झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न

  • २२ आश्विन २०८१, मंगलवार २१:२९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    [१]
    १)
    बुझेर समयको माग
    मनाऔँ चाड बडादसैँ
    त्यागी आपसी रिसराग !
    २)
    देखासिकी, दबाबमा परेर
    फजुल खर्च नगरौँ
    अनावश्यक रिनधन गरेर !
    ✍️
    वसन्त अनुभव

    [२]
    १)
    खुसीले भरियोस् भावना
    सबैमा छाइरहोस् यस्तै
    बडादशैँको हार्दिक शुभकामना ।
    २)
    दुर्गाको पूजा गरेर
    खुसीयाली भई मनाऔँ
    जीवनमा रङ्ग भरेर ।
    ✍️ अर्जुन प्रसाद चौलागाईँ

    [३]
    १)
    बडादसैँको दिन्छु शुभकामना 
    दुर्गामाताले रक्षा गरून्
    गरौँ खुसीले सामना ।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ

    [४]
    उच्च रहोस् भावना
    मेलमिलाप सद्भाव सहित
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।

    [५]
    कसैलाई काँडा नबिजोस्
    दसैँमा सबै रमाउँ 
    आँखा आँसुले नभिजोस् !
    ✍️
    सविता भट्टराई, जनकपुरधाम

    [६]
    उत्साहित रहोस् भावना
    भवानीले कल्याण गरुन्
    बडादशैँको हार्दिक शुभकामना !
    ✍️ बाबुराम गौतम, गुल्मी

    [७]
    १)
    अनुहारमा खुसीको चाहना 
    बडादसैँको उजागर गर्दै 
    हार्दिक मङ्गलमय शुभकामना !
    २)
    चाडपर्व आयो आँगनमा 
    सयपत्रीको  हार  बोकेर 
    खुसी  ल्यायो  जीवनमा !
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [८]
    जमरा टिका थापौँ
    बडादसैँको हार्दिक शुभकामना
    हर्ष उल्लास छापौँ ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    [९]
    शुभकामना छ बडादसैँको 
    छाओस् हर्ष उमङ्ग
    पुगोस् चाहना सबैको !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ

    [१०]
    १)
    दशा नबनोस् यसपालि
    रक्षा गरे दसैँमा
    हे मङ्गला काली !
    २)
    जनताको बिजोग कस्तो
    हरायो बडादसैँको रौनक
    मसानघाटको सुनसान जस्तो ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    [११]
    १)
    सबैकोलागि सुखमय रहोस्
    विजयादशमीको हार्दिक शुभकामना
    दसैँ दशा नबनोस् !
    २)
    जताततै दुर्घटना सुनिन्छ
    जनताहरूको भयो बिचल्ली 
    दसैँमा आँसु पुछिन्छ ।
    ✍️
    सुनगाभा पोखरेल
    हाल: नेपालगन्ज

    [१२]
    निधारमा टिका रातो
    दसैँमा आशिष सबैको
    रहोस् अजम्बरी नातो ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    [१३]
    स्वच्छ रहोस् भावना
    मनका चाहाना पुगुन्
    विजयदशमीको हार्दिक शुभकामना !
    ✍️
    बिष्णु पङ्गेनी पाण्डे 

    [१४]
    एकप्रकारको ठूलो चाडपर्व
    रमाइलो भेटघाट भएमा
    यसैमा मानौँ गर्व ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    [१५]
    १)
    विडम्बना बाढीको सामना
    दुर्गा भवानीको आशिर्वाद 
    मिलोस् सबैको चाहना !
    २)
    खुसी हुनु जरुरी 
    चाडपर्वमा आफन्तसँग भेट 
    मेटिन्छ भएको दूरी ।
    ✍️
    पृथक प्रकृति, झापा

    [१६]
    १)
    दसैँ तिहार गाैरव
    खुसीमै बितुन् पर्वहरू
    भागुन् जीवनका काैरव !
    २)
    सकाैँ गर्न सामना
    गलत चिन्तन बढार्ने
    बडादसैंकाे मङ्गलमय शुभकामना !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान

    [१७] 
    पुगोस् सबैको चाहना 
    रोकिएका काम बनुन्
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    गंगाराम यादव 
    औरावनी सुनसरी

    [१८]
    नहोस् अशान्तिको सामना
    सहजै पुग्नू लक्ष्यमा
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा

    [१९]
    १)
    उत्साह र उमङ्ग
    धेरै छ मनमा
    यो दसैँको रङ्ग ।
    २)
    बढोस् सबैमा सद्भावना
    नवदुर्गाले कल्याण गरून्
    सम्पूर्णमा बडादसैँको शुभकामना !
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ

    [२०]
    मनाऔँ स्तर हेरेर
    तडकभडक ज्यादा देखाउँदा
    बस्लान् साहुले घेरेर !
    ✍️
    सरिता सेढाई धादिङ

    [२१]
    १)
    दसैँमा रमाउने चाहना
    लिई आशिर्वाद मान्यजनबाट
    आशिष र शुभभावना !
    २)
    आयो दसैँ पर्व
    दु:ख पिर बिर्सी
    मानौँ सबैले गर्व !
     ✍️
    मन थापा 
    पोखरा २१ बक्रेक

    [२२]
    १)
    बाढीले बगाउँदा घर
    यसपालीको दसैँ मनाउने
    मरिसक्याे सबै रहर ।
    ✍️
    सानु जाेशी
    सुदुर पश्चिम दार्चुला

    [२३]
    नहोस् खराब भावना 
    सकारात्मक सोच होस् 
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️
    दीपा समभाव 
    दुबेकोल कोटाङ्ग

    [२४]
    १)
    बनाऔँ शुद्ध भावना
    बडादसैँ सुखद् बनाेस्
    यही छ शुभकामना !
    २)
    शान्ति छाओस् मनमा
    दसैँ दशा नहाेस्
    कान्ति छाओस् तनमा !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [२५]
    रहिरहनुपर्छ सकारात्मक भावना
    आपतविपतमा नहुनू विचलित 
    बडादसैँको मङ्गलमय शुभकामना !
    ✍️ 
    कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे

    [२६]
    १)
    सुखशान्ति खुसीको चाहना
    फलोस् फूलोस् जीवनभरि
    बडादसैँको मङ्गलमय शुभकामना !
    २)
    निधारमा टीका जमरा
    दुर्गा माताको आशिषले
    जीवन बनोस् हराभरा !
    ✍️
    कृष्ण बजगाई, भक्तपुर

    [२७]
    १)
    नेपालीमा उमङ्ग छाओस्
    आशिष आपासमा साटेर
    रम्न समृद्धि आओस् !
    २)
    गच्छेले चाडबाड मनाऔँ
    देखासिकी गरेर होइन 
    सभ्य सुसंस्कृत बनाऔँ !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला

    [२८]
    १)
    होस् सकारात्मक भावना
    नवदुर्गाले रक्षा गरुन्
    बडादसैँको सबैमा शुभकामना !
    २)
    विपत्ति नपरोस् देशमा
    सबै हाँसीखुसी रहुन्
    नेपाली आफ्नै भेषमा !
    ✍️
    बेदु न्यौपाने

    [२९]
    मिलन गराउने चाडपर्व 
    परिवार एउटै आँगनमा
    संस्कृतिमा गरौँ गर्व !
    ✍️
    कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी

    [३०]
    १)
    विजयादशमीको पावन अवसरमा
    दुर्गाभगवतीले बास गरून्
    सबै मानिसको घरघरमा !
    २)
    रङ्ग र रसैमा
    नराम्रो सुन्न नपरोस्
    यो साल दसैँमा !
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ

    [३१]
    १)
    शान्ति वैभव आओस्
    बडादसैँको मङ्गलमय शुभकामना
    भवानीको आशीर्वाद लागोस् !
    २) 
    लागोस् देवीमा भक्ति
    टीका जमरा लगाई
    मिलोस् सृजनशील शक्ति !
    ✍️
    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी १ सुनसरी ।

