• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

पञ्चाङ्ग लेखन पहिलो शृङ्खला भाग-०८

  • १७ पुष २०७९, आईतवार १२:३५ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन पहिलो शृङ्खला भाग-०८

    उदक यात्री अनुग्रह राना मगरका उत्कृष्ट उदकहरू

  • १६ पुष २०७९, शनिबार १०:०७ मा प्रकाशित
  • उदक यात्री अनुग्रह राना मगरका उत्कृष्ट उदकहरू –

    १
    कमिला
    बोक्दै भारी
    गर्दै कठिन काम !

    २
    कमिला
    साहासी काम
    गर्दै एकीकृत हातेमालो !

    ३
    कठिन
    अत्यन्त गाह्रो
    एकतामा लगाएका पार !

    ४
    एकता
    शक्तिको जोड
    मिलेर गर्दछन् तोडफोड !

    ५
    मेहनत
    बुद्धिको खेल
    देखाउँदै एकताको मेल !

    ६
    आँट
    कमिलाको साथ
    हेरेर पाठ सिक !

    ७
    डल्लो
    गरुङ्गो भारी
    गर्दै भोजनको तयारी !

    ८
    सन्देश
    एकतामा सधैँ
    मिलेर कमिलाको ताँती !

    ९
    असम्भव
    मुखको कुरा
    एकतामा सबै पूरा !

    १०
    हातेमालो
    गरेपछि भएको
    पूरा कठिन जालो !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री अनुग्रह राना मगरका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • १६ पुष २०७९, शनिबार १०:०४ मा प्रकाशित
  • उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू –

    १.
    बगर
    बालुवाकाे धाङ
    घरमा त्यसैकाे काम !

    २.
    मौरी
    फूलकाे रस
    बन्दैन कहिले साेमरस !

    ३.
    मौका
    गुम्याे आज
    अरुले हाने चौका !

    ४.
    विश्वास
    धाेकाकाे बजार
    सत्ताकाे लागि मारामार !

    ५.
    पैसा
    आयाे मौका
    पेट भर्छन् भाेका !

    ६.
    कथा
    घटना घटेको
    आयाे ठुलो व्यथा !

    ७.
    निर्णय
    क्षमताकाे कमी
    अर्कैले बन्ने धनी !

    ८.
    स्वार्थी
    आफ्नै पेट
    सत्ताकाे अन्तै भेट !

    ९.
    संविधान
    देशमा नाकाम
    जनता सबै परेशान !

    १०.
    विकास
    झुक्याउने खेल
    खानलाई सबैमा मेल !

    • नवराज भट्ट, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • १६ पुष २०७९, शनिबार १०:०१ मा प्रकाशित
  • उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू –

    १
    कुकुर
    स्वामीको भक्त
    अति विश्वासिलो जन्तु !

    २
    कुकर
    रेबिज लागेमा
    पार्ने जीवन समाप्त !

    ३
    कुकुर
    कस्ताे जात
    हड्डीमा ङ्यारङ्यार ङुरङुर !

    ४
    कुकुर
    सन्ताेषी जात
    एक गासमा सन्ताेष !

    ५
    कुकुर
    घर रक्षक
    सिक्नु आहार निन्द्रा !

    • प्रद्युम्न चालिसे, भक्तपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपट भाग- २४ सम्पन्न

  • १६ पुष २०७९, शनिबार ०९:४४ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २४
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/०९/१४गते

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २४[चौबिसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    घनश्याम पौडेल

    चित्र संकलन  दोलखाबाट
    —————–
    जानुका गौतम

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~
    चित्रपट समपञ्चाङ्ग   [०१]

    सकेको राम्रोसँग फल फलेको छ ।
    खाएर जीवन धपक्क बलेको छ ।
    गाउँ   शहर  जताततै पाइन्छ यो,
    खाए फ्रेस जसको तन गलेको छ ।
    खपी यसले घामपानी छलेको छ।

    चिसो मौसममा पाइने चलेको छ।
    काप्पकुप्प  नपाई मन जलेको छ ।
    सबैको   मनपर्ने   खाले  फलफूल,
    जीवन  दिएर  अन्तमा  ढलेको छ ।
    औषधीय  गुण  यसैमा  दलेको छ।

    जमुना आचार्य , सिन्धुपाल्चोक ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    रुखैभरि लटरम्म फलेका सुन्तला।
    दिनदिन रङ्ग भर्दै बढेका सुन्तला ।
    अमृतको स्वाद दिन्छन् पिएर त हेर,
    रसैरस केस्राकेस्रा भरेका सुन्तला।
    प्रकृतिको जादुभित्रै पसेका सुन्तला।

    श्रीकृष्ण शर्मा, पोखरा ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    आहा! लटरम्म सुन्तलाका दाना राम्रा।
    ठूला जति त्यसै राम्रा अझै साना राम्रा।
    खानलाई नपाए नि  हेर्न पाएकै छौॅ,
    घरमाथि फलेपछि हुन्छन् छाना राम्रा।
    छान्नु केही पर्दैन है सोह्रै आना राम्रा।

    घनश्याम पौडेल,पोखरा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    स्वस्थ रहन मौसमी फल चाहिन्छ ।
    बारी र  टारीमा पनि  जल चाहिन्छ ।
    पहाडको सान हो सुन्तला मौसमी ,
    उब्जाउन पनि जोत्न हल चाहिन्छ ।
    हाम्रो  मिहनेत   अनि बल चाहिन्छ ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    फलेको फल राम्रो मानिन्छ ।
    गाेठकाे मल राम्रो मानिन्छ ।
    मेहनतीकाे हाे याे दुनियाँ  ,
    एकता बल राम्रो मानिन्छ ।
    गंगाकाे जल राम्रो मानिन्छ ।

