साताका उत्कृष्ट झिल्का कविताको २९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २९ का लागि झिल्काकारत्रय अर्जुन प्रसाद चौलागाईँ, रबि पौडेल र लक्ष्मी रिजालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू _____________________ [१] १. उठ्छु बिहान सबेर योग, प्राणायाम, ध्यानमै जान्छ समय हेर । २. बिहानको समय महत्वपूर्ण यस्तो विचार गर्दा शरीर हुन्न अपूर्ण । ३. ध्यान पुर्याऊँ सबैले शरीरलाई स्वस्थ राख्न थालौँ अब आफैँले । ✍️अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी <<<<<<•>>>>>>
[२] १. बाढी पहिराे आयाे भयाे जनजीवन अस्तव्यस्त धेरैकाे ज्यान खायाे । २. निरन्तर जान्छ पहिराे सडक अवरुद्ध छन् पिर पर्यो गहिराे । ३. गरिबका सपना बग्याे बाढी अनि पहिराेले भएका सामान लग्याे । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी <<<<<<•>>>>>>
[३] १. मुखले बरबराए भाइ विपरीत नगर्न भन्दा रहे मनमौजीमा दाइ । २. हिसाब त मिलाएको कताबाट चित्त बुझेन चुहिने गोजी सिलाएको । ३. कचकचमा व्यस्त छोरा भनेको मनमा नराखे बोक्नुपर्ला भविष्यमा बोरा । ✍️ लक्ष्मी रिजाल कञ्चनरूप-१२, रूपनगर, सप्तरी _____________________
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय पन्ध्रौ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११५ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०६/१४ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य पञ्चाङ्ग:०१ मानिसको उठिबास लगायो प्रकृतिले। खाने अन्न वस्तु सबै बगायो प्रकृतिले। दैवको लिला अपरम्पार देखियो सबै, बस्तीबाट धेरै टाढा भगायो प्रकृतिले। दैवको विरोधीलाई जगायो प्रकृतिले। सुशीला पौडेल
पञ्चाङ्ग:०२ क्षितिज परिधि घुम्दै थिएँ म सुस्तरी त्यो हावा चुम्दै थिएँ म मुटु दुखेर निकानन्द खोज्दा अम्मल लागे झैं झुम्दै थिएँ म सुनसान एक्लै गुम्दै थिएँ म ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३ प्रकृतिले क्षति गर्नुसम्म गरेको छ जताततै। विश्वभरिनै मानिसहरु मरेको छ जताततै। असाध्य नै विध्वंस मच्चाएर छाड्यो दुनियाँ भरि। सयौँ घर बाढी पहिरोमा परेको छ जतततै। बाँच्नेको भोकमरिले ज्यान हरेको छ जताततै।
मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
पञ्चाङ्ग:०४ मायाको सम्बन्धमा डर हुदैन जात भात र कुनै थर हुदैन। समाजले कहिल्यै कुरा बुझेन त्यसैले दोष दिने भर हुदैन , समर्पण नहुदा घर हुदैन।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०५ यहाँ रामलाई छाेडेन । धन दामलाई छाेडेन । हान्याे प्रकृतिले जाेडले, भिड जामलाई छाेडेन । कुनै ठामलाई छाेडेन ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०६ यहाँ अचाहिँदो धेरै भयो दुनियाँ सम्झेनौ मेरै भयो दुःखी गरिबको जिउधन खाइदिइस् सबै तेरै भयो भ्रष्टाचारीहरूको जेरै भयो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०७ विकाशको नारा लगाउँछन् यहाँ। अधोगति धारा बगाउँछन् यहाँ। कुरा मात्र ठूला गर्ने केही हैन, आफूले नै सारा जगाउँछन् यहाँ। आफ्नो लागि तारा मगाउँछन् यहाँ। ह्यारिस
