राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने माथी सरकारले प्रतिसोध साध्यो भनी रा स्व पा ले चलाएको हस्ताक्षर अभियान सिन्धुली मा पनि तीब्र गतिमा अगाडी बढेको छ ।
सिन्धुलीमा हस्ताक्षर अभियान जिल्ला सभापति श्री अबिनास बस्नेत ज्यु को नेतृत्वमा माढी बजार बाट सुरु गरिएको थियो भने अहिले सम्पूर्ण पलिका देखि लिएर जिल्लाका धेरै वडा हरुमा समेत हस्ताक्षर अभियान चलिरहेको छ । अहिले पछिल्लो समय देश तथा बिदेशमा रा स्व पा को क्रेज बढी रहेको बेला सिन्धुली जिल्लामा पनि युवाहरू सकृय भएर लागिरहेको देखिन्छ । हस्ताक्षर अभिनय सगगै सदस्य नवीकरण साथै संगठन बिस्तार पनि फैलिदै गरेको कुरा स्रोतले बताएको छ । सिन्धुली जिल्लाको रा स्व पा प्रती सकारात्मक भएर अहिले निकै सकृय क न पा १० का युवाहरूलाई देखिन्छ । मरिन दुधौली कमलामाइ लगायत सम्पूर्ण पालिका मा हस्ताक्षर अभियान द्रुत गतिमा चलिरहेको छ ।यसैगरी क न पा ७ लगायत विभिन्न वडा देखी जिल्ला सम्म को नेतृत्व युवाहरू निरन्तर लागि पर्नु भएको छ ।
हालसम्म सिन्धुली जिल्लामा जनताले 21500 हस्ताक्षर गरिसक्नु भएको छ । र अझै ससक्त भएर हस्ताक्षर अभियान जारी राख्ने भनी स्रोतले दाबी गरेको छ ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- २१७ सम्पन्न साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको २१७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- २१७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] पालो सिधाको पहिल्यै चलेको परम्परा जहिल्यै !
वसन्त अनुभव [२] यथार्थता टेढोलाई बिदा मार खाने सिधा !
रमा पन्त, पाल्पा [३] सत्य सिधा हेला टेढा नपर्ने फेला !
कार्की डिबी माकुम, सुनवल-४ [४] पालो सिधा पहिला टेढा सोझाएर काम !
गाईघाटको त्यो बिहान सामान्य थिएन । शान्त आकाशमुनि एउटा सभाहलभित्र अक्षरहरू गुञ्जिरहेका थिए । दुई कृतिका आवाजले समयलाई झस्क्याइरहेका थिए, र उदयपुर साक्षी बनेको थियो दुई सशक्त सिर्जनाको आगमनमा ।
सङ्गम पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा कथाकार बोधकुमार घिमिरे र कवि हिमालय पौडेलका कृति ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ सार्वजनिक गरिए । कार्यक्रम संयोजन, सञ्चालन र सन्देश सबै साहित्यप्रेमीहरूको आत्मीय सहभागितामा सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता पुस्तकालय अध्यक्ष भरत खड्काले गरे । प्रमुख आतिथ्य सम्हाल्दै प्रा.डा. टङ्कप्रसाद न्यौपानेले साहित्यलाई चेतनाको ऐनासँग जोडेर प्रस्तुत गरे । समीक्षा र समालोचनाका लागि नन्दलाल आचार्य र पुण्य कार्की, टीकाप्रसाद पौडेल र दीपक पौडेल मञ्चमा थिए । उपस्थित दर्शकको संवेदनशील शान्तिमा साहित्य बोलिरहेको थियो ।
बोधकुमार घिमिरेद्वारा लिखित ‘बलिदानका कथाहरू’ ११ कथाको सङ्ग्रह हो- शब्दको सजावट होइन, यथार्थको चोट हो। समीक्षकद्वय आचार्य र कार्कीले कथाहरूलाई “हाँसोभन्दा बढी आँसुका भाषा” भने । माओवादी द्वन्द्वको त्रासदी, त्यसपछिको विघटन, राजनीतिक सङ्क्रमण र सामाजिक पीडाको समग्र चित्र यसमा पाइन्छ ।
