुख शान्ति आओस् यो दशैंमा।
    माँ दुर्गा भवानीको दर्शन पाओस् यो दशैंमा
    बडादशैंको सबैमा हार्दिक शुभकामना,
    हर्ष नै हर्षको बाहरले छाओस् यो दशैंमा
    सदाको लागि गरिबी हटी जाओस् यो दशैंमा।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    बर्षै पिच्छे साल फेरियो तर देशको हाल फेरिएन
    जतिनै कराउँन जनता नेताको ताल फेरिएन
    चुनावै पिच्छे फेरिन्छन् मन्त्रीहरु तर के गर्नु यहाँ,
    अझै नि जनताको खुन पसिना चुस्ने चाल फेरिएन
    नयाँ सरकारमा पनि गरिब मार्ने जाल फेरिएन।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापाब

    ॐ
    पञ्चाङ्ग:०३
    लुकाएर लुक्दैन पापकर्म दाजै
    नकचराेलाई हुँदैन सर्म दाजै
    विधिसम्मत शासन हाे प्रजातन्त्र,
    युद्ध लड्नेले भिर्नुपर्छ वर्म दाजै
    मानवता नभए कस्तो धर्म राजै।

    👉🏻त्रिपञ्चाङ्ग🇧🇹
    सजिलो अप्ठ्यारो दईटैमा परेर जान्छ
    हाम्रो जीवन क्षणिकको हो मरेर जान्छ
    सपना बुन्दै त्यही अवधिमा हराउँदा
    गर्ने र नगर्ने सबैथोक गरेर जान्छ
    तर त्यो सपना आवेशमा टरेर जान्छ ।

    मिलोमतोभित्र आफ्नो भनि धरेर जान्छ
    तर आफ्नो-अर्काको विभेद छरेर जान्छ
    छुट्याउने क्रमको अवधिमा हराउँदा,
    खासै इमान्दारी बन्ने मिति सरेर जान्छ
    अनि परितापी ऊ छ्वाङ्ङ झरेर जान्छ ।

    विगतमा ऊ कर्तव्यदेखि नै तरेर जान्छ
    राम्रो गर्छु भन्दाभन्दै दोष भरेर जान्छ
    राम्रो र नराम्रोको दोबाटो मै हराउँदा,
    तितो र मिठोको छेउकुना चरेर जान्छ
    सावधानीपूर्वक अस्तित्व हरेर जान्छ ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-०४
    समय परिवर्तनशील छ आफू पनि फेरिनु पर्छ
    स्वीकार गर या नगर एकदिन कात्रोमै बेरिनु पर्छ
    हिजोको जस्तै घाम आज पनि लागेको छ नसोच्नुस् कत्ति,
    आजको दिन अर्कै हो आज अर्कै आँखाले हेरिनु पर्छ
    ढुङ्गामै लेखियोस् अक्षर समयानुकूल केरिनु पर्छ ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३५

  • १७ आश्विन २०८२, शुक्रबार ०७:४८ मा प्रकाशित
  • ॐ”पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकचौंतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०६/०२

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३५{एकसयपैतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सुन्दर फूल फुलेका छन्
    मन् त्यतैतिर डूलेका छन्
    हेर्दा राम्रो देखिने फूल,
    सबैका आँखा झुलेका छन्
    आकाश धर्ती खुलेका छन्।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फूलको सुन्दर संसारमा रमाउँला सधैँ
    पवित्र सम्बन्धको यो नाता कमाउँला सधैँ
    चम्किलो बनिरहनु यसैगरी हरक्षण,
    सुगन्धित फूल झैं बाटो समाउँला सधैँ
    साथीसंगी मिलि हरपल जमाउँला सधैँ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    सुगन्ध छर्दै फूल फुलोस् यहाँ
    हरेक पल शान्ति झुलोस् यहाँ
    सुनौलो बिहानीसँगै रमेर,
    अधिकारको ढोका खुलोस् यहाँ
    सबै पीडा माटोमा घुलोस् यहाँ ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग०४
    “””””””””
    सुन्दर रहेछ मित्र काेरीएकाे चित्र आहा
    नेपाली परिवेश झैँ खाेजिएकाे चित्र आहा
    हिमाल पहाडका दृश्य त! सारै सुन्दर छ
    विश्वमा मुख्य गन्तव्य राेजिएकाे चित्र आहा
    नेपाली प्रकृति देखी लाेभिएकाे चित्र आहा ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०५
    लुकाइ पिडा यहाँ फूलले मलाई हाँस्न सिकायो
    उनिएर सियोमा पिरतीको माला गाँस्न सिकायो
    समर्पित भइ सुगन्धित बास्ना छर्दै जताततै,
    भएभरका जति छन् दुर्गन्ध सबै मास्न सिकायो
    प्रेमले जगतलाई नै आफैंतिर टाँस्न सिकायो।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३४

