• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६१ सम्पन्न

  • ३ मंसिर २०८१, सोमबार ००:१९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।


    १.

    तिमी हानेजस्तो गर्नू   म गरुँला रोएजस्तो
    भ्रम छर्न दुनियाँ सामु आँसु झार्नेछु सस्तो ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ


    २.
    बुझी नसक्नु रहेछ नाटक पनि यो कस्तो
    नबुझ्नेलाई विश्वास गर्ने मै पागल जस्तो ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग


    ३.
    भ्रमको दुनियाँमा कस्तो यो चाल
    देखिँदैन किन बिच्छाएको जाल ।
    -सङ्गीता खरेल, काठमाडौँ


    ४.
    भ्रमित पार्न सिपालु तिमी म पनि साथ दिउँला
    हातमा हात मिलाएर सधैँ सँगसँगै जिउँला ।
    -रचना शर्मा प्रतीक्षा, महालक्ष्मी नगरपालिका, ललितपुर, नेपाल ।


    ५.
    देखावटी र बनावटी दुनियाँ भर पाे ! गर्नु खै कस्काे फेरि
    अनेकाैँ जालहरू रचेका छन् यहाँ मौका अनि फाइदा हेरी ।
    -सुशीला शिखा
    कगेश्वरी काठमाडौँ


    ६.
    आँखामा किन हाल्दैछौँ छारो ?
    अन्तिममा श्वास फेर्न गारो ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी


    ७.
    भ्रम छर्दै दुनियाँलाई झुक्याउने कला राम्राे
    नाटक गर्दै सधैँभरि रमाउने पालाे हाम्राे ।
    -ताराप्रसाद चापागाईँ


    ८.
    अन्धविश्वासमा नपर्नु है भर्म
    कलीयुगमा छैन कसैको धर्म ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ


    ९.
    सुन लुकाएर पित्तललाई कसी लाउँदैमा सुन भनिँदैन
    हुँडारहरूलाई बाघको छाला ओढाउँदैमा बाघ गनिँदैन ।
    -बेदु न्यौपाने


    १०.
    देशको शासन के हो र फुटबलको खेल जस्तै
    कहिले उसको कहिले मेरो हात लाग्छ प्रशस्तै ।
    -पुष्पा राई, बादेल, खोटाङ ।


    ११.
    लुटेर खायौ भुटेर खायौ यो देश तिमीहरूले मिलेर
    जनताको सामु पक्ष विपक्ष एकापसमा बस्छौ भिडेर ।
    -ध्रुव श्रेष्ठ, खोटाङ


    १२.
    भ्रम छर्दै आँखामा छाराे किन पाे ! हाल्ने
    विकृति र कुसंस्कार कतिञ्जेल पाल्ने ?
    -त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा


    १३.
    हामीलाई पुनः खोज्छौ बेवकुफ बनाउन
    कर्तुत जनले बुझेपछि अनि पर्ला रुन ।
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन


    १४.
    फट्याइँ मात्र जान्दछ, सक्दैन ऊ केही गर्न
    तर पनि खप्पिस छ, समाजमा भ्रम छर्न ।
    -ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची


    १५.
    पात्र तिनै प्रवृत्ति त्यही खाली फरक व्यवस्था
    आस गर्ने ठाउँ छैन जन्ताको नाजुक अवस्था ।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहुँ । हाल चनपा ६ मातातीर्थ


    १६.
    आलापालाे राज्य सत्ता चलाई देश कङ्गाल बनाउने
    भ्रष्टाचारको कालाेदाग मेटाउन जनता कनाउने ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।


    १७.
    भ्रम छर्ने बानी नराम्रो कसैले गर्नुहुन्न
    अरू कुवामा हाम फाल्दैमा आफू मर्नुहुन्न ।
    -प्रमोद नेपाल
    वीरगञ्ज । हाल काठमाडौ – ५


    १८.
    यो दुनियाँ सब देखावटी भयो
    सत्य बोल्नेहरूको जमाना गयो ।
    -बाबुराम पाण्डे, अर्घाखाँची


    १९.
    बाहिर गरेर मीठा बात
    तिनैले गर्दैछन् ठूला घात !
    -आर्त अकुलीन


    २०.
    खराब कुरा मिल्काएर बनाउनु राम्रो सुन्दर चरीत्र
    राखेर इज्जत कुरा गर्नु बरु हुन्छ बेस हृदय भित्र ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा


    २१.
    बाहिर बाहिर लोकाचार गर
    भित्र पसेपछि आफ्नै पेट भर ।
    -भगवती दवाडी ,झापा


    २२.
    म रोएझैँ गरिदिउँला तिमीले कुटेजस्तो गर्नु
    भित्रभित्रै मिलीभगत गर्न यतै बसाई सर्नु ।
    -नवशिला
    नवदेव मार्ग, लालभित्ती, मोरङ


    २३.
    देश रोयो आँसु झर्यो र पोखियो बगरमा
    पात्र त्यही व्यवस्था उही गिर्दैछन् नजरमा ।
    -सन्तु खत्री


    २४.
    छुट्टै महत्व हुन्छ दुध दही मोहीको
    पानीमा आँसु झर्छ रे त्यो दुष्ट गोहीको ।
    -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ


    २५.
    नेताले माइकको अघि म्या म्या गर्दै छरिरहे भ्रम
    जनताले पनि भ्या भ्या गरिरहने केही छैन श्रम !
    -प्रेम थापा “मन”बागलुङ


    २६.
    बाहिर झुत्रेझाम्रे भित्र व्यवस्थापन राम्रो
    यसरी नै बिग्रिएको छ नेपाल देश हाम्रो ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड


    २७.
    कसलाई देखाउन खोजेको, गोहीको आँसु झारेर
    पत्याउने कसले, जब आएका छौ जनता मारेर ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ


    २८.
    जो छ यहाँ भ्रष्टाचारको मालिक
    कठै उसकै बन्छ ठूलो सालिक ।
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व


    २९.
    तिमी ताली लगाउँदै गर्नु म भ्रमित गीत गाउँदै गर्छु
    नखोज मलाई माथितिर म पोका बोकेर तल्तिरै झर्छु ।
    -रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ भारत


    ३०.
    अन्तरकुन्तर भक्कानिएर निस्केको तिमी भन्छौ सस्तो आँसु
    तिमी नै पक्का चालबाजी रहेछौ, त्यो तस्बिर कहाँ लगी टाँसु ।
    -मोती योन्जन सुब्बा, दार्जिलिङ


    ३१.
    नाटक अभिनय कला सिक्नू
    ढाटेरै भएपनि सधैँ टिक्नू !
    -विवश पारदर्शी, झापा


    ३२.
    कोही कुटे जस्तो त कोही रोए जस्तो गर्छन्
    जनताको आँखामा सधैँ भ्रम मात्र छर्छन् ।
    -अनिता भण्डारी, ताप्लेजुङ


    ३३.
    सत्तामा पुगेका छन् निर्दोष मारेर
    आज नाटक देखाए आँसु झारेर ।
    -कला ढकाल, झापा


    ३४.
    महिलाको कुकुर मरेको पोस्टमा कमेन्ट गर्छन् गुरु
    हाम्रा रचना राख्दा पनि नहेरी किन भाग्छन् खुरुखुरु ।
    -तिलक गाउले


    ३५.
    आँखामा छाराे हाली खेती गर्दछ भ्रमकाे

    मरेर खेती गर मिल्दैन पैसा श्रमकाे ।
    -शालिकराम दाहाल
    चा न पा ३ झाैखेल, भक्तपुर


    ३६.
    नाटक गरेर दुनियाँ झुक्याउ बनाउ आगोलाई पानी
    साच्चै रुनुपर्ने छ एकदिन आफ्नै कर्ममा पछुतो मानी ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।


    ३७.
    जनता दलको पुजारी बनाैँ र बसाैँ फुलाङ्गाे छरेर
    उनीहरू खान्छन् मिली हामी आपसमा झगडा गरेर ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।


    ३८.
    षड्यन्त्रभित्र हामी आफैँ नाटक गरेर टारौँ
    उम्किनु हो मुख्य कुरो, दुनियाँलाई लठ्ठ पारौँ ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹


    ३९.
    तिमी मिलीभगत भएर नौनी खाने
    हामी ढुङ्ग्रो पखालेर रुँदै रुँदै जाने ।
    -खर्गबहादुर कौसिक


    ४०.
    कुटेजस्तो म गरुँला, तिमी रोएजस्तो गर
    दुनियाँको सामु तिमीले भ्रम मज्जाले छर ।
    -बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा


    ४१.
    यहाँ दुनियाँ नाटकमा रमाउँछ
    मौका मिल्यो भने कठालो समाउँछ ।
    -दीप गोले तामाङ – रौतहट


    ४२.
    राजनीति भयो हाम्रो भ्रमको खेती गर्ने थलो
    कहिले हुने हो नेताज्यु देश ,जनताको भलो ।
    -रुना कर्माचार्य दाहाल
    चितवन


    ४३.
    जे जे गर्नु छ हाम्रो अभिनयले गर्छ
    यस्तै भ्रम अब सधैँ छरिराख्नु पर्छ |
    -सरिता सेढाई, धादिङ


    ४४.
    देखिन्छन् नि जताततै देशघातीका टोली
    तर पनि मिलाउँछन् त्यही लोलीमा बोली ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा


    ४५.
    पसिनाको कमाईमा नै जिउँला
    तिमीले मागे म जीवन दिउँला ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ


    ४६.
    सुहाउँदो गरेमा पो ! राजनीती भन्नु
    यिनका अवतार हेरी पागल बन्नु ।
    -जानुका बास्कोटा
    काठमाण्डौं तारकेश्वर ९


    ४७.
    गाउँदेखि बसाइँ सरेझैँ पुग्यौ तिमी सत्तामा
    राजनीति गर्छौ जहिले वृद्धवृद्धाको भत्तामा ।
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ


    ४८.
    के छ र काम भेडाको चर्छन् देशमा लाम लागेर
    गोठाला जन बनेपछि जादैनन् कहिल्यै भागेर ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ


    ४९.
    यस्तै त छ चलेको चलन
    जे गरे नि हुँदैन जलन ।
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ ।


    ५०.
    यी नेताले जनता झुक्याउने गर्छन्
    निमुखा जन उनकै सरण पर्छन् ।
    -दुर्गा भट्टराई
    माेरङ


    ५१..
    अहिलेलाई चैँ झगडा जस्तो गरौँ
    मौका आएपछि मिलेर पेट भरौँ ।
    -घनश्याम पन्त हरिवन सर्लाही


    ५२.
    देशभक्तिको नारा लगाउनेले कालो धन जमाएर
    चिप्ला कुराले जनता भुलाउँदै बसेका छन् रमाएर ।
    -कृष्ण बजगाई भक्तपुर


    ५३.
    साङ्लोमा नै बाँधिएपछि गर्जन्छ उ बाघ
    लाग्दैन कहिलै त्यहाँ घाम महिना माघ ।
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी


    ५४.
    हामी दुवै उस्तै नै हौँ नौटंकी वाज
    तैपनि हाम्रै समर्थनमा आवाज ।
    -प्रदीप के रिमाल


    ५५.
    आलोपालोले सत्ता चलाउछौँ प्रयोग गरी सामदाम दण्डभेद
    बाहिर देखावटी झगडा गरे पनि छैन हामी बिच कुनै छेद l
    -बाबुराम गौतम, गुल्मी


    ५६.
    संसार चलाउनु छ जे जसरी ढल्छ
    ढाँटी, छली, रोएर नि घुमीफिरी चल्छ ।
    -इन्दु श्रेष्ठ, चितवन


    ५७.
    हुन्छ भने हुन्छ भन हुँदैन भने हुँदैन नै भन
    देश, ठाउँ राम्रो हुन त सफा नै हुनुपर्छ है मन !
    -पवनकुमार बुढाथेाकी, काठमाडौं


    ५८.
    बिचाैलिया तस्करहरू जति किन लाउँछाै अगि अगि
    एउटै डुङ्गाका यात्रु सबै पुरिनेछन् है भेलमा बगी ।
    -हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला सल्यान


    ५९.
    म रोएको कस्ले देख्छ ? न त तिमी रुँदा
    डाहा मात्रै गर्छन् यहाँ, हामी खुसी हुँदा ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ


    ६०.
    हाल्नसम्म हाल्छन् काले भ्रष्टाचारमा जुठो
    हिरासतबाट चोख्याउँछन् पैसाको मुठो ।
    -भुपेन्द्र राना मगर
    धादिङ


    ६१.
    आँसुको मूल्य नै छैन, हाम्रो नेपालमा रती
    तीन करोडको आँसु, महाकाली बग्यो कती ?
    -रामशरण न्यौपाने, भक्तपुर


    ६२.
    आज हामीले हाे गाउने सुन गीत
    सङ्ख्या पुगे भाेलि तिमी गाउनु मीत ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे


    ६३.
    मिले सबै भ्रष्टाचारी र पालैपालो खाए
    अख्तियार लाग्ने डरले रोइलो मच्चाए ।
    -पद्मा काश्यप पाण्डे, मोरङ


    ६४.
    भित्र पित्तल भरेर बाहिर सुन भरेको देखिन्छ
    भ्रष्टाचारले देश खान्छ अझ कानुन कडा लेखिन्छ ।
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट


    ६५.
    सुन भनी पित्तल बेच्नेदेखि किन हाँसु ?
    रूनलाई नयनभित्र चाहिने भाे आँसु ।
    -जी.वि.
    घाेराही,दाङ


    ६६.
    भ्रमको खेती गर्न लौ कति जानेका
    अगाडि ठिक्क पछाडि छुरी हानेका ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ


    ६७.
    उनीहरू सडकमा आएर कराउँछन् म सुन्दै सुन्दिनँ
    सत्यवादी मानिस हुँ म त कुकर्मको जालो बुन्दैबुन्दिनँ ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी


    ६८.
    जिम्मेवारी र जिन्दगी पनि नाटकीय ढङ्गले चलाए
    पजेरोमा सवार हुनेले गरीबको झुपडी जलाए ।
    -राजेश्वरी राजाेपाध्याय
    पाटन, ललितपुर


