गत 12 अप्रिल 2024 शुक्रबारका दिन रियादमा भएको झापाली सेवा समाज साउदी अरेबियाको दोस्रो महाधिवेशनबाट अध्यक्षमा गायक रविन गिरी निर्बिरोध निर्वाचित भएका छन्।
साउदीको प्रतिष्ठित अल्माराई कम्पनीमा क्वालिटी कन्ट्रोल सहायक म्यानेजरमा बिगत १० बर्ष देखि कार्यरत समाजसेवी गिरी गायकारको पनि रहेका छन् । उनको केही एल्बमहरु बजारमा आईसकेको छ भने केहि रेकर्डिङको क्रममा रहेको छ। विद्यार्थी जीवन देखि सामाजिक अभियानमा आवद्ध गिरी वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहेर पनि श्रमिक राहत तथा उद्वारमा सकृय रहदै आईरहेको छन्। रियाद सिजनमा नेपाली समुदायको संयोजक भएर सफल कार्यक्रम गरिसकेका गिरी एक कुशल ब्यबस्थापक पनि हुन्।
बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु तथा साउदीमा कार्यरत नेपाली दाजुभाईहरुको बाक्लो उपस्तिथि रहेको उक्त कार्यक्रममा लोकप्रिय गायक प्रमोद खरेल लगायत स्थानीय कलाकारहरुले उत्कृष्ट प्रस्तुति दिएका थिए । नयाँ कार्यसमिति चयनका साथै सांस्कृतिक मनोरन्जनका साथमा महाधिवेशन सम्पन्न भएको छ।
साप्ताहिक झिल्का लेखन अभ्यासको १२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, तमासको हेमन्तको धर्ष सङ्घर्ष गर्छ पालुवाले कर्मपछि फुल्दछ हर्ष । २, नयाँ वर्षको समीर सौन्दर्यको पोको फुकाउॅंछ फैलाउॅंछ दृश्यको मदिर । ३, यामले गुराँस फुलाउॅंछ सुन्दर सागरदेखि सगरसम्म अपेक्षित मन भुलाउॅंछ ।
म्यामराज राई, भोजपुर … १, रहेन तिम्रो आस धोकेबाज रहेछौ तिमी पर्दिनँ तिम्रो पास ! २, बन्दिनँ तिमीदेखि टाढा उसैगरी रहन्छु जसरी फूलको साथमा काँडा ! ३, सकिन्न मनको व्यथा कापीमा कोरेको भए बन्दथ्यो सायद कथा !
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ … १, तरङ्ग बने यादहरू तड्पिएँ म हरपल उर्लिए अश्रु भेलहरू ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, एकासी सालको वर्ष ल्याउँछ कर्म गरेपछि नवीन सालले हर्ष । २, बिनाकारण कहिल्यै नभुल मेहनतले कर्म गरेपछि अवश्य फुल्दछ फूल । ३, फूल राम्रो फुलाऔॅं बिरुवाको संरक्षण गरेर सुगन्धित बास्ना झुलाऔॅं ।
बेदु न्यौपाने … १, तिम्रो यादहरूले सताउँदा विगतका कथाहरू बोकेर रोइरहन्छु सम्झना आउँदा । २, सात समुद्र तरेर छाडेर गयौ निष्ठुरी फर्क माया गरेर । ३, बाध्यता मिसिएको रहर भुलेर गाउँका यादहरू पुगियो बिरानो सहर ।
गुणनिधि घिमिरे, अमेरिका … १. सरकारले उद्घोष गरोस् नयाँ वर्षको आगमनले युवा विदेशिन नपरोस् । २. सबैलाई पारेर दङ्ग ल्याओस् नयाँ वर्षले नेपालीहरूमा हर्ष उमङ्ग । ३. देश सुध्रन्छ पुकारौँ यो नयाँ सालसँगै समृद्धिको ढोका उघारौँ ।
लिजा पुन मगर, म्याग्दी … १, मात्र खोज्छन् मान्यजनहरू एउटा हातले ताली उडाउँदै धुलोका कणहरू । २, कञ्जुस्याइॅं गर्छन् मायामा सानो चित्त हुनेले ठिक्क पार्छन् छायामा । ३, सहनु धेरै गाह्रो पीडाले सिमाना नाघेपछि जिब्रो कति साह्रो ।
राजेश्वरी राजोपाध्याय, ललितपुर … १. यादहरू छन् अति त्यसमै भुलेर नचल्ने फर्कॅंदा होला क्षति । २. नयाँ वर्षको लहर खुसियालीले ल्याओस् सधैँ सम्पूर्ण मेटियोस् कहर । ३, बाध्यताभित्रको यो खुसी सबै चिज भुलिॅंदा भरियोस् अझै झुसी।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका, बोस्टन … १, मन तृप्त हुन्छ नयाँ जोस जाँगरले प्रगतिको पाइला छुन्छ । २, विकासका लहर आउला नयाँ वर्षसँगै नेपालीको मुहारमा खुसी छाउला । ३, देश उध्रेको बेला सिउने धागोको होइन कैँचीको छ भेला ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, राम्रो सुन्दर देखेर नेपाल देश हाम्रो लिँदैछन् झन् चोरेर । २, सपना देखेको थिएँ यो मुटु निकालेर अरूलाई दान दिएँ।