  • १७ आश्विन २०८२, शुक्रबार ०७:४५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकचौंतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०५/१२

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३४{एकसयचौतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफूखुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    फूलमा हाँस बस्यो
    सधैंको बास बस्यो
    कति आनन्दित छन्,
    त्यसैमा आस बस्यो
    दिलको खास बस्यो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फूल्यो डालीमा
    झुल्यो डालीमा
    हाँस बसेको,
    डुल्यो डालीमा
    खुल्यो डालीमा ।

    गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग
    हालः- अमेरिका

    पञ्चाङ्ग :०३

    यहाँ सुन्दर फूल फुले वनैमा
    वरिपरि भमरा डुले वनैमा
    अहाे ! प्राकृतिक दृश्य देख्दा नै झन्
    धानका बाला सरि झुले वनैमा
    यत्रतत्र काेपिला खुले वनैमा ।

    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ,हाल भारत ।

    पञ्चाङ्ग:०४
    साैन्दर्यले मनुष्य लाेभ्याउने फूल हजुर
    जीव वारीपारि गराउने हाे पुल हजुर
    सृष्टिको रचना ईश्वरकाे शक्ति छ अपार,
    वासना लठ्ठ बन्ने भ्रमराकाे हुल हजुर
    चराचर सञ्चालन नै हुन मूल हजुर ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०५
    कल्पना जे पनि गर्न सकिन्छ फूल हेरेपछि
    निस्कर्षमा त बल्ल पो पुगिन्छ मुल हेरेपछि
    भावलाई बुद्धिले काबु राख्नुपर्दछ जहिल्यै,
    अनि सुध्रिनु पर्छ विगतको
    भुल हेरेपछि
    सधैं लाग्नुपर्छ आफ्नै बाटोमा हुल हेरेपछि।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग-०६
    अक्षर-१२

    चरा र फूलको मेल हेर राम्रो
    सुन्दर देख्दा शव्दमा के र राम्रो
    कति मिल्दै बसेका हेर्दै आनन्द,
    बाद इन्द्रेणी सहित घेर राम्रो
    आनन्द लिई मनले बेर राम्रो ।

    -दुर्गा आचार्य
    मोरङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    पञ्चाङ्ग लेखन शृङ्खला- १६३

  • १७ आश्विन २०८२, शुक्रबार ०७:४२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयत्रिसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६३————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०५/०९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    तीजमा रमाइलो गर्ने हो
    मीठा खानाले पेट भर्ने हो
    दिन्छु शुभकामना तीजको,
    शिवजीको शरण पर्ने हो
    दिव्य वाणी सबैमा छर्ने हो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    दर खाउँ कि तर दोधारमा परेँ
    वर जाउँ कि पर दोधारमा परेँ
    सधैॅभरि यस्तै हुन्छ मलाई हेर,
    कर लाउँ कि भर दोधारमा परेँ
    घर छाउँ कि खर दोधारमा परेँ।
    -घनश्याम पौडेल,पोखरा
    पञ्चाङ्ग :०३
    आमा सिम जाऊँ कि
    दर मिठो खाऊँ कि
    तिजको बेला हो यो,
    रातो सारी लाउँ कि
    चेली हुँ म गाउँ कि।
    -सुमित्रा पोखरेल काठमाडौं।

    पञ्चाङ्ग-०४
    तीज आयो आयो त भन्छन् रौनक चाहिँ उस्तो लाग्दैन खै
    उहिलेको तीजको त्यो भाका संगिनीले किन माग्दैन खै जतासुकैबाट हमला छ हाम्रो मौलिक संस्कृति माथि,
    छमछम नाचेको बेला लुसुक्क छिर्छ डाँका भाग्दैन खै
    मरेछ क्यारे हाम्रो तीजको मुल मर्म किन जाग्दैन खै?