कथाकारका आफ्नै शब्दमा- “सत्य लेख्न खोज्दा झुटो लाग्ने पात्र मेरा आफ्नै समाजका पीडित अनुहार हुन् ।” कथा न त केवल कल्पना हुन्, न त शुद्ध यथार्थ यी जीवित विडम्बनाहरू हुन्, जो कलमका लयमा कराइरहेका छन् ।”
हिमालय पौडेलको ‘शिखण्डी’ केवल खण्डकाव्य होइन, मिथकको खोल फुकालेर युगको मुहार देखाउने प्रयत्न हो । समालोचक टीकाप्रसाद पौडेल र दीपक पौडेलले यसलाई “युगीन विद्रोहको स्वर” र “अव्यक्त घाउको भाष्य” माने ।
प्रा.डा. न्यौपानेले खण्डकाव्यलाई युगको पुनर्परिभाषा मान्दै भने, “कवितामा अनुभूति कल्पनामा ढालिनुपर्छ, तर खण्डकाव्यमा त्यो अनुभूतिमा युग बोल्नुपर्छ ।” शिखण्डी त्यसैको सजीव उदाहरण हो- पौराणिकताभित्र विद्रोहको नयाँ विम्ब ।
कार्यक्रम केवल विमोचनमा सीमित रहेन । यो सन्ध्या वाचन, विचार र विमर्शको साझा मञ्च बन्यो । प्राज्ञ रामप्रसाद खरेलले भने, “सिर्जनापछि कुटाइ पनि खानुपर्छ, माया पनि पाइन्छ । लेखक दुबैका लागि तयार हुनुपर्छ ।” यस भनाइमा लेखकीय इमानदारीको समर्पण झल्किन्थ्यो ।
कोशी प्रदेश सांसद सम्झना पाख्रिन, साहित्यकार विन्दु दाहाल, कवयित्री मायामितु न्यौपाने, कथाकार राममणि पोखरेल र सङ्खुवासभाका कवि ताराबहादुर बुढाथोकी लगायतले मन्तव्य दिँदै आफ्ना रचना वाचन गरे ।
विशेषतः बुढाथोकीद्वारा वाचन गरिएको कविता ‘झोला’ दर्शकहरूलाई झस्क्याउने खालको थियो । शार्दूल विक्रिडित छन्दमा रचिएको यो व्यङ्ग्यात्मक कविता प्रवासपीडासँगै सामाजिक र राजनीतिक विडम्बनाहरूको चीरफार गर्छ ।
“झोला हो परदेश भ्रमण सखे नेपालमा पूजने, रित्तो पो छ कि वा पुटुक्क छ भनी सङ्केतमा बुझिने । झोलाकै बलमा युधिष्ठिर भए झोले ती दुर्योधन, लेख्नै मुस्किल पो भयो कि त सखे झोला नबोकीकन ।।”
कार्यक्रमका समापनतिर अनुसन्धाता कौशल चेम्जोङले भने, “अक्षरहरू मन्त्र हुन्। लेख्न विवेक चाहिन्छ। बेफ्वाँक लेखिँदैन, विवेकविना बुझिँदैन ।” यो भनाइले आजको साहित्यिक जिम्मेवारीलाई उजागर गर्यो ।
कार्यक्रमको आरम्भमा सल्लाहकार महेन्द्र राईले स्वागत मन्तव्य राख्दै सङ्गम पुस्तकालयलाई सिर्जनात्मकता र विवेकको थलो बनाउने अठोट व्यक्त गरे । यस्तै, प्रा.डा. न्यौपानेले उदयपुर गढीको ऐतिहासिकता र प्रदेश प्रज्ञा प्रतिष्ठानको आवश्यकता उठाउँदै साहित्यको क्षेत्रीय समृद्धिमा जोड दिनुपर्ने बताए ।
उनले कथा लेखनबारे सूत्र वाक्य पनि दिए- “कथा आकस्मिक रूपमा सुरु हुनुपर्छ र अप्रत्यासित ढङ्गमा टुङ्गिनुपर्छ । पाठकले अन्दाज गर्न नसक्ने कौतुहलता राखेर अन्त्यमा स्पष्टीकरण दिन सक्नु नै कथा हो ।”
उक्त कार्यक्रम केवल दुई कृतिको विमोचन थिएन । त्यो दिन दुई सर्जकले आफ्ना भोगाइ, दृष्टि र युगको चोट नेपाली पाठकमाझ अर्पण गरे । एकातिर युद्ध र बलिदानको दस्तावेज ‘बलिदानका कथाहरू’, अर्कातिर मिथक र वर्तमानको संगम ‘शिखण्डी’ यी दुबै उदयपुरबाट एकैपटक उदाए ।
