• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Basant

उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • ९ श्रावण २०७९, सोमबार ०७:१९ मा प्रकाशित
  • १.
    नयन
    लजालु स्वभाव
    मन्द मुस्कान सहजता !

    २
    मोहित
    तानेको रूपले
    विना शृङ्गारको सुन्दरता !

    ३.
    फुलेको
    मन्द सुगन्ध
    मोहित बनाउने बगैँचा !

    ४.
    आत्मियता
    सुन्दर जोडी
    अनुपम चञ्चल स्वभाव !

    ५.
    सन्देश
    चेतनाको कमी
    हरेक घरमा आवश्यक !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    लघुकथाकार राई कृत लघुकथासङ्ग्रह ‘हाम्रो बाटो’को परिचर्चा कार्यक्रम

  • ७ श्रावण २०७९, शनिबार २३:४१ मा प्रकाशित
  • युवा लघुकथाकार म्यामराज राईको पहिलो लघुकथा सङ्ग्रह ‘हाम्रो बाटो’को आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सञ्चालित उक्त परिचर्चा कार्यक्रमको आयोजना नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको हो ।

    नेपालको हतुवागढी भोजपुरमा जन्मेर हाल जापानलाई कर्मथलो बनाई राख्नुभएका राई अत्यन्त सशक्त नव लघुकथाकारको रुपमा परिचित हुनुहुन्छ । लघुकथाकार राईले लघुकथाका अलावा गजल, कविता, टुक्का कविता लगायतका साहित्यिक विधामा समेत कलम चलाउँदै आउनुभएको छ । उहाँ नमस्ते आधुनिक लघुकथा मञ्चको व्यवस्थापनमा रहेर लघुकथाको उन्नयनमा सक्रिय रुपमा लाग्दै आउनुभएको छ ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ लघुकथाकार तथा समालोचक प्रा. डा. कपिल लामिछाने, वरिष्ठ लघुकथाकार तथा समालोचक डा. विदुर चालिसे, वरिष्ठ लघुकथाकार तथा समालोचक डा. शङ्कर प्रसाद गैरे, वरिष्ठ लघुकथाकार तथा समालोचक डा. शेखरकुमार श्रेष्ठ र वरिष्ठ लघुकथाकार तथा समालोचक हरि प्रसाद भण्डारीले कृतिको परिचर्चा गर्नुभएको थियो ।
    हाम्रो बाटो लघुकथासङ्ग्रहमा समकालीन युगबोध, विषय चेत बोकेको लघुकथा सङ्ग्रह भएको परिचर्चाकारहरूले बताउनु भयो ।

    सङ्ग्रहमा सङ्ग्रहित लघुकथाका परिवेश स्वदेश (ग्रामिण र शहर ) र विदेश (जापान, अष्ट्रेलिया र कतार ) रहेको, कथामा मानव र मानवेत्तर पात्रहरूको कुशल ढङ्गले प्रयोग भएको, सरल रेखिय प्रणालीमा रहेको परिचर्चाकारहरूले उल्लेख गर्नुभयो ।

    साथै सङ्ग्रहले सामाजिक, राजनैतिक, शैक्षिक, स्वास्थ्य, कला संस्कृति लगायत बहुल विषयमा रहेका विकृति, बिसङ्गति माथि सरल एवं व्यङ्ग्यात्मक ढङ्गले कडा प्रहार गर्न सफल भएको छ । महिला हिंसा र वैदेशिक रोजगारमा जानेले भोग्नुपरेको पीडा अभिव्यक्त गर्नुका साथै विदेशका नागरिकमा देखिएको अनुशासन, कर्तव्यबोध चर्चा गरेको छ । विदेशमाझैँ नेपालमा पनि त्यस्तै हुनुपर्ने आशय सहितको सकारात्मक सन्देश दिन सफल भएको उहाँहरूले बताउनुभयो ।

    जापान जस्तो मुलुकमा बसेर अत्यन्त व्यस्तताको बावजुद पनि समय निकालेर नेपाली साहित्यमा गर्नुभएको योगदानको प्रशंसा गर्दै अझै त्यहाँको रहनसहन, वैज्ञानिक प्रणाली आदि समेटेर लघुकथा सृजना गर्न लघुकथारलाई परिचर्चाकारहरूले सुझाव दिनुभयो ।

    लघुकथाकार म्यामराज राई

    आजको परिचर्चा कार्यक्रम आफ्नो जीवनकै महत्त्वपूर्ण कार्यक्रम सावित भएको उल्लेख गर्दै हाम्रो बाटो लघुकथासङ्ग्रहका सर्जक म्यामराज राईले सम्पूर्ण परिचर्चाकारहरूमा आभार प्रकट गर्नुभयो । साथै उहाँले आज प्राज्ञिक व्यक्तित्वहरूबाट धेरै कुरा सिक्ने अवसर मिलेको पनि बताउनुभयो । यो अवसर जुटाइदिएकोमा अत्यन्त खुसी हुँदै नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत मञ्च परिवार प्रति आभार प्रकट गर्नुभयो ।

    मञ्चका उपाध्यक्ष शेखर अर्यालको सहजिकरणमा सञ्चालित उक्त परिचर्चा कार्यक्रममा परिचर्चाकारहरू प्रा.डा. कपिल लामिछाने, डा. विदुर चालिसे, डा. शङ्कर प्रसाद गैरे, शेखरकुमार श्रेष्ठ र हरि प्रसाद भण्डारीका साथै कृतिकार म्यामराज राई, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, रञ्जुश्री पराजुली, शेखर अर्याल, वसन्त अनुभव, नानी विबु, गणेश नेपाली, मीठुकुमारी पाठक, हेम पोखरेल, छायादत्त न्यौपाने, छविलाल खड्का, सि एन बन्जाडे, दिनानाथ पण्डित, महेश जिज्ञाशु, प्रकाश वाग्ले लगायतका लघुकथाकार/साहित्यकारको उपस्थिति रहेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on लघुकथाकार राई कृत लघुकथासङ्ग्रह ‘हाम्रो बाटो’को परिचर्चा कार्यक्रम

    पञ्चाङ्ग चित्रपटको दोस्रो भाग सम्पन्न

  • ७ श्रावण २०७९, शनिबार १४:२९ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    =========

    पञ्चाङ्ग चित्रपट भाग:- २
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०४/०५

    प्रशिक्षक :
    ————✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    सुशीला पौडेल

    चित्र संकलन
    ———-
    सुशीला पौडेल

    शुद्धीकरण
    ————–
    भवानी घिमिरे
    सोमनाथ लुइटेल

    समायोजन
    ————-
    भवानी घिमिरे
    दुर्गा रिजाल आचार्य

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏हामी चित्रपट को अभ्यास” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको दोस्रो अभ्यासमा छौ।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

                 यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव  झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं  ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा  नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौ

    पञ्चाङ्ग चित्रपट
    =========
    चित्रपट पञ्चाङ्ग   ०१

    पवित्र त्यो तिम्रो चरणमा पर्नु छ आमा ।
    तिम्रै साथमा महासागर तर्नु छ आमा ।
    देउता खोज्न मन्दिर जाँदा कहाँ पाईन्छ ,
    तिम्रो सेवा गरेर नै झोलि भर्नु छ आमा ।
    आशिर्वाद देउ सदा दु:ख हर्नु छ आमा।

    ✍️दुर्गा आचार्य, मोरङ।

    ,चित्रपट पञ्चाङ्ग   ०२

    निकै ठुला ती जँघार तर्नु छ आमा ।
    जीवनमा धेरै दुःख गर्नु छ आमा  ।
    हरेस् खाँदै रुन  हुन्न हामीले यहाँ ,
    सप्त रङ्गको सन्मार्ग भर्नु छ आमा ।
    तिम्रो आशिषले दुःख हर्नु छ आमा।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।