पञ्चाङ्ग;०८ देशैभरि बाढीपैह्रो चलेको यो बेला थलथली धराधाम गलेको यो बेला के लेखौॅ र माया प्रीति उनिएका कुरा, यो देशको शीर तल ढलेको यो बेला दैवले नि हामीलाई छलेको यो बेला। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०९ लग्यो सारा पानीले खेत बारी ओहो , बग्यो भेल सँगै वारि न पारि ओहो । बेमौसमी पानीले गरायो लथालिङ्ग हिलोमा डुबायो तरकारी घारीओहो बगायो ल्याउन सकिएन वारि ओहो । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:१० हेर्दाहेर्दै मानव बस्ती लग्यो पानीले प्रकृतिले गर्दा नै सबै ठग्यो पानीले राज्यसत्ताको अझै हेल्चेक्र्याइँ हुँदैछ आफ्नो केही भन्न पाएन बग्यो पानीले सबै प्राणी जनहरू नै तग्यो पानीले ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:११ हरियो वन नेपालको धन हरायो किन ? त्यसैले बाढी पहिरो अहिले करायो किन ? प्रभु कहर झैँ प्रलय जस्तै हुनेछ हानी प्रकृतिसँग खेला मानवले गरायो किन ? प्रकृतिले जलमग्न भर्पाई भरायो किन ? कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग-१२ प्रकृतिकै एक अंश त हो मानवको चोला पनि शिर निहुर्याउथ्यो प्रकृतिको पाउमा भोला पनि अचेल त मान्छे आफैं नै जान्ने भयो प्रकृति भन्दा शहर बनाउनको लागि मासिदिन्छ खोला पनि अझ उल्टै बोकाउन खोज्छ सिद्धान्तको झोला पनि। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सन्तानब्बेऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०६/१०गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९७[सन्तानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~
पञ्चाङ्ग:०१ सगरमाथाको शिखर चुम्न मन छ। त्यहाँ पुगेर वरिपरि घुम्न मन छ। यो हाम्रो विश्रको एउटा पहिचान हो, विदेशीहरू ल्याई सँगै झुम्न मन छ। नवीन साथीहरूसँगै गुम्न मन छ । सुशीला पौडेल
पञ्चाङ्ग:०२ मलाई सुन्दर लाग्छ हिमाली धरामा मेरा मन अति जाग्छ हिमाली धरामा यस्ता ठाउँहरू सबै देशमा पाइन्न हिउँ हेर्दा दु:ख भाग्छ हिमाली धरामा हिउँले आँखामा दाग्छ हिमाली धरामा
नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग:०३ प्रकृतिमा अति रम्न मन छ मलाई। यसमै लीन भै जम्न मन छ मलाई। कति निस्वार्थ प्रेम छ यसको सबैमा, फूलसँग निकै गम्न मन छ मलाई। समय पर्खन थम्न मन छ मलाई। ह्यारिस ॐ पञ्चाङ्ग०४ “विश्वमा अग्लाे सगरमाथा पहिचान छ साथी बुद्धकाे जन्मभूमि हुँदा देशकाे मान छ साथी नेपालकाे नागरिक हुनुमा लाग्छ गर्व अति संसारका वीर हुन् नेपालीकाे आहान छ साथी सुरम्य प्रकृतिले दिएकाे वरदान छ साथी । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०५ मेरो गाउँबाट हिमाल प्रष्ट रुपमा देखिन्छ हेर हाम्रो देश नेपाल सुन्दर प्रकृतिमा लेखिन्छ हेर जहाँ जहाँ जान्छौ आफ्नो देशको माया सुन्दरताको चित्रण गर्न अनि फुल भेटिन्छ हेर सुन्दरता आफैंमा चम्किएको पुरा मेटिन्छ हेर अम्बिका अधिकारी झापा बिर्तामोड पञ्चाङ्ग:०६ कति सुन्दर हिमाल पारीको देश हाम्रो ढाकाटोपीअनि चौबन्दी चोलो भेष हाम्रो सान अनि मान सगै प्रकृति हाँसेको छ त्यसैले छिटको सारीमा चुल्ठी केस हाम्रो डन्डी बियो र कबडी राष्ट्रिय रेस हाम्रो ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग,:०७
हिमाल पहाड तराई फाँटमा छ बर्षातले बिनाश गर्ने छाँटमा छ प्रकृतिले त सबै बिगार्यो बिगार्यो युवाहरु चैँ बिदेशिने आँटमा छ मर्नेहरु जति मसान घाटमा छ
मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
पञ्चाङ्ग:०८ त्याे तराईको माथि खुलेको हिमाल हाँसेकाे छ सुन्दर, शान्त प्रकृति र हाम्रो मायाँ गाँसेकाे छ त्याे गाउँ अनि ति पाखा पखेरा कति रमाइलो डाँफे,मुनाल पनि यिनैकाे काखमा नाँचेकाे छ पाहुना बनि त्याे ठाउँमा घुम्न जान साँचेकाे छ
उर्मिला के.शी. धनकुटा !
