
प्रवासी नेपाली समन्वय समिति पी.एन.सी.सीले गत शुक्रवार ५ र ६ नोभेम्बरका दिन साउदी अरबको पूर्वी क्षेत्र जुबेल र खोबरमा गरी दुई दिन हेल्पडेस्क सञ्चालन गरेको छ ।

साउदी अरबको पूर्वी क्षेत्र दमाम र जुबेल आसपासमा रही काम गर्दै आउनुभएका प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भोग्दै आएका समस्याहरु बारेमा सुझाव सल्लाह र सहयोगार्थ हेल्प डेस्क सञ्चालन गरिएको पी.एन.सी.सी साउदीअरबका बाह्य सम्पर्क संयोजक देब नारायण चौधरीले बताउनुभयो ।
उहाँका अनुसार ५ नोभेम्बर शुक्रवारका दिन जूबैल स्थित रिज्यात क्याम्प र ६ नोभेम्बर सनिवारका दिन खोबर स्थित कब्बानी क्यामको हलमा गरि पुर्बि क्षेत्रमा २ दिन हेल्प डेस्क कार्यक्रम संचालन भएको थियो।

सो कार्यक्रममा नेपाली राजदुतावास रियादका पुर्बी क्षेत्र जनसम्पर्क अधिकारी नारायण पासवान, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक उम्मेदवार राजेन्द्र अर्याल, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबका अध्यक्ष डम्बर यादव, लगायत संघका सदस्य गनेश अर्याल, लगायत हेल्प मधेस नेपालका अध्यक्ष राम दुलार मन्डल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र साउदी अरबमा क्रियाशील सामाचार माध्यमहरूको उपस्थिति थियो!