    भवानी घिमिरे , सर्लाही ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    राम्रो स्वास्थ्य हुन समयमा फल दिनुपर्छ।
    बिरुवा  हुर्काउन  बारीमा  जल  दिनुपर्छ।
    पहाडी गाउँघर  टारीमा सुन्तला   फलेको,
    ती  विरुवा  हुर्काउन   हल  बल   दिनुपर्छ।
    यसरी   मिहिनेत  को  जल  मल  दिनुपर्छ।

    बेदु न्यौपाने, काठमाडौ ✍️।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    त्यति राम्रो लटरम्म   फलेका छैनन् सुन्तला ।
    पाकेर चिसोले अझै  गलेका छैनन्  सुन्तला ।
    फलफूलले  शरीर    निरोगी  बन्दछ    हाम्रो ,
    भनेर पनि  हावाले    चलेका  छैनन् सुन्तला ।
    फुलेका जति मज्जाले बलेका छैनन् सुन्तला ।

    भगवती दवाडी ,झापा
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    फलफूल लाई त  सिंचाई  चाहिन्छ भाइ ।
    मिहेनत   गर्न  दाई  भाई   पाइन्छ  भाइ ।
    आफ्नो  देश  छाडेर  विदेश  नजाऊ अब,
    फलाउन  मल भैंसी  गाई  ल्याइन्छ भाइ ।
    शक्ति बर्धक फलफूल मात्र खाइन्छ भाइ ।

    सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]
    [०१]
    सिजनको फल खानु राम्रो लाग्छ।
    हरियाली वन सबै हाम्रो लाग्छ।
    हरियो  वन   भएता   पनि हजुर,
    कुनै ठाउँको माटो नी चाम्रो लाग्छ।
    फल्दै नफल्ने माटो दाम्रो  लाग्छ।
    [०२]
    आहा कति राम्रा सुन्तला हेर्दै भरिला छन् ।
    मौसमले साथ दिएर होला झरिला छन् ।
    पहाडमा पाइने मौसमी फल सुन्तला,
    बारीमा घुम्दा टिपु टिपु लाग्ने करिला छन् ।
    खाँदा खेरी ट्वाक जिब्रोमा लाग्ने दरिला छन् ।

    सरस्वती श्रेष्ठ, इटहरी ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]
    [०१]
    फलेको फल राम्रो।
    मुलको जल राम्रो ।
    खानु पर्छ फल है ,
    गाईको मल राम्रो ।
    गोरुको  हल राम्रो।
    [०२]
    हाम्रो उच्च पहाडमा एक सुन्दर बारी छ।
    गाउँका सुन्दर बारीमा सुन्तलाको घारी छ।
    स्वस्थ रहन खानुपर्छ फलफुल सबले,
    त्यसलाई सुसार गर्ने एक सुन्दर नारी छ।
    खेती गर्ने किसान हेर्नुस् कती मनकारी छ।

    सरिता सेढाई चरौंदी, धादिङ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    मौसमी फल राम्रो।
    दिएको जल राम्रो।
    मेहनतको फल,
    बेलाको मल राम्रो।
    नेपाल थल राम्रो।

    सुमित्रा पोखरेल, काठमाडौं ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    मिठामिठा लटरम्म फलेका सुन्तला ।
    रुखभरि बत्ती जस्तै बलेका सुन्तला ।
    चारैतिर प्रसिद्ध छन् मिठो फल भनी ,
    यो चिसोमा जताततै चलेका सुन्तला ।
    घर अघि रुखबाट ढलेका सुन्तला ।

    अस्मित विश्व्कर्मा,पोखरा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    मेहनतको फल राम्रो।
    सामुहिकता बल राम्रो ।
    लटरम्म  फल्दछ  हेर,
    सिँचाइ दिनु जल राम्रो।
    हाल्नु गोडेर मल राम्रो ।

    होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    पुष्पको दल राम्रो लाग्छ ।
    हाँसेको पल राम्रो लाग्छ ।
    भिर, पाखा र झरनाको,
    कञ्चन जल राम्रो लाग्छ ।
    सुन्तला फल राम्रो लाग्छ ।

    आर्त अकुलीन, कैलाली ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    पहिचान गरौँ न कहाँ कस्तो- कस्तो  माटो छ।
    खोजौ कहाँ सुर्का होला कहाँ बारीको पाटो छ।
    कृषिप्रधान  देश  मुखले  मात्रै   कति  भन्नू,
    मिलेर  रोपौँ न बोट हामीमा किन फाटो छ।
    हामी  मिलेर  हिँडे यतै समृद्धिको बाटो छ।

    पशपती राई, खोटाङ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    आहा हेर बगैँचामा मौसम फल फलेको छ।
    टिप्न ढिलो भएर होकी अलि धेरै गलेको छ।
    स्वस्थ रहन यही फल खानुपर्छ  सबैले,
    मनमोहक हरियाली पहेँलपुर बलेको छ ।
    गाउँमा फल शहर बसाई मन जलेको छ।

    अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    कसैलाई अपजस त कसैलाई जस मिल्छ ।
    चाहे खान एउटा हाेईन नाै देखि दश मिल्छ ।
    सिजनकाे फलफूल हुन् पँहेलपुर सुन्तला ,
    नखानेलाई वासना त खानेलाई रस मिल्छ।
    अधिक फले ढुवानीमा अटाे देखि बस मिल्छ।

    त्रिलाेचन भण्डारी, मेचीनगर, झापा ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    आहा ! कति राम्रा सुन्तला फलेछन् बारीमा।
    थामेन बाेटले हाँगा नै ढलेछन् बारीमा।
    स्वस्थ रहन हामीलाई फलफुल चाहिने,
    लटरम्म पहेंलपुर बलेछन् बारीमा।
    खाउँन भनि सबै जना चलेछन् बारीमा।

    उर्मिला के.शी., धनकुटा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    चिसो याे  माैसममा सुन्तला कति राम्रो।
    हेर्दामा सुन्दर छ नै फल अति राम्रो।
    पहाडका  घर घरमा  पाईने धेरै,
    सुन्तला हुन्छ मिठो, फलमा त्यती राम्रो।
    अरू फल लाग्दैन सुन्तला जति राम्रो।

    शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    पोहोर भन्दा यसपाली झरे हुन्छ खेती।
    डाँडापाखा सुर्कासुर्कीमा गरे हुन्छ खेती।
    आँप र सुन्तला फलहरुको राजारानी,
    समयमा नै मलजल भरे हुन्छ खेती।
    राम्रोसँग बीउबिजन छरे हुन्छ खेती।

    मन्दिरा सेढाई, मलेखु धादिङ ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    चढी खाने काेही अनि झटारो नि सहेकाे हेर ।
    पुष्ट दाना छ झल्काइ बगैंचामा रहेको हेर।
    फलीदिन्छ ऊ, देखिन्छ माेहक फलेको बाेटमा,
    सहनुपर्छ फल फल्दा बाेटले  कुहेकाे हेर ।
    पहेंलपुर सुन्तला फल फली नुहेकाे हेर ।

    रामप्रसाद पुरी,बादेल  खाेटाङ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    बगैंचाको सुन्तला पाकेर देखियो पहेंलै।
    दृष्टि उतै  पुगेछ  ताकेर  देखियो पहेंलै।
    सबैलाई  धेरै  मनपर्ने  मौसमी  फल यो,
    बगैंचामै  यथेष्ट  चाखेर  देखियो  पहेंलै।
    उस्को स्वाद दिलमा राखेर देखियो पहेंलै।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    लटरम्म फलेको फल राम्रो ।
    आफैंले बनाएको मल राम्रो ।
    स्वास्थ्यका लागी खान योग्य चिज ,
    जरुवामा  उम्रेको   जल  राम्रो ।
    पोषिलाे खानाको त्यो बल राम्रो ।

    तारा घिमिरे, संखुवासभा ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    चिसाे माैसममा फलेको फल राम्रो,
    गर्नु  पर्छ  नि खनजोत जल राम्रो,
    सुन्दर   देखिने   चारैतिरकाे  बारी,
    बेलैमा  राम्ररी  राखेको  मल राम्रो,
    खेती गर्न उपयुक्त त्यो थल राम्रो।।❤️ 

                [२]
    बगैंचामा राम्रो फल फलेको छ,
    जति खायाे उति मन बलेको छ,
    चिसाे  माैसममा  धेरै  नै  पाइने,
    चारैतिर  नामै  नाम  चलेको छ,
    मल जल स्याहारले बढेको छ।।❤️

    सहयात्री शाेभा अर्याल, बुटवल १४ रुपन्देही ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२५]

    पहेँलपुर भएर बोटमा फलेछ सुन्तला।
    लटरम्म बोटमा फलेर नै ढलेछ सुन्तला।
    चाहिने मात्रामा भिटामिन सी दिन्छ यस्ले धेरै,
    हिजोआज बजारमा नै बिक्री चलेछ सुन्तला।
    कहीँ बजार नपाएर पुरै गलेछ सुन्तला।

    सीता शर्मा , बिरगंज ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    मायालाई  फल देउ तिमी ।
    स्वतन्त्रले  मल  देउ तिमी ।
    मिहनेत   गरेपछि    हुन्छ  ,
    हुर्काउन  जल   देउ तिमी ।
    स्वाभिमानी बल देउ तिमी।

    कला ढकाल, झापा ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [२७]

    पहाडको   नगदे बाली सुन्तला फलेको देख्छु ।
    पैसा आर्जन यसैपाली सुन्तला फलेको देख्छु ।
    श्रम गर्ने बानी बसालौँ फल पाउन हामीले ,
    सबै परिवारको   माली सुन्तला फलेको देख्छु ।
    पहिल्यै हाम्रो फल्ने डाली सुन्तला फलेको देख्छु।

    गीता रिजाल, धनकुटा ।
    ………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    आफ्नै बारीमा फलेकोछ सुन्तला ।
    धान्न    नसकी  ढलेकोछ सुन्तला ।
    मौसमी   फलबाट आम्दानी हुन्छ ,
    नखाई   कति   गलेकोछ सुन्तला ।
    पहेँलै   रुखै   बलेकोछ   सुन्तला ।

    जानुका गौतम, काठमाडौं ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२९]

    गराैँ खेती राम्रा  दाना फल्छ सुन्तला ।
    वर्षाैँ वर्ष  फल दिई ढल्छ सुन्तला ।
    आम्दानीकाे उत्तम  बाटो चिनाैँ हामी,
    बजारमा  एकछत्र चल्छ सुन्तला ।
    दाउरा हुँदा नि राम्रो  बल्छ सुन्तला ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।
    ………………………………………………

    पञ्चाङ्ग   [३०]

    आज याैटा कुरा तिमी सँग भन्छु है।
    तिमी आली मिलाउ म बारी खन्छु है।
    प्रेम नै त हाे जिन्दगी आउ रमाअौं,
    तिमी आगाे भैदिए  म पानी बन्छु है।
    साथमा  आकाश  हेर्दै  तारा गन्छु है।

    सुशीला पौडेल ।
    ……………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- २४ सम्पन्न

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • १३ पुष २०७९, बुधबार १३:५५ मा प्रकाशित
  • १
    तराई
    भुसको आगो
    शीतलहरले बाल्यो राँको !

    २
    पुस
    छोटा दिन
    रुई फुई चिन !

    ३
    फर्सी
    कहिले आलुसँग
    गुन्द्रुक कहिले पिडालुसँग !

    ४
    फोहोरी
    खेलमा दोहोरी
    खेल्दै यी लुकामारी !

    ५
    मस्तिष्क
    दोबाटोमा रेटिने
    कठै गिँड भेटिने !

    ६
    सत्ता
    कस्तो मरिहत्ते
    बाजी मार्यो हुत्ते !

    ७
    देश
    नबनोस् उपनिवेश
    घिच्नु फर्काई केस !

    ८
    साँठगाँठ
    उत्तर दक्षिण
    ब्याटिङ पूर्व पश्चिम !

