• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

  • १२ पुष २०७९, मंगलवार ०७:२३ मा प्रकाशित
  • उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू –

    १
    पिरती
    आत्माको मेल
    जीवन बिताउने आधार !

    २
    जीवन
    सुन्दर फूल
    अभाव सङ्‌घर्ष चाहाना !

    ३
    काँडा
    फूलको रक्षक
    नियतिले सुम्पेको कर्म !

    ४
    शिशिर
    नाङ्गा डाँडाकाँडा
    उजाड फुस्रो समय !

    ५
    कुहिरो
    सेतो रुवा
    अन्धाधुन्द सर्वत्र भुवा !

    ६
    पौष
    छोटा दिन
    समय बित्दै एकैछिन !

    ७
    शीतलहर
    चिसोको पराकाष्ठा
    त्रसित तराई शहर !

    • शारदा आचार्य, ललितपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग लेखन शृङ्खला -६

  • १० पुष २०७९, आईतवार २१:१९ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला -६

    साताका तीन लघुकथा

  • ९ पुष २०७९, शनिबार ११:२२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार अनुराग अरुणको ‘पश्चाताप’, लघुकथाकार एलपी पराजुलीको ‘रुपान्तरण’ र लघुकथाकार कल्पना भण्डारीको ‘भाग्य’ रहेका छन् ।

    १.
    लघुकथा: पश्चाताप

    🙎अनुराग अरुण
    तिन छोराहरूले आमाबाबुलाई फकाउँदै भन्छन्, “बा ! आनाको २५ लाख दिदैछन् । खेत बेचौँ ।”
    छोराहरूको कुरा सुनेर वृद्ध बाले भन्छ, “सबै खेत बेचेपछि के खान्छ्स् ?”
    जेठोले भन्छ, “तपाईको भागको पैसा बैङ्कमा मुद्दती खाता खोलेर राखिदिन्छु । आएको व्याजले खानुहोला । अब तपाई पनि वृद्ध हुनु भो, हामी पनि खेतिपाती गर्न सक्दैनौँ ।”

    जेठा छोराको कुरा सुनेर बाले भन्छ, “त्यैँ खेतको अन्नबालीले तिमीहरूलाई हुर्काएँ, पढाएँ । अलिकति के पढिस्, जन्माएको आमाबाबुलाई सिकाउने भइस् ?”
    छोराहरूले आ-आफ्नो अंश मागेपछि अन्तत: वृद्ध आमाबाबुको केही सीप लागेन । छोराहरूले आ-आफ्नो भागको खेतबारी बेच्छन् । खेतबारी बेचेको पैसाले तिनैभाइ छुट्टै घर बनाएर अलग्गै बस्न थाल्छन् । वृद्ध आमाबाबुलाई आफ्नो पुर्खौँली सम्पत्तिको माया लागेर बेच्दैनन् ।

    समयक्रम सनैसनै बित्दै जान्छ । एकदिन ठूलो भुकम्प आउँछ । तिनैभाइको घर भत्किन्छ । उनीहरूको महलबाट सडकको बास हुन्छ । तिनैभाइहरू रुँदै आमाबाबु कहाँ दुखेसो पोख्न आउँछन् ।
    उनीहरूको रुन्चे अनुहार हेरेर वृद्ध बुबाले भन्छ, “तिमीहरू धेरै पढेर अति जान्ने भएर अहिले दु:ख पाइस् । अब बल्ल चेत खुल्यो, तिमीहरूको ? मैले आफ्नो भागको सबै जायजेथा सम्पत्ति वृद्धआश्रमलाई दान बकस गरिसकेँ । मेरो शेषपछि यो सबै वृद्ध आश्रमको हुनेछ । अब तिमीहरूले मबाट एक सिन्को आस नगरे हुन्छ । यहाँबाट गइहाल ।” तिनैभाइहरू पैसाको लागि पुर्खौँली सम्पत्ति बेचेकोमा रुँदै पश्चाताप गर्न थाल्छन् ।

    २.

    लघुकथा: रुपान्तरण

    🙎एलपी पराजुली

    कार्यालयमा सधैँ जसो क्रोधित मुद्रामा रहने कमलले आफ्नै कटु आलोचक निर्मलसँग हाँसीहाँसी हात मिलाएको दृश्य अनौठो थियो ।

    “वर्षौंदेखिको शत्रुता कसरी मित्रतामा परिणत भयो ?”
    “कसले मिलाइदियो कमल र निर्मललाई ?”
    “पक्कै कुनै बाह्य शक्तिले आस वा त्रास देखायो होला ।”

    चलेका अनेकौँ अड्कलबाजी कमलले सुन्यो र हाँसीरह्यो ।

    “कमलजी परिवर्तन हुनुमा कुनै रहस्य त होला नि ? तपाईॅं कै मुखबाट सुनौं न ।” बिमलले आग्रह गर्‍यो ।

    “म भर्खरै दशदिने विपस्यना ध्यान शिविरबाट फर्केको हुँ । यो परिवर्तन त्यसैको परिणाम हो ।”

    “कलियुगमा पनि ध्यान तपस्या जस्ता आध्यात्मिक बाटोबाट सकारात्मक परिवर्तन सम्भव हुन्छ र ?”