पञ्चाङ्ग-:०९ हिमालको काखमा मेरो सानो गाउँ छ यै सानो गाउँको विश्वमा ठुलो नाउँ छ ऋषि – महर्षिले तप गरेको भुमि यो आउनु है हेर्न कति सुन्दर ठाउँ छ एकैचोटी हेरे कस्तो मोहनी लाउँछ। -पशपती राई खोटाङ ।
असोज ,१७ दाङ साहित्यकार एकराज शर्मा अधिकारीको सुभाषितसङ्ग्रहको दाङ घोराहीको पत्रकार महासङ्घको हलमा भव्य रूपमा लोकार्पण गरिएको छ। रापति साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार डा.गोविन्द आचार्यको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
साहित्यकार पुष्प प्रकाश ज्ञवालीले विमोचित कृतिको समीक्षा गर्नुभएको थियो। समीक्षक ज्ञवालीले भन्नुभयो, “शुभाषित कृति मातापिताको संस्मरण र सम्मानसहित समाज, जीवन जगतको अथार्थता बोलेको पठनीय सङ्ग्रह रहेको चर्चा गर्नुभयो । ग्रन्थले मानवता, समाज, शिक्षा र दर्शनलाई रचनात्मक रूपमा उतारेको हुँदा उक्त कृति स्तुत्य, सम्माननीय रहेको बताउनुभयो ।” राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने,प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा. लोकराज पराजुली ,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष दीपक शर्मा समीर,नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशका अध्यक्ष सूर्य बिसी लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष गजेन्द्र बहकर्मी, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, समानान्तर अनलाइनका सम्पादक छविपुरी गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक लिलाधर ओली, पत्रकार वीरेन्द्र ओली लगायतको गरिमामय उपस्थिति रहेको थियो।
सो कार्यक्रममा साहित्यकार नारायण नेपाल,यज्ञबहादुर डाँगी, हरिप्रसाद पौडेल स्वर्णशिखा,दामोदर पौडेल,गोपाल भुसाल अभिलाषी, मधुसुदन गौतम, उमाकान्त पोखरेल, नगेन्द्र गुरु, हरिप्रसाद पाण्डे, अशोक खड्का, धनसिंह गिरी,निमानन्द रिजाल, महेश कुमार न्यौपाने, भोला अधिकारी, खेमराज गाउँले, हुकुम पुनमगर, वीरबहादुर राम्जा पुन ,माधव देवकोटा, विप्लव अधिकारी, सुवाष न्यौपाने,तिलक न्यौपाने, देवेन्द्र रिजाल,कमला रिजाल,शिवा शर्मा, नमराज देवकोटा, रोशन पौडेल, वीणा रोका, सुशीला आचार्य, रिमा गौतम ,शरदकुमार अधिकारी, गोकर्ण शर्मा, मिना आचार्य, नमराज अधिकारी,विष्णु अधिकारी, श्रीसन अधिकारी, सुसन अधिकारी लगायत साहित्यकार तथा साहित्यानुरागीको गरिमामय उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। परिवारको तर्फबाट साहित्यकार अधिकारीका सुपुत्र श्रीधर अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने संस्थाको तर्फबाट पुस्तकका लेखक एकराज शर्मा अधिकारीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो
साउदी अरब – नेपाली पाककला र आतिथ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका साउदी अरबस्थित केम्पिन्स्की होटलका कार्यकारी पेस्ट्री सेफ सरोज थापा ‘एनएल इन्टरनेशनल हस्पिटालिटी अवार्ड २०२४’ बाट सम्मानित भएका छन्। भव्य रूपमा युएईको दुबईको हिल्टन होटलमा सम्पन्न यस कार्यक्रममा थापालाई विशेष सम्मान प्रदान गरिएको हो। न्युजलाइन मिडियाद्वारा प्रदान गरिएको यो प्रतिष्ठित अवार्ड थापाले आतिथ्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप दिइएको हो।