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न

  • २ मंसिर २०८१, आईतवार १९:२५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका एकादशी र तुलसी विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    १.
    जडिबुटी यत्रतत्र पाइने
    हुन्छ अत्यन्त उपयोगी
    जिउँदा, मर्दा चाहिने ।
    २.
    टाउको दुखाइ खरोमा
    चिया बनाई खानसकिन्छ
    रुघाखोकी र जरोमा !
    -वसन्त अनुभव, दाङ
    —————<•>—————
    २)
    रोपौँं तुलसी घरमा
    जानेर यसको महत्त्व
    नपर्नु अरूको भरमा ।
    -नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    ३)
    १.
    एकादशी तिथि पवित्र
    तुलसीकाे पूजा गरेर
    अध्यात्मिक काम मित्र ।
    २.
    रुघाखाेकी ज्वराे आएमा
    पकाएर खाऊ बिहान
    आराममा बस्ने खाएमा ।
    -जि.बि.चिन्तन
    घाेराही, दाङ
    —————<•>—————
    ४)
    १.
    तुलसीको मठ घरमा
    रोपी राख सबैले
    नपर कतै भरमा ।
    २.
    दिन भयो घमाइलो
    गर काम समयमा
    अनि गर रमाइलो ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    ५)
    दल राखी छोपेर
    महत्व कार्तिक महिनाको
    तुलसी मठमा रोपेर ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    ६)
    १.
    तुलसी आँगनीको छेउ
    दबाईकाे काम गर्छ
    हुर्काउन पानी देऊ ।
    २.
    एकादशी भाेकै बसाैँ
    पेट खाली राख्न
    पटुकी राम्ररी कसाैँ ।
    -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    ७)
    १.
    असारमा तुलसी रोपेर
    माला लगाई पूजौँ
    मठलाई चट्ट पोतेर ।
    २.
    हेर्दा राम्रो झट्टै
    सधैँ प्रयोग गरे
    रोग हुन्छ चट्टै ।
    -अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    ८)
    अन्धविश्वासी भएर हैन
    गुणकारी मानिन्छ तुलसी
    जानिकन नोक्सान छैन ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    ९)
    आज ठुली एकदशी
    चिन्तन गरौँ तुलसीको
    मोठको छेउमा बसी ।
    -तोयानाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    १०)
    १.
    तुलसीको पत्ता खानु
    रुघाखाेकी लागेमा हेर
    पर्दैन अस्पताल जानु ।
      २.
    ओैषधीकाे गर्छ काम
    थाहा पाइरहनु सदा
    तुलसी हाे नाम ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    —————<•>—————
    ११)
    तुलसी अति राम्रो
    जानी राखौँ सबैले
    बचाउँछ जिवन हाम्रो ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    —————<•>—————
    १२)
    १.
    स्वास्थ्यमा सुधार आउँछ
    तुलसी पानी खानाले
    लागेको रुघाखोकी हराउँछ ।
    २.
    रोग शरिरको जन्जिर 
    गुणकारी तुलसी खाँदा
    स्वस्थ बन्छ शरीर ।
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    १३)
    गरौँ तुलसीको पूजा
    नित्य बिहान सधैँ
    खालीपेट नखाई भुजा !
    -जनक बिसी, दक्षिण भारत कोचिनबाट
    —————<•>—————
    १४)
    १.
    विष्णुले श्राप पाए
    झार हुनु भनेर
    त्यसैले मठमा आए !
    २.
    तुलसी औषधी हुनाले
    मान्छेले मास्छन् भनेर
    पौराणिक कथा हाले ।
    -गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    १५)
    १.
    विभिन्न ठाउँका मेला
    एकादशीमा गरौँ रमाइलो
    एकसाथ भएर भेला !
    २.
    पाईन्छ  वरपर  हाम्रो
    चिसोले स्वास्थ्य बिगारे
    तुलसी  खानु  राम्रो ।
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —————<•>—————
    १६)
    एकादशीमा तुलसीको विवाह
    धूप दिप नैवेद्यले
    जीवनको पुग्दछ चाह ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    १७)
    १.
    हरिबोधिनी एकादशी जानौँ
    तुलसी पुजा गर्दै
    आयुर्वेदिक औषधी मानौँ ।
    २.
    रुघाखोकी निको पार्छ
    उमालेर तुलसी खाएमा
    सानातिना समस्या टार्छ ।
    -बेदु न्यौपाने
    —————<•>—————
    १८)
    सुन साथी सवाई
    तुलसी रोप्नु घरमा 
    हुन्छ ठुलो दबाई ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    —————<•>—————
    १९)
    असारमा तुलसी रोपिन्छ
    हिन्दु परम्परा अनुसार
    पूजा गरी पोतिन्छ ।
    -कला ढकाल, झापा
    —————<•>—————
    २०)
    मठमा रोप्न काइदा
    रुघाखोकी र ज्वरोमा
    तुलसीले गर्छ फाइदा ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    २१)
    व्रत हरिबाेधनी एकादशीकाे
    समस्त हिन्दुहरूले गर्छन्
    दामाेदरसँग विवाह तुलसीकाे ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    २२)
    तुलसी रोपौँ राम्रो
    सबैको घरहरूमा हेर
    जीवन बचाउछ हाम्रो ।
    -प्रेम शर्मा ” एकान्त प्रेमी”
    —————<•>—————
    २३)
    आज हरिबोधनी एकादशी
    तुलसी साँची राखेर
    घोटौँ कर्मको कसी ।
    -चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।
    —————<•>—————
    २४)
    १.
    तुलसी सर्वोत्तम बुटी
    हरेक घरमा  रोपौँ
    महल अथवा कुटी ।
    २.
    तुलसीको मठमा सर्दा
    मोक्ष भइन्छ भन्छन्
    अन्तिम यात्रा गर्दा l
    -बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    २५)
    १.
    रोपौँ तुलसी घरमा
    अमर कोही छैन
    रहौँ ईश्वरकै भरमा ।
    २.
    परापूर्वदेखि चलन चलेको
    ईश्वरमा आस्था राख्नु
    तर किन छलेको ?
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    २६)
    १.
    मेटिन्छ हाम्रो दशा
    सबैको घर घरमा
    रोप्नुहोस है तुलसा ।
    २.
    उपयुक्त जडिबुटी मानेर
    खुवाउँछौ मात्रा मिलाई
    निको हुने ठानेर ।
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    २७)
    १.
    तुलसीकाे पुजा गरेँ
    राेग विनाश हुन्छ
    माताकाे शरणमा परेँ ।
    २.
    मनमा मिल्दछ शान्ति
    तुलसीकाे पूजा गरेँ
    घरमा हुँदैन क्रान्ति ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट ।
    —————<•>—————
    २८)
    हरिबोधनी एकादशीको महत्व
    विष्णुको अवतार तुलसी
    मानिन्छ बहुगुणी तत्व !
    -चुडामणी देवकोटा
    पुरानोनैकाप काठमाडौँ
    —————<•>—————
    २९)
    तुलसीको पूजा गरेर
    वातावरण स्वच्छ बनाउँला
    धार्मिक आस्था भरेर !
    -पुष्पा राई, बादेल, खोटाङ ।
    —————<•>—————
    ३०)
    समाऔँ साहित्यको रसी
    स्रष्टाज्यूहरूलाई शुभकामना छ
    मनाउँदै हरिबोधनी एकादशी !
    -प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    ३१)
    एकादशीको महिमा बुझेर
    सुखशान्तिको कामना गराैँ
    पवित्र तुलसी पुजेर !
    -जयनारायण नेपाल
    बालकोट ,भक्तपुर
    —————<•>—————
    ३२)
    १.
    आज  पर्व  एकादशी
    तुलसीको  पूजा आराधना
    हृदयमा  शुद्धता  कसी  ।
    २.
    भन्छन्  विष्णु  सहचरी
    आँगन  मठ  लिपपोत
    तुलसीको  पूजा  गरी  !
    -मोती योन्जन सुब्बा, दार्जिलिङ
    —————<•>—————
    ३३)
    १.
    रोपौँ तुलसी आँगनमा
    शुभ लक्षण देखिन्छ
    सकारात्मक सोचे मनमा ।
    २.
    बनाई सफा मन
    रोप्दा घरमा तुलसी
    पाइन्छ सदा अक्सिजन !
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>—————
    ३४)
    तुलसा औषधी हुँदा
    सम्हालेर राख्छौँ यो
    सबैको मन छुँदा ।
    -सुरेशकुमार पाण्डे
    —————<•>—————
    ३५)
    हरिबोधनी एकादशी आज
    साक्षी राखेर तुलसी
    हुनेछन् राम्रो काज ‌!
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    —————<•>—————
    ३६)
    धर्म, संस्कृति जोगाऊँ
    शान्ति मिल्छ सबैलाई
    अध्यात्ममा मन लगाऊ !
    ✍️
    विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    —————<•>—————
    ३७)
    १.
    तुलसीको पूजा गरेर
    मन शान्ति बनाए
    भजन स्तोत्र जपेर !
    २.
    तुलसीको गुण बुझेर
    जताततै रोपे वातावरण
    शुद्धिकरण हुन्छ खुलेर !
    -भगवती दवाडी ,झापा
    —————<•>—————
    ३८)
    वनस्पति भगवान्का रूप
    आज ठुली एकादशी
    पुजेर बालौँ धूप !
    -अम्बिका गिरी
    —————<•>—————
    ३९)
    १.
    कहिलेकाही व्रत बसेर
    हुन्छ स्वास्थ्यलाई फाइदा
    धर्मको गहिराइमा पसेर !
    २.
    तुलसी औषधीमा जाती
    झनै विशेष हरिबोधनी
    फूल तार्नेको  ताँती !
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    ४०)
    १.
    एकादशीको महिमा बुझेर
    सुख समृद्धिले भरौँ
    तुलसीको पूजा गरेर ।
    २.
    तुलसीको जपन गरौँ
    अज्ञानतालाई हटाएर अब
    श्रद्धाको भक्तिमा परौँ !
    ✍️ विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    —————<•>—————
    ४१)
    तुलसीकाे पूजा गर
    आज एकादशी हाे
    मरेपछि स्वर्गमा सर !
    -नवराज भट्ट
    कञ्चनपुर
    —————<•>—————
    ४२)
    भोकै व्रत बसी
    पूजा गरेर मोठमा
    मनाइयो तुलसी एकादशी !
    -अमृत कोइराला
    पोखरा
    —————<•>—————
    ४३)
    हरिबोधिनी एकादशी आज
    तुलसी विवाहको दिन
    प्रचुर अक्सिजनको राज !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    —————<•>—————
    ४४)
    १.
    गर्दछ राम्रो काम
    खाइन्छ रुघाखोकी लाग्दा
    तुलसी यसको नाम ।
    २.
    देवीको रूपमा पुजेर
    सम्मान दिने परम्परा
    औसधिको महत्त्व बुझेर !
    -पृथक प्रकृति ,झापा
    —————<•>—————
    ४५)
    १.
    औषधीय गुणले युक्त
    दैनिक सेवन गरेमा
    रुघाखोकीबाट भइन्छ मुक्त !
    २.
    उज्यालो देखिन्छ आँगन
    भगाउँन रोग टाढा
    गरौँ तुलसी रोपन !
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    ४६)
    तुलसी धेरै उपयोगी
    एक उत्तम औषधी
    तन्दुरुस्त पार्छ रोगी !
    -बिबा  तामाङ
    दार्जिलिङ
    —————<•>—————
    ४७)
    एकादशीको महिमा अपरम्पार
    मनै आनन्द हुन्छ
    बुझ्दा तुलसीको सार !
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    ४८)
    १.
    तुलसीको विवाह गरियो
    दुलाहा शालिग्राम प्रभुलाई
    कन्यादान दिनेमा परियो ।
    २.
    आज उपवास बसियो
    हरिबोधिनी एकादशीको दिन
    काममा कम्मर कसियो ।
    -अरुण कुमार भुजेल , दार्जीलिङ भारत।
    —————<•>—————
    ४९)
    बुझाैँ आयुर्वेदिक महत्व
    हुन्छ तुलसीकाे विरुवामा
    एन्टी ब्याक्टेरियल तत्व !
    -काेपिला अधिकारी
    सिरानचाेक,गाेरखा
    —————<•>—————
    ५०)
    बहुगुण औषधीय तत्त्व
    भरिपूर्ण हुन्छ तुलसी
    आयुर्वेदिक वैज्ञानिक महत्त्व !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    ५१)
    १
    एकादशी तुलसीको महिमा
    पौराणिक महत्त्व रहेकोले
    संस्कृतिको बढाउँछ गरिमा !
    २.
    तुलसीको सुवास हरर
    फैलिन्छ चल्दा हावा
    मीठो सुगन्ध सरर !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    ५२)
    १.
    तुलसी देन प्रकृतिको
    उपयोग गरौँ अधिक
    पहिचान हिन्दु संस्कृतिको !
    २.
    पूजेर दिपक  जलाउनु
    घरमा तुलसी लगाएर
    दुषित जिवाणु भगाउनु !
    -मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    ५३)
    १.
    एकादशी महिमा अपार
    निराहार बसेर एकदिन
    आफ्नो जीवन सपार !
    २.
    आयुर्वेदिक औषधी तुलसी
    स्वस्थ रहला वायुमण्डल
    रमाउनेछन् रातमा शशी !
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    —————<•>—————
    ५४)
    एकादशी व्रत बस्दै
    आमा दिदीबहिनी आज
    तुलसीमा माला कस्दै !
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    ५५)
    कात्तिक शुक्ल एकादशी
    गरियो पूजा तुलसीको
    भक्तिभावले व्रत बसी !
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    ५६)
    १.
    बस्नु व्रत एकदशी
    पूजा गरि तुलसीको
    भक्ति  घरैमा बसी !
    २.
    गुणयुक्त तुलसीलाई पूजेर
    राेपौँ घरघरमा सबैले
    वातावरण शुद्ध बुझेर !
    -दुर्गा भट्टराई
    मोरङ
    —————<•>—————
    ५७)
    १.
    तुलसी बहुगुणी तत्त्व
    सबैले घरघरमै रोपौँ
    बुझेर यसको महत्त्व !
    २.
    तुलसी विष्णुको अवतार
    अत्यावश्यक विरुवा भएकोले
    रोप्न गरौँ हतार !
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन
    —————<•>—————
    ५८)
    पर्व एकादशी ठूलो
    तुलसी रोप्दाखेरि हेर
    हुन्छ उत्तम ओखतीमूलो !
    -सरिता सेढाई, धादिङ
    —————<•>—————
    ५९)
    व्रत एकादशी बसेर
    घुम्न गए साधुसन्त
    मुखमा खरानी घसेर !
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८२ सम्पन्न

  • २ मंसिर २०८१, आईतवार १८:२२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८२औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८२ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    सन्तान
    असल चेहरा
    बन्दै बाबुको सहारा !

