पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २७ [सत्ताइसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/०५ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————- पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————– पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग संरचना …………………
✍️अचानोमा राखी थिलो थिलो पार्ने भयौ तिमी [०१] ✍️त्यही थिलोलाई दिन बिलो सार्ने भयौ तिमी [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
✍️अर्काको जीउ प्रवाह छैन तिमीलाई अझै [०३] …………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
✍️खेल बनाएर आज जिलो हार्ने भयौ तिमी [०४] ✍️अबेला पुग्नाले अझै ढिलो तार्ने भयौ तिमी [०५] …………………………………………………………
उदाहरण पञ्चाङ्ग
अचानोमा राखी थिलो थिलो पार्ने भयौ तिमी [०१] त्यही थिलोलाई दिन बिलो सार्ने भयौ तिमी [०२] अर्काको जीउ प्रवाह छैन तिमीलाई अझै [०३] खेल बनाएर आज जिलो हार्ने भयौ तिमी [०४] अबेला पुग्नाले अझै ढिलो तार्ने भयौ तिमी [०५]
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ……………………………………………………
पञ्चाङ्गहरू ……………
पञ्चाङ्ग [०१]
अचानोमा राखी थिलो थिलो पार्ने भयौ तिमी । त्यही थिलोलाई दिन बिलो सार्ने भयौ तिमी । अर्काको जीउ प्रवाह छैन तिमीलाई अझै, खेल बनाएर आज जिलो हार्ने भयौ तिमी । अबेला पुग्नाले अझै ढिलो तार्ने भयौ तिमी ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । …………………………………………………………
पञ्चाङ्ग [०२]
बाँच्ने थाेरै मर्ने धेरै भाग परेपछि । निधारमा दुर्भाग्यकाे दाग परेपछि । जतिसुकै रोए पनि फर्किन्न कोही , हेर्दाहेर्दै जिन्दगी नै आग परेपछि। अमृतमा विषादीकाे राग परेपछि।
देशको रक्षार्थको लागि जागौँ नेपाली । खुकुरी बोकी सीमानामा लागौँ नेपाली । वीर पुर्खाका सन्तान हामी झुक्नु हुन्न, भ्रष्टाचार र घुसखोरी त्यागौँ नेपाली । आफ्नो हक अधिकार मागौँ नेपाली ।
💢वीणा रोका, घोराही दाङ । ……………………………………………
पञ्चाङ्ग [०४]
काग जति कराए नि,पीना सुक्दै जान्छ। हात्ती अघि बढिरहन्छ,कुत्ता भुक्दै जान्छ। ठीक्क उल्टो हुन्छ यहाँ, संसारको रिती, फल राम्रो लागेपछि, हाँगो झुक्दै जान्छ। बिना उपलब्धी गर्दा, ज्यान फुक्दै जान्छ।
💢घनश्याम पौडेल,पोखरा । …………………………………………………
पञ्चाङ्ग [०५]
धारणा किन विश्वास यहाँ बन्दैन निषेध । कसैले किन सत्यता यहाँ भन्दैन निषेध । जानेर पनि बोल्दैन कोही लुकाइ कपटै, कसुर किन खाडल यहाँ खन्दैन निषेध । मृत्युले किन जीवित यहाँ गन्दैन निषेध।
✍️💢अच्युत घिमिरे-भुटानबाट🇧🇹 …………………………………………………
पञ्चाङ्ग [०६] [०१] मुटुको पिर अनौठो । झुकेको शिर अनौठो । जीवन हुँदा वेदना, उकालो भिर अनौठो । सेतीको तीर अनौठो । [०२] पराइ भूमिमा घर प्यारो लाग्छ । बाबा र आमाको भर प्यारो लाग्छ । उकाली ओराली ती लेक र बेँसी, गाउँमा पाकेको झर प्यारो लाग्छ । आमाले दिएको तर प्यारो लाग्छ ।
💢आर्त अकुलीन, कैलाली । ……………………………………………
पञ्चाङ्ग [०७]
