
काठमाडौ, १४ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४४औँ शृङ्खला साउन १४ गते शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ५६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४४ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
शक्तिमा हुन्जेल सबै आउँथे नाता जोडेर,
बाटो काट्दछ आज दुनियाँले मुख मोडेर ।
✍️ वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
गोजी भरिन्जेल अगाडि पछाडि साथीभाइ,
रित्तिएमा आफन्तै टाढा चिन्दैनन् कोही आई ।
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[२]
आफूसित छनछनी भए सबै वरिपरि फनफनी घुम्छन्
कोरी नै भए पनि फरक पर्दैन स्वार्थमा पाउसम्म चुम्छन्।
✍️
दीपक ठटाल जलन
[३]
जब थियो पावर सम्झिएनौ तिमीले पनि,
अब त को आउँछ तिमीलाई महान भनी ?
✍️
सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[४]
सत्ताकाे अग्नि साह्रै रापिलाे हजुर,
मरेकाे बाख्रा छाड्छ उपियाँ जरूर ।
✍️
प्रद्युम्न चालिसे
देवघाट तनहुँ ।
[५]
पुज्दछन् पाउ शक्तिमा हुने ती ठूला ठालुका,
शक्तिहीन तिनै भई कुरा गर्छन् ती आलुका ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[६]
सत्तामा छँदा मन्त्री हुन भेटी चढाउँथे उसकै पाउमा,
अहिले छैन् राज्य सत्तामा त्यसैले विराेध गर्दर्छौ गाउँमा ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[७]
यस्तै हो नाता भइन्जेल मात्रा,
सकिएपछि देखाउँछन् जात्रा ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा
हाल मलेसिया
[८]
शक्तिको खेल,
खहरे भेल ।
✍️
बिके माकजु
भक्तपुर ।
[९]
नेतासँगै हुन्छ आस, प्यास जनता छन् आत्तिएकाे
ऋणकाे भारी देशलाई नेता धनले मात्तिएकाे ।
✍️
निरज कोइराला
बेलका १ उदयपुर
[१०]
नातागोता केलाउने पद शक्ति रहुन्जेल चारैतिर देखि,
शक्तिहीन भएपछि तिनै पराई आफसे आफ झर्छ सेखी।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[११]
हुँदा लगाए भोज भतेर दायाँबायाँ नहेरी,
उपाय छैन आज बाटो काट्छन् नजर नफेरी !
✍️
कमला देवकोटा
पाल्पा
[१२]
सबैलाई सत्ताको जोस,
हराएछ चेतना होस ।
✍️
देबकी के.सी.
[१३]
प्यारो हुन्छ मान्छेहरू गरुन्जेल काम,
निर्धो भएपछि एक्लै जप राम नाम ।
✍️
होम प्रसाद
धरान,सुनसरी
[१४]
यहाँ आफ्नो र आफन्त भन्ने खेल,
हुन्छ केवल शक्तिमा भइन्जेल ।
✍️
बि.कुलुङ
भारत, दार्जिलिङ
[१५]
जता धारो उतै दुनियाँ हात थाप्दछ,
निभेको आगो हेर त कसले ताप्दछ ?