    • वसन्त अनुभव
      [२]
      सन्तान
      वंश परम्परा
      अशक्त हुँदाको सहारा !
    • पशपती राई, खोटाङ
      [३]
      सन्तान
      माया ममता
      जिन्दगी एकअर्काको भरोसा !
    • नारायण कोइराला
      तानसेन, पाल्पा, हाल-कुवेत
      [४]
      छोराछोरी
      मायाको खानी
      डोर्‍याउने बुढेसकालमा तानी !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [५]
      माया
      पिता पुत्रको
      सम्बन्ध गाढा सूत्रको !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [६]
      सन्तान
      दु:खको साटो
      बा-आमाको सुखको पाटो !
    • बेदु न्यौपाने
      [७]
      जिम्मेवारी
      काँधमा आए
      पछि हट्दैनन् सन्तान !
    • सङ्गीता खरेल, काठमाडौँ
      [८]
      सन्तान
      गर्वको सास
      बुढेसकालमा आशको शान !
    • बिबा तामाङ, दार्जिलिङ
      [९]
      खन्याउने
      ममताकाे पाेकाे
      सन्तानकाे हृदय चाेखाे !
    • ताराप्रसाद चापागाईँ
      [१०]
      सन्तान
      मायाको चिनो
      बाबुको ठुलो सहारा !
    • डुकछिरिङ लेप्चा
      थाना लाईन वार्ड नम्बर-३, मिरिक, भारत
      [११]
      छोराछोरी
      दुबै बराबरी
      मायाले पाल्छन् जीवनभरि !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे
      [१२]
      सन्तान
      बुढेसकालको सहारा
      बन्छ सधैँ पहारा !
    • कला ढकाल, झापा
      [१३]
      जीवन
      गाँसेर सङ्गालो
      आवश्यकतामा हालेर अङ्गालो !
    • सविता के.सी.
      [१४]
      साहारा
      सन्तानको साथ
      एक जीवन्त आधार !
    • आर्त अकुलीन
      [१५]
      सन्तान
      मायाको पोको
      वृद्धमा आशाको भोको !
    • भगवती दवाडी, झापा
      [१६]
      सन्तान
      उंँधो माया
      आँखाभरि झलझली छाया !
    • चूडामणि देवकोटा
      पुरानोनैकाप, काठमाण्डौँ
      [१७]
      सन्तान
      साहसी बाण
      भरोसा जीवनको प्राण !
    • सन्तु खत्री
      [१९]
      सन्तान
      बुढेसकालकाे सहारा
      आमाबाबुले ठान्छन् भराेसा !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [२०]
      मातापिता
      सन्तानका प्यारा
      अप्ठ्यारोमा सन्तान सहारा !
    • नवराज भट्ट, कञ्चनपुर
      [२१]
      छोराछोरी
      हुन्छन् प्यारा
      बुढेसकालको जिउने साहारा !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२२]
      सन्तान
      बन्नेछन् सहारा
      बुझेर बुबाको अभिभारा !
    • नवशीला
      नवदेव मार्ग, लालभित्ती, मोरङ
      [२३]
      आशा
      सन्तानको माया
      बुबाआमाको बाँच्ने सहारा !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२४]
      सन्तती
      जीवनको सहारा
      काँधमा पितृ अभिभारा !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२५]
      बाबु
      सतिसाल बनेर
      उभिन्छन् सन्तानका निम्ति !
    • निरज कोइराला, इटहरी
      [२६]
      सन्तान
      मायाको खानी
      संस्कार सिकेका नानी !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी-८, कैलाली
      [२७]
      सन्तान
      खुसिको पल
      जन्मिदा छिमेकीको चहलपहल !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [२८]
      साहस
      मायामा हुन्छ
      जुन सन्तानले चुन्छ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२९]
      सन्तान
      कर्म मानवसेवा
      धर्म मातापिताको टेवा !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३०]
      सहारा
      सन्तान भए
      कहिल्यै हुँद‌ैनन् बेसहारा !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३१]
      सन्तान
      असल भए
      जीउँदै स्वर्ग गए !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [३३]
      सन्तान
      बन्न सक्नुपर्ने
      अभिभावकको असली संरक्षक !
    • बाबुराम पाण्डे
      [३४]
      बाबा
      मेरा उत्प्रेरक
      अब म सहारा !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३४]
      सहारा
      छोराको बाबु
      कहिले बाबुको छोरा !
    • घनश्याम पौडेल, पोखरा
      [३५]
      सहारा
      सन्तानको धर्म
      बुझेको पिताको मर्म !
    • रुना कर्माचार्य दाहाल
      चितवन
      [३७]
      सन्तान
      मातापिताको सहारा
      काँधमा पितृ अभिभारा !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, बाँके
      [३८]
      सन्तान
      बाबुकाे लागि
      बन्दैछ बुढेसकालकाे लाैराे !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [३९]
      जीवन
      खाेज्छ सहारा
      छाेराछाेरीकाे आश धेरै !
    • प्रमाेद नेपाल
      वीरगञ्ज, हाल काठमाडौँ-५
      [४०]
      कम
      दु:खको सहारा
      महान वंशको शान !
    • विवश पारदर्शी, झापा
      [४१]
      जिम्मेवारीबोध
      इच्छाशक्ति जाग्छ
      स्नेहले इच्छाशक्ति जाग्छ !
    • पृथक प्रकृति, झापा
      [४२]
      सन्तान
      सबैका प्यारा
      आखिरमा दिन्छन् सहारा !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [४३]
      माया
      मनको शान्ति
      यो जीवन रहुन्जेल !
    • दीप गोले तामाङ, रौतहट
      [४४]
      सन्तान
      हुन्छन् महान
      अशक्त हुँदालाई वरदान ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४५]
      सधैंभरि
      सन्तान सारा
      हुनुपर्छ बाबुआमाको सहारा !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [४६]
      सन्तान
      भरोसाको आड
      बुढेसकालमा खुवाउँछन् माड !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [४७]
      मातापिता
      भगवानको रूप
      बन्नुछ उनको साहारा !
    • सुरेश न्यौपाने
      [४८]
      सन्तान
      जिउने आधार
      बन्नेछन् भोलिका सहारा !
    • सुस्मिता अधिकारी, काठमाणडौँ
      [४९]
      सन्तान
      मायाको खानी
      बाआमाको आँखाको नानी !
    • कृष्ण बजगाई, भक्तपुर
      [५०]
      सन्तान
      मायाको खानी
      सानैदेखि असल बानी !
    • भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [५१]
      सन्तान
      जीवनको छहारी
      बन्नुपर्छ आमाबुबाको चौतारी !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
      [५२]
      बनून्
      सन्तान मनकारी
      दया मायाका भकारी !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [५३]
      छोराछोरी
      छन् थरीथरी
      सबैमा माया बराबरी !
    • दुर्गा भट्टराई
      [५४]
      सन्तान
      जीवनको साहारा
      बोक्नुपर्छ सबै अभिभारा !
    • धनमाया चौधरी
      [५५]
      ममता
      आमाबाबुकाे सहारा
      सन्तानको ठुलाे दायरा !
    • रबि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [५६]
      बाँच्ने
      मूल आधार
      भरोसाको बलियो सु्त्र !
    • कमला देवकोटा, पाल्पा
      [५७]
      सन्तान
      ईश्वरकाे वरदान
      गर्ने समस्याको समाधान !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५८]
      सन्तान
      काम लाग्ने
      सन्बै आखिर दु:खकष्टमै !
    • चक्र शाही, कैलाली
      [५९]
      आमा
      ममताको खानी
      हुन्छिन् सधैँ दानी !
    • विकास क्षेत्री अञ्जान
      कैजले, बिजनबारी, दार्जिलिङ
      [६०]
      सन्तान
      भरोसा केन्द्र
      भविष्यको उज्यालो किरण !
    • समुन्द्रा शर्मा, सुनसरी
      [६१]
      सन्तान
      अनेक थरी
      आँखामा आँसु सरोबरी !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [६२]
      सन्तान
      आशा भरोसा
      जीवनको असल साथ !
    • कविता आचार्य, कैलाली
      [६३]
      सन्तान
      जीवनकाे सहारा
      बाेकेका जीवनकै अभिभारा !
    • बलराज गिरी, कैलाली
      ६४.
      सन्तान
      मुटुका टुक्रा
      सधैँ सर्वश्रेष्ठ मानिने !
    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    साताका तीन लघुकथा- ६५

  • २ मंसिर २०८१, आईतवार ०८:४४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६५औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘स्वर्गको बाटो’, लघुकथाकार मित्र ‘उराठी’ गौतमको लघुकथा ‘निर्देशन’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘अपाहिज’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    लघुकथा: स्वर्गको बाटो

    ✍️ खगेन्द्र बस्याल
    -“तपाईँको घरमा आएर दिक्क पारिरहने नन्दकृष्ण आज आएको देखिनँ, कता गएछन् ?”
    दैलातुङ्ग फाँटबाट आएका थिरलालले आफ्ना साथी दयारामलाई सोधे ।

    दयारामले जिज्ञासा राखे,
    -“के गरेर हामीलाई सताएको देख्नुभएको थियो र ?”
    थिरलालले जानकारी दिए,
    -“रक्सीले झल्लिँदै आउने, बोल्न नमिल्ने शव्दहरू प्रयोग गर्ने, फेरि धोक्नका लागि पैसा मागेर मरिहत्ते गर्ने गरेको कहाँ बिर्सेको छु र !”

    -“उनी त स्वर्गको बाटो लागे नि !”
    दयाराम बताए । थिरलाल भावुक हुँदै बोले,
    -“उनको आत्माले शान्ति पावस् । उनी गएपछि परिवारले पनि शान्तिको स्वास फेरे होलान् ।”
    दयारामको भनाइ रह्यो,
    -“उनी स्वर्गको बाटो लिएपछि परिवारको मात्र होइन सारा गाउँको मनमा बेग्लै शान्ति र कान्ति उदाएको छ।”
    थिरलालले  सोधे,
    -“कहिले गए उनी स्वर्गतिर ? परिवारले आफ्नो हैसियत अनुसार दानपुण्य त गरे ?”

    -“उनी स्वर्गमा पुगिसकेका छैनन् । परिवारले कुनै दानपुण्य पनि गर्नु परेन ।” दयारामले झस्काए । थिरलालले भने,
    -“पढेलेखेका छोराछोरी भएर पनि सडेका रहेछन् । पितृको आशिर्वादले नै सबैको मनोकामना पूर्ण हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा रहेनछ।”

    दयारामले स्पष्ट पारे,
    -“कुलतलाई तिलाञ्जली दिँदै आफैँबाट नमूनायोग्य काम गरी सबैको आँखाको नानी बन्न लाग्नु नै यथार्थमा स्वर्गको बाटो हो । सबैले राम्रो काम गरे स्वर्ग यहीँ छैन त !”

    * तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८१ कात्तिक २९
    **************

    लघुकथाः निर्देशन

    ✍️ मित्र ‘उराठी’ गौतम
    कुनै आश्चर्यको कुरा भएन । हाम्रो देशमा वर्ष, डेढवर्षमा भइरहन्छ।
    सरकार फेरियो । प्रधानमन्त्री, मन्त्री नयाँ बने । नयाँ पनि के भन्नु ? ‘रक्सी पुरानै, बोतल नयाँ’ भने जस्तै ।
    सपथ ग्रहण भयो । पदवहाली गरेकै भोलिपल्ट प्रधानमन्त्रीले सचिवहरूको बैठक बोलाए ।
    -“अब पुरानो ढर्राले हुन्न । केही नयाँ गर्नुपर्छ । यो भएन, त्यो भएन, म जान्दिनँ । हो, ऐन नियमावली नयाँ बन्नसकेका छैनन्, पुरानै छन्, त्यो जगजाहेर छ । त्यो संसदको काम हो, बन्दै गर्छन् । तर तपाईँहरूको कुनै बहानाबाजी मलाई सुन्नु नपरोस् । मलाई परिणाम चाहिन्छ।”
    कडा निर्देशनका साथ उनी कड्किए ।

    अर्कोदिन सचिवहरूले मातहतका विभागिय प्रमुखहरू, निर्देशकहरूको बैठक बोलाए । प्रधानमन्त्रीको निर्देशन सुनाउँदै अझ कडारूपमा प्रस्तुत भए ।
    विभागिय प्रमुखहरू, निर्देशकहरूले पनि त्यसैगरि आफू मातहतकालाई झन् झन् कडा निर्देशन दिए । परिणाम दिन नसके कार्यसम्पादन मूल्याङ्कन बिगारिदिने, बढुवा रोकिदिने समेत चेतावनी दिए ।

    बैठक सकेर बाहिरिने क्रममा भूपध्वजले जीवनारायणसँग साउति मार्दै भने,
    -“अहिलेसम्म त निर्देशन नपाएर पो ! विकासले गति लिन नसकेको । अब त छलाङ्ग मार्ने भो नि साथी !”
                 अमरपुर–गुल्मी,हालःतिलोत्तमा न पा -२,रुपन्देही
    **************

    लघुकथा: अपाहिज

    ✍️ सुरेशकुमार पाण्डे
    -“थोरै पैदल हिँड्ने बानी पनि बसाल्नुपर्छ । जहाँ पैदलको बाटो हो, त्यहाँ पैदल हिँड्नुपर्छ । अलि टाढा भएपछि मात्र बाइक, रिक्सा वा अटोको प्रयोग गर्नुपर्छ ।”
    रवीले आफ्नो छोरा सग्रामलाई सम्झाउँदै थिए ।
    छोरा सग्राम कत्ति पनि पैदल हिँड्न मान्दैनथ्यो । परिणाम उसको शरीर अस्वाभाविक रूपमा मोटाउँदै गएको थियो । रवी, उसको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित् थिए ।
    -“बाबा म पैदल हिँड्नै सक्दैनँ, म के गरूँ ?” सग्रामले असमर्थता जतायो ।
    -“ट्याङ् .. ट्याङ् “
    डोरबेलको आवाजले बाबुछोरा नै झस्किए ।
    -“छोरा, सग्राम ! बाहिर हेर त ! सायद सामान आयो कि ?”
    रवीले सग्रामलाई हेर्न लगाए ।

    नभन्दै दैलो खोल्दा बाहिर रिक्सावाला समान लिएर खडा थियो।
    -“बाबु ! यो तोरी मगाउनुभा’को साहुजीले । सात बोरा छ, कहाँ राखौँ ?”
    रिक्सावालाले सोध्यो ।
    -“बोरी, यहाँ होइन माथिल्लो तलामा रख्नुहोस् !”
    सग्रामले उसलाई  दोस्रो तलामा राख्न लगायो । उमेरले बाउ बराबरको रिक्सावाला चुपचाप बिस्तारै सातवटै बोरी माथिल्लो तलामा पुरायो ।
    -“हजुरको खुट्टामा केही भएको छ ?”
    सग्रामले उसलाई खोच्याएको देखेर सोध्यो । उसले सटिकमा उत्तर दियो,
    -“हजुर !”
    -“के भएको हो ?”
    -“एक्सिडेन्ट भएको थियो, केही वर्ष पहिले ।”
    उसले आफ्नो दायाँ खुट्टा झिकेर देखाउँदै भन्यो । त्यो देखेर सग्राम झसङ्ग भयो र मनमनै भन्यो,
    -“उफ् ! वास्तवमा अपाहिज त म पो ! रहेछु ।”