नेपाली परम्परागत खानाको प्रवर्द्धन र अनुसन्धानमा समर्पित थापाले आफ्नो अनुभव र ज्ञानलाई ‘वर्ल्ड सेफ एसोसिएसन’को निर्णायक मण्डलमार्फत अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आएका छन्। थापाले नेपाली पाककलालाई विश्वमञ्चमा चिनाउन गरेको अथक प्रयासले नेपाललाई पाककला क्षेत्रमा विशेष पहिचान दिलाएको छ। यो सम्मान विजयादशमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रदान गरिएको थियो, जसमा नेपाली चाडपर्व र परम्पराको संरक्षणमा केन्द्रित सांस्कृतिक कार्यक्रमसमेत समावेश थियो। थापाको यस सफलताले सम्पूर्ण नेपाली समुदायलाई गौरवान्वित बनाएको छ। उनी मात्र एउटा प्रतिभाशाली सेफ नभएर नेपाली सांस्कृतिक र पाककला परम्पराका सच्चा प्रवर्द्धकका रूपमा उदाएका छन्। सरोज थापाको यो सम्मानले नेपाली पाककला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, जसले नेपाललाई विश्वभर नयाँ पहिचान दिलाएको छ।
अल कासिम साउदी अरब । वैदेशिक रोजगारीको सिलसिलामा गत दुई वर्षअघि नेपालको सगरमाथा मेनपावर यात्रा एचआर सोलुसन ओम ओभर्सिज र प्रतिज्ञा कन्सल्टेसीबाट साउदी आएर अलपत्र पर्नुभएका ६० जनामध्ये ३० जना नेपाली श्रमिकहरुलाई गैर आवसीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमले इक्जिट भिसा लगाएर नेपाल फिर्ता पठाउन सफल भएको छ । नेपालबाट अल हदवा अल सुल्तान र अल समाहा म्यानपावर सप्लाई कम्पनीमा आउनुभएका नेपाली दाजुभाईहरूलाई कम्पनीले साउदिका विविध क्षेत्रहरू दमाम रियाद अलकासिममा तथा अन्य विभिन्न क्षेत्रहरुमा पठाएको थियो। उक्त सप्लाई कम्पनीले उहाँहरूको एकमा नबनाइदिएपछि काम गरिरहनुभएको कम्पनीले काम गर्नबाट रोकेर निकालिदिएपछि नेपाली दाजुभाईहरु कामबिहिन भएर अलपत्र परेपछि उद्दारका लागि गैर आवश्य नेपाली सङ्घ क्षेत्रीय समन्वय समिति अकासिमलाई सहयोगको लागि अनुरोध गरेका थिए ।
पीडित भएको जानकारी पाए लगत्तै एनआरएनए आइसिसीका सदस्य तथा नेपाली राजदुतावास रियादका अलकासिम प्रतिनिधि विशाल श्रेष्ठ कुमार र एनआरएनएआरसीसी अल्कासिमका प्रवक्ता अलि उर्सिन मियाँ ले स्थलगत भ्रमण गरी पीडितहरूको वास्तविक अवस्थाको बारेमा सत्य तथ्य पत्ता लगाई राजदूतवास रियादलाई जानकारी गराएका थिए। उक्त सप्लाई कम्पनीहरूले कामदारहरु कसैको एक वर्ष कसैको डेढ वर्ष र कसैको दुई वर्षसम्म पनि एकमा रिन्यु नगरिदिएको र काम गरिरहेका कम्पनीहरूले निकाल्दिएको अवस्थामा उहाँहरु आफ्नो अलकासिमा रहेको हेड अफिसमा सबै ठाउँबाट जम्मा भएको जानकारी बिशाल श्रेष्ठले दिएका छन्।
उहाँहरूको एक्जिट भिसाको लागि नेपाली राजदूतावास रियादसँग समन्वय गर्दै उनैजा लेबरकोटमा एक्जिट भिसाको लागि सामूहिक निवेदन दिएको थियो। ६० जनाको निवेदन दिएकोमा ३० जनाको एक्जिभिजा लागिसकेको र बाँकी अरु ३० जनाका साथै दिनहु अन्य क्षेत्रबाट आउनुहुने नेपालीहरूको पनि एक्जिटको लागि फर्म बुझाइएको समाजसेवी तथा एनआरएन आइसिसीका सदस्य विशाल श्रेष्ठले जानकारी दिएका छन् । उहाँहरूको एक्जिट भिसाको लागि निरन्तर रुपमा फलोअप गरिएको यसैगरी जुन मेनपावरबाट आएका