काठमाण्डाै – सरकारले क्यान्सर, मिर्गौला, गम्भीर मेरुदण्ड पक्षघातलगायतका दीर्घ रोगीलाई महिनाको पाँच हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने भएको छ ।
आज शुक्रवार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ सालको चुनावअघि निर्णय गरे पनि कार्यान्वयनमा नगएको दीर्घ रोगीलाई भत्ता दिने योजना यस पटक बजेटमार्फत आएको हो । यो योजनालाई चुनावपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज गरेको थियो । यो कार्यक्रमबाट झन्डै एक लाख जना लाभान्वित हुने सरकारको अनुमान छ ।
यस्तै बजेटमा विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा बलिदान गर्ने परिवार अर्थात् शहीद परिवारलाई जीवनवृत्ति स्वरूप महिनाको तीन हजार रुपैयाँ प्रदान गर्ने पनि उल्लेख छ ।
सरकारले कोरोना महामारीका कारण काम गुमाएका पाँच लाख गरिब परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ सहयोग दिने पनि बजेटमा उल्लेख छ ।
नेकपा एमालेका सांसदको नाराबाजी र अवरोधकाबीच अर्थ मन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो । अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।
कुल विनियोजनमध्ये सङ्घको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् ४१ दशमलव ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ७८ अर्ब १० करोड रुपैयाँ अर्थात् २३ दशमलव १६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११ दशमलव ६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८७ अर्ब ३० करोड अर्थात २३ दशमलव ७२ प्रतिशत बजेट छुट्याइएको छ ।
२५ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । २३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ । पहिलो दिन बसेको तीनवटै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो । आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची छ । एमालेको अवरोधपछि संसद बैठक केहीबेरलाई स्थगित गरिएको छ ।
काठमाडौ, २४ भाद्र । टुक्का साहित्य समाज, नेपालले हरितालिका तीज पर्वकाे अवसर पारेर “टुक्का कविता लेखन अभ्यास श्रृङ्खला-२०” सम्पन्न गरेकाे छ।
समाजकी सचिव विमुन्स पौडेलको संयोजकत्वमा सञ्चालित उक्त अभ्यास शृङ्खलामा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट २८ नारी तथा १७ पुरुष नेपालीभाषी साहित्य सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।
समाजकी सचिव पाैडेलका अनुसार नारी स्रष्टाहरूद्वारा तीजकाे गीति शैलीका टुक्काहरू र पुरुष श्रष्टाहरूद्वारा चेलीलाई तीजकाे निमन्त्रणा गर्ने शैलीका टुक्काहरू सिर्जना गरिएका थिए ।
अभ्यासकाे क्रममा संकलन गरिएका नारि श्रष्टाहरूका टुक्का कविताहरू
१. गरीवलाई होच्याउने यो तिज नबनोस्, गहनाको प्रदर्शनी कहीँ कतै नरहोस्। २. शिवजीको सेवा पूजा शान्ति परिवार, तिजको छ महिमा बुझी मन सपार। ✍️ पौडेल विमुन्स, पाेखरा
१. तिज नेपालीको प्यारो चाड छ अशेष, झल्किन्छ सामन्ति संस्कृतिको अवशेष। २. उपयुक्त तरिकाले तीज मनाउँदा, राम्रै हुन्छ सबैसँग मिली रमाउँदा । ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।
१. परलाेकतिर कतै बोलाएझैँ लाइरहन्छ, तिज आउँदा झन् आमा तिम्रो झल्को आइरहन्छ । २. आफ्नै मन नबुझेर आइनँ भाउजू दर खान, हजुरलाई नि होला नि मन माइतीघर जान । ✍️ धनु शर्मा, पोखरा
१. कोरोनाले गर्दा पोहोर परार त्यसै गयो, यसपालीको तीजमा पक्कै राम्रो हुने भयो। २. म नाच्छु आऊ सँगिनी तीजको भाकामा गाऊँ, यसपालीको तीजमा सबै बबाल मच्चाऊँ। ✍️ हिउँकला हाँसी खतिवडा कमलबजार अछाम,
१. तिजैको बेलामा कसलाई लाग्ला नराम्रो दिदीबहिनी भेट गराउने चाड हाम्रो । २. हिन्दू महिलाहरूको विशेष महान चाड आऊ दिदीबहिनी हो खुशियाली बाँड । ✍️ जमुना अाचार्य, काठमाडाैं
१. मिलेर हामी,मनाऔँ आज,शिवको महिमा, गाएर गीत,तीजको चाड,बढाऔं गरिमा । २. आउँनु दिदी,बहिनी सबै,माइती आँगन, नारीका सबै,अधिकार ति,दायरा मापन । ✍️ शर्मिला श्रेष्ठ,ललितपुर हाल अमेरिका
१. दीदी बहिनी मिलेर माइतीघर जाउँला, खुशी हुँदै मिठा परिकारका दर खाउँला। २. व्रत बसी महादेवको पूजा पनि गरौँला, पार्वतीको जस्तै रूपधारी शरण परौँला। ✍️ नानीबाबा अधिकारी, काठमाडौं
१. जति संकट परेनी गर्नै पर्छ सामना, अठतर सालको तीजको शुभकामना । २. दिदी बहिनी तीजमा माइत जान पाएनन् , कोरोनाको डरले नै माइती लिन आएनन् । ✍️ अम्बिका गिरी, विराटनगर
१. दिदी बहिनी मिली जाऊँ माइती घर, आमाले पकाएको खाउँला मीठो दर। २. बोलाउनु भो माइतीमा मेरो घर शहर, आमा बाबासित भेट्न लाग्यो मलाई रहर। ✍️ भगवती दवाडी , दमक,झापा
१. दिदी र बहिनी मिलेर हामी रमाइलो गरौँला, नाच र गान स्वादिलो खान सबै अगाडि सरौँला! २. दु:ख र पीडा बिसाई एक दिन कम्मर भाँचौंला, तिजको माहोल रमाइलो पार्दै हाँसेर बाँचौंला! ✍️ निर्मला शाही ठकुरी, दैलेख
१. सारी चोली लगाएर छमछम नाचौंला आमा दिदीबहिनीसँगै कम्मर भाचौंला। २. तिज आयो घुमेर माइती जान पाइएन कोरोनाको कहरले दर पनि खाइएन । ✍️ दुर्गा भट्टराई, मोरङ
१. दर खान आउन पाईन माईत भयो टाढा, पठाई दिनु यतै भनेकी छु आशा रह्यो गाढा । २. राम्रो सारी मिठो दर पठाई दिनु दाइ, तिहारमा सिंँगारौला नि सप्तरंङगी लाई । ✍️ पुष्पा सायरा, बिराटनगर
१ वर्ष दिनको तिज यो मनाउन पाएनौँ, वरपर भेला भई तिज गित गाएनौँ। २ जाऊ न कान्छो दिदी घर दर खान बोलाउँन, नजाऊँ भने मेरी आमा उतै थाल्छिन् टोलाउँन। ✍️ कमला पाण्डे, झापा
१. हेर्दा राम्री देखिन्छिन् गहनाले ती नारी, मीठो बाेली, सुवासिलो लगाएकाे सारी । २. रमझम गर्ने रहर छ यसपालीको तीजमा राष्ट्रिय पहिरन छ गुनीयो चोली झुमूँ गीतमा। ✍️ सुरेखा चाम्लिङ्ग, भक्तपुर
१. माइत जान रहर हुन्छ तिजमा जहिले, आउन मत पाइन आमा माइत अहिले । २. कोरोना त्रास बढ्दा धेरै बन्धन छ गाउँमा, सकिन आमा आउन त्रास बसेको ठाँउमा । ✍️ तारा घिमिरे, संखुवासभा
१. तिजमा माइती मन धेरै, जान नपाएर रुन्छ मेरै। २. तीजका गीत गाईदिन्छु, माइतीमाया लाईदिन्छु। ✍️ इश्वरी अधिकारी, लमजुङ्ग
१. यो सालको तीजमा म व्रत बस्नेछु, नाच्नको लागि पनि कम्मर कस्नेछु । २. व्रत बसी स्वामीको आयु बढाऊँ, शिवजीलाई फूल पाती चढाऊँ। ✍️ कल्पना थामी, सिन्धुपाल्चोक