    [३२]
    १)
    सुखशान्ति सर्वत्र छाओस्
    कामना छ बडादसैँ
    खुसी बाेकेर आओस् !
    २)
    विकृति नभित्र्याऊँ कसैले
    संस्कार, संस्कृति जाेगाउँदै
    सद्भाव बाडाैँ सबैले !
    ✍️
    सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा

    [३३]
    १)
    फेरि दसैँ आयो 
    उत्साह र उमङ्गसँगै
    जनजनमा खुसी छायो ।
    २)
    गरिबलाई हुन्छ पीर
    चाडबाड आएको बेला
    अवश्य हुन्छ फिकिर ।
    ✍️
    बिरेन्द्र कुमार चौधरी 
    इटहरी सुनसरी

    [३४]
    १)
    लिएर शुद्ध भावना
    माता दुर्गाको आशिर्वाद
    बडादसैँ पर्वको शुभकामना !
    २)
    बडादसैँ आइपुग्यो आँगन
    हाँसीखुसी उमङ्ग लिई
    चोखो सद्भाव राखन ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ

    [३५]
    स्वच्छ रहोस् भावना 
    दुख कसैमा नपरोस् 
    सबैमा छ शुभकामना !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [३६]
    आयो महान् चाडपर्व
    एकसाथ मिलेर मनाऔँ
    गर्दै देशको गर्व !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न . पा. ६ संखुवासभा

    [३७]
    खुसीको पल आउन् 
    सबैका घरमा दसैँमा 
    हर्षका किरण छाउन् !
    ✍️
    अन्मोल मुस्कान 
    तकदाह छाउनी, दार्जिलिङ

    [३८]
    जागाेस् सबैमा सचेतना
    नपराेस् लोकमा विपत
    बडादसैँकाे हार्दिक शुभकामना !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार ।

    [३९]
    उत्साहको लहर आओस्
    बडादसैँ मनाऔँ यसपाली
    समृद्धि सबैमा छाओस् !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    [४०]
    १)
    लगाउनू साइतमा टिका
    खल्लो नहोस् दसैँ
    नझरोस् आँसुको ढिका !
    २)
    शत्रु बैरी नलागुन्
    अग्रजको आशिर्वादले सबै
    कोसौँ टाढा भागुन् !

    काजल न्यौपाने, भोजपुर।

    [४१]
    समृद्धि, प्रगतिको कामना 
    परिवारमा खुसी छाओस्
    दसैँको मङ्गलमय शुभकामना !
    ✍️
    रुना कर्माचार्य दाहाल 
    चितवन

    [४२]
    १)
    टिका जमरा लगाएर
    पिङ खेल्न जानुपर्छ
    दुःख पीडा भगाएर !
    २)
    नेपालीको महान पर्व
    मनाउनु पर्छ मिलीजुली
    लिएर सधैँ गर्व ।
    ✍️
    कला ढकाल झापा

    [४३] 
    १)
    आउँछ प्रत्येक वर्ष 
    घुम्दै विजयादशमी यहाँ 
    ल्याएर उमङ्ग हर्ष !
    ✍️
    बाबुराम पाण्डे 
    अर्घाखाँची

    [४४]
    उच्च रहोस् भावना
    शुभ होस् बडादसैँको
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर

    [४५]
    १)
    देवीको पूजा आराधना 
    शुभ मङगल होस् 
    सबैमा दसैँको शुभकामना !
    २)
    पशुपंक्षीको रातो रगतमा 
    नाम लिएर धर्मको 
    पाप गर्छन् जगतमा । 
    ✍️
    शान्ता पौडेल भट्टराई 
    टङ्कीसिनवारी, मोरङ