सनत रोकाय बिवश, कुशे गा.पा८ जाजरकोट … १, सपनाको भयो खरानी उर्लिने डर जनसागर आँखाभरि भयो पानी। २, सुकेर खोला बगर रित्तियो देश सारा परेन नेतालाई असर। ३, लुटेरा पसे देशमा कङ्गाल भयो देश भित्रिए साधुको भेषमा।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, उत्सव मनाउने संस्कृति हाँसी खुसी मिलेर हुन्छ कालजयी स्मृति । २, छिचोल्दै जाँदा बगर आनन्द हुन्छ मनमा भावनाको हुन्छ सगर। ३, नयाँ वर्ष आयो मनले अचेल बेस्सरी खुसीको गीत गायो ।
पृथक प्रकृति ,झापा … १, नयाँ वर्ष आउँदैछ वसन्त ऋतुले होला मनमा खुसी छाउँदैछ। २, पीरको भारी बिसाई सफल रहोस् जीवन हाँसो खुसी मिसाई।
तेजप्रसाद खनाल लमही दाङ। … १, कस्तो चैतको हुरी उडाई लगेछ छानो फुरीको चुहिएछ धुरी । २, कस्तो बर्सेको असिना अलपत्र पारेर चारैतिर छुटायो गरिबको पसिना । ३, एकासी आउने नववर्ष सबैमा मङ्गलमय कामना रहोस् हर्ष उत्कर्ष ।
मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा … १, लालीगुराँस फुल्यो पाखैभरि माथि सैलुङ डाँडामा नेपाल आमाको काखैभरि । २, यतिबेला मनमोहक देखिन्छ आगन्तुक कोइलीको कुहुकुहु वसन्तको महिमा लेखिन्छ । ३, भव्य नववर्ष आयो कठिनसॅंग गयो विगत सुख, शान्ति छायो ।
चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ … १, रुखमा पालुवा पलायो गीत गाउॅंदै चरीले हाँगामा गुँड बनायो। २, चैते हुरी चल्दैछ खडेरी लागेको बनमा हुरुरु डढेलो जल्दैछ। ३, न्याउली रुन्छ वनमा प्रदेशीको सम्झना झलझली विरह जाग्यो मनमा।
बिके मुखिया, दार्जिलिङ, भारत … १, फैलिएर शान्ति सद्भावना समृद्धिका पालुवा पलाओस् नयाँ सालको शुभकामना ! २, होस् सबको प्रवृद्धि वसन्तको पावन अवसरमा सुख, शान्ति, समृद्धि ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, छायो हर्षको लहर नयाँ वर्षको आगमनमा लिएर आस्थाको रहर । २, पुरानो वैभावहरू पखालौँ स्वच्छता मनमा राखेर नयाँ वर्षलाई सॅंगालौँ । ३, मिठा सन्देशहरू पस्केर मित्रतालाई राखौँ यथावत् नजाओस् सम्बन्धहरू धस्केर ।
दिल ठकुरी (दार्जिलिङ ) … १, राम्रो गरेर कर्म कमाएर नाम सारा सबैलाई गरी धर्म ! २, भिरमा गुराँस फुलेको अनुपम वासन्ती वायु हेरेर मन भुलेको ! ३, बनेको आँखाको नानी मनको तृष्णा पूरा कञ्चन मूलको पानी !
आर्त अकुलीन … १, दगुरिरहेछ त्यो पल जीवनसँग प्रतिस्पर्धा गर्दै जित्नुलाई गरेर छल। २, थाप्लोमा दाम्लो अडियो सहयात्री भएदेखि गरिबी दुःखहरूसँग खुब लडियो ।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, आयो नयाँ वर्ष द्वेष फालेर आऊ घोलौँ उमङ्गको हर्ष । २, पलाए वसन्तका मुना हाँसेको बेला प्रकृति फालौँ आलस्यका तुना ! ३, जहाँ सद्भाव जुट्दछ बस्छ स्वार्थ रोई प्रेमको मूल फुट्दछ ।
ऋजु दिल्पाली, इटहरी १ सुनसरी … १, आशाको किरण छैन जताततै दु:ख छरिए आँसुको भेल हैन ।
अम्बिका अधिकरी, झापा बिर्तामोड … १, जनतालाई रुने गराए देशको पैसाकै लोभमा भ्रष्टले खल्ती भराए । २, अति रहेछन् लिप्त पैसाका लागि मरिहत्ते जनता पारे विक्षिप्त ।
प्रेम थापा “मन”, बागलुङ … १, आफैँलाई भयो भार आफ्नै जीवन आजभोलि मर्यो बाँच्ने आधार। २, गयो विश्वासलाई लुटेर अचेल पीडामा बाँच्दैछु अभागीको भाग्य फुटेर। ३, छोड्दिन भन्थी साथ तोडेर वाचा कसमहरू उसैले गरी विश्वासघात।
नवशिला, नवदेव मार्ग, लालभित्ती, बेलबारी, मोरङ। … १, आउँदैछ नयाँ वर्ष बोकेर उमङ्ग नौलो जगाउनु मनमा हर्ष। २, जीवनमा आओस् हर्ष नयाँ दिन खुसियालीको बनोस् नयाँ वर्ष ।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, दिलमा यस्तै हुन्छ आफ्नो सम्झेर सबैलाई मेरो मनले छुन्छ। २, भुल भयो कसरी प्रेम भनेर हुन्न नजानी गर्यो जसरी ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, मुटुको वेदना पोखूँ जिन्दगी फेरि नमिल्ला मर्म कहाँ रोपूँ ?