१. अठत्तर सालकाे धेरै शुभकामना छ तिजकाे काेराेना छ कहीँ पनि नजाउँ ख्याल गराैँ भीडकाे । २. याे सालकाे तिजमा धेरै हामी नखाऊँ भीडभाडमा हामी टाढा कतै नजाऊँ। ✍️ लक्ष्मी घिमिरे दहाल दमक-७ झापा
१. दाजुभाइ हुने चेलीबेटीलाई आयो तिज सबैको मनमा छायो हर्ष उल्लासको बीज। २. चेलीको दुःख सबै बिसाउने ठाउँ जान मन लाग्छ मलाई आफ्नै गाउँ। ✍️ साधना पाैडेल , अाेखलढुंगा
१. वर्षदिनको एकपटक मात्र आउँछ तीज, माइती घरको हरेक कुरा लाग्छ धेरै चीज। २. के सन्देश ल्यायो चरी माइतीको आँगन, बाआमा दाजुभाइ कस्ता छन् छिटो भन न। ✍️ कोकिला चौधरी, बाँके
१. माईती लिन अाउँदैनौ बहिनी भनेर , दाजुले फोन गरेनन् बस्छु दिन गनेर । २. किनिदेऊ बुढा रातो सारी धागो त्यो चुरा , मेरो पनि यत्ति सपना नगर अधुरा। ✍️ कान्छी बिनिता विश्वकर्मा , बाजुरा
१. मारेर तर संसार भर मर्दा पो के लान्छ ? हुनेले खान्छ मिठाई दर नहुने के खान्छ ?? २. माइत जान पाउने छैनौ कोरोना कहर, भएर जम्मा दर खाने नि ! नगर रहर । ✍️ रचना मोक्तान “यात्री” काभ्रे
१. ठिक छैन आमा यहाँको हाल बेहालै कुचाल, दुःखीछ मन आउनलाई पाईन मन सम्हाल। २. आउलान् फेरि अर्को सालमा तिज भोगौला राम्रा दिन, जाउँला माईत खाउँला दर रमाउँला एकै छिन। ✍️ दुर्गा अाचार्य, मोरङ
१. बाटो हेरि मेरा माइती दिन गन्ती नगन्नू , सन्तोष मान्छु म यहीँबाट आइन नभन्नू । २. समय परिस्थितिले गर्दा मत माइत आउन पाईन , यसपाली पनि मेरी आमासँग मैले दर खाईन । ✍️ बेदु न्यौपाने, काठमाडौ
१ यस पाली तिजमा लिन आउँनु दाजु मलाई माइत, हजुर आए पछि गर्ने छु म पनि छिटो छिटो साइत। २ यस पाली पनि म आामा माइत आइन, हजुरले पकाएकाे दर खान पाइन। ✍️ शाेभा अर्याल रुपन्देही १४ बुटवल
१. यस पटकको तिजमा घरमै बसी मनाऔँ, कोरोनाबाट नि आफूलाई सुरक्षित बनाऔँ । २. तिजमा माइत गइएन कोरोनाको खेलले, मौसम पनि राम्रो छैन बाढी , पहिरो भेलले । ✍️ गंगा खड्का बूढानीलकण्ठ १ काठमाडौँ
१. तिज आयो गाउँ घर रमझम गराउदै, माइती सम्झी मै चेलीलाई रुने बनाउदै। २. हुनेलाई दसैं, तिहार, तिज आउँछ, गरिबलाई सम्झदा मुटु बिजाउछ। ✍️ हिमा आर.सी मेहेलकुना सुर्खेत
अभ्यासकाे क्रममा संकलन गरिएका पुरूष श्रष्टाहरूका टुक्का कविताहरू
१. अाउ चेली माईतमा तीज मनाअाैं, दर खाई हाम्राे पर्व भव्य बनाअाैं। २. पीडा भुल्न माईत अाऊ मनमा माया भरेकाे, कति रुँदै बस्छ्यौ पराई घरमा दुःख गरेकाे। ✍️ तारा प्रसाद चापागाईं
१. आमा दर पकाउँछिन् दिदी लिन आएको, खै,सुनेको बहिनी? डाँडाबाट बोलाएको। २. भान्जा बोक्नु दिदी तिमी,म भान्जी बोकौँला, बसमा भीड होला ट्याक्सी आए रोकौँला। ✍️ म्याम राज राई, जापान
१. तयार भई बस्नु तिमी कान्छो आउँदै छ लिनु, उपहार पनि बोकी ल्या’को छ ज्वाइँलाई दिनु। २. निम्तो मात्र हैन बैनी गाडी पनि आ’को छ लिन, चाँढै आऊ कान्छोसँग आजै हो दर खाने दिन। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
१. माइती चेली सम्बन्ध अझ प्रगाढ पारेर, प्रेमले हासौं खुशीले बाचौैैं सद्भाव खारेर। २. हुँदामा खाने हुनेमा खाने विभेद नगरी, मनाऔं तीज देशका कुना गाउँ र शहरी। ✍️ त्रिलोचन भण्डारी मेचीनगर,झापा
१. दर खाने यो रहर पाक्दैछ गाउँ शहर। ✍️-पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
१. दर खान निम्तो दिएँ सबै दिदी बैनी आजलाई, स्वागत गर्छौ सबै मिली हामी अब दाइभाइ । २. माया स्नेह प्रेमले चेली माइती आउने, दिदी बहिनी र साथीसँग गीत गाउने । ✍️ माधव पोखरेल गोज्याङ्ग्रे उदयपुर गाईघाट हाल ताप्लेजुङ
१. भुल्यौ क्यारे नानी नाता बाबु आमा सितको, सम्झेर आऊ यस पाली चाड आयो प्रितको । २. बाबा आमा रोगी दम सुगरको असक्त, निमन्त्रणा गरे यही भए नानी मा व्यस्त । ✍️ सूर्य मणि रेग्मी चितवन
१. चुलै निम्ता गर्दछु दर खानेको, खानेको छ व्यबस्था छैन लानको। २. उपहार ल्याउने कुनै कष्ट नगर्नू, ईज्यतको ख्याल गरेर तल नझर्नू। ✍️ घनश्याम पौडेल, सृजना चोक पोखरा
१. हावाको मार्फत चेलिलाई निम्तो गरेको, सेतो कगज पानामा फुलबुट्टे अक्षर भरेको। २. अनुग्रह गरेकोछु वाल्यकालका ति सबै याद बुनेर, यो निमन्त्रणा पत्रभित्र बिना पूर्वाग्रहको सद्भाव उनेर। ✍️ होम प्रसाद नेउपाने, धरान,सुनसरी
१, एसपालिको तिजमा अाँईन अर्कोसाल अाउँने, माँईतीको अाँगनिमा बसेर पुजापाठ लाउँने। २, बाहिर जति हाँसे पनि भित्री भित्रै रुएको, तिज मान्नु नपाएर अाँसुले मुख धुएकाे। ✍️ लक्ष्मी श्रेष्ठ बिर्तामोड झापा
१. देश, परदेशका चेली आउनु मेरो घर, बनाएर खुवाउँछु सबैलाई मिठो दर । २. निस्ताएको छ नि घर आगनफ तिमी आए खुसी हुन्छ यो मन । ✍️ रिजाल विनोद, बेलबारी माेरङ्ग
१ आज दर खाने दिन चुले छ निम्तो सबैलाई, तीज आयो चेलीबेटी रामाऔँ तिजेगीत गाई । २ म बनाउँछु खीर दही काँकरीको अचार, आऊ चेलीबेटी माइती घर शून्य नपार । ✍️ श्रीकृष्ण शर्मा, पोखरा
१. तीज आयो दिदीबहिनी जुराऊ छिट्टै साइत, आउनैपर्छ यसपालि त चेलीबेटी माइत । २. तिम्रै बाटो कुर्छिन् आमा कुर्छौँ हामी दाजुभाइ, चेली आउँदा घर उज्यालो लाग्छ हामीलाई । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
१ दिन त केही सकिन धेरै थिए चाहना, दिदी बहिनीलाई तिजको शुभकामना। २. आएनन् कोही दिदी बहिनी भनी, आमा रुँदै छिन् एक्लै पागल बनी। ✍️ जगत थापा, बझाङ्ग
१. कसको निम्तो मान्नु होला यतै आइज भन्छन्, पुग्न फेरि पाएको हुन्न गोजीका पैसा गन्छन् । २. निमन्त्रणा आएपछि नगई नहुने रहेछ, दुई दिनको हाम्रो जिन्दगी यो पाहुना भएछ । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरंग, हाल- प्रवास
१. तिमीलाई यो तिजमा निमन्त्रण छ मनबाट, चेली माइत आउँदा पो रमाइलो भेटघाट! २. रातो सारी पहेंला गहना ओठमा मुस्कानसँग बाँचे! सौभाग्यको व्रत बसी भोकै होइन बलियो भई नाचे! ✍️ भूषण जंग, ललितपुर हाल अस्ट्रेलिया
काठमाडौ, २२ भाद्र । टुक्का साहित्य समाज, काठमाडौले “टुक्का कविता लेखन अभ्यास श्रृङ्खला-१९” कार्यक्रम सम्पन्न गरेकाे छ।उक्त अभ्यास कार्यक्रम यहीँ २०७८ भाद्र २२ गते मंगलबार कुशे अाैंसी, बाबुकाे मुख हेर्ने दिन तथा १५६ अाैं माेती जयन्तीकाे अवसर पारेर सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल लगायत बिश्व भरीका ६५ जना नेपाली भाषी सर्जकहरूकाे उत्साहजनक सहभागिता रहेकाे शृङ्खला संयाेजक एवं समाजकी सचिव विमुन्स पाैडेलले बताउनुभयो । साथै उहाँले अभ्यासमा एकमुष्ट नभई कुशे अाैंसी /बाबुकाे मुख हेर्ने दिन सम्बन्धी र माेती जयन्ती सम्बन्धी अलगअलग टुक्का सृजना गर्न भनिएको जानकारी दिनुभयो ।
