११ नम्बर वडामा कांग्रेसको दुई समुह चुनावि प्रचारमा

  • १८ भाद्र २०७८, शुक्रबार १२:१८ मा प्रकाशित
  • तुलसीपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक सुरुवात भईसकेको छ । साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशनमा वडा अधिवेशन आजबाट सुरु भएको हो । वडा अधिवेशन केहि जिल्लामा भने तयारी नपुगेको हुदा केहि पर सरेको छ । यता दाङमा पनि वडा अधिबेशन भदौ २१ गते हुने भएको छ । अधिबेशनको मिति नजिकिएसगै चुनावि माहोल तात्तीदा भेटघाट तथा प्रचार प्रसारले तिव्रता पाएका छन । नेताहरु चुनावि प्रचार प्रसारमा ब्यस्त देखिन्छन ।

    सवै वडामा चुनावि गतिविधी बढ्दै जादा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा पनि नेतृत्वको लागी निकै रस्साकस्की सुरु हुन थालेको छ । उक्त वडामा खास गरि दुई वटा समुहले प्रचार प्रसारलाई यतीवेला ब्यापक बनाएका छन । वडाबाट प्रतिनिधित्व गर्ने तुलसीपुरकै प्रतिष्ठित उद्योगपति डिल्लीबहादुर बस्नेत र संविधान सभाका सदस्य बुद्धिराम भण्डारीको अलग/अलग गुट खडा भएको छ । उनिहरु आँफु पक्षधरलाई निर्वाचित गराउन घर दैलोमा पुगेका छन ।

    भण्डारीको समुहले वडा सभापतिको उम्मेदवार जसपुरका हेमबहादुर वलीलाई बनाएको छ । त्यस्तै बस्नेतको समुहले मोतिपुरका तिर्थबहादुर बस्नेत (महेन्द्र) लाई उम्मेदवार बनाएको छ । श्रोतका अनुसार हेमबहादुर लाई कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी र लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकाश मन्त्री डिल्ली बहादुर चौधरीको साथ रहेको छ । त्यसैगरी रमेशबहादुर भण्डारी, निर्वाचन क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वली, होमप्रकाश गौतम, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष धुर्व आचार्य, क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रमेश मल्ल, वडा सदस्य सुवास डाँगी लगायत खुलेरै आफ्नो पक्षमा भोट माग्दै हिडेको छन ।

    यस्तै तिर्थ बहादुरलाई भने गेहेन्द्र गिरीको साथ रहेको श्रोतले बताएको छ । यो समुहमा वडाध्यक्ष चित्रबहादुर वली, नेपाली काँग्रेसका पूर्व वडा इकाई सभापति अर्जुनबहादुर केसी, लगाएका नेताहरु भोट माग्दै हिडेका छन् । वडामा दिपक गिरी र डिल्ली बहादुर चौधरीकोको बलियो पकड भएको हुदा हेमबहादुर सभापतीको बलियो प्रतिष्पर्धीको रुपमा रहेको नेताहरु बताउछन

    यद्यपी पश्चिम भेगमा तिर्थबहादुरको पनि उत्तिकै माहोल खडा भएको हुदा केहि भन्न नसकिने वडाका नेताहरु टिप्पणि गर्दछन । यो वडामा खास गरि पहिले देखि नै भण्डारी खलक र बस्नेत खलकका विच चुनावि प्रतिष्पर्धि हुदै आएको छ ।

    Leave a Reply