    “विपस्यना ध्यान वैज्ञानिक विधि हो आध्यात्मिक होइन । गौतम बुद्धले समेत अपनाएको पञ्चशीलको पालना, सात्त्विक भोजन, मौनव्रत, अनुशासनको पालना आदिबाट शान्त र एकाग्र चित्त बनाई सूक्ष्म ढङ्गले आत्मपरीक्षण गर्दै सुख वा दुख, वैभव वा अभाव, शत्रु वा मित्र सबैमा समताभाव राख्ने अभ्यास गर्दा मैले सदैव शत्रु ठानेकालाई सजिलै मित्र देख्न सकेँ ।”

    “बाह्य शक्तिले परिवर्तन गरेको होला भन्ठानेको त आन्तरिक शक्तिले पो रूपान्तरण गरेको रहेछ ।”

    • कपन, काठमाडौं

    ३.
    लघुकथा : आदर्श श्रीमान

    🙆 कल्पना भण्डारी
    मीना बिहान जुरुक्क उठेर बाथरुममा नुहाउन गएकी थिइन् । साबुनमा चिप्लेर लडिन् ।
    “आमा ! म त मरेँ ।” बाथरुमबाट आवाज आयाे । “के भयाे ?” भन्दै बलराम बाथरुम पुगेर हेर्दा मीनाकाे अवस्था गाह्रो भइसकेको रहेछ । शरीरको एक भाग नचल्ने ।
    बलराम तनावमा परे र मनमनै भने, -“अब मलाई कसले पकाएर खान दिन्छ ? श्रीमती अपाङ्ग भएपछि कसले स्याहारसुसार गर्छ ?” तीन महिना हस्पिटल बसालेर घरमा लगे ।

    बलरामलाई निकै तनाव भयाे । सरल बिहानै आए । किन आएकाे हाेला भनेर बलराम दङ्ग परेका थिए । श्रीमतीलाई हस्पिटलमा दिएकाे पैसा माग्न आएकाे हाेला भनेर अँध्याराे मुख पारेर बसेका थिए ।
    सरलले भने, – “बले अब तँ के गर्छस् ? श्रीमती अपाङ्ग भइन् । घर कसले हेर्छ ? स्याहारसुसार कसले गर्छ ?” भन्दै अर्काे विवाह गर्न अनुराेध गरे ।

    बलरामले भने, -“दाइ ! बिचरी यी मीनालाई यत्राे चाेट पीडा छ । मैले यस्ताे कुरा गरेभने झन् मानसिक समस्या हाेला । भयाे दाइ, यस्तो कुरा नगराैँ अहिले ।”
    “कस्तो नामर्द र’छस् ।” भन्दै सरल आफ्नाे बाटाे लागे । यी सबै कुरा मीनाले ओछ्यानबाट सुनेर बसेकी थिइन् । बलरामले मीना भएकाे ओछ्यानमा खाना लिएर गए । मीनाले गहभरी आँसु बनाएर भनिन्- “हजुरलाई मेरो रेखदेख गर्न धेरै गाह्रो भयाे । अब अर्को विवाह गर्नोस् ।”
    बलरामले भने, -“मीना ! अहिले तिमी यस्ताे अवस्थामा छ्यौ । म कसरी विवाह गरूँ ? मैले विवाह गरेभने तिमीले दु:ख पाउँछ्यौ । हाेस्, म गर्दिनँ ।” भनेर भान्सामा गए । मीनालाई बलरामको आफूप्रतिको समर्पण भाव र अगाध प्रेमको कुरा सुनेर खुसी लाग्याे । बलरामले जीवनभर श्रीमती मीनालाई खुसी बनाएर राखे । सरल दङ्ग परे । “बलराम बलवान् नै र’छ ।” भनेर गाउँमा हल्ला गर्दै हिँडे ।

    भोलिपल्ट बिहान गाउँभरि हल्लाखल्ला र खैलाबैला सुनियो। मीनाकी सानीमाले आश्चर्यमिश्रित स्वरले मीनालाई सुनाइन्- “हेर त मीना ! त्यति राम्री र बत्तीस लक्षणकी श्रीमती हुँदाहुँदै ठुलाघरेले पल्लो गाउँकी मुखियाकी स्वास्नी भगाएर ल्याएछ्न् ।”
    मीनाको मन एकचोटि सिरिङ्ग भयो अनि बलरामलाई सम्झिन् र भनिन्, – “धन्य मेराे श्रीमान !”
    छथरजाेरपाटी -३ धनकुटा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६३ औँ शृङ्खला सम्पन्न

  • ९ पुष २०७९, शनिबार ०७:०२ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६३ औँ शृङ्खला मङ्सिर २४ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६३औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    पढ्ने बेलामा गुच्चा खेलियो भनेको मानिएन,
    आज जोड घटाउ चाहिँदो रहेछ जानिएन ।
    🙎 वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    किन चाहियो जोड घटाउ, किन चाहियो दाउ,
    पालैपालो देश लुट अनि, सबै मिलेर खाउ ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    किन पढ्ने जोड घटाउ केलाई चाहिन्छ दाउ,
    पालैपालो देश लुटेर उसै लिएका छन् भाउ ।
    🌑बेदु न्यौपाने
    काठमाण्डौँ

    [३]
    राजनीति गर्न दुर्गम स्थानमा त लोग्नेभन्दा स्वास्नी धेरै जान्ने,
    दुई पैसा खर्च नगरी ठाउँमा पुगेपछि भन कस्लाई मान्ने ।
    🌑पवन कुमार बुढाथोकी
    काठमाण्डौँ
    [४]
    तिमीले जतिसुकै कमाए पनि लगाउने एक सरो,
    घरमै भेटियो हेर न मुख्य कलहको महान जरो ।
    🌑सन्जना शर्मा

    [५]
    पढ्न जाने बेलामा लुक्दै हिँडे घारीघारी,
    क ख अक्षर जान्दिनँ म खन्छु मकैबारी
    🌑सरीता सेढाई
    चरौंदी धादिङ

    [६]
    भन्थे बा’ले बैगुनीलाई लाउनुपर्छ गुन,
    अर्ती बुद्धि मानेको भैदिए किन पर्थ्यो रुन ।
    🌑रिता लामा

    [७]
    खाेजी गर अब जाेड घटाउ खाेजी गर दाउ,
    कुनै देशमा नभएको यहीँ बेकारका झ्याउ ।
    🌑भवानी घिमिरे