देब्रे अाँखा फर्फराएकाे थियाे आज किन गल्लाे भयाे। रेडियाे टि. भि. जताततै दुर्घटना भन्ने हल्लाे भयाे। मानाे सकिएकाे भनाैँ कि प्राविधिक कठिनाइ भनाैँ, यति एयर सेतीकाे काँठमा हेर्दाहेर्दै डल्लाे भयाे। मकर सङ्क्रान्ति दिन अश्रुधाराले चाड खल्लाे भयाे।
💢सुरेश चन्द्र घिमिरे, लमजुङ । ………………………………………………………………
पञ्चाङ्ग [०८]
हाँडीभित्रको मकैजस्तै भुटेको हो उसले । माछी मार्ने ध्ययले जाल बुनेको हो उसले । वर्तमानमा घाँस हाली खुसी पार्यो मलाई , भ्रमर बन्दै पुष्प– रस चुसेको हो उसले । आन्द्राभुँडीसँगै कलेजो थुतेको हो उसले ।
💢श्रीकृष्ण शर्मा, पोखरा । ………………………………………………
पञ्चाङ्ग [०९] [०१] आधार केही नभए बाँच्न गाह्रो हुँदो हो। समय नि खेर फाले साँच्न गाह्राे हुंदो हो। जीवनको रफ्तार बढाउन नसके, मर्का परेर निश्चित हाँस्न गाह्रो हुँदो हो। खान नपाए जिएर गाँस्न गाह्रो हुँदो हो। [०१] मुटुको कुनामा त घाउ लागेन आगोमा जल्दै गर्दा। शरीर बलेर खरानी जागेन आगोमा जल्दै गर्दा। कति चित्कार आवाज आए होला कस्ले सुन्ने र देख्ने, ओखती लगायो दुखाई भागेन आगोले जल्दै गर्दा। दुःखीत जीवनले साथ मागेन आगोमा जल्दै गर्दा।
💢अम्विका अधिकारी, झापा विर्तामोड । ……………………………………………………
पञ्चाङ्ग [१०]
जिन्दगी एउटा भुल्नै नसक्ने मेला रहेछ । तँछाड मछाड गर्दै जिउने झेला रहेछ । कैले के कैले के भएर ग्रह चलिरहने , मदहारीको हातको एउटा खेला रहेछ । मरणोप्रान्त बन्ने खरानीको ढेला रहेछ।
💢सरस्वती श्रेष्ठ, इटहरी । ……………………………………………………
पञ्चाङ्ग [११]
कुर्सीमा बस्ने बानीले, ताल बनायो। अोर्लनै नसक्ने यो के, हाल बनायो। नबसौँ भने नि, देश चल्दै चल्दैन, जस् नपाउँदा मुहार, लाल बनायो। मर्नु कि बाँच्नु झैँ कस्तो काल बनायो ।
💢होम प्रसाद नेउपाने, धरान सुनसरी । …………………………………………………
पञ्चाङ्ग [१२]
जीवन आँसुले डुबाएको भेल रहेछ। पिडा लुकाएर बाँच्नु पर्ने खेल रहेछ। कतिखेर संसारबाट बिलिन भईन्छ, खुसी त एउटा अनिश्चित झेल रहेछ। नाटक रुपी रङ्गमञ्चकाे मेल रहेछ।
सम्झनामा कल्पित कथाहरूलाई छेक्दिन मैले। मुटुमा याद गाढाछ त्यसैले कहीँ फेक्दिन मैले। फर्केर आउछौ भन्ने झिनो आस अझैँ बाँकी थियो, बाँच्नु पर्छ तिमी बेगर पनि घुँडा टेक्दिन मैले। बरफ जस्तो चिसो मन तातो पार्न सेक्दिन मैले।
💢दुर्गा रिजाल आचार्य, मोरङ । ……………………………………………………………
पञ्चाङ्ग [१४]
बहत्तर जना एकैठाउँ रोज भएकोछ । देशलाई ठुलो चोट पर्यो खोज भएकोछ । उडेको त्यो मानव यान जलेर धुवा भयो, त्यहाँ हेर्ने रमितेहरूको मोज भएको छ। सबै आउने जानेहरुको पोज भएकोछ।
पञ्चाङ्ग [१५] [०१] माया के हो नसोध थाहा छैन मलाई। कसैले दिएपनी चाहा छैन मलाई। अरुको ललाई फकाईमा हुन्न पर्नु, मिठा वाणीमा केही आहा छैन मलाई। टुक्रिएको दिल हो हाहा छैन मलाई। [०२] माघी पर्व मनाउन रमाउँदै थिएँ। यति एयरको ढोका समाउँदै थिएँ। कसलाई केथा पापी काल लिन आयो, आगो बल्यो जब जिउ कमाउँदै थिएँ। जलेको लास आफ्नाको थमाउँदै थिएँ।
💢सरिता सेढाई, धादिङ । …………………………………………………
पञ्चाङ्ग [१६]
कहिल्यै पनि कसैलाई ठग्नु हुँदैन। आँसु कसैको आँखाबाट बग्नु हुँदैन। मुखले ठिक्क पार्ने हे मनुष्यहरु हो, सङ्कट्मा पारेर मृत्युमा लग्नु हुँदैन। अब आफ्नाे अठाेटबाट डग्नु हुदैन।
