
उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू –
१.
टोपी
नेपाली गौरव
शान मान पहिचान !
२.
आदर
सम्मानित भाषा
परिचय सूचक हुने !
३.
देश
बनाउन नमूना
सबैको हातमा हतियार !
४.
जिन्दगी
सङ्घर्षमा यात्रा
आखिर हिँड्दै सकिने !
५.
कर्तव्य
जिम्मेवारी माझ
चुक्न नहुने आभास !
- दुर्गा आचार्य, मोरङ