    दाङ घोराही १८
    १३-११-२०२४(२८-०७-२०८१)
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथा

    झिल्का लेखन अभियानको ३७ औँ शृङ्खला (ठन्डी मौसम विषयक) सम्पन्न

  • २९ कार्तिक २०८१, बिहीबार २०:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३७ औँ शृङ्खला (ठन्डी मौसम विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका ठन्डी मौसम विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    समय नआकौँ कम
    पर्नसक्छ स्वास्थ्य समस्या
    ठन्डीको छ मौसम !
    -वसन्त अनुभव, दाङ
    —————<•>—————
    २)
    बढ्यो ठन्डीको मौसम
    काप्दैछ थरथर शरीर
    आगोले भएन कम !
    -हरिनारायण चौधरी
    —————<•>—————
    ३)
    १)
    लगाइदिनु तेल तताएर
    बालक अनि वृद्धलाई
    नमरुन् ठन्डीले सताएर !
    २)
    गाँस अनि बासमा
    उचित ध्यान पुर्याउनु
    अबको चार मासमा !
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    ४)
    बढ्दैछ ठन्डीकाे याम
    स्वास्थमा पर्छ असर
    ताप्नु बिहानको घाम !
    -भाेलामान बर्देवा (बैरागि माईलाे)
    धरान ८ सुनसरी
    —————<•>—————
    ५)
    १)
    ठन्डी बढेकाे याम
    ख्याल गरेर बस्नु
    ताप्दै रापिलो घाम !
    -जी.वि. चिन्तन
    घाेराही,दाङ
    —————<•>—————
    ६)
    ठन्डी मौसमको बेला
    झोलिलो तातो खानु
    नगर्नु स्वास्थ्यसँग रेला ।
    -अरुण कुमार भुजेल
    दार्जीलिङ्ग,भारत
    —————<•>—————
    ७)
    १)
    तात्तातो सुप खाऊँ
    न्यानो कपडा लगाएर
    आफूलाई चिसोबाट जोगाऊँ !
    २)
    व्यथाले हामीलाई सताउँछ
    बेलैमा बुद्धि नपुराए
    चिसोले शरीर गलाउँछ ।
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    ८)
    १)
    तराईमा चल्छ शीतलहर
    हिमालमा पर्छ हिउँ
    जीवन जिउन कहर ।
    २)
    गाउँ वा सहर
    आयो ठन्डी मौसम
    गरीबलाई तातोको रहर !
    -सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    ९)
    चिसो चिसो रातमा
    तातो तातो हुन
    चाहिन्छ कोही साथमा ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    १०)
    चिसो ठन्डीको याम
    अब हुन्छ प्यारो
    न्यानो तातो घाम ।
    -सरिता सेढाई धादिङ
    —————<•>—————
    ११)
    १)
    मौसम बदलिएर आयो
    सबै बनौँ होसियार
    चिसोले साह्रै सतायो ।
    २)
    अब ठन्डी जाग्छ
    न्यानो लुगा लगाऔँ
    आफैँ चिसो भाग्छ ।
    -बेदु न्यौपाने
    —————<•>—————
    १२)
    १)
    चिसोमा न्यानो लगाऊँ
    यसबाट बँच्नका लागि
    तातो झोझिलो खाऊँ ।
    २)
    ठण्डी मौसमको बेला
    न्यानो कपडा लगाउनुपर्छ
    नगरौँ स्वास्थ्यमा खेला !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —————<•>—————
    १३)
    १)
    तात्ताताे खाना खाऔँ
    चिसाे माैसमबाट हामीले
    आफ्नो शरीर बचाऔँ ।
    २)
    बचौँ ठन्डीकाे बेला
    हाेइन भने हामीलाई
    राेगकाे हुन्छ झमेला !
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    —————<•>—————
    १४)
    १)
    बुढापाकालाई बढ्छ दम
    ख्याल गरौँ सबैले
    आयो चिसो मौसम ।
    २)
    तात्तातो खानेकुरा खाऊँ
    न्यानो लुगा लगाउँदै
    स्वस्थ भएर रमाऊँ !
    -अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    १५)
    ठन्डी मौसम आयो
    स्वयम् ख्याल गरौँ
    कुहिरो चारैतिर छायो ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    १६)
    १)
    जाडो मौसम आयो
    जोगिएर बस्नु सबैले
    चिसोले ज्यान खायो ।
    २)
    तातोपानी खाना खाऊँ
    घाम तापौँ आँगनीमा
    न्यानो लुगाफाटो लगाऊँ !
    -दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    १७)
    पटुकीले कम्मर कस्नु
    मौसम छ ठन्डी
    तातो खाई बस्नु ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    —————<•>—————
    १८)
    जाडो बिस्तारै बढ्दैछ
    ख्याल गर्नु सबैले
    कपडाको मोल चढ्दैछ !
    -धनमाया चौधरी, कैलाली
    —————<•>—————
    १९)
    १)
    ठन्डी यो मौसमभरि
    न्यानो लुगा लगाऔँ
    शरीरको सुरक्षा गरी !
    -लक्ष्मण देउवा डोटी
    —————<•>—————
    २०)
    १)
    शीतल छ सहर
    चिसोले गलेको हुँदा
    तातोको छ रहर !
    २)
    जाडोको फैलियो लहर
    काँप्दै गरीबको जीवनले
    घामको गर्यो रहर !
    -लक्ष्मी रिजाल
    कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी
    —————<•>—————
    २१)
    बिस्तारै बढ्दैछ ठन्डी
    खोज्दैछ शरीरले पनि
    तातो न्यानो मन्डी !
    -शंकर कार्की, मकवानपुर
    —————<•>—————
    २२)
    ठन्डी बढेछ धेरै
    कसो गर्ने होला
    फाट्यो चोली मेरै !
    -सञ्जना शर्मा
    लुम्बिनी प्रदेश नेपाल
    लमही दाङ
    —————<•>—————
    २३)
    चिसो मौसमबाट बचौँ
    सबैमा सौहार्दता बाँडेर
    झिल्का कविता रचौँ !
    -प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    २४)
    पुसको महिना फुस्स
    बालक बुढाबुढीलाई चिसो
    जाडोले बनायो झुस्स !
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    २५)
    १)
    चिसो मौसम आयो
    धेरैजसो बाआमा केटाकेटीलाई
    साह्रै नै सतायो !
    २)
    न्यानो कपडा लगाऊँ
    चिसोबाट बँच्न हेर
    झोलिलो तातो खाऊँ ।
    -कला ढकाल, झापा
    —————<•>—————
    २६)
    १)
    टल्किन्छ शीतको थोपा
    प्रतिविम्ब ठन्डी मौसमको
    आहा ! न्यानो कनछोपा ।
    २)
    न्यानो राख्नु जीउलाई
    ठन्डी मौसमले सताउला
    बरफिलो सिरेटो आई !
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    २७)
    १)
    ठन्डी मौसम आयो
    गाउँ, सहर जताततै
    आफ्नो आधिपत्य जमायो ।
    २)
    आफ्नो ख्याल गर्नुहोला
    आवालवृद्ध ती सबैजनालाई
    चिसोले पार्ला कोलाकोला !
    -बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    २८)
    १)
    जाडोमा चिया लिनु
    कुरा भन्नेहरूको पनि
    सोचेर तिमी भनिदिनु ।
    २)
    तातो कुरो खाऊँ
    यो जाडोको मौसममा
    छिट्टै घर जाऊँ ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    —————<•>—————
    २९)
    १)
    आकाश खुलेको रात
    बिहानीपख हुँदा सधैँ
    धर्तीभरि हुन्छ तुषारापात !
    २)
    जाडोले शरीर कमाउने
    न्यानो लुगा छैन
    ज्यान कसरी बचाउने ?
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    ३०)
    १)
    तातो कपडा लगायो
    चिसो मौसममा चट्ट
    तात्तातो कुरा खायो ।
    २)
    तातो खाना खाऊँ
    चिसो शुरू भयो
    दिनमा घुम्न जाऊँ ।
    -प्रेम शर्मा ” एकान्त प्रेमी “
    कालेबुङ
    —————<•>—————
    ३१)
    १)
    आउँदैछ ठन्डी मौसम
    मिलाउनु छ चाँजोपाँजो
    बढ्दछ खोकी, दम ।
    २)
    हुनेले लुगाफाटा लगाउँला
    नहुनेले घाम आगो
    तापेर जाडो भगाउँला !
    -मोती योन्जन सुब्बा दार्जिलिङ।
    —————<•>—————
    ३२)
    १)
    ठन्डी माैसम आयो
    परिवर्तन भयो समय
    शीतलहरको कहर छायो ।
    २)
    न्यानो घाम ताप्नु
    ठन्डी मौसमको बेला
    शरीरको तापक्रम नाप्नु !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    ३३)
    १)
    चिसो हुँदैछ भयानक
    दीर्घ रोगीले विशेष
    ध्यान राखौँ एकपटक !
    २)
    बाक्लो कपडा लगाऔँ
    ताजा खानेकुरा खाई
    सजिलै जाडो भगाऔँ ।
    -खडक आर सि मिलन
    छेडागाड नगरपा२ साल्मा जाजरकोट
    —————<•>—————
    ३४)
    १)
    ठन्डी मौसमको आगमन
    जोगिऔँ हामी सबै
    स्वस्थ राखौँ तन !
    २)
    पानी पर्याप्त पिउनु
    व्यायाम गर्नु दिनहुँ
    न्यानो लुगा सिउनु ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    ३५)
    ठन्डी मौसमको जाडो
    फर्केर आई हेर
    पातलो लुगा घाँडो !
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    ३६)
    जीवनले दुःख पायो
    सबै सतर्क बनौँ
    जाडोको मौसम आयो ।
    -दीप गोले तामाङ
    🏠️चन्द्रपुर -१, पौराई, रौतहट
    —————<•>—————
    ३७)
    १)
    ठन्डी बढ्न थाल्यो
    राखौँ स्वास्थ्यमा ख्याल
    रोगले कदम चाल्यो ।
    २)
    मौसम अँध्यारो कालो
    धान काटेर खेतैभरि
    झ्यार्‍ पानीको पालो ।
    -भगवती दवाडी ,झापा
    —————<•>—————
    ३८)
    १)
    ताताे खानेकुरा खाऊँ
    चिसाे बढ्दै गयाे
    न्यानाे लुगा लगाऊँ ।
    २)
    बाक्ला लुगा लगाऊँ
    शरीर न्यानाे राखी
    चिसाे सबै भगाऊँ ।
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला
    —————<•>—————
    ३९)
    हिँड्नु पर्छ खोजी
    ठन्डीले जीउ कठ्याङ्ग्रिदा
    बस्नुपर्छ घाम रोजी !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    —————<•>—————
    ४०)
    १)
    रुघामार्कीले नाक छोयो
    तुषारापात परेको मन
    उनलाई सम्झेर रोयो ।
    २)
    डाँडापारी घाम झर्ला
    मायालु बिर्सियौ भने
    चिसोले कठ्याङ्ग्रिनु पर्ला !
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी ।
    —————<•>—————
    ४१)
    १)
    मौसम आयो चिसो
    होसियार रुघाखोकी लाग्छ
    फेरि हुनसक्छ लिसो ।
    २)
    सर्दीमा जोगिएर जिउनु
    जिरा, अदुवा उमालेर
    चिया जस्तो पिउनु ।
    -पृथक प्रकृति ,झापा
    —————<•>—————
    ४२)
    गर्मीलाई विदा गरी
    चिसो ल्यायो मौसमले
    सेताम्मे हिउँ परी !
    -नन्दा धामी
    नौगाड, दार्चुला
    —————<•>—————
    ४३)
    मौसम आयो ठन्डीको
    पीडा सधैँ गरीबलाई
    अभाव खड्किन्छ मन्डीको !
    -बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    ४४)
    माैसम छ ठन्डा
    नेता छन् मस्त
    जनतालाई देखाउँदै डन्डा ।
    -जयनारायण नेपाल
    बालकोट ,भक्तपुर ।
    —————<•>—————
    ४५)
    १)
    चिसो बढेको बेला
    रुघाखोकीले सताउन सक्छ
    नठानौँ कसैले रेला ।
    २)
    चिसोले धेरै सताउँछ
    शीतलहर चल्दा तराईमा
    सब कोहीलाई अत्याउँछ ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    ४६)
    १)
    ठन्डी मौसमको बेला
    तातो घाम प्यारो
    गर्मीमा त्यही हेला !
    २)
    चिसोमा हिउँ पर्छ
    तात्तातो कपडा किन्नु
    ज्यानमा गर्मी भर्छ ।
    -राजेश्वरी राजोपाध्याय
    ललितपुर
    —————<•>—————
    ४७)
    १)
    न्यानो लुगा लगाऔँ
    चिसो लाग्न सक्छ
    खोकी, ज्वरो भगाऔँ ।
    २)
    न्यानो लुगाको बजार
    जसरी पनि किन्नुपर्ने
    लाइनमा मान्छे हजार !
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————
    ४८)
    १)
    मौसम फेरिने मौका
    रुघाखोकीले सताउँछ निकै
    हान्छ यसले चौका ।
    २)
    उठ्नै नसकिने कस्तो ?
    ज्वरो निरन्तर आएर
    यसैले लैजान्छ जस्तो ।
    -मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    ४९)
    १)
    आयाे माैसम ठन्डी
    सुरक्षित रहनुपर्छ सबैले
    ओढ्नु हजुर मन्डी ।
    २)
    बेलाकाे हाेसियारी राम्राे
    माैसमअनुकूल पहिरनले धर्नु
    ज्यान सुरक्षित हाम्राे ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    ५०)
    चिसो मौसमको बेला
    न्यानो कपडा लगाउनु
    नगर्नु स्वास्थ्यमा खेला ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    ५१)
    १)
    ताताे चियाकाे प्याला
    फाइदा गर्छ त्यसले
    फुटाउँदै ठन्डीको ताला !
    २)
    ऊनी लुगा लगाऊँ
    ठन्डी मौसम बुझेर
    चिसाे तह लगाऊँ ।
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    —————<•>—————
    ५२)
    घुमेर आयाे फेरि
    ठन्डीको माैसम हेर
    आकाश जमिन घेरी !
    -काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    ५३)
    १)
    गर्मीको समय गयो
    चिसो बल्झेर अझै
    जाडो जवान भयो ।
    २)
    बाँचौँ बचाउँ नेपालीपन
    प्रकृतिको नियम गतिलो
    सबै हामी सज्जन ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    —————<•>—————
    ५४)
    १)
    चिसो माैसम आयो
    चाहियो तातो लुगा
    कपडाले भाउ पायो ।
    २)
    धनाढ्य अकुत पैसावाला
    जस्तो होइन गरीब
    लाउन नपाउँदै जाला !
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ।
    —————<•>—————
    ५५)
    १)
    कतै छ हिउँ
    कतै पर्छ शीतलहर
    न्यानो कपडा दिउँ ।
    २)
    छ चिसाे लहर
    देशैभरि अहिले पनि
    सबैलाई छ कहर ।
    -रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    ५६)
    १)
    जाडोको जवानी चढ्यो
    गाउँघरदेखि सहरसम्म नै
    धुमधामले अघि बढ्यो ।
    २)
    मनतातो पानी खाऔँ
    बाक्लो लुगा लगाएर
    मात्र बाहिर जाऔँ ।
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन
    —————<•>—————
    ५७)
    ठन्डी मौसम आयो
    दिन भए घमाइला
    रात्रिमा चिसो छायो ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    —————<•>—————
    ५८)
    १)
    लाग्यो मौसम ठन्डीको
    बजारमा न्यानो लुगाहरू
    बिक्न थाले मन्डीको ।
    २)
    भन्छन् जाँडो माघमा
    गरीबलाई ठन्डीले सताउँछ
    छैन लुगा ताकमा ।
    -दिल ठकुरी, दार्जिलिङ
    —————<•>—————
    ५९)
    १)
    जाडोमा चिसो पिउनु
    गर्मीमा तातो चाहिन्छ
    स्वस्थ भएर जिउनु ।
    २)
    चिसोबाट तात्ने हुन्छ
    सेलाएर जान्छ तातो
    अनि जाडोले छुन्छ ।
    -गुणनिधि घिमिरे, अमेरिका
    —————<•>—————
    ६०)
    १)
    मौसम जाडोको आयो
    थेग्न नसक्ने शरीर
    पीडाले झन् छ्ट्पटायो ।
    २)
    नसक्ने जाडो थाम्न
    आएछ समय अचेल
    शरीर थाल्यो काम्न !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    ६१)
    १)
    ठन्डी मौसम आयो
    शरीरले न्यानोपन खोज्न
    तातो कपडा पायो ।
    २)
    चारैतिर शीतको लहर
    सबेरै उठ्न सकिँदैन
    पर्खिनु घामको प्रहर !
    -विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    —————<•>—————
    ६२)
    ठन्डी गोजीमा हात
    पकाउ आमा तातो
    खाइहाल्छु म भात !
    -बिबा तामाङ
    दार्जिलिङ
    —————<•>—————
    ६३)
    तात्तातो जहाँ पाइन्छ
    ठन्डी मौसमको बेला
    पौष्टिक आहार खाइन्छ ।
    -मोती सुब्बा
    —————<•>—————
    ६४)
    गुणकाे मूल तुलसी
    अक्सिजनकाे राम्राे स्राेत
    प्रयोग गरौँ रोपी !
    -हरिगाेपाल न्हुच्छेँपणरधान
    काभ्रे, साँगाबजार बनेपा १४ ।
    —————<•>—————
    ६५)
    न्यानो लुगा लगाऊँ
    लौ यसपालिको जाडो
    सबै मिली भगाऊँ !
    -दीप गोले तामाङ, रौतहट
    —————<•>—————
    ६६)
    न्यानो भएर बस्नुपर्छ
    बड्दैछ ठन्डी मौसम
    हातखुट्टामा तेल घस्नुपर्छ ।
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    —————<•>—————
    ६७)
    स्विटर लगाएर जिउनु
    चिसो माैसम आएपछि
    तातोपानी सधैँ पिउनु ।
    -श्रीकृष्ण धामी, बझाङ
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ३४ औँ शृङ्खला (बाढी पहिरो विषयक) सम्पन्न

