• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

  • ३ भाद्र २०७९, शुक्रबार ११:२८ मा प्रकाशित
  • १ भदौ, बुटवल । आइतबार राति बुटवलको होटलमा मृत भेटिएकी ३३ वर्षकी पुष्पा पुनमगर एक महिनादेखि घरमा सम्पर्कविहीन थिइन् ।

    नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमान्ले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए ।

    आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कारीकोटे होटलमा धादिङका ३८ वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी पुष्पा अर्को दिन मृत भेटिइन् । भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका थिए ।

    असार अन्तिममा साउन बार्न भनेर पुष्पा नेपालगञ्जबाट दाङको सतबरिया माइत जान्छु भनेर हिंडेकी रहिछन्’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष रेग्मीले भने, ‘उनी हराएपछि श्रीमानले खोजी गरिदिन सामाजिक सञ्जालमा सूचना हालेका रहेछन् तर प्रहरीमा निवेदन आएको थिएन ।’

    होटेलको कोठा नम्बर १३४ बुक गर्दा उनीहरूले आफू श्रीमान–श्रीमती भएको र ठेगाना बुटवल उपमहानगरपालिका–४ उल्लेख गरेका होटलका सञ्चालक बासुदेव लामिछाने मगर बताउँछन् ।

    सोमबार बिहान ५ नबज्दै सीताराम एक्लै होटलबाट निस्कन खोजेका थिए’, लामिछानेले भने, ‘श्रीमान श्रीमती भनेर बसेपछि एक्लै निस्कनु राम्रो हुन्न भनेर कोठामै फर्काएका थियौंं ।’ ९ बजेसम्म पनि कोठाबाट उनीहरू बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेर ढोका तोडेर हेर्दा पुष्पा र सीताराम दुवै जना मृत अवस्थामा रहेका उनले बताए ।

    उनीहरु बसेको बेडका तन्ना र टाबेलमा रगत लागेकाले पुष्पाको हत्या गरी भुजेलले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

    भुजेल र महिलाबीच कहिले कसरी भेट भयो र उनीहरुबीच कस्तो सम्बन्ध थियो भन्नेबारे केही खुलेको छैन ।

    भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका पाइएको रेग्मीले बताए ।

    पुष्पाको साथमा मोबाइलसमेत नभएकाले धादिङका सीतारामसंग भेट कसरी भयो भन्ने अझै नखुलेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

    पुष्पाका माइती पक्षका आफन्त जाहेरी दिने तयारीमा रहेका र श्रीमान् युएईबाट आएपछि पोस्टमार्टम हुने उनले बताए । दुबैजनाको शब लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ ।

    भुजेलसंगको विवाहेत्तर सम्बन्धमा खटपटकै कारण पुष्पाले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    ‘पुष्पाका माइतीहरु जोहरी दिने क्रममा रहेकाले त्यसपछि थप कुरा खुल्ला’–रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले भने, ‘भुजेलको पृष्ठभूमिले पनि उनी अपराध कर्ममा संलग्न हुंदै आएको पुष्टी हुन्छ, त्यसको शिकार पुष्पा पनि भइन् भन्ने अहिलेसम्मको अनुसन्धानले देखाउँछ ।’
    यो खबर टोपराज शर्माले अनलाईन खबरमा लेखेका छन्

    Posted in मुख्य खबर, समाजLeave a Comment on माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

    ‘म, मेरो मृत्यु र गोहीका आँसु’ – कविता

  • ३ भाद्र २०७९, शुक्रबार ००:४३ मा प्रकाशित
  • पूर्वमा सूर्य उदायो
    बिहानी लाली किरणसँगै
    सिरसिर बतास चल्यो
    सल्लाका रूखहरू सुसाए
    गुराँस मुस्कराए
    बगैँचामा फूलहरू फुले
    सुन्दर फूलहरू
    मुस्कानको परिधिमा रमाए
    म पनि मुस्कुराएँ
    मुस्कुराइरहेको फूलझैँ
    सौम्य बगैँचामा
    संरक्षणको पर्खाल लगाएँ
    बगैंचा गोडमेल गरेँ
    सिर्जनाको फूलहरू रोपेँ
    फूलहरू हुर्काउने र फुलाउने
    प्रयासमा लागेँ
    र निरन्तर लागी नै रहेँ !

    जिन्दगीको गन्तव्यमा
    यो जिन्दगीले काँचुली फेर्यो
    अनेक मोडहरूमा
    अनुभवका अनुभूतिहरू संगाल्दै
    यात्रामा मुस्कुराउँदै
    एउटा फूलको जस्तै गरेर
    यो जीवनले धरतीबाटै
    अवकाशको बाटो रोज्यो
    आफैले गोडमेल गरेका
    रचनाका फूलहरू ओइलिएर
    भुँइमा झरे
    बोटबिरुवा मुर्झाएर
    भावविह्वल भए
    वातावरण मौन रह्यो
    मनको सुन्दर आकाशमा
    सन्नाटा छायो
    खोलाहरू सुसाए
    कोइलीहरू विरहमा डुबे
    सारा चराहरू
    शोकाकुल अवस्थामा भए !

    दुई दिनको जीवनको गन्तव्य
    अन्ततः उही घाट त रहेछ
    यो जिन्दगीले
    धरतीबाटै अवकाश लिएपछि
    सप्तकर्णालीको तीरमा
    म र मेरो शव
    चितामाथि जलिरहँदा
    म चाहन्थेँ कि
    म जीवित छँदा
    षड्यन्त्रका तानाबाना बुनेर
    जालमा पार्न खोज्ने
    ती गोहीहरूले आँसु नझारून्
    तर आज मेरो मृत्युमा
    तिनै गोहीहरूले
    चितामाथि मेरो शव जलेर
    एकातिर खरानी हुँदा
    अनि अर्कोतिर
    शव जलेर धुवाँमा बदलिँदा
    आखिरमा
    तिनै गोहीहरूले
    क्रमशः
    आँसु झारिरहेका छन् !

       - आर्त अकुलीन

    लम्कीचुहा २, देवाश्रम, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘म, मेरो मृत्यु र गोहीका आँसु’ – कविता

    उदक यात्री प्रेम थापाका उत्कृष्ट उदकहरू

  • २ भाद्र २०७९, बिहीबार २२:३४ मा प्रकाशित
  • १.
    शिक्षा
    ज्ञान सेवा
    कल्याणले हुनर दीक्षित !

    २.
    बुद्धि
    सदुपयोगको खाँचो
    अग्रगमन प्रगतिको साँचो !

    ३.
    जागरण
    शुभ वचन
    मनको निर्माता कर्म !

    ४.
    प्रसन्नता
    हुने शीतलता
    लिएमा जो शालीनता !

