काठमाडौं । विश्वकप छनोट अन्तर्गत जापानले ओमानमाथि १–० गोलको जित निकालेको छ । जुन्य इटोको निर्णायक गोलमा जापानले लगातार तीन खेलमा जित निकालेको हो ।
पहिलो हाफमा गोलरहित खेलेको जापानका लागि ८१औं मिनेटमा इटोले गोल गर्दै टिमलाई जित दिलाएका थिए । समूह ‘बी’कै अर्काे खेलमा अष्ट्रेलियाले भने चीनसँग १–१ गोलको बराबरी खेलेको छ । पहिलो हाफमा अग्रता बनाएको अष्ट्रेलियाले अन्तिमसम्म आफ्नो अग्रतालाई जोगाइ राख्न सकेन । ३८औं मिनेटमा मिचेल डुकेले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाए ।
७०औं मिनेटमा वे ले गोल गर्दै टिमलाई हारबाट जोगाए । यता समूहको शीर्ष स्थानमा रहेको साउदी अरेवियाले भेतनाममाथि १–० गोलको जित हात पारेको छ । नतिजासँगै समूह ‘बी’मा साउदी अरेवियाले ६ खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको जापानले १२ अंक जोडेको छ । अष्ट्रेलिया ११ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।
दुबई । खाडीमुलुक यूएईमा भूकम्पको धक्का महसुस भएको छ । यूएईको शारजाह र रस अल खेमामा आइतवार साँझ भूकम्पको धक्का महसुस भएको हो। यूएईको नेशनल सेन्टर अफ मेटियोरोलोजी (एनसीएम) ले इरानको दक्षिणी भागमा आइतबार साँझ ४.०७ बजे गएको ६.२ म्याग्निच्युडको भूकम्पको धक्का भएको पुष्टि गरेको छ। एनसीएमका अनुसार सो धक्काले देशको उत्तरी र पूर्वी भागमा कुनै गम्भीर असर परेको छैन। हल्का प्रभाव मात्र पारेको बताइएको छ। त्यहाँका बासिन्दाले जुमेराह लेक टावर्स, नहदा, देइरा, बरशा, दुबई इन्भेष्टमेन्ट पार्क र डिस्कभरी गार्डेन लगायतका ठाउँमा ‘दुईदेखि तीन मिनेट’सम्मको कम्पन महसुस गरेको बताइएको छ। रस अल खेमाबाहेक शारजाहको अल नहदा र कोर्निशमा पनि भुकम्पको धक्का महसुस गरिएको यूएईका सञ्चार माध्यमले जनाएका छन् ।
संघीय लिम्बुवान सामाजिक मञ्च साउदि अरब द्वारा कुमार लिङ्देन “मिराक”को जुम माध्यम बाट हुने उपस्थितिमा प्रवास शाखाको तेस्रो अधिवेशन गर्ने जनाएको छ। यहि आउँदो १९नोभेम्बर शुक्रबारको दिन साउदीअरबको पूर्वी क्षेत्र जूबैल स्थित अन्नपूर्ण रेस्टुरेन्टमा आफ्नो प्रवास शाखाको तेस्रो अधिवेशन गर्ने भएको छ । सो कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन “मिराक” को उपस्थिति रहने भन्दै साउदी अरबमा रहनुभएका पत्रकार, बुद्धिजीवी, व्यवसायिक, मजदुर, इन्जिनियर लगाएत सम्पूर्ण नेपाली समुदायलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय “संघीय सदस्य” श्री यवा लिम्बूले विज्ञप्तिमा मार्फत आव्हान गरेका छन्।
नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६ हजार ६ सयको हाराहारीमा रहेको सरकारको अध्ययनले देखाएको हो । सरकारले गत साउनबाट नेपालमा काम गर्ने श्रमिकको मासिक पारिश्रमिक भने १५ हजार तोकेको छ । तर विदेशी नेपालीको मासिक पारिश्रमिक स्वदेशमा तोकिएको भन्दा केही मात्र बढी छ । यस्तै वैदेशिक रोजगारीमा जाने लगभग ६५ प्रतिशत युवाको आय औसत मासिक ३३ हजार रुपैयाँभन्दा कम हुने गरेको अध्ययनले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय सार्वजनिक