  • २८ कार्तिक २०८१, बुधबार २३:३२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३४ औँ शृङ्खला (बाढी पहिरो विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    —————<•>————–
    १)
    वर्षा भइदिदा अति
    बहुलायो बाढी पहिरो
    गर्दै जनधनको क्षति !
    २)
    बसौँ सुरक्षीत ठाउँमा
    जताततै छ प्रकोप
    सहर अनि गाउँमा !
    -वसन्त अनुभव
    घोराही, दाङ
    //२//
    —————<•>————–
    बनायौँ प्रकृतिप्रकोपको बाटो
    रमायौँ सुविधा भनेर
    क्षणभरमा बन्यो माटो ।
    -म्यामराज राई, भोजपुर
    //३//
    —————<•>————–
    समाज बनाऔँ राम्रो
    अखण्ड बनाउ देश
    कर्तव्य बुझेर हाम्रो !
    -सुरेशकुमार पाण्डे दाङ घोराही १८
    //४//
    —————<•>————–
    १)
    प्रकृतिले पुर्‍यायो हानी
    बाढीले बगाएर अचेल
    सकियो धेरैको जिन्दगानी !
    २)
    जनताको भयो नोक्सानी
    भिषण वर्षाको कारण
    दुखेको छ राजधानी !
    -पृथक प्रकृति ,झापा
    //५//
    —————<•>————–
    बर्सात सारै भयो
    भेल बाढीले जनजीवन
    सरकार कहाँ गयो ?
    -जनक बिसी
    दक्षिण भारत कोचिन
    //६//
    —————<•>————–
    १)
    गरीबको सपना बग्यो
    डुबानमा पर्‍यो तराई
    पहाड पहिरोले लग्यो ।
    २)
    शरदमा बाढी पहिरो
    कसरी मनाउने दसैँ
    मनमा चोट गहिरो !
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ
    //७//
    —————<•>————–
    १)
    बाढीले गर्‍यो क्षति
    उद्धारमा सक्षम भएनन्
    देखाए नेताले गति ।
    २)
    सबै सतर्कता बनौँ
    बाढीले वितण्डा मच्चायो
    खतरापूर्ण सूचना भनौँ ।
    -बेदु न्यौपाने
    //८//
    —————<•>————–
    धर्मको विनास भैरह्यो
    प्रकृतीको दोहनले होला
    बाढी पहिरो गैरह्यो !
    -रिता खराल, रुपन्देही
    //९//
    —————<•>————–
    १)
    छोडिदिऔँ नदीको बाटो
    मन लगाऔँ वृक्षारोपणमा
    जोगाऔँ आफ्नो माटो !
    २)
    नहोस् कतै क्षति
    पुर्याऔँ होस् बेलैमा
    रोकौँ सम्भावित खति ।
    -सुस्मिता अधिकारी ,काठमाडौं
    //१०//
    —————<•>————–
    १)
    पहिरो गयो अति
    जनधनको विनाश भयो
    डुब्यो राजधानी जति ।
    २)
    झरी वर्षाले गर्दा
    देशको हालत यस्तो
    प्राकृति प्रकोप पर्दा ।
    -एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    //११//
    —————<•>————–
    १)
    देशभरि बाढी पहिरो
    सडक, घरहरू डुबानमा
    पिडितमा चिन्ता गहिरो ।
    २)
    सुनकोशीको पुल झर्यो
    रामेछाप, सिन्धुली जोडिने
    जनतालाई आपत पर्यो ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    //१२//
    —————<•>————–
    १)
    खतरा उकालो लाग्यो
    अझै रोकिएन पानी
    पीडितले न्याय माग्यो ।
    २)
    ज्यानको जोखिम भयो
    संसारमा आधी हुरी
    दिनप्रतिदिन बढ्दै गयो ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    //१३//
    —————<•>————–
    १)
    बाढी पहिरो आयो
    प्रकृति निष्ठुरी हुँदा
    धेरैको ज्यान खायो ।
    २)
    पहाडमा मूल फुट्यो
    बाढी पहिरो जाँदा
    धेरैको बास लुट्यो ।
    -मन थापा
    पोखरा २१ बक्रेक
    //१४//
    —————<•>————–
    १)
    सामर्थ्यभन्दा बाहिरको कुरा
    बाढीले पुर्यायो क्षति
    प्रकृतिले हान्यो छुरा ।
    २)
    देश डुब्यो शोकमा
    घरखेत बगायो सबै
    बस्नुपर्ने भयो भोकमा ।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ
    //१५//
    —————<•>————–
    १)
    समय समयको खेला
    हुनेगर्छ प्रकृति प्रकोप
    आउनसक्छ जुनसुकै बेला ।
    २)
    बर्सातमा भेलबाढी आउँछ
    बन्द हुन्छ बाटोघाटो
    मान्छेले दु:ख पाउँछ ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    //१६//
    —————<•>————–
    १)
    देश दुखेको बेला
    चिन्ता छैन नेतालाई
    गर्दैछन् भ्रमण मेला l
    २)
    बाढी अनि पहिरो
    हुन् प्राकृतिक विपत्ति
    चोट दिन्छन् गहिरो l
    -बाबुराम गौतम, गुल्मी
    //१७//
    —————<•>————–
    १)
    पानी आइरह्यो किन
    पीडितले मागे गुहार
    कोही आएनन् दिन !
    २)
    डुबायो किन जनतालाई
    टुलुटुलु हेरी बसेर
    नेपालीले धोका पाई ।
    -रक्षा कालि रे
    //१८//
    —————<•>————–
    १)
    वितन्डाले दुर्दशा निम्त्यायो
    रुवाबासी कोलाहल चारैतिर
    धनसम्पत्ति सबैको खायो !
    २)
    बादलुको कारण जलमग्न
    हाहाकार भयो पृथ्वीमा
    लाभा थाल्यो बग्न ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    //१९//
    —————<•>————–
    १)
    नचिताएको ठाउँमा पहिरो
    चिनारुको क्षती भएछ
    मुटुमा चोट गहिरो ।
    २)
    ढुङ्गालाई माटोको भर
    विश्वास अनि नाताको
    मान्नुपर्दैन कुनै डर !
    -मोती योन्जन सुब्बा, दार्जिलिङ।
    //२०//
    —————<•>————–
    १)
    अहाेरात्र बर्सियाे झरी
    धनजनकाे क्षति भयाे
    बचाउ लाैन हरि !
    २)
    दु:ख निम्छरोले पाउने
    गाँसबासकाे भयाे समस्या
    अब कता धाउने ?
    -प्रद्युम्न चालिसे
    //२१//
    —————<•>————–
    १)
    शहर भयो बेहाल
    रोकिदेऊ अब तिमी
    मर्ने भो हाल !
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    //२२//
    —————<•>————–
    साँघुरो पार्‍यौ निकास
    दुश्मन आफैँ बन्यौ
    आफ्नै गर्‍यौ विनाश ।
    -कपिल किशोर घिमिरे
    //२३//
    —————<•>————–
    बाढी पहिरो आयो
    नसोचेको आज देशमा
    गाउँ सहर डुबायो ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    //२४//
    —————<•>————–
    १)
    बाढी आइरहन्छ दिनदिन
    सतर्कता अपनाउनुपर्छ हामीले
    अप्ठ्यारोमा पार्नसक्छ छिनछिन !
    २)
    लियो धेरैजनाको सास
    बाँचुन्जेल कस्लाई लाग्दैन
    धेरै बाँच्ने आस !
    -सुनगाभा पोखरेल
    हाल: नेपालगन्ज
    //२५//
    —————<•>————–
    १)
    जायजात, जनधन, कृष्यमा
    क्षति ल्यायो प्रकोपको
    भावुक बनाई दृश्यमा !
    २)
    दुःखदायी समय‌ आयो
    निर्दयी प्रकोपले गर्दा
    जनजातिले दुःख पायो !
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    //२६//
    —————<•>————–
    १)
    सुरुङ मार्ग बनाऊँ
    बाढी पहिरोले रुवायो
    वैकल्पिक बाटो खनाऊँ ।
    २)
    अब भयो अति
    मुकदर्शक छ सरकार
    सहने हामीले कति ?
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    //२७//
    —————<•>————–
    १)
    प्रकृतिलाई खेल्न देऊ
    सत्य छ प्रकृति
    हामीले बुझ्नुछ भेऊ !
    २)
    दैवी विपत्तिले आहात
    मानवताको परीक्षा हुँदैछ
    मिलेर दिलाउनुछ राहात !
    -ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    //२८//
    —————<•>————–
    १)
    पानीको प्रकोपले सताउँदा
    पहिरोको डर भयो
    यसरी झरी पलाउँदा !
    २)
    पहाडमा पहिरो जाँदा
    मन रुन्छ मधेशमा
    बाढीले घर लाँदा !
    -अन्मोल मुस्कान
    तकदाह, छाउनी, दार्जिलिङ
    //२९//
    —————<•>————–
    फरक पर्दैन गहिरोले
    देशभर ठूलो क्षति
    आज बाढी पहिरोले !
    -दीप गोले तामाङ
    //३०//
    —————<•>————–
    १)
    चोट लाग्यो गहिरो
    देशभर विपत्ति आज
    बाढी र पहिरो !
    २)
    कतिको भयो उठिबास
    पहिरो र डुबानमा
    हराएको भेटिएन लास ।
    -सङ्गीता खरेल
    काठमाडौँ
    //३१//
    —————<•>————–
    १)
    निर्दय दैव भएर
    दुःख पाए जनताले
    बाढी पहिरो गएर !
    २)
    मर्दै गयो आस
    बाढी पहिरो प्रकोपमा
    भयो सबै नास !
    -सृष्टि एरी, तनहुँ
    //३२//
    —————<•>————–
    आयो बाढी पहिरो
    छाक कसरी टार्नु
    नेता सबै बहिरो ।
    -गंगाराम यादव
    औरावनी २ सुनसरी
    //३३//
    —————<•>————–
    बेमौसमी झरी परेको
    बाढी पहिरो गएर
    प्रकृतिले अन्याय गरेको !
    -कला ढकाल
    //३४//
    —————<•>————–
    कस्तो विडम्बनाको वर्ष
    सर्वत्र बाढी पहिरो
    लुट्यो जनको हर्ष !
    -तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    //३५//
    —————<•>————–
    १)
    समयले दिएको चोट
    निको पार्नेछ समयले
    समयकै हो अठोट !
    २)
    कारण बनियो बाढी
    गन्तव्य उहि सबैको
    जानैपर्छ सन्सार छाडी !
    -कमला पौडेल
    //३६//
    —————<•>————–
    १)
    वर्षाको गति अति
    बाढी पहिराले गर्दा
    देशमा जनधनको क्षति !
    २.
    वर्षाले बगायाे घर
    बाँच्ने जिउने पनि
    छैन अब भर ।
    -श्रीकृष्ण धामी – बझाङ
    //३७//
    —————<•>————–
    १)
    बाढी पहिरो गएछ
    यी लत्ताकपडा जोगाउँदा
    ज्यानमा खतरा भएछ ।
    २)
    बाढीपीडीत रुँदै आए
    सरकार छ मुकदर्शक
    जनताले हार खाए !
    -साहित्य प्रेमी सुशील
    धनगढी
    //३८//
    —————<•>————–
    १)
    बाढी बगायो घरबारी
    धनजनको क्षति न्यूनीकरणमा
    कमजोर भयो पूर्वतयारी !
    २)
    सजगतामा खेलाँची नगरौँ
    राजधानीकै अवस्था देखियो
    शासकको आसमा नपरौँ !
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    //३९//
    —————<•>————–
    १)
    पहाडमा पहिरो गयो
    भारी वर्षा नेपालभरि
    तराई जलमग्न भयो !
    २)
    घरभित्र बाढी पस्यो
    कति भयावह प्रकोप
    आँखाबाट आँसु खस्यो !
    -रमेश धामी, बझाङ
    //४०//
    —————<•>————–
    थामिएन अहिलेको झरी
    धेरैले ज्यान गुमाए
    बाढी पहिरोमा परी !
    -अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    //४१//
    —————<•>————–
    १)
    बाढी पहिराे आयाे
    भयाे जनजीवन अस्तब्यस्त
    धेरैकाे ज्यान खायाे !
    २)
    सडकमा आयो पहिराे
    सवार अबरुद्ध छन्
    पिर पर्याे गहिराे ।
    -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    //४२//
    —————<•>————–
    विपत्तिलाई सम्पत्ति बनाए
    केही बुझक्कडहरूले हामीलाई
    ऋणको थुप्रै लगाए !
    -नन्दलाल आचार्य
    बेलका-२, उदयपुर
    //४३//
    —————<•>—————
    १)
    आए बाढी पहिराे
    विपद छायाे अति
    पर्याे चाेट गहिराे ।
    २)
    गाँसबास जम्मै बगायाे
    सहारा कता खाेज्ने
    जिन्दगी आँसुमा डुबायाे ?
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार
    //४४//
    —————<•>————–
    आयो बाढी पहिरो
    भयो क्षति धेरै
    मनमा दुःख गहिरो ।
    -कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    //४५//
    —————<•>————–
    १)
    मापदण्ड मिचेका घर
    उर्लिएर आएको खोलाले
    बनायो सबै बगर !
    २)
    मानवता बाँकी रहेन
    छानोबाट गुहार माग्दा
    कसैको सहयोग भएन ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    //४६//
    —————<•>————–
    १)
    बगेकाे जिन्दगी पहिराेमा
    बाधी पहिराेकाे जाेखिम
    सरकार निद्रा गहिराेमा ।
    २)
    छतमा गरीब कराउँछ
    गर्ल्याम्म ढल्छ वासस्थान
    बालबच्चा सदा हराउँछ ।
    -हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला, सल्यान
    //४७//
    —————<•>————–
    १)
    विपत्तिमा मलम लगाऔँ
    कसैलाई काखापाखा नगरी
    सबैका समस्या भगाऔँ !
    २)
    प्रकृतिको हो खेल
    देखेको हुँदैन प्रकोप
    उर्लिदै आउँछ भेल !
    -धनमाया चौधरी कैलाली
    //४८//
    —————<•>————–
    मातियो बाढी पहिरो
    धनजनको क्षति उस्तै
    पीडा झन् गहिरो !
    -प्रेम थापा “मन”बागलुङ
    //४९//
    —————<•>————–
    १)
    पहिराेले बेहाल बनायो
    दुःख पीडा दिएर
    दैव पनि रमायो ।
    २)
    देशमै विपद् गयाे
    कस्ताे रहेछ जिन्दगी
    भगवान् नसाेचेकाे भयाे ।
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला
    //५०//
    —————<•>————–
    १)
    उर्लिएर आयो छाल
    हेर्दाहेर्दै डुबायो घर
    बनायो हेर बेहाल !
    २)
    पहिल्यै पुर्‍याई विचार
    सुरक्षीत ठाउँमा बसौँ
    नरोजी नदीको किनार !
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा. ६ सङ्खुवासभा।
    //५१//
    —————<•>————–
    १)
    प्रकृतिको चेतावनी हामीलाई
    जानिएन सचेत हुुन
    सुझाव सबै अग्रगामीलाई !
    २)
    सजिलोसँग जीवन पाइँदैन
    जानेहरू अब बितिसके
    उनीहरूलाई केही चाहिँदैन ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    //५२//
    —————<•>————–
    १)
    बर्सियो एकनास झरी
    गरायो धनजनको नास
    शोकाकुल छ कठैबरी !
    २)
    अटेरी गर्ने बानीले
    खोली किनार अतिक्रमण
    विध्वंस गर्यो पानीले !
    -बिमल पोखरेल
    धरान -१७,पटनाली
    //५३//
    —————<•>————–
    १)
    जताततै बाढी पहिरो
    जनधनको हानी देखेर
    लाग्यो चोट गहिरो !
    २)
    मिचेर बनायौँ प्रकृतिलाई
    सुविधा भनेर रमायौँ
    अहिले लग्यो बगाई !
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी
    //५४//
    —————<•>————–
    बाढी पहिरो जान्छ
    भिरपाखा र खोलामा
    घरखेत सबै लान्छ ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    //५५//
    —————<•>————–
    १)
    बाढी पहिरो आएर
    धनको भयो क्षति
    जीवन गयो बगाएर !
    २)
    बाढी पहिरोको डर
    धेरैको मृत्यु भयो
    जीवनको छैन भर !
    -कृष्ण बजगाई भक्तपुर
    //५६//
    —————<•>————–
    प्रकृति रुष्ट भयो
    अविरल वर्षा मुलुकमा
    धेरैको ज्यान गयो ।
    -मनोहरी पौडेल
    गैडाकोट १
    //५७//
    —————<•>————–
    कतै बाढी गयो
    पहिरोले कैयौँ ठाउँमा
    पीडितको उठिबास भयो ।
    -सरिता सेढाई, धादिङ
    //५८//
    —————<•>————–
    १)
    नसोचेको क्षति भयो
    थाहा छैन आजसम्म
    कतिको ज्यान गयो ।
    २)
    सरकारको नजाँदा ध्यान
    अकालमै गुमाउनु पर्‍यो
    गरीबले आफ्नो ज्यान ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    //५९//
    —————<•>————–
    पानीको काल जाग्यो
    सारा धानबाली नासेर
    वर्षा टाढा भाग्यो ।
    -भगवती दवाडी
    //६०//
    —————<•>————–
    १)
    गरीबकै हुने क्षति
    ध्यान जाओस् सरकार
    दुःख सहनु कति !
    २)
    गरीब रहरले हुँदैन
    जति हामी रुन्छौँ
    सरकार त्यति रुँदैन ।
    ✍️
    ललिता गिरी सिन्धुली
    //६१//
    —————<•>————–
    १)
    अविरल झरीले सतायो
    बाढी पहिराेकाे डर
    प्राकृतिक प्रकोपले अत्यायो ।
    २)
    जताततै बाढी पहिरो
    धनजनको धेरै क्षतिले
    मनमा चिन्ता गहिरो ।
    -दुर्गा भट्टराई
    माेरङ
    //६२//
    —————<•>————–
    १)
    आएर बाढी पहिरो
    मानव क्षति अति
    चोट लाग्यो गहिरो ।
    २)
    हरेक सालको कथा
    सरकारमा छैन चिन्ता
    बढ्दैछ सबको व्यथा ।
    -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
    //६३//
    —————<•>————–
    १)
    विध्वंसकारी बाढी पहिरो
    बित्यास पार्‍यो जनधन
    सरकार कस्तो बहिरो !
    २)
    प्रकोप बनेर आयो
    बाढी पहिरो देशभर
    क्षतिले मन खायो ।
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    //६४//
    —————<•>————–
    १)
    आएर बाढी पहिरो
    गरायो धनजनको क्षति
    मुटुमा चोट गहिरो ।
    २)
    धनको गरायो नास
    प्रकृति रिसाएर होला
    गरायो हाम्रो उठिबास !
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    //६५//
    —————<•>———–
    १)
    कस्तो बाढी पहिरो
    चाडबाडको मुखैमा यसले
    ल्यायो समस्या गहिरो !
    २)
    निर्दयी दैव पनि
    गरीबकै कुटी रुचाउने
    किन हो अनि ?
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    //६६//
    —————<•>————–
    १)
    तारन्तार पानी आयो
    उब्जाउ हुने जमिन
    सबै बाढीले बगायो !
    २)
    वर्षा भइरह्यो चुरिएर
    कति टुहुरा भए
    बाआमा पहिरोमा पुरिएर !
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    //६७//
    —————<•>————–
    १)
    बाढी पहिरो भेल
    प्रकृतिको लिला कस्तो ?
    अचम्म लाग्यो खेल ।
    २)
    प्रकृतिको लिला कस्तो ?
    कसलाई दोष दिने
    सहनु पर्ने यस्तो ।
    -देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    //६८//
    —————<•>————–
    १)
    नदी किनारामा घर
    नियमका कुरा हावा
    बाढीको छैन भर !
    २)
    नदीको बाटो थुनेर
    अटेर भई आफैँ
    बस्यौ सपना बुनेर !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    //६९//
    —————<•>————–
    १)
    छल्की आयो छाल
    बेहाल छन् मान्छेहरू
    बनेर आयो काल !
    -कुसुम कुवँर ( बझाङ)
    //७०//
    —————<•>————–
    १)
    बाढी पहिरोले उठिबास
    क्षतिको सिमा छैन
    पीडितले पाएनन् गाँस !
    २)
    घरबाहिर निस्कन डर
    हिँडदा होस पुर्याउनु
    प्रकृतिको छैन भर ।
    -दुर्गा आचार्य
    मोरङ
    //७१//
    —————<•>————–
    बेमौसमी पानी आयो
    बाढी र पहिरोले
    जनधनको क्षति गरायो ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    //७२//
    —————<•>————–
    १)
    नसाेचेकाे मात्र हुन्छ
    हेर्दाहेर्दै क्षति भयो
    कस्ले चीत्कार सुन्छ ?
    २)
    जताततै आयो पहिरो
    भयो धनजनको क्षति
    मनमा पीडा गहिरो !
    -दुर्गा भट्टराई
    मोरङ
    //७३//
    —————<•>————–
    १)
    गाउँमा गयाे पहिराे
    जाउँ बाटाे छैन
    पीर छ गहिरो ।
    २)
    मान्छे डुबे भेलमा
    भाग्यले दुई बाँचे
    नेता राजनीति खेलमा !
    -टङ्कबहादुर आलेमगर
    लिम्चुङबुङ- २, ताम्लिछा डाँडा गाउँ
    अहिले: त्रियुगा नगरपालिका, उदयपुर, काेशी प्रदेश
    //७४//
    —————<•>————–
    १)
    क्षति भयो ठूलो
    पसेर खोला बाढी
    बस्ती बनायो धुलो ।
    २)
    सधैँ आपतविपत पर्दा
    सहयोगी हात बढाऔँ
    दैवको लाठी झर्दा !
    -पद्मा काश्यप पाण्डे, मोरङ