    • प्रेम थापा, बागलुङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रेम थापाका उत्कृष्ट उदकहरू

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खला सम्पन्न

  • २ भाद्र २०७९, बिहीबार १०:३० मा प्रकाशित
  • काठमाडौ, ७ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खला साउन ७ गते शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    राखेर बाँझो  खेतबारी, बेसाइकन खान्छौँ,
    त्यसैले त आफूलाई अब्बल कृषक ठान्छौँ ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    खेत  सबै  टुक्रा पारी  बसाए  घर डेरा ,
    खाडीतिर लिलाम भए ती किसान मेरा ।
    ✍️
    ताराप्राद चापागाईं
    धुनिबेसी

    [२]
    हिङ्ग नभएपनि सम्झनोस्, छ हिङ्ग  बाँधेको टालो,
    को खटिराखोस् हिलो र मैलोमा मन बनाई कालो ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [३]
    किसानले धानेका छन् याे मुलुककाे सान ,
    बिना मलको जानेका छन् फलाउन धान ।
    ✍️
    रामकृष्ण दुवाडी
         पाेखरा ।

    [४]
    हिस्सा बाड्दा बाड्दै टुक्रा टुक्रा बनाए खेतबारी,
    त्यहीँ टुक्रो पनि बेच्नै पर्यो  ठिक्क  घडेरी पारी ।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५]
    खान्छौँ हामी खेत बेचेर शहरमा आज,
    भन्छौँ कृषिप्रधान देश नमानेर लाज।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी आठ, सुनसरी ।

    [६]
    कृषिप्रधान देश भन्छौँ आयात गर्छौँ धान,
    लाज सरम पचाई देखाउँछौँ फोस्रो शान ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [७]
    कृषिप्रधान देश हाम्रो बाँझिएको छ अहिले,
    युवा शक्ति विदेशीए अन्न किन्दै खान्छौ जहिले ।
    ✍️
    तारा घिमिरे
    सङ्खुवा सभा

    [८]
    हिङ्ग नभए नि हिङ्ग छ भन्दै अरूसँग माग्ने,
    हामी नेपालीनै छौँ गजबका  कृषिदेखी भाग्ने ।
    ✍️
    टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [९]
    बाँझै छन् खेतबारी तिमी चाहिँ बेसाई खान्छौ,
    अभाव  भएपछि  चाहिँ मुग्लानतिर  जान्छौ ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१०]
    सिँचाइ छैन मल बीउ आउँदैन समयमै के भनौ,
    कृषिप्रधान देशमा बरै कति पर्यो अनिकाल गनौ ।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [११]
    खेती हुन्छ मेहनतले आलस्यले कहाँ,
    सुख हुन्छ परिश्रमी कृषक हुन्छ जहाँ ।
    ✍️
    दीपक ठटाल जलन,२३.०७.२२

    [१२]
    धेरै किसान थोरै जमिन, भयो हराभरा,
    एकै पटक खान बसे ,अघाउँदैनन् चरा ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [१३]
    गमलामा धान राेप्छाैँ  साेफामै लगाउँछाैँ बीउ काटेर माला,
    मगाउँदा विदेशकाे टन्न कमिसन छ हिलो को छुन जाला ?
    ✍️
    निरज कोइराला
    बेलका १ उदयपुर

    [१४]
    जग्गा बाँझो राखी बस्नलाई शहर झर्छन्,
    छत एवं कौसीको गमलामा खेती गर्छन् ।
    ✍️
    रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही

    [१५]
    विकासको नाममा खेतबारी कंक्रिटले  ढलान गरे,
    बुझ्दैन यहाँ कोही अन्न बिना हाम्रो प्राण बाँच्दैन भरे ।
    ✍️
    शंकर कार्की
    थाहा ३ मकवानपुर।

    [१६]
    अब्बल कृषक म नै हुँ भन्दै तान्छ अनुदान सरकारी,
    राखेर बाँझो खेतबारी बेसाएर भर्छ ऋणको भकारी !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर   झापा

    [१७]
    कृषक हुँ भन्दै चाल चल्छन् अनुदानको लागि,
    तलदेखि माथिसम्म मिलाउँदै आउँछन् भागी ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [१८]
    कृषिप्रधान देश मेरो खेतीमा लगाउँने छैन जल,
    निकम्मा छ सरकार मेरो समयमा पाइदैन मल ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [१९]
    म किसान भनी हिड्छौ माटो नलाई हातमा,
    अनुदान सधैँ लिन्छौ जादु नै छ त  बातमा ।
    ✍️
    रामजि लामिछाने

    [२०]
    गाउँको खेत बाँझो राख्ने छतमा खेती गर्ने,
    आउँदैछन् दिन  ख्याल गर  भोकै मर्नु पर्ने।
    ✍
    नवशिला
    बेलबारी -२,लालभित्ती,मोरङ।

    [२१]
    किसान बन्नु अभिशाप भयो, छैन मल बीउ
    यहि तरिकाले अब कसरी पाल्नु आफ्नो जिउ ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [२२]
    अब किताबमा मात्रै रह्यो , कृषिप्रधान देश हाम्रो ,
    किसानलाई मल बीउ दिन , सरकार हुन्छ चाम्रो ।
    ✍️
    बुद्धिमान  दनुवार
    सुरुङ्गा ४ झापा

    [२३]
    कृषिप्रधान हाम्रो देशमा हराउदै छ हलो कोदालो,
    युवाहरू खाँडी मुलुकमा पुगेर बन्दैछन  गोठालो।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।

    [२४)
    खेतीपाती गर्नुभन्दा प्लटिङ्गमै आम्दानी धेर,
    पर  निर्भर  भइ  बाँच, बसेर रमिता हेर ।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२ रुपन्देही

    [२५]
    किसान हुँ भन्छन् विदेशीकै खेतबारी गोड्छन्,
    सेरोफेरो मेरो भन्दै खेतबारी बाँझै छोड्छन् ।
    ✍️
    योगप्रसाद उपाध्याय चापागाईं
    गोठाटार, काठमाण्डौं ।

    [२७]
    हामी रोप्छौँ खेतबारी, विदेशको खान्छौँ धान,
    कृषिप्रधान देश हो,  बाँझो  राखी गर्छौँ शान ।
    ✍️
    एवाइ प्रभात
    धनकुटा  हाल मोरङ

    [२८]
    खेत बाँझै छाडी विदेशीने, शहर पस्ने चल्यो लहर,
    कुटाे बाउसाे त्यागी लर्खराउने मलाई जाग्यो रहर ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [२९]
    सबैले भन्छन् नि कृषिप्रधान देश हाम्रो,
    सुलभ  तरिकाले  मल  बीउ  पाए राम्रो ।
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [३०]
    धान फल्ने खेत सबै प्लटिङले खान लाग्यो
    सबैको भान्छामा विदेशी चामलै पाक्न थाल्यो ।
    ✍️
    देबकी के.सी.
    दक्षिणकाली ,काठमाडौ

    [३१]
    शहरमा बसी मीठो खाइ हिड्छौँ लगाइ राम्रो,
    खेत बाझोँ राखी कृषिप्रधान देश भन्छौ हाम्रो ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [३२]
    आफू चैँ फाटेको लाउनु, दुनियाँभर सबैको  पेट पालिदिनु,
    कृषकको भाग्य पाउनु ,  भनेकै जीवन घरापमा हालिदिनु ।
    ✍️
    बि.कुलुङ
    भारत, दार्जिलिङ

    [३३]
    राम्रो खेत र बारी घडेरी बिक्री गर्न भागबण्डा गर्छौ,
    व्यञ्जन राम्रो चाहिने रे आयातित चिजले पेट भर्छौ ।
    ✍️
    प्रेम थापा

    [३४]
    कृषिप्रधान  देश  हो  तर  सिँचाइ  छैन्  राम्रो,
    नदी बेच्यौ छिमेकीलाई सुख्खा भो खेत हाम्रो ।
    ✍️
    उसा खपाङ्गी
    छिन्ताङ् धनकुटा

    [३५]
    कृषिप्रधान  देशका  कृषक  गमलामा  रोप्छन् धान,
    गलामा लाउँछन् बीउको माला यही हो उसको शान।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३६]
    मौसमको भरमा खेतीपाती गर्छौं,
    वर्ष दिन खानलाई समुन्द्र तर्छौं ।
    ✍️
    भगवती दवाडी
    ,झापा

    [३७]
    कृषिप्रधान देश हाम्रो घुस खेती गर्ने,
    भारतबाट धान ल्याइ भकारीमा भर्ने।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [३८]
    कृषिप्रधान  देश नेपाल हाे हाम्रो
    खानलाई त कहिले पुग्दैन राम्रो ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी भक्तपुर ।