गरेको ‘वैदेशिक रोजगारसम्बन्धी सामाजिक प्रभाव विश्लेषण अध्ययन’ ले ४५ प्रतिशत परिवारको वैदेशिक रोजगारीबाट मासिक आय औसत २५ हजार अर्थात् वार्षिक आय दुईदेखि चार लाख रुपैयाँ रहेको देखाएको छ । आयको वर्गीकरण प्रत्येक दुई लाखको अन्तरमा गरिए अनुसार अध्ययनले सबैभन्दा कम आय दुई लाखभन्दा कम वार्षिक आय समूहमा १८ प्रतिशत र सबैभन्दा बढी आय १२ लाखभन्दा माथिको समूहमा चार प्रतिशत परिवार रहेको पाइएको छ ।
सबैभन्दा ठूलो परिवारको हिस्सा ४५ प्रतिशतले २–४ लाख वार्षिक आय हुने समूहमा र सबैभन्दा सानो हिस्सामा रहेका युवाले मासिक ७५ हजार अर्थात् वार्षिक आठदेखि १२ लाख रुपैयाँ आय गर्ने गरेका छन् । वैदेशिक रोजगारमा गएका देशमध्ये यूएई र कतार दुवैमा २५ प्रतिशत, साउदी अरब २१ प्रतिशत, मलेसिया २० प्रतिशत, कुवेतमा ६ प्रतिशत रहने गरेका छन् । आम्दानीका हिसाबले आकर्षक मानिएका इजरायल २ प्रतिशत र गणतन्त्र कोरियामा १ प्रतिशत नेपाली मात्र रहेको पाइएको छ । थोरै आय गर्नेको हिस्सा बढी रहेको नेपालको वैदेशिक आयबारे रेमिट्यान्समा जीवनयापन गरिरहेका परिवारका सदस्यमध्ये ठूलो हिस्सा अर्थात् ७३ प्रतिशतले आयलाई ठिकै मानेका छन् । यस्तै सबैभन्दा सानो हिस्सा १२ प्रतिशतले धेरै राम्रो आय रहेको जनाएका छन् । त्यस्तै, विदेश गएर पनि आयलाई राम्रो आम्दानी नगर्ने परिवारको संख्या १५ प्रतिशत रहेको छ । वैदेशिक रोजगार विज्ञ एवं समाजशास्त्री डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको आम्दानी बढी नभएका कारण नेपालीको औसत आम्दानी पनि कम भएको बताए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट जाने ८० प्रतिशत श्रमिक अदक्ष रहेको उल्लेख छ । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं । जसरी कम्प्युटर बिना अहिलेको आधुनिक समयको कल्पना समेत गर्न सकिन्न, त्यसको अपरेटिङ सिस्टम विन्डोज बिना कम्प्युटरको समेत कल्पन गर्न सकिदैन । आजभन्दा करिब चार दशक पहिला प्रविधिमा एउटा यस्तो क्रान्ति भएको थियो, जसले सारा विश्वलाई नै परिवर्तन गरिदियो ।
यो बिल गेट्स र उनको कम्पनी माइक्रोसफ्टको कहानी हो । जसले पहिलो पटक प्रयोगकर्तामैत्री अपरेटिङ सिस्टम विकास गरे । त्यसको नाम विन्डोज १.० थियो । यो अपरेटिङ सिस्टम बिना विश्वका कुनै पनि डेस्कटप कम्प्युटर काम गर्न सक्दैनन् ।
३८ वर्ष अघि अर्थात् १० नोभेम्बर १९८३ का दिन माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले न्युयोर्क सिटीमा एउटा पार्टी आयोजना गरे । उक्त पार्टीमा एउटा अपरेटिङ सिस्टम मुख्य आकर्षणको केन्द्र थियो ।
जुन एकदमै साधारण र सहज किसिमको ग्राफिक युजर इन्टरफेस युक्त थियो । जुन विन्डोज १.० थियो । त्यस समयको विन्डोज अपरेटिङ सिस्टम हेर्नुभयो भने तपाईँलाई पत्याउन पनि मुस्किल पर्न सक्छ ।
त्यसमा एकदमै थोरै फिचर थिए । विन्डोजमा ड्रप डाउन मेनु हुने गर्दथ्यो । साथमा टिल्ड विन्डोज थियो । त्यसैमा माउसको सहयोगमा विभिन्न काम गर्न सकिन्थ्यो ।