    [४६]
    १)
    हर्ष उल्लास छायो
    हरेक नेपालीको आँगनमा
    राष्टिय पर्व आयो ।
    २)
    पीडा भुलेर खुसीमा
    मन आनन्द बनाऔं
    मुस्कान भरी झुसीमा !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    [४७]
    आइरहाेस् उदारताकाे भावना 
    सम्पूर्ण नेपालीमा बडादसैँकाे
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [४८]
    १)
    दसैँमा टीका लगाउँ
    देवीको पूजा गरेर
    दुःखकष्ट सबै भगाउँ ।
    २)
    दसैँमा घरको रहर
    आशिर्वाद थाप्न जाने
    खतरा गाउँ सहर !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    [४९] 
    नराख्नू नराम्रो भावना 
    एकासीमा फुलोस् फलोस्
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    ललिता देउवा

    [५०]
    १)
    सबैको पुगोस् मनोकामना
    धनी या गरिबलाई
    यही बडादसैँको शुभकामना ।
    २)
    स-साना कुरामा रमाउँ
    देखासिकी गर्नु हुन्न
    खुसीले दसैँ मनाउँ ।
    ✍️
    धनमाया चौधरी, कैलाली

    [५१] 
    १)
    नलागोस् ऋण कसैलाई 
    फजुल खर्चलाई घटाएर
    उत्सव बनाऔँ दसैँलाई ।
    २)
    सद्भाव हाम्रो चाहना 
    खुसीयाली सबैमा ल्याएर 
    पूर्ण होओस् कामना !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    [५२]
    दसैँको पर्व आयाे
    पिरव्यथा सबै भुलेर
    सर्वत्र खुसी छायो ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत

    [५३] 
    दसैँमा जमरा टीका 
    शिरमा ठूलाबडाको हात 
    नहोस् आर्शिवाद फिका !
    ✍️
    साहित्य प्रेमी 
    सुशील धनगढी

    [५४]
    गरौँ विपत्तिको सामना
    टरेर जाओस् दशाहरू
    बडादसैँको हार्दिक शुभकामना !
    ✍️
    पुष्पा राई
    बादेल, खाेटाङ

    [५५] 
    रमाइलो चाडपर्व आयो
    टिका, जमरा लगाउँदै 
    मनमा उमङ्ग छायो । 
    ✍️ 
    धनुष न्यौपाने 
    जुम्ला।

    [५६]
    हासेर दसैँ मनाउँ
    आशिष लिन हामीले
    ठूलाको घरमा जाउँ ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    [५७] 
    १)
    चाडपर्व संस्कृति हाम्रो 
    फजुल खर्च नगरी
    दसैँ मनाऔँ राम्रो !
    २)
    दसैँ बनोस् खास
    दसैँको सबैलाई शुभकामना 
    नहाेस् कसैको उठिबास !
    ✍️
    राज कुमार राजभण्डारी खोटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [५८]
    खुसीको दिन आयो
    मनभरी आनन्द छ
    दशैँको रमझम छायो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    [५९] 
    शुभकामना छ दसैँकाे
    सङ्कटभित्र हाँस्न सिकेर
    नसाेचाैँ दुर्भाव कसैकाे ।
    ✍️
    शम्भु गजुरेल, सिन्धुली

    [६०]
    सबैलाई दसैँकाे शुभकामना
    नेपालीकाे महान् चाड
    पूरा हाेउन् चाहना !
    ✍️
    नवराज भट्ट, कञ्चनपुर

    [६१] 
    दसैँ आयो भन्छन् 
    भत्किएको घर लिपेर 
    आशा मनमा गन्छन् ।
    ✍️
    विकास क्षेत्री अञ्जान 
    कैँजले, बिजनबारी दार्जिलिङ

    [६२]
    हामी सबको चाहना
    सुखशान्ति अनि समृद्धि
    विजयादशमीको हार्दिक शुभकामना !
    ✍️
    देवकृष्ण काफ्ले

    [६३] 
    बडादसैँमा भयो बबन्डर 
    आँखाहरू रसाउन छोडेनन्
    बाढीले दिएपछि हन्डर ।
    ✍️
    घनश्याम पन्त 

    [६४]
    हामी सबैको चाहाना
    दसैँमा पूरा होस्
    नहोस् कुनै बाहाना !
    ✍️
    नागेन्द्रप्रसाद यादव