थिए त्यो मेनपावरलाइ कारबाही गर्न र यहाँका सप्लाइ कम्पनीहरुलाई भिसा रोक्का गर्न तथा श्रम स्वीकृत रोक्का गर्नलाइ सम्बन्धि पक्षमा निवेदन दिसकिएको पनि बिशाल श्रेष्ठले जानकारी गराए । बाकीँ रहेका नेपालीहरुको पनि छिटै इक्जिट लाग्ने कुरा अबगत गराउदै इक्जिट लागेका क३० जना नेपालीहरु गत २७,२८ र २९ सेप्टेम्बरमा नेपाल फर्किसकेका पनि जानकारी गराए । त्यसै गरि गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति आफ्नो पेजबाट एक सूचना जारी गर्दै उक्त मेनपावरहरुबाट यी सप्लाइ कम्पनीहरूमा नआउनको लागि पनि अनुरोध गरेको छ।
दम्माम साउदी अरब ! नेपाली साझा मञ्च साउदी अरबले नेपालका विभिन्न भागमा अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो, र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको लागि अपिल गरेको छ । मञ्चले यस विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित यो प्राकृतिक विपत्तिमा परेका सबैलाई आवश्यक सहयोग पुर्याउन एक बिग्यप्ती सहित सबैजनमानसमा अपिल गरेको छ।
नेपाली साझा मञ्चले अविरल वर्षाले जनजीवनमा पुर्याएको क्षति प्रति चिन्ता व्यक्त गर्दै देशभरका प्रमुख सडकहरू, पुलहरू, र राजमार्गहरू बन्द हुँदा यातायातमा परेको अवरोध तथा किसानहरूको नष्ट भएको तयारी बालीको पीडालाई केही मल्हम लगाउन पनि सहयोगको लागि अनुरोध गरेको छ। यस विपत्तिले हजारौं नागरिकको घर, निजी सम्पत्ति, र खेतीपातीमा ठूलो क्षति पुर्याएकोमा मञ्च दुखित भएको बताएको छ।
साझा मञ्चले नेपाल सरकारलाई तत्काल राहत र उद्धारमा प्रभावकारी पहल गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न आग्रह गरेको छ। साथै, मञ्चले बाढी, पहिरो, र डुबानबाट प्रभावित सबै नागरिकलाई आवश्यक सहयोग पुर्याउन देश र विदेशमा रहेका नेपालीहरूलाई अपिल गरेको छ।
यस आपतकालीन परिस्थितिमा साउदी अरबमा रहेका नेपालीहरू पनि आफ्ना देशका नागरिकहरूको उद्धार र पुनःस्थापनामा सहभागी हुन तयार रहेको मञ्चले जानकारी दिएको छ। नेपाली साझा मञ्च साउदीले देश र विदेशका सबैलाई राहतका लागि सहकार्य गर्न आह्वान गर्दै संकटमा परेका नागरिकलाई आवश्यक सहयोगका लागि सहयोगी हातहरू बढाउन विनम्र आग्रह गरेको छ।
म्यामराज राईकाे लघुकथासङ्ग्रह ‘बुन्छत’ २०८१ साल वैशाखमा प्रकाशित कृति हाे । हतुवागढी- ६ हाेम्ताङ भाेजपुरमा जन्मिएका राई जाेगबहादुर र आशबुङका छाेरा हुन् । स्नातक तहसम्मको अध्ययन गरेका राई पछिल्लो समय जापानमा बस्दै आएका छन् । साहित्यमा विशेष रूचि र लगाव भएका म्यामराज राई जापानमा बसेर पनि निरन्तर साहित्य साधनामा सम्लग्न छन् । नमस्ते आधुनिक लघुकथा मञ्चसँग प्रत्यक्ष रूपमा जाेडिएर काम गर्दै आएका राई समितिकाे सक्रिय सदस्य छन् । उनले लेखन तथा सम्पादन कार्य गरेकाे पाइन्छ । मूलतः कविता तथा लघुकथा सिर्जनामा सक्रिय राईका ‘हाम्रो बाटो'लघुकथासङ्ग्रह (२०७९), ‘बुन्छत’ लघुकथासङ्ग्रह (२०८१) का साथै ‘महक'टुक्का कवितासङ्ग्रह (२०८०) प्रकाशित छन् । यिनले खिम्दुङ् काेसेली साहित्यिक द्वैमासिक हवाई पत्रिकाका साथै लघुकथाकाे सुगन्ध अङ्क ४ र ५ काे सम्पादक भई काम गरेको देखिन्छ ।
