एमसीसी उपाध्यक्षलाई प्रचण्डको जवाफ : राष्ट्रिय सहमति जुटाएर मात्र पारित गर्नुपर्छ

  • २५ भाद्र २०७८, शुक्रबार १०:४२ मा प्रकाशित
  • काठमाण्डाै – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको छ ।

    एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएर मात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको हो । यसबारे सत्तारुढ गठबन्धनभित्र पनि सहमति हुनुपर्ने उहाँको भनाई थियो ।

    भेटमा सुमारले एमसीसीबारे आफूहरुले स्पष्ट पारिसकेको र अब नेपालले निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई प्रष्ट दृष्टिकोण बनाउन सुझाव दिनुभएको छ । माओवादी केन्द्रभित्र एमसिसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गर्नुपर्ने दुईथरी विचार छ ।

    Leave a Reply