    ९
    हठ
    बालक स्त्री
    दुर्भाग्य निम्त्याउने खेल !

    १०
    धरातल
    नबिर्सने पुग्ने
    कर्तुतले रसातल पाताल !

    ११
    मलहम
    आर्तमा लगाउने
    ब्रह्माण्डमा विश्वास जगाउने !

    १२
    चेपारे
    स्वभावको परिणाम
    देखाए नाङ्गो नाच !

    १३
    मिली
    बढ अगाडि
    नछुटोस् कोही पछाडि !

    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- २४ सम्पन्न

  • १३ पुष २०७९, बुधबार ०८:५३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २४ [चौबिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०९/१२ गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ——-
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी

    अनुप्रास :- आफुखुसी

    स्थायी :- आफुखुसी

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
    पञ्चाङ्ग  संरचना

    अरूको भरमा जीवन       धान्नु पनि बेकार रहेछ[०१]
    अनि पराईलाई आफ्नो     मान्नु पनि बेकार रहेछ[०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    यस्तो अस्थिर अवस्थामा   जीवन चलिरहन्छ सधैँ[०३]
    …………………………………………………………………
    ४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।

    कुनै बेलाको प्रेम आफ्नै    ठान्नु पनि बेकार रहेछ[०४]
    को आफ्नाे काे पराइ भनी जान्नु पनि बेकार रहेछ[०५]
    ……………………………………………………………………
    उदाहरण पञ्चाङ्ग

    अरूको भरमा जीवन       धान्नु पनि बेकार रहेछ[०१]
    अनि पराईलाई आफ्नो     मान्नु पनि बेकार रहेछ[०२]
    यस्तो अस्थिर अवस्थामा   जीवन चलिरहन्छ सधैँ[०३]
    कुनै बेलाको प्रेम आफ्नै    ठान्नु पनि बेकार रहेछ[०४]
    को आफ्नाे काे पराइ भनी जान्नु पनि बेकार रहेछ[०५]
    ……………………………………………………
    पञ्चाङ्गहरू
    ………………………………
    पञ्चाङ्ग   [०१]

    अरूको भरमा जीवन धान्नु पनि बेकार रहेछ।
    अनि पराईलाई आफ्नो मान्नु पनि बेकार रहेछ।
    यस्तो अस्थिर अवस्थामा जीवन चलिरहन्छ सधैँ,
    कुनै बेलाको प्रेम आफ्नै    ठान्नु पनि बेकार रहेछ।
    को आफ्नाे काे पराई भनी जान्नु पनि बेकार रहेछ।

    ✍️सुशीला पौडेल ।
    ……………………………………………………

    सम पञ्चाङ्ग   [०२]

    जीवन एउटा मेल तानेर जिउनु।
    दायाँबायाँ सबै थोक जानेर जिउनु।
    सहमत भए सजिलो हुन्छ जिउन,
    खुशीका लहर सबै छानेर जिउनु।
    प्रकृतिको यो कोसेली मानेर जिउनु।

    जीवनलाई भावले बानेर जिउनु।
    नकरात्मक जति छन् हानेर जिउनु।
    सारो गारो जे जस्तो भए जिउनै पर्छ,
    यथार्थमा परिणत झानेर जिउनु।
    साधनले काम कार्य धानेर जिउनु।

    ✍️अच्युत घिमिरे, भुटानबाट ।
    ……………………………………………

    पञ्चाङ्ग   [०३]

    बगैँचाभरि फूल फुलेको राम्रो देखिन्छ।
    वरिपरि भँमरा डुलेको राम्रो देखिन्छ।
    प्रेम जोडीहरू रमाउँछन् बगानभित्र ,
    दुबैको मन्द हाँसो घुलेको राम्रो देखिन्छ ।
    प्रेमिल संसारमा भुलेको राम्रो देखिन्छ ।

    ✍️बिना रोका,  घोराही दाङ ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०४]

    तिमी कसैको आँखाबाट  झर्नु नपरोस् ।
    अरुलाई झैँ गाली  पनि गर्नु नपरोस् ।
    नेपालीको दुःख पीडा   बुझ्छौ भने अब ,
    आमाको  गर्भ मै छोरीले मर्नु नपरोस् ।
    अनि तुइनबाट खोला तर्नु नपरोस् ।

    ✍️पुष्पा नेपाल(सुवेदी ),इलाम ।
    …………………………………………

    पञ्चाङ्ग   [०५]

    दिलमा किलो ठोकी ठान्छौ के भयो ।
    औँला   भाँचेर अझै लान्छौ के भयो ।
    बिस्मात   देउवालाई  हर्ष     के.पि. ,
    जितको बेला कस्तो तान्छौ के भयो।
    गल्ती त भयो भयो मान्छौ के भयो ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ………………………………………………

    पञ्चाङ्ग   [०६]

    जले पनि मुटु जल्न सकिएन ।
    हिउँ जस्तै गरी गल्न सकिएन ।
    जीवनको यात्रा लामो छ कहानी,
    खुसीको फलझैँ फल्न सकिएन ।
    वर्षाको रूखझैँ ढल्न सकिएन ।

    ✍️आर्त अकुलीन, कैलाली
    ………………………………………………………

    पञ्चाङ्ग   [०७]

    तिम्रै नामको सिन्दुर र चुरा होस् ।
    कहिल्यै नसकिने मिठा कुरा होस्।
    बाबा आमा बन्ने रहर मनैमा छ ,
    फूलैफूलको सोम रस सुरा होस्।
    एक वर्षमै घोर्ले घोर्ली भुरा होस्।

    ✍️धनमाया चौधरी, कैलाली ।
    ……………………………………………

    पञ्चाङ्ग   [०८]

    बोली  र  व्यवहार  फरक  हुनेसँग।
    छिन  छिनमा प्यार फरक हुनेसँग।
    खासमा दोस्ती नगरेकै राम्रो हजुर,
    जीवनको  आधार  फरक हुनेसँग।
    जिउनुको  नै  सार फरक हुनेसँग ।

