टुक्का अभियन्ता समूहको प्रथम भर्चुअल बैठक सम्पन्न

  • १८ भाद्र २०७८, शुक्रबार ११:५२ मा प्रकाशित
  • काठमाडौ, १७ भदौ । टुक्का कविताको उन्नयन एवं प्रवर्द्धन गर्ने उद्देश्यले गठित टुक्का अभियन्ता समुहको पहिलो बैठक भर्चुअल माध्यमबाट बिहिबार सम्पन्न भएको छ । समुहका जेष्ठ सदस्य शरद प्रधानाङ्गज्युको अध्यक्षतामा भएको उक्त बैठकमा २० जना अभियन्ताको उपस्थिति रहेको थियो । बैठक अपरान्ह ७ बजेदेखि शुरु भइ दुई घण्टा बढी समय चलेको थियो ।

    उक्त बैठकमा टुक्का साहित्य समाजकि सल्लाहकार शर्मिला श्रेष्ठ, समाजका अध्यक्ष ताराप्रसाद चापागाईं, महासचिव श्रीकृष्ण शर्मा, कोषाध्यक्ष रचना शर्मा ‘प्रतीक्षा’, सचिव विमुन्स पौडेल, सदस्य-सचिव जगत थापा लगायत सक्रिय टुक्का सर्जकहरू रामकृष्ण दुवाडी, म्यामराज राई, वसन्त अनुभव, माधव पोख्रेल ‘’गोज्याङ्ग्रे’’, इश्वरी अधिकारी, धनुष न्यौपाने, नवराज पोख्रेल नवशिला, बिनोद रिजाल, ललिता गिरी, शरद प्रधानाङ्ग, त्रिलोचन भण्डारी, डा. चन्द्र खत्री (भूषण जंग) र बिनिता विश्वकर्मा बाजुराली कान्छीको सहभागिता रहेको थियोे ।

    काव्य विधा अन्तर्गत नविनतम उपविधा टुक्का कविता लेखनमा भएगरेका कमि कमजोरीका बारेमा बैठकमा छलफल भएको थियोे । साथै टुक्का कविताको उन्नयन र विकासका लागि आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा वृहत् छलफल भएको थियोे ।

    टुक्का कविताको उन्नयनका लागि आवश्यक अभियानका साथ निरन्तर लाग्ने, टुक्का लेखनमा भएगरेका त्रुटि, कमजोरीहरूलाई सच्याउदै लाने प्रतिबद्धता जनाइनुका साथै टुक्का अभियन्ताको नियमित बैठक बस्ने सहमति भएको थियो । उक्त कार्यक्रमको सञ्चालन समाजकी सचिव विमुन्स पौडेलले गर्नुभएको थियोे ।

    One thought on “टुक्का अभियन्ता समूहको प्रथम भर्चुअल बैठक सम्पन्न

    1. हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका परिवार तथा वसन्त अनुभव सर प्रति कृतज्ञता प्रकट गर्दछु। सम्पूर्ण अभियन्ता ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना।

    Leave a Reply