साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का कविता लेखनको ५५ औँ शृङ्खला असाेज २९ गते शनिबार सम्पन्न भयाे ।
यस श्रृङ्खलामा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ७० जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । ५५ औँ शृङ्खलाको लागि टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष तथा प्रशिक्षक ताराप्रसाद चापागाईंले समसामयिक विषयमा लेख्नु भएको व्यङ्ग्यात्मक टुक्कालाई प्रतिनिधि टुक्काको रुपमा राखिएकाे थियाे ।
==========▪️<>▪️========== अभ्यासका लागि प्रतिनिधि व्यङ्ग्यात्मक टुक्का कविता
जरा काट्न नसकेर हाँगातिर लाग्याै, माकुराे झैँ जाल बुन्दै अझै टाढा भाग्याै । ◾️ताराप्रसाद चापागाईँ ==========▪️<>▪️==========
सहभागीहरूद्वारा सृजना गरिएका टुक्का कविताहरू –
[१] आफू गर्न सक्दैनन् काट्छन् अरूको खुट्टा बिगार्छन् बनेको काम मिलेर तान्छन् सुट्टा । ◾️नवीन जाेशी कैलाली [२] जति जाल बुने पनि काही कतै नै सर्दैन नाच्न नजान्दैमा आँगन टेढो मान्नु पर्दैन । ◾️बेदु न्यौपाने काठमाडौ [३] जालै जालमा बसेका छन् , नेपाली जनताहरू, हटाउन खोज्दाखेरि त, आउछ फटाहाहरू। ◾️एवाइ प्रभात धनकुटा हाल मोरङ [४] गरि खान नसक्ने खुट्टा तान्न तिर लाग्छ लाज पचाउन अनेक बहाना पारि भाग्छ। ◾️राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमौ ५ सङ्गम काेलाेनी भक्तपुर । [५] हुतीहारा मान्छेले नै पाे कुरा धेरै काट्छ , चाहिँने जति पन्साएर नचाहिँने साट्छ । ◾️त्रिलाेचन भण्डारी मेचचीनगर, झापा [६] आफू बसेको हाँगालाई आफैँले काट्ने गरेर हालत के होला ? बुनेको जालमा आफैँ परेर । ◾️मीरा काफले में.न. पा. ९ [७] सधैँ आर्कालाई खाडल खन्नेहरू आफैँ पर्छ, जति धेरै माथि उड्छ उतिछिटो खसेर मर्छ। ◾️सुरेशकुमार पान्डे। दाङ घोराही १८ [८] खुट्टा तान्नेलाई तान्न देऊ,जाल बुन्नेलाई बुन्नदेऊ तान्ने र बुन्नेहरू थाकुन, तिमी अझ धेरै जागिदेऊ । ◾️काली गोर्खाली [९] थाम्नै नसके पछि ढल्नु नै पर्यो ढले पछि हाँगा भाच्यो पात झर्यो। ◾️साँग्रीस मानन्धर मोती क्याक्मी हटिया स्याङ्जा हाल ति .न. पा रुपन्देही [१०] जरा भन्दै बस्नेहरू एकैठाउँकाे वास हाँगा हेर्दै जानेहरू टाढा पुग्ने आस । ◾️इन्द्र कुमार श्रेष्ठ कमलाकुञ्ज, ओखलढुङ्गा। [११] कसैको त पेसा यही अर्काको खेदो खन्ने उग्र रुपिपना देखाई म छु जान्ने भन्ने । ◾️शारदा बि सी अर्घाखाँची शितगङ्गा ५ [१२] जालीकै छ सन्सार सारा मैले कसाे गर्ने साेझाे सिधा जहिल्यै पनि भड्खालाेमा पर्ने । ◾️निरज कोइराला बेलका १ उदयपुर [१३] जरा काट्नेहरू बनेका छन् माली जालीलाई सबै बजाउँछन् ताली। ◾️बिके मुखिया दार्जीलिङ भारत। [१४] जरै देखि उगाल्न तम्सिएका गभारो लाग्न थाले चहार्न प्रभावकारी ओखती चाहिने भयो सखापपारी बढार्न । ◾️प्रेम थापा “मन” बागलुङ [१५] आरिस गर्ने नामर्द आफैँ जलेर मर्छन्, अर्काको खाेइरो खन्दै आफ्नै नोक्सान हर्छन् ! ◾️बिबस पारदर्शी भद्रपुर झापा । [१६] हाँगा होइन यता त जरै काट्ने चलन बस्यो यस्तै रितले गोर्खा जातिको सम्मान हेर खस्यो। ◾️दीपक ठटाल जलन खरसाङ [१७] हाँगा काट्नु तिमीले बरु काट्नु हुन्न जरा बुद्धि विवेक प्रयोग गरि बनाऊ हराभरा । ◾️रत्ना पुन मगर रुकुम पश्चिम् [१८] हाँगामा बसेर त्यही काट्दा आफै झरिन्छ, बुझ्ने कहिले जितियो भनेर त्यसरी किन मख्ख पर्नु होला अहिले । ◾️राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ, हाल- प्रवास [१९] अाफ्नो ज्ञान गुमिसक्यो, अर्ति दिन्छौ अरू, ध्यान गर ,गुफा पस ,भलो होला बरु । ◾️होम प्रसाद नेउपाने धरान,सुनसरी [२०] आफू गर्न नसक्नेहरू अरूको पछि पर्छ , अर्काको देखेर आरिसले जलेर उ मर्छ । ◾️बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा [२१] जरा काट्न खोजेको त हो नि हुँदो रहेछ बलियो म मात्रै होला भन्थे जालो बुन्ने देँखे अरू खलियो। ◾️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा हाल मलेशिया [२२] खुट्टा तान्नेहरू तान्दै गर, आफ्नै मात्र सधैँ पेट भर। ◾️सुशीला पाैडेल [२३] चाहे हाँगा काट्न खाेज चाहे काटिदेऊ जरा देखेर अटल सतिसाल पक्क पर्याे बरा । ◾️मित्र `उराठी´ गाैतम अमरपुर गुल्मी हाल ति न पा-२ ,रुपन्देही [२४] नेपालीको भेडे बानी हिँड्छन् आली आली, नेताको भाषण सुनी व्यर्थै बजे ताली । ◾️भगवती दवाडी झापा [२५] माथि मुहान छ फाेहाेर , तल जति साेरछस् साेर । ◾️प्रद्युम्न चालिसे तनहुँ देवघाट । [२६] घर भित्रका आमा बालाई