हरितालिका तीज पर्वको अवसर पारेर टुसासद्वारा टुक्का कविता लेखन अभ्यास शृङ्खला सम्पन्न

  • २४ भाद्र २०७८, बिहीबार १९:०६ मा प्रकाशित
  • काठमाडौ, २४ भाद्र । टुक्का साहित्य समाज, नेपालले हरितालिका तीज पर्वकाे अवसर पारेर  “टुक्का कविता लेखन अभ्यास श्रृङ्खला-२०” सम्पन्न गरेकाे छ।

    समाजकी सचिव विमुन्स पौडेलको संयोजकत्वमा सञ्चालित उक्त अभ्यास शृङ्खलामा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट २८ नारी तथा १७ पुरुष नेपालीभाषी साहित्य सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

    समाजकी सचिव पाैडेलका अनुसार नारी स्रष्टाहरूद्वारा तीजकाे गीति शैलीका टुक्काहरू र पुरुष श्रष्टाहरूद्वारा चेलीलाई तीजकाे निमन्त्रणा गर्ने शैलीका टुक्काहरू सिर्जना गरिएका थिए ।

    अभ्यासकाे क्रममा संकलन गरिएका नारि श्रष्टाहरूका टुक्का कविताहरू

    १.
    गरीवलाई होच्याउने यो तिज नबनोस्,
    गहनाको प्रदर्शनी कहीँ कतै नरहोस्।
    २.
    शिवजीको सेवा पूजा शान्ति परिवार,
    तिजको छ महिमा बुझी मन सपार।
    ✍️ पौडेल विमुन्स, पाेखरा

    १.
    तिज नेपालीको प्यारो चाड छ अशेष,
    झल्किन्छ सामन्ति संस्कृतिको अवशेष।
    २.
    उपयुक्त तरिकाले तीज मनाउँदा,
    राम्रै हुन्छ सबैसँग मिली रमाउँदा ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    १.
    परलाेकतिर कतै बोलाएझैँ लाइरहन्छ,
    तिज आउँदा झन् आमा तिम्रो झल्को आइरहन्छ ।
    २.
    आफ्नै मन नबुझेर आइनँ भाउजू दर खान,
    हजुरलाई नि होला नि मन माइतीघर जान ।
    ✍️ धनु शर्मा, पोखरा

    १.
    कोरोनाले गर्दा पोहोर परार त्यसै गयो,
    यसपालीको तीजमा पक्कै राम्रो हुने भयो।
    २.
    म नाच्छु आऊ सँगिनी तीजको भाकामा गाऊँ,
    यसपालीको तीजमा सबै बबाल मच्चाऊँ।
    ✍️ हिउँकला हाँसी खतिवडा कमलबजार अछाम,

    १.
    तिजैको बेलामा कसलाई लाग्ला नराम्रो
    दिदीबहिनी भेट गराउने चाड  हाम्रो ।
    २.
    हिन्दू महिलाहरूको विशेष महान चाड
    आऊ दिदीबहिनी हो खुशियाली बाँड ।
    ✍️ जमुना अाचार्य, काठमाडाैं

    १.
    मिलेर हामी,मनाऔँ आज,शिवको महिमा,
    गाएर गीत,तीजको चाड,बढाऔं गरिमा ।
    २.
    आउँनु दिदी,बहिनी सबै,माइती आँगन,
    नारीका सबै,अधिकार ति,दायरा मापन ।
    ✍️ शर्मिला श्रेष्ठ,ललितपुर
    हाल अमेरिका

    १.
    दीदी बहिनी मिलेर माइतीघर जाउँला,
    खुशी हुँदै मिठा परिकारका दर खाउँला।
    २.
    व्रत बसी महादेवको पूजा पनि गरौँला,
    पार्वतीको जस्तै रूपधारी शरण परौँला।
    ✍️  नानीबाबा अधिकारी, काठमाडौं

    १.                                                               
    जति संकट परेनी गर्नै पर्छ सामना,
    अठतर सालको तीजको शुभकामना ।
    २.             
    दिदी बहिनी तीजमा  माइत जान पाएनन् ,
    कोरोनाको डरले नै माइती लिन आएनन्  ।
    ✍️ अम्बिका गिरी, विराटनगर

    १.
    दिदी बहिनी मिली जाऊँ माइती घर,
    आमाले पकाएको खाउँला मीठो दर।
    २.
    बोलाउनु भो माइतीमा मेरो घर शहर,
    आमा बाबासित भेट्न लाग्यो मलाई रहर।
    ✍️ भगवती दवाडी , दमक,झापा