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १२०

  • २८ कार्तिक २०८१, बुधबार २०:२१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय बीसौँ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२० —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/१९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग::०१
    जल्नेहरुको मन जलिरहोस् यहाँ।
    मेरो पाइला सधैं चलिरहोस् यहाँ।
    दुष्ट अरूको प्रगतिमा जल्दै गरून्,
    प्रगतिको दीपक बलिरहोस् यहाँ।
    डाह गर्नेको मन गलिरहोस् यहाँ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    दीप बालेर भएपनि जगाउने मन छ
    खराब आचरण सबै भगाउने मन छ
    तिमी आफै भनिदेउ अब म के गरौँ प्रिय,
    दुख पर सारेर सुख मगाउने मन छ
    गलामा गहनाको प्रेम लगाउने मन छ।

    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०३
    सुख खोजेको दुख मिल्यो
    हात चाहेको मुख मिल्यो
    कसरी चित्त बुझाउनु,
    फल बिनाको रुख मिल्यो
    धर्ती छोडेसी सुख मिल्यो।।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४
    खरानीलाई आगाेकाे के डर साहेब
    बाेलीकाे ठेगान छैन के भर साहेब
    शब्द प्रयाेगमा लगाम छैन , मुरारि ?
    फेरि नेता बन्ने कस्ताे रहर साहेब
    उमेर कट्या छ सत्तरी पर साहेब ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०५
    आशा त गरेको थिएँ फूल हजुर
    पेटमा पसी निस्कियो शुल हजुर
    आशा र भरोसा भन्ने मात्र रहेछ ,
    खान त खोजेको पानी मुल हजुर
    नसोची खाएछु भयो भुल हजुर ।।

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०६
    दुःख सुखका भइ दिने अनेकौ रङ्ग छन्
    सन्तोषी बन्ने प्रार्थना गरौँ प्रभु सङ्ग छन्
    परमात्मा शिवजीको मनले गरौं भक्ति
    पश्चिमा सभ्यता चलनले सबै दङ्ग छन्
    दिव्य ज्ञानी बन्न संसारमा पर्ने ढङ्ग छन् ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:०७
    घरीघरी सोधिरहन्छ काँडाले जीउँदै छ कि मर्यो भनेर
    यदि जिउँदै भए भन्दैछ गाउँ बेसी धाउनु पर्यो भनेर
    दु:खलाई कतिको सहन गर्दो रैछ भनेर त घोचिदिन्छ
    मरेको चुपचाप बस्छ जिउँदोलाई सोध्छ के गर्यो भनेर
    गरेको कर्म असल भए जान्नु भवसागर तर्यो भनेर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    पीडा दिनेले सधैं दिएकै छन्।
    बदला लिनेले नि लिएकै छन्।
    देखावटी नाटक गर्छौं किन,
    जिउनेले एक्लै नि जिएकै छन्।
    पीडा भुल्न सराव पिएकै छन्।
    ह्यारिस

    पञ्चाङ्ग:०९
    प्रवासमा तिहार कस्तो हुँदै होला
    दाजु र बहिनीको मन रुँदै होला
    यस्तो हालतमा पुर्‍याउने मान्छेले
    पक्कै पनि रक्सीले मुख धुँदै होला
    आन्द्रा र भुँडीमा रोगले छुँदै होला /

