• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

दुई कृति विमोचित, खनाल बने दोस्रो चारुकार

  • २९ आश्विन २०७९, शनिबार २३:५० मा प्रकाशित
  • दाङ, लमही/२९ असोज । दाङको लमहीमा आज दुई कृति एकसाथ विमोचित भएका छन् । विमोचित हुने कृतिहरूमा चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष एवम् साहित्यकार तेजप्रसाद खनालको एकल चारु सङ्ग्रह ‘जुनेली रात’ र नेपालका नौ जना मूर्धन्य चारुकारहरूको (नवरत्नको) संयुक्त सङ्ग्रह ‘नवरत्न’ रहेकोे छ ।
    चारु साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेशको आयोजनामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि एवम् गजल शिरोमणि डा.घनश्याम न्यौपाने परिश्रमी र विशिष्ट अतिथि एवम् चारु प्रवर्तक डा.देवी पन्थीले संयुक्त रुपमा गर्नुभएको थियो ।

    बहर र काफियालाई गजल मुटु र फोक्सोको संज्ञा दिदै गजल शिरोमणि डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ले उक्त दुई कुरा गजलमा अपरिहार्य रहेको जनाउनुभयो । बहर र काफिया बिना गजल, गजल हुन नसक्ने बताउनुभयो । साथै उहाँले बहरबिना लेखिएका सम्पूर्ण गजल चारु भएको उल्लेख गर्नुभयो ।

    चारु नेपालको आफ्नै माटोमा उम्रिएको काव्यको एक प्रविधा भएको उल्लेख गर्दै चारु प्रवर्तक डा.देवी पन्थीले गजलकै शैलीमा लेखिने बिनाबहरका रचना चारु भएको उल्लेख गर्नुभयो । विमोचित कृतिहरूको समीक्षा गर्ने क्रममा उहाँले चारु छोटो समयमा नेपाल लगायत भारतमा समेत लोकप्रिय हुनपुगेको बताउनुभयो । भारतिय सर्जकहरूले चारु हिन्दी भाषामा लेख्ने गरेको बताउनुभयो ।

    उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष ओमप्रकाश सुवेदीले साहित्यको उन्नयनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    उक्त कार्यक्रममा साहित्यकार हरि पोख्रेल, स्वर्णशिखा, धनसिंह गिरी, छविलाल कोपिला , जगतराम यादव, भूमि आयोग दाङ जिल्ला अध्यक्ष लेखराज रेग्मी, प्राध्यापक हरेकृृष्ण ज्ञवाली, लिलाराम खनाल लगाएतका महानुभावहरूले शुभकामना मन्तव्य दिनुभएको थियो । साथै उक्त अवसरमा विभिन्न साहित्यकारहरूले चारु लगायतका रचना वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा प्रथम चारुकार अमृता रसाइली रामदाम, अम्बिका खरेल उप्रेती, वसन्त अनुभव, यज्ञलाल सुवेदी, सीता शर्मा पन्थी, सन्जना शर्मा, निम बहादुर थापा, बिना रोका, सुरेश कुमार पाण्डे लगायतका साहित्यकारको उपस्थिति रहेकोे थियो । कार्यक्रममा स्थानीय साहित्यकारहरूका अलावा पूर्वको विराटनगर, चितवन, नवलपरासी, पाल्पा, बुटवल देखि पश्चिम बाँकेसम्मका साहित्यकारहरूको समेत उपस्थिति रहेकोे थियो ।

    कार्यक्रम चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव नागेन्द्र यादवले गर्नुभएको थियो ।

    चारु साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेश समिति घोषणा

    कृति विमोचनका लागि आयोजित उक्त कार्यक्रममा पूर्व गठित चारु साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेश समितिको औपचारिक रुपमा सार्वजनिक पनि गरिएको थियो ।