    १.
    दिदी र बहिनी मिलेर हामी रमाइलो गरौँला,
    नाच र गान स्वादिलो खान सबै अगाडि सरौँला!
    २.
    दु:ख र पीडा बिसाई एक दिन कम्मर भाँचौंला,
    तिजको माहोल रमाइलो पार्दै हाँसेर बाँचौंला!
    ✍️  निर्मला शाही ठकुरी, दैलेख

    १.
    सारी चोली लगाएर छमछम नाचौंला
    आमा दिदीबहिनीसँगै कम्मर भाचौंला।
    २.
    तिज आयो घुमेर माइती जान पाइएन
    कोरोनाको कहरले  दर पनि खाइएन ।
    ✍️ दुर्गा भट्टराई, मोरङ

    १.
    दर खान आउन पाईन माईत भयो  टाढा,
    पठाई दिनु यतै भनेकी छु आशा रह्यो गाढा ।
    २.
    राम्रो सारी मिठो दर पठाई दिनु दाइ,
    तिहारमा सिंँगारौला नि सप्तरंङगी लाई ।
    ✍️ पुष्पा सायरा, बिराटनगर


    वर्ष दिनको तिज यो मनाउन पाएनौँ,
    वरपर भेला भई तिज  गित गाएनौँ।

    जाऊ न  कान्छो दिदी घर दर खान बोलाउँन,
    नजाऊँ भने  मेरी आमा उतै थाल्छिन् टोलाउँन।
    ✍️ कमला पाण्डे, झापा

    १.
    हेर्दा राम्री देखिन्छिन् गहनाले ती नारी,
    मीठो बाेली, सुवासिलो लगाएकाे सारी ।
    २.
    रमझम  गर्ने  रहर छ  यसपालीको  तीजमा
    राष्ट्रिय पहिरन छ गुनीयो चोली झुमूँ गीतमा।
    ✍️ सुरेखा चाम्लिङ्ग, भक्तपुर

    १.
    माइत जान रहर हुन्छ तिजमा जहिले,
    आउन मत पाइन आमा माइत अहिले ।
    २.
    कोरोना त्रास बढ्दा धेरै बन्धन छ गाउँमा,
    सकिन आमा आउन त्रास बसेको ठाँउमा ।
    ✍️ तारा घिमिरे, संखुवासभा


    चारैतिर झरि बादल उर्लँदाे भेलमा,
    हेर साथी हेर संगी छैनन् चरि जेलमा ।

    उहिलेकी दु:खी चरी सधैँ बन्धन परी रून्थिन् ,
    कहाँ जाऊँ कसलाई सुनाऊँ छट्पटिमा हुन्थिन् ।
    ✍️ शान्ति याक्साे वन, काठमाडाैं

    १.
    तिजमा माइती  मन धेरै,
    जान नपाएर रुन्छ मेरै।
    २.
    तीजका गीत गाईदिन्छु,
    माइतीमाया लाईदिन्छु।
    ✍️ इश्वरी अधिकारी, लमजुङ्ग

    १.
    यो सालको तीजमा म व्रत बस्नेछु,
    नाच्नको लागि  पनि कम्मर  कस्नेछु ।
    २.
    व्रत बसी स्वामीको आयु बढाऊँ,
    शिवजीलाई फूल पाती चढाऊँ।
    ✍️ कल्पना थामी, सिन्धुपाल्चोक

    १.
    अठत्तर सालकाे धेरै शुभकामना छ तिजकाे
    काेराेना छ कहीँ पनि नजाउँ ख्याल गराैँ  भीडकाे ।
    २.
    याे सालकाे तिजमा धेरै हामी  नखाऊँ
    भीडभाडमा हामी टाढा कतै नजाऊँ।
    ✍️ लक्ष्मी घिमिरे दहाल
         दमक-७ झापा

    १.
    दाजुभाइ हुने चेलीबेटीलाई आयो तिज
    सबैको मनमा छायो हर्ष उल्लासको बीज।
    २.
    चेलीको दुःख सबै बिसाउने ठाउँ
    जान मन लाग्छ मलाई आफ्नै गाउँ।
    ✍️ साधना पाैडेल , अाेखलढुंगा

    १.
    वर्षदिनको एकपटक मात्र आउँछ तीज,
    माइती घरको हरेक कुरा लाग्छ धेरै चीज।
    २.
    के सन्देश ल्यायो चरी माइतीको आँगन,
    बाआमा दाजुभाइ कस्ता छन् छिटो भन न।
    ✍️ कोकिला चौधरी, बाँके

    १.
    माईती लिन अाउँदैनौ  बहिनी भनेर ,
    दाजुले फोन गरेनन् बस्छु दिन गनेर ।
    २.
    किनिदेऊ बुढा रातो सारी धागो त्यो  चुरा ,
    मेरो पनि यत्ति सपना नगर अधुरा।
    ✍️ कान्छी बिनिता विश्वकर्मा , बाजुरा