    [३९]
    किसान बनेर काम गर्न साह्रै लाग्ने  लाज,
    बाँझो बन्न पुगेको हो हाम्रो खेतबारी आज ।
    ✍️
    लालीमाया थापा मगर
    प्युठान

    [४०]
    आफैँले आफैँलाई नै  अब्बल ठानेर  केही हुन्न,
    धर्ती बाँझो  नराख्ने कुरा पर्छ  अब सबैले गुन्न ।
    ✍️
    बूढानीलकण्ठ काठमाडौँ

    [४१]
    कृषिप्रधान देश हाम्रो  जताततै छ  खेती,
    पेटभरि खान   छैन साहुलाई फले जति ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [४२]
    कृषिप्रधान देश भनी चिनाए राम्रो,
    जहाँतहि बाझै छन् खेतबारी हाम्रो ।
    🇳🇵
    आर्मित्मा थापा मगर
    स्याङ्जा

    [४३]
    कृषिप्रधान  देश  मेरो  गमलामा  धान,
    चामल सकिएमा किन्नलाई छ  दोकान ।
    ✍️
    सागर संगम
    कटारी, उदयपुर

    [४४]
    हुँतिहारा भै, शहर झरियो, पेशा के भन्दा अलमल,
    ढाट्दै मनलाई  थिलो पारेर नै खस्कदै छौं पलपल ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपरासी  सुस्ता पुर्व

    [४५]
    धानको  बीउ  गलामै  रोपेर  आएँ,
    जोत्न भो  लाज बेसाएर मैले खाएँ  ।
    ✍️
    इन्दिरा

    [४६]
    कृषिप्रधान देश हो भनेर के गर्नु जल मलको जहिल्यै खाँचो,
    तेल र  ग्यासको भाउ बढेर जनताको घरमा सधैं खाने काँचो ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४७]
    बाँझो खेतबारी सबै सामन्तीको घडेरी,
    बेसाएर   खानुपर्छ   लागेपछि  खडेरी ।
    ✍️
    -रामशरण न्यौपाने
    भक्तपुर

    [४८]
    खेतीयोग्य जमिन  प्राय घडेरीमा गयो ,
    कृषिप्रधान  देश हाम्रो  भन्नुमात्र भयो  ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४९]
    नाम मात्रै भयाे कृषिप्रधान देश भनेर हाम्रो,
    जति दु:ख गरेपनि उब्जनी हुँदैन यहाँ राम्रो ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही  १४ बुटवल

    [५०]
    कृषि क्रान्ति त आयो भन्छौ कहाँ आयो खोइ ?
    खेतबारी    सबै    बाँझै   बाँझो    हेर्दैछ   रोइ ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५१]
    ठूला मान्छे हुन् उनी दुईचार पैसा कमाउने,
    फुर्सद  छैन  रत्तिभर  हलाे  कुटाे  समाउने ।
    ✍️
    रामकृष्ण रिजाल
    बागलुङ

    [५२]
    कृषिप्रधान देश हाम्रो काम गर्न लाज मान्ने,
    बिना परिश्रम खै  कसरी हो व्यवहार धान्ने ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [५३]
    राेजगारीकाे खाेजी गर्दै युवा शक्ति पुगे खाडी,
    कृषिप्रधान  देश  हाम्राे  खेतभरि  भयाे  झाडी ।
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ  ।

    [५४]
    कृषिप्रधान देश हाम्रो जग्गाभरि चिरफार,
    धान चामल आयात गर्दै पेट पूजा साकार ।
    ✍️
    बेदु न्यौपाने
    काठमाण्डौँ

    [५५]
    मलजलको छैन  व्यवस्था किसान सधैँ मर्कामा,
    आकाशको नै मुख ताक्नुपर्ने खेती गर्दा बर्खामा ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खला सम्पन्न

    प्रवासी नेपाली मञ्च साउदी अरबको दोश्रो महाधिवेशनमा पुर्ब उद्योग मन्त्री महेश बस्नेत आउने।

  • २ भाद्र २०७९, बिहीबार ०९:२२ मा प्रकाशित
  • नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च,साउदी अरबको आगामी सेप्टेम्बर २ गते रियादमा हुन गईरहेको दोस्रो राष्ट्रिय अधिवेशनमा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं युवा संघ इन्चार्ज तथा पुर्ब उद्योग मन्त्री महेश बस्नेत मुख्य अतिथिका रूपमा आउने भएका छन्

    प्रवासी नेपाली मञ्च,साउदी अरबका प्रचार प्रसार उपसमितिका संयोजक कृष्ण कार्की द्वारा गराइएको जानकारी अनुसार साउदी अरबको रियाद स्थित एक्जिट १८ मा बिहान १०बजे सुरु हुनगइरहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न बस्नेत आउने भएका हुन्।

    यसअघि गत ५ अगस्तमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा.राजन भट्टराई मुख्य अतिथिका रूपमा आउने भनिएतापनि केही कारणवश उनी नआउने भएपछि अधिवेशन सम्पन्न हुन सकेको थिएन।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on प्रवासी नेपाली मञ्च साउदी अरबको दोश्रो महाधिवेशनमा पुर्ब उद्योग मन्त्री महेश बस्नेत आउने।

    उदक यात्री रमा पन्तका उत्कृष्ट उदकहररू

  • २ भाद्र २०७९, बिहीबार ०९:०३ मा प्रकाशित
  • १
    तिज
    रमाइलो पर्व
    देव शिवजीको आराधना!

    २
    तिज
    दिदिबहिनीहरू मिलेर
    खानु खाजा खिर !

    ३
    तिज
    भयो खर्चिलो
    त्यसैले लाग्छ पिर !

    ४
    तिज
    सामाजिक परिवर्तनमा
    कति राम्रो गीत !

    ५
    तिज
    नमानौँ असन्तुष्ट
    आफ्नोमै गर्नु सन्तुष्ट !

    • रमा पन्त, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रमा पन्तका उत्कृष्ट उदकहररू

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४ सम्पन्न

  • २ भाद्र २०७९, बिहीबार ०८:५८ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ४ (चार)
    ——————————————–
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/०४/३१
    ………………………………………….
    प्रशिक्षक:-
    ———–
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तोयानाथ सुवेदी
                  
    भाषा शुद्धीकरण
    ————
    सोमनाथ लुइटेल रवि पाल्पाली
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल

                  संयोजक
       दुर्गा आचार्य ,भवानी घिमिरे
                        तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल ।

    ======================

    पञ्चङ्ग    ०१

    धिक्कार  छ  जिन्दगी समयले नचायो मलाई
    खान  खोजें  जहर, औषधीले बचायो मलाई
    राम्रोको पछि लाग्ने त्यस्मा पर्दिन होला के गरुँ?
    हेर ! अनायासै  सधैँको  लागि मचायो मलाई
    कहिले   कुराले  कैले    छुराले पचायो मलाई ।

    🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग    ०२

    भक्ति त्यहीँ गर्नु पर्छ आस्था छाएको ठाउँमा
    धर्म त   त्यहीँ हुन्छ मनले खाएको ठाउँमा
    नामको लागि   हैन   काम  गरी जिउनु पर्छ
    भक्त त्यहा पुग्छ सधैँ  श्रद्धा पाएको ठाउँमा
    संस्कृति बच्छ सधैँ   लोकले धाएको ठाउँमा।

    🇳🇵सीता कडेंल सापकोटा, भरतपुर चितवन ।

    पञ्चाङ्ग    ०३

    कराएँ चर्को स्वरले सुनेनन् तर कसैले
    समस्या पर्दा आएर दिएनन् भर कसैले
    आफन्तलाई सम्झेर म रुॅदै थिएँ बसेर
    तलाउबीच पुग्दा नि मानेनन् डर कसैले
    अन्जान ठाउँ  हुनाले सोचेनन् कर कसैले।