💢सुशीला पौडेल । ………………………………………………
पञ्चाङ्ग [१७]
आफन्तसङ्ग भेट्ने आसमा थिए यात्रुहरू। कसै न कसैकाे खासमा थिए यात्रुहरू । भाग्यको खेल खै कसले पाे बुझ्छ र यहाँ, अागाेकाे मुस्लाेकाे रासमा थिए यात्रुहरू । माघ एक कालाे मासमा थिए यात्रुहरू ।
पञ्चाङ्ग [१८] [०१] कतै पनि सुन्दर त्यो गाउँ भेटिएन। एक्लै हुँदा बसी रुने ठाउँ भेटिएन। यसो सुन्दा नौलो लाग्छ होला सबैलाई, अघि जान मन थियोे नाउँ भटिएन। बेचिदिन्थे आँसु लगि भाउ भेटिएन। [०२] सधैँ आलोचान गरी थुक्नु किन हो। नचाहिने ठाउँमा पनि झुक्नु किन हो । सधैँ राम्रो काम गर्दागर्दै कैले काहीँ , सहिबाटो हिँड्छौ भने लुक्नु किन हो । दस औँला खियाउँनेले सुक्नु किन हो
💢सन्जना शर्मा, दाङ लमही । ………………………………………………
पञ्चाङ्ग [१९]
संसारलाई रुवाएर भटारियो कालो बादल। कति रहर साँचेका थे झटारियो कालो बादल । सेकेन्ड भरको भर छैन दिनको के कुरा भयो? गन्तव्यलाई छुटाएर बटारियो कालो बादल । कैयौं ज्यान ध्वस्त बनाई चटारियो कालो बादल।
मनले मात्र नहेर व्यबहार निकै गारो हुनेछ। जुन धारमा म छु नि तिमीलाई व्यर्थ छारो हुनेछ । कसरी लिन सक्छु र! यस्तो आघात निर्णय भन त, दोष मलाई दिई नथुपार आँखाको तारो हुनेछ । कनिका नफालेर पंक्षी बटुली दिनु चारो हुनेछ।
बल्ल मात्र कथाले मागे जस्ताे छ । अलिअलि चेतना जागे जस्ताे छ । परिवर्तन अब जरुरी ठानी, नयाँ ति अनुहार लागे जस्ताे छ। शंकास्पद तुवाँलाे भागे जस्ताे छ।
💢त्रिलाेचन भण्डारी मेचीनगर, झापा । ……………………………………………………
पञ्चाङ्ग [२२]
दुनियाँमा हाम्रै देशका युवा जतातततै खटिरहन्छ। हाम्रै देशमा किन होला नि यस्तो घटना घटिरहन्छ। तेत्तिसकोटी देवीदेवता पनि यही देशमै छन् फेरी, किन होला यस्तै यस्तै घटना घटाउन डटिरहन्छ। पत्ता लाउँदैन अनुसन्धान पनि पछि हटिरहन्छ।
💢पशपत राई ,खोटाङ्ग । …………………………………………………………………
पञ्चाङ्ग [२३]
आजको समाजमा कसैको भर छैन । जीवन कसरी जिउँछन् खबर छैन । दुस्मन को हो र मित्रहरू कुन हाम्रो, भ्रष्ट्रचार बिनाको कतै सहर छैन । जहाँ खोला थियो आज बगर छैन।
💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ……………………………………………………
पञ्चाङ्ग [२४]
यस्तै रहेछ दैवको खेला पनि । पर्यौ आकासी घटना फेला पनि । के गर्नु धर्तीमा यती नै रहेछ, पढीयो उठ्ने गरी नै ठेला पनि । मानीयो भगवानको चेला पनि ।
💢सुमित्रा पोखरेल, काठमाडौं । …………………………………………
पञ्चाङ्ग [२५]
भाग्य घुमेर फेरि आइरहन्छ जात परेपछि । सोरसार भाग्य नै चम्किरहन्छ हात परेपछि । अनेकौं समस्या समाधान गर्ने भनेर जहिल्यै, दोहन कार्यक्रमको आयोजना खात परेपछि। उसकै मात्र मालामाल देखिन्छ रात परेपछि ।
💢भगवती दवाडी, झापा । …………………………………………………………
पञ्चाङ्ग [२६]
तोरी फूल्यो बारीमा अझै केलाउन बाँकी छ। झार अति भयो रे अब जेलाउन बाँकी छ। मिलीजुली बारीमा काम गर्दा नै रमाईलो , पाकि सक्यो तोरी नि तेल पेलाउन बाँकी छ। एकादशी मेलामा पाति सेलाउन बाँकी छ।
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू – [१] शिकारी मानेर हार बन्दैछ स्वयं शिकार ! 🌑वसन्त अनुभव, दाङ