शब्दहरू शस्त्र थिएनन्, तर शक्ति थिए । कार्यक्रमका प्रत्येक वक्ताले भन्न खोजेका थिए, साहित्य मनोरञ्जन होइन, चेतनाको निर्माण हो ।
अन्त्यमा अध्यक्ष भरत खड्काले भने, “आज हामीले साहित्यको यात्रा होइन, जीवनको यात्रा थालेका छौं। यस यात्रामा शब्दहरू सधैँ हाम्रो साथमा रहनेछन् ।”
गाईघाटको त्यो बिहान शब्दहरूको उत्सव थियो । जहाँ शब्दले मञ्च पाए, सर्जकले आत्मसन्तोष, र पाठकले सन्देश । ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ दुवै सिर्जनात्मक परिश्रमका उपज हुन्- यी कृतिहरूले नेपाली साहित्यमा केवल लेखकीय उपस्थितिको होइन, जनचेतनाको अस्तित्व पुष्टि गरेका छन् ।
सिर्जनालाई सम्मान गर्ने समाज नै सिर्जनात्मक हुन्छ । गाईघाटले त्यसको गवाही दियो । उदयपुरले त्यो अभ्यास गर्यो ।
नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज 2082 को अबसर । मौलिक तीज गीत माइती बरिलै सार्वजानिक भएको छ । चर्चित गायक खुमन अधिकारी र लोक गायीका मिना बेल्बासेको समधुर आवाजमा रहेको यस गीतमा सर्जक नवीन घिमिरेले शब्द संकलन गर्नु भएको छ भने लोक गायक तथा सर्जक तेज सिलवालको संगीत रहेको छ ।भुवन के पोख्रेल ,यशु भट्टराई, छबिलाल बेल्बासे ,अन्य थुप्रै कलाकारहरुको अभिनयमा रहेको बरिलै गीत युटुब तिर पनि राम्रो views पाउन सफल भएको छ।
पछिल्लो समय तीजको गीत भन्दै बजार मा छाडापन झल्काउने गीत हरुको भिडमा माइत बरिलै गीत दर्शकले मौलिक गीत भनेर रुचाएका छन । अहिले सामाजिक संजाल टिकटक रिल्स जताततै गीतले चर्चा बटुलेको छ ।
गीतको पूरा भिडियो Mina Belbase youtube च्यानलमा राखिएको छ ।
New song ( MAITA BARILAI)बजारमा! स्वर :- खुमन अधिकारी / मिना बेल्बासे शब्द :- नवीन घिमिरे संगीत :- तेज सिलवाल एरेन्ज :- सन्जय सिर्पाल स्टुडियो :- मुर्चुङा रेकर्डिङ स्टुडियो मिक्सिङ मास्टरीङ :- गोबिन्द वली नृत्य निर्देशक :- देबेन्द्र कुवर अभिनय :- भुवन के पोखरेल /यशु भट्टराई सहयोगी :- छबिलाल बेल्बासे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट संगठन प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले, आफ्नो सभापतिलाई गरिएको राजनितिक प्रतिसोध बिरुद्द सुरु गरेको बिश्वब्यापी हस्ताक्षर अभियान साउदी अरबमा पनि व्यापक समर्थन र सहभागिता बटुल्दै अगाडी बढेको छ ।
देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी तथा भ्रष्टचार बिरुद्दको शासन प्रणाली लाई लागु गरि देशमा जनताको हकहितका लागि उदाएको नयाँ पार्टि प्रति गरिएको राजनितिक प्रतिसोध र सरकारको अपारदर्शिता र भ्रष्टचार बिरुद्दको सुरु गरिएको यो अभियानले बिश्वभरिका प्रवासी नेपालीहरूमा समेत नयाँ आशा र ऊर्जा थपेको कुरा प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबका उपसभापति प्रेम आचर्यले जानकारी गराए ।