    [८]
    हाम्रो बाबाले भन्नुहुन्थ्यो अनुशासित र लगनशील भई पढ्नुपर्छ,
    कडा परिश्रमपछि देशको हितमा अटल रही शिखर चढ्नुपर्छ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [९]
    नामका मात्रै छन् देशमा नेता कार्यकर्ता,
    यो देशले कहिले जन्माउँला हर्ताकर्ता ?
    🌑प्रकाश घिमिरे

    [१०]
    पढ्ने बेला भने पौडी खेल्न खाेला खाेल्सी मात्रै धाईयाे,
    हिसाब किताब राख्न नजान्दा अहिले दुख पाईयाे।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५सङ्गम काेलाेनी भक्तपुर ।

    [११]
    कर्म मेरो यस्तै रहेछ सधैँ गोठ गोठाला धाउने,
    घरमा छिन् कान्छी आमा भाग्यमा रहेछ दुख पाउने ।
    🌑मन पुन मगर
    सुर्खेत

    [१२]
    धन सम्पत्ति सिध्याए तिमीलाई पढाउँदा,
    इज्जत गयाे साेध्ने बेला टाउकाे कन्याउँदा।
    🌑धन कमारी रेग्मी
    भरतपुर चितवन

    [१३]
    बल्ल चाहियाे पढाइ जब देश हाँक्ने भइयाे
    बरालिएर उमेर बित्याे गुच्चा खेल्न गइयाे ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [१४]
    निरक्षर भइयो साथी पाइएन काम,
    जोड घटाउ जान्नेले नै कमाएछन् दाम ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१५]
    पढ्ने बेला बाल मजदुर भइयो खानलाई,
    अहिले पछुताई के काम भयो र दाजुभाइ ।
    🌑सुरेशकुमार पान्डे
    घोराही १८, दाङ

    [१६]
    कमाई खाने भाँडाे बनाई कलङ्क नै छर्यौ,
    माखो केही नमारी केवल आफ्नै पेट भर्यौ ।
    🌑त्रिलाेचन भण्डारी
    मेचीनगर ,झापा

    [१७]
    शिक्षाको महत्व बुझ्नलाई उसबेला चेतना भएन,
    बाहिरको फाइँफुट्टी देखाइन्छ भित्रको कालो गएन!!
    🌑प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१८]
    किन चाहियो जोड घटाउ भाग लगाएर खाने,
    पढाइ नभए के भो देश लुट्न पालैपालाे जाने
    🌑मन्जु जोशी
    डिलासैनी बेैतडी

    [१९]
    पढ्ने बेला हाँस्यो, खेल्यो चुपचाप बसियो,
    आउन्न अहिले केही यार, लास्टै फसियो।
    🌑सुशान्त सुनिता लिम्बु
    ताप्लेजुङ्

    [२०]
    चाहिँदैन जोड घटाउ , चाहिँदैन शिक्षा,
    राजनीति गर्नलाई दिए पुग्छ है भिक्षा ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [२१]
    बेकारमा हाँस्दै, खेल्दै आधा उमेर गयो,
    पढाई बिनाको जिन्दगी अन्धकार भयो ।
    🌑रत्ना पुन मगर
    रुकुम पश्चिम्

    [२२]
    बच्चैमा कुरो बुझिएन सम्झाउँदा मानिएन,
    फेरि भविष्य बिग्रिएला भन्ने ठान्दै ठानिएन ।
    🌑इमानसिंह केसी

    [२३]
    उबेलाको रमाइलो अहिले पछुतो भएछ,
    बल्ल थाहा पाए अब पढाई अमुल्य रहेछ !
    🌑नबिन बिष्ट
    सुदुरपश्चिम डडेल्धुरा

    [२४]
    क' लेख भन्थ्यौ नि बाबा छेउमै परिनँ म किन ? त्यहीँक´को भारी मुस्किल हुनेछ भन्ने जानिनँ ।
    🌑कमल भट्टराई
    खाँडाचक्र न. पा. ६, सेरा, कालिकोट

    [२५]
    जालझेल पढाइले गर्नु सम्म गर्‍यो,
    घटाउनु भन्दापनि जोड्न बढी पर्‍यो ।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [२६]
    पहिलो बेञ्चमा बसेको भए पक्कै धेरै पढिन्थ्यो होला,
    अब गर्ने भनेको बोकेर हिँड्ने हो राजनैतिक झोला ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई-१०, मोरङ । हाल- प्रवास

    [२७]
    पढ्ने बेला अरूलाई अति जिस्काउन थाल्ने,
    आखिर अहिले त्यहीँ ब्यथाले बनायो गाल्ने ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२८]
    बाल्यकालमा बा-आमा र सरले भनेको नमान्दा,
    आजकल पछुतो लाग्छ, हिसाब किताब नजान्दा !
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [२९]
    बाआमाले पढ भन्दा पहिले सरियो पर,
    नेता झैँ भ्रष्टाचारी बन्छु कि भन्ने लाग्यो डर ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [३०]
    नेताको घरमा ह्वार्रै पस्छ कालोपैसाको भेल ,
    नपढ्नेलाई राम्रो रहेछ राजनैतिक खेल ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [३१]
    गुच्चा खेल्नेहरू खाडी पुगे, पैसा फालाफाल,
    म जस्तो किताबको किरो, गरीबीले बेहाल।
    🌑ख्यामराज खतिवडा
    सूर्योदय 7 कन्याम इलाम

    [३२]
    पहिला आफूले बाआमाले भनेको मानिएन कत्ति,
    मानेको भए दुःख पाउँनु पर्दैनथ्यो होला है रत्ति ।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [३३]
    पढ्ने बेलामा गुच्चा खेल्ने भयो देशको प्रधानमन्त्री,
    धेरै पढेर आफू चाहिँ भएँ प्रधानमन्त्रीको सन्त्री ।
    🌑दीपक ठटाल जलन
    खरसाङ

    [३४]
    जोड घटाउ सिकाउने नेता छन् गुरु,
    मिलीजुली कुर्सी तान्ने दौडाहा छ सुरु।
    🌑रामशरण न्यौपाने
    भक्तपुर