    पञ्चाङ्ग   ०३

    आमाको मायामा सन्ततिले काख पाइन्छ ।
    बचेको ममताको मूल्यमा साख पाइन्छ ।
    जननी हुन् सन्तानको पीर व्यथा सहने ,
    सेवा गरेपछि आशिर्वाद लाख पाइन्छ ।
    मनमा श्रद्धा भएमा सधैँ दाख पाइन्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    चित्रपट पञ्चाङ्ग    ०४

    पिलायौ दुधका धारा तिमीले
    लगायौ ऋणको भारा तिमीले
    सन्तानको  लागि  आफू मरेर
    फैलायौ सन्तति सारा तिमीले
    सिकायौ सम्पूर्ण पारा तिमीले ।

    ✍️गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
    उर्लाबारी मोरङ हाल अमेरिका।

    चित्रपट पञ्चाङ्ग    ०५

    रुनु पर्दा एकान्तमा रुन्छिन् मेरी आमा ।
    दु:ख पिइ सुख पाेका फुन्छिन् मेरी आमा ।
    दायाँबायाँ  दुनियाँ याे आत्मसात  गर्दै ,
    समृद्धिका याेजना नि बुन्छिन् मेरी आमा ।
    थाेरै दिँदा  धेरै  खुसी हुन्छिन् मेरी आमा ।

      ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    चित्रपट पञ्चाङ्ग   ०६

    आकाश भन्छ बर्षा याममा रुनु पर्छ मैले ।
    बालाे भन्दैछ आमाको आँसु धुनु पर्छ मैले ।
    सबैले आफ्नो धर्म थामेका छन् धरातलमा,
    नेता भन्छ अब जननेता  हुनु पर्छ मैले ।
    एकताबाट आमाको दिल  छुनु पर्छ मैले ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग   ०७

    सन्तान निरोगी राख्न भजन गुन्छिन् आमा।
    सन्तानको पीडामा सधैं दुःखी हुन्छिन् आमा।
    सन्तानको लागि बाटो देखाउने एक हुन् ,
    एक्लै हुँदा सन्तानको तस्बिर छुन्छिन् आमा।
    दु:ख पर्दा एकान्तमा बसेर रुन्छिन् आमा ।

    ✍️सुशीला पौडेल काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    ०८

    आमाको नासो ओठको हाँसो सजाऊ सधैँ ।
    कोखको  नाम  इज्जत  तिम्रो बचाऊ सधेँ ।
    आँशुको सप्को  हालेर   मेरो बचायौ प्राण ।
    जीवन  नासो  दिएर  गयौ  हँसाऊ   सधैँ ।
    ममता  मीठो  जीवन  सार  नचाँऊ  सधैँ।

    ✍️सरिता काफ्ले कोहलपुर बाँके।

    चित्रपट  पञ्चाङ्ग ०९

    आमा सम्झिदा झसङ्ग हुन्छु म।
    मध्य रातमा तस्बिर छुन्छु म।
    आमाको माया निस्वार्थ सबैमा,
    यादमा कहिलेकाहीँ रुन्छु म।
    आमाको कुरा मनमा बुन्छु म।

    ✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   १०

    तिरेर तिर्न सकिन्न दुधकाे धारा आमाको ।
    लाग्छ मलाई ऋणको हजारौं भारा आमाको।
    खाई नखाई दुःख गरेको सधैँ तिमीले हो,
    उज्यालो बाटो देखाउने काम सारा आमाको ।
    चर्किदैन कहिले रिसकाे त्यो पारा आमाको।

    ✍️सहयात्री शोभा अर्याल, रुपन्देही १४ बुटवल।

    चित्रपट पञ्चाङ्ग    ११

    समाजलाई परिवर्तन गर्नु छ आमा ।
    ज्ञानको ज्योति सबै तिरनै छर्नु छ आमा ।
    सत्कर्म,मार्ग दर्शन दिने हजुर नै हो ,
    कति कठिन खुड्किलाहरु झर्नु छ आमा ।
    जीवन सुकर्म गर्दा गर्दै मर्नु छ आमा ।

    ✍️अनुप आचार्य, मोरङ ।

    चित्रपट पञ्चाङ्ग   १२

    आमा तिम्रा असहायपनका  मेरा सारथी गुन तिर्नेछु म ।
    तिम्रा लागि पर्यो भने झोली बोकेरै मुग्लान पनि छिर्नेछु म ।
    आमा मलाई जन्म दियौ केहिले कमी नपारी आँसु पुछ्नेछु ,
    जतिसुकै अनर्थ परिणाममा गिर्न परे पनि गिर्नेछु म ।
    दुनियाँका नजर र अपशब्द टपक्कै टिपेर चिर्नेछु म ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक।

    चित्रपट पञ्चाङ्ग   १३

    आफू बायाँ जाँदा याे स्नेह पनि बायाँ हुन्छ ।
    आफू दायाँ जाँदा त दृष्टि पूरै दायाँ हुन्छ ।
    बुढेसकालमा नि कहिल्यै पर    नगरे,
    तिनकै आसिक शीतल दिने छायाँ हुन्छ ।
    सबै भन्दा प्याराे आफ्नै आमाकाे माया हुन्छ ।

    ✍️गिरिराज डल्लाकोटी, चितवन।

    चित्रपट पञ्चाङ्ग   १४

    तिम्रो दुधको भार तिर्नेछु आमा ।
    धन  कमाई  घर  फिर्नेछु आमा ।
    सानै छु अहिले ठुलो  भएपछी ,
    मेहनतले  दुख  चिर्नेछु  आमा ।
    तिम्रा लागि म हद गिर्नेछु आमा । ।

    ✍️बुद्धिमान  दनुवार , सुरुङ्गा ४ झापा।

    चित्रपट पञ्चाङ्ग   १५

    अन्याय अत्याचार गर्न दिन्न आमा ।
    वैरीकाे  वक्रदृष्टि  पर्न   दिन्न  आमा ।
    अमृत दुध खुवायाै , जीवन दियाै ,
    तिम्राे आँखामा आँसु झर्न दिन्न आमा
    बिचल्ली  बनाएर  मर्न  दिन्न  आमा  ।

    ✍️श्रद्धा आचार्य , पोखरा।

    चित्रपट पञ्चाङ्ग    १६

    सँगसँगै बाँचौला त सँगसँगै मरौंला नि आमा ।
    जति दु:ख परे पनि सँगसँगै गरौंला नि आमा ।
    दु:खी बनेर त्यो अश्रु धारा कहिल्यै नबगाउनु ,
    आँटो पिठो खाएर पनि त पेट भरौंला नि आमा ।
    सँगै लेक अनि सँगसँगै बेसी झरौंला नि आमा।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।

    चित्रपट पञ्चाङ्ग     १७

    यो  माया ममताको छहारी दिनु नरुनु है आमा ।
    दु:ख भयो भनी तिमीले निरास नहुनु है आमा ।
    संघर्ष  गरेर  अगाडि बढ्नु   छ  अझ झन धेरै ,
    आँसुले नि त्यो  परेली कति पनि नधुनु है आमा ।
    हाम्रो भाग्य यस्तै हो अरुको धन नछुनु है आमा।

    ✍️रितु बुढाथोकी।

    चित्रपट पञ्चाङ्ग   १८

    नरोऊ आँसु नझार म छु नि आमा ।
    मन दुर्बल नपार म छु नि आमा ।
    भन त म कसरी देखुँ तिम्रा आँसु ,
    हेर मुख बारम्बार म छु नि आमा                                     
    उचाल्न गहृुङ्गो भार म छु नि आमा ।

    ✍️केशव न्यौपाने सानु
    बेलकोटगढी न पा ७ नुवाकोट।

    चित्रपट पञ्चाङ्ग    १९

    धेरै चिन्तित र दुःखी नहुनु मेरी आमा ।
    पिर लिएर ललाट नछुनु मेरी आमा ।
    तिम्रो मुहार हँसाउने अठोट छ मेरो ,
    सधैँ आँसुले मुहार नधुनु मेरी आमा ।
    रोएको धेरै भो अब नरूनु मेरी आमा।

           🇮🇳अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    चित्रपट पञ्चाङ्ग   २०