शरद ओझा “मेदिनीराज”, द.न.पा-४, बमरोडा … १, उमङ्गहरू नौला आउॅंछन् भएर उद्देश्य धेरै सङ्कल्पले तिमीलाई मनाउॅंछन् । २, शुभकामनाले भित्ता भरिन्छन् गल्तीबाट पाठ सिक्दै नयाँ योजनाहरू बुनिन्छन् । ३, सुस्वास्थ्य दिर्घायुको कामना सबै झिल्का परिवारलाई नयाँ वर्षको शुभकामना ।
केन्टरमेश थापा, रोल्पा … १, लेखेर मसी सुक्यो संविधानमा समान अधिकार तर कहाँनेर लुक्यो । २, वसन्त हावा सिरिरी बिहानी सुन्दर छ बज्यो मुरली तिरिरी । ३, चिप्लो रातो माटो हेरेर हिॅंड्नु साथी अप्ठ्यारो छ बाटो ।
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, मिठो बोली बोलेर नयाँ वर्ष मनाऔँ सबैले दिल खोलेर। २, आउँदैछ नयाँ वर्ष छायो नेपालीको ओठमा हाँसो खुसी हर्ष। ३, नपर्नु अर्काको भर फसाउन सक्छन् अरूले अफ्नो काम गर।
अनिता भण्डारी, ताप्लेजुङ … १, राता गुराँस लाख कोकिल मृदु गाना आऊ प्रियसी काख । २, पालुवा पलाए धेर बैँसालु तरुणीको गाना मुग्ध भएँ सुनेर । ३, बटुवा निदाएको भेटिन्छ छहारी सितल प्यारो पानीको प्यास मेटिन्छ ।
हिरालाल न्यौपाने, बानपा ८ कोटमौला, सल्यान … १, पल्टाउॅंदै जिन्दगीका पाना, नववर्ष पनि आयो, थन्क्याएर यादका खजाना। २, रुँदै जान्छ रात हाँस्दै आउँछन् दिनहरू खसाएर रुखको पात।
होम प्र.नेउपाने, धरान,सुनसरी … १, पर्दछ भुल सम्झिनु समयसँग हरपल सधैँ अथक हामी लम्किनु । २, नववर्षको मङ्गल शुभकामना नित्य कर्ममा लागौँ पूर्ण हुनेछन् चाहना । ३, कर्मठ तम्सिनु पर्दछ दुष्कर्मी जगतमा सधैँ अर्काकै आर्जन चर्दछ ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, सङ्घर्षमा बितेछ जवानी पछुतो मानेर भएन जीवन भएछ खरानी । २, अश्रुपूरित भिजेका नयन आगत सम्झेर कहालिँदै बिझाउॅंछ अनायासै शयन ।
प्रकाश के.सी., लोकन्थली, भक्तपुर … १, मान्छेले मान्छे भुलेछ धर्मखेतीको भ्रम फिँजाउँदा भगवान् बहिरो बनेछ । २, कति कराउँछस् मानव पाप कमाइस् तैँले अचेल बनिछस् दानव । ३, पैसाले धर्म किनियो झोला भरिएपछि भने त्यही पापलाई तिरियो ।
मन्दिरा सेढाई ,मलेखु,धादिङ … १, नेपालीको नयाँ वर्ष मनाऔॅं मिलेर हामी राखेर मनमा हर्ष । २, विकास गरौँ भाषाको मलजलमा अध्ययन गरी नेपालीको बलियो आशाको । ३. हामी बसौँ जहाँ मुटुमा नेपाल छ बिर्सन्छौँ राष्ट्र कहाँ ?
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, जहिले म सताउने आमा अनौठो नाता पिट्ने मायाले फकाउने। २, तिम्रो यादमा रुँदै लागे प्रदेशको बाटो पवित्र माटो छुँदै। ३, बिन्ती आकाशमा नहेर अवश्य कमाएर आउनेछु बाकसमा आउन्नँ मरेर ।
संगीता खरेल, चन्द्रागिरी – ८ काठमाडौं … १, बाटोमा साथीको पर्खाई समय हेर्दछु गन्तव्यमा सबैले नयन तर्काई । २, सहरमा बाटोको अस्तव्यस्त प्रवाह नगरी कति फोहर फाल्ने खुलस्त । ३, एसियाली बाटो सुरुआत वरपीपल रहेन कतैपनि रुख काटेर खातैखात ।
भगवती दवाडी ,झापा … १, आउँदैछ लाउँदै मीत आकाश पाताल देखाउँदै आश्वासनको मिठो गीत । २, चुनावी झण्डाको बजार साधु बिरालाको भेषमा दुईमुखे प्रतिनिधि हजार । ३, मारोगोली माटोको मुद्दा जातिलाई खाल्डोमा हाल्न आउँदैछ छिचिमिराको हुद्दा ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ … १, मिठो बोलीले छुनुपर्छ आफ्ना हुन पराया व्यवहार निष्पक्ष हुनुपर्छ ।
धनमाया चौधरी, कैलाली … १ , चोइटिएको अभिलाषा बोकेर सर्वदा प्रतीक्षामा उभिएँ तिम्रै कोसेलीले मातेर । २ , गरौँ विपद्को सामना पुगोस् सबैको स्वेच्छा नयाँ वर्षको शुभकामना ।
हरिगोपाल प्रधान, काभ्रे, बनेपा १४ साँगाबजार … १, खुसी बोकेर आयो नयाँ वर्ष उल्लासमय उज्यालोको गीत गायो । २, रमाऔॅं यो क्षणमा नवीन ज्ञान वृद्धि भएको एकै दिनमा । ३, नवीन रङ्ग बोकेर सव नेपालीको मनमनमा जगाई सद्बुद्धिले सोचेर ।
मनुहाङ किराँती, सोलु … १, उत्साह लिएर आऊ हे नयाँ वर्ष सन्देश दिएर जाऊ । २, सधैँ हाम्रो कामना फुलोस् फलोस् जीवन मौलाओस् आत्मीय सुभावना । ३, यादगार रहोस् वर्ष चुमोस् शान्ति समृद्धि बर्साओस् चरम हर्ष ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, अब केही गरौँ खाली बसेर हुन्न खुसीको बिउँ छरौँ। २, बाँचेर के गर्नु स्वार्थी यो दुँनियामा कसको नजिक सर्नु ? ३, आकाशका जुनतारा गनेर आफूहरू बाँच्न नखोज अरूलाई यस्तोउस्तो भनेर ।