    🇳🇵घनश्याम पौडेल, पोखरा।

    पञ्चाङग   ०४

    तीजको नाममा  विकृति भेटियाे यहाँ
    संस्कारको काममा  दम्भ मेटियाे यहाँ
    हाम्रो  पुरानो  संस्कृति  कता हरायो खै
    पहिरन  सँगै  विकृति फेटियाे यहाँ
    समाजमा  संस्कारलाई  रेटियाे यहाँ ।

    🇳🇵मनिषा बिष्ट ✍️✍️ मेचिनगर १५ , फुलमासी

    पञ्चाङ्ग     ०५

    मलाई कहिले लाग्छ जीवन भिर्ने झोला जस्तो
    कहिले वर्षे यामको भेल भै बग्ने खोला जस्तो
    जिन्दगीमा आउने अनेक उतार चढावले
    जिन्दगी आज भन्दा भोलि ज्यादै राम्रो होला जस्तो
    लाग्छ आजै होकी भोलि नै मरी जाने चोला जस्तो।

    🇳🇵सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग     ०६

    बाल्यकाल खेलबाडमा रमाएरै बित्यो
    युवावस्था धन सम्पत्ति कमाएरै बित्यो
    कहिले गर्ने भक्ति भजन गयो जीवन
    बिहे पछि सन्तानहरू जमाएरै बित्यो
    बृद्ध भयो शरीर लौरो  समाएरै बित्यो ।

    🇳🇵गुणनिधि घिमिरे,  दमक झापा ।

    पंञ्चाङ्ग      ०७

    बर्ष दिनको तिज घर आँगनमा आएको छ
    दिदीबहिनीको अनुहार खुशीले छाएको छ
    तिजको दर खाइ साथी सङ्गी रमाइलो गर्न
    बाबाको आँगनीमा नाच्न र गाउन पाएको छ
    चेली र माइती भेट हुँदा नै माया लाएको छ ।

    🇳🇵बुद्धिमान दनुवार,सुरुङ्गा –४ झापा ।

    पञ्चाङ्ग     ०८

    मर्नु  त  छदैछ   एकदिन   हाँसेर  मरू
    असल  सम्बन्ध  सकलमा  गाँसेर मरू
    कसैको आँखाको कसिङ्गर बन्नु नपरोस्
    कटुता शत्रुता जे जति छन्  माँसेर मरू
    सबैका आँखामा राम्रो छवि टाँसेर मरू ।

    🇳🇵वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ।

    पञ्चाङ्ग    ०९

    तिज पनि आयो आमा
    जताततै छायो आमा
    यो महान चाड हाम्रो
    मिठो दर खायो आमा
    तिम्रो माया पायो आमा ।

    🇳🇵सुमित्रा पोखरेल, काठमाडौं ।

    पञ्चाङ्ग    १०

    जिन्दगी भन्नु, उकाली बाटो, भीरमा रमाएँ
    बिहानी पछि, गोधुली साँझ, पीरमा रमाएँ ‌
    आँशुको भाका, कसैले पनि, बुझेनन् आखिर
    जीवन बन्यो, माछाको जस्तो, झीरमा रमाएँ
    खहरे जस्तै, तिर्सना बोकी, तीरमा रमाएँ ।

    🇳🇵आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग     ११

    जिन्दगी बनेको छ विस्वासको सौगात गनेर
    फरक   गर्नु   हुँदैन  कसैको  औकात  गनेर
    मानवता नै हामी सबैको विशाल सम्मान हो
    कही  पुगिदैन  खिच्यो  भई  जातभात गनेर
    विपत्तिमा  देखाउ   सहयोगीको  हात  गनेर।

    🇳🇵अच्युत घिमिरे-भुटान बाट 🇧🇹

    पञ्चाङ्ग    १२

    याद भएर पनि छैन भनी टार्न सकिन्छ
    किन हाँस्दा हाँस्दै आँखामा आँसु झार्न सकिन्छ
    कसैको माया पाउन खै सजिलो कहाँ छर?
    प्रेमको तपस्यामा त सजिलै हार्न सकिन्छ
    नजान्दामा प्रेमले नै जिउँदै मार्न  सकिन्छ।

    🇳🇵दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग    १३

    अर्काको भर नपाउँदा मर्नु बेकार छ
    आफ्नो सम्झी अब नजिकै सर्नु बेकार छ
    समाजमा विकृति र फेसन बढेको छ
    स्वार्थले हिँडेको लोभमा पर्नु बेकार छ
    त्यसैले आफ्नु कर्म आफै हर्नु बेकार छ।

    🇳🇵अनुप आचार्य , काठमाडौं ।

    पञ्चाङ्ग    १४
                                                                                                                               रहर हरु सारा~~~ मरेर गए                                                                                        
    सपनाका सितारा~~ झरेर गए                                                                                        
    दु:ख र पीडाले गालेको जिन्दगी                                                                                           
    खुशी नै सबै खोला~~ तरेर गए                                                                                         
    अभाव हरु  पोल्टो~~ भरेर गए !                                                                                                 
                                                                                                                             
    🇳🇵मिथिला अधिकारी, मकवानपुर हेटौडा।

    पञ्चाङ्ग    १५

    काम गर्न मन छैन तिज आएको बेला
    घरमै   बस्नु   पर्दछ गीत गाएको बेला
    बर्षदिनको तिजमा पनि खोजी भएन
    दु:ख पर्दा जाने छैन दु:ख छाएको बेला
    मन  रम्छ  अति उपहार पाएको बेला ।

    🇳🇵संगिता शर्मा , सिन्धुली ।

    पञ्चाङ्ग     १६

    नेताहरू चुनावमा भोट भन्दै आउलान्
    जनताका घरघर  भोट  गन्दै  आउलान्
    भो   जिते   सत्तामा   लुटुपुटु    हुनलाई
    खबरदारी  गर्नुछ  भोट  बन्दै  आउलान्
    लाज छैन यिनीलाई पक्का कन्दै आउलान् ।

    🇳🇵बेदु न्यौपाने, काठमाडौ गौरी नगर…७।

    पञ्चाङ     १७

    बितेको माया सम्झेर रुन मन लाग्छ म के गरूँ
    पाेखिन्छन् आँसु मुख धुन मन लाग्छ म के गरूँ
    तिमीलाई त अर्कै संसार प्याराे लाग्छ आजकाल
    तिम्रो नै तस्बिर हेरी छुन मन लाग्छ म के  गरूँ
    भुर्र उडी तिमी सामु हुन मन लाग्छ म के गरूँ!