    सानै देखि दु:ख कष्ट गरेको छु आमा।
    कन्दमूलले नि पेट भरेको छु आमा
    आमा गुमाउनुको पीडा ताजै छ अझै,
    तिमी  नभएछि अन्तै सरेको छु आमा ।
    जिउनको लागि धेरै झरेको छु आमा ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।

    चित्रपट पञ्चाङ्ग    २१

    बुढेसकाल नि लाग्दैछ बाबु ।
    बिस्तारै बल त भाग्दैछ बाबु ।
    शक्ति र बलमा रहेछ सबै ,
    अब त रोग पो जाग्दैछ बाबु ।
    तनले ओखती माग्दैछ बाबु ।

    ✍️गिता अर्याल, बाँके नेपालगन्ज ।

    चित्रपट पञ्चाङ्ग    २२

    नरोउन आमा आँखाबाट पानी निकालेर
    मलाई जन्माई हुर्कायौ जवानी निकालेर
    यस्तै रहेछ हाम्रो भाग्य गरिव भैयो आज
    कति रुन्छौ बितेका दिन हानी  निकालेर
    माया ममता सकिन्न आमा खानि  निकालेर।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा

    चित्रपट पञ्चाङ्ग    २३
    १
    दुःख दिने शत्रुहरु ती सबै ढाल्नु पर्छ आमा ।
    कमजोरी कुविचार र चिन्ता फाल्नु पर्छ आमा ।
    हामी दुबै मिलेर हाम्रा अब चलाउँ पाखुरी,
    आफ्नो ज्ञान विचारमा कदम चाल्नु पर्छ आमा।
    जागेर समाजमा आगो अब बाल्नु पर्छ आमा।
    २
    चाहन्छु म ए !आमा आँसु नबगाए हुन्थ्यो ।
    छाडेर रुन पकाएर भात खाए हुन्थ्यो ।
    आमा छोरा रमेर बस्न कहिले पाउँला ,
    हामीलाई नै यस्ता संकट नआए हुन्थ्यो ।
    कमाई देखाएर हँसाउन पाए हुन्थ्यो ।

    ✍️होम प्रसाद न्यौपाने ।

    चित्रपट पञ्चाङ्ग    २४

    आमा सुखको दिन समाउँछु तिम्रो आशिर्वाद पाएँ भने ।
    म आँखाको आँसुमा जमाउँछु तिम्रो आशिर्वाद पाए भने ।
    सानु छँदा तिमीले धेरै दुःख झेलेकी छौ मलाई थाहा छ ,।
    आफ्नो भाग्यमा आफैँ रमाउँछु तिम्रो  आशिर्वाद पाएँ भने ।
    केही गरेर नाम कमाउँछु तिम्रो आशिर्वाद पाएँ भने ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड।

    चित्रपट पञ्चाङ्ग   २५

    आमाको ॠण म कसरी  तिर्न सक्छु ।
    मैले  कसरी  आमालाई   पिर्न सक्छु ।
    तिम्रो कोखकाे भएर धर्तीमा आएँ ,
    तिमी छोडेर अन्त कहाँ छिर्न सक्छु ।
    अरुको माया त्यसै कहाँ भिर्न सक्छु ।

    ✍️भावना न्यौपाने, काठमाडौं ।

    चित्रपट  पञ्चाङ्ग    २६

    मलाई त बिस्तारै रोग  लाग्दैछ आमा ।
    बल बैँसले जति सबै नाग्दैछ आमा ।
    दैव नै लागेपछि ठुलो सानो भनेन ,
    छिटो मिठो यो नै वनले माग्दैछ आमा ।
    कठिन अवस्थामा दिन भाग्दैछ आमा ।

    ✍️कमला पाण्डे पराजुली, झापा चारआलि ।

    चित्रपट पञ्चाङ्ग  २७

    आमाको जस्तो त माया अन्त कहाँ पाइन्छ र ।
    बाबाको जस्तो त छायाँ अन्त कहाँ पाईन्छ र ।
    आमा धर्ती र बाबा आकाश हुन बुज्नु पर्छ ,
    ममताको मिठो साया अन्त कहाँ पाईन्छ र ।
    दु: ख सुख  दायाँ बायाँ अन्त कहाँ पाईन्छ र ।

    ✍️चेतना पोखरेल, मोरङ

    चित्रपट पञ्चाङ्ग     २८

    नबगाऊ अश्रुधारा छोरो हेरी पाल आमा
    गरिबी र दरिद्रता पोको पारी फाल आमा ।
    जीवनमा जागा बसी मीठो स्वप्न साँच्नु पर्छ
    गौतम बुद्द बनेर शान्ती बाल आमा
    राहदानी बोकी खाडी हिडे हुन्छ जाल आमा ।

    ✍️कल्पना पहाडी , सिन्धुली

    चित्रपट पञ्चाङ्ग   २९

    दुख कष्ट घट्ला कि त? गुन्छिन् मेरी आमा ।
    ढिकी, जाँतो, डोका डाला, बुन्छिन् मेरी आमा ।
    बालकै छु सघाउन के नै गर्न सक्छु ?
    भित्री पीडा आँसु झार्दै, धुन्छिन् मेरी आमा ।
    गरिबीले सताएर, रुन्छिन् मेरी आमा ।

    ✍️दुर्गा अधिकारी भमरकोटे ।

    चित्रपट पञ्चान्ङ्ग    ३०

    हाम्रो साहारा को छ आमा
    तिमी मै सारा को छ आमा
    हामी दुई  जीउला सङ्गै
    भोक आहारा को छ आमा
    देखियो पारा को छ आमा ।

    ✍️सुमित्रा पोखरेल काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    ३१

    मेराे बचनले देह कहिलै सुकाउन नपरोस् ।
    पापको भारी बोकी याे छातीमा लुकाउन नपरोस् ।
    रम्य संसारमा जन्म दिएर पुण्य कमाउनु भयो ,
    दुधको धारा गुन मैले आँसु चुकाउन नपरोस् ।
    तिम्रो स्वाभिमानको लागि शिर झुकाउन नपरोस् ।

    ✍️अग्नी सुनुवार – “अबसु”
    >>>> सिन्धुली <<<<

    चित्रपट पञ्चाङ्ग    ३२

    उकाली बाटो गाउँ सहर आमा नै महान ।
    गरेकी पूरा सबै रहर आमा नै महान ।
    सुख र दु:ख सहेर पनि त्यो घर बनाइन्,
    मायाको सारा आफै नहर आमा नै महान ।
    सबैले बुझे हुन्छ ठहर आमा नै महान ।

    – ✍️आर्त अकुलीन, कैलाली।

    चित्रपट पञ्चाङ्ग   ३३

    सधैँभरि आँखाबाट आँसुको सागर नबगाउन आमा ।
    मलाई हेरी आफ्ना मनका सारा पीर नसकाउँन आमा
    सधैँभरि दुःख हुन्न जिवनमा सुख पनि त आउनेछ ,
    तिम्रो दुःख म लिन्छु अब आँसुले चोली नसजाउन आमा ।
    मेरो संसार तिमीनै हौ मायाले काखमा बसाउन आमा ।

    ✍️देवकी के. सी.
    दक्षिणकाली,काठमाडौ।

    चित्रपट पञ्चाङ्ग    ३४
    १
    नरुनु आमा भविष्यमा पाल्ने म छदैछु।
    तिमी बिरामी हुँदा चूल्हाे बाल्ने म छदैछु।
    जति दु:ख भएपनि म ठुलाे  हुने नै हाे ,
    पछि भाेकाे पेटमा अन्न हाल्ने म छदैछु।
    याे दुश्मन गरीबीलाई फाल्ने म छदैछु।
    २
    गरिबबाटै सब‌ै धनी भएका हुन् आमा।
    धनी हुन नि मेहनत गरेका हुन् आमा।
    म पनि पढेर ठुलाे हुने काेशिस गर्दैर्छु
    जे पर्छ दु:ख सब‌ैले सहेका हुन आमा
    मान्छे सबै नै आशामा बसेका हुन आमा ।