गोविन्दराज तिमिल्सेना … १, स्वस्थ रहोस् भावना वसन्तको यो अनुगमनसँग , नयाँ वर्षको शुभकामना । २, मनमा खुसीको हर्ष हर्ष उमङ्गमा छदै , आओस् नयाँ वर्ष । ३, फेरियो महिना साल गरिब जेहेन्दारको जिन्दगी बजार भाउले बेहाल ।
श्रीकृष्ण धामी, बझाङ … १, राप निभाउॅंछ पानीले भन्दै सल्काइयो आगो, खरानी उडाउने बानीले । २, कहिल्यै नपरोस् दुख यही कामना थियो, चाहेर उदाएन सुख। ३, चोटमा खुसी हुन, सिकाउने महान् गुरु, खुसीले आँसु धुन ।
मनोहरी पौडेल, गैडाकोट १ … १, वसन्त ऋतु आयो नविनताको साथमा दिलले हर्ष, खुसी पायो । २, विगतको दुख नहोस् यो वर्षमा पनि सम्झेर रुन नपरोस् । ३, रहोस् स्वच्छ भावना अशान्ति हटेर जाओस् नयाँ वर्षको शुभकामना ।
भावना थापा ‘मुस्कान’ … १, आउँछन्, जान्छन् वर्षहरू किन कता भागे ? मेरा यी हर्षहरू ।
दीपा समभाव, खोटाङ्ग … १, वासन्ती छटा देख्दाखेरि विक्षिप्त यो मनले जिजीविषा जगायो फेरि l २, आसन्न नयाँ वर्षले दिएको खुसी पाएर झुमून् सम्पूर्ण हर्षले l ३, नयाँ वर्षको उपहार ग्रहण गरी भ्रष्टले सुधारोस् दुष्ट व्यवहार l
बाबुराम गौतम, गुल्मी … १, उमङ्ग बोकेर ल्यायो खुसी मानेर रमाऔॅं नयाँ वर्ष आयो । २, सबैको मनमा लहरी बास गरे राम्रो यो नयाँ सालभरि । ३, सालको पहिलो दिन जीवन छ अप्ठ्यारोमा आऊ, काल लिन ।
ललिता गिरी सिन्धुली, हाल काठमाडौँ … १, फूलजस्तै अब फुलोस् नयाँ वर्षसँगै सबैको जीवन सुन्दर बनोस् । २, जीवनमा नपरोस हार्न सबैसँग मित्रता गासौँ नपरोस् आँसु झार्न। ३, असल सोचौँ भावना शान्ति समृद्धिसँगै सबैलाई, नयाँ वर्षको शुभकामना ।
मन्जु बोहरा, बझाङ … १, वर्षको गतिविधि हेरियो एक साल बितेछ अर्को साल फेरियो । २, रमाऊ उमङ्ग हर्षमा खुसीको चाह राख्नु अब नयाँ वर्षमा । ३, नेपाल हाम्रो देशमा हामी हिॅंड्नु पर्ने सधैँ गरिबीको भेषमा।
लक्ष्मण देउवा डोटी, हाल भारत … १, रचना रचेर रचिन्छ बिग्रन्छ लेख्दामा पहिले बिस्तारै अवश्य सुध्रिन्छ । २, सिर्जना लेख्छु यहाँ होलान् गल्ती हजार भन्नु बिग्रेको जहाँ ।
कृष्ण उपाध्याय … १, सधैँ शीरमा नाम्लो गरिबी हटाउन सकिएन जोड्न सकिएन काम्लो । २, पेटभरि छैन खाना गरिबीको सिमा छैन छैन तनमा नाना ।
देव कृष्ण काफ्ले, पोखरा १, कास्की … १, सबैको पुगोस् चाहना मनैमा उमङ्ग छाओस् नववर्षको छ शुभकामना । २, सम्झे विगतको कुरा हुँदैन केही सम्झेर भए सपना अधुरा । ३, सम्झनाले सतायो अति मनलाई भुलाउन खोज्छु हुन्छ केही क्षति ।
सहयात्री शोभा अर्याल, रुपन्देही … १, साहित्यमा रङ्ग छर्न झिल्का कविता उदायो हरेकको मन भर्न । २, कोही आउॅंछ जीवनमा जीवनको रङ्ग भर्न खुसियाली छाउॅंछ मनमा ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा … १, आयो नयाँ वर्ष बोकेर लहर खुसीका छाओस् सबैमा हर्ष ।
सुस्मिता अधिकारी, काठमाडौँ … १, हिॅंडेका कमाउन परदेश पैसा ल्याउँछु भन्दाभन्दै होओस् बिरानो घरदेश २, जिन्दगी सम्झॅंदा लामो कटाउनु कसरी खै ? आजकल निदाउन गाह्रो । ३, सम्झना सधैँ बच्चाको गिन्ती ऋणकै रातदिन परदेशी जीवन कच्चाको ।
फूलमाया कुलुङ, सोलुखुम्बु … १, बारम्बार भोट खेर, दोहोरिन्न गलत व्यक्तिमा अब गल्ति भएर । २, नेताको भरमा देश छैन न्यायको सीमा, छिमेकीको साँधमा परिवेश ।
भोलामान बर्देवा, धरान – ८ सुनसरी … १, देशमा परिवर्तन आओस् नेपाली जनताले अब शान्तिले बाँच्न पाओस् । २, काँधमा काँध मिलाऊ भ्रष्ट नेता जतिलाई एकएक गरी जिलाऊ।
कला ढकाल, झापा … १, नपरोस् पीडाको सामना नयाँ वर्ष आएपछि गर्दैछन् सबैले कामना ।
सन्तु खत्री … १, तिम्रो साथै रमाएर अग्नीको फेरो लिई, आएँ हात समाएर । २, प्यारा दुख्छ मन अरूसॅंग तिमी बोल्दा, हुन्छ मलाई जलन । ३, राख्नु मनमा मलाई नदिनु ध्यान अन्त, हुन्छ हाम्रो भलाई ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, बोकी उमङ्ग हर्ष छायो जताततै यहाँ आयो नयाँ वर्ष । २, सबै गर्छु सामना वसन्तको यो बहारसँगै नयाँ बर्षको शुभकामना।
उर्मिला के.शी., धनकुटा … १, वसन्तको यो हर्ष पालुवा छन् नौला आउँदैछ नयाँ वर्ष । २, चाल्दै नयाँ चाल आउँदैछ नवीन दिन बिर्सॅंदै पुरानो साल। ३, चमक छाओस् तनमा बिर्सँदै पुरानो वर्ष शुभकामना जन जनमा।
तोया नाथ चापागाईं, दमक,झापा,नेपाल … १, मन निरसिलो हुन्छ विरह वेदना पोख्दै कोइली वनमा रुन्छ। २, आएछ नयाँ वर्ष फेरियो नयाँ भित्तेपात्रो तर छैन हर्ष। ३, फूलहरू ढकमक्क फुल्छ वसन्त ऋतुमा यहाँ त्यही मौरी झुल्छ।