अभ्यासमा संकलन गरिएका कुशे अाैंसी /बाबुकाे मुख हेर्ने दिन सम्बन्धी टुक्काहहरू
@ १ सुनेको थिए आधा धर्ती आमा भए आधा बाबा धाम,भन्ने गर्थे ईमान्दारीको खेती गरी पेट भरि खाम। ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
@ २ एक दिन मात्र नाम लिने होईन ,कर्तव्य सम्झी गर सेवा दैनिक, तिमीले जे जति प्रगति गरेका छौ,त्यसमा बाबा कै हात छ अधिक । ✍️ शर्मिला श्रेष्ठ , भैंसेपाटी,ललितपुर हाल अमेरिका
@ ३ पिता पुत्र र पवित्र आत्माको महिमा छ संसारभरि, बाबुको गरिमाको माहात्म्य पूरा हुँदैन लौ कसै गरी! ✍️ भूषण जंग, इमाडाेल ललितपुर हाल अष्ट्रेलिया
@ ४ १. आशिर्वाद त्याे सदा शिरमा राखेकाे छु बाबा, तिम्राै कारण खुसी छु अाज गर्न सक्छु दाबा । २. बगेकाे रगत तिम्रै हाे बाबा सपना गढेकाे, सु-संस्कार अनि जीउने कला तिमी मै पढेकाे। ✍️ ताराप्रासाद चापागाईं
@ ५ माथिबाट हेर्दै होलान् पिता मेरा आज, कुशे औँशी सम्झनामा बहन्छ समाज। ✍️ विमुन्स पाैडेल, पाेखरा
@ ६ बाबाको साथ पाएर मान्छे स्कुल पढेका, विद्वान् भई बडो उन्नतिको शिखर चढेका । ✍️ रचना मोक्तान “यात्री” नमोबुद्द नगरपालिका ५ काभ्रे
@ ७ सङ्घर्षका चुली बाबा हुन् भगवान् राम, बाबा–आमा पुजे किन धाउनु र धाम ? ✍️ श्रीकृष्ण शर्मा, पोखरा
@ ८ बाबुको मुख हेर्ने दिन विशेष मलाई लाग्छ, बाबासँग लुट्पुटिएर बाँच्ने रहर नि जाग्छ । ✍️ गंगा खड्का बूढानीलकण्ठ १, काठमाडौँ
@ ९ जिउँदाेछदै गर्नु बाबुकाे उच्च सम्मान , बाबुकै प्रेरणा सद्भावले बन्याै महान । ✍️ प्रधुम्न चालिसे, भक्तपुर
@ १० बाबाको मुख हेरौँला भन्थे कुशे त्यो औँशीमा, हेर्दै छु भाइ आउने बाटाे बसेर कौसीमा । ✍️ तारा घिमिरे, संखुवासभा
@ ११ रहर त मलाई पनि लाग्दाे हाे बुबाकाे मुख हेर्ने बरा, बुबा नै संसारमा नरहे कसकाे मुख हेर्ने म बिचरा । ✍️ गाेपाल कृष्ण डंगाेल इटहरी,सुनसरी, प्रदेश नं-१
@ १२ बाबकाे काँध चढेर म त घुमेँ नि रमन, घरको खाँबो देशको खम्बा बालाई नमन । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
@ १३ पिताको सम्झना गर्ने सन्तान केवल औँशीको दिन हृदयमा लगाए बाबुले बाँचुन्जेल छिनका छिन। ✍️ परिक्रमा श्रेष्ठ, धरान
@ १४ जिउँदा देउता हुन् बाबा आमा सधैँ श्रद्धा गर्नुपर्छ, सुखमा बाबाआमालाई बिर्सने , सम्झेर आँशु झर्छ ✍️ शरद प्रधानाङ्ग,विराटनगर-७
@ १५ उनै हुन् पिता उनै हुन् बाबा ईश्वर समान जन्मका दाता कर्मका खाका प्रणेता कमान ✍️ त्रिलोचन भण्डारी मेचीनगर, झापा
@ १६ कुश काटी घरमा राख बाबू मुख हेर एक दिन मात्र हैन सधैँ नै माया गर! ✍️ कमला देवकोटा, पाल्पा
@ १७ व्यवस्थापक गतिला बुवा भए प्यारा सबका, आदरभाव़ मान सम्माननित हुन्छन् भवका। ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी
@ १८ छोराछोरीका लागि खम्बा बनेर, घर रक्षक बन्छन् दु:ख हरेर। ✍️ म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
@ १९ बुबाको मुख हेर्ने पर्वमा हुन्छ हर्ष, रमाइलो भो बुबालाई भेटेँ यो वर्ष ।। ✍️भगवती दवाडी, दमक, झापा
@ २० छाेरा छाेरीकाे खुशी भनी रात दिन पसिना बगायौ बेसरी , तपाईंको त्याग बलिदान धेरै थियाे बाबा म बिर्सूँ केगरी। ✍️ रिना यल्माे, दार्जीलिङ्ग
@ २१ आफ्ना खुशी बेची बेची हाम्रा खुशी किन्ने जता जता सन्तानका पाईला उतै बाटो चिन्ने । ✍️ गृष्मा पौड्याल, टोकियो जापान
@ २२ हरेक पलको ढुकढुकी हो आदर्णीयय बुवा हाम्रो कसैले पनि आफ्नो बुवा प्रति नगर्नू है मन चाम्रो। ✍️ सरस्वती श्रेष्ठ इटहरी
@ २३ बाबाको आशिर्वाद अनि मेरो थाप्लोमा रहोस् हात बाँचुन्जेल कैले न छुटोस् माया ममताको बर्सात।। ✍️ प्रेम सुनार दैलेख
@ २४ जसरी तिर्खा लाग्दा,याद अाउछ कुवाको, उसै गरी सम्झना, अाईरहेछ बुवाको। ✍️ चिरञ्जीवी ढकाल ने ग उ म न पा-२०, राँझा एयरपोर्ट बाँके
@ २५ आज कुशे औंशी बाबा को मुख हेर्ने त भन्छौं, संसार छोडेर गएकाले बर्षौ दिन गन्छौँ। ✍️ कमला पाण्डे पराजुली, झापा
@ २६ आऊ सन्तति हो मेरा,मुख हेर्न रमाउदै, फोटो खिचाउँदै राख्न,उपहार समाउदै। ✍️ रामजी लामीछाने, पाेखरा
@ २७ आस्थाका इश्वर हुन् जन्मदाता अन्यत्र खोजी कहाँ पाउने बुबाकै परिश्रमले खुल्छ भविष्य ओखती किन लाउने। ✍️ अबजस चन्द्र, झापा
@ २८ मेरो सुखमा हाँस्नु हुने मेरो बुवा । मेरो दु:ख मा रुनु हुने सम्झेँ कुवा । ✍️ श्री लिम्बू, पाँचथर
@ २९ नरोई जाऊ भन्थे बा पराईको घर, बुढेसकाल लाग्यो नपरे मेरो भर । ✍️ कल्पना थामी, सिन्धुपाल्चोक
@ ३० सधैँभरी बाबालाई छ नमन सलाम, मेरा बाबाको बसाई छ हेर स्वर्ग धाम। ✍️ ईशहाक हुसैन, सिमरा बारा, हाल-काठमाण्डौ चावहेल
@ ३१ बुवाको मुख हेर्ने दिनको विज्ञापन नगरौँ, सधैँ सम्मान गर्दै भोक-तिर्खा मेट्न लागी परौँ। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
@ ३२ घुमिफिरी हरेक वर्ष अाउँछ, पिताहरूकाे याद अति धाउँछ । ✍️ लक्ष्मी घिमिरे दहाल, दमक-७, झापा
@ ३३ अाज बाबुलाई हेरेर हाँसीखुसीबनाअाैं, कवि माेतिरामकाे जन्मजयन्ती यो मनाअाैं ✍️ रामकृष्ण दुवाडी, पाेखरा
@ ३४ गए है मोति साहित्य फाँटमा उज्यालो छरेर, कम्तिनै हुन्छ सकिन्न उनको बयान गरेर। ✍️ नवशिला। बेलबारी -२, लालभित्ती, मोरङ हाल: गोदावारी, ललितपुर।
@ ३५ अहो ! धन्य मेरो तक्दिर, बा देवता घर जागिर । ✍️ बिके माकजु, झाैखेल भक्तपुर ।
@ ३६ जिम्मेवारी जति सबै आफ्नै काँधमा राख्ने, बाबा नै हुन दुःख गरी कहिल्यै नथाक्ने। ✍️ साधना पाैडेल, अाेखलढुंगा
@ ३७ बुबा नङ्ग्रा खियाउँदा खियाउँदै बूढो हुनुभयो जब मेरो कमाई देख्नुभयो बेसरी रुनुभयो ✍️ लक्ष्मण समिर, बर्दिया
@ ३८ आकाश भन्दा पनि विशाल बुवा, कहिल्यै नरित्तिने मायाको कुवा। ✍️ घनश्याम पौडेल, सृजना चोक पोखरा
@ ३९ बुवाको मुख हेर्ने दिनको प्रतीक्षा थियो, दिन अनि रातले नि छिटै भेटाई दियो। ✍️ धनुष न्यौपाने
@ ४० हिजो बा हुँदा बा जस्तो भैदिन, छोडेर जाँदा बासँग गैदिन । ✍️ विष्णु पादुका