    ✍️नवराजभट्ट,महेन्द्रनगर, कञ्चनपुर

    चित्रपट पन्चाङ्ग    ३५

    नरुनुहोस् आमा यसरी रुनु हुँदैन ।
    हरपल आँखा आँसुले धुनु हुँदैन ।
    हजुरको दु:ख पीडा अवश्य हर्नेछु ,
    भरोसा राख्नू ममा दु:खी हुनु हुँदैन ।
    सकभर समस्या देखाउनु हुँदैन ।

    ✍️वसन्त अनुभव, दाङ ।

    चित्रपट पञ्चाङ्ग   ३६

    धेरै आँसु बगायाै आमा पुछाैँला अब मैले ।
    कति दुःख भाेगेकी छाै देखेकाे छु सब मैले ।
    भगवानकाे  रुप आमा  संसार  देखाउने ,
    सन्तान भई  कर्तव्य निभाउँला तब मैले।
    दशधारा दुधकाे त्याे ऋण तिर्छु जब मैले ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपटको दोस्रो भाग सम्पन्न

    प्रेम थापाका सुन्दर पञ्चाङ्गहरू

  • ५ श्रावण २०७९, बिहीबार ०१:०५ मा प्रकाशित
  • प्रेम थापा


    🇳🇵१
    आशाका कन्धनी माथि चक्कुले छिनाउनेहरूले बिगारे
    संघर्षका नदीमा तुफानीले भिजाउनेहरूले बिगारे
    बाेलीमा सत्य बास बसेन क्यै गरी, फैलाउँछन् हावा सरी
    दु:खीका आँसुका घुड्का चम्चाले पियाउनेहरूले बिगारे
    देखेर पनि नदेखे झैं गरी निदाउनेहरूले बिगारे ।

    🇳🇵२
    कोही कसैलाई छल्न नै खुबै मन पराउँछन् अचम्मैले
    सिधासाधा त डराउँछन् कोही खल्ती भराउँछन् अचम्मैले
    आफू अझ ठूलो हुने होडमा , दुर्लभ सौगातको मोडमा
    ठूलाले सानालाई जस्तै पनि काम गराउँछन् अचम्मैले
    धिक्कार छ आफूले चढ्न राम्रालाई हराउँछन् अचम्मैले ।

    🇳🇵३
    माया गरेन भन्दैछाै मन कस्तो कस्तो
    अाफैँ रित्तिएर पनि धन कस्तो कस्तो
    बात कुल्चेर , कसरी गर्‍यौ नबुझेर
    जति जानेकाे मिठाे वचन कस्तो कस्तो
    अधैर्य आफ्नोपन जीवन कस्तो कस्तो ।

    🇳🇵४
    शिरा अनि धमनीमा बगाएँ तिम्रो याद
    कलेजी पत्र पत्रमा छपाएँ तिम्रो याद
    कोष कोषमा लुकाई , सुरक्षित बनाई
    मुटुका चार कोठामा रखाएँ तिम्रो याद
    रक्तका कणकणमा सजाएँ तिम्रो याद ।

    🇳🇵५
    अझ अर्काले जसो भन्यो उसै गर्छौ कतिन्जेल
    सधैँ चाकडी गरी यता उता सर्छौ कतिन्जेल
    आफ्नै विवेक प्रयोग गरेर बढ्नु कति राम्रो
    लगातार अर्काको मात्र भर पर्छौ कतिन्जेल
    विश्वासको फुट्छ बेलुन अनि भर्छौ कतिन्जेल ।

    🇳🇵६

    आफ्नो फोटो आफ्नै छातीमा टाँसेर मरूँ
    छुट्टिएका ती सम्बन्धका डोरी गाँसेर मरूँ
    गर्नु छैन है तँ तँ , गर्नु छैन मलाई म म
    म भित्रका दु:खद क्षण सबै, माँसेर मरूँ
    मर्नु त छँदैछ एकदिन म हाँसेर मरूँ ।

    🇳🇵७
    समस्या जटिल आइरहन्छन् समाधानको खोजी गरौं
    कष्टमा साथ सहयोग दिने पहिचानको खोजी गरौं
    सोचे जस्तो हुँदैन एकनाश , र बढी गर्नु हुन्न आश
    सफलतामा पुग्न कर्म योग्य योगदानको खोजी गरौं
    उन्नति गर्नेको नि:स्वार्थ भावले सम्मानको खोजी गरौं ।

    🇳🇵८
    अश्रुका भेलको छालले जस्तै वारपार लाएको छ
    अहो निथ्रुक्क बनाइ दु:खको अतिसार छाएको छ
    कुनै नि पलमा , रोकिएन बटुल्न खुसी जीवनमा
    किन खुसी खोज्दा सधैं जीवनले डाँडै कटाएको छ
    हरक्षण दु:खले नसोचेको उपहार पाएको छ ।

    🇳🇵९
    वर्षा याममा तिमीलाई भेट्न आऊँ कि नआऊँ म
    हृदयभरिको मिठो माया नि लाऊँ कि नलाऊँ म
    आपसी माया साटासाट गर्दै र शान्त ठाउँ खोज्दै
    तिमी सँग सँगै रानी ~वनमा जाऊँ कि नजाऊँ म
    उर्लेका चाहनासँगै कसम खाऊँ कि नखाऊँ म?

    🇳🇵१०
    मौलिक संस्कृतिमा आफ्नो पन नै रहेन भने
    जोगाउन पर्ने संस्कृति कानुन बनेन भने
    नेपालमा समस्या कहिल्यै समाधान हुँदैन
    भ्रष्टको जाल अनि फटाहा कोही दबेन भने
    के भावना हुन्छ ? आँखाबाट आँसु झरेन भने ।

    🇳🇵११
    अरुको देखासिकीको रहरमा किन रमाउछौ
    नाता लगाइ अरुको असरमा किन रमाउछौ
    गरेर बहाना , लाफ्नै लगातार हरेर चाहना
    माछाको लोभमा परि सागरमा किन रमाउछौ
    नचिनेको औषधिको अफरमा किन रमाउछौ ?

    🇳🇵१२

    बाध्यतामा बेचियौ कि रहरमा बेचियौ
    अति नै भोका मान्छेको लहरमा बेचियौ
    गिद्दे चङ्गुलमा फस्दै , मुकदर्शक बन्दै,
    विश्वास नगर भन्दा सहरमा बेचियौ
    पन्जामा परी राक्षसी कहरमा बेचियौ ?

    🇳🇵१३

    नजरबाट मैले तिमीलाई झारेको छैन
    बनाई बहाना कुनै पल नि टारेको छैन
    कहिल्यै पाप नपलाओस्,मनमा दिब्य छाओस्
    विश्वास गर ल तिम्रो भावना मारेको छैन
    लक्ष्य एउटै अन्ततिर मन सारेको छैन ।

    🇳🇵१४
    वसन्त-वृक्ष रङ्गमा अझ खुलेर आउनु
    गुराँस झैँ सुवासिलो बनी फुलेर आउनु
    मनको दैलो पुजेर ,आफूले सारा बुझेर
    मर्म र व्यथा देहका सबै भुलेर आउनु
    लता बुझेर पुष्पका सँगै झुलेर आउनु ।

    🇳🇵१५

    लौ समाउ साथी घुस्याहालाई फाल्नु पर्छ है
    बकाइ सत्य भ्रष्टचारीलाई गाल्नु पर्छ है
    किर्नो जस्तो लोभी नै रहेछ नशा छेड्न खोज्ने
    जति खाँदा नभरिने त्यो भुँडी टाल्नु पर्छ है
    दन्किए नि आन्दोलनको राँको बाल्नु पर्छ है ।

    🇳🇵१६

    यहाँ चल्दैन इमान्दार बेइमान मात्र चल्छ हेर
    असत्य गल्दैन लगनशील सत्य मात्र गल्छ हेर
    लगातार विश्वास सुम्पदा प्राप्त हुन्छ केबल धोका
    अमृत रोपेर पनि किन विषको फल फल्छ हेर
    मीठा मीठा कुरामा कसैले क्षणभर मै छल्छ हेर ।

    🇳🇵१७

    नकटो भ्रष्ट नेताले आफ्नै लागि काम गरेको देखियो
    भनौं भने देशमा अस्थिरताको बिज छरेको देखियो
    देश र जनताको सेवा गर्छु भन्छन् ,उल्टो खोइरो खन्छन्
    अझ काम गरे जस्तो गरि आफ्नै पोल्टो भरेको देखियो
    समाचारमा आए पनि नछुट्ने बानी परेको देखियो ।

    🇳🇵१८

    कुसंस्कारले समाजमा बलियो डोरी बनेर बेसरी कसेको छ
    बेइमानीको रूप धारण गरेपछि इमानीको नूर खसेको छ
    अहिले भ्रष्टाचारको विषालु बाँण बनेर निर्धालाई पीडा दिनेले
    पश्चिमा कुप्रभावले जरा गाडेपछि स्वाभिमान भित्रै डसेको छ
    आज सौम्य नेपाल निस्कनै नमिल्ने गरी चौघेराभित्र फसेको छ ।
    🇳🇵१९
    राम्रो सोच्दा सोच्दै पनि सहयोग पनि गर्न सकिएन
    थुप्रै समस्या आइ लागेपछि जङ्घार तर्न सकिएन
    पाठ घोकिराछु,आँखाको आँसु अहिलेसम्म रोकिराछु
    के गर्नु सुख शान्ति जीवनमा कहिल्यै छर्न सकिएन
    मित्र आखिर दुश्मन बनेपछि भर पर्न सकिएन ।

    🇳🇵२०
    पर्दा उधारी मनको हेरेमा पक्कै आफ्नै चित्र देखिन्छ
    नजिकबाट आफ्नै बन्धु ठाने अवश्य पवित्र देखिन्छ
    भन्दै छु म विश्वास गरेमा , एक अर्कामा भर परेमा
    जब जोडे पछि सम्बन्ध दिगो मानेमा नै मित्र देखिन्छ
    सपनीमा निद्रामा,सासमा आँखा कै कोष भित्र देखिन्छ ।

           🇳🇵२१

    तिम्रो नै मायालु फाँट पाए मान, तिम्रै साथी हुँ
    जीवनको नासो जतनले धान, तिम्रै साथी हुँ
    प्रेम बजारको जस्तो,नठान्नु है कदापि सस्तो
    हृदयको श्रद्धा सद्भावले तान, तिम्रै साथी हुँ
    चोखो प्रेम त भर्खरै दिन्छु दान, तिम्रै साथी हुँ ।

    🇳🇵२२

    दिनको अनि उही रातको गतिमा छ यो जिन्दगी
    न छ मान्यता सममा उही मतिमा छ यो जिन्दगी
    चेतना नहुँदा मान्छे,अस्थिरको हुन पुग्छ भान्छे;
    अर्चना एक अर्को अमुक जतिमा छ यो जिन्दगी
    ओखती पनि स्वाद चाखेर क्षतिमा छ यो जिन्दगी ।

    प्रेम थापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on प्रेम थापाका सुन्दर पञ्चाङ्गहरू

    गुणनिधि घिमिरेका सुन्दर पञ्चाङ्गहरू

  • ५ श्रावण २०७९, बिहीबार ००:५७ मा प्रकाशित
  • ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    गुणनिधि घिमिरे

    १८ अक्षरमा पाञ्चायन

    १

    ~~~
    गत साल भुकम्पले धरहरा गिरेको देखियो
    मान्छेलाई डरले मन मुटु नै चिरेको देखियो
    यहाँ हामी दैवी प्रकोप पनि कति धेरै सहनु
    कति मान्छे घर छोडेर गोठमा छिरेको देखियो
    यहाँ यसरी धेरै दशाहरूले पिरेको देखियो ॥

    २

    दुनियाँमा दुःख र पीडाले निकै पिरेको देखियो
    युवाहरू ऋणले नै परदेश छिरेको देखियो
    हाम्रो देश यस्तै बाध्यता छ हामीलाई के गर्नु
    दुःख गर्दै खाडी मुलुकमा घुमे फिरेको देखियो
    स्वदेशमा खाएको ऋण सबै तिरेको देखियो ॥

    ३

    किन किन अचेल साथीहरू ता खस्केको देखियो
    सर्किएर अर्कैतिर फर्किएर घस्केको देखियो
    सम्भवतः सकेसम्म एउटै समूह भए राम्रो
    तर किन बिस्तारै अर्कोतिर पो लस्केको देखियो
    त्यसैले हो कसैका मन मुटु नै चस्केको देखियो

    ४
    समूहमा सुन्दर पञ्चाङ्गहरू पस्केको देखियो
    घमण्डले कति मान्छेहरू त्यसै झस्केको देखियो
    आफ्नो खुसी अरूलाई पिर नपारे स्वतन्त्रै छ त
    तर अनायासै कोही कोही चाहिँ ठस्केको देखियो
    आफू खुसी हुनेहरू भने सधैँ मस्केको देखियो

    ५

    यस साल झरी बर्षाले जमिन भस्केको देखियो
    हाम्रोतिर पहाडमा जतासुकै धस्केको देखियो
    मान्छेहरू कसको के लाग्छ र दैवी प्रकोपसँग
    हामी सबै दुःखी गरिबका मन चस्केको देखियो
    बिचरा ती बृद्ध बृद्धाहरू निकै खस्केको देखियो ॥
    ~~~~~
    गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
    उर्लाबारी मोरङ हाल अमेरिका
    07/19/2022

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on गुणनिधि घिमिरेका सुन्दर पञ्चाङ्गहरू

    सविता के.सी.का २० उत्कृष्ट पञ्चाङ्गहरू

  • ५ श्रावण २०७९, बिहीबार ००:५२ मा प्रकाशित
  • “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

    सविता के.सी.

    १
    सुध्रिनुपर्थ्यो, सुधार्ने भए मतिमा सबले
    रफ्तार विस्तार गर्नुपर्थ्यो गतिमा सबले
    यसै हुन्न देश विकास, भरिन्न भोको पेट
    नआत्तिकन सम्हाल्नुपर्थ्यो क्षतिमा सबले
    संयम भई लाग्नुपर्थ्यो उन्नतिमा सबले ॥

    २
    फूल र माहुरीको जस्तो सम्बन्ध रहोस् भन्छु
    हिंसाको निकटतम कोही पनि नहोस् भन्छु
    प्रकृतिमा हराभरा बनाइरहनुपर्छ
    फूलले पनि काँडालाई कहिले सहोस् भन्छु
    काँडाले आफ्नो बाध्यता फूललाई कहोस् भन्छु ।

    ३
    व्रजमा कृष्णलाई कुर्ने राधा वनमा
    कृष्णकै मुरली सुनिन्छ आधा वनमा
    कालान्तरसम्म बाँचेकाे प्रेम कहानी
    गाेठालाे कृष्णकाे सम्झना बाधा वनमा
    कृष्णकै खाेजी चलिरह्याे साधा वनमा ।

    ४
    कर्तव्य नै मुख्य बाटाे राम भन्छन्
    पिताकाे वचन आफ्नाे काम भन्छन्
    रामकाे राज्य भन्ने उखान सम्झाैँ
    सुविचारले नै बन्छ नाम भन्छन्
    मातापिताकाे चरण धाम भन्छन् ।

    ५
    समाजले बाेलेकाे देखाइदियाै जात तिमीले
    नारीपुरुषमा पनि गर्याै पक्षपात तिमीले
    आधा आकाश हैन सिङ्गाे धर्ती हूँ म जानिराख
    बहुलता देखाउन नै जाेर्याै जमात तिमीले
    चिप्लाे घस्याै, ब्वाँसे चाल देखायाै औकात तिमीले

    ६
    खेतीयोग्य कता गयो, पर्यो टार मलाई
    राम्रो बाली अन्तै फल्ने भयो झार मलाई
    अभागीको भागमा आँधीबेहरी नै भन्थे
    सबैको भागमा खुसियाली हार मलाई
    नमचिनेको सय झड्का बेकार मलाई ॥

    ७
    सधैँ जान्छाै छाडी मलाई एक्लाे हुन्छु म
    एकान्तमा बसेर दिनरात रुन्छु म
    चखेवा झैँ भाे तिम्राे मेराे प्रेमकहानी
    कल्पनामा आउँनु है सुस्तरी छुन्छु म
    विपनामा प्रायः आँसुले मन धुन्छु म

    ८
    निःस्वार्थ निश्चल माया आमाकाे लाग्छ
    विश्वास भराेसा सधैँ मामाकाे लाग्छ
    मिठाे जिन्दगी त्यही बालापनकाे है
    स्वदमा मिठाे वासना तामाकाे लाग्छ
    सुन्दर रूप फरिया जामाकाे लाग्छ ।

    ९
    समय आयाे वसन्त पालुवा पलाउन थाले
    बेमाैसमी फल पनि बाेटमा फलाउन थाले
    मानिसले सबथाेक गर्छ प्रकृतिलाई जित्न
    हिजाेआजका स्वार्थी मान्छे वन जलाउन थाले
    प्रकृति विराेधी भई पहाड गलाउन थाले ।

    १०
    मान्छेको जीवन चामल अनि दालमा हजुर
    मान्छे पनि सिपालु फसाउँछ जालमा हजुर
    खुसीको जीवन जिउन भएछ नसकिने नै
    झम्टन्छ फर्की फर्की बिरालाको चालमा हजुर
    सरलता छैन म अल्मलिएँ झालमा हजुर ॥

    ११
    सम्झनाले हृदय चर्केर आयो
    दोबाटोबाट आज फर्केर आयो
    आउजाउ भइरहन्छ बाँचेमा
    आकाशको झरी यो दर्केर आयो
    मायाले बोलायो तर्केर आयो ॥

    १२
    अलिकति माया उतातिर दिनु छ
    सापटीमा मायामा माया नै लिनु छ
    कहिले बन्दाबन्दी, कोभिड कहिले
    हृदय काट्ने यो सम्झनाको छिनु छ
    दिनरातको यादले यो मन झिनु छ ।

    १३
    दुध जम्यो दही बन्यो तर फेरियो
    हिमालको हिउँ पग्ल्यो झर फेरियो
    प्रकृति र मानिसको नियम उस्तै
    छोरी जाति दान भए थर फेरियो
    जन्मघर छाडेपछि घर फेरियो ॥

    १४
    भएन जसले पनि भन्छ बरै
    आफूलाई परेपछि कन्छ बरै
    स्वीकार्य भएछ आफैँ अनजान
    आफ्नाे भुली अर्काकाे जाे गन्छ बरै
    भ’काे जग फर्की फर्की खन्छ बरै

    १५
    भएन जसले पनि भन्छ बरै
    आफूलाई परेपछि कन्छ बरै
    स्वीकार्य भएछ आफैँ अनजान
    आफ्नाे भुली अर्काकाे जाे गन्छ बरै
    भ’काे जग फर्की फर्की खन्छ बरै

    १६
    सम्झना बनेर तिम्रा मनभरि डुल्न मन लाग्छ
    हृदयको छहारी शीतलतामा भुल्न मन लाग्छ
    आशै आशाको मात्र हुने हो कल्पनाका भावहरू
    उखुको स्वादमाथि फूल बनेर फुल्न मन लाग्छ
    फलेको हाँगो भएर आदरले झुल्न मन लाग्छ ।

    १७
    आदि कविले लेखे रामायण गुन भएको छ
    घरघरमा सजिने पहेँलो सुन भएको छ
    हराउँदै गए संस्कृत भाषा अन्धो हुने गरी
    मस्तिष्क उर्वरा त्यो माटोलाई चुन भएको छ
    अँधेरी रातमा चम्किलो चन्द्र जुन भएको छ

    १७
    स्वदेशमा बेरोजगारी पीडा जलन सधैँ मनमा
    परदेशी भई गुजारा गर्ने चलन सधैँ मनमा
    बाध्यताले पसिना पैसा साट्नुपर्ने पेट पाल्नुपर्ने
    घर, गाउँ, देश छाड्दा चर्केमा मलन सधैँ मनमा
    विदेशी कमाइ देश धान्ने संबलन सधैँ मनमा ।

    १९
    छर्छौ कि माया तिमीले भनी आश लागिरहेछ
    तिम्रा ती मुखका शब्दहरू खास लागिरहेछ
    मलाई मात्र लाग्यो कि माया तिमी पनि त गर्छौ
    मिठा ती बोलीले, हृदयमा बास लागिरहेछ
    जब बन्द गर्छौ मन आफैँ लास लागिरहेछ ।

    २०
    माया गर्थिन् कहिले उज्यालो दिन आफैँ बल्थिन् उनी
    कसले मन दुखाउँथ्यो भित्रभित्र नै जल्थिन् उनी
    प्रकृतिले दिन्छ उपभोग मात्र गर्न जान्नुपर्ने
    दुखेको बेला शब्दका रचना मलम दल्थिन् उनी
    खुसीमा गुराँस, चम्पा, चमेली फूल फल्थिन् उनी ।

    सविता के.सी.

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on सविता के.सी.का २० उत्कृष्ट पञ्चाङ्गहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ६० सम्पन्न

  • २ श्रावण २०७९, सोमबार १९:४४ मा प्रकाशित
  • काठमाडौ, ३२ असार । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    social media

    तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    साप्ताहिक तस्बिरमा उदक अभ्यास शृङ्खला – ६०

    [१]
    कष्टकर
    सामाजिक जीवन
    दयनीय प्राकृतिक अवस्था !
    ✍️
    गुणनिधि घिमिरे
    अमेरिका

    [२]
    पुल
    नहुँदाको पिडा
    छाती भयो चिरा !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [३]
    अश्रुपात
    अदृश्य आर्तनाद
    पीडामा मुस्कुराउने जीवन !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [४]
    यात्रा
    कठिन बन्यो
    नदिमा पुल नहुँदा !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [५]
    डोल्पा
    भाषणमा विकास
    कस्ले दिन्छ निकास ?
    ✍️
    रमा पन्त
    पाल्पा

    [६]
    चाहाना
    हुँदैछ पूरा
    रहन्न केही अधुरा !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा हाल मलेसिया

    [७]
    नेपाल
    पहाडी मुलुक
    विकास नारा कुरूप !
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [८]
    संरक्षकत्व
    कष्टकर पार
    एम्बुलेन्सको गति हतार !
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [९]
    आवश्यकता
    अदूरदर्शिताको परिणाम
    तुइनमा झुण्डेको फर्सी !
    ✍️
    कण्ठराज गिरी
    टीकापुर कैलाली हाल अष्ट्रेलिया केनबेरा।

    [१०]
    भूगोल
    यस्तै परिवेश
    सङ्कटमा परेको देश !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलालि

    [११]
    उद्धार
    पहिले आफ्नो
    अनि बल्ल अरूको !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [१२]
    एम्बुलेन्स
    हवाई उडान
    देश समृद्धिको बाटोमा !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [१३]
    पुल
    शासकको पेटमा
    मोटर आकास मार्ग !
    ✍️
    बालकृष्ण खानाल
    टीकापुर कैलालि

    [१४]
    कौवा
    विकासका नारा
    सिनो खोज्ने पारा !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [१५]
    विकास
    नहुँदा विवेक
    बच्ने उपाय अनेक ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [१६]
    हद
    झल्काउने तस्बिर
    सरकारी उदासिनता उपेक्षा ।
    ✍️
    राम बहादुर चौधरी
    कैलाली।

    [१७]
    उत्साह
    कष्टकर जनजीवन
    धरापमा सुविधाको प्रयास !
    ✍️
    बिबस पारदर्शी

    [१८]
    नेपाल
    समृद्धिकाे नारा
    हेर बिजाेग सारा !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [१९]
    यातायात
    सुविधाको अभाव
    सामान ढुवानीमा कठिनाइ !
    ✍️
    सुशीला पौडेल