    ✍️ वसन्त अनुभव, घोराही दाङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [०९]

    ज्ञान सिकाइका त आफ्नै आफ्नै ताल हुने गर्छन् ।
    हर व्यक्ति    नै पिच्छे रचनाका खाल हुने गर्छन् ।
    अनुभवले   बटुल्छ    सापेक्षता  प्रयोग   गर्न ,
    परिवर्तनमा   सादृश्यताको   चाल हुने गर्छन् ।
    मन्त्रमुग्ध  गराउने     कसैमा  छाल हुने गर्छन् ।

    ✍️जमुना आचार्य,सिन्धुपाल्चोक ।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    बोली तिम्रो कति मीठो सधैँ सुनी रहुँ झैँ लाग्ने।
    श्रद्धाले तिम्रो बानी मनमा गुनी रहुँ झैँ लाग्ने।
    सुन्दर फूल तिमी, श्रृङ्गार बिना सजिएकी म,
    दिनहुँ जसो सुन्दर माला उनी रहुँ झैँ लाग्ने।
    तिम्रो मुखले प्रेमिल कथा सुनी रहुँ झैँ लाग्ने।

    ✍️दुर्गा आचार्य, मोरङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [११]

    जलाउँछन मेरो मन किन हो ?
    पोलेेछ सधैँभरि तन किन हो ।
    आफन्त भनेर कसी लाए पनि,
    परायझैँ बनेको झन किन हो ?
    मानिस भन्दा ठुलो धन किन हो ?

    ✍️शन्जना शर्मा, लमही दाङ।
    ……………………………………………

    पञ्चाङ्ग   [१२]
    [०१]
    वासना फूलको दिन्छ ।
    संस्कार कुलले दिन्छ ।
    शुरुआत गर्ने एक ,
    तागत हुलले दिन्छ ।
    पीडा नि शूलले दिन्छ ।
    [०२]
    समीपमा म आउँदा, खुशी  रहे तिमी सदा ।
    बगानमा म गाउँदा, खुशी रहे तिमी सदा ।
    पहाडमा चढे सबै, यसै झरे खुशी हुदै,
    गुमाउँदा र पाउँदा, खुशी रहे तिमी सदा ।
    बहार झैँ म धाउँदा खुशी रहे तिमी सदा ।

    ✍️भवानी घिमिरे,सर्लाही ।
    ………………………………

    पञ्चाङ्ग   [१३]

    रहस्यमय  हत्याकाण्डका खाेल्नेछन् राज ती।
    निर्धक्क भएका  अपराधी बाेल्नेछन् राज ती।
    आशा भराेसा  ठूलो न्याय पाउन्  ती पीडितले,
    प्रहरी प्रशासन चुस्त भै छाेल्नेछन् राज ती।
    जनता सुशासनमा रही  पाेल्नेछन् राज ती।

    ✍️टिकाराम जोशी,  टिकापुर कैलाली ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [१४]

    फूल  फुलेको  बगैंचामा भ्रमर  पुतली  डुलेका छन् ।
    बगैंचाको  भ्रमर  पुतली  हेर्दै  मानव  भुलेका  छन् ।
    बगैँचा  फुलमा  सुहाउने  यि  भ्रमर  पुतली त हुन् ,
    यिनै प्रेम जोडीहरू बगैंचा भित्र राम्रो खुलेका छन्।
    सुन्दर बागमा यी दुवै को प्रेमिल हाँसो घुलेका छन्।

    ✍️बेदु न्यौपाने, काठमाडौ  ।
    ……………………………………………………………………

    पञ्चाङ्ग   [१५]

    हटाइ देउ रिस राग अब राम्रो चलाउ देश भुलेर।
    जस्तोसुकै परिस्थिति आएपनि नफेर हो भेष भुलेर।
    जातजाति भाषा धर्म र संस्कृति पहिचान है बुझिराख्नु,
    छक्कापञ्जाको जन्जालमा नखेल्नु होला फेरि चेस भुलेर ।
    जनतालाई झुक्याउन खोजे लड्नुपर्ला नि केश भुलेर ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [१६]

    नेता देशको राम्रा भएन।
    राजनीतिमा हाम्रा भएन।
    देश विकासमा छैन चासो,
    सिद्धान्तमा ऊ चाम्रा भएन।
    खुशीमा झनै दाम्रा  भएन।

    ✍️भगवती दवाडी ,झापा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१७]

    हेर साथी हो अब त म बाँचेको छु बरै।
    पाटीमा गएर कम्मर भाँचेको छु बरै।
    म पनि त मान्छे हुँ  मेरो पनि मन हुन्छ,
    हो त्यसैले चोखो पिरती साँचेको छु बरै।
    यी पल सम्झेर खुसीले हाँसेको छु बरै।

    ✍️कमला पाण्डे पराजुली,  झापा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१८]

    अकस्मात सम्भावना चाँदीको घेरा बनेर आएकोछ ठिकै भयो।
    निराश हाम्रो राष्ट्रले  कानो भएपनि मामा पाएकोछ ठिकै भयो।
    जतासुकै लथालिङ्ग थियो अनि अर्थतन्त्र ध्वस्त पारिएको थियोे,
    एकाएक  शेयर  कारोबारमा  उछालनै  छाएकोछ  ठिकै भयो।
    निन्द्राबाट ब्युँझिदै बूढो गोरुले बल्ल मुख वायकोछ ठिकै भयो।
     
    ✍️चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।
    …………………………………………………………………

    पञ्चाङ्ग राइ    [१९]

    पहिला त आफैं खुशी हुन सिक्नुपर्छ ।
    मनको मैलो त आफैं  धुन सिक्नुपर्छ ।
    धोएर  टिलिक्क भएको मनले  मात्रै ,
    गरीब  दुखीको  मन छुन सिक्नु पर्छ ।
    उनीहरूकै  दु:खमा  रुन  सिक्नुपर्छ ।