पहिलो पटक त्यसले सावित गरेको थियो कि अपरेटिङ सिस्टम यति धेरै सहज हुन सक्छ । ता कि प्राविधिक जानकारी नभएका व्यक्तिले समेत कम्प्युटर चलाउन सक्छन् । विन्डोजको नाम कसले राख्यो भन्ने विषयमा पनि रोचक तथ्य छ । जुन विन्डोजमा सारा विश्व चलिरहेको छ, आखिर कसरी रहन गयो होला ? रिपोर्टअनुसार यो नाम बिल गेट्सले राखेका थिएनन् । उनले यसको नाम ‘न्यु ग्राफिक अपरेटिङ सिस्टम’ अर्थात् ‘इन्टरफेस म्यानेजमेन्ट’ राख्न चाहन्थे ।
त्यसताका माइक्रोसफ्टमा मार्केटिङका दिग्गज लुकिली रोल्यान्डले यो अपरेटिङ सिस्टमको नाम विन्डोज राख्नु उचित हुने कुरामा बिल गेट्सलाई मनाए । विन्डोजले अहिले सारा विश्वलाई परिवर्तन गरिदिएको छ ।
विगत करिब चार दशकमा विन्डोजका ११ भर्सन आइसकेका छन् । सफ्टवेयर तथा हार्डवेयरको विश्वमा चामत्कारिक रुपमा विन्डोजले एउटा लामो यात्रा तय गरिसकेको छ ।
आज त्यही विन्डोजकै उपज कम्प्युटर प्रयोग गर्न यति सहज भएको छ कि पेसाकर्मीहरूले चुट्किको भरमा जटिल भन्दा जटिल कम सम्पन्न गरिरहेका छन् । तपाईँलाई सुन्दा अनौठो लाग्न सक्छ ।
सन् १९८० को दशकमा प्रयोग हुने कम्प्युटरमा २५९ केबीको र्याम, एउटा ग्राफिक्स एडप्टर, दुई ओटा फ्लपी ड्राइभ वा एउटा हार्ड ड्राइभ हुने गर्दथ्यो । त्यसैमा विन्डोज १.० चल्ने गर्थ्यो ।
बिल गेट्सले विन्डोज सार्वजनिक गरेको समयमा त्यसको मूल्य ९९ डलर अर्थात आजको नेपाली मूल्य अनुसार १२ हजार रुपैयाँ थियो । जुन तपाईंलाई निकै धेरै लाग्न सक्छ । तर त्यसताका कम्प्युटर निकै महँगो चिज हुने गर्दथ्यो ।
त्यसको दाँजोमा माइक्रोसफ्टको विन्डोज १.० को मूल्य त्यति धेरै थिएन । अहिले तपाईं हाम्रो कम्प्युटरमा विन्डोज १० तथा विन्डोज ११ अपरेटिङ सिस्टम चलिरहेको छ ।
रियाद। साउदी अरबमा रहेका आप्रवासीले अब त्रैमासिक आधारमा आफ्नो रेसिडेन्सी परमिट (इकामा) नवीकरण गर्न र आफ्नो स्मार्टफोनमा सो इकामाको डिजिटल प्रतिलिपि सुरक्षित गर्न सक्ने भएका छन्। यो सँगै अब साउदी अरबस्थित नेपाली श्रमिकहरुले पनि सो सुविधा लिन सक्ने भएका छन्।
अब्शेर अफ्रद (व्यक्तिगत) प्लेटफर्ममा उपलब्ध यी सेवाहरू मुख्यतया राहदानी महानिर्देशनालय (जवाजात) र ट्राफिक निर्देशनालयसँग सम्बन्धित इलेक्ट्रोनिक सेवाहरूको एक श्रृंखला हो, जुन सेवाको आन्तरिक मन्त्री प्रिन्स अब्दुल अजिज बिन साउद बिन नाइफले बुधबार उद्घाटन गरेका थिए।
अब्शेर अफ्रद सेवाले नयाँ रोजगारदातालाई आफ्नो सेवा प्रदान गर्न अनुमति दिनको लागि प्रवासीको सहमति सेवा र अब्शेर प्लेटफर्ममा आप्रवासीहरूको आश्रित र साथीहरूको दर्ता उनीहरूको सीमा प्रविष्टि नम्बर वा आप्रवासीकाे इकामा संख्याको आधारमा समावेश गर्नेछ।
यो दर्ता सेवा अन्य गल्फ कोअपरेसन काउन्सिल ( जीसीसी) राज्यबाट आउने यात्री नागरिकहरूको लागि पनि उपलब्ध हुनेछ। आप्रवासीले आफ्नो स्मार्टफोनमा डिजिटल इकामा राख्नको लागि आवास परिचयपत्रको इलेक्ट्रोनिक कार्ड सेवा लिन सक्छन्। साउदी बैंकहरूले भर्खरै तीन-महिना र छ-महिना अवधिका लागि वर्क परमिटहरूसँग जोडिएका इकामाहरू जारी गर्न र नवीकरण गर्नका लागि आफ्नो सरकारी भुक्तानी प्रणाली अद्यावधिक गर्न थालेका छन्।