    [२०]
    दुर्दशा
    वास्तविकता झल्काउने
    नेताहरू तालु टल्काउने !
    ✍️
    इश्वरी आधिकारी
    लमजुङ

    [२१]
    एम्बुलेन्स
    बिरामीको सहयात्री
    आफैँ तुईनकाे भरमा !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [२२]
    बिनाकाम
    मन्त्री निष्काम
    कहिले जाला घाम !
    ✍️
    नारायणप्रसाद निरौला

    [२३]
    विकास
    एक्काइसौँ शताब्दी
    एम्बुलेन्स अझै तुइनमा !
    ✍️
    गोपाल पौडेल

    [२४]
    सकस
    जीवन भरसक
    ठाउँ ठाउँमा फरक !
    ✍️
    अबोध निर्मल
    कैलाली

    [२५]
    अप्ठ्यारो
    पहाडी बाटो
    गाडी कुद्न समस्या !
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [२६]
    विकराल
    जनताको बेहाल
    नेतालाई बजेट मालामाल !
    ✍️
    कल्पना पहाडी
    सिन्धुली

    [२७]
    एम्बुलेन्स
    बिरामी बोक्ने
    आफैँ झुन्डियो आज !
    ✍️
    चक्र

    [२८]
    डोल्पा
    भौगोलिक विकटता
    राज्यको चरम उपेक्षा !
    ✍️
    देबकी के.सी.
    दक्षिणकाली,काठमाडौं

    [२९]
    विकास
    नेताको आँगनमा
    जनताको तड्पाइ खोलानालामा !
    ✍️
    नारायण कोइराला
    तानसेन पाल्पा

    [३०]
    आश्चर्य
    अनौँठो दृश्य
    लाग्दैछ किन अप्रिय !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [३१]
    जीवन
    कष्टकर जीउन
    अनेक तरहका उपाय !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [३२]
    बुझाई
    पीडामा बाँचेका
    डोल्पालीको मर्म दर्दनाक !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु

    [३३]
    डोल्पालिमा
    खुशी छाउँला
    भेरी तार्दै एम्बुलेन्स ।
    ✍️
    धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [३४]
    तुइन
    विकासकाे नमुना
    तुइन विस्थापितकाे गफ !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर

    [३५]
    भूगोल
    गर्दै उकालीओराली
    अनियन्त्रित जीवन खेल !
    ✍️
    कमला देवकोटा , पाल्पा

    [३६]
    जीवन
    राखेर धारमा
    गर्नुपर्ने कष्टकर यात्रा !
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [३७]
    जीवन
    उतार चढाव
    यात्रा हो यात्रा ।
    ✍️
    सागर कुस्मी,
    कैलाली

    [३८]
    साधन
    साध्य नभएको
    आफैँ साधनको साहारामा !
    ✍️
    चक्र आलेमगर (लाफा)
    केलाली बौनिया

    [३९]
    चीत्कार
    सहनै कठिन
    जिउँदो छ एम्बुलेन्स ।
    ✍️
    गोपेन्द्र रिजाल
    पाँचथर ।

    [४०]
    भेरी
    नउर्ल तिमी
    जाँदैछु दुर्गम बस्तीमा !
    ✍️
    मंगला

    [४१]
    यातायात
    भाैगाेलिक कठिनाइ
    विकटको मर्म दर्दनाक !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [४२]
    विकास
    जनताकाे आस
    नहुने भुमरीमा निकास !
    ✍️
    दुर्गा तामाङ
    संखुवासभा

    [४३]
    दूरदृष्टि
    कठिनाई सङ्घर्ष
    आवश्यकता एम्बुलेन्स सर्वत्र !
    ✍️
    जमुना कायस्थ
    पोखरा

    [४४]
    सङ्कट
    ठाउँ विकट
    अपेक्षा विकास निकट !
    ✍️
    शिव खनाल जीवम
    रुपन्देही

    [४५]
    झुन्डिएर
    तर्ने गाडी
    विकास गर्ने गफाडी।
    ✍️
    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही

    [४६]
    देखियो
    यात्रा पहाडको
    राजस्वको चरम दुरुपयोग !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [४७]
    यातायात
    विकासको पुर्वाधार
    कठिनाइ समस्याका खात !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [४८]
    विडम्बना
    कथा मार्मिक
    छैन विकास सम्भावना !
    ✍️
    शारदा आचार्य
    लालितपुर !

    [४९]
    विकट
    बाटोको असुविधा
    डोल्पाको कष्टकर जीवन !
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [५०]
    नेपाल
    सानो देश
    सुदुरमा खै देश ?
    ✍️
    पशपती राई
    खोटाङ

    [५१]
    एम्बुलेन्स
    हेर्दैछु चित्रमा
    कठै विकट बस्तीमा !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    [५२]
    रहर
    जीवनकाे बाध्यता
    परिस्थिति दुर्गम निराशा !
    ✍️
    सबिन नेपाल
    झापा

    [५३]
    एम्बुलेन्स
    नदिको किनारा
    कठिन परिस्थितिको सामना !
    ✍️
    रिता खराल
    रुपन्देही

    [५४]
    तुइन
    पुलको अभावमा
    नदी माथिको जीवन !
    ✍️
    सरस्वती

    [५५]
    आस
    देश विकास
    निराश कोही विलास !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५६]
    विकटता
    पुलको अभाव
    नेता मन्त्री मालामाल !
    ✍️
    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [५७]
    नारा
    कागतमा सिमित
    दुर्दशा नेत्रहीन सरकारको !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [५८]
    गिज्याएर
    सम्वृद्धिको उपहास
    नाक खुम्चिएर दुर्दशा !
    ✍️
    प्रेम

    [५९]
    सपना
    धोका घात
    पापीहरूकाे भिड जमात !
    ✍️
    राेशन पराजुली
    धरान।

    [६०]
    एम्बुलेन्स
    बिरामीकाे सहारा
    हुँदैछ भेरीकाे आहारा !
    ✍️
    केशव
    गाेरखा

    [६१]
    जीवन
    आशाको दीप
    बाँच्ने रहरमा एम्बुलेन्स !
    ✍️
    सविता के.सी.
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ६० सम्पन्न

    प्रादेशिक आयुर्वेद चिकित्सालय परिसरमा वृक्षारोपण कार्यक्रम

  • ३२ असार २०७९, शनिबार ०७:५५ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरी दाङमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । चिकित्सालयको आफ्नै परिसरमा दालचीनी, रुद्राक्ष, श्रीखण्ड, रक्तचन्दन, आँप लगायत विभिन्न प्रजातिका फलफूल तथा जडिबुटीका बिरुवा रोपिएको थियो । अस्पताल परिसरमा रहेकोे खाली जमिनको सदुपयोग गर्न वृक्षारोपण गरिएको चिकित्सालयका निमित्त प्रमुख डा.सन्तोष कुमार ठाकुरले बताउनुभयो ।

    उक्त वृक्षारोपण कार्यक्रममा जि.प्र.का.दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, अस्पताल विकास समिति अध्यक्ष कृष्ण बहादुर बस्नेत, चिकित्सालय प्रमुख डा.सन्तोष कुमार ठाकुर, पञ्चकर्म विज्ञ डा. योगेश प्रसाद वैद्य लगायत चिकित्सालयका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेकोे थियो ।

    वृक्षारोपण कार्यक्रमका केही झलकहरू

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on प्रादेशिक आयुर्वेद चिकित्सालय परिसरमा वृक्षारोपण कार्यक्रम

    भानु जयन्ती तथा गुरुपूर्णिमा विशेष पञ्चाङ्ग चित्रपट शृङ्खला सम्पन्न

  • ३१ असार २०७९, शुक्रबार ०७:३९ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    ========

    पञ्चाङ्ग चित्रपट भाग:-१
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०२
    मिति: २०७९/०३/२९

    प्रशिक्षक :
    ————
    सुशीला पौडेल

    (भानु जयन्ती र गुरु पुर्णिामा विशेष)