    [३५]
    भाँडभैलोतन्त्र हेर गठबन्धनले ल्यायो,
    बेथिति तथा भ्रष्टाचार नै चारैतिर छायो।
    🌑कृष्ण हरि नेपाल

    [३६]
    किन चाहियो जोड घटाउ, किन चाहियो भाग,
    टन्न पैसा कमाउने भए, राजनीतिमा लाग ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [३७]
    गुच्चा खेल्नेहरू राजनितीमा अगाडि बढे,
    बाध्यताले खाँडी जानेहरू मरिमरी पढे ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल भारत

    [३८]
    दुईचार अक्षर जानेर प्रधानमन्त्रीको कुर्सी रचाऊ,
    किन चाहियो जोड घटाउ देश बेचेर नगद पचाऊ ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [३९]
    विद्यालय पठाउँदा बाटोबाट फर्कियो,
    आज यो जीवन अन्धकारतिर लर्कियो।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [४०]
    नपढेर दुःख पाइयाे, भयाे सबै झेल,
    सबकाे यस्तै हाे हजुर नियतिकाे खेल!
    🌑राधिका अधिकारी

    [४१]
    हिसाब जान्ने आए भने, पख्नुस् त ! पत्ताल भसाइदिन्छु,
    टाठाबाठा विदेशीन्छन् डाडु पनिउँ आफ्नै हातमा लिन्छु ।
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [४२]
    बुद्धि पलायो त अबेर भयो,
    सिक्ने कुरा नसिक्दै खेर गयाे ।
    🌑भागु खत्री
    दार्चुला

    [४३]
    किन गर्छौ जोड घटाउ घुँडा धसीधसी,
    राजनिती गर्न सिक त खान्छौ बसीबसी।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [४४]
    पढ्ने बेलामा ध्यान पुग्यो हाँस्न तिर,
    सम्झिँदा त्यो दिन अहिले लाग्छ पिर ।
    🌑चन्द्रकली राना मगर
    प्युठान

    [४५]
    देश चलाउने नेताहरू पैसामा बिके,
    आउने सन्तान कसको हुने सबै सिके।
    🌑एवाइ प्रभात
    धनकुटा, हाल मोरङ

    [४६]
    पढ भन्दा पढिएनँ सानामा,
    बुद्धि बिग्रियो अल्लारे पारामा ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४७]
    समय बितेपछि मात्रै पछुताएर के गर्नु,
    नयाँ सोच बनाऊ बाबु अन्धकारमा नपर्नू ।
    🌑दस्ता कौशिक
    पाँचथर।

    [४८]
    लाग्थ्यो घाम प्रशस्त ग्रीष्म ऋतुमा चाहिन्न सोचेँ घर,
    छेपारोसरि चाल भो अब बुझेँ चाहिन्छ आफ्नै तर ।
    🌑घनश्याम रेग्मी

    [४९]
    म त हेर्छु घर बसी, सत्ता नाङ्गो नाँच,
    नाच्नेलाई लाज छैन, लौ कम्मर भाँच ।
    🌑विजय राज

    [५०]
    पढ्न लेख्न जान्नु पर्दैन नेपालमा मात्र गर हाउभाउ,
    देशका ठूला दलका झण्डा बाेक्न सक्ने बलबाहु देखाउ।
    🌑प्रद्युम्न चालिसे

    [५१]
    एउटा सुन्दर रोग हो यो, बन्ने लक्षण नेता,
    हिसाब नजानी कालो धन पार्छन् खर्लप्पै सेता।
    🌑म्यामराज राई
    भोजपुर।

    [५२]
    जोड पढे घटाउ पढे, पढे जम्मै नेपाली,
    व्यवहारिक भएपछि दिमाग भयो खाली |
    🌑लक्ष्मण देउवा
    डोटी

    [५३]
    बेलैमा बुद्धि पुराउँदा हुन्छ अति राम्रो,
    पढ्ने बेला दिमाग किन घुम्छ होला हाम्रो ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [५४]
    जति पढेपनि आफ्नो, पहिचान जनाउनु,
    जाने पनि नजाने नि, चट्ट पैसा कमाउनु ।
    🌑दिपक सुन्चेउरी
    संखुवासभा, चैनपुर
    प्रदेश न. १, नेपाल

    [५५]
    डुलियाे, घुमियाे सबैलाई पढे भनी ढाँटियाे,
    रिजल्ट आउँदा सबैका अगाडि नाकै काँटियाे ।
    🌑कमला भट्टराई
    खोटाङ

    [५६]
    उतिबेला लेख्न पढ्नभन्दा हुन्थ्यो मन गह्रुङ्गाे,
    अहिले भा’छ मलाई, दाँतमा लागेजस्तो ढुङ्गाे ।
    🌑रामकृष्ण रिजाल
    बाग्लुङ

    [५७]
    जिन्दगीमा जाेड, घटाउ, गुणन, भाग सबै चाहिन्छ
    त्यतिबेला बुझिएन, अहिले खाेजेर कहाँ पाइन्छ ?
    🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
    शीतगङ्गा -५, अर्घाखाँची
    हाल : बुद्धभूमि -३, कपिलवस्तु।

    [५८]
    पढ्ने बेलामा स्कुल छाडी बरालिदैँ भागेँ,
    विदेशी नोकर हुँदा बल्ल अहिले जागेँ।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [५९]
    पढ्ने बेलामा पाठ मात्र लेखियो,
    त्यसको परिणाम आज देखियो।
    🌑जीवन जैशी अछाम
    हाल कैलाली

    [६०]
    गुच्चा खेले, फिलिम हेरेँ पढ्ने बेलामा,
    जोत्दैछु म हलो अचेल गैरी मेलामा ।
    🌑नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [६१]
    बाबाले भन्थे पढ्ने रहर, कहिले जाग्छ,
    सकेन पढ्न आज आएर, पछुतो लाग्छ !
    🌑आर्त अकुलीन
    कैलाली