भर्खरै अद्यावधिक गरिएको सरकारी भुक्तानी प्रणाली अनुसार, इकामा शुल्क त्रैमासिक वा अर्धवार्षिक आधारमा भुक्तानी गर्न सकिनेछ। यसले मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको अब्शेर बिजनेस, मक्विम र किवा को अनलाइन प्लेटफर्महरू मार्फत आवश्यक अवधिको लागि इकामा जारी गर्ने र नवीकरण गर्ने प्रक्रियाहरू पूरा गर्न मद्दत गर्ने विश्वास लिइएको छ।
सरकारी भुक्तानी प्रणालीमा भर्खरै गरिएको परिमार्जन अनुसार बैंकहरूले रोजगारदाताले न्यूनतम तीन महिनाको अवधि वा त्यसको गुणन अबधिको हिसाबले एक वर्षसम्मको लागि श्रम स्वीकृतिको शुल्क स्वीकार गर्नेछन्। इकामा जारी गर्ने र नवीकरण वोर्क प्रमिटसँग जोडिएको छ।
रोजगारदाताहरूले श्रम स्वीकृति नवीकरणको लागि प्रवासी शुल्क भुक्तानी गर्नुपर्नेछ, जुन प्रति महिना ८०० साउदी रियाल वा एक वर्षमा ९ हजार ६ सय साउदी रियाल हो। आश्रित भएका प्रवासीहरूले प्रत्येक आश्रितको लागि प्रति महिना ४०० साउदी रियाल तिर्नुपर्नेछ।
नयाँ अब्शेर अफ्रद सेवाहरूमा- राष्ट्रिय परिचयपत्र सेवाको नवीकरण, हराएको परिचयपत्रको सट्टामा इलेक्ट्रोनिक आईडी जारी गर्ने, पालनपोषण परिवार (फोस्टर फेमिली) हरूको लागि राहदानी सेवा, र अब्शेर रिपोर्ट सेवा समावेश गरिएको बताइएको छ। वैदेशिक पोष्ट डटकम बाट
नेपाली राजदुतावास तथा गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद साउदी अरबको समन्वयमा आयोजना गरिएको दुई दिने राहदानी नवीकरण तथा वितरण शिविर सम्पन्न भएको छ ।
साउदी अरवको पूर्वी क्षेत्र दमाम ९१ स्थित अल असेम रेस्ट हाउसमा आयोजना गरिएको उक्त शिविरबाट १३४२ नेपाली श्रमिक प्रत्यक्ष लाभान्वित भएका छन् जसमा ७२५ राहदानी वितरण गरिएको छ भने ६१७ जनाले राहदानी नवीकरणको लागि आवेदन दिएका छन्।
उक्त शिविरमा दुतावासको तर्फबाट प्रथम सचिव ऋषि आचार्य , दुतावास प्रतिनिधि सरोज अधिकारी ,हेमन्त शंकर आचार्य,अद्भुल राई तथा दुतावासका पूर्वी क्षेत्र प्रतिनिधि नारायण पासवानको उपस्थिति रहेको थियो । बिहान ८ बजे देखि संचालन भएको शिविर शुक्रबार राति ८:३० बजे सम्म तथा शनिबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म राहदानी वितरण तथा आवेदन संकलन कार्य सम्पन्न भएको थियो।
गैर आवासीय नेपाली संघ साउदी अरवले शिविरमा तन,मन,धन, लगायत सम्पुर्ण शक्ति परिचालन गरी कार्यक्रमलाई सहज तरिकाले सम्पन्न गर्न भरपूर सहयोग गरेको र आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेशमा अवस्थित कुनै पनि नेपालीलाई राहदानी नविकरण लगायत सरकारी कामकारबाहीको लागि असहज परिस्थितिको सामना गर्न नपरोस भन्ने चाहना रहेको गैरआवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष डम्बर यादवले बताउनुभयो।
सो कार्यक्रममा गैर आवासीय नेपाली संघको तर्फबाट मध्य-पुर्व सह संयोजक राजेन्द्र अर्याल , एन. आर. एन. ए साउदी अरबका अध्यक्ष डम्मर यादव, लगायत हिक्मत गुरुङ , पदम महत ,पूर्ण सुनार , रविन थूलुग राई , राम दुलाल यादव, प्रमोद मण्डल, बब्लु शाह, शुक्र मोक्तान, देव नारायण चौधरी, राज श्रेष्ठ,सुवास कुमार मण्डल,जीवन लुईटेल, श्याम कुमार महत, जीवन कुमार राम,ढल बहादुर थापा,गणेश अर्याल ओम कुमाल ,ओम घले,खेम गुरुङ तमु , राम बहादुर क्षेत्री, गोपाल बस्नेत,दिपक खाण तथा अनमोल ठकुरी लगायतको उपस्थिति रहेको थियो।