    उक्त घोषित प्रदेश समितिमा तेजप्रसाद खनाल – अध्यक्ष, सन्जना शर्मा – उपाध्यक्ष , नागेन्द्र यादव – सचिव, वसन्त अनुभव – कोषाध्यक्ष र सदस्यहरू – नविना रेग्मी, सिर्जना खनाल, मुना पन्थी र यज्ञलाल सुवेदी रहनु भएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on दुई कृति विमोचित, खनाल बने दोस्रो चारुकार

    सन्दीप प्रकरण : पीडितको उमेर नागरिकतामा नाबालिग

  • २७ आश्विन २०७९, बिहीबार १२:३४ मा प्रकाशित
  • जन्मदर्तामा बालिग ‘कानुनले नागरिकताको उमेरलाई नै आधिकारिक मान्छ’

    काठमाडौं । बलात्कार आरोपित सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध दुईपटक म्याद थप गरिएको छ । यही असोज २४ गते पहिलोपटक सात दिनको म्याद थप गरिएको थियो । पहिलोपटक सात दिन र बिहीबार पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक नाबालिगमाथि पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

    जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । तर, भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेलमा प्रवेश गरेको र भोलिपल्ट बिहान बाहिरिएको सीसीटीभी फुजेट प्रहरीले फेलापारेको छ । प्रहरीले त्यसलाई सबैभन्दा ठूलो प्रमाण मानेको छ । त्यसबाहेक पीडितको बयान, होटेल कर्मचारीको बयान पनि प्रहरीले संकलन गरेको छ ।

    आफूमाथि आरोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए । उनले त्यसको पूर्वजानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो ।

    सन्दीप र उनका कानुन व्यावसायीले योजनाबद्ध तरिकाले फसाइएको जिकिर गर्दै आएका छन् । सन्दीप र उनका कानुन व्यावसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको जिकिर समेत गरेका छन् ।

    पहिलोपटक म्याद थपका क्रममा सन्दीपलाई ‘फसाउन’कै लागि नाबालिग देखिने गरी जन्मदर्ता बनाएको जिकिर उनका कानुन व्यवसायी सुधा रिजालले गरेकी थिइन् । जाहेरवालाको दुईवटा जन्मदर्ता भेटिएको भन्दै उनले अहिलेको जन्मदर्तामा जाहेरवाला नाबालिग नरहेको देखिएको बताएकी थिइन् ।

    तर, जन्मदर्ता र नागरिकताको विषयले घटना अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । प्रहरी अनुसन्धानका क्रममा पनि पीडितको नागरिकता र जन्मदर्तामा फरक जन्ममिति रहेको खुलेको एक अधिकारीले बताए ।

    अनुसन्धानमा संलग्न एक अधिकारीले बाह्रखरीसित भने, “नागरिकताअनुसार जाहेरवाली नाबालिग नै देखिन्छ । जन्मदर्ताअनुसार उनको उमेर १८ कटेको देखिन्छ । कानुनले ठोस प्रमाण भने नागरिकतालाई नै मान्छ । यसले मुद्दाको अभियोगमा तात्विक असर पार्दैन । अभियोग लग्दा यस विषयलाई खुलाएर नै पनि लग्न सकिन्छ ।”

    केही दिनअघि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पीडित बालिग भएको जानकारी पाएको बताएका थिए ।

    उमेरको विवाद ठूलो नभएको र अभियोग प्रमाणित भए सजायको भागीदार हुनुपर्ने सरकारी कानुन व्यवसायी बताउँछन् । कानुनले नागरिकताको उमेरलाई नै आधिकारिक मान्ने उनीहरूको भनाइ छ ।

    प्रहरी वृत्त गौशालाबाट सन्दीपविरुद्ध अनुसन्धान अघि बढाइएको छ । प्रहरी अधिकारीहरूले सन्दीपविरुद्ध अभियोग प्रमाणित हुने प्रमाण नै आफूहरूले संकलन गरेको जिकिर गर्दै आएका छन् ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on सन्दीप प्रकरण : पीडितको उमेर नागरिकतामा नाबालिग