    🇳🇵उर्मिला के.शी., धनकुटा ।

    पञ्चाङ्ग     १८
    [१]
    यस साल पनि तिज आयाे मेरो दाजु
    चारैतिर खुशीयाली छायाे मेराे दाजु
    सबै   मिलिजुली   रमाउनु पर्छ हामी
    दिदैनन् आउँन  ङर  लायाे मेरो दाजु
    भाइले नि धेरै  माया पायाे मेरो दाजु।
    [ २ ]
    चाडपर्व नजिकै आएको छ मेरी आमा
    मनभित्र न‌‌ै खुशी छाएको छ मेरी आमा
    तिजकाे मीठाे मीठाे दर खानलाइ चेली
    बल्ल तल्ल म आउन पाएकाे मेरी आमा
    बाबा धेरै माया लाएकाे छ मेरी आमा।

    🇳🇵सहयात्री शाेभा अर्याल,  बुटवल १४ रुपन्देही।

    पञ्चाङ्ग    १९

    हिजो भन्दा आज क्रुर बन्दैछ मान्छे
    आफैँ पुरिने   खाडल खन्दैछ मान्छे
    पृथ्वी ध्वस्तमा   विजयकाे तयारीले
    बलियो सिङ कुन   छ गन्दैछ मान्छे
    सास नफेरेरै       जित भन्दैछ मान्छे ।

    🇳🇵भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग     २०

    बिर्सनै नसक्ने  राम्रो  पल आओस् भन्छु
    दु:ख पीडा सदैव  सजिलै जाओस् भन्छु
    निधारमा  पहिले  भावीले      लेखिएको
    जस्ले गर्छ दु:ख उसैले नै  खाओस् भन्छु
    हात  पसारी    माग्नेहरूले पाओस् भन्छु।

    🇳🇵अप्सरा भुसाल, नवलपुर, जवाईथर ।

    पञ्चाङ्ग   २१
    १.
    फुर्सद थियाे समय   थियाे नै चाल पाइएन
    बल्ल हाेस आयाे तर साेचेकाे माल पाइएन
    बुद्धि र समयकाे भेट हुने भए के के हुन्थ्याे
    खाेलामा माछा टन्नै थियाे तर जाल पाइएन
    गाेली थियाे अहिले बन्दुककाे नाल पाइएन ।
    २.
    माया लाग्याे तिमीलाई देखेर म फर्केर आएँ
    तिम्रैलागि घरमा श्रमतीसँग झर्केर आएँ
    घरकाे भन्दा परकाे राम्राे देखिन कस्ताे माया
    बाटाेमा कसैले देख्ला कि भनेर तर्केर आएँ
    काेठामा खाट सार्काएकाे जस्तै नै सर्केर आएँ।

    🇳🇵नवराज भट्ट, महेन्द्रनगर, कञ्चनपुर ।

    पञ्चाङ्ग    २२

    झोला पनि  सुकेर  थैलो भयो अब
    नधोएको साच्चिकै मैलो भयो अब
    बेथितिको संस्कार   हुर्किएपछि  नै
    हिँडन  नसक्ने  नि  पैलो भयो अब
    कालो  केश  अब त कैलो भयो अब ।

    🇳🇵सरस्वती आचार्य, दाङ्ग तुलसीपुर ।

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    पञ्चाङ्ग     २३
    🌷❤️🌷
    दियौ चोट मलाई तिमीले उपहार सम्झेर साँचेको छु,
    पिएर अश्रुहार हरपल जीवन यो सम्हालेर बाचेको छु !
    संघर्ष रहेछ जिन्दगानी भोग्दैछु मरेर पलपल नियति,
    थाङ्ने पत्कर गनी फालीदियौ खपेर पीर नाँचेको छु,
    आज सारादुनियाँ सामु घायल मुटु लिएर हाँसेको छु !

    🇳🇵बिवस पार्दशी, भद्रपुर मेची नेपाल ।

    पञ्चाङ्ग    २४

    बोकेर भारी टेकेर लौरो पहाडको बाटो सम्झेनौ तिमीले
    सन्चो छ कि बिसन्चो भनेर सोधेनौ कति लाटो सम्झेनौ तिमीले
    तिमीले नबुझे मेरो मनको पीडा सहेर लुकाऊँ कसरी
    गलेर आयौ भनी सदा सर्वदा अाराम साटो बुझेनौ तिमीले
    नभन्नू कसैको बिरानो मनको बर्सने भाटो बुझेनौ तिमीले

    🇳🇵अम्विका अधिकारी, झाप विर्तामोड ।

    पञ्चाङ्ग     २५

    हिँड्ने बेला भएको छ मेराे बाेकेर थैलाे बन्यो
    साबन छैन म सङ्ग लगाएँ लुगा मैलो बन्यो
    अबत बुढेसकालले पनि छाेएछ क्यारे  अझै
    कालाे मेराे कपाल पनि हुनगएछ कैलाे  बन्यो
    दु:खी जीवन यस्तै रहेछ पाेत्नु पर्याे दैलाे बन्यो ।

    🇳🇵दुर्गा निरौला, काठमाडौं ।

    पञ्चाङ्ग     २६

    तिज पनि नजिकै आएको छ आमा
    मनमा धेरै खुशी छाएको छ आमा
    माइतीमा रमाइलो गर्न मन छ
    तिम्रो  माया पनि  धेरै  लाएको छ आमा
    माइती आउने छुट्टी  पाएको छ आमा ।

    🇳🇵दुर्गा भट्टराई,मोरङ ।

    पञ्चाङ्ग     २७

    गाडीको ठूलो जाम थियो
    मान्छेको निकै जाम थियो
    किन रहेछ भनी बुझ्दा त
    मान्छेबीचको हाम थियो
    छुराले काट्न खाम थियो ।

    🇳🇵ह्यारिस ह्यारिसन, काठमाडौं ।

    पञ्चाङ्ग    २८

    बिर्सनै नसक्ने  राम्रो  पल आओस् भन्छु
    दु:ख पीडा सदैव  सजिलै जाओस् भन्छु
    निधारमा  पहिले  भावीले      लेखिएको
    जस्ले गर्छ दु:ख उसैले नै  खाओस् भन्छु
    हात  पसारी    माग्नेहरूले पाओस् भन्छु।

    🇳🇵मिराज लुइटेल, काठमाडौं ।

    पञ्चाङ्ग    २९

    सपना पूरा मिलेर यहाँ सबैले गर्नु पर्छ
    शीतले घैला जतन गरी सबैले भर्नु पर्छ
    एकता जस्तो शक्तिको मन्त्र हुने छैन धर्तीमा
    न्यायकाे लागि विकास गर्न अगाडि सर्नु पर्छ
    राष्ट्रकाे लागि समस्या पर्दा एक भै मर्नु पर्छ ।

    🇳🇵दामोदर ढकाल दीपक,भोजपुर ।

    पञ्चाङ्ग    ३०

    झोला पनि  सुकेर  थैलो भयो अब
    नधोएको साँच्चिकै मैलो भयो अब
    बेथितिको संस्कार   हुर्किएपछि  नै
    हिँडन  नसक्ने  नि  पैलो भयो अब
    कालो  केश  अब त कैलो भयो अब ।

    🇳🇵गिता लुइटेल, कावासोती नवलपुर।

    पञ्चाङ्ग     ३१

    चाडपर्व नजिकिँदैमा पनि कुनै हर्ष छैन मलाई ।
    यसपटक चाहीँ यस्तो गरौँ जुनै वर्ष छैन मलाई ।
    जहाँ गहिरो तहाँ पहिरो भरोसा विलिनमय सम,
    कोरोना कहर महँगा  मार गुनै  पर्व छैन  मलाई ।
    चिसो हो वा तातो परेर कथा खुनै गर्व छैन मलाई ।

    🇳🇵जमुना आचार्य , काठमाडौं ।

    पञ्चाङ्ग     ३२

    जतिमाया गरेपनि बैगुनीलाई नहुँदो रहेछ।
    कोमल यो मुटु झिरमै उनेपनि नछुँदो रहेछ ।
    उसकै लागि चल्छ मेरो धड्कन कस्तो अभिसाप हो।
    पत्थर बरु पग्लेला निष्ठुरी मन नरुँदो रहेछ ।
    मन कालो हुनेलाई गंगाजलले नधुँदो रहेछ ।

    🇳🇵पुष्पा नेपाल(सुवेदी ), इलाम ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४ सम्पन्न

    मृतक सबै एउटै गाउँका, शोकमा डुब्यो बुङ्गल

  • २ भाद्र २०७९, बिहीबार ०८:५५ मा प्रकाशित
  • धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका-५ को उल्लानीमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका सबै बझाङका भएको खुलेको छ ।

    कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल गाउँपालिका-८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक रणबहादुर विष्टकाअनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा बुङ्गल गाउँपालिका-८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा छन् । मृतक मध्येका रैभान र चम्फा श्रीमानश्रीमती भएको खुलेको छ ।

    उनीहरुसँगै भारत गइरहेका धनबहादुर जाग्री भने घाइते छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा वडाका पाँच जनाको मृत्यु भएपछि बुङ्गल गाउँपालिका–८ शोकमा डुबेको छ । बुधबार गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको उनीहरू सवार से१ज ५५१ नम्बरको जिप दिउँसो करिब ४ बजेतिर दुर्घटनामा परेको थियो । उनीहरु सबै रोजगारीको खोजीमा भारत गइरहेका थिए ।

    भएका छन् । उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on मृतक सबै एउटै गाउँका, शोकमा डुब्यो बुङ्गल

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४६औँ शृङ्खला शनिबार सम्पन्न

  • २ भाद्र २०७९, बिहीबार ०८:४१ मा प्रकाशित
  • काठमाडौ, २८ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४६औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४६ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    हरदिन छ गाईजात्रा, हरदिन छ उत्सव,
    किन चाहियो बेकार हेर विशेष दिन अब ।
    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    हरदिन चल्छ गाईजात्रा, एकदिन व्यर्थ किन ?
    छक्क पर्छु हेरी चर्तिकला लागेर आउँछ घिन ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    गाईजात्रा मनाउँदै देश चल्दैन, कलाकार महाशय,
    नेताहरूले देश बेच्न लाग्यो मर्दैछन् गरिब कतिपय ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३]
    गाईजात्रा हुने गर्छ अहिलेको गीतमा
    यो चाडपर्व रसिलो मान्नुपर्छ तीजमा ।
    ✍️
    भगवती दवाडी
    झापा

    [४]
    संस्कृति मास्न लागे बाह्रै मास गाईजात्रा पार्ने नेता जालीले,
    यस्ता झार उखेली उत्तम फूल जाेगाउनु छ हामी मालीले ।
    ✍️
    निरज काेइराला
    बेलका १ उदयपुर

    [५]
    एघार महिना सुतेर पनि महिना दिन त खट्छन् विकासमा,
    एक महिने समयावधिमा पहिलो नजर आफ्नो निकासमा ।
    ✍️
    म्यामराज राई
    हतुवागढी -६,होम्ताङ्, भोजपुर
    हाल; प्रवास

    [६]
    सधैँ सदन अनि सडकमा गाईजात्रा हुँदा,
    कसैको पसिना बग्यो कसैको आँसु मन छुँदा ।
    ✍️
    सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [७]
    हरेक दिन गाईजात्रा यस्तै मात्रै हुने गर्छ,
    हटाउन गरिएको प्रयास त्यसै त्यसै टर्छ ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ काठामाडौँ

    [८]
    रीतिरिवाज संस्कृतिले, भरिएको हाम्रो देश,
    दिनानुदिन देखिन थाल्यो छद्य नेताको भेश ।
    ✍️
    एवाइ प्रभात
    धजकुटा
    हाल मोरङ

    [९]
    खै कसलाई के भन्नु र आजकल रमाउँछन् त्यसैमा धेरै,
    मनाउँदै चाडपर्व समाउँदै हात हिड्छन् भन्दै सबै मेरै ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [१०]
    जात्रै जात्रा देखाए बुढाखाडा नेताले,
    अब आउने मार्गमा यिनलाई फाले ।
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा –४ झापा

    [११]
    टुक्का
    सत्तामा हुनेलाई यहाँ सदैव जात्रै जात्रा,
    निमुखामा थपिरहन्छ पिरै पिरकाे मात्रा ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१२]
    संसददेखि अदालतसम्म गाईजात्राको मात्रै खेल,
    बाहिर कुकुर झै जुध्नेहरूको भित्र कति राम्रो मेल ।
    ✍️
    शंकर कार्की
    थाहा ३ मकवानपुर।

    [१३]
    यो देशमा सधैँभरि चल्छ गाईजात्रा,
    दलालले भुँडी भरे मिलाएर मात्रा !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर झापा

    [१४]
    जति गर्दै गइन्छ गाईजात्रा,
    उति बढ्छ भ्रष्टाचारको मात्रा ।
    ✍️
    दीपक ठटाल जलन

    [१५]
    देशघाती खुरापाती नेताहरू बुझ्दैनन् किन ?
    त्यो एकदिने गाईजात्रा हुनथाल्यो वर्षै दिन ।
    ✍️
    बिके माकजु , भक्तपुर ।

    [१६]
    हेर जनतालाई झुट्टा आश्वासन छर्दैछन्,
    राष्ट्रको सम्पति दोहन गरी पेट भर्दैछन् !
    ✍️
    रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही !

    [१७]
    आत्मा शान्तिकाे लागि मनाइने चलन चल्यो गाईजात्रा,
    जात्रामा माैका छाेपी सत्तामा पुग्न किन गर्छौ नेता यात्रा।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी ५ सङ्गमकाेलनी भक्तपुर ।

    [१८]
    ईन्द्रजात्रा घोडेजात्रा गाईजात्राहरू,
    संस्कृति र चाडपर्व थप्नुपर्छ बरू ।
    ✍️
    गुणनिधि घिमिरे
    दमक

    [१९]
    उल्लु ठान्ने व्यङ्ग्य हान्ने गाईजात्रा पर्व,
    घाेचपेचकाे लेखाई पढ्दा लाग्छ गर्व ।
    ✍️
    रामकृष्ण दवाडी

    [२०]
    गाईजात्रा दिनकै छ सत्ता माथि तल,
    कामकाज थातिरहे सधैँ खलबल !
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [२१]
    बोली अनुसार छैन व्यवहारमा उल्टो कस्तो गाईजात्रा,
    अब विश्व चकित भयो घटाऔँ भो पैरवी निकृष्ट मात्रा ।
    ✍️
    प्रेम थापा

    [२२]
    संस्कृति अनि संस्कारलाई भुल्दै,
    मनपरि स्वार्थ तन्त्र हेर हुल्दै ।
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [२३]
    राज्यको तीनै अङ्गले देखाएको छ गाईजात्रा,
    हेर्नुस् न मजाले तल बस्नेले अझै बढ्छ मात्रा ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [२४]
    नेपालको व्यवस्था पनि अनौँठो गाईजात्रा झैँ भयो
    अत्याचारीको मात्रै चर्चा इमानदारिता कता गयो।
    ✍️
    दस्ता कौशिक
    पाँचथर।

    [२५]
    हुनेलाई सधैँ जात्रैजात्राको लाग्छ मेला,
    नहुनेलाई दुःख पीडा गरीबीको भेला ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [२६]
    ढुक्क हुनुस् सबैतिर मिलाएको छु मात्रा,
    नेपाली हौँ बाह्रैँ महिना हुन्छ गाईजात्रा ।
    ✍
    नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [२७]
    तिम्रै दुःख भगाउन गरेको गाईजात्रा,
    असन्तुष्ट भए आऊ गरौँ मिलेर यात्रा ।
    ✍️
    नन्दलाल आचार्य

    [२८]
    हाम्रा ठाँउमा मौका पाउनेले देखाउँछन् त गाईजात्रा,
    खाली हैसियत अनुसार भिन्नै हुन्छ तलमाथि मात्रा !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [२९]
    हानाहान एक अर्कामा उत्सव गाईजात्रा,
    जति हान्यो कम हुँदै जाने किन होला मात्रा ।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी आठ सुनसरी।