    ✍️पशपती राई खोटाङ ।
    …………………………………………

    पञ्चाङ्ग   [२०]

    दिनरात मन मुटुमा छाउने गर्छौ।
    सपनामा कतै तिमी  धाउने  गर्छाै।
    मेरो नजिक नआउ है तिमी भन्दै ,
    कहिले कहीँ साउति   लाउने गर्छाैं ।
    सधैँ आँखा वरिपरि आउने गर्छौ ।

    ✍️शाेभा आचार्य गाैतम,काठमाडौँ ।
    ……………………………………………

    पञ्चाङ्ग   [२१]

    बेहालै बेहाल छ यहाँ हाल नसोध ।
    गतिहीन छ जिन्दगी चाल नसोध ।
    मान सम्मान सबै गुमेको बेला छ यो,
    विर्सेर पनि कुनै तौर ताल नसोध।
    सम्झेर वर्तमान विगतका साल नसोध ।

    ✍️त्रिलोचन भण्डारी, मेचीनगर, झापा ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]

    पुस महिनामा बिस्तारामा सरियो नी।
    शरिर लिएर      दुःखकष्ट परियो नी।
    मनुष्य शरिर धारण     गरेपछि पिडा,
    भगवानको नामले पिडा    हरियो नी।
    सत कर्मले     नै भवसागर तरियो नी।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………………

    पञ्चाङ्ग   [२३]

    किन जलाउँछाै मेरो मन प्यारा।
    छट्पटी रहन्छ खाली तन प्यारा।
    आफन्त कहिलै पनि आफ्नो हुँदैन ,
    पराई झै  बन्छाै  तिमी झन प्यारा।
    कमाउँन  सकिएन धन प्यारा ।

    ✍️सहयात्री शोभा अर्याल, १४ बुटवल  रुपन्देही ।
    …………………………………………………………

    पञ्चाङ्ग   [२४]

    दिलभित्र  बस्ने  जाली  भएर गयो।
    रित्तो आँखा  अब खाली भएर गयो।
    सबै भन्छन् आफ्नै पराई कोही छैन,
    जोत्न  गरु नाङ्गो  फाली भएर गयो।
    काम  गर्दागर्दै   माली  भएर गयो।

    ✍️कला ढकाल, झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [२५]

    माया गर्दा अस्मिता नै लुटाएर गयो।
    दुइजनाको  मित्रता    फुटाएर गयो।
    मायामा शत्रुता राखेर पिलायौ विष,
    मान्छे  लगाएर  निकै  कुटाएर गयो।
    अखिर समाजलाई     जुटाएर गयो।

    ✍️संगिता शर्मा, सिन्धुली ।
    ……………………………………………

    पञ्चाङ्ग   [२६]

    नेपालमा राणा शासन गयो हेर ।
    कालान्तरमा तिनैको भय भयो हेर ।
    जनताले दु:ख सास्ती पाएकै छन् यहाँ ,
    अवशेष बाकी उस्तै उस्तै रह्यो हेर ।
    नेता खराव हुनाले दु:ख पर्‍यो हेर ।

    ✍️जानुका गौतम , काठमाडौं ।
    ………………………………………………

    पन्चाङ्ग   [२७]

    तिमी आउँछाैै नै भन्ने छ आस मारेकी छैन ।
    हिँडेर आउँने गाेरेटाे बाटाे बारेकी छैन।
    याे मुटुमा तिमीलाइ नै सजाएकी छु हेर,
    अहिले नि माया उस्तै छ अन्त सारेकी छैन।
    हृदयबाट तिमीलाई  कतै झारेकी छैन।

    ✍️उर्मिला के.शी. ,धनकुटा ।
    ……………………………………………

    पञचाङ्ग   [२८]

    हरेक रात तिमी आउने बाटो  कुरेको हुन्छु।
    सपनीमा आउने गाँउको  माटो  कुरेको हुन्छु।
    पछिबाट आई  झझल्को लाउँछ बोलाछौ कि?
    दु:खद दिनको भन्दा पैँचो पाटो कुरेको हुन्छु।
    तिम्रै यादमा राम्रो गर्ने साटो  कुरेको हुन्छु।

    ✍️सरिता सेढाई, चरौंदी धादिङ ।
    ………………………………………………

    पञ्चाङ्ग  [२९]

    जिन्दगीलाई नै  जेलिएको बनाउ कसरी ।
    जीवन तनावमा बित्दैछ मनाउ कसरी ।
    तनावै तनावमा बाँच्दैछ  सम्झन सकिनँ,
    पीडा आफैँमा छ अरुलाई जनाउ कसरी ।
    सबैजना टाढा भए    रिस खनाउ कसरी ।

    ✍️गिता रिजाल, धनकुटा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [३०]

    देश भित्रभित्रै खोक्रो भयो जानेर के गर्नु।
    सगरमाथाको  देश  त  हो  ठानेर के गर्नु।
    मैले  मेरै देशमा बाँच्न नमिल्ने भए पछी,
    लेण्डुप  ढेडुलाईनै   नेता  छानेर के गर्नु।
    अनि हामी गरिवले  दु:ख  मानेर के गर्नु।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार
    बिर्तामोड झापा ।
    ………………………………………………

    पञ्चाङ्ग   [३१]

    आँसुमा आँसुमा डुबेर जाला र यो  जिन्दगी ।
    सधैँ कति हन्डर मात्रै खाला र यो जिन्दगी ।
    दिन–पछि रात जस्तै रात–पछि दिन होला,
    सम्झिरहन्छु खोँचजस्ता गाला र यो जिन्दगी ।
    मात्रै बाँकी छ अब हाड, छाला र यो जिन्दगी ।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।
    ……………………………………………………

    पञ्चाङ   [३२]

    रमाईलो  हुदैछ  यात्रा  पनि।
    हुनेछ  लेखनको  मात्रा  पनि।
    धेर थोर  सबैमा  हुन्छ  होला,
    पहिलो हुन्छिन नि छात्रा पनि।
    देखियो राम्रोसँग  जात्रा पनि।