    बैदेशिक रोजगारीले भत्काएको त्यो घर।

  • २६ आश्विन २०७९, बुधबार १३:३८ मा प्रकाशित

  • दुई छोराहरूलाई झुन्ड्याएपछि हेमले आत्महत्या गरेको अनुमान गाउँलेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    शनिबार बिहान घाँस काटेर फर्किंदा मीनबहादुर रानाले जे देखे, त्यसले उनलाई धेरैबेर होस हराएजस्तो अवस्थामा पुर्‍याइदियो । घर छेउको काप्रोको रूखमा तीन जना झुन्डिएको अवस्थामा थिए । उनीहरू भतिजा नाता पर्ने हेमबहादुर राना, उनका ७ वर्षीय जुम्ल्याहा छोरा शिशिर र वसन्त थिए । मीनले घाँसको भारी मिल्काए, चिच्याएर छरछिमेकी बोलाए । एकैछिनमा गाउँमा होहल्ला भयो । 

    भीमसेन थापा गाउँपालिका–६ अश्राङ मोहरियाका ३४ वर्षीय हेमबहादुर केही समयदेखि वैदेशिक रोजगारीमा थिए । भारतमा रहेका उनी गत असारमा मात्रै गाउँ फर्किए । घरमा आमा, श्रीमती, जुम्ल्याहा छोराहरू थिए । स्थानीयका अनुसार हेमबहादुर भारतबाट फर्किएपछि नै परिवारमा कलह सुरु भएको थियो । श्रीमती ४ महिनाकी गर्भवती थिइन् ।

    आफू घरबाहिर रहँदा कसरी–कसको गर्भ रह्यो भन्नेमा चर्काचर्की भयो । भारतबाट कामको खोजीमा आएका मोतीहारीका एक मिस्त्रीसँगको सम्बन्ध खुलेपछि राना दम्पती सँगै बस्ने अवस्था रहेन । गत भदौको अन्तिम साता उनीहरूले गोरखा जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरे । उनकी पत्नीले घर छाडिन् ।

    त्यसपछि जुम्ल्याहा नातिहरूको हेरचाह हेमबहादुरकी वृद्धा आमाले गर्दै आएकी थिइन् । उनीहरू स्थानीय जनशक्ति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्थे । हेमबहादुर धेरै बोल्दैनथे । लामो समय वैदेशिक रोजगारीमा रहेकाले घर बसेर गर्ने पेसा पहिल्याइसकेका थिएनन् । साथीभाइ भेट हुँदा उनी खुलेर कुरा गर्दैनथे, पत्नी र घरका प्रसंगमा कुरा चल्दा मौन रहन्थे । उनले गुनासो गरेको छिमेकीले सुनेका थिएनन् ।

    ‘अम्बा टिप्ने भन्दै छोराहरूलाई फकाइफुल्याई लिएर गएका रहेछन्,’ स्थानीय आशिष थापामगरले भने, ‘बिहान १० बजेतिर यस्तो देख्नुपर्‍यो ।’ घर आएर भारत जानुभन्दा अघि पनि हेमबहादुर वैदेशिक रोजगारीमै थिए । उनी ६ वर्ष साउदी अरब बसेका थिए ।

    दुई छोराहरूलाई झुन्ड्याएपछि हेमले आत्महत्या गरेको अनुमान गाउँलेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखाका डीएसपी लीलाराज लामिछानेले घटनाबारे पोस्टमार्टम रिपोर्टपछि केही तथ्य खुल्न सक्ने बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानले भने घटना आत्महत्या नै भएको संकेत गरेको छ ।

    पछिल्ला वर्षहरूमा जिल्लामा आत्महत्याको दर बढेको देखिन्छ । पछिल्ला ५ आर्थिक वर्षको अवधिमा गोरखा जिल्लामा ३ सय ५ जनाले आत्महत्या गरेका छन् । चालु वर्षको २ महिनामा १७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै छ । गत आर्थिक वर्ष २०७८/७९ मा आत्महत्या गरेका ६९ मध्ये ३३ जना पुरुष छन् । २७ महिला, एक बालक र ८ बालिकाले गत आर्थिक वर्ष आत्महत्या गरेको प्रहरी तथ्यांकमा छ । एक सातामै पाँच जनासम्म झुन्डिएर मृत्यु भएका घटना पनि छन् ।