[२] शिकारी खोज्दै शिकार विडम्वना उसैलाई प्रहार ! 🌑मञ्जु बस्नेत, भक्तपुर
[३] शिकारी नपुर्याउँदा विचार स्वयं शिकारी शिकार ! 🌑सागर आँसु, डोटी
साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार रञ्जुश्री पराजुलीको ‘हतारको निर्णय’, लघुकथाकार खगेन्द्र बश्यालको ‘तीर्थ यात्रा’ र लघुकथाकार होम प्रसाद नेउपानेको ‘शङ्का’ रहेका छन् ।
१. लघुकथा : हतारको निर्णय
✍️रञ्जुश्री पराजुली एउटै स्कुल, जाउआउ सँङ्गै एउटै बसमा थियो, निता र राजुको । उनीहरू पाँच कक्षामा पढ्दथे । छुट्टिको बेला टोलका केही अरू साथीसँग अनलाईन गेमहरू खेल्दथे । उनीहरू हुर्कँदै गए । नजानिँदो किसिमले उनीहरू बीच मायाको बीउ पलायो । दैवको लिला अपरम्पार भन्ने उखान चरितार्थ बन्नपुग्यो उनीहरू बीच । दुवैले यु एसमा आई.टी.मा उच्च शिक्षा प्राप्त गर्ने छात्रवृत्ति पाए । अध्ययन पूरा गरे । अभिभावकले स्वदेशमा उनीहरूको अध्ययन र क्षमता अनुसार कतै पनि मुल्याङ्कन नहुने हुनाले समुद्रपारि देशमानै बसेर करियर बनाउँन छुट दिए । दुवैको बाल्यकालदेखिको प्रेमको मुल्याङ्कन गर्दै इन्टरकास्ट नै भएपनि बिहे गर्ने स्वीकृति पनि दिए । उनीहरूले स्वदेशमै भब्य तरिकाले विवाह बन्धनमा बाँधिए । विदेशभन्दा स्वदेशमा नै आफ्नो सीपको आवश्यकता रहेको महसुस गरेर केही वर्ष विदेश बसेर फर्किए ।
दुवैको पढाइको क्षेत्र एउटै थियो । आफ्नो विषयको काम खोज्न व्यस्त भए । निताले एउटा कम्पनीमा राम्रो नोकरी पाइन् । तर राजुलाई काम खोज्दै भौतारिन पर्यो । उसले चित्तबुझ्दो काम पाएन । उसमा नकारात्मक सोचहरू पलाउन थाल्यो । सानो कुरामा पनि उनीहरू बीच झगडा सुरु हुन थाल्यो । उनीहरू सङ्गै नबस्ने निर्णयमा पुगे । पारपाचुकेको लागि निवेदन दिए । फैसलाको दिन बोलाएको भन्दा अगाडि नै अफिस पुगे । दुवै हाकिमको प्रतीक्षामा बसे । उनीहरू दुवैको मानसिकता उथपुथल भैरहेको थियो। आफ्नो निर्णय प्रति दुवै कताकता सशंकित भएका देखिन्थे । त्यसैबीच हाकिम आइपुगे । उनले दुवैलाई औल्याउँदै “तपाईंहरूको आखिरी फैसला सम्बन्ध विच्छेद हैन त ?”
दुवैले एक अफसमा मुखामुख गर्दै एउटै स्वरमा “हैन सर ! हामीले हतारमा निर्णय गर्यौँकि जस्तो छ । फेरि सोच्न कोसिस गर्छौँ ।” भन्दै निवेदन फिर्ता लिए ।
२. लघुकथा : तीर्थ यात्रा
✍️खगेन्द्र बस्याल हरिले आफ्नो छिमेकी साथी रविलाई सुनाए “म केही दिनपछि एक महिने तीर्थ यात्रामा निस्कदैछु । मेरो घरमा ख्याल पुर्याउनु होला है ।”
रविले भने,- “चारधाम तिर हो कि ?” उनले भने,- “नेपालमै हो ।” फेरि जिज्ञासा आयो,- “नेपालका कुन कुन तीर्थ जाँदै हुनुहुन्छ ?” जवाफ आयो,- “तपाईंको अनुमान विपरीतका तीर्थतिर ।”
उनले भने,- “घरको कुनै चिन्ता नलिनुहोस् । निश्चिन्त रुपले तीर्थ यात्रा गर्नुहोस् । ताकि त्यसको फल सबैलाई प्राप्त होस् । तर त्योभन्दा पहिले यो त बताउनुहोस् । ती पवित्र ठाउँ कुन कुन हुन् ?”
साहित्यकार हरिको भनाइ रह्यो,- “हरेक स्रष्टाका लागि पाठक भगवान् हुन् । उहाँहरूलाई भेट्न जानु नै मेरा लागि तीर्थ यात्रा भएन र ? अनि स्रष्टा र पाठक बीचको अन्तर संवादको फल सवैका लागि फाइदाजनक नहोला त ?”