लिएर कता फाल्यौ भगवान सम्झि तिमिले ढुङ्गालाई पुज्न थाल्यौ । ◾️पुष्कर बाबु महाबु ३, दैलेख [२७] मूल सफा नगरेर धारा सफा खोज्यौ , कुरा गरि ठिक्क पार्ने कस्तो बाटो रोज्यौ । ◾️कर्ण दयाल ‘सोराडी’ मेलौली नगरपालिका ७ ,बैतडी [२८] जसको जति शक्ति छ, व्यवहार त्यस्तै देखाउँछ आफ्नो शक्ति नहुनेले पनि उल्टाे नाम लेखाउँछ। ◾️रामप्रसाद बेल्बासे’एक्लो यात्री’ शीतगङ्गा-५,अर्घाखाँची हाल-बुद्धभूमि-३,कपिलवस्तु । [२९] जराले नै धान्न सक्छ बिरासत भने , हाँगाबिँगा छिमलेर विजेता झैँ बने । ◾️रामकृष्ण दुवाडी पाेखरा [३०] सँगै हुँदा बोल्न पनि डराउछन् कति, पिठ्यु पछि कुरा काट्छन् बिग्रे पछि मति। ◾️घनु भाट क्षेत्री शितगंगा १३, सिमलपानी अर्घाखाँची । [३१] जरा फाल्न सकिदैन फेरि पलाएर अाउछ, माकुराले पनि आफ्नाे जालाे आफैँ बुन्न धाउछ। ◾️शाेभा आचार्य गाैतम काठमाडाैँ [३२] सबै हाँगा मैले भाँचेकाे सृष्टि संसार मेरै,जाल बुन्छु , जस्तो लाग्छ मलाई खैरात छैन तेरै,अझै के के थुन्छु। ◾️रामप्रसाद पुरी बादेल, खाेटाङ । [३३] हाँगा र जरा झैँ लुछाचुँडी गरे, सिङ्गो देश खण्डन गर्नलाई सामन्तवादीले सात टुक्रा पारे देश, आ-आफ्नै पेट भर्नलाई। ◾️कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [३४] जालीको केही उपाय छैन टाढा भाग्नै पर्यो, धूर्त मान्छेको चाल हेर सजिलो तिर सर्यो। ◾️अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत। [३५] भलो सोचौँ भलो गरौँ त्यागौँ कुविचार जरा मात्रै खन्न बसे लागिन्न है पार । ◾️विनोद जोशी दशरथ चन्द नगरपालीका ०९ , बैतडी [३६] खुट्टा तान्नु पनि सकेको हेर हाम्रै जातिले कति, गँगटा प्रवृत्ति छैनन् होला अरूमा हामीमा जति । ◾️राजेन्द्र प्रधान ‘पासा ‘ दार्जीलिङ । [३७] घमण्ड के गर्छौ मरेर जाँदा नाङ्गो शरीर खाली हुन्छ दुःखी भनेर किन हाँस्छौ हेपेको देखी भित्री मन रुन्छ। ◾️अम्विका अधिकारी झापा विर्तामोड [३८] गन्तव्य थियो एकातिर पाइला अन्तै सार्यौ, उचाइ चढ्ने कुरा गर्थ्यौ तर भुइँमा झार्यौ। ◾️प्रदीप के रिमाल इटहरी, सुनसरी। [३९] जरा हुन पितापुर्खा हाङ्गा हौँ हामी आशीर्वाद तिनको लिई बनौँ दामी । ◾️उत्तम बराल महोत्तरी गौ.न.पा -०४ [४०] छेउछाउ बसेर तानातान नगर, उर्लिएर आउँछ एकदिन सगर । ◾️जमुना आचार्य सिन्धुपाल्चोक [४१] फूल र फल पाएपछि तिमी मख्ख हुने माटोसरिको जरा देखेर चाहिँ नछुने। ◾️रतन पाण्डे ‘पारतन’ दार्जीलिङ। [४२] जरा काट्न नसक्नेले मात्र हाँगा काट्छन् स्वार्थ लिन जनताका तलुवा नि चाट्छन् । ◾️बाबुराम गौतम गुल्मी [४३] अहो कति तम्सिएका छन् भनि जरा काट्न उभो लाउन नसक्नेले के सक्छन् र आँट्न । ◾️रतन बिष्ट आलिताल डडेल्धुरा [४४] जरा काट्ने काट्दै गर्छन् डराउनु हुन्न सही सत्य काम गरे केहीले नी छुन्न। ◾️सरस्वती श्रेष्ठ इटहरी [४५] जाल बुन्ने माकुरीको नपरौँ है छेउ बन्धनमा पर्नु अघि बुझ्नुपर्छ भेउ । ◾️मन्दिरा सेढाई मलेखु,धादिङ [४६] नबुझिकन जरा तान्नेहरू तान्नु, लहरा तान्दा पहरा थर्किन्छ जान्नु । ◾️पेम्बादोर्जे भोम्जन बकैया गाउँपालिका -११, मकवानपुर, हाल श्री जनजागृति माध्यमिक विद्यालय बकैया -०८, मकवानपुर। [४७] हिम्मत हुनेले पो जरा काट्न लाग्छ , कायर त सधैँभरि टाढा नै भाग्छ । ◾️भेष कुमारी लामिछाने देवदह ०५ , खैरेनी रुपन्देही । [४८] जालझेल गर्दे हतारमा सबै जरा कटिदैन सत्कर्म जसले गर्छ त्यो कहिल्यै पनि मासिदैन । ◾️सुमित्रा पोखरेल काठमाडौं [४९] अाफ्नै देशका भूभागलाई टुक्रापारी काटे, नियम कानुन् सबै मिची डलरसँग साटे। ◾️मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा [५०] जरा हाँगा जहाँ काटे नि पीडा मलाई भयो, घात गरेर जालमा पार्यो मनै मरी गयो । ◾️नवशिला बेलबारी-२,लालभित्ती,मोरङ । [५१] जरा काट हाँगा काट सिङ्गो बोट काट पासा अन्यायी र अत्याचारी अाजकल हुन्छन् खासा । ◾️बिके माकजु भक्तपुर । [५२] जालीलाई दिन्छन् यहाँ ताली सिधा सादालाई जैले गाली। ◾️प्रेम सुनार दैलेख [५३] किन होला यहाँ देख्नै नहुने कमजोरी ? सके मार्ने नसके भाग्न गर्छन् मन चोरी। ◾️भुपेन्द्र राना मगर धादिङ [५४] आर्काको जरो काट्ने आफै मेटिन्छन् काट्ने र उखल्ने सदैव भेटिन्छन् । ◾️सोमनाथ लुइटेल “रवि पाल्पाली” [५५] बल्ल जुरेको ठुलो बन्न, जरै काट्छु मिलेन भन्न। ◾️अच्युत घिमिरे भुटान बाट 🇧🇹 [५६] लुटि खाने मानवहरू सबै भएका छन् माली, काम भन्दा कुरा ठुला गर्नेलाई हजारौँ ताली । ◾️सहयात्री शोभा अर्याल रुपन्देही १४ बुटवल [५७] अरूकाे खुट्टा तानेर पेट