    १.
    मारेर तर  संसार भर  मर्दा पो के लान्छ ?
    हुनेले खान्छ मिठाई दर नहुने के खान्छ ??
    २.
    माइत जान पाउने छैनौ कोरोना कहर,
    भएर  जम्मा दर खाने नि ! नगर रहर ।
    ✍️ रचना मोक्तान “यात्री” काभ्रे

    १.
    ठिक छैन आमा यहाँको हाल बेहालै कुचाल,
    दुःखीछ मन आउनलाई पाईन मन सम्हाल।
    २.
    आउलान् फेरि अर्को  सालमा  तिज भोगौला राम्रा दिन,
    जाउँला माईत खाउँला दर रमाउँला एकै छिन।
    ✍️ दुर्गा  अाचार्य, मोरङ

    १.
    बाटो हेरि मेरा माइती दिन गन्ती नगन्नू ,
    सन्तोष मान्छु म यहीँबाट  आइन नभन्नू ।
    २.
    समय परिस्थितिले गर्दा मत माइत आउन पाईन ,
    यसपाली पनि मेरी आमासँग मैले दर खाईन ।
    ✍️ बेदु न्यौपाने, काठमाडौ


    यस पाली तिजमा लिन आउँनु दाजु मलाई माइत,
    हजुर आए पछि गर्ने छु म पनि छिटो छिटो साइत।

    यस पाली पनि म आामा माइत आइन,
    हजुरले पकाएकाे दर खान पाइन।
    ✍️ शाेभा अर्याल
    रुपन्देही  १४ बुटवल

    १.
    यस पटकको तिजमा घरमै बसी मनाऔँ,
    कोरोनाबाट नि आफूलाई सुरक्षित बनाऔँ ।
    २.
    तिजमा माइत गइएन कोरोनाको खेलले,
    मौसम  पनि राम्रो छैन बाढी , पहिरो भेलले ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ १ काठमाडौँ

    १.
    तिज आयो गाउँ घर रमझम गराउदै,
    माइती सम्झी मै चेलीलाई रुने बनाउदै।
    २.
    हुनेलाई दसैं, तिहार, तिज आउँछ,
    गरिबलाई सम्झदा मुटु बिजाउछ।
    ✍️ हिमा आर.सी
    मेहेलकुना सुर्खेत

    अभ्यासकाे क्रममा संकलन गरिएका पुरूष श्रष्टाहरूका टुक्का कविताहरू

    १.
    अाउ चेली माईतमा तीज मनाअाैं,
    दर खाई हाम्राे पर्व भव्य बनाअाैं।
    २.
    पीडा भुल्न माईत अाऊ मनमा माया भरेकाे,
    कति रुँदै बस्छ्यौ पराई घरमा दुःख गरेकाे।
    ✍️ तारा प्रसाद चापागाईं

    १.
    आमा दर पकाउँछिन् दिदी लिन आएको,
    खै,सुनेको बहिनी? डाँडाबाट बोलाएको।
    २.
    भान्जा बोक्नु दिदी तिमी,म भान्जी बोकौँला,
    बसमा भीड होला ट्याक्सी आए रोकौँला।
    ✍️ म्याम राज राई, जापान

    १.
    तयार भई बस्नु तिमी कान्छो आउँदै छ लिनु,
    उपहार पनि बोकी ल्या’को छ ज्वाइँलाई दिनु।
    २.
    निम्तो मात्र हैन बैनी गाडी पनि आ’को छ लिन,
    चाँढै आऊ कान्छोसँग आजै हो दर खाने दिन।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    १.
    माइती चेली सम्बन्ध अझ प्रगाढ पारेर,
    प्रेमले हासौं खुशीले बाचौैैं सद्भाव खारेर।
    २.
    हुँदामा खाने हुनेमा खाने विभेद नगरी,
    मनाऔं तीज देशका कुना गाउँ र शहरी।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    १.
    दर खाने यो रहर
    पाक्दैछ गाउँ शहर।
    ✍️-पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    १.
    दर खान निम्तो दिएँ सबै दिदी बैनी आजलाई,
    स्वागत गर्छौ सबै मिली हामी अब दाइभाइ ।
    २.
    माया स्नेह प्रेमले चेली माइती आउने,
    दिदी बहिनी र साथीसँग  गीत गाउने ।
    ✍️ माधव पोखरेल गोज्याङ्ग्रे
    उदयपुर गाईघाट हाल ताप्लेजुङ