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही । ०७९ पुस २६
३. लघुकथा : शङ्का
✍️ होम प्र. नेउपाने बाह्र कक्षा पढ्दै गरेकी छोरी बबिता, विद्यालय र ट्युसन सकेर बेलुकी साँझमा घर फर्किन् । खाना खाएर कोठामा पसिन् । एकघण्टा पछि वाक्क वाक्कको आवाज बबिताको आमाले सुन्नुभयो। के भएछ भन्दै आमा बबिताको कोठामा आत्तिँदै पुग्नुभयो। “के भयो छोरी यस्तो ?” आमाले शङ्कास्पद प्रश्न उठाउनु भो । बबिता निःशब्द निरुत्तरित रहिन् ।
आमाको मनमा काला बादलहरू मडारिन थाले । बबिताकी आमा हामफालेर बबिताको बाबाको कोठा पग्नुभयो र घटनाको बेलिबिस्तार लगाउनुभयो। बाबाको मुहार धुरीमा असिना परेजस्तै देखियो । केही बोल्नुभएन ।
बबिताको बा-आमालाई रातभरि निन्द्रा परेन। बिहान दुवैजनाले बबितालाई केरकार गर्न थाल्नुभयो ।
“नढाँटी भन छोरी, कोहीसँग नचाहिँदो सम्बन्ध राख्यौ कि ? तिमीलाई गाली गर्दैनौँ । बरु सम्बन्ध बिस्तार गरौँंला ।” बा-आमाले नम्र शब्दमा प्रश्न राख्नुभयो ।
“मैले त्यस्तो कुनै गल्ती नै गरेको छैन, बाबा, मामु ! ममाथि यस्तो नसचोच्नुस् न हजुरहरूले” विनयपूर्वक बिन्ति बिसाइन् बबिताले।
“त्यसो हो भने हिँड, जाँचगर्न हेल्थपोष्ट जाउँ। दुधको दूध, पानीको पानी भइहाल्छ ।” बाबाले भन्नुभयो बबिता ,बोलिनन्, बा-आमाको पछि लागिन्।
बबिताको सबै जाँचको रिपोर्ट आयो। शङ्का गरेको परिणाम देखिएन । डाक्टरले एउटा औँषधि खान दिनुभयो । बा-आमाको मन भने अझै सङ्लिन सकेको थिएन ।
घरमा आइपुगेपछि फेरि बबिताले वाक्क वाक्क गरेर मुखबाट केही बस्तु निकालिन् । बबिताको बा-आमाले उक्त वस्तु कोट्याएर ठम्याउँदा त, कपालको गुजुल्टो पो रहेछ ।
पञ्चाङ्ग चित्रपट भाग :- २६ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/०९/२८ गते
आज राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती भएको हुँदा पृथ्वी जयन्तीको बारेमा एक पञ्चाङ्ग लेख्नको लागि जानकारी साथै अनुरोध गर्दछौँ ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २६[छब्बिसौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
एकताका शान पृथ्वी । नेपालीका मान पृथ्वी । महान छ हाम्रो माटो, धरतीका गान पृथ्वी । सर्वाधिक भान पृथ्वी ।
💢आर्त अकुलीन, कैलाली । ………………………………………
चित्रपट पञ्चाङ्ग [०२]
नयाँ नेपाल निर्माण गरेर गयौ पृथ्वी । आफ्नो ज्ञान विश्वमा छरेर गयौ पृथ्वी । सधैँ खाँचो छ देशमा तिमी जस्तो पुत्र , नेपालीको आँखामा परेर गयौ तिमी । स्वर्गको पुल आफैँ तरेर गयौ पृथ्वी ।
💢बिना रोका, घोराही दाङ। ………………………………………………
चित्रपट पञ्चाङ्ग [०३]
बलियो बनेर आयौ पृथ्वी । निकै सफलता पायौ पृथ्वी । सक्दैन है जित्न तिमीलाई, टुक्रा त्यो सिंँगो बनायौ पृथ्वी। सबैको मनमा छायौ पृथ्वी।
💢सन्जना शर्मा, दाङ लमही । ………………………………………
चित्रपट पञ्चाङ्ग [०४]
एकताको शान हो राजा। इश्वरीय मान हो राजा। देशको एक तागत हो तरङीय गान हो राजा। महानको भान हो राजा।
💢शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा। …………………………………………………
चित्रपट पञ्चाङ्ग [०५]
नेपाली नेतालाई जगाउन आउ हे! पृथ्वी । दुश्मन वैरिलाई भगाउन आउ हे! पृथ्वी । तिम्रो पुनःआगमन चाहिएको यति बेला, नेपालीलाई गुन लगाउन आउ हे! पृथ्वी । नेपालको स्थायित्व तगाउन आउ हे पृथ्वी ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” ………………………………………
