शर्मिला श्रेष्ठको चेतनामूलक उत्कृष्ट तीज गजल

  • २४ भाद्र २०७८, बिहीबार २३:२१ मा प्रकाशित
  • गजल

    यसपालीको तीजमा छड्के तिलहरी लगाउँन सकिन बरिलै
    अर्को साल तीजमा बुढा !भन्न नपाइ मगाउँन सकिन बरिलै ।

    घाटी अनुसार हाड निल्न सक्नुपर्छ नानी ! भन्दै फकाउँथिन् आमा
    लाखौं पर्छन् तिलहरीका र नि देखासिकी भगाउँन सकिन बरिलै ।

    एकछिन झुण्ड्याएर थन्किने हुन् यि लाखौंका गहना दराज भित्र
    लगानी गरे बढ्ने पुँजी जानेर नि मन जगाउँन सकिन बरिलै।

    दिदीबैनीका देखासिकी गर्दै किन्न गए महंगा बनारसी साडी
    आफूले भने सासु ,बुहारीलाई नदिइ लगाउँन सकिन बरिलै।

    उकासिन त उकासिन्छन् मन महिला स्वभाव ईर्ष्यालु भित्रै बाट
    हाल समय परिस्थिति हेरी मस्तिष्क डगाउँन सकिन बरिलै।

    शर्मिला श्रेष्ठ,ललितपुर
    हाल अमेरिका

    Leave a Reply