भर्नेकाे भलाे हुन्न , घटिया मान्छेकाे केही कुराले पनि मन छुन्न । ◾️केसर बाेहरा (सङ्घर्ष ) सुदुरपश्चिम अछाम, हाल भारतबाट । [५८] हाँगाबिँगा काट्दै गयौ सकेनौ काट्न जरा पूरै काट नत्र फेरि छोडेमा अधमरा । ◾️रचना शर्मा प्रतीक्षा इमाडोल, महालक्ष्मी न पा, ललितपुर । [५९] हराभरा देशकै जरा यिनले काट्न लागे सावधान जोगाउ ज्यान अब त युवा जागे । ◾️ईशहाक हुसैन जीतपुर सिमरा १४ बारा हाल- बुटवल फूलवारी २ रुपन्देही [६०] सजिलो हुन्छ हाँगो काट्न, काट्नभन्दा त जरा, परिन्छ कि आफ्नै जालमा, डर भो कठैबरा । ◾️वसन्त अनुभव घोराही, दाङ [६१] गरेर खाएको देखेर जाल बुन्नु नथाल्नु माकुरीले जस्तैगरि आफूमा मृत्यु नपाल्नु। ◾️बि.कुलुङ दार्जिलिङ [६२] जस्तालाई तस्तै भन्न नसक्नु कमजोरी कसको, पछुताउनु पर्छ अवश्य, बुद्धि बिग्रन्छ जसको । ◾️रबि श्रेष्ठ सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही ! [६३] टेढा मात्र बाँकी राखि सिधा रुख ति काटिए राजनीति खेलमा पनि सबै नेता माटिए । ◾️नारायण काेईराला तानसेन, पाल्पा [६४] नेता जति बाठा भै यहाँ चुनाव जितेर सुविधा ताक्ने देशभरि मान्छेले काम नपाई बेरोजगारीले ढाक्ने । ◾️पवन कुमार बुढाथेाकी काठमाडौं [६५] आफू जस्तो अरुलाई नि देखेर हाे कि उस्तै आफ्नाे घरमा तालामारी अर्कोतिर दुरुस्तै । ◾️शर्मिला खतिवडा विर्तामोड ,झापा [६६] जरा मात्र हैन अब रुखै ढाल्नु पर्छ नत्र भने बिथितिकाे सारा राेग सर्छ । ◾️कृष्ण अधिकारी विर्तामोड ,झापा [६७] कसको तागत काट्नलाई,आमाको दुधले सिँचेको जरा हाँगा मात्र होइन अब उनि, पुग्छन् अध्यारो कुना कन्दरा । ◾️यामनाथ आचार्य पर्वत [६८] भत्किएको घर छ मेरो त्यहीँ माथि भिर चलाउनु जान्दैन उसैको हातमा तीर । ◾️जि कुमार गौतम भद्रपुर -१ [६९] अबुझ रहेछन् कठैबरा हाँगा तिर पो लागे आउछन् कि नजिक भनेको त झनै टाढा भागे । ◾️योगप्रसाद उपाध्याय चापागाईं गोठाटार, काठमाण्डौं ।
जय टुक्का ! जय साहित्य !! ”””””””””””””””””””””””””’
साउदी अरेबियाको एक अदालतले अमेरिकी नागरिक साद इब्राहिम अल मादीलाई ट्वीट गरेको आरोपमा १६ वर्षको जेल सजाय सुनाएको छ।
साउदीको अदालतले ७२ वर्षिय अल-मादीलाई देशलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई सहयोग गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको इब्राहिमका छोराले बीबीसीलाई जानकारी दिएका छन्।
अमेरिकी र साउदी अरबको दोहोरो नागरिकता लिएका अल-मादी गत वर्ष नोभेम्बरमा आफ्नो परिवार भेट्न फ्लोरिडाबाट रियाद आएको बेला पक्राउ परेका थिए।
इब्राहिमका अनुसार यी आरोपहरू प्रमाणित गर्ने प्रमाणका रूपमा अदालतमा १४ वटा ट्वीट मात्रै पेश गरिएको थियो।
बीबीसीका अनुसार यी ट्वीटहरूमा जेद्दा र मक्काका पुराना संरचनाहरू भत्काइएको विषयमा आलोचना, राज्यमा गरिबीको चिन्ता र साउदी पत्रकार जमाल खशोग्गीको हत्याप्रति गरिएको चिन्ताका विषय थिए।
अभियोजकहरूले उनलाई अधिकतम ४२ वर्षको जेल सजाय दिन चाहेको उनले बताए। दुई हप्ता अघि, उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो र त्यसपछि १६ वर्षको यात्रा प्रतिबन्ध लगाइएको थियो।
इब्राहिमले आफ्नो बुबालाई पक्राउ गरेदेखि नै साउदी अधिकारीहरूले यातना दिइरहेको दाबी गर्दै आफ्नो बुबालाई आफूले जेलमा मरेको हेर्न नचाहने बताएका छन्।
अल-मादीका छोराले पहिलो पटक यसबारे मिडियासँग कुरा गरेका हुन्, जबकि अमेरिकाले उनलाई त्यसो नगर्न सल्लाह दिएको थियो।
पक्राउ परेदेखि इब्राहिमले बुबासँग कुरा गर्न पाएका छैनन्। तर, परिवारका अन्य सदस्यले बुवालाई भेटेर आफू सञ्चै रहेको बताएका छन्। यद्यपि इब्राहिमले यो दाबीमा शंका गरेको बताउँछन्।
इब्राहिमले आफ्नो बुबाको मुद्दामा अमेरिकाको चासो नदिएको आरोप लगाए। इब्राहिमले यस विषयमा कुरा गर्न आफ्नो ह्वाइट हाउससँग सम्पर्क हुन नसकेको बताए।
जुलाईमा अमेरिकी राष्ट्रपति रियादको भ्रमणमा रहेका बेला उनले आफ्नो बुबाको मुद्दाबारे बीबीसीलाई जानकारी दिएका थिए।
बीबीसीसँग कुरा गर्दै उनले अमेरिकाको दोहोरो मनोवृत्तिमाथि प्रश्न उठाए। उनी भन्छन्, ‘यदि रूस वा इरानमा कुनै नागरिक हिरासतमा परेको भए अमेरिकाले तत्काल कारबाही गर्ने थियो, तर साउदी अरेबियामा जेल परेको कोही नागरिक छ भने पनि यहाँको एक ब्यारेल तेल व्यक्तिभन्दा धेरै मूल्यवान हुन्छ।’
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग १०[दसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०६/३१ साँझ ०८ बजे सम्म । ………………………………………….