    मादक पदार्थको अत्यधिक सेवन, वैदेशिक रोजागारीले पारिवारिक कलह, गरिबी र मानसिक विक्षिप्तता आत्महत्याको कारणका रूपमा देखिने डीएसपी लामिछानेले बताए ।

    ‘आत्महत्याको दर हेर्दा मादक पदार्थको प्रभाव अत्यधिक देखिन्छ, नशा गर्ने लतले सानो समस्या देखे आत्तिने, सामना गर्न नसक्ने बनाउँछ,’ उनले भने । आत्महत्याका घटना रोकथाम तथा न्यूनीकरणका लागि सामाजिक अभियान नै चलाउनुपर्ने उनले बताए ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on बैदेशिक रोजगारीले भत्काएको त्यो घर।

    एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुने

  • २६ आश्विन २०७९, बुधबार ०७:५९ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

    पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म आफूले पार्टीको तर्फबाटै उम्मेदवार दिने बताइरहे पनि टिकट बाँडफाँटमा आफू पक्षका नेतालाई टिकट नदिएको रिसमा साहले स्वतन्त्र उम्मेदवार दिनुभएको हो ।

    त्यस्तै, एमालेले केन्द्रीय सदस्य कुन्दन कुशवाहलाई रौतहट ३ ‘ख’बाट टिकट दिएको थियो । तर, अन्तिम समय आएर प्रभु साहसँगै उहाँले पनि स्वतन्त्र उम्मेदवार दिनुभएको छ । कुशवाहलाई पनि एमालेले पार्टी सदस्य नरहनेगरी कारबाही तयारी गरेको एमालेका एक नेताले जानकारी दिनुभयो ।

    एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीविरुद्ध बागी उम्मेदवार दिनुभएकी गंगा चौधरी सत्गौवा पनि कारबाही सूचीमा पर्नुभएको छ । यसअघि, दुवै समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुभएको थियो । एमालेले शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिन्भएको हो । त्यस्तै, एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि अभिलेखबाट हटाएको छ । उहाँले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुने

    प्रवासी नेपाली समन्वय समिति, PNCC द्वारा सरुवा रोग र यसबाट बच्ने उपाय सम्बन्धि सचेतना कार्यक्रम गर्दै

  • २६ आश्विन २०७९, बुधबार ०७:१५ मा प्रकाशित
  • समर्पण रम्जान

    २६ असोज २०७९ ! प्रवासी नेपाली समन्वय समिति, PNCC द्वारा “प्रवासीसँग डाक्टर” को नवौं श्रृखंला गर्ने भएको छ ।

    बिर अस्पतालका सरुवा रोग विशेषज्ञ तथा टोली प्रमुखः द्रुत उद्दार ईकाई, ललितपुर उप महानगर पालिका डा. छबिन्द्र प्रसाद गैरे द्वारा परामर्श गरिने उक्त सरुवा रोग र यसबाट बच्ने उपाय सम्बन्धि सचेतना कार्यक्रम अन्लाईन भर्चुअल बाट गरिने छ ।

    २०७९ असोज २८ गते (शुक्रवार) तदअनुसार अक्टोबर १४, २०२२ का दिन हुने उक्त कार्यक्रम नेपालबाट सांझको ७:३० बजे कतार, साउदी, कुवेत, बहराइन बाट बेलुकी को समय अनुसार ४:४५ बजे , – मलेसिया समय अनुसार ९:४५ बजे र – युएइ, तथा ओमान समय अनुसार ५:४५ बजे हुनेछ ।
    उक्त कार्यक्रममा जोडिनका लागि विभिन्न माध्यमबाट स्वदेश तथा बिदेशमा रहने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ संस्थाले अनुरोध गरेको छ ।
    कार्यक्रमको जुम आइडी तथा पास्कोड
    zoom ID – 2897414063/Passcode – pncc