    [३०]
    जात्रैजात्राको यो घमासान तमाशा,
    वर्षैभरको खेल बनायो निराशा।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३१]
    नेताहरूको भाँडभैलो गाईजात्रा भयो,
    दिनभरी कुर्सीमा बस्दै राती भट्टी गयो ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [३२]
    कहीँ नभएको जात्रा गर्छन् हाम्रो यो देशमा,
    केही छैन आफ्नो नक्कल छ अरुको भेषमा ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [३३]
    उनै गर्छन् गाईजात्रा उनै गर्छन् नाटक,
    नेतालाई माेजमस्ती हामीलाई घातक ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३४]
    मानिसको जीवनसँग च्याप्प टाँसिएको छ हरजात्रा पर्व,
    दिनका दिन महोत्सव देख्दा देख्दा दिक्क लागेन कुनै गर्व।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [३५]
    सधैँभरि जात्रैजात्रा दङ्ग पर्नु कति,
    पेच हानेर दुख्दैन खाली आत्मरति ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपरासी वसुपू

    [३६]
    नेताले सत्तामा सधैँ गाईजात्रा देखाए,
    आफ्नो धुमिल चरित्र इतिहास लेखाए ।
    ✍️
    बेदु न्यौपाने
    काठमाण्डौँ

    [३७]
    रक्षाबन्धन सङ्गै गाईजात्रा नि आयो,
    नेपालीको अनुहारमा मुस्कान छायो ।
    ✍️
    रुपेश कु. सदाय

    [३८]
    रोकिएन कहिल्यै पनि भ्रष्टाचारको मात्रा
    जहिल्यै पनि देशमा हुन्छ यस्तै गाईजात्रा ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [३९]
    कहाँ हट्छ हाम्रो उत्सव अनि गाईजात्रा,
    विकृति र विसङ्गतिको बढेसम्म मात्रा ।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [४०]
    सधैँभरि गाईजात्रा लाैन अति भयाे,
    नेपालकाे अस्तित्व लाै भुँडी भित्र गयाे ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [४१]
    वर्ष दिन नै देखाएर खाली गाईजात्रा,
    यसैगरि बित्ने भाे हाम्रो जिन्दगीको यात्रा।
    ✍️
    आर्मित्मा थापा मगर
    स्याङ्जा

    [४२]
    कता छ हाम्रो देशको पुच्छर कता छ शिर,
    पैसा गन्ने र कुम्याउने नेता यहीँ छ पिर ।
    ✍️
    रिजाल बिनोद

    [४३]
    गाईजात्रा नेपालीकाे सांस्कृतिक पर्व वर्षमा आठ दिन चल्छ,
    सत्ताकाे नेता जात्रा दैनिक देख्दा नेपालीकाे मन असाध्यै जल्छ ।
    ✍️
    प्रद्युम्न चालिसे
    देबघाट तनहुँ ।

    [४४]
    धुन्धुकारी गाईजात्रेहरूको देशमा,
    कहिले आउँलान् कृष्ण सारथि भेशमा ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।

    [४५]
    जन्मदिन मनाएजस्ताे राखेकाे एक दिन,
    नत्र सधैँ त कहाँबाट ल्याउनु खाेजी रिन ?
    ✍️
    गोपाल कृष्ण डंगोल
    इटहरी, प्रदेश १

    [४६]
    जो ठुलो उसैले जात्रा देखाउने गरेको,
    निमुखा हामी सबैले नित्य हेर्न परेको ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४६औँ शृङ्खला शनिबार सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४४औँ शृङ्खला शनिबार सम्पन्न

  • २ भाद्र २०७९, बिहीबार ०८:२८ मा प्रकाशित
  • काठमाडौ, १४ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४४औँ शृङ्खला साउन १४ गते शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४४ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    शक्तिमा हुन्जेल सबै आउँथे नाता जोडेर,
    बाटो काट्दछ आज दुनियाँले मुख मोडेर ।
    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    गोजी भरिन्जेल अगाडि पछाडि साथीभाइ,
    रित्तिएमा आफन्तै टाढा चिन्दैनन् कोही आई ।
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [२]
    आफूसित छनछनी भए सबै वरिपरि फनफनी घुम्छन्
    कोरी नै भए पनि फरक पर्दैन स्वार्थमा पाउसम्म चुम्छन्।
    ✍️
    दीपक ठटाल जलन

    [३]
    जब थियो पावर सम्झिएनौ तिमीले पनि,
    अब त को आउँछ तिमीलाई महान भनी ?
    ✍️
    सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [४]
    सत्ताकाे अग्नि साह्रै रापिलाे हजुर,
    मरेकाे बाख्रा छाड्छ उपियाँ जरूर ।
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [५]
    पुज्दछन् पाउ शक्तिमा हुने ती ठूला ठालुका,
    शक्तिहीन तिनै भई कुरा गर्छन् ती आलुका ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [६]
    सत्तामा छँदा मन्त्री हुन भेटी चढाउँथे उसकै पाउमा,
    अहिले छैन् राज्य सत्तामा त्यसैले विराेध गर्दर्छौ गाउँमा ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [७]
    यस्तै हो नाता भइन्जेल मात्रा,
    सकिएपछि देखाउँछन् जात्रा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [८]
    शक्तिको खेल,
    खहरे भेल ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [९]
    नेतासँगै हुन्छ आस, प्यास जनता छन् आत्तिएकाे
    ऋणकाे भारी देशलाई नेता धनले मात्तिएकाे ।
    ✍️
    निरज कोइराला
    बेलका १ उदयपुर

    [१०]
    नातागोता केलाउने पद शक्ति रहुन्जेल चारैतिर देखि,
    शक्तिहीन भएपछि तिनै पराई आफसे आफ झर्छ सेखी।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [११]
    हुँदा लगाए भोज भतेर दायाँबायाँ नहेरी,
    उपाय छैन आज बाटो काट्छन् नजर नफेरी !
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [१२]
    सबैलाई सत्ताको जोस,
    हराएछ चेतना होस ।
    ✍️
    देबकी के.सी.

    [१३]
    प्यारो हुन्छ मान्छेहरू गरुन्जेल काम,
    निर्धो भएपछि एक्लै जप राम नाम ।
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी

    [१४]
    यहाँ आफ्नो र आफन्त भन्ने खेल,
    हुन्छ केवल शक्तिमा भइन्जेल ।
    ✍️
    बि.कुलुङ
    भारत, दार्जिलिङ

    [१५]
    जता धारो उतै दुनियाँ हात थाप्दछ,
    निभेको आगो हेर त कसले ताप्दछ ?
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [१६]
    सत्तामा हुँदा धूपबत्ती गर्दै अञ्जुली थापेको,
    निभेको आगो कसले छ र यहाँ मस्त तापेको ।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी आठ

    [१७]
    छहारीमा बस्छ प्राणी रुखले छहारी दिउन्जेल,
    पाेखरी नजिकै बस्छ यात्री पनि पानी पिउन्जेल ।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर- गुल्मी हाल तिलाेत्तमा न पा -२, रुपन्देही

    [१८]
    दुनियाँ स्वार्थी छ यहाँ, को बस्छ मायाले,
    सुर्यास्त होस् न साथ छोड्छ आफ्नै छायाले ।
    ✍️
    वसन्त अनुभव

    [१९]
    भए अनि दिन सके टाढाको पनि नजिक हुने,
    धन छैन त आफ्नै पनि परचक्री बनेको सुने ।
    ✍️
    शंकर कार्की
    थाहा३ मकवानपुर।

    [२०]
    शक्तीमा हुँदा कोरीको पनि मोल्नु पर्छ पाउ,
    आफ्नो दुनो सोझ्याउन लाई हानौँ च्याखे दाउ ।
    ✍
    नवशिला
    बेलबारी -२,लालभित्ती,मोरङ।