यो अभियानलाई शसक्त बनाई अगाडि बढाउन आफ्नो साउदीको प्रबास समिति पदाधिकारीहरु साउदीको बिभिन्न सहरहरुमा निरन्तर खटिएका र साउदीमा कार्यरत अधिकांस नेपाली श्रमिक, व्यवसायी तथा बुद्धिजीवी वर्गले हस्ताक्षर मार्फत यो अभियानमा साथ दिएका पनि आचर्यले जानकारी गराए । साथ साथै दिनानुदिन संगठनमा नयाँ सदस्यहरु थपिनु भएको र यो क्रम बढ्दोक्रममा रहेको उपसभापति आचर्यले जनाए ।
रास्वपाको तर्फबाट प्रवासमा रहेर पनि आफ्नो पार्टिको नितिलाई अबलम्बन गर्दै धेरै श्रमिकहरुलाई समस्या पर्दा सहयोग गरिएको र कसैलाई समस्या पर्दा सहयोगको लागि प्रवास नेपाली सम्पर्क विभागलाई संपर्क गर्न पनि उपसभापतिले अनुरोध गरेका छन् ।
यो एउटा अभियानले भ्रष्टचारीहरुको मनमा ढ्याङ्ग्रो बजेको र 84 सम्म देश रास्वपामय हुने पनि उपसभापति आचर्यले जनाए ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमही दाङले विद्यालयमा कविता प्रतियोगिता आयोजना गरि मनाएको छ।
बिहानी सत्र र दिवा सत्र गरि दुई सत्रमा कार्यक्रम आयोजना गरिएको थियो। बिहानी सत्रमा व्यवस्थापन सङ्कायका ११ जना विद्यार्थीले भाग लिएका थिए। जसमा रुमा चौधरी ,रञ्जित चौधरी ,योगेश बस्नेत ,रेखा कुमाल, सुरेश शर्मा ,बिक्की सुनार,करुणा आचार्य ,रितु भट्टराई ,रेखा खड्का ,उष्मा पुन,लक्ष्मी वि.क रहेका थिए। जसमा उष्मा पुन प्रथम,रञ्जित चौधरी द्वितीय र रुमा चौधरीले तृतीय स्थान हासिल गरे।
त्यस्तै दिवा सत्रमा विज्ञान सङ्कायका १० जना विद्यार्थीले भाग लिएका थिए। जसमा युवराज डाँगी ,विशाल खड्का ,योजना कालाथोकी, विविका खत्री,सजिना आचार्य ,रोहित यादव,पुष्कर पोख्रेल ,सविता आचार्य ,कुशल भण्डारी , रीता सुवेदीले भाग लिएका थिए। जसमा विविका खत्री प्रथम,योजना कालाथोकी द्वितीय ,युवराज डाँगी तृतीय र पुष्कर पोख्रेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
बिहानी सत्रमा सुचारु कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले गर्नुभएको थियो भने अतिथिमा व्यवस्थापन सङ्कायका प्रमुख प्रकाश ओली,विनोद ठाकुर , मा.वि ९/१० संयोजक यमप्रकाश डाँगी लगायत रहनुभएको थियो। दिवा सत्रको कार्यक्रमको आतिथ्यतामा विज्ञान संयोजक प्रकाश रिजाल, माधव शर्मा , अजित शाह, राजिव पोख्रेल, सि. के. यादव, गुरुदास यादव, सुशील आचार्य,आयुव सेन्चुरी, लगायत रहनुभएको थियो। निर्णायक मण्डलमा विद्यालयका नेपाली शिक्षक द्वय तेजप्रसाद खनाल र टुकलाल आचार्य रहनुभएको थियो।
कार्यक्रमको सहजीकरण बिहानी सत्रमा सुजन छिनाल र दिवा सत्रमा मिलन खनालले गरेका थिए। कार्यक्रम निक्कै रोचक र भव्य रुपमा सम्पन्न भएको थियो।सबै प्रतियोगीले भानुको उच्च प्रशंसाा गरेका थिए। विद्यालयका शिक्षक प्रकाश रिजाल र तेजप्रसाद खनालले भानुभक्तको बारेमा कविता सहित छोटोे मन्तव्य समेत राख्नुभएको थियो भने प्रकाश ओलीले कविता सुनाउनुभएको थियो।
सिरानचोक गाउँपालिका ६ गोर्खा घर भइ हाल साउदी अरबको रियादमा एक श्रमिकका रुपमा कार्यरत उमेश भट्टले जेल जीवन बिताइ रहेका रास्वपा सभापति रबि लामिछानेलाई एक सन्देश पत्र लेखेका छन् ।
उमेश भट्ट लेख्नु हुन्छ :-
रबी दाइलाई एक देशप्रेमी नागरिकको सन्देश जय देश! जय जनता! जय परिवर्तन!
