
१
समय
साउने भेल
हाँसो आँसुको खेल !
२
जिन्दगी
बगेको गण्डकी
सधैँ जिम्मेवारीमा बन्दकी !
३
जीवन
दु:खको लगन
सम्झँदा रसाउँछ नयन !
४
मन
रहरको भण्डार
आँसु बगेर सागर !
५
सपना
आशाको त्यान्द्रो
कल्पनामा बुनिन्छ मान्द्रो !
६
विवाह
दुई दम्पती
नमिल्दा सन्तानको विपत्ति !
७
सम्पत्ति
हुने खानेको
छैन हुँदा खानेको !
- सरस्वती श्रेष्ठ, रुपन्देही