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on प्रवासी नेपाली समन्वय समिति, PNCC द्वारा सरुवा रोग र यसबाट बच्ने उपाय सम्बन्धि सचेतना कार्यक्रम गर्दै

    रूपन्देही- २ मा सत्ता गठबन्धनका राजु गुरूङको उम्मेदवारी खारेज

  • २६ आश्विन २०७९, बुधबार ०६:०८ मा प्रकाशित
  • बैंकिङ कसुरमा सजाय पाएकाले उम्मेदवारी खारेज भएको हो । उनी एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए ।
    अर्का दुई उम्मेदवार डा. कमल भुसाल (निकोलस) र हिमाल वस्यालको पनि योग्यता नपुगेको भन्दै खारेज ।
    रूपन्देही — निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधि सभा तर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी रद्द गरिदिएको छ ।

    उनी एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए । उनीसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी पनि खारेज भएको छ ।

    सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले निज उम्मेदवारहरुको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख छ ।

    उम्मेदवार गुरूङ आँफै अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैंया नतिरेको भन्दै अदालतमा २०७६ सालमै बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते नै फैसला गरेको थियो ।

    काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालि, गुरुङसहितका ६ जनालाई विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैंया जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने फैसला गरेको थियो । निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालो सूचिमा परेको व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ ।

    त्यस्तै सोही क्षेत्रबाटै प्रतिनिधि सभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा कमल भुसाल (निकोलस) को भने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकोले उम्मेदवारी खारेज भएको उल्लेख छ । भुसालविरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए । उनी विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on रूपन्देही- २ मा सत्ता गठबन्धनका राजु गुरूङको उम्मेदवारी खारेज

    भिटेनले आफ्नै टाउकोमा फुटाए बोतल

  • २५ आश्विन २०७९, मंगलवार १०:४२ मा प्रकाशित

  • जापान : र्‍यापर भिटेन यतिबेला सांगीतिक कार्यक्रमको सिलसिलामा जापानमा छन्। आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो, जहाँ भिटेनले प्रस्तुतिभन्दा पनि हर्कतका कारण चर्चा बटुले। कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थालेका थिए। उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मेहम्मे परेको थियो। गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काएका थिए।

    आफ्नै टाउकोमा आफैले बोतलले हानेका उनी एक्कासी मञ्चमा ढलेका थिए। त्यसपछि उनले गीत गाउन पनि सकेनन्। भुइँमा ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरेपछि आयोजकले पानी छम्किएर केही बेरमा उठाएको थियो। ब्युँझिएपछि भिटेनले गाउन नसक्ने बताएका थिए। 

    दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शो नगर्ने र यही नै अन्तिम शो हुने बताएका थिए। भिटेनले एक्कासी किन यस्तो हर्कत गरेर स्टेजमै बेहोस भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन्। मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन्।

    अर्कोतर्फ, आयोजकले चाहिँ मदिराका कारण भिटेन बेहोस नभएको दाबी गरेको छ। मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने जानकारी भने दिइएको छैन। तर, दर्शकहरूले भने भिटेन मदिराकै कारण ढलेको बताँउछन्। भिटेनले भने शारीरिक असन्तुलनका कारण ढलेको दाबी गरेका थिए। भिटेनले गाउन नसक्ने भएपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबरLeave a Comment on भिटेनले आफ्नै टाउकोमा फुटाए बोतल

    आजदेखि मौसममा क्रमिक सुधार

  • २५ आश्विन २०७९, मंगलवार १०:२२ मा प्रकाशित
  • २५ असोज, काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए । मौसमविद् भट्टराईले भने, ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।’

    जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन भने अझै एक साता लाग्ने महाशाखाले जनाएको छ ।

    हाल नेपालमा हरियाणा आसपास रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

    दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
    महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on आजदेखि मौसममा क्रमिक सुधार