म्यामराज राईकाे पछिल्लो प्रकाशित कृति `बुन्छत´ लघुकथासङ्ग्रहमा ५४ वटा फघुकथाहरू समाविष्ट छन् । विविध समसामयिक विषयकाे प्रधानता रहेकाे यस सङ्ग्रहका कतिपय लघुकथाले अत्यन्त पृथक विषयलाई समेत प्रस्तुत गरेको देखिन्छ । यसको एउटा महत्त्वपूर्ण नमुना ४४ औं क्रममा रहेकाे ‘बुन्छत’ हाे । किराँत मिथकमा आधारित यस लघुकथाले किराँत जातिको बुन्छतप्रतिकाे आस्था विश्वासलाई प्रस्तुत गरेको छ । बुन्छतका तीन आकृतिमा ज्ञान, शक्ति र सुरक्षाको प्रतीक रहेको आस्थापूर्ण भाव लघुकथामा प्रस्तुत गरिएको छ ।
बुन्छत लघुकथासङ्ग्रहमा समाविष्ट रचनाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भका लघुकथाहरू समाविष्ट छन् । विषयगत विविधता रहेका यस सङ्ग्रहका लघुकथामा नैतिक अनैतिक सन्दर्भ, राजनीतिका सकारात्मक नकारात्मक क्रियाकलापहरू, मित्रताका सकारात्मक तथा नकारात्मक पक्षजस्ता विषयहरू समावेश गरेका छन् । अरूका देशको अनुशासित वातावरण देखेर प्रशंसा गर्ने तर आफूमा त्यसप्रकारकाे परिवर्तन नल्याउने नेपालीको प्रवृत्ति, जड्याहालाई स्वास्थ्य भन्दा नसाकाे माया हुने, आर्थिक अभावले दिने भय र पीडा, अरूलाई गुर्जाेकाे गफ लगाउने तर काेराेना लागेपछि हस्पिटल पुग्ने व्यापारी, डिग्री गरेर पनि शुद्ध नेपाली बाेल्न नसक्ने अवस्थाप्रतिकाे व्यङ्ग्य राईका लघुकथामा पाइन्छ । गीत सङ्गीतका क्षेत्रमा विवादित भए पनि नाफा हुने गरेको वास्तविकता, वनका पशु समस्या, नेपालीले प्रकृतिको दाेहन गर्ने गरेकाे यथार्थका माध्यमबाट व्यङ्ग्य प्रहार गरेको पाइन्छ । टिकटकका कारण हुने गरेका दुर्घटना, नारीहरूकाे गहना कपडाको आशक्ति, नयाँ पुस्ताको शहर माेह, गाउँ फर्कनु पर्दा आत्महत्या गर्ने प्रवृत्तिजस्ता मार्मिक सन्दर्भलाई राईले आफ्ना लघुकथामा उठाएको पाइन्छ ।
सरल भाषाशैलीकाे प्रयोग गरि सहज र बाेधगम्य लघुकथा सिर्जना गर्ने राईले आफ्ना लघुकथाका माध्यमबाट कतै विकृति विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरेको पाइन्छ भने कतै नैतिक उपदेश तथा सकारात्मक सन्देश सम्प्रेषण गरेकाे पाइन्छ । लघुकथा लेखनमा समर्पित भएर लागेका राईका लघुकथाहरू उत्तराेत्तर परिष्कृत हुँदै गएका छन् ।
समीक्षक : डा.शंकरप्रसाद गैरे लेखक : म्यामराज राई कृति : बुन्छत विधा : लघुकथा प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च प्रकाशन वर्ष : २०८१, वैशाख मूल्य : ३३३/-
रियाद साउदी अरब ! साउदी अरबका समाजसेवी तथा लालिगुराँस होटलका संचालक सफल ब्यबसायी यम तमुले बिरामी रामपाल सदाको लागि (११२४९ रियल) करिब ४ लाख नेपाली रुपैयाँ संकलन गर्नुभएको छ ।
नेपाल सप्तरी घर भई विगत केही वर्षदेखि साउदी अरबको रियादमा कार्यरत रामपाल सदा कुनै कारणवश कम्पनी छोडेर अन्त बाहिर काम गर्न पुगे। भागेर काम गर्ने क्रममा दुर्घटनामा परी एउटा खुट्टा भाँचिन पुग्यो। जसका फलस्वरूप शरीरको दायाँ भागमा गहिरो चोट लागेर रियादको किङ खालीद हस्पिटलमा भर्ना भएर उपचार गराउनपुगे। १५ दिनपछि १७ अगस्ट २०२४ का दिनमा हस्पिटल बाट डिस्चार्ज भएपछि काम गर्दै गरेको कम्पनीको रुममा गए तर भागेर काम गरेको कम्पनीले रुमभित्र छिर्न नदिएपछि रियादको रोडमा बिहान ९ बजेदेखि ८ बजे बेलुकी सम्म सुत्न बाध्य भए !