    • पशपती राई खोटाङ ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३३

  • १७ आश्विन २०८२, शुक्रबार ०७:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०५/०५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३३{एकसयतेतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    कुबाटाेमा पाइला राेकेर हिड्ने
    आफ्नाे भनी गन्तव्य ताेकेर हिड्ने
    बुबा नै हुन् यस जगतमा हाम्राे,
    शिर उठाइ छाती ठाेकेर हिड्ने
    काँधमा जिम्मेवारी बाेकेर हिड्ने।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२


    संसारमा सबै मान्छे राम्रा दाजै
    स्वार्थ मिलेसम्म मात्र हाम्रा दाजै
    हात समाइ हुर्केको दिन बिर्स्याे,
    कठै ! साेच,गुणि हुन्न चाम्राे दाजै
    के काम फलेका फल डाम्राे दाजै ।
    प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०३

    हाम्रो बा घरकाे मूल खम्बा धूरी हुनुहुन्थ्याे
    हामी रम्ने रमाउने चुरी -फुरी हुनुहुन्थ्याे
    छ बा काे महिमा , छुट्टै यो संसार बनाउने
    सन्तानको खातिर अमरा पुरी हुनुहुन्थ्यो ।
    हाम्रो बा जीवन दाता मुरी मुरी हुनुहुन्थ्यो ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-४
    माता धर्ती हुन् भन्छन् हाम्रो शास्त्रले पितालाई आकाश ठाने मैले
    वैदिक शास्त्रमा लेखिएको कुरा बल्ल आज आएर जाने मैले
    पिताले लुकाएको रहस्य जान्नलाई जिन्दगी नै लाग्दो रहेछ ,
    मुख हेर्ने समय पाइन त्यसैले पिताको तस्बिर छाने मैले
    तस्बिर हेर्दै परदेशको भुमिमा लामो सास ताने मैले।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग भाग- १६२

  • १७ आश्विन २०८२, शुक्रबार ०७:३६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय बैसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६२————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०५/०२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    पञ्चाङ्ग:०१
    देखिन र देखाउन जान्नु पर्छ यहाँ
    आफू आफैलाई ठूलो मान्नु पर्छ यहाँ
    सारथि हुँ बाँचुन्जेल खलियान मेरै,
    खुट्टा तान्ने दुष्ट गुरु तान्नु पर्छ यहाँ
    नेतृत्व पाए प्रगति ठान्नु पर्छ यहाँ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग :०२
    जूनले , घामले प्रकाश छर्छ शंका नगर्नुस्
    पौडी खेल्न जान्नेले खाेलाे तर्छ शंका नगर्नुस्
    मान्छेकाे पाेगटाे हुँदैन, धानको भएपनि ,
    तल झर्ने मान्छे नै माथि पर्छ शंका नगर्नुस्
    मौका पाउँदा नै सबैले गर्छ शंका नगर्नुस् ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    तीजको बेला माइतीघर आउँदा रमाम्ला
    लिएर बिदा भाइकोसाथ लाउँदा रमाम्ला
    चेलीको लागि पियारो तीज बर्षमा आउने,
    माइत पुगी आमाले दर ख्वाउँदा रमाम्ला
    मनको पीर वेदना खोली गाउँदा रमाम्ला।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग :०४
    कसैलाई दुःख र पीडा छर्ने काम नगर
    व्यर्थ मायामा शंका आँखा तर्ने काम नगर
    भाेलि वचन लाग्ला कुनै दिन हजुरलाई
    अरूको भर जीवनमा पर्ने काम नगर
    सधैँ नराम्रा कामहरू गर्ने काम नगर ।