    ✍️सीता शर्मा , बिरगंज ।
    ……………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- २४ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८३औँ भाग शनिबार सम्पन्न

  • १२ पुष २०७९, मंगलवार ०७:४३ मा प्रकाशित
  • काठमाण्डौँ, ९ पौष । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८३औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    मान्छे
    स्वार्थी प्राणी
    हित गर्नेकै हानी !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    मानव
    गरेपछि धर्म
    आफ्नै फुट्ने कर्म !
    🌑आर्त अकुलीन
    कैलाली

    [३]
    मनुष्य
    रगत एक
    तर चरित्र अनेक !
    🌑सागर कुस्मी “संगत”
    धनगढी, कैलाली ।

    [४]
    उपकार
    गर्न खोज्दा
    मृत्युको बाटो रोज्दा
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [५]
    चाहाना
    सच्चा सोँचाइको
    रहेन जमाना भलाइको !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [६]
    मानव
    रगत एक
    सोच बिचार अनेक !
    🌑धनमाया चौधरी
    कैलाली

    [७]
    जिन्दगी
    एक बारको
    किन देखाउँछन् हारको !
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३काभ्रे

    [८]
    मनुज
    चिताउने भलो
    उसैको हुन्छ कुभलो !
    🌑म्यामराज राई
    भोजपुर।

    [९]
    दानव
    कुकर्मी जात
    भलाइ माथि लात !
    🌑अच्युत घिमिरे
    भुटान 🇧🇹

    [१०]
    आत्महत्या
    अस्थिर मनस्थिति
    झुन्डिने अन्तिम उपाय !
    🌑नवराज भट्ट
    कञ्चनपुर

    [११]
    आत्महत्या
    कमजोर मानसिकता
    हुनुहुन्न कसैको बाध्यता !
    🌑दुर्गा भमरकोटे

    [१२]
    दुष्ट्याइँ
    अन्तिम अवस्था
    छैन छोडेको छुल्याइँ !
    🌑दाहाल कल्पना
    काठमाडौं

    [१३]
    मतिभ्रम
    ताेड्दियाे दम
    दुवैकाे जीवन खत्तम !
    🌑प्रद्युम्न चालिसे

    [१४]
    कुकर्म
    अन्याय अत्याचार
    मृत्युवरणको बन्छ आधार ।
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।

    [१५]
    यथार्थ
    देखिन्छ झलक
    रिस र दया !
    🌑सोमनाथ लुइटेल ” रवि पाल्पाली”

    [१६]
    मानव
    कोही नि:स्वार्थी
    कोही स्वार्थी दानव !
    🌑प्रेम थापा “मन “

    [१७]
    मान्छे
    निकै स्वार्थी
    सहयोगको बदलामा धोका !
    🌑सीता पाण्डेय मरासिनी
    रेसुङ्गा नपा -९, तम्घास , गुल्मी

    [१८]
    मनुष्य
    स्वार्थ भाव
    बन्छ उ दानव !
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [१९]
    अधम
    हुन्छ अधोगति
    सपारौँ आफ्नो मति !
    🌑रसज्ञ छहरा
    कावासोती -३ नवलपुर, नेपाल

    [२०]
    आत्महत्या
    कमजोर मनोवल
    खास दिमागी अस्थिरता !
    🌑दुर्गा आचार्य
    मोरङ

    [२१]
    जिन्दगी
    मुठी खरान
    नियन्त्रण गर्न असफल !
    🌑टुकादेवी पौडेल आचार्य
    शुक्लागण्डकी-३, तनहुँ

    [२२]
    मनुष्य
    सोच फरक
    धर्म अधर्मको चित्रण !
    🌑रिता खराल
    रुपन्देही

    [२३]
    आत्महत्या
    बन्दैछ अभियान
    कमजोर मानसिकताको पहिचान !
    🌑कमला देवकोटा
    पाल्पा

    [२४]
    कानुन
    गर्ने कुकर्म
    लुकाउन भाग्ने प्रयास !
    🌑बिमला पोख्रेल
    अर्घाखाँची

    [२५]
    तनाव
    मुक्तिको अन्तिम
    बन्दै आत्महत्या विकल्प !
    🌑सुशीला पौडेल

    [२६]
    धोका
    जति माया
    त्यति भित्र छाँया !
    🌑हिरा तामाङ
    काभ्रे

    [२७]
    सभ्य
    भनाउँदो मान्छे
    रमाउँदै घात अन्तर्घातमा !
    🌑गोपालप्रसाद पौड्याल
    विराटचोक, मोरङ

    [२८]
    जीवन
    सत्य कर्म
    परोपकार नै धर्म !
    🌑पशपती राई
    खोटाङ

    [२९]
    मानव
    व्यवहार दानव
    गर्दै देखावटी आफ्नोपन !
    🌑सरिता सेढाई

    [३०]
    स्वार्थ
    निश्चित दुर्गति
    छोड यस्तो प्रवृति !
    🌑भगवती दवाडी
    झापा

    [३१]
    मानव
    पशुको भन्दा
    इखालु जीव देखिने !
    🌑सरस्वती श्रेष्ठ

    [३२]
    दुष्ट
    निकृष्ट साेच
    रक्षक विरुद्ध धाेका !
    🌑नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [३३]
    मान्छे
    खराब प्रवृत्ति
    आखिर दुवै खाड़लमा !
    🌑डुकछिरिङ लेप्चा
    भारत, मिरिक

    [३४]
    मानवता
    हराएको धर्म
    आफु उम्कने कर्म !
    🌑जमुना कायस्थ
    पोखरा

    [३५]
    सहकर्मी
    निकृष्ट अन्तरभाव
    पश्चातापमा बाँच्ने प्रयास !
    🌑कण्ठराज गिरी
    टीकापुर

    [३६]
    मर्म
    छाडिँदै धर्म
    युवा जमातको कुकर्म !
    🌑कमला देवकोटा
    पाल्पा