उक्त घटनाक्रमलाई थाहा पाएपछि समाजसेवी यम तमुले पीडित रामपाल सदालाई आफ्नै रूममा ल्याएर राख्नुभयो। त्यसपछि समाजसेवी तमुले पीडित सदालाई नेपाल पठाउनका लागि नेपाली राजदूतावास रियाद साउदी अरबमा समन्वय गरेर जानकारी गराउनुको साथै इक्जिट लगाउन सहयोगको लागि अनुरोध गर्नुभयो, फलस्वरूप अहिले करिब डेढ महिनाको अन्तरालमा उहाँको एक्जिट भिसा लागेको छ । सदाको पुरा उपचार नभएको र स्वास्थ स्थिति नाजुक रहेकोले उहाँलाई अझै उपचारको आवश्यकता परेको र आर्थिक अवस्था कमजोर भएकोले समाजसेवी तमुले उहाँको लागि आर्थिक सहयोग रकम संकलनका लागि एक अभियान नै चलाउनुभएको थियो। सदाको सहयोगको लागि ५-१० रियल सहयोग गर्न आफ्नो लालिगुँरास होटलमा आएका ग्राहकहरु तथा सामाजिक सञ्जाल फेसबुकबाट पनि रामपालको सहयोगको लागि अनुरोध गरेका थिए! तमुको अनुरोधपछि उक्त रकम करिब ४ लाख नेपाली संकलन गर्नुभएको छ ।
सदाको एक्जिट लागिसकेको र अब केही दिनमा नेपाल पठाउने जानकारी पनि समाजसेवी यम तमुले दिनुभएको छ। साथै आजबाट उहाँको लागि सहयोग रकम पनि रोकिएको जानकारी गराउनुभएको छ। यस अभियानमा जोडिएर जजसले आर्थिक तथा सामाजिक सहयोग गर्नुभयो उहाँहरूको लागि यम तहार्दिक धन्यवाद तथा आभार पनि व्यक्त गर्नुभएको छ।
लघुकथाकार अवधेश सिंहको जन्म २०१४ सालमा सिराहा जिल्लाको लक्ष्मीपुर गाउँपालिका ४, ब्रह्मपुरीमा भएको हो । गणपति सिंह र अञ्जनदेवी दनुवारका कनिष्ठ पुत्ररत्न हुन् उनी । हाल उनको बसोबास काठमाडौँको नागार्जुन गाउँपालिका २, शान्तिटोलमा रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा र यु.एस.ए.बाट Teaching English to the Speakers of Other Languages विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा आर्जन गरेका सिंहको मुख्य पेसा प्राध्यापन भए पनि हाल उनी अवकाशप्राप्त जीवन व्यतीत गरिरहेका छन् । वि.सं. २०३६ सालतिर ‘दुपहरिया मे डुबैत सूर्य’ शीर्षकको कथा प्रकाशित गराएर साहित्ययात्रामा लागेका सिंहको ‘अवोध अभिलाषा’ शीर्षकको लघुकथा नै पहिलो लघुकथा हो जुन ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ नामक लघुकथाप्रधान फेसबुक पत्रिकामा २०७६ सालमा प्रकाशित भएको देखिन्छ ।