चित्रपट पञ्चाङ्ग [०६]
पृथ्वी एकता प्रतिक बनी आएका थियौ । बुढी आमाद्वारा तिमी ज्ञान पाएका थियौ । गर्व लाग्दछ नेपाली नागरिक हुनुमा, दिनरात गर्न एकीकृत भ्याएका थियौ। नेपालीको मन मुटुका छाएका थियौ ।
नेपाल आमाका पुत्र वीर गोर्खाली थियौ पृथ्वी । टुक्रीएको राज्यहरू एकै सुत्रमा लियौ पृथ्वी । चार जात छत्तीस वर्णको फूलबारी बनायौ , विश्वमा यो वीरताको शान दिएर गयौ पृथ्वी । चन्द्र सूर्य झण्डामा यो राष्ट्रिय गान छायौ पृथ्वी ।
टुक्रे असङ्ख्य राज्य जाेडेर तिमी आयाै। ज्यानकाे माया अन्तै छाेडेर तिमी आयाै। अखण्ड पारी देश दिव्याेपदेश छर्दै, वैरीका किल्ला कयाैँ ताेडेर तिमी आयाै। प्रणाली एकतामा माेडेर तिमी आयाै ।
💢चन्द्रावती अधिकारी, दुराडाँदा २ लमजुङ हाल कोहलपुर बाँके । ………………………………………………………
चित्रपट पञ्चाङ्ग [०९]
एकताको सुत्रमा बाँधेर नेपाल । बनायौ हार सरी गाँसेर नेपाल । धप्पधप्प बल्दैछ दियो सरी यो, सिङ्गो पारी बचाइ राखेर नेपाल । सन्तति कै खातिर साँचेर नेपाल ।
💢सरिता काफ्ले, कोहलपुर बाँके । ………………………………………………
चित्रपट पञ्चाङ्ग [१०]
देशकै लागि पसिना खनायौ तिमीले । जुक्ति अनेक लगाई मनायौ तिमीले । बाइसे चौबिसे राज्य एकीकृत पारी , शान्त सुन्दर नेपाल बनायौ तिमीले । राष्ट्रनिर्माताको कर्म जनायौ तिमीले ।
💢श्रीकृष्ण शर्मा, पोखरा । ……………………………………………
चित्रपट पञ्चाङ्ग [११]
झुटो तक्दैन साँचो डग्दैन नफेर सर्केर इतिहास । उनको काल खन्ड बसेनन् बिचारेर खर्केर इतिहास । कुरामात्र हैन काम गरे’पृथ्वी’ले कहिले चुप बसेनन् , बुझ्छौ भने मात्र हेर्ने, नत्र त नहेर झर्केर इतिहास । गाली मात्र हैन बिगतकालाई हेर फर्केर इतिहास ।
देश बनाउन भनी हिँड्यौ पृथ्वी । शत्रु देशलाई गनि हिँड्यौ पृथ्वी । मुला काटे झैँ शत्रुलाई काटेको, एकताको खम्बा बनी हिँड्यौ पृथ्वी । दुश्मनलाई नै खनी हिँड्यौ पृथ्वी ।
💢पार्वती अर्याल, भरतपुर चितवन । …………………………………………
चित्रपट पञ्चाङ्ग [१३]
कुनै शत्रु वैरीसंँग झुकेनन् पृथ्वी । आफ्नो राज्य पुरा गर्न रूकेनन् पृथ्वी । बाइसी चौबिसी राज्य एक् पारी छाडे, बिना अर्थ कसैसंँग भुकेनन् पृथ्वी । संकल्प पुरा नभइ सुकेनन् पृथ्वी ।
💢सरिता सेढाई, चरौंदी धादिङ । ………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
देश बनाउन श्रमको लगानी लागायौ तिमीले । शत्रुहरुलाई जुक्ति लगाएर भगायौ तिमीले। टुक्राटुक्रा भएको राज्य यो एउटै मालामा उनि, नेपालीहरुको खुन संग शक्ति जगायौ तिमीले । राष्ट्रनिर्माणका पिता बनी झण्डा टँगायौ तिमीले ।
💢दुर्गा आचार्य, मोरङ । ……………………………………………………………
चित्रपट पञ्चाङ्ग [१५]
राष्ट्र निर्माणकार्यका महानायक तिमी । सिकाई राष्ट्र भावको गीत गायक तिमी । एकताको प्रतिक सबैले मान्दै आएका, नेपाली माझमा सधै बस्ने पायक तिमी। होनहार सुपुत्र चिनिने लायक तिमी।
💢सीता शर्मा, बिरगंज । ……………………………………………
चित्रपट पञ्चाङ्ग [१६]
हे! नेपाल निर्माता फेरि नेपाल जगाउन आउ । चलखेल बढेकोछ बैरिलाई भगाउन आउ । जनता आत्तिएकाछन कुपात्र भए नेता जति, हे! नारायण नेतालाई तह लगाउन आउ । स्थिरता कायम गर्न स्थाइत्त्व तगाउन आउ ।
💢जनुका गौतम, काठमाडौं । ………………………………………………………
चित्रपट पञ्चाङ्ग [१७]