    [६२]
    पढ्ने बेला खेल्ने मात्रै हतार,
    आजभोलि जानुपर्छ कतार ।
    🌑भगवती दवाडी
    झापा, दमक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६३ औँ शृङ्खला सम्पन्न

    पञ्चाङ्ग चित्रपट भाग- २३ सम्पन्न

  • ९ पुष २०७९, शनिबार ०६:५३ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/०९/०६गते

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २३[तेइसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

              
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    घनश्याम पौडेल

    चित्र संकलन  [ गुगलबाट ]
    —————–
    सुशीला पौडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
        चित्रपट
    ~~~~~~~~~~~
    चित्रपट पञ्चाङ्ग   [०१]

    सुन्दर दृश्य देखेपछि यो मनै रमायो ।
    थुँगाथुँगा फुलमा धरती झनै रमायो ।
    स्वर्गभन्दा पनि  सुन्दर मेरो देश हेर ,
    वसन्तमा   गुराँस फुल्दा वनै रमायो ।
    सारा संसार      रमाउँदा तनै रमायो ।

    ✍️श्रीकृष्ण शर्मा , पोखरा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग  [०२]
    [०१]
    सुनगाभा फूल फुल्याे अनकन्टार भिरमा हेर ।
    जमाइ राख्यो हिमालले हिउँ आफ्नो शिरमा हेर ।
    सारा जगत दुःख खेप्छ अस्तित्वका खातिर यहाँ ,
    युगदेखि पल्टिएको छ ढुङ्गा नदी  तीरमा हेर ।
    मान्छे सधैँ रुमलिँदै छ आफ्नो आफ्नो पीरमा हेर ।
    [०२]
    हिउँ पग्लि सदा बहने याे हिम नदी सुक्न नपराेस् ।
    गाेर्खाली हुँ वीरकाे सन्तान कसै सामु झुक्न नपराेस् ।
    आकाश फुटाेस् बतास रुकाेस् जन्मभूमिकाे लागि यहाँ,
    उठेका विजयका पाइला क्षणभर रुक्न नपराेस् ।
    फहराउँदैछ झण्डा हेर चिनारीमा चुक्न नपरोस् ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ……………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    ढकमक्क  गुँरास  फुलेको  छ पहाडमा ।
    डाली डालीमा फूल झुलेको छ पहाडमा ।
    प्रकृति  सौन्दर्यताले  सम्पन्न भएका छौँ ,
    त्यही  सुन्दरताले  खुलेको  छ पहाडमा ।
    विदेशी  वरिपरि  डुलेको  छ    पहाडमा ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली ”  पाल्पा
    हाल बर्दिया ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]
    [०१]
    ढकमक्क गुराँस फुली वनै ढाकेको छ ।
    कता लगेर लुकाउँ म  मनै ढाकेको छ ।
    विश्वभरिकि सुन्दरीमा लालित्य प्रकृति ,
    राष्ट्रियअन्तर्राष्ट्रियको  तनै  ढाकेको छ ।
    पहरा कन्दरा पखेरा झनै ढाकेको छ ।
    [०२]
    लाएको माया  गाढापन नै  मासेर नजानू ।
    एक माथि अर्को चाहियो रे ,गाँसेर नजानू।
    एक अर्काको समर्पण त्याग तपस्या भुली,
    चुलीमा  पुग्नेको आत्मबल भासेर नजानू।
    पालुवा लिँदैका हाँगाबिँगा छासेर नजानू

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग  [०५]

    पहाडमा लाली गुराँस फुल्यो हरर ।
    दिनदिनै यो दिल उतै खुल्यो हरर ।
    प्रकृतिमै रमाउने मन हो सबैको ,
    निन्द्रावस्था खपेर आँखा झुल्यो हरर।
    उतैतिर यो मन मेरो भुल्यो हरर।

    ✍️अच्युत घिमिरे,  भुटानबाट ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    चारैतिर  हरियाली  सुन्दरताको    खानी छ।
    मनमोहक  दृश्यले  लोभ्याउने  ति बानी छ।
    ढकमक्क   फुलेका  छन् लालीगुराँस र बेली,
    कलकल बग्ने खोलानाला झरनाको पानी छ।
    सुन्दरताको खानी नेपाल आँखाको नानी छ।

    ✍️सरिता सेढाइ, धादिङ ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    लालीगुँरास  फूलले  वनै रमाइलो।
    चारैतिर  सौन्दर्यले  मनै रमाइलो।
    सुन्दरता थपेको छ  फुली गुँरासले,
    टाढाबाट  हेर्दाखेरि  झनै  रमाइलो।
    लोभिन्छ आँखा हेरेर तनै रमाइलो।

    ✍️कला ढकाल, झापा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    ढकमक्क फूल फूलको छ हेर।
    हरियाली वन खुलेकोछ हेर।
    चारैतिर रमणिय दृश्यले नै,
    यो मन् भुल्न सम्म भुलेकोछ हेर।
    पहाडी लाली झुलेकोछ हेर।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]

    लाली गुँरास पहाडमा फुलेको देखिन्छ ।
    पुतली र भमराहरू    झुलेको देखिन्छ ।
    बाटो हिँड्ने मानिस देखि पर्यटक सम्म ,
    हेर्दाहेर्दै   मानिसहरू    भुलेको देखिन्छ ।
    विदेशी  पर्यटकलाई     हुलेको देखिन्छ ।

    ✍️जानुका गौतम, काठमाडौं ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]

    डाडो पाखा लाली गुराँस फुलेको छ राम्रो।
    वारिपारी ति वन पाखा खुलेको छ राम्रो।
    वरिपरि चारैतिर मन लोभ्याउने,
    गुराँसमा आकाश धर्ती झुलेको छ राम्रो।
    फूलमा ति भ्रमर आइ भुलेको छ राम्रो।