@ ४१ बाबाको मुख हेर्ने दिन भन्छौ, कति पटक बर्षमा सम्झन्छौ। ✍️ राम रावल सागर अत्तरिया-कैलाली
@ ४२ बाबा सबैका महान हुन् सम्मान गर्नु पर्छ, पिताजीको महत्व बुझ्नेले गौरव नै गर्छ। ✍️ निर्मला शाही ठकुरी, दैलेख हाल दार्जिलिङ
@ ४३ बुवा नै हुन् उनी समस्त घरका शिर, गर्छन् रक्षा परिवारको बनेर धीर । ✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ्ग
@ ४४ मुख हेर्न नपाए नि बाबा खुसी हुनु , बाध्यताले टाढा भयौँ कहिले नरुनु । ✍️ कान्छि बिनिता बिश्वकर्मा, बाजुरा
@ ४६ कुशे औँशीको बारेमा केही टुक्का लेखेँ मैले ईश्वरको रूपमा बालाई देखेँ ✍️हिमा आर.सी मेहेलकुना सुर्खेत
@ ४७ दुःख गरी आफ्ना सन्तानका लागि बगायौ पसिना धारा, बुवाका सपनाहरू साकार पार्नुछ आऊ उज्याला तारा। ✍️ तारा कुमार थापा, इलाम
@ ४८ सन्तानलाई हुर्काउन जस्तै परे गर्छन्, बाबु नै हुन् हर विघ्नमा सधैँ अघि सर्छन् । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
@ ४९ देखाएर सुमार्ग पुर्याएर शिखर पिताले अर्ति उपदेश पिताकै मिठो छ भन्छ गीताले । ✍️ माधव पोखरेल गोज्याङ्ग्रे उदयपुर गाईघाट, हाल ताप्लेजुङ
@ ५० बाले सधैँ छोराछोरीको भलो चिताए, छोराले भने आश्रम लगेर बिताए । ✍️ ऋषिराम खनाल, पाल्पा । हाल मध्यबिन्दु ६ नवलपरासी ।
@ ५१ बुवा प्रतिको सद्भाव र प्रेम नै हो सन्तानको पहिचान! अनुहारमा देखिँदैन भावनामा जाग्नुपर्छ स्वाभिमान! ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
@ ५२ ठूलो चाड औँशी गोकर्णे हो आज बुबाको मुख हेर हाम्रो समाज ✍️ सूर्य मणि रेग्मी, चितवन
@ ५३ सम्मान गर्छु बा-आमालाई भनेको सबै टेरी, उपहार दिए आजको दिन बाको मुख हेरी। ✍️ रविन भण्डारी कानेपोखरी-२,दलेली मोरङ
@ ५४ पढन सिकायौ बाबा मनलाई जित्न संसार देखायौ, आज त्यही सिकोलाई जतनले सबैसामु भेटायौ।। ✍️ सुरेखा चाम्लिङ्ग सुर्यबिनायक २, भक्तपुर
@ ५५ त्यो बिरानो मुलुकमा सपना खोज्दै ढलेको, सम्झन्छु आशाको दीप नबल्दै बाबा जलेको। ✍️ रिजाल विनोद बेलबारी ०२, मोरङ
@ ५६ मूल्य मान्यता अनि संस्कृतिलाई बचाई राख्नु पर्छ, कुशे औँशीले नै पालनहारको प्रतिनिधित्व गर्छ । ✍️ ईश्वरी अधिकारी, लमजुङ्ग
@ ५७ बाबा!तिमी बिना ‘म,’म”कहाँ हुन्थेँ? यी धरती!यो गगन! कहाँ छुन्थेँ? ✍️ अर्जुन उप्रेती “अप्रतिम”, असम (भारत)
@ ५८ सिकाउँथ्यो सधैँ सत्कर्म गर्न मात्र बाबा, गर्नु हुन्न भन्थ्यौ पराईको धनमा दाबा। ✍️ काेकिला चाैधरी, बर्दिया
@ ५९ १ बुवा नै प्यारो यस संसारमा हुन् एकदेवता, दु:ख कष्ट सही संतानकै जप गर्छन् बेपता। ✍️ दुर्गा भट्टराई , मोरङ
@ ६० दु:ख दर्द हजुरका के सक्नु र मैले गर्न सामना , आत्मा शान्ति रहोस् बाबा हरपल यही गर्छु कामना ! ✍️ धनु शर्मा, पाेखरा ।
@ ६१ मेरो सृष्टि मेरो गुरू बाबा भगवान, आमा संसारको सबैभन्दा हुन् महान। ✍️हिउँकला हाँसी खतिवडा कमलबजार अछाम,
@ ६२ १. कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिन, मुख हेरेर भएपनि चुक्ता गर्छु रिन । २. गुरु,बुवा अनि भगवान हुनु भयो, आधा जीवन संघर्ष हाम्रो निम्ति गयो। ✍️ अम्बिका गिरी, विराटनगर
@ ६३ १. हाम्रो खातिर हजुर ले उठाउनुभयो बुबा कति हो शोक, अर्काको देशमा बगाउनु भयो पसिना बिर्सेर प्यास- भोक ! २. ऋणी छौँ आखिरी सास सम्म हजुरको पसिना को खातिर, बिहान- साझ हजुरको फोटो अगाडि श्रद्धा ले झुक्छ शिर ! ✍️ विशनु सिंह बस्नेत ल. पु. १३, कुसुन्ती !
@ ६४ १. धर्ती देखायौ ज्ञान दियौ सीप दियौ, छोराको खुसीको लागि हजारौ साल जियौ। २. छोराछोरीको खुसीको लागि पसिना को बनायौ कुवा, दुःखख होइन सुखको चौतारीमा घुमायौ बुवा। ✍️ नवीन जाेशी
🌹🌹 🌹🌹
अभ्यासमा संकलन गरिएका माेती जयन्ती सम्बन्धी टुक्काहरू
@ १ १. भाद्र बाईसमा जन्मेका युवाकवि मोति, उनै बने साहित्यका ठुलै ज्ञानको ज्योति। २. नाम अनुसारको काम गर्ने हुन् मोतिराम, लाग्न थाल्यो साहित्यको आकाशमा जून घाम। ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
@ २ १. कुशे औँशीकै दिन जगमा एक साहित्य ताराका भयो अवतरण, विविध साहित्यका उजागर गर्दा गर्दै त्यही दिनमै भयो मरण। २. संगठनकर्ता,निर्देशक,प्रबन्धक,समालोचक अविस्मरणीय, साहित्याकासमा अब्बल गजलकार शृङ्गारिक कवि अतुलनीय । ✍️ शर्मिला श्रेष्ठ , भैंसेपाटी,ललितपुर हाल अमेरिका
@ ३ १. नेपाली धरतीमा उदाए साहित्य तथा कलाका मोति, कलिलैमा भानुभक्त चिनाएर फैलाए ज्ञानका ज्योति। २. भाद्र कुशे औँशीमा मोतीले पहिलोपटक आँखा खोले, हराउनै लागेका भानु खोजी तीस वर्से आयुमै बोले। ✍️ भूषण जंग, इमाडाेल ललितपुर हाल अष्ट्रेलिया
@ ४ १. भानुकाे प्रशंसक भई लेखेका हौ सार, माेति हाै नेपालका प्रथम गजलकार । २. साहित्यमा माेति बनी चम्किएका तारा, खाेज र उत्थानमा जीवन लायाै सारा। ✍️ ताराप्रसाद चापागाईं
@ ५ १. मोति बनेर मोती संसारमा उदाए, नेपाल काव्य लाई उत्कर्षमा पुर्याए। २. शृङ्गार शैली प्यारो लेखे विधा अचम्म, सानै थिए तथापि बाँचे अनन्त सम्म। ✍️ पौडेल विमुन्स, पोखरा
@ ६ १. भानुभक्तका कीर्तिहरू नि मुद्रण गरेका, अमूल्य वाणी ज्ञान र गुण संसारै छरेका । २. जीवनी लेख्ने कामको पनि शुरु नै गरेथे, साहित्य बोकी ती मोतिराम सागरै तरेथे । ✍️ रचना मोक्तान “यात्री” नमोबुद्द नगरपालिका ५ काभ्रे
@ ७ १. यो नेपाली साहित्यमा गजलका हौ पिता, माध्यमिक युगका तारा मोति साक्षात् गीता । २. भानुलाई आदिकविको सम्मान दिने दूरदृष्टि, तिमीविना अधुरो छ पुरै माध्यमिक काल सृष्टि । ✍️ श्रीकृष्ण शर्मा, पोखरा
@ ८ १. नेपाली साहित्यमा कहिल्यै ननिभ्ने उज्यालो दीप, युगयुगसम्म बाँचिरहने छ मोती तिम्रो सीप । २. भानुलाई जलप लगाउने तिमी राष्ट्रिय विभूति , तिमीप्रति भइरहनेछ मोती हाम्रो गाढा आहुति । ✍️ गंगा खड्का बूढानीलकण्ठ १, काठमाडौँ
@ ९ १. हाम्राे कला संस्कृति अनि संस्कार, पूर्खाले बाँधे माैलीकता आचार । २. भाद्रकृष्ण अमावश्य तिथि, बाबुकाे मुख हेर्ने छ रीति । ✍️ प्रधुम्न चालिसे, भक्तपुर
@ १० नेपाली युवा कवि हौ तिमी चिनियौ मोति, साहित्य प्रति फैल्यायौ नाम उज्यालो ज्योति। ✍️ तारा घिमिरे, संखुवासभा