अरुण कुमार भुजेल, गोरु बथान,कालिम्पोङ,भारत। … १, पालुवाको पालो आयो खुसियाली वनमा छर्दै चरीले गीत गायो। २, खुसीको चरम उत्कर्ष कोइलीको स्वरसँगै घुम्दै आयो नयाँ वर्ष ।
प्रमिला प्याकुरेल, बिराटनगर -५ … १, हेर वसन्त आयो न्यानो स्पर्श लिई, अगाध माया लायो। २, लहरायो बैँसको फूल लाग्छ चुमूँझैँ मलाई होला कि भुल ! ३, हेरेरै नाच्छ मन प्रकृतिको उपहार कस्तो, सुन्दरतामा छ आफ्नोपन ।
पुष्पा राई, बादेल, खोटाङ । … १, सबैमा छाओस् हर्ष लिएर पोको खुसीको आओस् नयाँ वर्ष। २, जनता अब जागून् लाएर ठाडो पुच्छर भ्रष्टाचारी सबै भागून् । ३, ठाउँबाट हात झिकेपछि सास्ती पाउँछन् जनताले न्याय पैसामा बिकेपछि ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, खुसीको खबर लिएर नयाँ वर्ष मनाऔँ सबैलाई शुभकामना दिएर ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३०
समस्याका डङ्गुर छन् आएको छ नयाँ वर्ष पेटमा मुसा दौड्नेगर्छन् दु:ख मानौँ कि हर्ष ?
वसन्त अनुभव
[१] केवल पात्रो फेरिँदैमा अवस्था फेरिँदैन नजर उही दृश्य उही फरक हेरिँदैन । ✍️ वसन्त अनुभव
घोराहीउपमहानगरपालिका १४, दाङ
[२] सकूँ लक्ष्य चुम्न गरेर मेहनत अनि सङ्घर्ष सम्भावना बोकेर आओस् यसपालीको नववर्ष । ✍️ नवशिला
[२४] नैराश्य नभइकन मनाउनु नयाँ वर्ष एकदिन अवश्य छाउँछ रे सर्वत्र हर्ष। ✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालिम्पोङ,भारत।
[२५] खाउन् मस्तले पेट भरुन् ठगले यस वर्ष, हामी ठगेर खाँदैनौँ गर्छौँ कठिन सङ्घर्ष। ✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२६] फाल्न सक्छ बढारेर समस्याको जाक नयाँ वर्ष तय गर्ला खान दुई छाक ! ✍️ विवश पारदर्शी
झापा
[२७] गते फेरियो बार फेरियो, फेरियो महिना र साल लथालिङ्ग देशको भताभुङ्ग चाला फेरिएन हाल । ✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२८] एकअर्काको हात समाएर गर्नुछ उत्कर्ष यस्तै यस्तै शिक्षा लिएर आए हुन्थ्यो नववर्ष ! ✍️ बि.कुलुङ
दार्जिलिङ रंगबुल
[२९] बाहिर सुनाैलाे बाेक्राे भित्रभित्रै सबै खाेक्राे। ✍️ हरिगाेपाल प्रधान
काभ्रे, बनेपा १४ साँगाबजार।
[३०] देशको हालत बिजोग छ, नववर्ष आए पनि सुनिदैन विचार नेताको, मान्छे आफ्नै जगे अनि। ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा [३१] गते बार फेरिए, फेरिए महिना र साल लथालिङ्ग र भताभुङ्ग भयो देशको ताल । ✍️ दुर्गा भट्टराई
मोरङ
[३२] समस्या आउछन् जान्छन् नयाँ वर्ष जस्तो अवस्था हुन्छ उस्तै समय सोचे सस्तो ।
✍️ सुस्मिता अधिकारी , काठमाडौँ
[३३] समस्या जहीँका तही छन् आयो नयाँ वर्ष उही छ दिन अनि रात उमङ्ग न हर्ष । ✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[३४] नयाँ नयाँ उमङ्ग बोकी आयो नयाँ साल किनी ल्याओस् अब छिट्टै देश भक्तिको पाल । ✍️ दीपा समभाव
दुबेकोल खोटाङ्ग
[३५] सामाजिक संजाल भरि देख्छु आयो भन्छन् सबैले नयाँ वर्ष भित्तामा सज्जिने पात्राे फेरिन्छ तर गरिबलाई छैन हर्ष। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[३६] आयो नयाँ वर्ष खै के लिएर आयो बस्ती घच्घचायो निदबाट जगायो ।
✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
[३७] हातमा शक्ति हुनेहरूले बेस्सरी दुरुपयोग गर्छन् युवा बरा ! पेटको आगो निभाउन सात समुद्र तर्छन् ।
✍️ बाबुराम गौतम, गुल्मी
[३८] भित्तेपात्रो फेरिँदै जान्छ हरेक वर्ष नै नयाँ सालमा हर्ष के हो थाहा छैन बिताउनु पर्छ जिन्दगी पालमा ।
✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
[३९] शुभेच्छा यही पस्किएँ आज यथार्थ उन्नत बनाेस् समाज । ✍️ रामकृष्ण दुवाडी
पाेखरा
[४०] नववर्षले पेट भरिन्न देखिन्छ नाङ्गाभोका । कोही भेटिदैनन् संसारका मन्दिरमा नरोका । ✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाडौँ
[४१] पुरा होउन् मनले सोचेका ती हरेक चाहना सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना ।
✍️ कृष्ण धामी – बझाङ
[४२] पात्रो फेरिएझैँ फेरिउँन् दुखीले गरेको सङ्घर्ष नयाँ आयाम लिएर आओस् यो एकासी नववर्ष। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[४३] नयाँ वर्षले साँच्चै नयाँ परिवर्तन लिएर आओस् अलकति दया र मानवताकाे सत्ता देशले पाओस् । ✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४४] उदायो नवीन वर्ष मनमा देखियो हर्ष !