    ✍️बेदु न्यौपाने, काठमाडौ✍️।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    आहा नि कति सुन्दर  फूल फुलेकाे पहाडमा।
    फूलहरु सुन्दरता भर्दैँ झुलेकाे पहाडमा।
    प्रकृतिको रुपले कसलाई ल  लाेभ्याउदैन,
    सप्तरङ्गी फूलहरू फुली खुलेको पहाडमा।
    फूल आकर्षणले   भवरा डुलेकाे पहाडमा।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    परदेश  लागेको  धेरै भयो  गुराँस  फुलेको छ छैन।
    पुतली र भमराहरू डाली  डालीमा झुलेको छ छैन।
    स्वदेश   छँदा  रमाइलो   परदेशमा  पसिना खलल,
    विदेशी पर्यटक आजभोलि हेर्नलाई डुलेको छ छैन।
    आकर्षक देखाउने वस्तु नेपालमा खुलेको छ छैन।

    ✍️संगिता शर्मा , सिन्धुली ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    डाँडा  पाखा नै  रङ्गीचङ्गी  फुलको देश हाम्रो।
    विविध जाती र आफ्नै भाषा अनि भेष हाम्रो।
    चार जात   छत्तिस  बर्णका   फूल फुले जस्तै,
    आफ्नै धर्म संस्कृती र आफ्नै राम्रो केश हाम्रो।
    विश्वका   सुन्दर   देशमा   पर्छ  
    विश्वको दौडमा हामी  नेपालको रेस  हाम्रो।

    ✍️मल्ल लक्ष्मी श्रेष्ठ,,मेची किनार
    बिर्तामोड झापा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    लाली गुराँस सुनाखरी वनैभरि फुले जस्तै।
    भमरा अनि मौरीहरु थुङ्गाथुङ्गा डुले जस्तै।
    जनको मनमा पनि यस्तो संचार फैलिरहोस्,
    मानवता मात्रै छ धर्तीमा वैरभाव भुले जस्तै।
    अँधेरी रातमा चन्द्रमाको मुहार खुले जस्तै।

    ✍️पशपती राई, खोटाङ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    त्यहीँ पुगेको जस्तो लाग्छ जहाँ गुराँस फुलेको छ।
    डाली  डालीमा  चरा, फूलभरि  भमरा डुलेको छ।
    अति  रम्य  सम्य  वनपाखा  श्रृङ्गारिएकी  बेहुली,
    छेउमा  बसेर  नव  बेहुला  झैँ  कवि  भुलेको  छ।
    शरदको  मौन  बतास, आकाश सारा खुलेको छ।

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    गुराँस हेरेर बसेको छु ।
    ममता बेरेर बसेको छु ।
    विश्वास लागेछ प्रकृतिको,
    त्यसैले घेरेर बसेको छु ।
    जीवन फेरेर बसेको छु ।

    ✍️आर्त अकुलीन, कैलाली
    ……………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    लाेभिए देखी लेकका लालीगुराँसका आई सुन्दर फूलहरू !
    डाँडा पाखा भिर सम्म सबै सजिएछन् लाई सुन्दर फूलहरू !
    हिमाल पहाड तराई लेक बेसीं र कछाडकाे स्वाद छ यहाँ !
    प्रकृतिका अद्भुत कलाका रसहरू खाई सुन्दर फूलहरू !
    चैत बैशाख मासमा आउँछिन् प्रकृति पाई सुन्दर फूलहरू !!

    ✍️रामप्रसाद पुरी,बादेल,खाेटाङ ।
    ……………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]
    [०१]
    रातै लालीगुराँस फुलेको वनै राम्रो ।
    त्यसै वनमा भुलेको मेरो मनै राम्रो।
    हामी जन्मिदा नै पाखामा रमाएका,
    नेपाली पहराको  दौलत धनै राम्रो ।
    सहयोगी भावना भएको झनै राम्रो।
    [०२]
    गुराँस फुलेको देखेर मन आनन्दित छ ।
    हिमाली पाखामा हरीयो झन आनन्दित छ।
    यो त हाम्रो प्रकृतिले दिएको उपहार हो,
    रातो गुराँस ढाकीएको वन आनन्दित छ।
    पहाडी पाखामा फुल्दा तन आनन्दित छ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    प्राकृतिक    सुन्दरताले   सजाएको देश ।
    न्याउली  र  कोइलीले गीत गाएको देश ।
    विश्वभरि  खोजे पनि  पाइँदैन है  यस्तो ,
    अग्लो होचो सम्म मिलाई बनाएको देश।
    हिमाल  पहाड   तराई   मिलाएको देश ।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।
    ………………………………………………………

    पञ्चाङ्ग र समपञ्चाङ्ग   [२०]
    [०१]
    आहा! कति सुन्दर लाली गुराँस फूलेकाे ठाउँ यहाँ।
    डाँडापाखा,पहराले छपक्क छाेपिएकाे गाउँ यहाँ।
    मन हुन्छ खुशीले दङ्ग रमणिय प्रकृति देखेर,
    साँच्चै यस्तै हुन्छ हाेला हजुर स्वर्ग भन्ने नाउँ यहाँ।
    प्राकृतिक छटामा खेल्दै एकैछिन रम्न पाउँ यहाँ।
    [०१]
    नराम्राे काम गरी कहिले पनि चुक्न नपरोस् ।
    दुइछाक खान अरुकाे ढाेका नै ढुक्न नपराेस्।
    महान बनुन् साेचहरु जहिले एक अर्कामा,
    समाधान आफैँ खाेजी अरु सामु झुक्न नपराेस्।
    काम बिगारी यहाँ कहिल्यै पनि लुक्न नपराेस्।

    क्षणीक बहने खहरे खाेला झैँ सुक्न नपराेस्।
    राम्राे काम गर्न सकुँ है कसैले थुक्न नपराेस्।
    चालेका यी कदम प्रगति पथमा लम्किरहुन्,
    काम नगरी यहाँ कुराले मात्रै भुक्न नपराेस्।
    आफु राम्राे हुन कुरा अरुलाइ फुक्न नपराेस्।