आदरणीय रबी दाइ,
यो सन्देश एउटा आम नेपालीको छातीबाट निस्किएको त्यो बलियो भाव हो, जसले तपाईंलाई आशाको दियो मानेको छ। तपाईंलाई हामीले नेतामा होइन, यो राष्ट्रका साहसी सुपुत्रका रूपमा हेरेका छौं। तपाईंको आँखा, बोली, कर्म र समर्पणमा हामीले जुन सत्यता देख्यौं, त्यो युगान्तकारी आशा बनेर हामी सबैको मनमस्तिष्कमा गहिरो प्रभाव पारिरहेको छ।
दाइ, तपाईं पत्रकारिताबाट राजनीति प्रवेश गर्दा थुप्रैले प्रश्न उठाए – “सत्ताको लोभ त हैन?” तर हामीले चिनेका रबी लामिछाने सत्ताका लागि होइन, सत्यका लागि लड्न मैदानमा उत्रनुभएको हो। तपाईंको हातमा कलम थियो, आज त्यो कलम सिधा संसदमार्ग हुँदै जनताका हक र अधिकारका लागि आवाज बनेर गुञ्जिरहेको छ।
आज देश भष्ट्राचार, दलाली, सिण्डिकेट र कुशासनको चपेटामा परेको बेला तपाईंले देखाउनुभएको मार्गदर्शन हामी युवाहरूका लागि प्रेरणाको सन्देश हो। तपाईंले उठाएको नारा — “देशको माया गरौं, गलतको विरोध गरौं” — केवल शब्द होइन, आन्दोलन हो, क्रान्तिको बीउ हो।
तपाईं हाम्रो आवाज हो
रबी दाइ, तपाईं हाम्रो ती सुनिएका तर कहिल्यै नसुनिएका आवाजहरूको प्रतिनिधित्व हो। तपाईं ती दीन, गरिब, असहाय नागरिकहरूको आशा हो, जसको पीडा सरकारले कहिल्यै सुनेन। तपाईं हामी नेपालीहरूको रोदन हो, जसले न कतारमा न्याय पायौं, न मलेसियामा, न आफ्नै गाउँको वडामा।
तपाईंले हजारौं पीडितको न्यायका लागि ज्यानको बाजी राखेर काम गर्नुभयो। त्यसैका लागि जनताले तपाईंलाई दिल खोलेर साथ दिएका छन्। तपाईंको कुशल नेतृत्व, इमानदार छवि र दूरदृष्टिले हामीमा नयाँ नेपालको सपना पलाएको छ।
तपाईंको विचार र कार्यशैली
रबी दाइ, तपाईंको सोच स्पष्ट छ – देशलाई लुट्न होइन, बनाउनुपर्छ। तपाईंले सरकारलाई घुँडा टेकाउनु भयो जब नागरिकता बेच्न खोजियो, जब डलर घोटाला लुकाउन खोजियो, जब न्यायकै सौदा गरियो। तपाईंको बोलीमा राष्ट्रको पीडा देखिन्छ, तपाईंको कार्यशैलीमा परिवर्तनको आँधी बगिरहेको छ।
तपाईं ‘राष्ट्र पहिले, दल पछि’ भन्ने मन्त्रको वास्तविक अनुयायी हुनुहुन्छ। आजको नेपाली राजनीतिमा यस्तो इमानदार सोच भएका नेताहरू औँलामा गन्न सकिन्छ। तपाईंले प्रमाणित गर्नुभएको छ — राजनीति भ्रष्टहरूको जमात होइन, यो देश बनाउनेहरुको जिम्मेवारी हो।
तपाईंलाई देखेर हामी जागेका छौं, रबी दाइ, तपाईंलाई देखेर हामी युवाहरू जुरुक्क उठेका छौं। तपाईंको हिम्मतले हामीलाई पनि बोल्न सिकायो, तपाईंको साहसले हामीलाई पनि प्रतिरोध गर्न प्रेरणा दियो। तपाईं कुनै ठूला जातिको, कुनै क्षेत्रको, कुनै विशेष वर्गको प्रतिनिधि होइन — तपाईं सम्पूर्ण नेपाली जनता, सम्पूर्ण राष्ट्रको प्रतिनिधि हो।