✍️ आर्त अकुलीन
[४५] लिई आऊ सुख समृद्धि र दिगो हर्ष सबैको बनोस् उल्लासमय नयाँ वर्ष ।
✍️ पद्मा काश्यप पाण्डे, मोरङ
[४६] समस्या यस्तै हो, आउँछ जिन्दगीमा झेल्दै र खेल्दै जाओैँला, यी खाने मुखलाई जुँगाले छेक्दैन, जुरेकाे जे छ खाओैँला ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[४७] वर्ष फेरिए जस्तै भ्रष्टहरूको अवस्था चैँ फेरियोस्
नयाँ वर्षले देशमा जनताको सहकाल घेरियोस् ।
✍️ बेदु न्यौपाने 🇳🇵
[४८] सबैकाे मनमा खुुसी अनि हर्ष दु:ख भुलाएर आयाे नयाँ वर्ष। ✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही
[४९] देश र तिम्रो समस्या बारे मलाई के थाहा ? नववर्षसॅंगै झन् भित्राएँ लाग्ने गरी आहा ।
✍️ म्यामराज राई, भोजपुर
[५०] आयो नयाँ वर्ष दु:ख मेटियोस् भोकोपेट भर्ने बाटो भेटियोस् । ✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[५१] बिहानीको किरणसँगै फेरि आयो नयाँ वर्ष समस्याको ओइरो देख्छु बिस्मात मान्नु कि हर्ष ? ✍️ तोया नाथ चापागाईं
दमक,झापा
[५२] आउँदोरहेछ धनीलाई हरेक दिन नयाँ वर्ष रित्तो खल्ती भएकालाई खै केको उमङ्ग केको हर्ष । ✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[५३] खाली पेट भर्नलाई अब गरौं है सुरु समस्याको समाधानमा आफै बन्नु गुरु ।
✍️ धनुष न्यौपाने
[५४] नयाँ वर्षले सबैमा सुख शान्ति छाओस् सिर्जना गर्न अति धेरै जाँगर आओस् भगवती दवाडी ,झापा ~<•>~
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१] पर्व नयाँ वर्ष खुसी उमङ्ग हर्ष !
वसन्त अनुभव [२] पर्ख नयाँ वर्षमा आफ्नै गाउँ फर्क !
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा [३] खुसियाली नयाँ वर्षमा छरियोस् सधैँ हर्षमा !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा -६, संखुवासभा [४] स्वागत नयाँ चर्षको आशा खुसी हर्षको !
रमा पन्त, पाल्पा [५] हराओस् पीडा नववर्षमा देश नाचाेस् हर्षमा !
निरज कोइराला, इटहरी [६] मजाले दु:ख जाओस् नयाँ वर्ष आओस् !
सनत रोकाय विवश कुशे गा.पा.-८, जाजरकोट [७] परिवर्तन ल्याउँछ यसले दुःखसुख मिलायो त्यसले !
नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर हाल: एनेलकुटी, सिरहा [८] हराओस् नयाँ वर्षमा दुःख पीडा नआओस् !
कला ढकाल, झापा [९] नववर्ष नयाँ सोचाइ नयाँ कार्यको थालनी !
