साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३८

  • १९ मंसिर २०८२, बिहीबार ०९:२४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयअठतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०६/१६

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३८{एकसयअठतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    दसैं आएको छ कतिको घरमा
    ज्यान खाएको छ कतिको घरमा
    दसैंको शुभकामना जे भएनि,
    खुसी छाएको छ कतिको घरमा
    दुःख पाएको छ कतिको घरमा।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    दसैं पछि भेल बाढी पर्यो खतरामा
    बाटोघाटो चारैतिर झर्यो खतरामा
    असोजको महिना हो भनेर के गर्नु,
    जागिर निमित्त खोला तर्यो खतरामा
    अब भने राजधानी टर्यो खतरामा।
    -घनश्याम पौडेल,पोखरा।

    पञ्चाङ्ग-०३
    दसैं भन्दा अघि अघि दशा पोआयो यसपालि
    रोइन् प्रकृति पनि शोक मात्रै छायो यसपालि
    दशालाई नै भयो यसपालिको दसैं के गर्नु
    एकोहोरो शंख बजाएर उही गायो यसपालि
    हर्ष र उल्लास जति यसैले खायो यसपालि ।
    -पशपती राई खोटाङ ।