@ ११ ️१ तिमी त त्यहाँसम्म पुग्याै जहाँ पुग्न सक्दैनथे रे रवि, युवा छँदै गजलमा कलम चलायाै बन्याै युवा कवि। २ भानुकाे महिमा तिमीले गायाै, नेपाली रामायण चुलियाे नभमा, साहित्यकाे प्रष्फुटनमा, शृङ्गार रस बग्दथ्याे, हामी कवि सबमा । ✍️ गाेपाल कृष्ण डंगाेल इटहरी,सुनसरी, प्रदेश नं-१
@ १२ १. प्रथम गजलकार थिए मोतिराम भट्ट, शृङ्गारिक धार भित्र्याई ल्याए उनैले चट्ट । २. समालोचना गरेर उन्ले अठोट लिएका, नेपाली भाषा साहित्यलाई योग्दान दिएका । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
@ १३ १ “मोति” त ” मोती ” नै थिए नेपाली साहित्य-आकासको श्रीवृत्ति गरी गए साहित्यिक सुनौलो-आभासको। २ अल्पायुमै निकै ठूलो गुन लगाएर गए मोतिले, जाज्वल्यमान बनाएर नेपाल, साहित्यिक ज्योतिले। ✍️ परिक्रमा श्रेष्ठ, धरान
@ १४ १. सम्झना सधैँ रहनेछ युवा कवि मोति, नेपाली माझमा भानुलाई बनायौ ज्योति! २. युवा अवस्थामा छोडीगयौ नेपालीलाई अमूल्य नासो, नेपाली साहित्यमा सधैँ अमर रही रहनेछ चासो ! ✍️ शरद प्रधानाङ्ग,विराटनगर-७
@ १५ १. जस्तो छ नाम उस्तै छ काम माेतिकाे देशमा, चम्काए भानु विश्वका सामु उत्कृष्ट भेषमा। २. रसका धनी गजलकार श्रद्धेय अग्रज, युगले सम्झोस् अनन्त काल मानेर दिग्गज। ✍️ त्रिलोचन भण्डारी मेचीनगर, झापा
@ १६ १. अल्पायुका युवा कवि तिम्रो उच्च छवि, भानुलाई संसारमा डोर्याउने कवि। २. साहित्यका धरोहर झललल ज्योति, सागरका अवशेष जल्दाबल्दा मोति। ३. गजलका नायक हौ सरस्वती पुत्र, आशिष बर्सिरहोस काव्य रस भित्र। ✍️ कमला देवकोटा, पाल्पा
@ १७ १. साहित्यको सङ्गम भानु, मोतिराम भट्ट, भाषा शैली रचना लिपी राम्रा भए चट्ट । ३ जन्म मरण ,जन्मदिवस युग -युगान्तकारी, साहित्य मनले सम्झिरहन्छन् बनेर आभारी। ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी
@ १८ १. नेपाली साहित्यका आकर्षक, माध्यमिक कालका प्रवर्तक। २. एक युगको नायक भई मोतीराम भट्ट युवाकवि बने, जसले प्रमाण जुटाएर भानुभक्तलाई आदिकवि भने। ✍️ म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
@ १९ १. नेपाली पहिलो गजलकार हुन् मोतीराम भट्ट , शृङ्गारिक भावमा सुन्दर गजल लेख्दथे चट्ट २. मोतीराम भट्टले भानुभक्तका छपाई कृति, हामी माझ छोडेर गए गजलका धेरै स्मृति । ✍️भगवती दवाडी, दमक, झापा
@ २० १. आदि कवि बन्यौ देशको हामीलाई शान छोड्यौ, कथा,कविता,गजल कोर्यौ हामीले बाटो त्यतै मोड्यौँ । २. भानु भक्त तिम्रै चेला अझै को को थिए, मैले पनि प्रेरणा मनमा राखी लिए । ३. आदि कवि मोति जस्तै टललल टल्क्यौ, देशको सम्मान कथा,कवितामा झल्क्यौ । ✍️ गृष्मा पौड्याल टोकियो जापान
@ २१ १. मोतिराम भट्टले भानु भक्तको रचनालाई चम्काए, आफ्नो र भानुको नाम बाबरी फूलको बास्ना झै गम्काए। २. मोतिराम भट्ट युवा कवि, हाम्रो राष्ट्रका सुन्दर छवि। ✍️ सरस्वती श्रेष्ठ, इटहरी
@ २२ १. मोति झैँ हेर धर्म कर्म गरेर बस्नु, सबैको मनमा शीतल छायाँ भै पस्नु। ३. मोतिराम जयन्तीको सबैलाई छ लाख शुभकामना, धर्म कर्म को कसम बनाएको हुँदै होइन बाहना। ✍️ प्रेम सुनार, दैलेख
@ २३ १. क्षणभरमै बगाई दियौ, साहित्य कलकल, याद अाईरहेछौ मोति,मष्तिष्कमा पलपल। २. समुन्द्रको मोतीलाई,भन्छन् अरु चहकिलो, म चैँ देख्छु तिम्रै रङ्ग, किन मोति गहकिलो? ✍️ चिरञ्जीवी ढकाल ने ग उ म न पा-२०, राँझा एयरपोर्ट बाँके
@ २४ १. औँशी कै दिनमा जन्मिए मोतिराम भट्ट, पढाईमा प्रश्न सोध्दा जवाफ दिन्थे फट्ट। २. मोतिराम भट्टले इतिहास मा नाम राखेको भेटिन्छ, उनको मिठो कविता पढेर मनको रहर मेटिन्छ। ✍️ कमला पाण्डे पराजुली, झापा
@ २५ १. मोतिराम सधैँ देख्छु कुशे अौशी उदाउँदा, श्रद्धाले दिल यो छुन्छ मोति-भानु खुलाउँदा । २. भानुभक्त कहाँ हुन्थे मोतिराम नअाउँदा ! अल्पायू तर दीर्घायू भानुका गीत गाउँदा । ✍️ रामजी लामीछाने, पाेखरा
@ २६ १. मोति भए राष्ट्रका विभूति चम्के अमर भै सारा, कवि हुन् मूर्धन्य साहित्यका बनेर नेपाली तारा। २. खँदिला शृङ्गारका काव्य पस्किएर नेपाली जनमा, साहित्यका सशक्त कवि बनी बसे सबका मनमा। ✍️ अबजस चन्द्र, झापा
@ २७ १. साहित्यमा कलम चलाई भएको छ मोति, त्यसैले जिन्दगीमा बलेको सधैँ झल्ल ज्योति । २. मोतीराम ज्योति पठाइदेऊ मलाई पनि, साहित्यमा निकाल्नेछु मोति कलमले खनी। ✍️ कल्पना थामी, सिन्धुपाल्चोक
@ २८ १. बजिरहेको यहाँ मेरो दिलको तार, सम्झनामा मोतिको लाखौँ लाख हजार। २. नेपालको उज्यालो साहित्यका हौ ज्योति, राष्ट्रिय विभूति नै तिमी भ’का छौ मोति। ✍️ ईशहाक हुसैन, सिमरा बारा हाल-काठमाण्डौ चावहेल
@ २९ १. मोति तिमीले भानुको रामायण छाप्न सघायौ, नेपाली साहित्यमा तिर्न नसक्ने गुण लगायौ। २. गजल,नाटक र जीवनी सबै विद्या लेख्यौं, भानुलाई अघि ल्याउने काम उचित देख्यौ। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
@ ३० १. साहित्यका अनमाेल सम्पत्ति नै माेतिराम भट्ट, उनकै नामले चल्दैछ नेपाली वङ्मयकाे घट्ट । ३. प्रसिद्ध छन् भनेर उनी युवा कवि, अमर भएछन् बनेर सुधा रवि । ✍️ लक्ष्मी घिमिरे दहाल, दमक-७, झापा
@ ३१ १ सागर हुदै सतहमा “माेती”चम्की रहे , साहित्यकाे दाैरानमा अनेक धम्की सहे । २. समकालीन सर्जकका थिए अशल साथी , शालिन शैली पस्किएर पुगे छिट्टै माथी । ✍️ रामकृष्ण दुवाडी, पाेखरा ।
@ ३२ १. गए है मोति साहित्य फाँटमा उज्यालो छरेर, कम्तिनै हुन्छ सकिन्न उनको बयान गरेर। २. गीत र गजल काव्य रस धारा सलल बगेको, मोतिले हो नि मलजल गरी हुर्काउदै लगेको। ✍️ नवशिला। बेलबारी -२, लालभित्ती, मोरङ हाल: गोदावारी, ललितपुर।
@ ३३ १. जो कवि कवियित्री मोतिमार्ग पक्रे, साहित्यको डालीमा हराभरा फक्रे । ३. मोतिको नाम, कविको शान । ✍️ बिके माकजु, झाैखेल भक्तपुर ।
@ ३४ १. औंशी कै दिनमा जन्मिए मोतिराम भट्ट, पढाईमा प्रश्न सोध्दा जवाफ दिन्थे फट्ट। २. मोतिराम भट्टले ईतिहासमा नाम राखेको भेटिन्छ, उनको मिठो कविता पढेर मनको रहर मेटिन्छ। ✍️ कमला पाण्डे पराजुली, झापा
@ ३५ १. भानुलाई अगाडि ल्याउने उनको काम, साहित्यको विधामा नै कमाएको हो नाम। २. भानु साहित्यका विभिन्न विधामा प्यारा मलम, भानुका छन् यहाँ बिर्सन नसक्ने छापमा कलम। ✍️ साधना पाैडेल, अाेखलढुंगा