    [६५] 
    हार्दिक शुभकामना  बडादसैँको
    मनमा हर्षोल्लास रहोस्
    शत्रु नाशिउन् सबैको ।
    ✍️
    मनोहरी पौडेल

    [६६]
    दर्शन गरेँ भवानी
    दसैँको हार्दिक शुभकामना
    रमाउँदै बितोस् जिन्दगानी !
    ✍️
    भगवती दवाडी, दमक, झापा

    [६७] 
    १)
     दसैँ खुसीको पर्व 
     मान्यजनको आशीर्वाद लिई
    गर्नुपर्छ हामीले गर्व ।
    २)
    हुनेछ सत्यको विजय 
    दुर्गा भवानीको कृपाले 
    शत्रुमा जागोस् भय ।
    ✍️
    जयनारायण नेपाल 
    इलाम 
    हाल सूर्यविनायक २ बालकोट,भक्तपुर 

    [६८]
    मनको दसैँले छोएको
    हँसिलो मुहार देखाई
    शुभकामना दिँदै रोएको ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [६९] 
    १)
    दसैँ विशेष चाडपर्व 
    परिवारका सदस्य एकैठाउँमा
    हिन्दु हुनुमा गर्व ।
    २)
    विजयादशमीकाे हार्दिक शुभकामना 
    मनभित्रकाे कलमस पखाली
    शुद्ध बनाउनू भावना ।
    ३)
    असत्यमाथि सत्यकाे जित
    दसैँकाे हार्दिक शुभकामना 
    हाेस् सबैकाे हित ।
    ✍️
    प्रद्युम्न चालिसे 

    [७०]
    उच्च रहोस् भावना
    हटेर जाउन् सङ्कटहरू
    बडादसैँको सबैमा शुभकामना !
    ✍️
    दुर्गा भट्टराई
    माेरङ

    [७१] 
    बडादसैँको रौनक छायो
    खुसीको अनुपम अवसर
    नानीबाबुमा खुसी ल्यायो ।
    ✍️
    कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ

    [७२]
    सबैतिर दसैँ आयो
    रमाइलो पर्व हजुर
    मनमा खुसी छायो ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ

    [७३] 
    दसैँ शुभ बनाेस्
    राम्रोसँग मनाएकाे देखेर 
    सबैले राम्रो भनाेस् !
     ✍️
    रबि पाैडेल
    जैमिनी ७ ,बाग्लुङ

    [७४]
    भित्रिएसँगै घरमा चाडपर्व
    दुखसुख हुँदा पनि
    दसैँ हाम्रो गर्व ।
    ✍️
    सन्तु खत्री

    [७५] 
    दसैँमा संस्कृति झल्कियाेस्
    विकृतिहरू पन्छाएर सबै
    सुकृतिकाे राैनक छरियाेस् !
    ✍️ 
    ताराप्रसाद चापागाईँ

    [७६]
    १)
    आयो दसैँको भावना
    हिमाल तराई पहाड
    सबैमा मेरो शुभकामना !
    २)
    घरघरमा चाडपर्व छायो
    देशमा विपत्ति हुँदाहुँदै
    छपक्कै दसैँ आयो ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [७७]  
    १)
    नगरी कुरा चर्का
    एकले अर्कोको बुझ्नुपर्छ 
    समस्या अनि पिरमर्का ।
    २
    सबैलाई रमाइलोको चाहना 
    अर्काको सिको नगरौँ
    बडादसैँको सबैलाई शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली

    [७८]
    १)
    मनभरिका तिर्सना मेटेर
    हर्षोल्लासका साथ मनाऔँ
    दसैँ परिवार भेटेर ।
    २)
    बढदै जाओस् शान
    यो दसैँमा सबैका
    दाहिना हुन् भगमान ।
    ✍️
    लक्ष्मण देउवा डोटी