प्रवर्तक तथा परिकल्पनाकार ================ सोमनाथ लुइटेल “रवि पाल्पाली”
भाषा शुद्धीकरण:- ———— भवानी घिमिरे पुष्पा नेपाल सुवेदी सुशीला पौडेल
सङ्कलक :- ———- सुशीला पौडेल & दुर्गा आचार्य
संयोजक:- ===== सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल । ======================
अभ्यास संरचना ———— यमपञ्चक तथा दिपावलीको उपलक्ष्यमा ०१ [०१] लेख्न हुन हार्दिक अनुरोध गर्दछौँ। दिपावलीको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
पञ्चाङ्गको संरचना :- अक्षर आफ्नो इच्छा अनुप्रास :- आफ्नो इच्चा स्थायी :- आफ्नो इच्छा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :- उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।
बिजुली बन्यो पहिले खालि तारमा छौँ अझै [०१] भ्रष्टाचारको जालो भ्रष्टको मारमा छौँ अझै [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ
राम्रो थियो त्यति बेला आज प्रवर्द्धन छैन [०३] ———————————
१,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
महङ्गी र कालो बजारको भारमा छौँ अझै [०४] अँध्यारो बन्यो दिन त्यसैको सारमा छौँ अझै [०५]
उदाहरण पञ्चाङ्ग [१]
बिजुली बन्यो पहिले खाली तारमा छौँ अझै [०१] भ्रष्टाचारको जालो भ्रष्टको मारमा छौँ अझै [०२] राम्रो थियो त्यति बेला आज प्रवर्द्धन छैन [०३] महङ्गी र कालो बजारको भारमा छौँ अझै [०४] अँध्यारो बन्यो दिन त्यसैको सारमा छौँ अझै [०५]
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
उदाहरण [०२]
दिपावली पर्वले उमङ्ग दिई आयो सबैमा [०१] पीडा भुली रसरङ्ग डुल्दै लिई आयो सबैमा [०२] झिलीमिली चारैतिर अँध्यारो हटाएर आयो [०३] सम्बन्ध बाँधी अमृत घडा पिई आयो सबैमा [०४] मन हृदय कुनामा पसी जिई आयो सबैमा [०५]
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
=========================
पञ्चाङ्ग ०१
शरद ऋतुले आज उमङ्ग लिएर आयो। चारैतिर खुसीयाली लहर दिएर आयो। दिपावली तिहार चाडपर्व संस्कृति हाम्रो , चेली र माइतीको फूलमाला सिएर आयो। शुष्कशुष्क सितल चिसो हावा पिएर आयो।
💢होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग ०२ [०१] घर चिटिक्क सजाई बसेको । लक्ष्मी भजन भजाई बसेको । धन्तेरसको नगन्य उपमा , खैँजडी शंख बजाई बसेको । सिँगारिएर लजाई बसेको । [०२] दिपावली पर्वले उमङ्ग दिई आयो सबैमा । पीडा भुली रसरङ्ग डुल्दै लिई आयो सबैमा । झिलीमिली चारैतिर अँध्यारो हटाएर आयो , सम्बन्ध बाँधी अमृत घडा पिई आयो सबैमा । मन हृदय कुनामा पसी जिई आयो सबैमा ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग ०३ [०१] सबैको घर आँगन उज्यालो हुनु पर्छ । शुभ दिपावलीले सबैलाई छुनु पर्छ । कसैको निधार खाली नरहोस् यसपालि , कात्तिके कालो ग्रह दान गरी धुनु पर्छ । नखेल्नु जुवा तास हारेपछि रुनु पर्छ । [०२] बिजुली बन्यो पहिले खालि तारमा छौँ अझै । भ्रष्टाचारको जालो भ्रष्टको मारमा छौँ अझै । राम्रो थियो त्यति बेला आज प्रवर्द्धन छैन , महङ्गी र कालो बजारको भारमा छौँ अझै । अँध्यारो बन्यो दिन त्यसैको सारमा छौँ अझै ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
पञ्चाङ्ग ०४
पहिले आए मानेर बसेका छन् । सुन्दर कुर्सी छानेर बसेका छन् । पुस्तौँ सम्मलाई पुगेपछि के छ ? अनि त ढुङ्गा हानेर बसेका छन् । आफ्नैले खुट्टा तानेर बसेका छन् ।
💢आर्त अकुलीन, कैलाली ।
पञ्चाङ्ग ०५
लौरोको साहाराले जीवनभर नाच्नु परेको छ। जसोतसो गरेर पनि जिन्दगी साँच्नु परेको छ। बुढा भएपछि काम गर्न नसक्ने भएर गैयो, प्रतेक दिननै वचन खाएर बाँच्नु परेको छ। कहिले आउँछ काल भन्दै औंला भाँच्नु परेको छ।
💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा ।
पञ्चाङ्ग ०६
तिहारको छुट्टी पारी आउनु भाइ तिमी । दिदीको आँगनीमा नै छाउनु भाइ तिमी । भैली देउँसीमा नाँचौला घरघरमा गएर , आफ्नै दिदीको घरमा धाउनु भाइ तिमी । दिदीकै हातको टीका लाउनु भाइ तिमी ।
💢पार्वती अर्याल, भरतपुर चितवन ।
पञ्चाङ्ग ०७
सवैकाे नै घरघरमा दिपावली आएकाे राम्रो ! हर्ष उमंगले चारैतिर उज्यालो छाएकाे राम्रो । दियाे बाली सयपत्री र मखमलीकाे माला सँगै , घरका कुना कुनामा धनकी लक्ष्मी धाएकाे राम्रो । सजिएर चेली माइती भाइटिका लाएकाे राम्रो ।
💢उर्मिला के.शी. , धनकुटा ।
पञ्चाङ्ग ०८ ०१] मलाई पनि कसैले आस गरेकै हुन्छ । समयसँगै सपना पनि मरेकै हुन्छ । यस्तै हुन्छ कहिलेकाही बाध्यताले गर्दा, पहरामा पनि वृक्ष आफै सरेकै हुन्छ। चन्द्रमामा पनि कालो छाँया परेकै हुन्छ। ०२] आरोप नै यस्तै छ केहि गरेजस्तो। अभिनय गर्दिन्छ ज्युदैँ मरेजस्तो । यस्तोलाई मैले नै दया गर्नुपर्ने, बेलाबेला जिस्किन्छ मन परेजस्तो । मुख हेर्दा विचरा आँसु झरेजस्तो ।
💢दस्ता कौशिक, पाँचथर ।
पञ्चाङ्ग ०९
दिपावली पर्व हाम्रो आयो वरिपरि । सबैको मनमा खुसी छायो वरिपरि । बालबालिका जम्मा हुन थाले चोकमा, आज काग आई गीत गायो वरिपरि । देउँसी भैलीमा नाचौँ लायो वरिपरि ।
💢 तेजप्रसाद खनाल लमही दाङ।
पञ्चाङ्ग १० [०१] खुशीको बहार गिज्याएर आयो दसैँ तिहार । लुकेको दु:खले फिजाएर आयो दसैँ तिहार। नभन्नु कसैलाई मन दुखेको चाड पर्वमा , चिरिएको मुटु बिजाएर आयो दसैँ तिहार । परदेशी मन रिझाएर आयो दसैँ तिहार । ०२] खुशीयाली तिहारमा रमाउदै आयो है हजुर । सप्तरङ्गी टीका निधार टलक्क लायो है हजुर । दाजु र भाई दिदीबहिनी मिलेर गाउदै नाच्दै, खुसीको मौका गाउघर तिर नि छायो है हजुर। सेलरोटी पकाइ अचार सब्जी खायो है हजुर ।