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[१६]
सत्तामा हुँदा धूपबत्ती गर्दै अञ्जुली थापेको,
निभेको आगो कसले छ र यहाँ मस्त तापेको ।
✍️
प्रदीप के रिमाल
इटहरी आठ
[१७]
छहारीमा बस्छ प्राणी रुखले छहारी दिउन्जेल,
पाेखरी नजिकै बस्छ यात्री पनि पानी पिउन्जेल ।
✍️
मित्र उराठी गाैतम
अमरपुर- गुल्मी हाल तिलाेत्तमा न पा -२, रुपन्देही
[१८]
दुनियाँ स्वार्थी छ यहाँ, को बस्छ मायाले,
सुर्यास्त होस् न साथ छोड्छ आफ्नै छायाले ।
✍️
वसन्त अनुभव
[१९]
भए अनि दिन सके टाढाको पनि नजिक हुने,
धन छैन त आफ्नै पनि परचक्री बनेको सुने ।
✍️
शंकर कार्की
थाहा३ मकवानपुर।
[२०]
शक्तीमा हुँदा कोरीको पनि मोल्नु पर्छ पाउ,
आफ्नो दुनो सोझ्याउन लाई हानौँ च्याखे दाउ ।
✍
नवशिला
बेलबारी -२,लालभित्ती,मोरङ।
[२१]
यस्तै हाे दुनियाँ सबैले बलेको आगाे ताप्छन्,
स्वार्थ पूरा भएपछि कृतघ्न भई सराप्छन् ।
✍️
रामप्रसाद बेल्बासे ‘एक्लाे यात्री’
शीतगङ्गा-५, अर्घाखाँची
हाल :बुद्धभूमि-३,कपिलवस्तु
[२२]
गेडी हुँदा थैलीभरि, हात थाम्छु भने,
रित्तिएकाे ठानेपछि, लात हान्ने बने ।
✍️
रामकृष्ण दुवाडी
पाेखरा ।
[२३]
ग्रहण गरेपछि पद शक्तिको दम्भ,
छेपारे प्रवृत्ति देखेर सबै अचम्म ।
✍️
प्रेम थापा “मन”
बागलुङ
[२४]
बलेको आगो ताप्न मात्रै दुनियाँले जान्दछ,
पैसालाई नै जीवनको सबथोक मान्दछ ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
[२५]
चाहिएको सबैलाई फगत पैसा र पावर,
जाँदैमा पद कदापि झुक्दैन यो अग्लो टावर ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[२६]
हो त मौका पाउँदा तिमीले गर्नसम्म गर्यौ,
आफ्नो दुनो सोझाएर झुट्टा आश्वासन छर्यौ ।
✍️
रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही !
[२७]
सत्ता हातमा नआउञ्जेल कुरा ठूला-ठूला,
आएपछि आखिर सबै उही ड्याङ्गका मुला।
✍️
कोषवल्लभ रेग्मी
देउमाई न पा ७ इलाम।
[२८]
समाजमा प्राय: स्वार्थ नियतका नै मान्छे हुन्छन् हेर,
भैँसीले दिउन्जेल दुध खाने, नदिए मासु काटेर ।
✍️
म्यामराज राई
भोजपुर हाल; प्रवास
[२९]
शक्तिमा हुन्जेल जुवा खेलियो सबैले कौडा च्याँखे जोडेर,
भइयो शक्तिहीन जाउँ विदेशीको खास्टो र बर्को ओढेर ।
✍️
बेदु न्यौपाने
काठमाडौ
[३०]
शक्ति छँदा नातागोता सबैलाई जागिर खुवाएँ,
ब्रम्हलुट भो ढुकुटीमा सकेजति सबै लुकाएँ ।
✍️
एवाइ प्रभात
धनकुटा
हाल मोरङ
[३१]
छँदासम्म धनकाे पाेकाे सबै आफ्ना भए,
रित्तो देख्न थालेपछि पराई बनी गए ।
✍️
त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[३२]
धनको अघि र पछि सबै लाम लग्छन् ,
निर्धन देख्दा दुनियाँ पर-पर भाग्छन् !
✍️
बिबस पारदर्शी
भद्रपुर झापा ।
[३३]
सम्झौँ यस्तै छ यहाँको रीत,
गाउँछन् सबै चलेकै गीत ।
✍️
परिक्रमा श्रेस्ठ
धरान।
[३४]
ताप्छन् आगो सबैले बलेको,
हेर्दैनन् कोही रुख ढलेको ।
✍️
दुर्गा आचार्य
मोरङ
[३५]
यस्तै हुन्छ सधैँ शक्तिको खेल,
शक्तिमा नहुँदा तेल न सेल ।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[३६]
हात पाखुरा बलिया हुँदा सबै वरिपरि,
जब कमजोर हुन्छ चोट दिन्छन् थरिथरि ।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[३७]
सम्पत्ति हुँदा सबैकाे हाइ हाइ,
दु:ख पर्दा काेही छैनन् दाजुभाइ ।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[३८]
स्वार्थी छन् दुनियाँ धन हुनेको नजिक हुन्छ,
जो निर्धन छ उसको आवाज कसले सुन्छ ।
✍️
सुरेखा चाम्लिंग
- भक्तपुर //
[३९]
शक्तिमा हुञ्जेल हुँदैन कसैको भय,
शक्ति गएपछि हजुर सकिन्छ जय ।
✍️
बिके मुखिया
दार्जीलिङ भारत
[४०]
बैँस, पैसा र पद छँदा आफ्नोे बनी झुमिन्थे नि कति,
एकदिन छाड्ने यी चिजमा हुरुक्कै हुन्छन् मान्छे जति ।
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[४१]
बलेको आगाे मात्र ताप्न धाउछन्,
निभेकाे आगाे कसले चियाउँछन् ?