प्रवासी नेपाली समन्वय समिति पी.एन.सी.सीले गत शुक्रवार ५ र ६ नोभेम्बरका दिन साउदी अरबको पूर्वी क्षेत्र जुबेल र खोबरमा गरी दुई दिन हेल्पडेस्क सञ्चालन गरेको छ ।
साउदी अरबको पूर्वी क्षेत्र दमाम र जुबेल आसपासमा रही काम गर्दै आउनुभएका प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भोग्दै आएका समस्याहरु बारेमा सुझाव सल्लाह र सहयोगार्थ हेल्प डेस्क सञ्चालन गरिएको पी.एन.सी.सी साउदीअरबका बाह्य सम्पर्क संयोजक देब नारायण चौधरीले बताउनुभयो ।
उहाँका अनुसार ५ नोभेम्बर शुक्रवारका दिन जूबैल स्थित रिज्यात क्याम्प र ६ नोभेम्बर सनिवारका दिन खोबर स्थित कब्बानी क्यामको हलमा गरि पुर्बि क्षेत्रमा २ दिन हेल्प डेस्क कार्यक्रम संचालन भएको थियो।
सो कार्यक्रममा नेपाली राजदुतावास रियादका पुर्बी क्षेत्र जनसम्पर्क अधिकारी नारायण पासवान, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक उम्मेदवार राजेन्द्र अर्याल, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबका अध्यक्ष डम्बर यादव, लगायत संघका सदस्य गनेश अर्याल, लगायत हेल्प मधेस नेपालका अध्यक्ष राम दुलार मन्डल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र साउदी अरबमा क्रियाशील सामाचार माध्यमहरूको उपस्थिति थियो!
काठमाण्डौ – यूएईले अवकाश प्राप्त विदेशी श्रमिकका लागि ‘रिटार्यडमेन्ट भिसा स्किम’ ल्याएको छ ।
यूएईमा कामबाट अवकाश पाएपछि पनि यूएईमै बस्न चाहने विदेशी नागरिकले यो भिसा पाउने नियम यूएईको मन्त्रीपरिषद्ले मंगलबार पास गरेको हो ।
यो स्किम अन्तर्गत अवकाशपछि पनि विदेशी नागरिकले चाहेमा यूएईमै रहन सक्छन् । तर रिटार्यडमेन्ट भिसा लिनका लागि यूएई सरकारले तोकेका मापदण्ड भने पूरा गर्नपर्छ ।
काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको हुनुपर्छ ।
वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक गरेको छैन भने श्रम नवीकरण गर्न नेपाल नै आउन पर्छ ।
बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा गर्दा गरेको हुनुपर्छ । यदि यसो गरेको छ भने अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ ।
अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् या भौतिक रूपमा नै उपस्थित भएर लिँदा होस् अनिवार्य रूपमा अनलाइनमार्फत टोकन अर्थात् समय लिन पर्छ । यदि भौतिक रूपमा नै श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिनुपर्छ ।
यस्तो टोकन आफूलाई पायक पर्ने श्रम कार्यालयको लिन सकिन्छ । टोकनमा तोकिएको मितिमा कार्यालयमा उपस्थित भई पुनः श्रम स्वीकृति लिन सकिन्छ । अनलाइनमार्फत हो भने टोकनको समयदेखि ३ देखि ४ दिन लाग्ने विभागले जनाएको छ ।
यदि बिदामा नेपाल आउनुभएको छ भने टिकट काट्नुअघि आफ्नो श्रम अनिवार्य रूपमा जाँच गर्नुपर्छ । विदेश उड्ने मितिले ९० दिनको श्रम अवधि नभएमा वैदेशिक रोजगारीमा जान पाइँदैन ।