    [२१]
    यस्तै हाे दुनियाँ सबैले बलेको आगाे ताप्छन्,
    स्वार्थ पूरा भएपछि कृतघ्न भई सराप्छन् ।
    ✍️
    रामप्रसाद बेल्बासे ‘एक्लाे यात्री’
    शीतगङ्गा-५, अर्घाखाँची
    हाल :बुद्धभूमि-३,कपिलवस्तु

    [२२]
    गेडी हुँदा थैलीभरि, हात थाम्छु भने,
    रित्तिएकाे ठानेपछि, लात हान्ने बने ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    [२३]
    ग्रहण गरेपछि पद शक्तिको दम्भ,
    छेपारे प्रवृत्ति देखेर सबै अचम्म ।
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [२४]
    बलेको आगो ताप्न मात्रै दुनियाँले जान्दछ,
    पैसालाई नै जीवनको सबथोक मान्दछ ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [२५]
    चाहिएको सबैलाई फगत पैसा र पावर,
    जाँदैमा पद कदापि झुक्दैन यो अग्लो टावर ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [२६]
    हो त मौका पाउँदा तिमीले गर्नसम्म गर्यौ,
    आफ्नो दुनो सोझाएर झुट्टा आश्वासन छर्यौ ।
    ✍️
    रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही !

    [२७]
    सत्ता हातमा नआउञ्जेल कुरा ठूला-ठूला,
    आएपछि आखिर सबै उही ड्याङ्गका मुला।
    ✍️
    कोषवल्लभ रेग्मी
    देउमाई न पा ७ इलाम।

    [२८]
    समाजमा प्राय: स्वार्थ नियतका नै मान्छे हुन्छन् हेर,
    भैँसीले दिउन्जेल दुध खाने, नदिए मासु काटेर ।
    ✍️
    म्यामराज राई
    भोजपुर हाल; प्रवास

    [२९]
    शक्तिमा हुन्जेल जुवा खेलियो सबैले कौडा च्याँखे जोडेर,
    भइयो शक्तिहीन जाउँ विदेशीको खास्टो र बर्को ओढेर ।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौ

    [३०]
    शक्ति छँदा नातागोता सबैलाई जागिर खुवाएँ,
    ब्रम्हलुट भो ढुकुटीमा सकेजति सबै लुकाएँ ।
    ✍️
    एवाइ प्रभात
    धनकुटा
    हाल मोरङ

    [३१]
    छँदासम्म धनकाे पाेकाे सबै आफ्ना भए,
    रित्तो देख्न थालेपछि पराई बनी गए ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [३२]
    धनको अघि र पछि सबै लाम लग्छन् ,
    निर्धन देख्दा दुनियाँ पर-पर भाग्छन् !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर झापा ।

    [३३]
    सम्झौँ यस्तै छ यहाँको रीत,
    गाउँछन् सबै चलेकै गीत ।
    ✍️
    परिक्रमा श्रेस्ठ
    धरान।

    [३४]
    ताप्छन् आगो सबैले बलेको,
    हेर्दैनन् कोही रुख ढलेको ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [३५]
    यस्तै हुन्छ सधैँ शक्तिको खेल,
    शक्तिमा नहुँदा तेल न सेल ।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३६]
    हात पाखुरा बलिया हुँदा सबै वरिपरि,
    जब कमजोर हुन्छ चोट दिन्छन् थरिथरि ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३७]
    सम्पत्ति हुँदा सबैकाे हाइ हाइ,
    दु:ख पर्दा काेही छैनन् दाजुभाइ ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [३८]
    स्वार्थी छन् दुनियाँ धन हुनेको नजिक हुन्छ,
    जो निर्धन छ उसको आवाज कसले सुन्छ ।
    ✍️
    सुरेखा चाम्लिंग

    • भक्तपुर //

    [३९]
    शक्तिमा हुञ्जेल हुँदैन कसैको भय,
    शक्ति गएपछि हजुर सकिन्छ जय ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत

    [४०]
    बैँस, पैसा र पद छँदा आफ्नोे बनी झुमिन्थे नि कति,
    एकदिन छाड्ने यी चिजमा हुरुक्कै हुन्छन् मान्छे जति ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [४१]
    बलेको आगाे मात्र ताप्न धाउछन्,
    निभेकाे आगाे कसले चियाउँछन् ?
    ✍️
    शाेभा आचार्य गाैतम
    काठमाडौ

    [४२]
    धन र उमेरमा मात्रै हो सबैको हाइ हाइ,
    यी दुवै नहुँदामा गर्नेछन् सबैले वाइ वाइ ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [४३]
    कुर्सीकाे शक्तिले सबकाे माया दिलायाे,
    बाहिरिदा अस्तित्व नै भुइँमा बिलायाे ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी

    [४४]
    कुर्सीमा बसुञ्जेल त मान्छे नै अन्धो हुन्छ
    अघिपछि न आउने घमण्डले नै छुन्छ ।
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [४५]
    आफन्तको काममा सहयोग गरेको पुरा,
    आफुलाई पर्दा हाने तिनैले मलाई छुरा ।
    ✍️
    भगवती दवाडी
    झापा

    [४६]
    कोसेली कमिसन ल्याउथ्यो सधैँ सत्ता र शक्ति,
    अहिले पूरा जागेको मलाई देवताको भक्ति ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपरासी (वर्दघाट सुस्तापूर्व)

    [४७]
    कुर्सीमा हुँदा अराैटे भराैटे न्यानाेमा लुट्पुटिए
    अनि कुर्सी भाँचिएपछि सबै चिसोमा पछारिए ।
    ✍️
    शर्मिला खतिवडा
    विर्तामोड ,झापा

    [४८]
    मुख मात्र माेड्या हाेइन लाए नजर कर्के,
    जब पुग्याे पदकाे मिति अनि त गाउँ फर्के ।
    ✍️
    कृष्ण अधिकारी
    विर्तामोड ,झापा

    [४९]
    मान्छेको कथा जा भमरा जा बागबाट पर,
    ज्वालामा जब शान्ति खोज्छ मनले जप्छ घर ।
    ✍️
    संझना कुसुम
    पोखरा लेक साईड।

    [५०]
    शासन गर्दा रैती समान शासकले मान्नु,
    जनतालाई सर्वोपरि आफ्नो हितमा ठान्नु ।
    ✍️
    जि कुमार गौतम
    भद्रपुर-१

    [५१]
    शक्तिको पुजारी हाे मान्छे जान्नुपर्छ,
    माैका पर्दा साथी हाे चाैका हान्नुपर्छ ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [५२]
    दुःखमा साथ दिने आशा हरायो महलमा बस्नेको,
    विश्वास कसरी मान्नु यहाँ तेल हरबार घस्नेको
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [५३]
    पाउँदाका आफ्ना मानिसको जात,
    घाटाको हिसाबमा बढ्दैनन् हात ।
    ✍️
    सीता रेग्मी
    सुन्दरहरैचा, मोरङ

    [५४]
    छैनन् गेडी सबै टेडी छन् गेडी सबै मेरी,
    नियमै छ टाढा भाग्ने विपत पर्दाखेरि ।
    ✍️
    रामकृष्ण रिजाल
    बा न पा 13 बागलुङ

    [५५]
    रस आउन्जेल प्यारो,
    रिसानी सुकेमा धारो ।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५६]
    गाेजीमा पैसा छँदा, हाय र हेलाे,
    नभएमा बिग्रन्छ कामको मेलो ।
    ✍️
    टङ्कबहादुर अालेमगर
    त्रि.न.पा-११, संगमटाेल, उदयपुर
    १ नम्बर प्रदेश

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४४औँ शृङ्खला शनिबार सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P