    निर्माता रोज राणा प्यूठानबाट प्रदेशसभा सदस्य उम्मेदवार

  • २४ आश्विन २०७९, सोमबार १९:२५ मा प्रकाशित
  • नेपाली फिल्मका नायक, निर्माता तथा निर्देशक रोज राणाले आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिनुभएको छ । उहाँले आइतबार प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएर चुनावी अभियानमा होमिनुभएको छ । चलचित्र निर्माता संघको निबर्तमान महासचिब राणा नेपाली कांग्रेस प्यूठान (ख) का क्षेत्रिय सभापति समेत हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसले गठबनधनको तर्फबाट उम्मेदवार बनाएको हो ।

    राणासँग नेकपा एमालेका हरि रिजालले प्रतिष्पर्धा गर्नेछन् । प्रदेशसभा (ख) मा राणा बाहेक ४ जनाको उमेदवरी परेको छ । डन, दादागिरी, दोस्ती, खलनायक लगायत करिब दर्जन फिल्म निर्माण गरेका राणाले ‘म छु नि तिम्रो’ मा नायकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले फिल्मको निर्देशन समेत गर्नुभएको छ । सत्ता गठबनधनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि राष्टिय जनमोर्चाकी नेता दुर्गा पौडेलले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका रोज राणा सर्वव्यापी लोकप्रिय भएकाले उहाँलाई चुनाव जित्न सहज हुने नेपाली कांग्रेसका नेत गिरीराज पोखरेलले बताउनुभयो ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on निर्माता रोज राणा प्यूठानबाट प्रदेशसभा सदस्य उम्मेदवार

    सन्दीपको दावीमा मोहनाको आपत्तिः विषय बलात्कार को छ, चाचाहरु जन्मदर्ता खोज्दैछन्

  • २४ आश्विन २०७९, सोमबार १५:५८ मा प्रकाशित
  • अनुसन्धानकै क्रममा रहेका बलात्कार आरोपी सन्दीप लामिछाने र उनका वकिलेको दावी प्रति मानव अधिकार आयोगकी पूर्व आयुक्त तथा कानुन ब्यवसायी मोहना अन्सारीले आपत्ति जनाएकी छिन्।

    आज न्यायाधीशले घटनाबारे सोधेको प्रश्नमा सन्दिपले बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गर्दै जाहेरवालाकै आग्रहमा उनलाई भेटेको बताएका थिए। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पनि ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेको’ बताएका थिए।

    अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ’ भनेकी छिन्।

    सोही विषयमा अन्सारीले सामाजिक सञ्चालमै प्रतिक्रिया दिएकी छिन्। उनले ट्वीटरमा लेखेकी छिन्–‘विषय बलात्कार को छ, चाचाहरु जन्मदर्ता खोज्दै छन्, ब्याटरी मा घाम कहिले लाग्ने होला?’

    उनलाई रमेश नामका ट्वीटर प्रयोगकर्ताले सचेत गराएका छन्। ‘अनुसन्धानकर्ताले हो कि अरु कसैले गरेको खोजी ?’ भन्दै उनले लेखेका छन्–‘हाम्रोमा नावालिग र बलात्कारको केसमा हचुवा टिप्पणी गर्नेलाई पनि सजाय हुने कानुन छैन नत्र धेरै जना सचेत भइसकेका हुन्थे होला।’

    तारा (नेपाली) नामका प्रयोगकर्ताले ‘छानबिनको बिषयमा नबोलि हल्दिनोस है वकिल साहेब।’ भन्दै सुझाव दिएका छन् भन अखंड (२अरुणकेएनडिएल) ले ‘मदर्शा भित्र हुने हर्कतहरु कहिले बाहिर ल्याउलान दिदीहरुले’ भन्दै उनलाई नै ब्यंग्य गरेका छन्।

    Posted in खेल, मुख्य खबरLeave a Comment on सन्दीपको दावीमा मोहनाको आपत्तिः विषय बलात्कार को छ, चाचाहरु जन्मदर्ता खोज्दैछन्

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P