@ ३६ १ नक्षत्र एक जुगको साहित्यका थिए भक्त, लेखी गजल र कविता मोति भए सशक्त । २. युवाकवि उनी राष्ट्रका विभुति र विद्वान्, कुन शब्दमा गरौँ म मोतीरामको बखान्। ✍️ लक्ष्मण समिर, बर्दिया
@ ३७ १• नाम जस्तै काम गर्ने ती मोति, अन्तर चक्षुका ननिभ्ने ज्योति। २. मोति साहित्यमा ननिभ्ने तारा बने, शृङ्गारिक गजलको गौरेटो खने। ✍️ घनश्याम पौडेल, सृजना चोक पोखरा
@ ३८ १. प्रशंसा के गर्नु सागर को थोपाले अब, साहित्यका पाना नै पल्टे मोति जागे जब। २. नाम झैँ सधैँ बहुमूल्य काम गरी गया, उनका राम्रा कृतिले नै सबै खुशी भया। ✍️ धनुष न्यौपाने, जुम्ला हाल सुर्खेत
@ ३९ १. कुशे अौंशीकै दिन जन्मेका मोती, तृष्णा बुद्धिका थिए ज्ञानका ज्योति। २. साहित्यको विभिन्न विधामा अौधी रुचि, कविता गजल मुक्तकमा लामो सुची। ✍️ राम रावल सागर अत्तरिया-कैलाली
@ ४० १. मोति तिम्रो जन्म अनि मृत्यु यही दिन भयो, सहित्यको इतिहासमा अमर नाम रह्यो। २. समस्या पूर्ति कवितामा प्रतिभा देखायौ, गजल लेख्यौ भानुको त जीवनी लेखायौ। ✍️ निर्मला शाही ठकुरी, दैलेख, हाल दार्जिलिङ
@ ४१ १ मोतिराम मोती हुन् साहित्यका महान कवि, नेपाली जगत् मा कहिल्यै नअस्ताउने रवि । २. भानुलाई चिनाउने उही मोति नै भए, नेपाली साहित्यमा नाम कमाएर गए । ✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ्ग
@ ४२ १. मेरो नसामा हुनुहुन्छ मोतिराम, कति राम्रो थियो लेखाई अनि काम। २. साहित्यमा अमर नाम मोति, झारेका छन् आकाशबाट ज्योति। ✍️ कान्छि बिनिता बिश्वकर्मा, बाजुरा
@ ४३ १. जन्म भएको थियो आजको दिन, मोति जयन्ती मनाऔँ एक छिन । २. मोति भट्ट एक महान कवि, उनको थियो धेरै राम्रो छवि । ✍️रिता खराल , रुपन्देही
@ ४४ १. अन्धकार हटेको हो ज्योतिबाट, साहित्यमा जन्मिएका मोतिबाट । २. यसरी चर्चा चलिरहोस् मोतीरामको, सिको गरुन् सबैले तिम्रो राम्रो कामको। ✍️हिमा आर.सी मेहेलकुना सुर्खेत
@ ४५ १. शृङ्गारिक धाराका प्रवर्तक प्रिय युवा कवि, मोति तिमीले नै साहित्यमा बनायौ उच्च छवि। २. तिम्रो छोटो जीवन लीला श्रद्धा मेरो मोति, नेपाली साहित्यमा तिमी छौ उज्याला ज्योति। ✍️ तारा कुमार थापा, इलाम
@ ४६ १. माध्यमिक काल साहित्यमा ईट्टा थप्यौ चट्ट, आकाशको तारा बन्यौ कवि मोतीराम भट्ट । २. तिम्रै कारण चम्के भानुभक्त बने आदिकवि, नेपाली गजल विधा छेड्यौं त्यसमै राख्यौ छवि । ✍️वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
@ ४७ १. मोति थियौ नि अझै छौ चम्किलो, गजल विधा नै भयो गम्किलो । २. ल्याएर गजल रोपेर बीउ, फलायौ तिमीले मासेर जीउ । ✍️ माधव पोखरेल गोज्याङ्ग्रे उदयपुर गाईघाट, हाल ताप्लेजुङ
@ ४८ १. साहित्य जगत् मा मोतिराम मोती दाना, जनफाट्ने यिनले बुनेनन् ताना बाना । २: नेपाली कविता र गजलकार हुन् मोति, भित्र्याए भाषामै नेपालीका कानका लोती । ✍️ ऋषिराम खनाल, पाल्पा, हाल मध्यबिन्दु ६ नवलपरासी ।
@ ४९ १. कोही पथ प्रदर्शक चाहिएको थियो रुमलिएको समाजमा, कवि मोतिरामले नै छरिदिए सन्देश साहित्यिक आवाजमा। २ बाटो देखाउन बाली दियौ तिमीले साहित्यको ज्योति, आफ्नो छवि उच्च बनाउन सफल भयौ कवि मोति। ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
@ ५० १. जन्मे मोति आजै हट्यो कालो जालो, जल्यो धरामा गजलको दियालो। ३. गयौ तिमी छिट्टै नै धर्तीका तारा, दिदैँछन् श्रद्धाञ्जली नेपाली सारा । ✍️ सूर्य मणि रेग्मी, चितवन
@ ५१ १. साहित्य क्षेत्रमा नै बनाए ठूलो छवि, पहिचान छ उनका युवा मोति कवि। २. धेरै दिए साहित्यमा नौलो योगदान, आजको दिन गरौँ उनलाई सम्मान। ✍️ रविन भण्डारी कानेपोखरी-२,दलेली मोरङ
@ ५२ १. कविमा कविवर महानताको छटा छ मोती भट्ट, हेर्दा जता त्यतै कविता गजलमा कोटी कोटी चट्ट। २. कवितामा शृङ्गारको रचना कविवर मोति भट्ट महान, गर्छु सधैँ नै उहाँको उच्च शिखरको हृदयले गुणगान । ✍️ सुरेखा चाम्लिङ्ग सुर्यबिनायक २ भक्तपुर
@ ५३ १. शब्द रूपि कलमले छर्ने प्रकाश घाम, नेपाली गजलका प्रवर्तक मोतिराम । २. मोतिरामलाई अङ्गाल्ने चम्किऊन् साहित्यको बाटोमा सबै लम्किऊन्। ✍️ रिजाल विनोद बेलबारी ०२ मोरङ
@ ५४ १. नेपाली साहित्य जगत् का नै खुङ्खार हस्ती, शृङ्गारिक गजल हृदयमा छुने मस्ती। २. होनहार प्रतिभामै गनिने मोतीराम कवि, कलात्मक एवं न्याट्य जगत् मा भट्टजीको छवि । ✍️ इश्वरी अधिकारी, लमजुङ्ग
@ ५५ १. कसले चिनायो भन!हाम्रा आदिकविलाई? मोतिले बढाई हात दिए जगमा चिनाई। २. नमनमा शब्द थोर छन्, हौ नयनका ज्योति, आन बान शानका प्रतीक तिमीनै हे!मोति। ✍️ अर्जुन उप्रेती “अप्रतिम” असम (भारत)
@ ५६ १ साहित्यमा पनि तिम्रो पाइन्छ देशभक्ति, लेखनकलामा थियो रे भन्छन् महाशक्ति । ३. सुरुवात गरी गजल लेख्न सिकायौ, साहित्यको जरा बलियो पारी टिकायौ। ✍️ काेकिला चाैधरी, बर्दिया
@ ५७
१ जन्म भयो कुशेऔंशीका नै दिनमा, मोती अमर रहे साहित्य जगमा । २. अब्बल मोतिराम साहित्यका रहे अविस्मरणीय, अमर तारा बनी नेपाली जगत् मा अनुकरणीय । ✍️ दुर्गा भट्टराई , मोरङ
@ ५८ १. विविध भाषा साहित्यमा दख्खल ठिटो , नाम पनि मोति आहा! काम उस्तै मिठो । २. जगत् लाई रङ्गीन पार्ने शृङ्गारिक धारा जोड्यौ , आफ्नोमात्र होइन नाम भानुको नि सँगै छाेड्यौ । ✍️ धनु शर्मा, पाेखरा ।
@ ५९ १. मोति राम तिमी रचेर कविता नेपालमा चम्कियौ, उज्यालो छरेर करोड जनमा सर्वोच्चमा लम्कियौ । २. मोती राम तिमी भुलेर कसले बस्ला र संसारमा, नेपाली भवमा अपार गुण त्यो ,सद्भाव आधारमा । ✍️ तारा घिमिरे, संखुवासभा
@ ६० १. नाम कमाउन सफल भयौ गजल दुनियाँमा, पहिलो व्यक्ति बनी उच्च नाम राखे यो हियामा । २. जन्म पश्चात् कवि शब्दले संसार छाए, हृदय इङ्गित कवि कविता दिए निदाए। ✍️ नवीन जाेशी
@ ६१ १. मेरो सृष्टि मेरो गुरू बाबा भगवान, आमा संसारको सबैभन्दा हुन् महान। २. नेपाली साहित्यमा उदाएका रवि, हुनुहुन्थ्यो मोतीराम प्रसिद्ध कवि। ✍️हिउँकला हाँसी खतिवडा, कमलबजार अछाम
@ ६२ १. अाहाे!मोति तिमी साच्चैका रत्न रहेछौ! अाफ्ना कृतिले नै आफू चिनिने भएछौ। २. मोतिराम भट्ट तिम्रो जयन्ती मनाउन पाउँदा, खुशी छौँ तिम्रा कृति र नामका गीतहरू गाउँदा। ✍️ नानीबाबा अधिकारी, काठमाडाैं
@ ६३ १. उदाए मोतिराम चम्किलातारा बनी, चिनाए जगतलाई युग कवि भनी । २. भाद्र कुशे औंशीमा उनको जन्म भयो, मृत्यु पनि त्यही तिथिमा नै हुन गयो । ✍️ अम्बिका गिरी, विराटनगर जय टुक्का! जय साहित्य