    १.
    भुल्यौ क्यारे  नानी नाता  बाबु आमा सितको,
    सम्झेर आऊ यस पाली चाड आयो प्रितको ।
    २.              
    बाबा आमा रोगी दम सुगरको असक्त,
    निमन्त्रणा गरे यही भए नानी मा व्यस्त ।                 
    ✍️ सूर्य मणि रेग्मी
    चितवन

    १.
    एकातिर काेराेनाकाे मडारियाे कहर ,
    अर्कोतिर बाढी अायाे बढारियाे शहर ।
    २.
    अाइदेउ चेली गाइदेउ नाच्देउ कम्मर मर्काएर , 
    हाँसीहाँसी मनाइदेउ तीज माइतीकाे घरमाअाएर ।
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा ।

    १.
    चुलै निम्ता गर्दछु दर खानेको,
    खानेको छ व्यबस्था छैन लानको।
    २.
    उपहार ल्याउने कुनै कष्ट नगर्नू,
    ईज्यतको ख्याल गरेर तल नझर्नू।
    ✍️ घनश्याम पौडेल, सृजना चोक
    पोखरा

                   
    १.
    हावाको मार्फत चेलिलाई निम्तो गरेको,
    सेतो कगज पानामा फुलबुट्टे अक्षर भरेको।
    २.
    अनुग्रह गरेकोछु वाल्यकालका ति सबै याद बुनेर,
    यो निमन्त्रणा पत्रभित्र बिना पूर्वाग्रहको सद्भाव उनेर।
    ✍️ होम प्रसाद नेउपाने, धरान,सुनसरी

    १,
    एसपालिको तिजमा अाँईन अर्कोसाल अाउँने,
    माँईतीको अाँगनिमा बसेर पुजापाठ लाउँने।
    २,
    बाहिर जति हाँसे पनि भित्री भित्रै रुएको,
    तिज  मान्नु  नपाएर  अाँसुले मुख धुएकाे।
    ✍️ लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    १.
    देश, परदेशका चेली आउनु मेरो घर,
    बनाएर खुवाउँछु सबैलाई मिठो दर ।
    २.
    निस्ताएको छ नि घर आगनफ
    तिमी आए खुसी हुन्छ यो मन ।
    ✍️ रिजाल विनोद, बेलबारी माेरङ्ग


    आज दर खाने दिन चुले छ निम्तो सबैलाई,
    तीज आयो चेलीबेटी रामाऔँ तिजेगीत गाई ।

    म बनाउँछु खीर दही काँकरीको अचार,
    आऊ चेलीबेटी माइती घर शून्य नपार ।
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    १.
    तीज आयो दिदीबहिनी जुराऊ छिट्टै साइत,
    आउनैपर्छ यसपालि त चेलीबेटी माइत ।
    २.
    तिम्रै बाटो कुर्छिन् आमा कुर्छौँ हामी दाजुभाइ,
    चेली आउँदा घर उज्यालो लाग्छ हामीलाई ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ


    दिन त केही  सकिन धेरै थिए चाहना,
    दिदी बहिनीलाई तिजको शुभकामना।
    २.
    आएनन् कोही दिदी बहिनी भनी,
    आमा रुँदै छिन् एक्लै पागल बनी।
    ✍️ जगत थापा, बझाङ्ग

    १.
    कसको निम्तो मान्नु होला यतै आइज भन्छन्,
    पुग्न फेरि पाएको हुन्न गोजीका पैसा गन्छन् ।
    २.
    निमन्त्रणा  आएपछि  नगई  नहुने  रहेछ,
    दुई दिनको हाम्रो जिन्दगी यो पाहुना भएछ ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग, हाल- प्रवास

    १.
    तिमीलाई यो तिजमा निमन्त्रण छ मनबाट,
    चेली माइत आउँदा पो रमाइलो भेटघाट!
    २.
    रातो सारी पहेंला गहना ओठमा मुस्कानसँग बाँचे!
    सौभाग्यको व्रत बसी भोकै होइन बलियो भई नाचे!
    ✍️ भूषण जंग, ललितपुर
    हाल अस्ट्रेलिया

    2 thoughts on “हरितालिका तीज पर्वको अवसर पारेर टुसासद्वारा टुक्का कविता लेखन अभ्यास शृङ्खला सम्पन्न

    1. आहा निकै आनन्दित शैलीमा टुक्का प्रकाशन भएको छ। हार्दिक आभार व्यक्त गर्दछु। हिमालय दृष्टि अनलाइन पत्रिका प्रति कृतज्ञता प्रकट गर्दछु। आदरणीय सर वसन्त अनुभव सर प्रति हार्दिक आभार व्यक्त गर्दछु।

    Leave a Reply