तिहार आयो घर घरमा भैलो गाउनु कसरी । आफु त मुगलानमा घर आउनु कसरी । बहिनीले माला गास्दै टीका तयार गर्दा , बिदेशमै मन रोयो अति लाउनु कसरी । नत बिदा मिल्छ त्यो पैसा पाउनु कसरी ।
💢शन्जना सर्मा, दाङ लमही ।
पञ्चाङ्ग १३
नेपालीका मन मुटुभित्र छाई दिनू। समस्यामा समाधान बनी आई दिनू। सताब्दी पुरुष हे! सत्यमोहन जोशी, तिमी गए पनि माया उस्तै लाई दिनू। नेपाल र नेपालीको गाथा गाई दिनू।
गर्दै छु आफैँलाई धिक्कार यसपालि । बन्ने भएँ नदीको किनार यसपालि । विदेशीलाई सबै कुरा सम्झना मात्रै , छैन नि त दुःखीको तिहार यसपालि । खाली रहने भयो निधार यसपालि ।
💢श्रीकृष्ण शर्मा, पोखरा ।
पञ्चाङ्ग १६
मनमा भएको अध्यारो भगाउन आयो तिहार। दिदीभाइको प्रेम गाडा वनाउन आयो तिहार। हर्ष र उल्लासको झिलिमिली मन नै दंग हुने, गलाभरी नै मखमली लगाउन आयो तिहार। दुःखसुख त्यसैमा मिल्दै रमाउन आयो तिहार।
💢कला ढकाल , झापा ।
पञ्चाङ्ग १७
तिमीहरुले लक्क्ष हासिल गर्दा म हाँस्दैछु यहाँ । मनमा सपनाका कयौं मालाहरु गाँस्दैछु यहाँ । उच्च नाम राख्नु शिर झुक्नु कहीँ नपरोस् तिमीले, बाटामा पर्ने अबरोध हरुलाई माँस्दैछु यहाँ । अतुलनीय सम्झनाका बिम्बहरु साँच्दैछु यहाँ ।
💢दुर्गा आचार्य, मोरङ ।
पञ्चाङ्ग १८
तिहार आयो भन्छन पाकेको छैन सेल नै । दाजुभाइ आउनेकुनै आएको छैन मेल नै । खुसीभए चाडबाड रमाईलो पनि हुने , पहिले जस्तो हुदैन देउसी भैलो खेल नै । किनहोला चारैतिर देख्छु है जाल झेल नै।
💢सीता शर्मा/बिरंगज ।
पञ्चाङ्ग १९
हाम्रो देश डुवान मा परेकै छ अझै । गरिबीको रेखा मुनी झरेकै छ अझै। नेताहरू त भोटका लागी कराएका, युवा खाडिमै पसिना छरेकै छ अझै। मुक्त भएन भिरमा सरेकै छ अझै।
सुरेशकुमार पान्डे। दाङ घोराही १८
💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
पञ्चाङ्ग २०
सयपत्री ढकमक्क फुलेको छ। बारीभरी मखमली झुलेको छ। चेली-माइतिको पर्व हो तिहार , उमङ्गले अनुहार खुलेको छ । दुःख पिर सबले नै भुलेको छ।
💢अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग २१
बर्षदिनमा फेरि लौ आयो तिहार। दिदीबैनीको मनमा छायो तिहार। मखमली सयपत्री फलेर राम्रो, सप्तरङ्गी टिका भाई पायो तिहार। ओखर फोडी शत्रु भगायो तिहार।
💢सुमित्रा पोखरेल काठमाडौं ।
पञ्चङ्ग २२
तिहारमा भाइलाई भनी उनेको माला वैलेर जानेभो। भाइलाई भनी मैले भाइ मसला ल्याए कैलेर जानेभो। योपालि तिहारमा मैले भाइलाई टीका लाउन पाइन, भाइलाई भनी लुगा ल्याएँ दिन भएन मैलेर जानेभो। सप्तरंगी टीका ल्याएँ लाइदिन भएन खैरेर जानेभो।
💢बेदु न्यौपाने काठमाडौ ✍️
पञ्चाङ्ग २३ [०१] पाेहाेर जस्तै दिपावाली नि आयो आमा। सबैकाे घरमा खुशीयाली छायाे आमा। चेलीबेटी पनि जम्मा हुन थाली सके, आगनी काग आएर गीत गायाे आमा। भैलीनी सँगै नाचाैँ नाचाैँ झै लायाे आमा।। [०२] याे तिहारमा घरमा आउनु भाइ। फूलमालाले गला नै छाउनु भाइ । खुशीयालीमा सबै सँग रमाएर, मरै घर तिमी आफै धाउनु भाइ । रमाइलो गरि टीका लाउनु भाइ।।
💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।
पञ्चाङ्ग २४
दु:खलाई पानीको फोको,बनाउने लक्ष्य लिनु। सुखलाई मायाको पोको, बनाउने लक्ष्य लिनु। यो जीवन सफल, बनाउनु छ आफ्नै कर्मले, दूध दुँदा अडिने डोको, बनाउने लक्ष्य लिनु। सत्कर्म जीवनको धोको, बनाउने लक्ष्य लिनु।
कैलालीमा पाँच तोला बराबरका सुनका गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा दुर्घटनामा परेर एक युवक घाइते भएका छन् ।
जानकी गाउँपालिका–७ गोलौरीका शंकरप्रसाद शर्माको घरबाट गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा जोशीपुर गाउँपालिका ४ बस्ने ३५ वर्षीय इमरान हसन आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा खुट्टा भाँच्चिएर घाइते अवस्थामै उनी पक्राउ परेका हुन् । उनको प्रहरीको निगरानीमा टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।
चोरी गरेर लगेका सुनको ब्रासलेट, जुली, तिलहरी, झुम्का, औँठी, मंगलसुत्रसहितका गरगहना र नगद ६२ हजार ५३२ रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पूर्व सांसद रामचन्द्र प्यासी कुशवाहाले आज बिहानैदेखि चुनाव केन्द्रित छलफल सुरू गरेका छन्।
बिश्रामपुर गाउपालिकामा प्यासीले मंगलबार बिहान बिभिन्न राजनीतिक दल पार्टीका नेताहरू तथा सत्ता गठबन्धनका नेताहरू, जनताहरु र उम्मेदवारहरूसँग छलफल गरेका हुन् ।
प्यासीले बिश्रामपुर गाउपालिकाका बिभिन्न पार्टीमा सक्रिय रहेका नेताहरू तथा बिभिन्न प्रमुखहरू सँग पनि छलफल गरेका थिए।
त्यसपछि उनले बिभिन्न सत्ता गठबन्धनका जिल्लामा रहेका नेताहरूसँग छलफल गरेका छन्।
पूर्व सांसद रामचन्द्र प्यासी कुशवाहाले जेल मुक्त भईसके पछि बिभिन्न संघ -संस्था,राजनीति दलका नेतागण,मन्त्री,सांसद,बिधायक मेयर ,वडा अध्यक्ष,आम जनताले प्यासिलाई भेटघाट गर्न आउने लर्को लागेको छ।
तुलसीपुर, १ कार्तिक । दुईजना बालबालिकाको हत्याका मुख्य योजनाकार सहित केहि युवालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका – ६ निबासी २१ बर्षका सुशील पुन मगर र मकावनपुरको हेटौडा नगरपालिका – ८ निबासी २४ बर्षका सुबाश थिङ रहेको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्न रहेको आराेपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले , तुलसीपुर उपमहानगरपालिका -१३ का केहि युवालाई पनि नियन्त्रणमा राखेको छ ।