दम्माम, साउदी अरब ! सतारुढ नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन नेपाली जन प्रगतिशील मोर्चाको अध्यक्षमा रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
गत १२ अप्रेल २०२४ शुक्रबार का दिन साउदी अरबको को पुर्बी क्षेत्र दम्माममा आयोजित मंचको छैठौं महाधिवेशनले एक दसक देखि साउदीमा कार्यरत नुवाकोटका वाग्लेलाई अध्यक्षमा निर्वाचित गरेको हो।
साउदीको प्रतिष्ठित कम्पनी अनाबिबमा बिगत १० बर्ष देखि कार्यरत वाग्ले श्रमिक आन्दोलन मार्फत तत्कालीन बिद्रोही माओवादीमा आबद्ध भएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत अबस्थामा श्रमिक राहत तथा उद्वारमा सकृय रहदै आईरहेका छन् ।
महाधिवेशनमा माओवादीका केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसाल र सचीव तथा पुर्व मन्त्री राम कार्की हरुको सहभागिता रहेको थियो ।
झिल्का लेखन अभियानको नवौँ शृङ्खला (नववर्ष विशेष) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले नववर्ष २०८१ को अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
———-<•>———- उदाहरण झिल्का: खुसीयाली जताततै हर्षको कमी नरहोस् कदापि शुभकामना हजुर नववर्षको ! ✍️ वसन्त अनुभव घोराही, दाङ
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- ———-<•>———-
१// पुगोस् हरेकको चाहना नरहून् कोही दरिद्र नयाँ वर्षको शुभकामना ! ✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका- १४, दाङ
२// घुम्दै आयो नववर्ष सारा नेपालीको घरआँगनमा छाओस् उमङ्ग हर्ष ! ✍️ मन्दिरा सेढाई
जेद्दा / साउदी अरब !! ईस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र तथा नेपाली बिक्रम संम्बत २०८१ को पावन अवसर पारेर नेपाली युवा क्लब जेद्दाले १२ अप्रेल २०२४ शुक्रबारका दिन जेद्दामा शुभकामना आदानप्रदान तथा नेपाली सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष राम थापाको सभापतित्वमा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्ले को प्रमुख आतिथ्यमा क्लबका महासचिव नर कुमार मगर द्वारा संचालित उक्त कार्यक्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु, बरिस्ठ समाजसेवी भिम गुरुङ, एनआरएनए एनसिसि उपाध्यक्ष राज गिरि, आरसिसि अध्यक्ष डिपि अर्याल,समाजसेवी रामराधा घिमिरे, ईस्लामिक दावा सेन्टर सनैयाका प्रतिनिधि मन्जुर अलि मियाँ, आरसिसि अल कासिम पुर्व अध्यक्ष रम्जान दिन मियाँ, हातेमालो युवा क्लब जेद्दाका अध्यक्ष खेमराज कार्की, ग्लोबल आइएमइका बजार प्रतिनिधी प्रदिपजङ् के.सि, सिन्ध मेलम्ची होटलका संचालक रामसिङ तमाङ ले अतिथिको आशन ग्रहण गरेका थिए ।
नेपाली राष्ट्रिय धुनको गुन्जयमान सँगै सुरु गरिएको उक्त कार्यक्रममा क्लब स्थापना देखि अहिले सम्म क्लबले गरेका श्रमिक हक हितका सामाजिक कार्यप्रगती विवरण क्लबका महासचिव नर कुमार मगरले स्लाइडमा देखाएका थिए ! बिदेश तथा स्वदेशमा समेत अनगिन्ती समाजसेवा गरिएका स्लाइड हरु प्रस्तुत हुँदा युवा क्लबलाई सम्पुर्ण अतिथिद्वारा सम्मान गरेका थिए ।
उपस्थित अतिथि तथा प्रमुख अतिथिहरुले इद तथा नेपाली नयाँबर्ष २०८१ को शुभकामना मन्तव्य दिदैँ क्लबको कार्य प्रती खुशी व्यक्त गर्नु भएको र स-सम्मान रुपमा अझै अगाडि बढ्न हौसला र क्लबको सफलताको लागि शुभकामना दिनु भएको थियो । अतिथिको मन्तव्य सँगै सभापति थापाले कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका दाजुभाइ दिदिबहिनीहरु तथा शुभकामना दिनुहुने अतिथिहरुलाइ धन्यवाद ज्ञापन गर्दै पहिलो चरणको कार्यक्रम समापन भएको थियो !
कलाकारहरुको बेजोड प्रस्तुति सहित सुरु भएको दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपाली कल्चर डान्स ग्रुप जेद्दाका कोरियोग्राफर धिरज मगर को संयोजकत्वमा अनगिन्ती स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरि दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिएका थिए । यसै गरि गायकहरु बिनोद न्यौपाने, रोसन दियाली, धन तमु,आकाश राई हरुले गित गाएर दर्शकहरुलाइ मनोरञ्जन दिएका थिए ।
काठमाडौ होटेल बलाद जेद्दा, ग्लोबल आइएमइ बैंक तथा सिन्ध मेलम्ची नेपाली होटेल को प्रमुख प्रायोजनमा संचालित उक्त कार्यक्रम संचालन मा अन्य समाजसेवीहरुले पनि आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा कलाकार तथा समाजसेवी साथै सहयोगीहरुलाई क्लबले मायाँको चिनो सहित प्रमाणपत्रले सम्मान गरेको थियो भने उत्कृष्ट समाजसेवी भिम गुरुङ र राज गिरि तथा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्लेलाइ दोसल्ला ओडाएर स-सम्मान कदर पत्र प्रदान गरेका थिए ।
