कैलालीमा पाँच तोला सुन चोरेर भाग्दै गरेका युवकको दुर्घटना, खुट्टा भाँच्चिएपछि समातिए

  • १ कार्तिक २०७९, मंगलवार १२:३० मा प्रकाशित
  • कैलालीमा पाँच तोला बराबरका सुनका गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा दुर्घटनामा परेर एक युवक घाइते भएका छन् ।

    जानकी गाउँपालिका–७ गोलौरीका शंकरप्रसाद शर्माको घरबाट गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा जोशीपुर गाउँपालिका ४ बस्ने ३५ वर्षीय इमरान हसन आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा खुट्टा भाँच्चिएर घाइते अवस्थामै उनी पक्राउ परेका हुन् । उनको प्रहरीको निगरानीमा टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

    चोरी गरेर लगेका सुनको ब्रासलेट, जुली, तिलहरी, झुम्का, औँठी, मंगलसुत्रसहितका गरगहना र नगद ६२ हजार ५३२ रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    Leave a Reply