पक्राउ परेका मध्य केहिले हत्या गरेको र केहिले बोकेर जंगलमा लग्ने काम गरेको र केहिले खाडल खन्ने काम गरेका थिए । सुरुमा शरद आचार्यको हत्या गरेका आरोपीले रोशनी महतारा चिच्याएपछि पोल खुल्ने डरले उनको पनि हत्या गरेको प्रहरी स्रोतले बताएको छ । यद्यपी प्रहरीले यसको आधिकारीक पुष्टि भने गरिसकेको छैन । यता जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले घटनाकाे एक्सपोज गर्नका लागि सूचना प्राप्त रहेपनि थप केहि खुल्छकी भनेर ससाना घटनाको अनुसन्धान गरिरहेकाे बताउनुभयाे ।
तुलसीपुर उपमहानगरपालिका–१३ जनकल्याण सामुदायिक वनको जंगलमा आइतबार दिउँसो एउटै खाडलमा हत्या गरेर पुरेको अवस्थामा शरद र रोशनीको शव फेला परेको थियो । दुबैजना २७ गते साँझबाट हराईरहेका थिए ।
दाङको तुलसीपुरमा एउटै खाडलमा भेटिएका किशोर–किशोरीको हत्याका विषयमा अनुसन्धान गर्न प्रहरीले शंकास्पद ब्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ । तर, सन्तोषजनक प्रगति हुन सकेको छैन । प्रहरीले अनुसन्धानको काम गरिरहेपनि अझै घटनाको विषयमा तथ्य पत्ता लाग्न सकेको छैन ।
अनुसन्धानकै लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतम पनि तुलसीपुरमै छन् । अनुसन्धान जारी रहेपनि अझै पनि सोचे अनुरुपको प्रगति हाँसिल गर्न नसकिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।‘सोँचे अनुरुप प्रगति हाँसिल गर्न सकिएको छैन, हामी अनुसन्धान मै छौं’,उनले भने‘अझै चित्त बुझ्दो हुन सकेको छैन ।’
पीडितहरु अहिले पीडामा रहेकाले धेरै कुरा बोल्न नमानिरहेकाले पनि उनीहरुको सम्बन्धका बारेमा धेरै कुरा आउन नसकेको उनले बताए । अहिले शंकास्पद ब्यक्तीहरुलाई सोधपुछ गरिरहेको भएपनि अझै त्यसको नजिकसम्म पुग्न सकिएको अबस्था नरहेको डीएसपी गौतमले बताए । ति केटाकेटीको आनीबानी बुझ्न उनका साथीहरुलाई पनि सोधपुछ गरिएको प्रहरीले बताएको छ ।
उनका अनुसार अहिले दर्जनबढि ब्यक्तीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।‘सोधपुछको काम चलिरहेको छ, १०/१५ जना ब्यक्तीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं, बानीब्यहोरा बुझ्न उनीहरुका साथीहरुलाई पनि सोधपुछ ग¥यौं’,उनले भने‘तर, फाईनल यही हो, भनेर अझै भन्न सकिने अबस्था छैन ।’
कल डिटेल रिपोर्ट नआउँदासम्म यही हो भन्न नसकिने उनले बताए । केटा बेपत्ता भएपछि एक टिप्पर चालकले उनको हजुरआमालाई फोन गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । उनले दिएको बयानकै आधारमा अनुसन्धान भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ दमारगाउँ स्थित एक सामुदायिक बनमा दंगीशरण गाउँपालिका वडा नं.६ थपगाउँ निवासी १५ बर्षीय शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँ निवासी रोशनी महतारालाई हत्या गरि एउटै खाडलमा गाडिएको अबस्थामा आईतबार दिउसो १२ बजेतिर फेला पारिएको थियो । उनीहरुको टाउकोमा चोट लागेको छ । टाउकोमा ढुंगा प्रहार भएको जस्तो देखिने डीएसपी गौतमको भनाई छ । तर, यो विषयमा पोष्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने उनको भनाई छ ।अझै पनि उनीहरुको पोष्टमार्टम हुन सकेको छैन ।
उनीहरु असोज २७ गते रातिदेखि परिवारको सम्पर्क विहीन बनेका थिए । केटाको शव तल र केटीको शव माथि राखेर गाडिएको थियो । उनीहरुबीच प्रेम सम्बन्ध रहेको स्रोतले बताएको छ ।
खाडल खनेर गाडिएको अबस्थामा फेला परेका उनीहरुको शब गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी पुगेर उनीहरुको शव निकालेर परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।
केटीको घर तुलसीपुर १३ स्थित डाँडागाउ हो । उनका आमा वुवा कमाउन भारत गएका थिए । घरमा दुई दिदी बहिनी बस्थे । त्यो दिन राति मोवाईलमा एक जना टिप्पर चालकले फोन गरको पाईएको थियो । अहिले ति टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछ जारी राखिएको प्रहरीको भनाई छ ।
केटा आचार्यको घर दंगीशरण ६ थपगाउँ हो । तर, उनी दमारगाउँ मावलीमा बस्दै आएका थिए । उनीहरु दुबै जना एउटै स्कुलमा पढ्थे । तुलसीपुर १३ स्थित अम्बापुर स्कुलमा आचार्य कक्षा ८ र महतारा कक्षा ९ मा अध्ययनरत थिए । उनीहरु हराएकै दिन राति १२ बजेतिर ‘बचाउ’ भन्ने आवाज आएको स्थानीयले बताएका छन् ।
तुलसीपुर, ३१ असोज । मध्य अमेरिकाको दक्षिणी क्षेत्रमा रहेको पानामाको समुद्रमा डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा तीन नेपाली र एक भारतिय नागरिक रहेका छन् ।
अवैध बाटो मार्फत अमेरिका जान लागेका २५ जना चढेको डुङ्गा दुर्घटना भएको हो । बेपत्ता हुनेहरुमा दुई जना युवा रुकुम पश्चिम र एक जना प्युठानको रहेको जानकारी प्राप्त भएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ का २५ वर्षका प्रदिप खत्री र मुसिकोट नगरपालिका ५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्युठानका काले गिरी दुर्घटनामा परेर बेपत्ता हुनुभएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
अक्टोबर १३ तारिखको राती पानामा देशको राजधानी पानामा शहरस्थित समुद्रमा डुङ्गा दुर्घटना भएको बताईएको छ । दुर्घटनापछि जीवित रहेकाहरुलाई त्यहाँको सेनाले हवाई जहाज मार्फत कोष्टारिका लिएको छ । उक्त दुर्घटनामा अन्य के कति क्षति भएको भन्ने बारेमा पुरा विवरण आउन सकेको छैन ।
पञ्चाङ्ग चित्रपट भाग:-१४ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०६/२७