तपाईंले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीका सपना बोकेको छातिमा हात राखेर बोल्नु भएको छ। तपाईंले गाउँमा चामलको जोहो गर्न धाई रहेका बाबु-आमाका आँखा देख्नुभएको छ। तपाईंको मनको आँखा ती सबै पिडाहरूमा केन्द्रित छ, जुन राज्यले लुकाउँछ, दबाउँछ, र बिर्सिन्छ।
तपाईंलाई फसाउन खोजिन्छ — तर सत्य कहिल्यै हार्दैन
आज तपाईंमाथि विभिन्न षड्यन्त्रहरू रचिन्छन्, किनभने तपाईं सच्चा हुनुहुन्छ। यो देशमा सत्य बोल्नेलाई अपराधी बनाइन्छ, चोरलाई सम्मान गरिन्छ, र देश बेच्नेलाई पद दिइन्छ। तर रबी दाइ, तपाईं ती साँचाहरूको पहरेदार हुनुहुन्छ, जसलाई जनताले रक्षा गर्छन्।
राज्य लागेर थुन्न सक्छ तपाईंलाई, मुद्दा लगाउन सक्छ, झुट्टा आरोप लाउन सक्छ — तर त्यो तपाईंको सत्यको आवाज दबाउन सक्दैन। तपाईं जेल जान सक्नुहुन्छ, तर जनताको मनबाट मेटिनुहुन्न। तपाईं सडकमै फर्किनुहुन्छ, किनभने तपाईंको राजनीति पदको लागि होइन, परिवर्तनको लागि हो।
तपाईं सच्चा नायक हुनुहुन्छ
रबी दाइ, तपाईं कुनै सामान्य नेता होइन, तपाईं हाम्रो युगको नायक हुनुहुन्छ। तपाईंको नायकत्व कुनै फिल्मको स्क्रिप्ट होइन, यो जनताको आर्तनाद हो। तपाईंको नेतृत्वमा हामीले नयाँ नेपालको सपना देख्न थालेका छौं — जहाँ न्याय हुनेछ, समानता हुनेछ, र विवेकशील नेतृत्व हुनेछ।
हामी तपाईंलाई प्रधानमन्त्रीको कुर्सीमा होइन, जनताको सेवा केन्द्रमा देख्न चाहन्छौं — जहाँ तपाईंजस्ता सच्चा देशभक्तहरू बसेर निर्णय गर्छन्। जहाँ नेपाल अघिल्लो पुस्ताले बनाएको होइन, हामी सबैले मिलेर बनाएको हुन्छ।
अन्तिम शब्द
रबी दाइ, तपाईं थाक्नु हुँदैन। तपाईंले जुन बाटो समाउनुभयो, त्यो सजिलो छैन, काँडै काँडाले भरिएको छ। तर विश्वास गर्नुहोस्, तपाईंको पछि लाखौं जनताको आशा छ, साथ छ, बिश्वास छ।
तपाईंको हरेक कदमले हामीलाई लाग्छ — यो नेता हाम्रो हो। तपाईंको हरेक आवाजले हामीलाई लाग्छ — हामी बोलिरहेका छौं। तपाईंको हरेक संघर्षले हामीलाई सिकाउँछ — डरले होइन, सपना देखेर बाँच्नुपर्छ।
अन्त्यमा, यो देशका सबै नागरिकको तर्फबाट तपाईंलाई सलाम गर्न चाहन्छु। तपाईंको इमान, साहस र देशप्रेमका अगाडि हाम्रो टाउको निहुरिन्छ। हिजोको पत्रकार र आजको योद्धा — तपाईंलाई हामीले हाम्रा सपनाको पहरेदार मानेका छौं।
देशलाई माया गर्ने प्रत्येक नेपालीको आवाज — रबी लामिछाने जिन्दाबाद!