    [३७]
    स्वार्थी
    मानव स्वभाव
    डुब्छ डुवाउँछ अरूलाई !
    🌑होम प्रसाद
    धरान,सुनसरी ।

    [३८]
    मानव
    खुट्टा तानातान
    व्यवहार गर्छ दानव !
    🌑सरस्वती वली
    बर्दिया नेपाल

    [३९]
    आत्महत्या
    निम्त्याउँछ महापाप
    भयङ्कर दैवी सराप !
    🌑बुद्धिप्रसाद सापकोटा
    गैडाकोट 7

    [४०]
    मानव
    बाध्यताको शिकार
    सोच्छ भविष्य अन्धकार !
    🌑नारायण कोइराला

    • तानसेन,पाल्पा

    [४१]
    जमाना
    अर्काको भलो
    पासोमा आफ्नै गलो !
    🌑कैलाश बोगटी
    सायल गा पा डोटी

    [४२]
    विचार
    मान्छेको सोच
    समस्याको समाधान खोज !
    🌑सुरेश विश्वकर्मा
    डोटी

    [४३]
    मानव
    आपसी भर
    बेलाबखत भइदिने शर !
    🌑भवानी घिमिरे
    सर्लाही ।

    [४४]
    मित्रता
    दरिलो बनोस्
    कसैको कुभलो नहोस् ।
    🌑साहित्य प्रेमी सलिन

    [४५]
    मानव
    गुण लगाउने
    गुण भुल्ने पनि !
    🌑देवकी

    [४६]
    परोपकार
    आफू मरेर
    अरूलाई भलो चाहने !
    🌑गुणनिधि

    [४७]
    स्वार्थी
    बचाउछ जसले
    गर्दै उसैको हानी !
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [४८]
    स्वार्थी
    जीवन पायो
    निस्वार्थीले मरेर बचायो !
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [४९]
    मान्छे
    जसले बचायो
    उसैलाई चढाउँछ सुली !
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।।

    [५०]
    मृत्यु
    भयानक सत्रु
    शरीर क्षणमै लास !
    🌑बिके माकजु
    भक्तपुर ।

    [५१]
    जमाना
    कुभलाे तर्फ
    उपकारकाे बदला धाेका !
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [५२]
    दुष्ट
    बचाउँदा मित्र
    निस्कियाे विषालु साँप !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [५३]
    जिन्दगी
    कति बिचलित
    पासाे लाग्नु घृणा !
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [५४]
    मानव
    मित्रताको धर्म
    मित्रले देखायो दुष्कर्म !
    🌑सरस्वती

    [५५]
    मन
    भित्र कालो
    परोपकारी फसाउने जालो !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [५६]
    जीवन
    सोचेर हेर
    भन्दाभन्दै जान्छ खेर !
    🌑बुद्धिप्रसाद लामिछाने
    कैलालि

    [५७]
    मानव
    नाम एक
    चरित्रिक प्रवृति अनेक !
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [५९]
    साथी
    साह्रै विश्वासघाती
    छुराले चिर्‍यो छाती !
    🌑अबोध निर्मल
    कैलाली

    [६०]
    गोठालो
    उसैको कुभलो
    जसले गर्दछ भलो !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [६१]
    मानव
    दानवीय प्रवृत्ति
    विश्वासघातको चरम पराकाष्ठा !
    🌑अम्विका अधिकारी
    झापा

    [६२]
    भलो
    जमाना खराब
    आफ्नै खुट्टामा बञ्चरो !
    🌑शारदा

    [६३]
    नियत
    कालो समय
    चौतर्फी डरको भाव !
    🌑सम्झना कुँवर ‘कुसुम’,
    पोखरा

    [६४]
    भलो
    स्वार्थी मित्र
    असल मनमा विष !
    🌑घनश्याम पौडेल
    गौरीगंगा नगरपालिकामा ९ कैलाली

    [६५]
    मानव
    जन्मदै दानव
    मर्ने निर्धो अनुभव !
    🌑रेनुका मरासिनी
    अर्घाखाँची

    [६६]
    साँठगाँठ
    स्वार्थको गठबन्धन
    अन्ततः दुवैको बिल्लीबाठ !
    🌑केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    [६७]
    जीवन
    विचारमा अडिग
    आफ्ना भन्ने कथित !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [६८]
    मानव
    सँकुचित सोच
    थपिदै अनैतिक बोझ !
    🌑टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [६९]
    बचाऔँ
    एकले अर्कालाई
    मौकामा ज्यान जोगाई !
    🌑उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर,काठमाण्डौँ

    [७०]
    विकृति
    अचेत मन
    सोचमा बाढी पहिरो !
    🌑कविता आचार्य
    कैलाली

    [७१]
    मित्र
    कपट भित्र
    देखायो रुप विचित्र !
    🌑दुर्गा भट्टराई
    माेरङ

    [७२]
    मित्रता
    एकको शत्रुता
    देखाउँदै अर्कोले महानता !
    🌑त्रिलोक रामदाम , सिद्धार्थ नगर ~८ , रुपन्देही !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८३औँ भाग शनिबार सम्पन्न

    पञ्चाङ्ग लेखन शृङ्खला – ७

  • १२ पुष २०७९, मंगलवार ०७:३१ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला – ७

    उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू

  • १२ पुष २०७९, मंगलवार ०७:२८ मा प्रकाशित
  • उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू

    १.
    भ्रमण
    रमाइलो यात्रा
    गगन चुम्ने रहर !

    २.
    काँहुडाँडा
    पर्यटकीय स्थल
    लेख्न मन चञ्चल !

    ३.
    मानव
    खुशी आवश्यक
    नराख्नु रीस भाव !

    ४.
    तनाव
    दिलबाट हटाउने
    मनोरञ्जन लिएर घटाउने !

    ५.
    भोज
    मीठो भोजन
    चारैतिर खुसी मन !

    ✍️ मिलन के.सी.(थापा), पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P