अनेक भित्र उनी शान थिए। नेपाल देश एक मान थिए। युद्धमा हत्याकाण्ड भएनि, कला र कौशलका ज्ञान थिए। राष्ट्र निर्माणका गान थिए।
💢कला ढकाल, झापा । ……………………………………
चित्रपट पञ्चाङ्ग [१८]
हाम्रो देशको ध्यान ज्ञान हाै पृथ्वी। संसार भरिएको मान हाै पृथ्वी। राष्ट्रियता र एकताको तागत, पाेर्खाली वीरताकाे सान हाै पृथ्वी। महानता र याेग्यताकाे भान हाै पृथ्वी।
नेपालको लागि सबै गरे पृथ्वीले । राज्य जित्दै यहाँ अन्न भरे पृथ्वीले । काठमाण्डौ तिर नजर लगाएर , उपत्यका भित्र भ्रम छरे पृथ्वीले। पछि त सबैैको दु:ख हरे पृथ्वीले।
💢नवराज भट्ट, कञ्चनपुर । …………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
नेपालका पहरेदारमा जियौ पृथ्वी । सबैलाई एकता सुत्रमा सियौ पृथ्वी । नेपालका धरोहर सम्पूर्णता रक्षा , सच्चाशाली आँटिला सपूत थियौ पृथ्वी। गर्व गराउने कलाका धन दियौ पृथ्वी।
यहाँ एकताको प्रतिविम्ब बोकी। आउ हे पृथ्वी चार किल्ला ठोकी। हे राष्ट्र निर्माता लौ साहस देऊ , यो चन्द्रसूर्य ध्वजा बोकि नरोकी। यी राष्ट्रघातकिले जिब्रो नटोकी ।
💢बिबस पारदर्शी , झापा । ………………………………………………
चित्रपट पञ्चाङ्ग [२२]
उदायौ पृथ्वी नेपालकाे माटोमा गर्व छ । छरेर्थ्यौ उपदेश यहीँ बाटोमा गर्व छ । झाङ्गिदै छ बिरुवा फुल्दै फल्दै एकताको , हिमाल पहाड तराई पाटाेमा गर्व छ । लगायौ मलम घाउको खाटाेमा गर्व छ ।
💢भवानी घिमिरे, सर्लाही । ………………………………………………
चित्रपट पञ्चाङ्ग [२३]
चारजात छ्त्तीस वर्ण भनी नेपालमा। बाइसे र चौबिसे राज्य गनी नेपालमा। एकीकरण गरि सिङ्गो देश बनाउन , जन्मेका थिए पृथ्वी तारा बनी नेपालमा। पुन आऊन पृथ्वी अब पनि नेपालमा।
💢अम्बिका दाहाल, मोरङ्ग । ………………………………………………………………
चित्रमा पञ्चाङ्ग [२४]
नाम जस्तै काममा विवेकका धनी थियौ त्यसबेला। एकीकृत गर्ने राष्ट्रको दूरदृष्टि लियौ त्यसबेला। अहिले हामी सानले मानले भन्दैछौ देश नेपाल, कल छल बलले टुक्क्रा टुक्रा राज्य सियौ त्यसबेला। चारजात छत्तीस वर्णमाला गाँसी दियौ त्यसबेला।
💢होम प्रसाद नेउपाने, धरान सुनसरी । ……………………………………………………………
चित्रपट पञ्चाङ्ग [२५]
टुक्रा टुक्रा भएको देश एक गराए पृथ्वी शाहले। देशका शत्रु बैरी जति सबै हराए पृथ्वी शाहले। राष्ट्रिय एकता दिवसको शुभकामना सबैलाई, राष्ट्र एक शुत्रमा बाँध्न मन पराए पृथ्वी शाहले। आज दिन एकता भनि ज्ञान छराए पृथ्वी शाहले।
💢सुशीला पौडेल । ………………………………………………………
चित्रपट पञ्चाङ्ग [२६]
नेपाली धरामा पृथ्वीको छुट्टै शान छ । सगरमाथा जत्तिकै उचाइको मान छ । कहिल्यै नझुकेको गोर्खालीको रगतमा, स्वाधीनताको ज्यूँदो स्वाभिमान छ। पुर्खाकाे जिवन्त नासोको अभिमान छ ।
💢त्रिलोचन भण्डारी, मेचीनगर, झापा । …………………………………………………
चित्रपट पञ्चाङ्ग [२७]
बाइसे चौबीसे राज्य जोडेर गयौ । राष्ट्र पिताको सम्मान छाेडेर गयौ । नेपाल एकताको सुत्रमा उनेर , नाङ्गो खुकुरीले शीर तोडेर गयौ । वैरीको अग्लो सिमाना फोडेर गयौ ।
💢तारा घिमिरे, संखुवासभा । …………………………………………
चित्रपट पञ्चाङ्ग [२८]
आजका शासकले त खै मात्रै शासन गरेका छन् । सिधा साधा जनता चाहि त भोकभोकै मरेका छन् । यो देश जस्ले बनायो उसैलाई सम्झेनन् कसैले , आजका नेताले जनतालाई भ्रम मात्रै छरेका छन् । भ्रमको खेती गरेर आफ्नो मात्रै भुँडी भरेका छन् ।