जय नेपाल। जय सत्य। जय घण्टी उमेस भट्ट हाल साउदी अरब नेपाल ठेगाना – गोर्खा जील्ला सीरान्चोक गाउपालीका वाड न ६
साउदी अरबको रियादस्थित एक्जिट १३ मा “रोम लामा एकल सांगीतिक” कार्यक्रम यही एक अगस्ट २०२५ का दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको छ। आफ्नो १० वर्षे सांस्कृतिक यात्रा पूरा भएको र यसको निरन्तरताका लागि आयोजना गर्न गइरहेको रोम लामा एकल सांस्कृतिक कार्यक्रम २०२५ का प्रमुख अतिथि नेपाली दूतावास रियादका राजदूत रहने जानकारी कार्यक्रमका आयोजक रोम लामाले गराएका छन् । यसैगरी कार्यक्रममा अतिथिहरूमा विभिन्न संघसंस्थाका पदाधिकारीज्यूहरू विभिन्न समाजसेवीज्यूहरू विभिन्न भद्राभलादमी ज्यूहरू र विभिन्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहने पनि रोम लामाले जानकारी दिएका छन् । प्रवासमा रहेर पनि आफ्नो सांस्कृतिक यात्रालाई निरन्तरता दिँदै आफ्नो १० बर्षे सांस्कृतिक यात्रालाई पूरा गरिएको खुशीको क्षणमा यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक लामाले हिमालयन दृष्टिलाई जानकारी दिनुभएको छ। उक्त कार्यक्रममा धेरै जसो आफ्ना अहिलेसम्मका विविध कृतिहरू, सांस्कृतिक झलकहरू प्रस्तुत गर्नुका साथै केही एक दुई जना गेस्ट अतिथि कलाकारहरुलाई पनि आफ्नो प्रस्तुति दर्शक माझ प्रस्तुत गर्नका लागि स्थान दिइने जानकारी लामाले दिएका छन्। उक्त कार्यक्रम एक अगस्ट २०२५ शुक्रबारका दिन दिनको १२ बजेदेखि राति ८ बजेसम्म हुनेछ। रियादका केही स्थान बथाबाट कार्यक्रममा आउन जानको लागि निःशुल्क बसको पनि व्यवस्था गरिएको छ। कार्यक्रमको अन्त्यमा उपस्थित हुनुहुने अतिथिहरू तथा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई खानाको व्यवस्था समेत गरिएको आयोजक लामाले जानकारी गराएका छन्। आफ्नो बिसुद्द एकल आयोजनामा आयोजित उक्त कार्यक्रम निकै भव्य सभ्य र मौलिक तरिकाको नेपाली सांस्कृतिक मनोरञ्जन दिने खालको भएको हुनाले साउदी अरबमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सबैलाई आयोजक रोम लामाले हार्दिक निमन्त्रणा गरेका छन्। कार्यक्रम हल
दाङ ,२७ असार राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९६औँ श्रृङ्खलामा साहित्यकार शेषमणि घिमिरेद्वारा लिखित “देउखुरीको माटो” कविता सङ्ग्रहको घोराहीमा समीक्षा गरिएको छ।
परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् लोकसंस्कृति विद् डा. गोविन्द आचार्य प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आदित्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पद्म प्रसाद शर्माले सो कृतिको समीक्षा गर्नुभएको थियो। समीक्षक शर्माले साहित्यकार घिमिरेको कृति साहित्यका हरेक दृष्टिकोणले उत्तम रहेको बताउनुभएको थियो । उहाँले लेखकलाई निरन्तर सिर्जना गर्न पनि आग्रह गर्नुभयो। “देउखुरीको माटो” कविता सङ्ग्रहको लेखक घिमिरेले पुस्तक लेख्दाखेरिका अनुभवहरू सुनाउनुभएको थियो।
सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा “समीर”, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम ,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, विश्व साहित्य सङ्घ नेपाल दानका अध्यक्ष डा. कृष्णराज डिसी नेपाल पत्रकार केन्द्रका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, झिल्का साहित्य समाज, नेपाल संस्थापक अध्यक्ष एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभव, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, पत्रकार गोविन्द खड्का, लगायत विभिन्न सङ्घसंस्थाबाट गरिमामय उपस्थिति रहेको थियो।
सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरू सन्ध्या रेग्मी, कृष्णा शर्मा, वसुन्धरा शर्मा, खगेश्वर शर्मा पोखरेल, गोपाल पोख्रेल, लोकमणि शर्मा ज्ञवाली, मधुसुदन गौतम,सुशीला आचार्य, महेशकुमार न्यौपाने, हरिप्रसाद पौडेल ,धनसिंह गिरी, कुलबहादुर ओली, नरेशजङ्ग राणा, देवेन्द्र रिजाल, शरद गौतम, चन्द्रप्रकाश देवकोटा, नगेन्द्रकुमार शर्मा, सुनिल पोखरेल, केशवराज रिजाल, कपिल किशोर घिमि,रे वीणा रोका, विक्रम ओली “नेपाली बाबु” नारादप्रसाद भण्डारी, गोपाल भुसाल अभिनाषी दामोदर पौडेल, सुनिल कुमार देवकोटा, रिमा गौतम,पार्वती डाँगी, रामहरि शर्मा लगायतको गरिमामय उपस्थिति रहेको थियो। परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो । संस्थाको तर्फबाट “देउखुरीको माटो” कविता सङ्ग्रहका लेखक शेषमणि शर्मा घिमिरेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो भने परिवारको तर्फबाट लेखकका भाइ पुरुषोत्तम शर्मा घिमिरेले उपस्थिति सबैमा धन्यवाद मन्तव्य राख्नुभएको थियो।
२६ असार, काठमाडाैँ टुक्का साहित्य समाजकाे आयाेजनामा मिति २०८२ साल असार २६ गते सुनौलाे पाइला बालगृहमा ताराप्रसाद चापागाईंकाे गद्य कविता सङ्ग्रह “निर्द्वन्द्व यात्रा” काे लोकार्पण भएकाे छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथी अग्रज साहित्यकार कलानिधि दहाल तथा विशिष्ट अतिथिकाे रूपमा कल्पतरू प्रज्ञा प्रतिष्ठानका कुलपति नवराज पुडासैनीकाे हुनुहन्थ्याे ।
प्रमुख अतिथि दहालले पानसमा दियाे बालेर उदघााटन गर्नु भएकाे कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगणकाे बाहुलीबाट पुस्तककाे लाेकार्पण भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि दाहालले टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंका गद्य कविताहरू निकै उच्च स्तरकाे रहेकाे भन्दै बालगृहमा पुस्तक लाेकार्पण गरेर साहित्य सिर्जनाकाे साथमा समाज सेवाकाे कार्य गर्ने सर्जक ताराप्रसाद चापागाईँ तथा बालगृह सञ्चालकलाई बधाई ज्ञापन गर्नु भयाे ।
लोकार्पित पुस्तक “निर्द्वन्द्व यात्रा”को समीक्षा विशिष्ट अतिथि नवराज पुडासैनीले गर्नु भएकाे थियाे । टुक्का साहित्य समाजका सल्लाहकार राजेशराज गडताैलाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने ।
सभाध्यक्ष ताराप्रसाद चापागाईंले आफ्नो नव कृति “निर्द्वन्द्व यात्रा” को लेखन कार्यको सन्दर्भ जानकारी गराउँदै गद्य कविता लेखनकाे गुरु कलानिधी दाहाललाई दोसल्ला ओढाएर सम्मान गर्दै त्यस बालगृहमा आश्रय लिई रहेका अनाथ तथा हिंसा पिडित बालबालिकालाई शैक्षिक सामाग्रीहरू वितरण गरेर कार्यक्रमको समापन गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमाेद नेपाल, सुशील आचार्य, मन्दिरा सेढाई, दीपा समभाव, लता गुरुङ लगायतका साहित्यकारहरू तथा सुनाैलाे पाइलामा आश्रय लिएर बसेका नाै जना बालकालिकाहरूकाे सहभागिता थियाे । समाजसेवी उमा गाैतमले कार्यक्रम संयाेजककाे भूमिका निभाउनु भएकाे थियाे ।
सुनौले पाइला बालगृहका संस्थापक रोजिना बिष्टले सञ्चालन गर्नु भएकाे उक्त कार्यक्रममा बालगृह सञ्चालनकाे अाैचित्य माथि प्रकाश पार्नुकाे साथै यसरी बालगृहमा अग्रज साहित्यकारहरूकाे उपस्थिति सहितकाे कार्यक्रमले बाल मस्तिष्कमा सकारात्मक छाप पर्ने कुरा व्यक्त गर्दै आयाेजक संस्था टुक्का सहित्य समाज, निर्द्वन्द्व यात्राका सर्जक ताराप्रसाद चापागाईँ तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयाे ।