• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

राष्ट्रिय महिला फुटबल टिमलाइ यम तमु एक्लैले १० लाख नगद सहयोग ।

  • १९ फाल्गुन २०८०, शनिबार ००:३० मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! साउदी अरबको जेद्दामा बिगत दुई हप्ता देखि भइरहेको वाफ महिला च्याम्पियनसिप २०२४ का उप- बिजेता नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी टिमका 23 खेलाडी लाई साउदी अरब रियाद स्थित लालिगुँरास नेपाली रेस्टुरेन्टका संचालक एवम् सबैमाझ चिरपरिचित समाज सेबि मनको धनी अनि सबै दुखि गरिबिका लागि सदैब अग्रपंक्तिमा रहनु हुने यम तमु आफ्नो ब्यक्तिगत तर्फबाट नेपाली महिला खेलाडीहरुको सम्मान तथा हौसला प्रोत्साहन लागि नेपाली रु १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

    प्रीमियम र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी २०२४ बिहिवार बेलुकी फाइनल खेलेको नेपाली टिमले खेलमा निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उप बिजेता बन्न पुगेको खेलाडी टिमहरुको सम्मान र हौसला प्रदान गर्नका लागि आफ्नो ब्यस्त समयका बाबजुद पनि बिहिवार बेलुकी नै रियाद देखी १२०० किलोमीटरको यात्रा गरि जेद्दा आएर खेलाडीहरुलाइ हौसला दिदै सम्मान स्वरुप १० लाख रुपैयाँ सहयोग रकम प्रदान गर्ने प्रतिबद्धता गर्नुभएको छ ।


    यम तमु ले यो सहयोग रकम आफ्नै ब्यक्तीगत रहेको र बिगतका दिनहरुमा पनि स्वदेश तथा बिदेशी भुमिमा धेरै नेपालीहरुलाइ सहयोग गर्दै आउनु भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, मुख्य खबर1 Comment on राष्ट्रिय महिला फुटबल टिमलाइ यम तमु एक्लैले १० लाख नगद सहयोग ।

    सुदुर पश्चिमेली नेपाली समाज साउदीले नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीलाई गर्यो १ लाख सहयोग

  • १८ फाल्गुन २०८०, शुक्रबार २३:१० मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरबको जेद्दामा बिगत दुई हप्ता देखि संचालित WAFF Women Championship २०२४ को उपविजेता हुन सफल नेपाली राष्ट्रिय महिला फुटबल टिमको राम्रो खेल प्रदर्शनको उच्च सम्मान स्वरुप सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबले खेलाडीहरुलाइ सम्मान पत्र र प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ रकम द्वारा सम्मानित गरेको छ ।


    प्रीमियम र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी २०२४ बिहिवार बेलुकी फाइनल खेलेको नेपाली टिमले खेलमा निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उप बिजेता बन्न पुगेको थियो ।
    नेपाली खेलाडी हरुको उच्च सम्मान र प्रोत्साहन गर्दै खेलको सुरुवात देखिनै साथ सहयोग गर्दै आइरहेको सुदुर पश्चिमेली नेपाली समाज साउदी अरब, नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल तथा अन्य प्रतिनिधिहरु, र जेद्दा स्थित अन्य संघ संस्थाका प्रतिनिधिहरुले १ मार्च २०२४ शुक्रबारका दिन जेद्दाको विमानस्थलमा गएर स सम्मान साथ सहयोग गरि बिदाई गरेको छ ।


    प्रोत्साहित रकम सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष खेमराज भट्टको रहोवरमा केन्द्रिय समितिका पदाधिकारी अध्यक्ष स्वयं खेमराज भट्ट, वरिष्ठ उपाध्यक्ष पदम महत, उपाध्यक्ष चक्र मल्ल , महासचिव केशव बहादुर सिंह , सचीव केशब सिंह धामी, कोषाध्यक्ष राजेन्द्र पन्त, सह कोषाध्यक्ष राम बहादुर बिष्ट , केन्द्रिय सदस्य बाबुराम रिजाल, हरी ओझा, दिपक लुहारले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।
    नेपाली महिला राष्ट्रिय फुटबल टिमको बिदाई कार्यक्रममा महावाणिज्यदूतावास का महावाणिज्यदूत शत्रुध्वन पोख्रेल , श्रम सहचार्य ताम्राराज काफ्ले, सुदुर पश्चिमेली नेपाली समाजका पदाधिकारी एवं एनआरएनए आरसिसि जेद्दाका पदाधिकारी र जेद्दा स्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीको उपस्थिति रहेको थियो।


    बिदेशमा आउँदा खेल मैदानमा होस या स्वागत र बिदाईमा होस यसरी नेपालीहरुले गरेको साथ सहयोग सम्मान लाई खेलाडी टिमले खुशी व्यक्त गर्नुको साथै आभार व्यक्त गरेका थिए ।।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on सुदुर पश्चिमेली नेपाली समाज साउदीले नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीलाई गर्यो १ लाख सहयोग

    नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरब आइपुग्यो

  • ५ फाल्गुन २०८०, शनिबार २०:२७ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! अगामी १९ फेब्रुअरी २०२४ सोमबार का दिन देखि साउदी अरेबियाको किङ अब्दुल्लाह सिटि को हल स्टेडियममा हुने वाफ महिला च्याम्पियनसिप खेल्न  शनिबार बिहान जेद्दा  आइपुगेको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई  नेपाली महाबाणिज्य दूतावास तथा एनआरएनए आरसिसि जेद्दाले जेद्दा एयरपोर्टमा भब्य स्वागत गरेको छ ।

    १७ फेब्रुअरी शनिबारका दिन बिहान जेद्दा एयरपोर्टमा आइपुगेका नेपाली  राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली कन्सुलेट जेद्दाका श्रम सहचारी ताम्रराज काफ्ले,एनआरएनए साउदी अरबका कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, महिला संयोजक लक्ष्मि थापा मगर, युवा संयोजक बिष्णु रावल, एनआरएनए आरसिसि जेद्दाका उपाध्यक्ष चिरन्जिबि बस्नेत, सचिव देवराज अर्याल, कोषाध्यक्ष राजेस काफ्ले, त्यसैगरि जेद्दामा कार्यरत समाजसेवि सम्पुर्ण केसि, श्याम भण्डारी, हनि शर्मा रामप्रसाद लम्साल र सुजन भट्टराई लगायत सरहरुले खादा ओढाइ स्वागत गरिएको कुरा एनआरएनए साउदीका युवा संयोजक बिष्णु रावलले जानकारी गराए ।

    खेलको समूह बी मा परेको नेपालले सिरिया, इराक, र प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरी मंगलबारका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ  ।

    १९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त  खेलको  समूह ए मा  लेबनान र गुआम  तथा आयोजक साउदी अरब र जोर्डन बिच हुनेछन् ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरब आइपुग्यो

    नेपालको राष्ट्रिय महिला फुटबल टोली “वाफ महिला च्याम्पियनसिप” खेल्न शनिबार साउदी आइपुग्ने ।

  • ५ फाल्गुन २०८०, शनिबार ००:०८ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब !! साउदी अरेबियाको जेद्दाह शहरमा हुने वाफ महिला च्याम्पियनसिप खेल्ने नेपालको राष्ट्रिय महिला फुटबल टोली शुक्रबार नेपाल बाट  साउदी अरब हिडिसकेको र  शनिबार बिहान जेद्दाह आइपुग्ने भएको छ ।

    १७ फेब्रुअरी शनिबारका दिन जेद्दा एयरपोर्ट आइपुग्ने राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली महाबाणिज्य दूतावास तथा केहि समाजसेवीहरुले एयरपोर्टमा स्वागत गर्नुहुने छ ।

    किङ अब्दुल्लाह सिटि को हल स्टेडियममा हुने वाफ महिला च्याम्पियनसिप तर्फ समूह बी परेको नेपालले सिरिया, इराकसँग, प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरीका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ  ।

    १९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त  खेलको  समूह ए को  लेबनान र गुआम  तथा आयोजक साउदी अरेबियासँगै साविक विजेता जोर्डन बिच हुनेछन् । ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on नेपालको राष्ट्रिय महिला फुटबल टोली “वाफ महिला च्याम्पियनसिप” खेल्न शनिबार साउदी आइपुग्ने ।

    मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा दिपक थापा निर्वाचित

  • २८ माघ २०८०, आईतवार १८:३६ मा प्रकाशित
  • रियाद – मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन्।
    शुक्रबार, ०९ फरवरी २०२४ मा साउदी अरेवियाको रियाद शहरमा आयोजित संस्थाको तेस्रो साधारणसभाले थापा अध्यक्ष सहित २७ सदस्यिय कार्यसमिति चयन गरेको हो।
    १ जनवरी २०२० सातौं शाखाको रुपमा स्थापित सो संस्थाले सुजनसेर राईको अध्यक्षता,नेपाली राजदुतावास महामहिम राजदुत नवराज सुबेदी ज्युको प्रमुख आतिथ्यता नियोग उपप्रमुख डमरु बल्लभ पौडेल ज्यु, प्रथम सचिब टेक नारायण गिरी तथा मोसु नेपालका सल्लाहकार एबं प्रवास शाखा समन्वय समितिका संयोजक कुमार कार्कीको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।
    सो साधारण सभाले अध्यक्षमा दिपक थापा
    उपाध्यक्ष : रोशन कुमार श्रेष्ठ
    उपाध्यक्ष : तुलाराम लिम्बु (राज)
    उपाध्यक्ष : कल्पना बस्नेत पोखरेल
    उपाध्यक्ष : सन्दिप कार्की
    उपाध्यक्ष : किशोर राई
    सचिब – देवेन्द्र विश्वकर्मा
    सहसचिव : लोक बहादुर पुरी
    सहसचिव : सन्जिब कोईराला
    सहसचिव : जयन्ती लिम्बु
    कोषाध्यक्ष : खेमराज कार्की
    सहकोषाध्यक्ष : शिवराज अधिकारी
    सहकोषाध्यक्ष : लाल बहादुर बोगटी
    सहकोषाध्यक्ष : मीन प्रसाद अधिकारी
    युवा संयोजक : पुरण तामाङ
    महिला संयोजक : ईशारा दहाल
    सदस्य : कमल महतो
    सदस्य : सोमिया सुन्दास
    सदस्य : आशिमा श्रेष्ठ
    सदस्य : रोशन बस्नेत
    सदस्य : अमर कार्की
    सदस्य : सीता क्षेत्री थापा
    सदस्य : फुर्वा लिम्बु
    सदस्य : शर्मिला मगर
    सदस्य : ऋत्तम भट्टराई
    सदस्य : ईन्दिरा श्रेष्ठ
    सदस्य : बिनोद खड्का

    सल्लाहकार परिषद –
    सल्लाहकार संयोजक : सुजनशेर राई
    सल्लाहकार : हेम सुवेदी
    सल्लाहकार : राजेन्द्र अर्याल
    सल्लाहकार : दिनेश न्यौपाने
    सल्लाहकार : रबिना अर्याल
    सल्लाहकार : गणेश पोखरेल
    सल्लाहकार : नगेश तामाङ
    सल्लाहकार : अमर श्रेष्ठ
    सल्लाहकार : अरुण केसी
    सल्लाहकार : राजेन्द्र लिम्बू
    सल्लाहकार : नवीन मुडभरी
    सल्लाहकार : मनिष कोईराला
    सल्लाहकार : कर्ण बहादुर बस्नेत
    सल्लाहकार : मनोज धिमाल
    सल्लाहकार : सुरेन्द्र मोक्तान तामाङ
    निर्वाचित भएका छन्।कार्यसमितिको अवधी २ वर्षको रहनेछ।
    कार्यक्रममा २०२२/२४ को कार्य सम्पादनको मुल्याङ्कन गरी खेमराज कार्की र गणेश पोखरेल लाई सुजनसेर राईले प्रशंसा पत्रले सम्मान गरेका थिए। सोहि कार्यक्रममा समाज मा अतुलनीय योग्दान पुर्याउदै आउनु भएका समाजसेवी द्वय दिपक रेग्मी ब्याबसायी, नेका नेता एबं NRNA-ICC सदस्य) र ब्याबसायी अ्मर सापकोटा लाई मोसु मानार्थ दिएका छन्।

    कार्यक्रममा सबै पाहुनालाई मोसु साउदिको प्रगति बिवरण पुस्तक बनाई बितरण गरेका थिए। उठेका जिज्ञासा लाई राईले सम्बोधन गरेका थिए।

    कार्यक्रममा निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि महामहिम नवराज सुबेदी र नियोग उप प्रमुखले सुजनसेर राईको २०२२/२४ कार्यकाल र मोसुको अभियान बारे खुलेरै प्रसंशा र धन्यवाद ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा जितेन्द्र थपलिया, बिष्णु घिमिरे, हेम सुबेदी, रुपक वाइबा, टेक नारायण गिरी, दिपक रेग्मी, रबिना अर्याल , अमर श्रेष्ठ , अर्जुन थापा, अमर सापकोटा, लगायल धेरै बक्ताहरुले शुभकामना र बधाई दिएका थिए।कार्यक्रममा नेपाली नृत्य समुहले पुर्वै रमाइलो गितमा नृत्य प्रस्तुत गर्दै अतिथिहरुलाई मनोरञ्जन गराएका थिए। बासुरी बादक राज यात्री को समुहले बाध्यबादन बजाएर मनोरञ्जन दिएका थिए । NRNA-ICC सदस्य दिपक रेग्मी, NRNA-NCC अध्यक्ष रबिना अर्याल, जनसम्पर्क समिति सभापति अर्जुन थापा, प्रवासि नेपाली मन्च अध्यक्ष अंमर श्रेष्ठ , प्रवासी मन्च गंगा गोदार, पानस उपाध्यक्ष धिरज साउद , मानार्थ द्वारिकाराज गिरी, अन्नपुर्ण पोष्ट मध्यपुर्व प्रतिनिधि बिष्णु घिमिरे अन्तरसंस्था अध्यक्ष अमृत पौडेल, लगायत चालिस माथि संस्थाको अध्यक्ष र प्रतिनिधि साथै १८३ सामाजिक अभियान्ताहरुको उपस्थिति थियो भने राज लिम्बुले कार्यक्रम संचालन गरेका थिए। अन्त्यमा सभापति राईले सबै आदरणीय पाहुना प्रति कृतज्ञता ब्यक्त गर्दै आफ्नो कार्यकाललाई माया गरे झैं दिपक थापाको नेतृत्व लाई पनि साथ र माया गरिदिन अनुरोध गर्दै शुभकामना दिएर कार्यक्रम समापन गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा दिपक थापा निर्वाचित

    साउदीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

  • २२ माघ २०८०, सोमबार ११:०६ मा प्रकाशित
  • साउदीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । दुई वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका रोल्पा जिल्लाको माडी गाउँपालिका ४ बुढागाउँका २७ वर्षीया सुवास बुढामगरको साउदीमा सवारी दुर्घटनामा परी मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

    यही माघ १८ गते साउदी अरबियाको दमाममा सुवास आफैले चलाएको गाडीमा अर्को गाडी ठोक्किन आउदा दुर्घटना भएको थियो ।

    त्यसपछि उहाँ आत्तिएर सडकको अर्को साइडको झ्यालबाट बाहिर निस्कदा पछाडिबाट आएका तीनओटा गाडीले एकै पटक ठक्कर दिदा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

    कम्पनीले आवश्यक कागजी प्रक्रिया नपुगेको भन्दै शव नेपाल नपठाएकाले अहिले मृतकको शव साउदीकै अस्पतालमा रहेको मृतककी दिदी भिमकुमारी मगरले जानकारी दिनुभयो ।

    साभार-ईकापीबाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर2 Comments on साउदीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

    जेद्दामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम भब्यताका साथ सम्पन्न ।

  • २० माघ २०८०, शनिबार ०१:४० मा प्रकाशित
  • समर्पण रम्जान

    २ फेब्रुअरी २०२४, शुक्रबार, जेद्दा ! महाबाणिज्य दूतावास जेद्दा तथा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती जेद्दाको संयुक्त आयोजनामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण, सामाजिक सुरक्षा सम्बन्धी जानकारी कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

    जेद्दा स्थित अल रवाबी क्षेत्रको इनिसियल कम्पनीमा एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डिपि अर्यालको सभापतित्वमा एनआरएनए साउदी अरबका उपाध्यक्ष राजकुमार गिरिद्वारा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथिमा इनिसियल कम्पनीका मोहम्मद जिया , अतिथिहरुमा महाबाणिज्य दूतावासका प्रमुख सत्रुधन पोखरेल, ग्लोबल आइएमइ मिडलस्टका हेड राम क्षेत्री, तथा इनिसियल कम्पनीका अन्य प्रतिनिधिहरु रहेका थिए ।
    शुक्रबार करिब १२ बजे देखि सुरुवात गरिएको उक्त कार्यक्रममा करिब २४० जना नेपालीहरुको बाक्लो उपस्थिति रहेको र २१० जना नेपालीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । कार्यक्रममा ४६ जना नेपालीहरुले पासपोर्ट नविकरण सेवा लिएका थिए । ३५ जना नेपालीहरुले बैंकिङ सेवा लिनु भएको थियो ।


    जेद्दा अबिर हस्पिटलका डाक्टर तथा नेपाली नर्स हरुद्वारा गरिएको स्वास्थ्य परिक्षण कार्यक्रममा ब्लड प्रेसर, ब्लड सुगर, क्लोस्टेरोल, युरिक एसिड, चेक गर्नुको साथै वरिष्ठ डाक्टरद्वारा परामर्श गरिएको थियो । डाक्टर तथा नर्सहरुद्वारा परिक्षण गरिएको स्वास्थ्य अवस्था बारे लेखी सेवाग्राहीलाई हेल्थ कार्ड प्रदान गरिएको थियो । पासपोर्ट नविकरणका लागि आवश्यक पर्ने अनलाइन फारम भर्न एनआरएन आरसिसि जेद्दाका पदाधिकारीहरुले सहयोग गरेका थिए ।
    बाक्लो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थितिमा संचालित कार्यक्रममा महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्लेले श्रमिक सचेतना सम्बन्धि बिबिध बिषयमा तयार पारिएको स्लाइडहरु देखाउदैँ बिबिध श्रमिक समस्या तथा समाधानका सम्बन्धमा बृस्तित जानकारी दिनु भएको थियो । त्यसै गरि ग्लोबल आइएमइ मिडलिस्टका हेड राम क्षेत्रीले बैन्किङ्ग साक्षरता सम्बन्धि जानकारी दिनु भएको थियो ।


    उक्त कार्यक्रमका प्रमुख अतिथि इनिसियल कम्पनीका प्रमुख मोहम्मद जियाबाट नेपालीहरुलाइ लक्षित गरि कार्यक्रम राखिएकोम खुशी व्यक्त गर्दै कार्यक्रमले आफ्ना कामदारलाई ठुलो टेवा पुगेको महसुस गर्दै आयोजक टिम महाबाणिज्य दूतावास जेद्दा तथा एनआरएनए आरसिसि जेद्दालाइ हार्दिक अभार गरिएको थियो । यस्तै गरि आयोजक टिमहरुको तर्फबाट कार्यक्रम आयोजना गर्नमा सहयोग गर्नु भएकोमा इनिसियल कम्पनी उपस्थित सम्पुर्ण दाजुभाइ दिदिबहिनीलाई महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेलले हार्दिक आभार ब्यक्त गर्नु भएको थियो ।
    कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा एनआरएनए आरसिसि जेद्दाले आभार प्रकट गरेको छ

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on जेद्दामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम भब्यताका साथ सम्पन्न ।

    साउदीको पुर्वी क्षेत्र दमाममा श्रमिक सचेतना कार्यक्रम आयोजना हुँदै ।

  • १६ माघ २०८०, मंगलवार २०:१२ मा प्रकाशित
  • समर्पण रम्जान

    दमाम साउदी अरब ! नेपाली राजदूतावास, रियाद साउदी अरब र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबको सहकार्यमा अगामी २ फेब्रुअरी २०२४ शुक्रबारका दिन साउदीको पुर्वी क्षेत्र दमाम स्थित  सिको पार्क अगाडिको  होलिडेज रेस्टुरेन्टमा भब्य श्रमिक सचेतना कार्यक्रमको आयोजना हुने भएको छ ।

    नेपालीहरुको बाहुल्यता रहेको पुर्वी क्षेत्रमा “श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएकोले सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ कार्यक्रममा गरिमामय उपस्थितिका लागि नेपाली  दूतावास रियादद्वारा एक जानकारीमुलक सूचना जारी गर्दै निमन्त्रणा गरेको छ ।

    मिति: फेब्रुअरी ०२, २०२४ शुक्रबार समय: मध्यान्ह १:०० बजे
    स्थान: होलिडेज रेस्टुरेन्ट, दमाम (सिको पार्क अगाडि)

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर2 Comments on साउदीको पुर्वी क्षेत्र दमाममा श्रमिक सचेतना कार्यक्रम आयोजना हुँदै ।

    नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको रियाद क्षेत्रीय अधिवेशन हुँदै ।

  • १६ माघ २०८०, मंगलवार १९:४२ मा प्रकाशित
  • समर्पण रम्जान

    रियाद साउदी अरब ! नेकपा माओबादी केन्द्रको गौरवशाली प्रवास भातृ  संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबले आफ्नो निरन्तर संगठन बिस्तारलाई अगाडी बढाउने क्रममा  रियाद क्षेत्रीय अधिवेशन गर्ने भएको छ ।

    निरन्तर आफ्नो संगठन बिस्तार गर्ने क्रममा जुबेल क्षेत्रमा १९ जनवरी २०२४  मा क्षेत्रीय अधिबेसन सम्पन्न गरिसकेको र  अन्य क्षेत्रहरूमा संगठन बिस्तार गर्ने क्रममा आगामी २ फेब्रुअरी २०२४  शुक्रबारको दिन दिउँसो ठिक १: बजे रियाद क्षेत्रीय अधिवेशन गर्न गइरहेको जानकारी गराएको छ।

    आगामी दिन हरुमा आफ्नो पाटी  सङ्गठन प्रति अझै प्रतिबद्द भएर श्रमिक वर्गको हक हित र अधिकार सुनिश्चितताको लागी अग्रपंक्तिमा रहेर अघि बढ्ने  भन्ने बिश्वास लिएर  रियादको होटल डिमोरा नेपाली मार्केट बथामा यो अधिवेशन गर्न लागेको नेपाली जनप्रगतिशिल मञ्च साउदीले जानकारी गराएको छ   ।
    उक्त अधिवेशन सफल बनाउन रियाद तथा  आसपासमा रहनुहुने माओवाद विचार बोक्ने माओवादी केन्द्र पार्टी प्रति  आस्था र भरोसा राख्ने समर्थक शुभेच्छुक शुभचिन्तक ज्युहरुलाइ उपस्थितिको लागि हार्दिक अनुरोध तथा निमन्त्रणा पनि गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति2 Comments on नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको रियाद क्षेत्रीय अधिवेशन हुँदै ।

    रास्वपा साउदी अरब द्वारा रियादमा प्रवास साखा समिती गठन गर्दै

  • १६ माघ २०८०, मंगलवार १९:२८ मा प्रकाशित
  • समर्पण रम्जान

    रियाद साउदी अरब ! “जनजन मा रास्वपा, मनमन मा रास्वपा, प्रवासमा पनि रास्वपा”  अब जान्नेलाई छान्ने भन्ने मुल नाराका साथ संगठन बिस्तारमा अगाडि बढ्ने क्रममा प्रवास नेपाली सम्पर्कविभाग रास्वपा निकट भातृ संगठन  साउदी अरब द्वारा रियादमा “प्रवास साखा” समिती गठन कार्यक्रम गर्ने भएको छ ।

    उक्त समिति गठन कार्यक्रम आगामी २ फेब्रुअरी २०२४ शुक्रबारका दिन रियादको बथा स्थित  डिमोरा होटलमा हुने  प्रवास नेपाली सम्पर्क विभागले जानकारी गराएको छ ।
    पुर्वी क्षेत्र दम्माममा  “साखा समिती” गठन गरिसकेको र संगठन बिस्तारलाइ अगाडि बढाउने क्रम जारी राख्दै रियादमा साखा समिती  बिस्तार गर्न लागेको  प्रवास नेपाली सम्पर्क विभागले जनाएको छ ।  

    उक्त कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गराउन साउदीमा कार्यरत सम्पुर्ण घण्टी प्रेमी नेपालीहरु,  विभिन्न पेशा व्यावसायीहरु, संघ संस्था हरु, मिडिया तथा सबै मान्यजन समाजसेवीहरु, साथै सम्पुर्ण  नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुलाई कार्यक्रममा उपस्थित हुनका लागि हार्दीक निमन्त्रणा तथा अनुरोध गरेको छ  ,

    सम्पर्कको लागि ।
    Laxman puri-0575433806
    Rajendra thapa-0592515240
    Awatr Tahapa-0596946803

    मिति -2 फ्रेवरी  2024 ,शुक्रबार
    स्थान -रियाद बथ्था  डिमोरा होटल

    आयोजक: प्रवास नेपाली सम्पर्क बिभाग साउदी अरव परिवार।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति1 Comment on रास्वपा साउदी अरब द्वारा रियादमा प्रवास साखा समिती गठन गर्दै

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P