    चित्र संकलक साथै शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल

    समायोजन
    ————-
    दुर्गा रिजाल आचार्य

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार 🙏
             यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने  गुरु पुर्णिामा विशेष एक र भानु  जयन्ती विशेष एक मात्र चित्रपट पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं  ।
           नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा  नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौ।(आज विशेष दिन भएकोले भोलिको चित्रपट आज राखिएको छ)

    पञ्चाङ्ग चित्रपट

    चित्रपट पञ्चाङ्ग   ०१
    भानुभक्त  बिद्वान भएर  बुझेनन् घासिका कुरा लाई
    सोंचि बिचारी गरिकन निभाए काम त्यो अधुरा लाई
    लेखे  कबिता  उल्थागरे  रामायण  देशै भरि पुर्याए
    अाफ्नो काव्य  रचनाको पहुँचले ढालिदिए सुरा लाई
    अाज  गुरु  पुर्णीमाको  शुभकामना  गर्दछु  पूरा लाई

    मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा

    चित्रपट पञ्चाङ्ग  ०२
    दुनियाँका मन भित्र आजसम्म बाँचेका छौ
    रामायण ग्रन्थ कृति घरैपिच्छे टाँसेका छौ
    छन्दबद्ध जनजिभ्रो सबैले नै रुचाउने
    संसारमा आफनो माया युगौंयुग साँचेका छौ
    शुभकामना छ भानु संसारमै हाँसेका छौ ॥

    गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
    उर्लाबारी मोरङ हाल अमेरिका

    चित्रपट पञ्चाङ्ग   ०३
    राजा पनि गुरुको पाउ पर्न जान्नु पर्छ
    गुरुले भनेको साच्चै  सदैव मान्नु पर्छ
    शिक्षादीक्षा दिने गुरु बाहेक छैन कोहि
    असल गुरुलाई  आफैले नै छान्नु पर्छ
    गुरुलाई   शिष्यको हृदयले तान्नु पर्छ।

    सोमनाथ लुइटेल

    चित्रपट पञ्चाङ्ग   ०४
    गुरुले आशिष दिएर जानु भो
    दुःखेको हृदय सिएर जानु भो
    गुरु पूर्णिमाको शुभकामना छ
    मेरो अज्ञानता लिएर जानु भो
    गुरूवर पानी पिएर जानु भो।
    ०२
    साहित्यमा कलम चलाए भानुभक्तले
    नेपाली भाषालाई बनाए भानुभक्तले
    उहाँको सम्झना शुभकामना व्यक्त
    गर्दै
    रामायण लेखेर कमाए भानुभक्तले
    छन्दलाई परिचय गराए भानुभक्तले।

    सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   ०५ (भानुजयन्ती विशेष)
    ज्ञानका कुरा सिकाएर गए भानुभक्तले
    साहित्यलाई चिनाएर गए भानुभक्तले
    भानु जयन्तीको शुभकामना छ सबैलाई
    नेपाली भाषा मिलाएर गए भानुभक्तले
    आफूलाई नै जिताएर गए भानुभक्तले।

    ह्यारिश ह्यारिशन

    चित्रपट पञ्चाङ्ग   ०६
    १
    आखिरीमा माम ठुलो ।
    भानु तिम्रो नाम ठुलो ।
    घाँसी जस्तै सोच राखी,
    गरेपछि काम ठुलो ।
    बुझेपछि राम ठुलो ।
    २
    शब्द कला भर्न सिकौँ ।
    माटो माझ मर्न सिकौँ ।
    कला भाषा संरक्षण,
    भानुले झैँ गर्न सिकौँ ।
    सुवास त्यो छर्न सिकौँ ।

    – आर्त अकुलीन, कैलाली

    चित्रपट पञ्चाङ्ग   ०७
    १.
    गनेपाली भाषामा रामकाे कथा चलाए भानुभक्तले
    नेपाली रामायण लेख्ने कुरा बताए भानुभक्तले
    आज भानुभक्त रामायण प्रचलित भएकाे यहाँ
    हिन्दी रामायणकाे प्रचलन हटाए भानुभक्तले
    सबै नेपाली नै भाषामा लेख्न लगाए भानुभक्तले
    २.
    आँखा उघार्ने अक्षर बताउने गुरु न‌ै हुन्
    र मान्छेलाई विद्वान बनाउने गुरु नै हुन्
    गुरु बिना विद्याकाे कल्पना पनि कहाँ हाेला
    विद्या दिंदै अन्धकार हटाउने गुरु नै हुन्
    बच्चाकाे हातले लेख्न लगाउने गुरु नै हुन्

                             नवराज भट्ट
                         महेन्द्रनगर, कञ्चनपुर

    चित्रपट पञ्चाङ्ग    ०८
    १
    पूजा गर्न अघि अघि  सरौँ है गुरुको
    सधैभरि भर हामी परौँ है गुरुको
    गुरुलाई माता पिता समान मानेर
      आशा र भरोसा पनि गरौँ है गुरुको
    सेवामा लाग्दा लाग्दै नै मरौँ है गुरुको ।
    २
    भाषामा सीप चलाए भानुले
    अक्षरको खेती फलाए  भानुले
    साहित्यलाई फैलाएर सजिलै
    उज्यालो ज्योति बलाए भानुले
    अज्ञानता नै ढलाए भानुले।

    सुशीला ढकाल अधिकारी

    चित्रपट पञ्चाङ्ग    ०९
    साहित्यका  धरोहर  राम्रा  पात्र  भानु
    नेपाली भाषाका ज्ञाता हाम्रा पात्र भानु
    विश्वमा नेपाली लिपि चिनु  श्री  गणेश
    सहजकर्ता  जनका  ताम्रा  पात्र  भानु
    डोको बुन्न साथ दिने काम्रा पात्र भानु ।।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    चित्रपट पञ्चाङ्ग   १०
    संस्कृतिमा शिक्षा दीक्षा लिई ज्ञानी भयाै
    घाँसीबाट राम्रो अर्ती पिई ज्ञानी भयाै
    चुँदी रम्घा तनहुँमा जन्मी आयाै भानु
    रामायण उपहार दिई ज्ञानी भयाै
    आदिकवि भन्ने पद सिई ज्ञानी भयाै

    ताेयानाथ सुवेदी
    काँडाघारी,काठमाडौं

    चित्रपट पञ्चाङ्ग   ११
    १
    गुरुको चरण पर्छु म।
    उहाँकै भर नै गर्छु म।
    गुरु बिना हुँदैन केही,
    गुरुको शिक्षा हर्छु म।
    ज्ञानको समुन्द्र तर्छु म।
    २
    ज्ञानका खानी भानुभक्त।
    आँखाको नानी भानुभक्त।
    साहित्य विकास गर्न
    लाग्ने ज्ञानी भानुभक्त।
    सबैको मानी भानुभक्त।

    अनुप आचार्य

    चित्रपट पञ्चाङ्ग   १२
    १
    भानु तिम्रो जन्म रम्घा गाउँमा
    रामायण चिन्ने उनकै नाउँमा
    घाँसीबाट अर्ती पाई तिमीले
    रामायण उल्था भो यो ठाउँमा
    अर्ती  उनलाई पार्यो पाउँमा।
    २
    गुरु माता हुन
    गुरु ज्ञाता हून
    सबैले मान गरौँ
    गुरु दाता हुन
    गुरु खाता हुन ।

    सुमित्रा पोखरेल काठमाडौं

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on भानु जयन्ती तथा गुरुपूर्णिमा विशेष पञ्चाङ्ग चित्रपट शृङ्खला सम्पन्न

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • ३० असार २०७९, बिहीबार २३:२८ मा प्रकाशित
  • १.
    तुलसी
    धर्म संस्कार
    भित्र रहेको अक्सिजन !

    २.
    पर्व
    मनाउने चलन
    परम्पराले दिएको ज्ञान !

    ३.
    चेतना
    महसुसको कमी
    आधुनिक जमनाको खाका !

    ४.
    समाज
    घरका सदस्य
    बदलिनु आवस्यक खाँचो !

    ५.
    विकृति
    विवेक हीन
    आधुनिकताले जन्माएको प्राणी !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P