    ✍️उर्मिला के.शी.,धनकुटा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   २१

    फूल्याे गुराँस वनैभरी मनै हरर।
    प्रकृतिको वशमा पर्दा तनै हरर।
    लोभ्याउँदा आँखाहररू कहाँ त्यसै बस्छन्,
    उकालिंदा पाइलाहरू धनै हररम
    हातमा लिई नाचिदिंदा झनै हरर।

    ✍️त्रिलाेचन भण्डारी, मेचीनगर, झापा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    पाखाभरि रातै गुराँस फुलेको छ ।
    नेपाली मन मेरो त्यतै भुलेको छ ।
    स्वर्ग जस्तो मेरो मातृभूमि नेपाल ,
    जहाँ पुगे नि मन यहीँ डुलेको छ।
    नेपालको सौर्न्दर्य राम्रो खुलेको छ ।

    ✍️तारा घिमिरे स्वैच्छा, सङ्खुवासभा ।
       …………………………………………

    चित्रपट पञ्चाङ्ग   २३

    मिल्के र जल्जले पाखामा गुराँस हुने मन छ।
    पासाङ जस्तै अग्लिएर शिखर छुने मन छ।
    मेरो प्रकृतिको क्यानभासमा सिर्जनाले पोत्दै,
    सबै नेपाली मनभित्रको मैलो धुने मन छ।
    नेपाल आमाको काखमा हाँस्ने र  रुने मन छ।

    ✍️पुष्पा नेपाल(सुवेदी ), इलाम ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    डाडाभरि  गुँरास फूलेको छ वनमा ।
    सबै हाँगामा फूल झुलेको छ वनमा
    प्रकृतिको सौर्न्दर्य पनि कति हो कति ,
    सुन्दरतामा मन भुलेको  छ वनमा
    वरिपरि डाँफे नि डुलेकाे छ वनमा ।

    ✍️दुर्गा भट्टराई, माेरङ ।
    …………………………………………………

    चित्रपट  पञ्चाङ्ग   [२५]

    ढकमक्क लालीगुराँस फुलेको छ।
    यो मेरो मन त्यतै तिर भुलेको छ।
    राष्ट्रको पहिचान यो हामी सबैको,
    फूल जस्तै कतिको मन खुलेको छ।
    फूलकाे साैन्दर्यमा आँखा डुलेकाे छ।

    ✍️सुशीला पौडेल
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    फूलै फूलको कति रमाइलो सहर बन्यो।
    हिमालको सामुन्ने स्वर्गतुल्य प्रहर बन्यो।
    मगमगी बसाउँछ फूलको वासना सधैँ,
    यही सपना जीवन भरीको  रहर  बन्यो।
    जताततै फूलैफूल  स्वपनको लहर बन्यो।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२७]

    गुराँस बहुँ म त फुलाउन आउ ।
    पहाडमा फुल्छु झुलाउन आउ ।
    मेरो लतामा रातो   नै रङ्ग हुन्छ ,
    विरक्त हुँदा मन भुलाउन आउ ।
    बन्द हुँदा बाटो  खुलाउन आउ ।

    ✍️हुमा पोखरेल लुइटेल, कावासोती ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    लालीगुराँस फुल्दा मन आन्दित हुन्छ मेरो।
    यो राष्ट्रिय पहिचानले दिलमा छुन्छ मेरो।
    लालीगुराँस फुल्दा वनै राम्रो देखिन्छ हाम्रो,
    मनमनै यसको फाइदा बारे गुन्छ मेरो।
    यसलाई नराम्रो भन्दा यो मन रुन्छ मेरो।

    ✍️ह्यारिस, काठमाडौं ।
    …………………………………………………………

    चित्रपट पचाङ्ग   [२९]

    पहाडमा लालीगुराँसको सुवास मिसिएको छ।
    पहाडको सौन्दर्यमा सबैको ध्यान खिचिएको छ।
    काल्पनिक स्वर्गको बखान नगर व्यर्थै म सित,
    वास्तवमा सिङ्गो स्वर्ग मेरो देशमा मिसिएको छ।
    त्यो स्वर्गको चित्र त मेरो देशमानै खिचिएको छ ।

    ✍️देबकी के .सी. काठमाडौं ।
    ………………………………………………………

    चित्रपट पचाङ्ग   [३०]

    आहा मन कि रानी प्राकृतिक परी हौ।
    कुन कुरा  बयान  गरौं मन भरी हौ ।
    तिमी छौ एक आधार अरु के नै छर,
    आँखा रुन्छ ओठ हाँस्छ शिशु नै सरी हौ।
    भन्न मन छ  खाेलेर सुनन चरी हौ।

    ✍️मिना देवकोटा , सर्लाही  ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३१]

    ढकमक्क ति फूल फुलेका वनैमा।
    डालीमा फूलहरु झुलेका वनैमा।
    सुन्दर देखिन्छ  सुन्दर बगैँचामा,
    ती भमरा  रमाइ  खुलेका वनैमा।
    हेर्नलाई पर्यटक    डुलेका वनैमा।

    ✍️सहयात्री शोभा अर्याल, बुटवल ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३२]

    फुलै फुलले सुन्दर बनाको हाम्रो देश नेपाल।
    जातजाति भाषा धर्म मनाको हाम्रो देश नेपाल।
    हरियाली पाखामा न्याउली चरी गुनगुनाउँछे,
    डाँडापाखा पखेरामा धनाको हाम्रो देश नेपाल।
    खुशीयाली छाउँदै यो घनाको हाम्रो देश नेपाल।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३३]

    ढकमक्क देख्छु फुलेको लालीगुराँस म।
    आहा!कति राम्रो झुलेको लालीगुराँस म।
    सुन्दर   प्रकृतिक  देश  छ हाम्रो  नेपाल,
    पहाड  गै     घाम डुलेको लालीगुराँस म ।
    प्रकृति नियाल्दै  भुलेको लालीगुराँस  म।

    ✍️सीता शर्मा पन्थी, बिरंगज ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३४]

    डाँडाकाँडा हरियाली त्याे कस्ले हाेला सजाएकाे किन ?
    लालीगुराँस फुलेर त्याे किन हाेला लजाएकाे किन ?
    इन्द्रकाे नन्दनवन सरि नै शाेभा  अजबकाे यहाँ ,
    साक्षात् स्वर्ग धरतीमा त्याे कस्ले होला बजाएको किन ?
    माथि आकाश विशाल त्यो कस्ले हाेला कजाएकाे किन ?