    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ,हाल भारत ।

    ॐ
    पञ्चाङ्ग:०५
    “”””””””””
    मेराे बुबा घरकाे छानाे हजुर
    दु:खले जुटाउछन् मानाे हजुर
    हामी सबैको उनै आशाको केन्द्र,
    जिम्मेवारीमा उनी कानाे हजुर
    म हुँ आफ्नाे घरकाे सानाे हजुर ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०६
    झलझली सम्झना आउँछ त्यो मुहार
    कहिं कतै देखिन्छ लाउँछ त्यो मुहार
    दिन,हप्ता ,महिना,बर्षौ पनि बितेछ,
    सपनामा चुरा बजाउँछ त्यो मुहार
    मस्त निन्द्रा खलबलाउँछ त्यो मुहार !
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०७
    काँधमा टेकी टाउकोमा हान्ने छन्
    पछाडि खुट्टा समातेर तान्ने छन्
    मानिसको चाल पनि अचम्मको,
    सबैजना आ-आफैं निकै जान्ने छन्
    सर्वेसर्वा कतिले आफैं ठान्ने छन्।
    ह्यारिस

    पञ्चाङ्ग-०८
    केही न केही त गरौं न समय त हात खाली जाँदैछ
    के बालक के वृद्ध के जवान सबैलाई ढाली जाँदैछ
    उ त जाने नै हो आफूसँगै अरुलाई पनि लाने नै हो,
    जीवनलाई लिएर रहस्यलाई यतै फाली जाँदैछ
    बुझौं न हर रात प्रेरणाले पनि बत्ती बाली जाँदैछ!
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-१३१

  • १७ आश्विन २०८२, शुक्रबार ०७:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०४/२९

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३१{एकसयएकतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सुन्दर गाउँ हेर्न मन छ
    केही अक्षर केर्न मन छ
    ठाउँ देख्दा हुन्छ मन खुसी,
    खुसीले सास फेर्न मन छ
    प्रकृतिलाई बेर्न मन छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    अति राम्रो ठाउँ बनाई दियो प्रकृतिले
    हामीबाट आखिरमा के लियो प्रकृतिले
    स्वर्गभन्दा पनि राम्रा ठाउँ पनि रहेछन्,
    लुकीलुकी गरेको होला चियो प्रकृतिले
    स्वार्थी भए फेरि लैजाने थियो प्रकृतिले।
    -घनश्याम पौडेल,पोखरा

    ॐ
    पञ्चाङ्ग:०३
    “””””””””””
    निभ्नु अगाडि बत्तीले उज्यालो जलाउने प्रकृति
    अन्तिम घडी कमिलाकाे प्वाँख पलाउने प्रकृति
    अत्याचाले सिमा नाघेपछि समयले महाेदय,
    कुकृत्यकाे ठूलाे भारी कसरी तलाउने प्रकृति
    भ्रष्टाचारी सरकार जनता छलाउने प्रकृति ।
    -प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०४
    सुन्दर गाउँ छ
    गार्खेकाे ठाउँ छ
    साना घर रम्य,
    नेपाल नाउ छ
    हाे जाऊँ जाऊँ छ।
    -भवानी घिमिरे

    पञ्चाङ्ग :०५
    सुन्दरताले भरिएको गाउँ छ
    थोरै घर तर छरिएको गाउँ छ
    सुर्य अस्ताउन लागेको दृश्य,
    गरामा धान हरिएको गाउँ छ
    केही दिनमै दरिएको गाउँ छ।
    -सुमित्रा पोखरेल काठमाडौं।

    पञ्चाङ्ग:०६
    गाउँ घर सुन्दर हरियाली रहेछ बस्ती सुन्दर
    त्यस घरभित्र बस्ने गृहिणी होलिन् त कस्ति सुन्दर
    खेत उस्तै सूर्यकिरण छिरेर भञ्ज्याङ् पहाड डाँडा
    नदी बहने शीतल हावा बहँदो हो मस्ती सुन्दर
    साँच्चै होलिन् घरकी दुलही पनि परी जस्ती सुन्दर ।
    गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग
    हालः-अमेरिका

    पञ्चाङ्ग-०७
    कति फुर्छन् गीतहरू चौतारीमा बसेर गाउनु पर्यो
    प्राकृतिक प्रेम चाख्ने हो भने लेकबेँसी धाउनु पर्यो
    कृत्रिमताले त भद्दा पो बनायो है गाउँका घर पनि,
    टिनका पाता हटाएर अब खरले नै छाउनु पर्यो
    अब त हामी पनि सबैजना प्रकृतिमै आउनु पर्यो।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P