२० भदौ, मनाङ । बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नासों गाउँपालिका-१ ताल गाउँस्थित भानु मावि, नासों-६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ । जिल्लाका नमूना विद्यालयका रुपमा रहेका लोकप्रिय माध्यामिक विद्यालय र प्रकाशज्योति माध्यमिक विद्यालयको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए । चार मात्रै माध्यमिक विद्यालय रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिराले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको रेग्मीले जानकारी दिए । ‘भविष्यमा देशको कार्यभार सम्हाल्ने साना विद्यार्थीको उज्यालो भविष्य बनाउनका लागि सेनाले भवन निर्माण गरेरसहयोग पुर्याउने भएको छ’, उनले भने । कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ नै अनिश्चित भएपछि सेनाले विद्यालय भवन निर्माण सहयोग गर्ने तत्परता देखाएको छ । सेनाले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भएपछि मनाङवासीका साथै बालबालिका समेत हर्षित भएका छन् । नासों-१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ । उनका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उनको भनाई छ । त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्याएको छ । कक्ष १२ सम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस हुने गरेको छ । जिल्लाका चार माध्यमिक विद्यालयमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए । सदरमुकामस्थित चामे–४ को नमूना विद्यालय लोकप्रिय माध्यमिकको भवनमा मस्र्याङ्दी नदीको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । छात्राबाससहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन । नेपाली सेनासँग कहिलेदेखि भवन निर्माणको थालनी गर्ने, भौतिक संरचना निर्माण आवश्यक पर्ने सामग्री कसरी क्षति पुगेको स्थानसम्म पुर्याउने लगायतका प्राविधिक तथा सामाजिक, विधिगत विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानले जानकारी दिए । ‘सडक सञ्जालबाट पूर्ण रुपमा टाढा भएका छौं, विद्यालय विद्यार्थीको भविष्य निर्माणका लागि आवश्यक छ, सडक सञ्जाल निर्माण छिटो भए सहज हुने थियो, पहल गरिरहेका छौं, अझैसम्म पनि वर्षा हुने क्रम जारी रहँदा समस्या थपिएको छ’, उनले भने । कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन थिलो थिलो बनाएको उनले बताए । बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सुचारु गर्नुपर्ने हुन्छ । विद्यालय भवन नै बाढीपहिराले बगाएपछि मनाङका विद्यार्थी शिक्षाबाट बञ्चित हुनेछन् ।
दाङ तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको रा १ ख १७९२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रवार दिउसो भएको दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका ५ की २३ वर्षीया रेखा शाहु, सोही ठाउँकी ३१ वर्षीया सिता बुढाथोकी, दार्मा गाउँपालिका वडानं.६ का २० वर्षीय प्रवेश बस्नेत, शारदा नगरपालिका १५ का ४९ वर्षीय तारा प्रसाद नाथ, शारदा नगरपालिका १ का ४० वर्षीय कृष्ण गौतम घाइते भएको प्रहरीले जनाएको छ ।सोही घटनामा परि रुकुम त्रिवेणी गाउँपालिका २ का बर्ष २१ का जोखबहादुर खड्का,बर्ष २२ का किरण वली,मुसिकोट नगरपालिका ४ का ७५ बर्षिय मोहन सिंह पुन,तुलसीपुर उपमहानगरपालिका ३ का २८ बर्षिया बिनोद बुढाथोकी,दाङ दङ्गीशरण गाउँपालिका ५ कि २५ बर्षिया निर्मला शर्मा,बागचौर नगरपालिका २ का ४५ बर्षिय लालबहादुर डाँगी,कपुकोट गाउँपालिका ५ कि तिला महतरा,बर्ष २१ की यामकुमारी बोहरा,४५ बर्षिया धनकुमारी बोहरा र कुमाख गाउँपालिकाका ७३ बर्षिय हिरे राणा घाइते भएका छन् । बसमा २८ जना यात्रु रहेको र अन्य यात्रु भने सकुशल रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारको लागि दाङ तुलसीपुरमा पठाइएको छ । बस अनियन्त्रित भई सडकको माथिल्लो भागको भित्तामा ठोकिएर पल्टिएको प्रहरीको भनाई छ ।
काठमाडौ, १७ भदौ । टुक्का कविताको उन्नयन एवं प्रवर्द्धन गर्ने उद्देश्यले गठित टुक्का अभियन्ता समुहको पहिलो बैठक भर्चुअल माध्यमबाट बिहिबार सम्पन्न भएको छ । समुहका जेष्ठ सदस्य शरद प्रधानाङ्गज्युको अध्यक्षतामा भएको उक्त बैठकमा २० जना अभियन्ताको उपस्थिति रहेको थियो । बैठक अपरान्ह ७ बजेदेखि शुरु भइ दुई घण्टा बढी समय चलेको थियो ।
उक्त बैठकमा टुक्का साहित्य समाजकि सल्लाहकार शर्मिला श्रेष्ठ, समाजका अध्यक्ष ताराप्रसाद चापागाईं, महासचिव श्रीकृष्ण शर्मा, कोषाध्यक्ष रचना शर्मा ‘प्रतीक्षा’, सचिव विमुन्स पौडेल, सदस्य-सचिव जगत थापा लगायत सक्रिय टुक्का सर्जकहरू रामकृष्ण दुवाडी, म्यामराज राई, वसन्त अनुभव, माधव पोख्रेल ‘’गोज्याङ्ग्रे’’, इश्वरी अधिकारी, धनुष न्यौपाने, नवराज पोख्रेल नवशिला, बिनोद रिजाल, ललिता गिरी, शरद प्रधानाङ्ग, त्रिलोचन भण्डारी, डा. चन्द्र खत्री (भूषण जंग) र बिनिता विश्वकर्मा बाजुराली कान्छीको सहभागिता रहेको थियोे ।
काव्य विधा अन्तर्गत नविनतम उपविधा टुक्का कविता लेखनमा भएगरेका कमि कमजोरीका बारेमा बैठकमा छलफल भएको थियोे । साथै टुक्का कविताको उन्नयन र विकासका लागि आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा वृहत् छलफल भएको थियोे ।
टुक्का कविताको उन्नयनका लागि आवश्यक अभियानका साथ निरन्तर लाग्ने, टुक्का लेखनमा भएगरेका त्रुटि, कमजोरीहरूलाई सच्याउदै लाने प्रतिबद्धता जनाइनुका साथै टुक्का अभियन्ताको नियमित बैठक बस्ने सहमति भएको थियो । उक्त कार्यक्रमको सञ्चालन समाजकी सचिव विमुन्स पौडेलले गर्नुभएको थियोे ।
काठमाडौ, १५ भाद्र । टुक्का साहित्य समाजले नियमित रूपमा टुक्का अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ । टुक्का कविताको विकास र उन्नयनका लागि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष एवं टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का काव्य विधा अन्तर्गतको नविनतम विधा भएपनि छोटो समयमै धेरै साहित्यकार एवं पाठकहरू बिच लोकप्रिय हुन पुगेको छ । जुन कुरा टुक्का लेखन अभ्यास कार्यक्रमहरूमा हुने उल्लेख्य साहित्यकारहरूको सहभागीताले पनि पुष्टि गरेको छ ।
