
उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू –
१.
प्राणी
बाँच्नुको बाध्यता
संहार जैवीक प्रणालीको !
२.
जीवन
कुमालेको चक्र
पारिस्थितिक प्रणाली नियम !
३.
संसार
ठूलोबाट सानो
सामयिक जीवन प्रक्रिया !
४
संहार
नगरेर दुष्टता
नहुने कसैको पुष्टता !
५.
मानव
मिलेर बाँच्नुपर्ने
अधिकार पाउने उपदेश !
- कमला देवकोटा, पाल्पा