✍️
शाेभा आचार्य गाैतम
काठमाडौ
[४२]
धन र उमेरमा मात्रै हो सबैको हाइ हाइ,
यी दुवै नहुँदामा गर्नेछन् सबैले वाइ वाइ ।
✍️
दुर्गा भट्टराई
मोरङ
[४३]
कुर्सीकाे शक्तिले सबकाे माया दिलायाे,
बाहिरिदा अस्तित्व नै भुइँमा बिलायाे ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी
[४४]
कुर्सीमा बसुञ्जेल त मान्छे नै अन्धो हुन्छ
अघिपछि न आउने घमण्डले नै छुन्छ ।
✍️
पवन कुमार बुढाथेाकी
काठमाडौं
[४५]
आफन्तको काममा सहयोग गरेको पुरा,
आफुलाई पर्दा हाने तिनैले मलाई छुरा ।
✍️
भगवती दवाडी
झापा
[४६]
कोसेली कमिसन ल्याउथ्यो सधैँ सत्ता र शक्ति,
अहिले पूरा जागेको मलाई देवताको भक्ति ।
✍️
मनोहरी पौडेल
गैडाकोट १ नवलपरासी (वर्दघाट सुस्तापूर्व)
[४७]
कुर्सीमा हुँदा अराैटे भराैटे न्यानाेमा लुट्पुटिए
अनि कुर्सी भाँचिएपछि सबै चिसोमा पछारिए ।
✍️
शर्मिला खतिवडा
विर्तामोड ,झापा
[४८]
मुख मात्र माेड्या हाेइन लाए नजर कर्के,
जब पुग्याे पदकाे मिति अनि त गाउँ फर्के ।
✍️
कृष्ण अधिकारी
विर्तामोड ,झापा
[४९]
मान्छेको कथा जा भमरा जा बागबाट पर,
ज्वालामा जब शान्ति खोज्छ मनले जप्छ घर ।
✍️
संझना कुसुम
पोखरा लेक साईड।
[५०]
शासन गर्दा रैती समान शासकले मान्नु,
जनतालाई सर्वोपरि आफ्नो हितमा ठान्नु ।
✍️
जि कुमार गौतम
भद्रपुर-१
[५१]
शक्तिको पुजारी हाे मान्छे जान्नुपर्छ,
माैका पर्दा साथी हाे चाैका हान्नुपर्छ ।
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५२]
दुःखमा साथ दिने आशा हरायो महलमा बस्नेको,
विश्वास कसरी मान्नु यहाँ तेल हरबार घस्नेको
✍️
अम्विका अधिकारी
झापा विर्तामोड
[५३]
पाउँदाका आफ्ना मानिसको जात,
घाटाको हिसाबमा बढ्दैनन् हात ।
✍️
सीता रेग्मी
सुन्दरहरैचा, मोरङ
[५४]
छैनन् गेडी सबै टेडी छन् गेडी सबै मेरी,
नियमै छ टाढा भाग्ने विपत पर्दाखेरि ।
✍️
रामकृष्ण रिजाल
बा न पा 13 बागलुङ
[५५]
रस आउन्जेल प्यारो,
रिसानी सुकेमा धारो ।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[५६]
गाेजीमा पैसा छँदा, हाय र हेलाे,
नभएमा बिग्रन्छ कामको मेलो ।
✍️
टङ्कबहादुर अालेमगर
त्रि.न.पा-११, संगमटाेल, उदयपुर
१ नम्बर प्रदेश