💢पशपती राई, खोटाङ । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [२९]
तिमीले नै गरेकाे त्यागले याे देश बनेकाे छ। साना ठुला सवैले तिम्राे बलिदान गनेकाे छ। थियाै तिमी यहाँका महान याेद्धा राष्ट्रनिर्माता, बाइसे र चाैबिसे एक पार्ने भनि जनेकाे छ । शिर ठाडाे पारेर सवले नेपाली भनेकाे छ।
💢उर्मिला के.शी., धनकुटा । ……………………………………………………………
चित्रपट पञ्चाङ्ग [३०]
चौबीसै राज्यलाई एक गरायौ तिमीले। एकता डोरीलाई पुर्ण भरायौ तिमीले। झुट्टा दमनकारी पनि सखाप पारेर, मौनताको आगो बालेर तरायौ तिमीले। लडाकु जीवन साँचोमा सरायौ तिमीले।
💢अम्विका अधिकारी, झापा विर्तामोड। ………………………………………………………
चित्रपट पञ्चाङ्ग [३१]
तिमी प्रति प्रेम भाव जागेको छ पृथ्वी । सबै जनता तिमी मै लागेको छ पृथ्वी । ढिलै भए पनि सद्बुद्धि पलाएको छ, नेता हतोत्साही पन भागेको छ पृथ्वी। तोडफोड गर्ने काम त्यागेको छ पृथ्वी।
💢सरस्वती श्रेष्ठ, इटहरी । …………………………………………………………
चित्रपट पञ्चाङ्ग [३२]
अनेक भित्र एक शान थिए पृथ्वी नारायण शाह। नेपाल नेपालीको मान थिए पृथ्वी नारायण शाह। राष्ट्रिय एकता दिवसको राष्ट्र, राष्ट्रियताका ज्ञान , दूरदर्शी राजाको ज्ञान थिए पृथ्वी नारायण शाह। राष्ट्र, राष्ट्रियताका गान थिए पृथ्वी नारायण शाह।
💢ह्यारिस …………………………………………………………………
चित्रपट पञ्चाङ्ग [३३]
देशको दर्बिलो मियो थियौ पृथ्वी । काला रात फाल्ने दियो थियौ पृथ्वी । उनेर माला बुझायौ आमालाई सुन्दर, गिद्धे नजर ढाल्ने हियो थियौ पृथ्वी । फाटेका मन टाल्ने सियो थियौ पृथ्वी ।
💢प्रभा पोखरेल, हाल अमेरिका । ……………………………………………
चित्रपट पञ्चाङ्ग [३४]
इतिहास फेर्ने उनी। हामीलाई हेर्ने उनी। नबिर्सीनु योगदान, विशाल यो केर्ने उनी। साना राज्य घेर्ने उनी ।
💢सुमित्रा पोखरेल, काठमाडौं । ……………………………………………
चित्रपट पञ्चाङ्ग [३५]
नेपालको ईतिहास फेरे पृथ्वी शाहले। सत्रुलाई त सजिलै घेरे पृथ्वी शाहले। एलली महिलाको घरमा बास बसेर, लडाईँ सकेर सास फेरे पृथ्वी शाहले। भ्रष्टचारको नै घाँटी सेरे पृथ्वी शाहले।
💢कमला पाण्डे पराजुली, झापा । ………………………………………………
चित्रपट पन्चाङ्ग [३६]
नारायणका अवतार दिए पृथ्वीनारायण । सिङ्गो नेपालका नायक लिए पृथ्वीनारायण । कुटनीति र युद्धकलामा निकै अब्बल उनी, गोरखामा नै उदाएर पिए पृथ्वीनारायण । नुवाकोटमा अस्ताएका थिए पृथ्वीनारायण ।
💢देवकी के.सी. काठमाडौं । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [३७]
नेपाल एकीकृत गरे पृथ्वी नारायनले। पुर्ब पश्चिम सबै भरे पृथ्वी नारायनले। बृहत नेपाल तयार गर्न लागि परेर, गडी बनाई रातौँ धरे पृथ्वी नारायनले। जनता बिच माया छरे पृथ्वी नारायनले।
💢मल्ल लक्ष्मी श्रेष्ठ , मेची किनार बिर्तामोड झापा । ………………………………………………
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन इजलासमा दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
बिहीबार सुनुवाइ सकिएपछि अब सो निवेदनमाथि उच्च अदालतको आदेश आउनेछ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सो निवेदनमाथि सुनुवाइ भएको हो । लामिछानेको पक्षबाट अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन् ।
नाबालिगमाथि बलात्कार गरेको मुद्दामा सन्दीप हाल पुर्पक्षका लागि थुनामा छन् ।