उपस्थित दर्शकहरु तथा अतिथिहरुलाइ क्लबले विविध मनोरञ्जनका साथमा नेपाली खाना खुवाएर स-सम्मान बिदाइ गरेको थियो ।
प्रिय नयाँ वर्ष (कविता) ~~ हरेक वर्ष नयाँ बनेर आउने कहिल्यै पुरानो बन्न नचाहने प्रिय नयाँ वर्ष…..! तिमी हरेकलाई खुसी अनि उमङ्ग लिएर आउनू प्रिय नयाँ वर्ष….! विगतमा तिमी कुनै कुरामा चुकेको भए…..! अनायास दु: ख दिएको भए प्रिय नयाँ वर्ष ……..! यसपालि कुनै कुरामा नचुक्नू सबैलाई अनुकूल बन्न त सक्दैनौ होला…! तर पनि प्रिय नयाँ वर्ष….! सच्चा बाटोमा डिड्न चाहनेहरुलाई कत्ति दु:ख नदिनु…..! प्रिय नयाँ वर्ष……! तिमी फेरिन्छौ हरेक साल तर हाम्रा विगत टाढिदै जान्छन् तिम्रो आगमनले खुसी हुने हामी झसङ्ग हुन थालेका छौँ……! प्रिय नयाँ वर्ष…….. किनकि तिमीलाई स्वागत गर्दा गर्दै हाम्रा बालापन बिते किशोरावस्था बिते पत्तै भएन प्रिय नयाँ वर्ष…..! तिमी फेरिँदै जाँदा नयाँ बन्छौ तर हामीलाई पुरानो बनाउँछौ तर पनि हामी चित्त बुझाउँछौँ तिम्रो स्वागत गरिरहन्छौँ प्रिय नयाँ वर्ष……….! तिमीले अब….. हामीलाई वर्षभरिको योजना बनाउन सिकाउनू जुन योजनाले हामीलाई बिगतमाभन्दा अझ सफल बन्न सिकाओस् प्रिय नयाँ वर्ष …….! तिमीले हरेकलाई स्वस्थ तन अनि स्वस्थ मन दिनू जसको प्राप्तिले कोही दु:खी बन्न नपरोस् प्रिय नयाँ वर्ष…….! तिमी कठोर नबनीदिनू किनकि……. जगतमा कैयौं दु:खका प्रहरहरु…….! हामी मानवले सामना गरेका छौँ प्रिय नयाँ वर्ष…….! अब देशमा संम्बृद्धि अनि…. सुशासन लिएर आउनू युवालाई राष्ट्र निर्माणमा लाग्ने उत्साह र उमङ्ग लिएर आउनू प्रिय नयाँ वर्ष…….! तब राष्ट्र संबृद्ध बन्नेछ विगतमा तिम्रो स्वागत गरिरहेकाहरु….! अझ…….. सशक्त ढंगले स्वागत गर्न आतुर छौँ। प्रिय नयाँ वर्ष…..!स्वागत गर्न आतुर छौँ।
जेद्दा साउदी अरब ! नेपाली युवा क्लब जेद्दाद्वारा ईस्लाम धर्मावलम्बीको महान पर्व इदको पावन अवसरमा गत १० अप्रेल बुधबार राती जेद्दाको सनैयामा आयोजित भलिबल प्रतियोगितामा लुलु हाइपरमार्केट टिम बिजेता र ग्लोबल आइएमइ टिम उप बिजेताको ट्रफी उचाल्न सफल गरेको छ । ८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा ५०० इन्ट्री फि रहेको थ्यो भने प्रथम हुनेलाइ १७०० रियल र दोस्रो हुनेलाइ १३०० पुरस्कार का साथमा ट्रफी र मेटल ले सम्मान गरिएको थियो ।
पुरस्कार वितरणमा आयोजक टिम नेपाली युवा क्लबका सन्तोष बि.क र मन्जुर अलि मियाँ ले हस्तान्तरण गरेका थिए ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय संघीय साम्सद डा. चन्द्रकान्त राउत (सि.के. राउत)को प्रमुख आतिथ्यमा गैर आवासीय मधेसी संघ ,साउदी अरबले नव बर्ष २०८१ तथा ईद शुभकामना आदानप्रदान तथा अंतरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार साउदी अरबको पुर्बी क्षेत्र जुबेलमा जनमत पार्टीका प्रवास संगठनका सल्लाहकार दिनेश साहुको संयोजनमा ,नेपाली राजदुतावासका स्थानीय अधिकारी नारायण पासवानको आतिथ्य आयोजित कार्यक्रममा साउदीमा सक्रिय संघ/संस्थाको प्रतिनिधित्वमा करिब १ हजार जनाको सहभागीतामा कार्यक्रम आयोजना भएको थियो।
कार्यक्रममा मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद मनोज शाहको फोटोमा प्रमुखा अतिथि डा राउतबाट माल्यपर्ण गरि शुरु गरेको कार्यक्रम विभिन्न बक्ताहरुले शुभकामना सहित साउदीको श्रमिक समस्या बारे आआफ्नो भनाई व्यक्त गरे।
करिब ४ लाख नेपाली श्रमिक कार्यरत साउदी अरबमा मधेसका कामदारको समस्या झन् धेरै रहेको ,उक्त समस्या समाधान गर्न नेपाली नियोग असफल रहेको बताउदै नेपाली पासपोर्ट बाहक मधेसका नागरिकलाई तपाईं नेपाली नागरिक हो भनेर प्रश्न गर्दै विभेद गर्ने गरिएको तितो यथार्थ रहेको प्रुख अतिथि डा राउतले बताए। सन २०१४ मा स्थापना भएको संघको छुट्टै ईतिहास रहेको ,साउदी लगायत युएई ,कतार ,मलेसिया लगायत धेरै देशमा बिस्तार भएको छ। उक्त संघ आबद्ध हुन आम मधेसीलाई अपिल गर्छु डा राउतले भने ।
साउदी अरेबियामा जनमत पार्टी प्रतीको क्रेजबाट उत्साहित भए डा राउत बर्तमन सरकारमा आफ्नो कुनै चासो नभएको र सरकार बनाउन प्लस माइनसको खेलमा आफ्नो रुचि नभएको र मधेसी जनताको भवनामाथि खेलबाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावनाअनुसार अगाडि बढ्छ। अहिलेको प्रधानमन्त्री संसदमा बहुमतले बन्ने भएको हुदा जनताले प्रत्यक्ष प्रधानमन्त्री चुन्नु पर्छ , उनले भने। डा राउतले शुक्रवार रियादमा हुने कार्यक्रममा सम्बोधन गर्ने र शनिबार नेपाली राजदूतवासले आयोजना गरिने अंतरक्रियामा सहभागिता हुने कार्य तालिका रहेको छ।