प्रस्तुत छ, २० जना सक्रिय टुक्काकारहरूद्वारा भोक शिर्षकमा रचना गरिएका उत्कृष्ट टुक्काहरू
१. भोकले दिलाएको सङ्गत धेरै टाढा नजाला, सधैँ उस्तै पोटिलो रहदैन होला तिम्रो गाला। २. पेटले माग्ने एक भोजन थियो, तिमीले भन्छौ पेटले दुःख दियो। ✍️ पौडेल विमुन्स, पाेखरा
१. सधै अभाव पीडा छाउँछ हुम्ला जुम्ला तिर, नहट्ने भो कैले पनि रोग र भोकको पिर। २. धनी फेर्छन् महल हरू गरिब भोकै मर्छन्, दुःखीहरू मात्रै किन यस्तो चपेटामा पर्छन्। ३. छैन एकजोर राम्रो लुगा छैन मिठो खाना, मक्किएर चुहिने भा,छ हाम्रो घरको छाना। ✍️ नवशिला बेलबारी -२, लालभित्ती, मोरङ हाल: गोदावारी, ललितपुर
१. इच्छा अनि अाकंक्षाका भाेक थरी थरीका, अतृप्त मन भित्र पीडा जीवन भरिका। २. भाेकले नै दु:ख दियाे भाेकले नै खुसी, नियन्त्रणमा नहुँदा बनायाे कलुषी। ✍️ ताराप्रसाद चापागाईं
१. बिहान खायाे अाधा पेट भरे छैन खान, यो कोरोनाले पाइदैन काम गर्न जान। २. कहिल्यै पनि पुगेन नि पेट भरी खाना, हाम्रा सबै छोरा छोरीको फाटिसक्यो नाना। ✍️ नानीबाबा अधिकारी, कलंकी
१. भोक कुन चरिको नाम हो फुटपाथमा माग्नेलाई सोध, एक मुठी अन्न दान गरेर गरिबीको खुसी हुन्छ बोध। २. महलमा बस्नेलाई के थाह छ भोक कस्तो हुन्छ, च्यातिएका फाटेका धुजा धुजा देखेर मन रून्छ। ३. देखावटी पुराण लगाउँनु भन्दा अनाथ वृद्धआश्रम् मा दान गर, मरेर जाँदा पुण्य हुन्छ भने बाँचुन्जेल सम्म आफ्नो घरमा शान्ति भर। ✍️ कमला पाण्डे पराजुली, झापा
१. कसैलाई खानाको भोक कसैलाई ज्ञानको, जताततै भोकभोकै छ कसैलाई मानको । २. उसलाई कालीको भोक उसलाई सालीको, घुस्याहा नेतालाई लाग्ने भोक सधैं तालीको । ३. गरीबलाई अन्नको भोक त धनीलाई पैसा गन्नको, विश्वकै धनीलाई अझै भोक कसैले नजितुन् भन्नको । ✍️ वसन्त अनुभव , घोराही १४, दाङ ।
१. आनन्दले जो निदाउँछ केही छैन शोक, बताइदेऊ भोजन मीठो या हुन्छ भोक ? २. भइरहेछन् घम्साघम्सी अनि यी आतिसबाजी, भोक मेटाउन मान्छे हुन्छ जे काम गर्न राजी । ३. भोककै कारण मान्छेले गर्यो धर्तीमा सारा उन्नति, यसको पूर्ति नभए बेलामा रहन्न यो जिउमा गति । ✍️ श्रीकृष्ण शर्मा, पोखरा
१. सबै साथी भाइ भेला भएर चोकमा, खाइन्थ्यो चुरोट तीन दिनको भोकमा। २. भोलि भन्दा आजैको चिन्ता के खानु, रिंँगटा लाग्थ्यो रोडमा कता जानु। ✍️ बादल गुरुङ वियोगी, कपन,काठमाडौं
१. गरिबको भोक धनीको मोजमस्ती रमाइलो, कहिले आउला दु:खीको जीवनमा घमाइलो । २. कहिलेकाहॅी जीवनमा भोकको अनुभव गरेर हेर, कस्तो हुन्छ तब मात्रै बुझ्नेछौ तिमी फ्यॅाक्दा खानेकुरा खेर। ३. दुई मुठी भीख मागी गरिब आफ्नो भोक मेट्छ, त्यही भीख नदिएर धनी उसैको गला रेट्छ । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरंग
१. असहायलाई पनि भोक निकै लाग्दो होला, हामीले खाना नदिँदा उसको मन रोला । २. भोक मेटाउन आँसु पिएर हुन्न साथी, केही खान दिएर सम्मान गरौँ अशक्त माथि । ✍️ कल्पना थामी, सिन्धुपाल्चोक
१. तिर्खा लाग्दा जसरी धाउनु पर्दछ हामीले खोला, भोक लाग्दा पेटमा पटुकी कसेर हुँदैन होला॥ २. चाहिन्छ भोक मार्नलाई थोरै भए पनि अन्न, बिना परिश्रम कहाँ पाईन्छ पेट भरि टन्न। ३. तितो मिठो जस्तोसुकै होस् भोक लाग्दा चाहिन्छ, चौरासी ब्यञ्जन सम्झने हो त्यसै कहाँ नै पाईन्छ। ४. सन्तुष्टि हुनुपर्छ खाना खाँदा खेरि, धेरै हुँदा फ्याल्नु हुन्न पाइन्न फेरी। ✍️ पुर्णबहादुर श्रेष्ठ, पनौती-३,काभ्रे
१. सधैं अभाव छट्पटी अनि मनमा शाेकैशोक, साहुको काममा जानु हो खाली पेट भोकैभोक । २. गरिबको जिन्दगीमा छैन खाने कुरा, दुःखीका सधैं रहने सपना अधुरा। ३. कमाई गरौं त आफ्नो खनी खाने छैन खेतबारी, बस्नु छ एक मुठ्ठी अन्न नपाउदै मेख मारी । ✍️ दुर्गा भट्टराई , मोरङ
१ सबैभन्दा ठूलो महामारी शोकले, जस्तोसुकै काम गराउँछ भोकले । २ कसरी बुझम् खोइ नारी मनको भाषा ? राम्री सुन्दरी पाउने मेरो अभिलाषा । ३. आफैं धामी, आफैँ बोक्सी बन्छ काँडो, भरिदैन कहिल्यै चुहिने भाँडो ! ४. आशा बोकी हिँडे साहित्यको शिखर चुम्ने, मेरो छ एउटा धोको यो संसार घुम्ने । ✍️ रिजाल विनोद , बेलबारी २मोरङ
️१. अाँखामा अाँशु छ, मनमा छ शाेक के शक्ति हाेस् ? जब, अाँतमा छ भाेक ! २. कमाउने काेही छैन, न छ बारी बस्नु छ रूँदै, भाेकाे पेट बटारी ! ३. गरिबकाे घर, छैन केही खाने बिना कात्राे धर्ती छाेडी, माथि जाने ✍️ गाेपाल कृष्ण डंगाेल इटहरी,सुनसरी, प्रदेश नं-१
१. अघाएकै हुन्न कहिल्यै सम्पति वा दम्पत्तीले, कति पो उज्यालो दिन्छ र सूर्य अघि मम्बत्तीले। २. न सुतेर अघाउँछ सधैँ निन्द्राको दासले, आस्थामा अघाउँदैन ऊ ईश्वरको आशले। ३. भोकैभोक नभए जिन्दगी हो कि हैन, पाए वा नपाए खान व़ास्ता केही छैन। ✍️ होम प्र, नेउपाने , धरान,सुनसरी
१. जति धेरै खाए पनि उति नै किन लाग्छ नि भाेक, सुख शान्ति जतिसुकै भए पनि मनमा छ शाेक। २. दिनहुँ काेराेना बढेर पाइन म काममा जान, साँझ बिहानकाे लागि पनि छैन भित्र केही खान। ✍️ शाेभा अर्याल, रुपन्देही १४ बुटवल
१. हुनेखाने लाई के थाहा होला भोकले मान्छे रुन्छ , फोहोरमा खोजीखानेलाई सोध भोक कस्तो हुन्छ । २. कामदारले काम गर्दा ढिलाभो भने साहू कतिजाग्छ , बोल्छ तर बुझ पचाएर यिनीहरूलाई भोकलाग्छ । ✍️ बेदु न्यौपाने , काठमाडौ
१. हुने खाने जति सधैँ भोज मै रम्ने गर्छन् , निर्धा जनता रोग,शोक र भोक मै मर्छन्। २. भोक-भोकै बस्ने रहर कहाँ कसलाई पो हुन्छ? भोकमरी मै परोस् न जनता शोषक कहाँ रून्छ? ३. रछानमा खाना खोज्नेलाई सोधन भोक कस्तो हुन्छ? तिनीहरुको उत्तर सुनेर तिम्रो मन पक्कै रून्छ। ✍️ अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ्ग पश्चिम।
१• ल्याएर हालीदेऊ घाॅस एक डोको, जति खान दिए पनि देखिन्छ भोको। २• सारङ्गी जस्तो भईसकेछ पेट, गाह्रो छ हुन हात मुखको भेट। ३• भोकले त ऑखा देख्नै छोडियो, भातमारा अन्तै नाता जोडियो। ✍️ घनश्याम पौडेल, सृजना चोक, पोखरा
१. मोफसलका जनता सधैँ भोक-भोकै, नेता छन् शहरमा छैन कुनै शोकै। २. सिटामोल छैन डाक्टर छ कहाँ, रोग शोकले जनता मरे यहाँ । ३. सत्तामुखी भए नेता आफ्नो मात्र ताल, नयाँ खोजौँ बरु राम्रा थोत्रा जति फाल। ✍️ सूर्य मणि रेग्मी, चितवन