    • देवी पन्थी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०३

  • २८ कार्तिक २०८१, बुधबार २०:१७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय तीनऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/२२ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०३[एकसयतीनऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    हरियाली वन देखिएको छ।
    फूल राम्रो झन देखिएको छ
    फूल कसलाई मन् पर्दैन र?
    सुन्दरमा मन देखिएको छ।
    श्रमिकमा धन देखिएको।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    देखिएको हरियाली वन छ ।
    त्यसै भित्र फूलहरु झन छ ।
    सम्झी के गर्नु फूलैको संसार ,
    गुलाबको फूलमै यो मन छ ।
    इलम गरे यसैमा धन छ ।
    धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग:०३
    गुलाब फूल जस्तै फूल्न मन छ।
    म यसैको साथमा खुल्न मन छ।
    आहा सुन्दर रमणिय ठाउँमा,
    सधैंभरि मलाई झुल्न मन छ।
    यही फूलमा सधैं भुल्न मन छ।
    ह्यारिस
    पञ्चाङ्ग:०४
    सबैको मन यहाँ रमाउँछ फूल फुलेको देखेपछि
    भमरा पनि त डुल्न आउँछ फूल फुलेको देखेपछि
    आखिर फूल फूलमै आँखा डुल्दो रहेछ यहाँ सबैको
    वनचरी पनि बल्ल गाउँछ फूल फुलेको देखेपछि
    सारा प्रकृतिले माया लाउँछ फूल फुलेको देखेपछि।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०५
    थुँगा थुँगा मिलेर माला बने जस्तै
    धान रोपी धानको बाला फले जस्तै
    सजिन्छन् फूल नयाँ सुन्दर ढाँचामा ,
    हातमा लिइ शिव नाम जपे जस्तै
    उज्यालोले अँध्यारो डाला भरे जस्तै
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०६
    हरियाली परेको बीच फुल देखिएछ ।
    दुई फाँटको त्यो माझमा झुल देखिएछ।
    सुन्दर रुपको फुललाई हेरेर बसौँ ,
    ढकमक्क फुलेको राम्रो कुल देखिएछ।
    हेर्दाहेर्दै आँखा भित्र त राहुल देखिएछ ।
    ✍️ बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०७
    कति सुन्दर फुलेको फूल त्यहाँ
    थुँगा मिलेर बनेको झुल त्यहाँ,
    कति राम्रो संगठन त्यो फूलको,
    बिगार्न नलागोस् कुनै धुल त्यहाँ,
    भमरा नि डुल्दैँ होलान् हुल त्यहाँ ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटाजयन्ती

  • २८ कार्तिक २०८१, बुधबार २०:०९ मा प्रकाशित
  • छन्दवाटिका नेपालले एक कार्यक्रमको आयोजनामा गरी २०८१ कार्तिक २७ गते मंगलबार कोशी प्रदेश बिराटनगर स्थित देवकोटा चोकमामा महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाएको छ। विराटनगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरी एक दर्जन बढी कविहरूबाट कविता वाचन गरिएको थियो ।

    उक्त कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष श्री हरि कट्टेलले अध्यक्षता गर्नु भएको थियो भने प्राज्ञ बिवश पोखरेलको प्रमुख आतिथ्य तथा प्राज्ञ खेम नेपालीको बिशिष्ट आतिथ्यता रहेको थियो। साहित्यकारहरू भरत बर्बरिक, बाबुराम पोखरेल, भारती पोखरेल, डा देवी पन्थी,भक्ति दाहाल, भवानी प्रसाद पोखरेल, भूपाल अधिकारी ऋषि तिवारी कुमार श्रेष्ठ, शारदा भट्टराई, स्वयम्भू कार्की, रोहिणी रसिक,प्रमोद ढकाल, निर्मला कोईराला, प्रिन्स प्रमोद, सविना श्रेष्ठ, अम्विका खरेल उप्रेती भैरव क्षेत्री लक्ष्मण यादव, कर्ण संजय, मन्जु गिरी मिन कुमार नवोदित लगायत थुप्रै साहित्यकार, संस्कृतिकर्मी, पत्रकार व्यक्तित्वहरूको कार्यक्रम मा उपस्थिति थियो ।

    कार्यक्रममा प्राज्ञ विवश पोखरेल लगायतका अतिथि वक्ताहरूले यो कार्यक्रम सान्दर्भिक रहेको बताउदै देवकोटाको व्यक्तित्व कृतित्वको चर्चा गरे भने संस्थाका अध्यक्ष हरि कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटा प्रति श्रद्धाभाव अर्पण गरे ।कार्यक्रम छन्द वाटिकाका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गररेका थिए । छन्दवाटिका नेपालले विगतदेखि नै देवकोटा जन्मेको दिन कार्तिक २७ गते विविध कार्यक्रमहरु गरी उनको जन्मजयन्ती मनाउदै आएको छ । महाकवि देवकोटाको जन्म १९६६ साल कार्तिक २७ गते भएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार २०:२२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    [१]
    १)
    बुझेर समयको माग
    मनाऔँ चाड बडादसैँ
    त्यागी आपसी रिसराग !
    २)
    देखासिकी, दबाबमा परेर
    फजुल खर्च नगरौँ
    अनावश्यक रिनधन गरेर !
    ✍️
    वसन्त अनुभव

    [२]
    १)
    खुसीले भरियोस् भावना
    सबैमा छाइरहोस् यस्तै
    बडादशैँको हार्दिक शुभकामना ।
    २)
    दुर्गाको पूजा गरेर
    खुसीयाली भई मनाऔँ
    जीवनमा रङ्ग भरेर ।
    ✍️ अर्जुन प्रसाद चौलागाईँ

    [३]
    १)
    बडादसैँको दिन्छु शुभकामना 
    दुर्गामाताले रक्षा गरून्
    गरौँ खुसीले सामना ।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ

    [४]
    उच्च रहोस् भावना
    मेलमिलाप सद्भाव सहित
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।

    [५]
    कसैलाई काँडा नबिजोस्
    दसैँमा सबै रमाउँ 
    आँखा आँसुले नभिजोस् !
    ✍️
    सविता भट्टराई, जनकपुरधाम

    [६]
    उत्साहित रहोस् भावना
    भवानीले कल्याण गरुन्
    बडादशैँको हार्दिक शुभकामना !
    ✍️ बाबुराम गौतम, गुल्मी

    [७]
    १)
    अनुहारमा खुसीको चाहना 
    बडादसैँको उजागर गर्दै 
    हार्दिक मङ्गलमय शुभकामना !
    २)
    चाडपर्व आयो आँगनमा 
    सयपत्रीको  हार  बोकेर 
    खुसी  ल्यायो  जीवनमा !
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [८]
    जमरा टिका थापौँ
    बडादसैँको हार्दिक शुभकामना
    हर्ष उल्लास छापौँ ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    [९]
    शुभकामना छ बडादसैँको 
    छाओस् हर्ष उमङ्ग
    पुगोस् चाहना सबैको !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ

    [१०]
    १)
    दशा नबनोस् यसपालि
    रक्षा गरे दसैँमा
    हे मङ्गला काली !
    २)
    जनताको बिजोग कस्तो
    हरायो बडादसैँको रौनक
    मसानघाटको सुनसान जस्तो ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    [११]
    १)
    सबैकोलागि सुखमय रहोस्
    विजयादशमीको हार्दिक शुभकामना
    दसैँ दशा नबनोस् !
    २)
    जताततै दुर्घटना सुनिन्छ
    जनताहरूको भयो बिचल्ली 
    दसैँमा आँसु पुछिन्छ ।
    ✍️
    सुनगाभा पोखरेल
    हाल: नेपालगन्ज

    [१२]
    निधारमा टिका रातो
    दसैँमा आशिष सबैको
    रहोस् अजम्बरी नातो ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    [१३]
    स्वच्छ रहोस् भावना
    मनका चाहाना पुगुन्
    विजयदशमीको हार्दिक शुभकामना !
    ✍️
    बिष्णु पङ्गेनी पाण्डे 

    [१४]
    एकप्रकारको ठूलो चाडपर्व
    रमाइलो भेटघाट भएमा
    यसैमा मानौँ गर्व ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    [१५]
    १)
    विडम्बना बाढीको सामना
    दुर्गा भवानीको आशिर्वाद 
    मिलोस् सबैको चाहना !
    २)
    खुसी हुनु जरुरी 
    चाडपर्वमा आफन्तसँग भेट 
    मेटिन्छ भएको दूरी ।
    ✍️
    पृथक प्रकृति, झापा

    [१६]
    १)
    दसैँ तिहार गाैरव
    खुसीमै बितुन् पर्वहरू
    भागुन् जीवनका काैरव !
    २)
    सकाैँ गर्न सामना
    गलत चिन्तन बढार्ने
    बडादसैंकाे मङ्गलमय शुभकामना !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान

    [१७] 
    पुगोस् सबैको चाहना 
    रोकिएका काम बनुन्
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    गंगाराम यादव 
    औरावनी सुनसरी

    [१८]
    नहोस् अशान्तिको सामना
    सहजै पुग्नू लक्ष्यमा
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा

    [१९]
    १)
    उत्साह र उमङ्ग
    धेरै छ मनमा
    यो दसैँको रङ्ग ।
    २)
    बढोस् सबैमा सद्भावना
    नवदुर्गाले कल्याण गरून्
    सम्पूर्णमा बडादसैँको शुभकामना !
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ

    [२०]
    मनाऔँ स्तर हेरेर
    तडकभडक ज्यादा देखाउँदा
    बस्लान् साहुले घेरेर !
    ✍️
    सरिता सेढाई धादिङ

    [२१]
    १)
    दसैँमा रमाउने चाहना
    लिई आशिर्वाद मान्यजनबाट
    आशिष र शुभभावना !
    २)
    आयो दसैँ पर्व
    दु:ख पिर बिर्सी
    मानौँ सबैले गर्व !
     ✍️
    मन थापा 
    पोखरा २१ बक्रेक

    [२२]
    १)
    बाढीले बगाउँदा घर
    यसपालीको दसैँ मनाउने
    मरिसक्याे सबै रहर ।
    ✍️
    सानु जाेशी
    सुदुर पश्चिम दार्चुला

    [२३]
    नहोस् खराब भावना 
    सकारात्मक सोच होस् 
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️
    दीपा समभाव 
    दुबेकोल कोटाङ्ग

    [२४]
    १)
    बनाऔँ शुद्ध भावना
    बडादसैँ सुखद् बनाेस्
    यही छ शुभकामना !
    २)
    शान्ति छाओस् मनमा
    दसैँ दशा नहाेस्
    कान्ति छाओस् तनमा !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [२५]
    रहिरहनुपर्छ सकारात्मक भावना
    आपतविपतमा नहुनू विचलित 
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️ 
    कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे

    [२६]
    १)
    सुखशान्ति खुसीको चाहना
    फलोस् फूलोस् जीवनभरि
    बडादसैँको मङ्गलमय शुभकामना !
    २)
    निधारमा टीका जमरा
    दुर्गा माताको आशिषले
    जीवन बनोस् हराभरा !
    ✍️
    कृष्ण बजगाई, भक्तपुर

    [२७]
    १)
    नेपालीमा उमङ्ग छाओस्
    आशिष आपासमा साटेर
    रम्न समृद्धि आओस् !
    २)
    गच्छेले चाडबाड मनाऔँ
    देखासिकी गरेर होइन 
    सभ्य सुसंस्कृत बनाऔँ !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला

    [२८]
    १)
    होस् सकारात्मक भावना
    नवदुर्गाले रक्षा गरुन्
    बडादसैँको सबैमा शुभकामना !
    २)
    विपत्ति नपरोस् देशमा
    सबै हाँसीखुसी रहुन्
    नेपाली आफ्नै भेषमा !
    ✍️
    बेदु न्यौपाने

    [२९]
    मिलन गराउने चाडपर्व 
    परिवार एउटै आँगनमा
    संस्कृतिमा गरौँ गर्व !
    ✍️
    कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी

    [३०]
    १)
    विजयादशमीको पावन अवसरमा
    दुर्गाभगवतीले बास गरून्
    सबै मानिसको घरघरमा !
    २)
    रङ्ग र रसैमा
    नराम्रो सुन्न नपरोस्
    यो साल दसैँमा !
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ

    [३१]
    १)
    शान्ति वैभव आओस्
    बडादसैँको मङ्गलमय शुभकामना
    भवानीको आशीर्वाद लागोस् !
    २) 
    लागोस् देवीमा भक्ति
    टीका जमरा लगाई
    मिलोस् सृजनशील शक्ति !
    ✍️
    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी १ सुनसरी ।

    [३२]
    १)
    सुखशान्ति सर्वत्र छाओस्
    कामना छ बडादसैँ
    खुसी बाेकेर आओस् !
    २)
    विकृति नभित्र्याऊँ कसैले
    संस्कार, संस्कृति जाेगाउँदै
    सद्भाव बाडाैँ सबैले !
    ✍️
    सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा

    [३३]
    १)
    फेरि दसैँ आयो 
    उत्साह र उमङ्गसँगै
    जनजनमा खुसी छायो ।
    २)
    गरिबलाई हुन्छ पीर
    चाडबाड आएको बेला
    अवश्य हुन्छ फिकिर ।
    ✍️
    बिरेन्द्र कुमार चौधरी 
    इटहरी सुनसरी

    [३४]
    १)
    लिएर शुद्ध भावना
    माता दुर्गाको आशिर्वाद
    बडादसैँ पर्वको शुभकामना !
    २)
    बडादसैँ आइपुग्यो आँगन
    हाँसीखुसी उमङ्ग लिई
    चोखो सद्भाव राखन ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ

    [३५]
    स्वच्छ रहोस् भावना 
    दुख कसैमा नपरोस् 
    सबैमा छ शुभकामना !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [३६]
    आयो महान् चाडपर्व
    एकसाथ मिलेर मनाऔँ
    गर्दै देशको गर्व !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न . पा. ६ संखुवासभा

    [३७]
    खुसीको पल आउन् 
    सबैका घरमा दसैँमा 
    हर्षका किरण छाउन् !
    ✍️
    अन्मोल मुस्कान 
    तकदाह छाउनी, दार्जिलिङ

    [३८]
    जागाेस् सबैमा सचेतना
    नपराेस् लोकमा विपत
    बडादसैँकाे हार्दिक शुभकामना !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार ।

    [३९]
    उत्साहको लहर आओस्
    बडादसैँ मनाऔँ यसपाली
    समृद्धि सबैमा छाओस् !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    [४०]
    १)
    लगाउनू साइतमा टिका
    खल्लो नहोस् दसैँ
    नझरोस् आँसुको ढिका !
    २)
    शत्रु बैरी नलागुन्
    अग्रजको आशिर्वादले सबै
    कोसौँ टाढा भागुन् !
    ✍
    काजल न्यौपाने, भोजपुर।