    ✍️टिकाराम जोशी , टिकापुर कैलाली ।
    …………………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- २३ सम्पन्न

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू –

  • ९ पुष २०७९, शनिबार ०६:४३ मा प्रकाशित
  • उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू –

    १
    पुष
    रुईको डाँडा
    गरिबको नाङ्गो शरीर !

    २
    पुष
    शीतको वर्षा
    कठ्याङ्ग्रिएको कोमल गुलाफ !

    ३
    शिशिर
    उत्तिसको घमण्ड
    गुराँसलाई वसन्तको प्रतीक्षा !

    ४
    फूल
    मौरीको हुल
    रसपानमा हुने भुल !

    ५
    प्रेम
    मायाको सागर
    नबुझ्दा उराठ बगर !

    • सरस्वती श्रेष्ठ, रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू –

    उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • ९ पुष २०७९, शनिबार ०६:३९ मा प्रकाशित
  • उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू –

    १
    लसुन
    औषधीकाे घर
    जडिबुटी नहुने जहर !

    २
    लसुन
    प्रकृतिको वरदान
    गरिरहने जीवन प्रदान !

    ३
    लसुन
    तरकारी अचार
    अदृश्य रूपमा उपचार !

    ४
    लसुन
    वैद्यकाे हात
    दिव्य औषधी साथ !

    ५
    लसुन
    कडा राग
    औषधीमा ठूलाे बाघ !

    • प्रद्युम्न चालिसे, भक्तपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • ९ पुष २०७९, शनिबार ०६:३६ मा प्रकाशित
  • उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू –

    १
    फूल
    सुन्दर रूप
    तिम्रो मेरो यौवन !

    २
    सुन्दरता
    आँखाको दृष्टि
    प्रकृतिले गरेको सृष्टि !

    ३
    प्रकृति
    सुन्दर आकृति
    पहाडका ती झरना !

    ४
    अकबरे
    पीरो विशेषण
    खुर्सानीका अनेक विश्लेषण !

    ५
    घर
    जग छानो
    जीवनका अनेक पाटाहरू !

    ६
    सपना
    परदेशी भूमि
    देशको माया छातीमा !

    ७
    सम्झना
    अतीतका पलहरू
    यौवनमा रसिला गाला !

    ८
    सम्बन्ध
    अदृश्य सपना
    सिन्दुर पोते चिनो !

    ९
    यात्रा
    लक्ष्यमा परदेश
    गुन्द्रुक मस्यौराको पोको !

    १०
    युवा
    हातका ठेला
    परदेशी भएका चेला !

    ११
    कर्तव्य
    बाध्यतामा पिता
    खाडीको असह्य गर्मी !

    १२
    शीतलता
    चौतारीको हावा
    मनमा वरपिपलको छाया !

    १३
    बिहानी
    सूर्यको किरण
    धपधप पोल्ने सविता !

    १४
    आर्त
    संसार भवसागर
    आँसुको झरना सुन्दर !

    १५
    विचित्र
    रमझम संसार
    फूलको थुँगा मनमा !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    ‘बलात्कृत फूलहरू’ – कविता 

  • ५ पुष २०७९, मंगलवार २०:१० मा प्रकाशित
  • ‘बलात्कृत फूलहरू’ – कविता 
    ——————
    सबैको 
    आँखाको नानीमा
    सौन्दर्य छर्ने फूलहरू 
    मन्दिरदेखि 
    चितासम्म पुजिएका छन्
    शिरमा सिउँरेर
    ऐनामा हेर्दै रमाउनेहरू
    फूलको चुम्बन गरेर
    सेल्फीमा हराउनेहरू
    फूलका पत्र पत्र उतारेर
    टीकी लगाउने 
    ती कलिला नानीहरू
    धागोको 
    बन्धनमा गाँठो पारेर
    गलामा 
    धारण गर्ने सन्तहरू
    फूलको रस चुसेर
    मिठो महको स्वाद चखाउनेहरू
    कसैले पनि देखेनन्
    आदिमकालदेखि 
    भमराहरूबाट
    बलात्कृत फूलका पीडाहरू
    बलात्कृत फूलका 
    तिनै रक्ताम्य शरीरहरू
    न्यायको पर्खाइमा 
    थाकेका 
    निर्दोष आँखाहरू
    चिच्याएर 
    सुकेका गलाहरू
    अन्ततः 
    आत्महत्या गर्न विवश भए
    उही बलात्कृत फूलहरू !!

    – देवकी के.सी., काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘बलात्कृत फूलहरू’ – कविता 

    उदक यात्री रेनुका मरासिनीका उत्कृष्ट उदकहरू

  • ५ पुष २०७९, मंगलवार २०:०५ मा प्रकाशित
  • रेनुका मरासिनी

    उदक यात्री रेनुका मरासिनीका उत्कृष्ट उदकहरू –

    १
    जागिर
    हाकिमलाई हाजिर
    सधैँ पदोन्नतिको पिर !

    २
    व्यापार
    आर्थिक अपार
    छरिएको रुपैयाँको स्याहार !

    ३
    कृषि
    सम्पूर्णको दृष्टी
    नधान्ने किसानबिना सृष्टि !

    ४
    पर्यटन
    विदेशीको धन
    लोभ्याउने पर्यटकको मन !

    • रेनुका मरासिनी
      अर्घाखाँची
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रेनुका मरासिनीका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P