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको १४[चौधौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रवर्तक तथा परिकाल्पनाकार ================= सोमनाथ लुइटेल “रवि पाल्पाली”
प्रशिक्षक : ———— गुणनिधि घिमिरे तोयानाथ सुवेदी
चित्र संकलन गुगलबाट
सोमनाथ लुइटेल “रवि पाल्पाली”
Thoughtful elderly man sitting alone at home with his walking cane
शुद्धीकरण ————– भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :- ———- दुर्गा आचार्य & सुशीला पौडेल
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजन ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्रपट पञ्चाङ्ग [०१]
दिक्क मानेर लौरो समातेर बसेको देख्छु । आफन्तले नै आफैलाई त्यसै डसेको देख्छु । हाम्रो दिन त गएको हो कि भनेर नसोच्नु, बोल्न मन नलागेर कुनामा पसेको देख्छु । सपना जस्तै एकान्तमा सधैँ खसेको देख्छु ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्रपट पञ्चाङ्ग ०२
मेरो छोरो-बुहारीको गतिलो घर छ । चौकीदारी गर्न भने मलाई कर छ। विदेश तिरै बस्छन छोरो र बुहारी, घरमा म एक्लै छु बस्न पनि डर छ। हेर्नोस् एउटा निर्जीव लौरोको भर छ।
✍️अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
चित्रपट पञ्चाङ्ग ०३
जवानी त कमाउँदैमा गयो। अब लौरो समाउँदैमा गयो। आफ्ना छोराछोरी कता छन् कता, साथ सबै रमाउँदैमा गयो। पैसा घर जमाउँदैमा गयो।
✍️सुमित्रा पोखरेल काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०४
दिन ढल्के घर घर नहुने रहेछ । आफ्नै मानिसको भर नहुने रहेछ । उमेर थियो र सम्पूर्ण नजिक हुन्थे, बैँस सकिँदा रहर नहुने रहेछ । अन्तमा मृत्युको डर नहुने रहेछ ।
✍️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०५
जति पटक जिताए पनि केही,गरेको होइन । जितेर गएपछि फर्केर गाउँ, झरेको होइन । यस्तो र उस्तो भन्यो,आखिरमा उनैछन् भोट माग्ने, ढलेको सिन्को सम्म वर को पर,सरेको होइन। वाध्यताले जिताइयो तर मन,परेको होइन।
रोगी भएँ असाध्यै थाती छ एक लौरी । आफ्ना समस्त भन्दा जाती छ एक लौरी । हेर्छन् सबै मलाई हो बोझझैँ गरेर , व्यथा सुनेर बस्ने छाती छ एक लौरी । एकान्तको सहारा राती छ एक लौरी ।
✍️पद्मा , बाँके २०७९/०६/२८
चित्रपट पञ्चाङ्ग ०७
बुढेसकालमा साहारा नहुने रहेछ । उमेरमा जस्तो आहारा नहुने रहेछ । के थाहा र यस्ता दिन आउला भनेर, कसैसँग धेरै कुरा नहुने रहेछ । वृद्धका ईच्छा नि पूरा नहुने रहेछ ।
✍️दुर्गा भट्टराई मोरङ।
चित्रपट पञ्चङ्ग ०८
रुन्छ मन एक्लै बस्दा आँसु कति खसाउ यहाँ । दुनियाँ दारी सोचेर मनमा डर बसाउ यहाँ । सधै हतार हुन्छ आफू परियो बेरोजगारी , सफा दिलमा जग्गा बनाई सबैलाई हसाउ यहाँ । अजम्वरी बाँच्न को सक्छ भन्दै न डसाउ यहाँ ।
✍️अम्बिका अधिकारी झापा विर्तामोड।
चित्रपट पञ्चाङ्ग ०९
चिन्ता छ अब धेरै दुःखका दिन आए । कम्जोर भयो रोगले घेर्ने छिन आए । यो उमेर मान सम्मान मा ठेंश पुग्छ , हिंँड्डुल गर्न नसक्ने लौरा बिन आए । साथी बिन मुश्किल दिन एकिन आए।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही ।
चित्रपट पञ्चाङ्ग १०
सबै बुझ्ने भईसक्यौ मैले के भनुूँ । यता भएन उता भएन जहिले के भनूँ जसोगरि भएपनि लौफआफ्नो काम गर, गल्ती गर्छौ सधैँ नै तिमी अहिले के भनूँ। सम्झाउदै दिन त बिते कहिले के भनुूँ।
✍️सन्जना शर्मा, दाङ लमही ।
चित्रपट पञ्चाङ्ग ११
दिन ढल्दै जाँदा एक्लै हुने रहेछ । साना बाल साथी भन्दै रुने रहेछ । हात खुट्टालाई नि सहारा चाहिने , माथि चढ्छु भन्दा भुईँ छुने रहेछ । कपडामा प्यारो दौरा तुने रहेछ ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १२
उमेर ढल्के पछि हिँडडुल गर्नलाई कर हुने रहेछ। यसो पाइला चाल्न नसक्दा यहीँ लौरोको भर हुने रहेछ । रैछ जीवन राम्रो नराम्रो,टाढा नजिक उमेर हुँदा मात्र , अतीतको मिठो सम्झना सबै थोक अब घर हुने रहेछ। जति भो बृद्धअवस्था उति मरिन्छ भन्ने डर हुने रहेछ ।
✍️दुर्गा आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग १३
जन्मेपछि उमेर सबैको आउँछ हेर । बैँसलाई त सबैले माया लाउँछ हेर । तर जवानी सधैंँ रहदैन नि नानी हो , बैँस त बुढेसकाल तिरै धाउँछ हेर । बुढेसकालमा कस्ले माया पाउँछ हेर ।
✍️पशपति राई, खोटाङ ।
चित्रपट पञ्चाङ्ग १४
सुनसान घरमा एक्लै वस्दा मन रुने रहेछ । काेही छैन सामुमा पीर पर्दा मुटु छुने रहेछ । छैनन् सन्तान दायाँबायाँ भए लागे परदेश , जे परेपनि मनकाे मैलाेआफैंले धुने रहेछ । बुढेसकालकाे सहारा त लाैरी नै हुने रहेछ ।
✍️उर्मिला के.शी., धनकुटा ।
चित्रपट पञ्चाङ्ग १५
लौरोको सहारामा सब छोड्नु परेको छ। मैले दुश्मनसँग बाटो मोड्नु परेको छ। बुढेसकालमा साथ दिने आफ्नो नहुँदा, आफन्तहरू जतिलाई गोड्नु परेको छ। भएका सम्बन्ध सबै नै तोड्नु परेको छ।
✍️सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १६
बुढो हुँदै जाँदा कपाल झर्दो रहेछ । एक्लो पनले सारै मन मर्दो रहेछ । साहारा दिने साथीले छोडेर जाँदा , यही बैसाखीमा जिवन टर्दो रहेछ। अगाडि यसरी जीवन सर्दो रहेछ।
✍️सीता शर्मा, वीरगन्ज ।
चित्रपट पञ्चाङ्ग १७
हातमा लौरो समाई नचाउन जान्नु पर्छ । नेताले अबत जनताको कुरा मान्नु पर्छ । कुशासनले छायो विकृती रोकनलाई नै, लौरो चिन्हमा मतदान गरेर तान्नु पर्छ । भ्रष्ट जतिलाई मङ्सिर चारले बान्नु पर्छ ।
✍️पार्वती अर्याल , भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग १८
हजुरबाले सोच्न लाग्नु भयो लौरो टेकेर भोटलाई। साँच्चै भन्न लाग्नु भयो सक्षम युवा देखेर भोटलाई। अघिका नेताले डुवाए देश युवामा दिनुपर्छ भोट, बुढाबाले भन्छन् दिन्छु युवालाई नै लेखेर भोटलाई। म भन्छु नेताहरू के हिँड्छौ जनता सेटेर भोटलाई।
बेदु न्यौपाने काठमाडौ ✍️
चित्रपट पञ्चाङ्ग १९ १. हाँस्नुपर्छ पर्वमा काेही रुनु हुँदैन राेग भाेक अनि शाेकले छुनु हुँदैन मेरो कुरा साँच्चै सुन्नेभए दुर्गा माता दशैँ कहीँ कतै नि दशा हुनु हुँदैन आँसुले कदापि मुहार धुनु हुँदैन । २. सजिलै मानिसहरू लुटाउन सक्छन् लगाएर परचक्री कुटाउन सक्छन् फलाम काट्ने फलामजस्तै न हाे मान्छे बहाना उम्दा अनेकाैँ जुटाउन सक्छन् ख्याल गराैँ सहाेदर फुटाउन सक्छन् ।
लौरीले भ्रष्टलाई बजाउनु छ। मनमा लौरीलाई सजाउनु छ। बालेनदेखि भवानीसम्म लौरी, लौरीले सबैलाई कजाउनु छ। भुलियो भने लौरी लजाउनु छ।
✍️घनश्याम पौडेल, पोखरा
चित्रपट पञ्चाङ्ग २१
लाैरीकाे सहारामा जिन्दगी छाेड्नुपर्छ अब, शत्रु मित्रकाा अगाडि बाटो माेड्नुपर्छ अब, बुढेसकालमा सहारा मेरो कहीँ नहुँदा, नातासम्बन्ध त्यो जेछ सबै ताेड्नुपर्छ अब परलोकको शान्ति बगैँचा गोड्नुपर्छ अब।।
✍️सहयात्री शाेभा अर्याल बुटवल १४ रुपन्देही चित्रपट पञ्चाङ्ग २०
हजुरबाले सोच्न लाग्नु भयो लौरो टेकेर भोटलाई। साँच्चै भन्न लाग्नु भयो सक्षम युवा देखेर भोटलाई। अघिका नेताले डुवाए देश युवामा दिनुपर्छ भोट, बुढाबाले भन्छन् दिन्छु युवालाई नै लेखेर भोटलाई। म भन्छु नेताहरू के हिँड्छौ जनता सेटेर भोटलाई।
बेदु न्यौपाने काठमाडौ ✍️
चित्रपट पञ्चाङ्ग २१ १. हाँस्नुपर्छ पर्वमा काेही रुनु हुँदैन राेग भाेक अनि शाेकले छुनु हुँदैन मेरो कुरा साँच्चै सुन्नेभए दुर्गा माता दशैँ कहीँ कतै नि दशा हुनु हुँदैन आँसुले कदापि मुहार धुनु हुँदैन । २. सजिलै मानिसहरू लुटाउन सक्छन् लगाएर परचक्री कुटाउन सक्छन् फलाम काट्ने फलामजस्तै न हाे मान्छे बहाना उम्दा अनेकाैँ जुटाउन सक्छन् ख्याल गराैँ सहाेदर फुटाउन सक्छन् ।
आँगन पनि परदेश हुँदो रहेछ एक्लो हुँदा सधैँ यो मन रुँदो रहेछ चक्र हो जीवनमा भोग्नै पर्ने बुढ्यौली सानै कुराले पनि दिल छुँदो रहृेछ केवल सत्कर्मले दुःख धुँदो रहेछ
✍️पुष्पा नेपाल(सुवेदी ) इलाम ।
चित्रपट पञ्चाङ्ग २३
सानाे कुराले पनि चसक्क हृदय छुँदो रहेछ । बोझ भएछु की झैँ लाग्दा भित्री मन रुँदो रहेछ । लौरी र औषधीको भरमा दिन काटनु पर्दा , वृद्ध अबस्थामा सहन सारै गाह्रो हुँदो रहेछ । आँसुका धाराले नै राती सिरानी धुँदाे रहेछ ।
काठमाण्डौँ, २९ असोज । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७३औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
photo: Arta Akulin
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
१ हिमाल चाँदीको पर्खाल सुन्दर शान्त नेपाल !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती-३, काभ्रे
२ नेपाल हाँसेको हिमाल शान्त सौम्य विशाल !
आर्त अकुलीन, कैलाली
३ सूर्याेदय हिमाल टल्केको मनमाेहक सुनाैलाे भएको !
प्रद्युम्न चालिसे, भक्तपुर
४ हिमालय नाम विशाल पहिचान हो नेपाल !
कृष्ण जोशी हाल: मेरिल्याण्ड, अमेरिका
५ हिमाल नेपालकाे गौरब प्रकृतिको अनुपम उपहार !
राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर
६ सौन्दर्य मौसम खुलेको आहा! मन भुलेको !
म्यामराज राई,भोजपुर
७ हिमाल अनुपम उपहार सुन्दर शान्त विशाल !
रमा पन्त, पाल्पा
८ हिमाल नेपालको पहिचान स्वर्गको एक टुक्रा !
सीता पाण्डेय मरासिनी रेसुङ्गा नगरपालिका-९, गुल्मी
९ हिमाल हिउँ थुप्रो विश्वम८ सुन्दर नेपाल !
घनश्याम पौडेल गौरीगङ्गा नगरपालिका-९, कैलाली
१० हिमाल नेपाली माटो बुद्ध हिँडेको बाटो !
सविता के.सी., काठमाडौँ
११ किरण सुर्यको मनमोहक दृश्य हिमाल टल्केको !
सुमित्रा पोखरेल, काठमाडौँ
१२ हिमाल कल्पित लहर सौम्य यो प्रहर !
प्रेम थापा ‘मन’, बागलुङ
१३ हिमाल स्वर्गको काख गौरवान्वित अद्भुत आभास !
लक्ष्मी अर्याल, काठमाडौँ
१४ नेपाल टलकेको हिमाल सुन्दर शान्त विशाल !
सरस्वती श्रेष्ठ, इटहरी
१५ सम्पदा नेपाली सान विश्व सामु पहिचान!
राम न्यौपाने, कैलाली
१६ हिमाल नेपालको शिर कहिल्यै नझुक्ने वीर ।
पशपति राई, खोटाङ
१७ हिमाल नेपालको पहिचान सदैव उँचो शिर
गोपाल प्रसाद पौड्याल, विराटनगर
१८ स्वर्ग मनोरम प्रकृति मेरो धर्ती नेपाल !
लालबहादुर थापा, कैलाली
१९ हिमाल राष्ट्रको सिरानी पुर्खाले आर्जेको निशानी !
बुद्धिप्रसाद लामिछाने, कैलाली
२० सुनौलो हिमाली लालिमा बुद्ध स्तुपाको गरिमा!
कमला देवकोटा, पाल्पा
२१ सुनौलो हिउँ फुलेको स्वर्गको टुक्रा नेपाल !
गोपे दाजु, पाँचथर
२२ प्रात:काल स्वर्णिम छटा हिमाल कति ओटा ?
नवराज भट्ट, कञ्चनपुर
२३ हजुर अद्वितीय मुस्कान दन्त लहरी गजुर !
शारदा आचार्य, लालितपुर
२४ हिमाल राष्ट्रको गौरव सौर्न्दर्य अति मनमोहक ।
समुन्द्रा शर्मा, इटहरी
२५ हिमाल नेपालको पहिचान कहिले नहराउने आफ्नोपन !
हीरा तामाङ, काभ्रे
२६ नेपाल हिमालको काखमा मन्दिरै मन्दिर साथमा ! – त्रिलोक रामदाम, सिद्धार्थनगर-८, भैरहवा
२७ सुनाैलाे स्वर्ग हिमाल गाैरवशाली देश नेपाल !
रामप्रसाद पुरी, बादेल, खाेटाङ
२८ अनुपम छटा प्रकृतिको साैम्य स्वच्छ मनाेहर !
सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
२९ हिमाल विश्वले चिनेको बुद्धको देश नेपाल !
धर्मी शाक्य, बुटवल, रुपन्देही
३० हिमाल गुम्बा विहार संस्कृति बोकेको नेपाल !
जमुना आचार्य, सिन्धुपाल्चोक
३१ हिमाल प्रकृति अनमोल नेपालको राष्ट्रिय सम्पत्ति !