‘मरजाद’ लघुकथाकार सिंहको पहिलो प्रकाशित लघुकथासङ्ग्रह हो । प्रकाशन संस्था नमस्ते आधुनिक लघुकथा मञ्च र प्रकाशन वर्ष २०८१ वैशाख रहेको यो कृति एक मात्र प्रकाशित साहित्यिक पुस्तकका रूपमा दखिएको छ । हुनत सिंहका ‘मरजाद’का अतिरिक्त अन्य ४ वटा कृतिहरू पनि प्रकाशनमा आएका छन् । उनका साहित्येतर ४ कृतिमध्ये ३ वटा अङ्गेजी भाषामा र एउटा नेपाली भाषामा लेखिएको छ । अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू अङ्ग्रेजी भाषा सम्बद्ध नै छन् भने नेपाली भाषामा लेखिएको कृति दनुवार संस्कृतिको चिनारीसँग सम्बन्धित छ । आफ्नो भाषा र संस्कृति मासिए पहिचान पनि बिलाउँदै जान्छ । पढेलेखेका मानिसहरूले आफ्नो भाषा अनि संस्कृतिलाई बिर्सिंदै गएको आजको सन्दर्भमा दनुवार संस्कृतिसँग सम्बन्धित यो पुस्तक निकै उदाहरणीय पनि रहेको छ ।
‘मरजाद’मा ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । यी मध्ये एकपदीय र द्विपदीय संरचनाका शीर्षकहरू २६/२६ वटा छन् भने चतुष्पदीय संरचनाका शीर्षक २ वटा छन् । मर्यादा अर्थ बोकेर आएको कृतिको मूल शीर्षक आकर्षक छ तर यो शब्द प्रयोगमा अचाक्ली आइरहने शब्द भने होइन । यो शब्द लेखकको गाउँठाउँतिर बढी प्रयोग गरिने पनि हुनसक्छ । आयामका दृष्टिले ५३ वटा लघुकथाहरू २/२ पेजका र एउटा १ पेजको छ । भूमिका, विषयसूची (लघुकथा क्रम भनिएको) र अन्यका लागि १२ पेज र लघुकथाको पाठ्य रूपका लागि १०७ पेज खर्चिएको छ । लघुकथाका विषयहरू हाम्रै समाज वरपरका नै छन् । लेखकले कोरा कल्पनालाई यथार्थिक कल्पनालाई नै बढी महत्व दिएका छन् ।
‘मरजाद’भित्रका लघुकथाहरूलाई सर्सर्ती हेर्दा कुनैमा शीर्षक प्रभावी छ भने कुनैमा विषयवस्तु प्रभावी छ । कुनैमा सामाजिक यथार्थ बलियो बनी आएको छ भने कुनैमा आदर्शतिर ढल्किएको स्थिति छ । कुनैमा परिवेशको सजीव वर्णन छ भने कुनैमा स्थानीय भाषासंस्कृतिको रङ्गीन तस्बिर छ । कुनैमा कर्मवादी चिन्तन हावी छ भने कुनैमा शैक्षिक जागरणको स्वरलाई बुलन्द बनाइएको छ ।
अन्त्यव्यवस्थापनका दृष्टिले अधिकांश लघुकथाहरू सशक्त नै छन् । लघुकथाहरूमा व्यङ्ग्य सघन छ । सम्वाद प्रभावकारी छन् । भाषा सरल र कताकति स्थानीय रङ घोलिएका छन् । लघुकथामा नेपालीमा कमै प्रयोग गरिने तत्सम शब्द पनि यदाकदा टुप्लुकिन्छन् । यस्ता शब्द प्रयोग गर्दा लेखकले निकै ध्यानपूर्वक प्रयोग गरेकाले पढ्दा ती बिझाउने खालका भने छैनन् । लेखकले सङ्ग्रहका लघुकथालाई त्यत्तिकै लहडमा नलेखी सोची–बुझी–संझी लेखेका हुन् भन्न सकिने ठाउँ छ । लेखनमा परिपक्वता झल्किएको छ । लेखकमा अन्तर्निहित बौद्धिक व्यक्तित्वले लघुकथा लेखनमा उनलाई राम्रै सघाएको छ । तर यति हुँदाहुँदै पनि ठाउँ ठाउँमा मुद्राराक्षसले भने बिछट्टै सताएको भने छ ।