    [४१]
    समृद्धि, प्रगतिको कामना 
    परिवारमा खुसी छाओस्
    दसैँको मङ्गलमय शुभकामना !
    ✍️
    रुना कर्माचार्य दाहाल 
    चितवन

    [४२]
    १)
    टिका जमरा लगाएर
    पिङ खेल्न जानुपर्छ
    दुःख पीडा भगाएर !
    २)
    नेपालीको महान पर्व
    मनाउनु पर्छ मिलीजुली
    लिएर सधैँ गर्व ।
    ✍️
    कला ढकाल झापा

    [४३] 
    १)
    आउँछ प्रत्येक वर्ष 
    घुम्दै विजयादशमी यहाँ 
    ल्याएर उमङ्ग हर्ष !
    ✍️
    बाबुराम पाण्डे 
    अर्घाखाँची

    [४४]
    उच्च रहोस् भावना
    शुभ होस् बडादसैँको
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर

    [४५]
    १)
    देवीको पूजा आराधना 
    शुभ मङगल होस् 
    सबैमा दसैँको शुभकामना !
    २)
    पशुपंक्षीको रातो रगतमा 
    नाम लिएर धर्मको 
    पाप गर्छन् जगतमा । 
    ✍️
    शान्ता पौडेल भट्टराई 
    टङ्कीसिनवारी, मोरङ

    [४६]
    १)
    हर्ष उल्लास छायो
    हरेक नेपालीको आँगनमा
    राष्टिय पर्व आयो ।
    २)
    पीडा भुलेर खुसीमा
    मन आनन्द बनाऔं
    मुस्कान भरी झुसीमा !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    [४७]
    आइरहाेस् उदारताकाे भावना 
    सम्पूर्ण नेपालीमा बडादसैँकाे
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [४८]
    १)
    दसैँमा टीका लगाउँ
    देवीको पूजा गरेर
    दुःखकष्ट सबै भगाउँ ।
    २)
    दसैँमा घरको रहर
    आशिर्वाद थाप्न जाने
    खतरा गाउँ सहर !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    [४९] 
    नराख्नू नराम्रो भावना 
    एकासीमा फुलोस् फलोस्
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    ललिता देउवा

    [५०]
    १)
    सबैको पुगोस् मनोकामना
    धनी या गरिबलाई
    यही बडादसैँको शुभकामना ।
    २)
    स-साना कुरामा रमाउँ
    देखासिकी गर्नु हुन्न
    खुसीले दसैँ मनाउँ ।
    ✍️
    धनमाया चौधरी, कैलाली

    [५१] 
    १)
    नलागोस् ऋण कसैलाई 
    फजुल खर्चलाई घटाएर
    उत्सव बनाऔँ दसैँलाई ।
    २)
    सद्भाव हाम्रो चाहना 
    खुसीयाली सबैमा ल्याएर 
    पूर्ण होओस् कामना !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    [५२]
    दसैँको पर्व आयाे
    पिरव्यथा सबै भुलेर
    सर्वत्र खुसी छायो ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत

    [५३] 
    दसैँमा जमरा टीका 
    शिरमा ठूलाबडाको हात 
    नहोस् आर्शिवाद फिका !
    ✍️
    साहित्य प्रेमी 
    सुशील धनगढी

    [५४]
    गरौँ विपत्तिको सामना
    टरेर जाओस् दशाहरू
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    पुष्पा राई
    बादेल, खाेटाङ

    [५५] 
    रमाइलो चाडपर्व आयो
    टिका, जमरा लगाउँदै 
    मनमा उमङ्ग छायो । 
    ✍️ 
    धनुष न्यौपाने 
    जुम्ला।

    [५६]
    हासेर दसैँ मनाउँ
    आशिष लिन हामीले
    ठूलाको घरमा जाउँ ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    [५७] 
    १)
    चाडपर्व संस्कृति हाम्रो 
    फजुल खर्च नगरी
    दसैँ मनाऔँ राम्रो !
    २)
    दसैँ बनोस् खास
    दसैँको सबैलाई शुभकामना 
    नहाेस् कसैको उठिबास !
    ✍️
    राज कुमार राजभण्डारी खोटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [५८]
    खुसीको दिन आयो
    मनभरी आनन्द छ
    दशैँको रमझम छायो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    [५९] 
    शुभकामना छ दसैँकाे
    सङ्कटभित्र हाँस्न सिकेर
    नसाेचाैँ दुर्भाव कसैकाे ।
    ✍️
    शम्भु गजुरेल, सिन्धुली

    [६०]
    सबैलाई दसैँकाे शुभकामना
    नेपालीकाे महान् चाड
    पूरा हाेउन् चाहना !
    ✍️
    नवराज भट्ट, कञ्चनपुर

    [६१] 
    दसैँ आयो भन्छन् 
    भत्किएको घर लिपेर 
    आशा मनमा गन्छन् ।
    ✍️
    विकास क्षेत्री अञ्जान 
    कैँजले, बिजनबारी दार्जिलिङ

    [६२]
    हामी सबको चाहना
    सुखशान्ति अनि समृद्धि
    विजयादशमीको हार्दिक शुभकामना !
    ✍️
    देवकृष्ण काफ्ले

    [६३] 
    बडादसैँमा भयो बबन्डर 
    आँखाहरू रसाउन छोडेनन्
    बाढीले दिएपछि हन्डर ।
    ✍️
    घनश्याम पन्त 

    [६४]
    हामी सबैको चाहाना
    दसैँमा पूरा होस्
    नहोस् कुनै बाहाना !
    ✍️
    नागेन्द्रप्रसाद यादव

    [६५] 
    हार्दिक शुभकामना  बडादसैँको
    मनमा हर्षोल्लास रहोस्
    शत्रु नाशिउन् सबैको ।
    ✍️
    मनोहरी पौडेल

    [६६]
    दर्शन गरेँ भवानी
    दसैँको हार्दिक शुभकामना
    रमाउँदै बितोस् जिन्दगानी !
    ✍️
    भगवती दवाडी, दमक, झापा

    [६७] 
    १)
     दसैँ खुसीको पर्व 
     मान्यजनको आशीर्वाद लिई
    गर्नुपर्छ हामीले गर्व ।
    २)
    हुनेछ सत्यको विजय 
    दुर्गा भवानीको कृपाले 
    शत्रुमा जागोस् भय ।
    ✍️
    जयनारायण नेपाल 
    इलाम 
    हाल सूर्यविनायक २ बालकोट,भक्तपुर 

    [६८]
    मनको दसैँले छोएको
    हँसिलो मुहार देखाई
    शुभकामना दिँदै रोएको ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [६९] 
    १)
    दसैँ विशेष चाडपर्व 
    परिवारका सदस्य एकैठाउँमा
    हिन्दु हुनुमा गर्व ।
    २)
    विजयादशमीकाे हार्दिक शुभकामना 
    मनभित्रकाे कलमस पखाली
    शुद्ध बनाउनू भावना ।
    ३)
    असत्यमाथि सत्यकाे जित
    दसैँकाे हार्दिक शुभकामना 
    हाेस् सबैकाे हित ।
    ✍️
    प्रद्युम्न चालिसे 

    [७०]
    उच्च रहोस् भावना
    हटेर जाउन् सङ्कटहरू
    बडादसैँको सबैमा शुभकामना !
    ✍️
    दुर्गा भट्टराई
    माेरङ

    [७१] 
    बडादसैँको रौनक छायो
    खुसीको अनुपम अवसर
    नानीबाबुमा खुसी ल्यायो ।
    ✍️
    कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ

    [७२]
    सबैतिर दसैँ आयो
    रमाइलो पर्व हजुर
    मनमा खुसी छायो ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ

    [७३] 
    दसैँ शुभ बनाेस्
    राम्रोसँग मनाएकाे देखेर 
    सबैले राम्रो भनाेस् !
     ✍️
    रबि पाैडेल
    जैमिनी ७ ,बाग्लुङ

    [७४]
    भित्रिएसँगै घरमा चाडपर्व
    दुखसुख हुँदा पनि
    दसैँ हाम्रो गर्व ।
    ✍️
    सन्तु खत्री

    [७५] 
    दसैँमा संस्कृति झल्कियाेस्
    विकृतिहरू पन्छाएर सबै
    सुकृतिकाे राैनक छरियाेस् !
    ✍️ 
    ताराप्रसाद चापागाईँ

    [७६]
    १)
    आयो दसैँको भावना
    हिमाल तराई पहाड
    सबैमा मेरो शुभकामना !
    २)
    घरघरमा चाडपर्व छायो
    देशमा विपत्ति हुँदाहुँदै
    छपक्कै दसैँ आयो ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [७७]  
    १)
    नगरी कुरा चर्का
    एकले अर्कोको बुझ्नुपर्छ 
    समस्या अनि पिरमर्का ।
    २
    सबैलाई रमाइलोको चाहना 
    अर्काको सिको नगरौँ
    बडादसैँको सबैलाई शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली

    [७८]
    १)
    मनभरिका तिर्सना मेटेर
    हर्षोल्लासका साथ मनाऔँ
    दसैँ परिवार भेटेर ।
    २)
    बढदै जाओस् शान
    यो दसैँमा सबैका
    दाहिना हुन् भगमान ।
    ✍️
    लक्ष्मण देउवा डोटी

    [७९] 
    दिदीबहिनी एवम् दाजुभाइ
    सम्बन्ध प्रगाढ बनोस् 
    दसैँको शुभकामना सबैलाई !
    ✍️
    सुरेशकुमार पाण्डे 

    [८०]
    सुन्दर हाेस् भावना
    दसैँ अनि तिहारकाे
    सबैमा हार्दिक शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी, बझाङ

    [८१] 
    माैलाउन् मनका भावना 
    हजुरहरू तमाम सबैलाई 
    बडादसैँकाे हार्दिक शुभकामना !
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम 
    हाल भारतबाट 

    [८२]
    १)
    दशैँ आयो भन्छन्
    सर्वत्र छ रमाइलो
    केटाकेटी दक्षिणा गन्छन् ।
    २)
    वर्ष दिनको चाड
    रमाइलो हुने भयो
    दु:ख मान्न छाड ।
    ३)
    मेरो सधैँ चाहना
    सबैको भलो होस्
    दशैँको यही शुभकामना !
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    [८३] 
    बाध्यता छ मनाउन
    नभए पनि शान्ति
    सन्तान खुसी बनाउन !
    ✍️
    मन्दिरा सेढाई 

    [८४]
    दसैँ आयो हजुर
    सबै अब रमाउनुपर्छ
    गरेर आ-आफ्नो सुर !
    ✍️
    मोहन आचार्य
    पाँचथर

    [८५] 
    आयाे दसैँ आँगनी
    आफन्त, साथीभाइसँगै रम्दैछु
    खुसीले म पनि ।
    ✍️
    भिक्षु ईश्वर 
    अछाम

    [८६]
    दसैँ आयो गाउँमा
    तर खुसी आएन
    अल्झियो बिरानो ठाउँमा !
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज =२०
    राँझा एयरपोर्ट बाँके

    [८७] 
    टुप्लुक्क दसैँ आयाे
    खानु कि लाउनु
    मलाई दाेधार बनायाे ।
    ✍️
    दीपक दाहाल 

    [८८]
    १)
    जमरा अनि टीका
    निधारमा चट्ट लगाऔँ
    दसैँ नहोस् फिका !
    २)
    हत्यामा संग्लन नहुनू
    जिउनू समता भावले
    जीवकाे हत्यामा नरुनू !
    ✍️
    जी.वि.कश्यप, घाेराही, दाङ

    [८९] 
    १)
    कसरी बसौँ हेरी
    ऋणको भारी बोकाउन
    दसैँ आयो फेरि ।
    २)
    हुँदैछ यहाँ अस्तव्यस्त 
    होसियार परमाणुको होडबाजीले
    बनाउँदैछ संसारलाई ध्वस्त ।
    ✍️
    दीप गोले तामाङ

    [९०]
    १)
    घर जानेको लर्को
    नमनाउनू कसैले पनि
    ओढेर ऋणको बर्को ।
    २)
    चर्केर आउँछ छाती
    भोका, नाङ्गा देख्दा
    दसैँ नआएकै जाती ।
    ३)
    ल्याउँछन् खसी, बोका
    यो विपत्तिमा होलान्
    कतिका बालबच्चा भोका ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन

    [९१] 
    १)
    गाउँ अनि सहर
    चहलपहल निकै बढ्याे
    दसैँकाे आयाे लहर ।
    २)
    गएका विदेश काममा
    फर्किन्छन् चाड मनाउन 
    ती आफ्नै गामठाममा ।
    ✍️
    भुपेन्द्र के.सी.

    [९२]
    १)
    दुर्गा माताको शक्तिले
    हुन्छ सबैको कल्याण
    पूजा अनि भक्तिले ।
    २)
    थाप्छौँ जमरा टीका
    लिन्छौँ मान्यजनको आशिर्वाद
    नबनोस् चाड फिका ।
    ३)
    सबैमा खुसी आओस्
    नेपालीका घर आँगनमा
    चाडको माहोल छाओस् !
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    [९३] 
    १)
    चाडपर्व दसैँ आयो
    आदिशक्ति दुर्गा देवी
    भवानीको चर्चा छायो ।
    २)
    परदेशी घर आए
    टाढिएका ती परिवारसँगै
    निर्धक्क मिल्न पाए ।
    ३)
    भुलाएर व्यथा पीर
    पिङ खेल्दै रमाउँदै
    मनलाई राखे थिर !
    ✍️
    विवश पारदर्शी 
    झापा

    [९४]
    गर्दैछौँ दु:खको सामना
    विपत्तिमा कसरी दिउँ
    म दसैँको शुभकामना ?
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा

    [९५] 
    १)
    राखेँ मेरो भावना 
    बडादसैँ सुखद् बनाेस्
    यही छ शुभकामना !
    २)
    शान्ति छाओस् मनमा
    दसैँ दशा नहाेस्
    कान्ति छाओस् तनमा !
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [९६]
    चाडपर्व दसैँ आयो
    सबै एकजुट भएर
    चारैतिर खुसियाली छायो ।
    ✍️
    नेत्रबहादुर श्रेष्ठ
    सिन्धुपाल्चोक -१३

    [९७]
    दैलाेमा दसैँ आयाे
    बाेकेर पुर्खाको आशीर्वाद 
    खुसीले  मन रमायाे ।
    ✍️
    सन्दीप विश्वकर्मा 
    
    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P