    [७९] 
    दिदीबहिनी एवम् दाजुभाइ
    सम्बन्ध प्रगाढ बनोस् 
    दसैँको शुभकामना सबैलाई !
    ✍️
    सुरेशकुमार पाण्डे 

    [८०]
    सुन्दर हाेस् भावना
    दसैँ अनि तिहारकाे
    सबैमा हार्दिक शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी, बझाङ

    [८१] 
    माैलाउन् मनका भावना 
    हजुरहरू तमाम सबैलाई 
    बडादसैँकाे हार्दिक शुभकामना !
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम 
    हाल भारतबाट 

    [८२]
    १)
    दशैँ आयो भन्छन्
    सर्वत्र छ रमाइलो
    केटाकेटी दक्षिणा गन्छन् ।
    २)
    वर्ष दिनको चाड
    रमाइलो हुने भयो
    दु:ख मान्न छाड ।
    ३)
    मेरो सधैँ चाहना
    सबैको भलो होस्
    दशैँको यही शुभकामना !
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    [८३] 
    बाध्यता छ मनाउन
    नभए पनि शान्ति
    सन्तान खुसी बनाउन !
    ✍️
    मन्दिरा सेढाई 

    [८४]
    दसैँ आयो हजुर
    सबै अब रमाउनुपर्छ
    गरेर आ-आफ्नो सुर !
    ✍️
    मोहन आचार्य
    पाँचथर

    [८५] 
    आयाे दसैँ आँगनी
    आफन्त, साथीभाइसँगै रम्दैछु
    खुसीले म पनि ।
    ✍️
    भिक्षु ईश्वर 
    अछाम

    [८६]
    दसैँ आयो गाउँमा
    तर खुसी आएन
    अल्झियो बिरानो ठाउँमा !
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज =२०
    राँझा एयरपोर्ट बाँके

    [८७] 
    टुप्लुक्क दसैँ आयाे
    खानु कि लाउनु
    मलाई दाेधार बनायाे ।
    ✍️
    दीपक दाहाल 

    [८८]
    १)
    जमरा अनि टीका
    निधारमा चट्ट लगाऔँ
    दसैँ नहोस् फिका !
    २)
    हत्यामा संग्लन नहुनू
    जिउनू समता भावले
    जीवकाे हत्यामा नरुनू !
    ✍️
    जी.वि.कश्यप, घाेराही, दाङ

    [८९] 
    १)
    कसरी बसौँ हेरी
    ऋणको भारी बोकाउन
    दसैँ आयो फेरि ।
    २)
    हुँदैछ यहाँ अस्तव्यस्त 
    होसियार परमाणुको होडबाजीले
    बनाउँदैछ संसारलाई ध्वस्त ।
    ✍️
    दीप गोले तामाङ

    [९०]
    १)
    घर जानेको लर्को
    नमनाउनू कसैले पनि
    ओढेर ऋणको बर्को ।
    २)
    चर्केर आउँछ छाती
    भोका, नाङ्गा देख्दा
    दसैँ नआएकै जाती ।
    ३)
    ल्याउँछन् खसी, बोका
    यो विपत्तिमा होलान्
    कतिका बालबच्चा भोका ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन

    [९१] 
    १)
    गाउँ अनि सहर
    चहलपहल निकै बढ्याे
    दसैँकाे आयाे लहर ।
    २)
    गएका विदेश काममा
    फर्किन्छन् चाड मनाउन 
    ती आफ्नै गामठाममा ।
    ✍️
    भुपेन्द्र के.सी.

    [९२]
    १)
    दुर्गा माताको शक्तिले
    हुन्छ सबैको कल्याण
    पूजा अनि भक्तिले ।
    २)
    थाप्छौँ जमरा टीका
    लिन्छौँ मान्यजनको आशिर्वाद
    नबनोस् चाड फिका ।
    ३)
    सबैमा खुसी आओस्
    नेपालीका घर आँगनमा
    चाडको माहोल छाओस् !
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    [९३] 
    १)
    चाडपर्व दसैँ आयो
    आदिशक्ति दुर्गा देवी
    भवानीको चर्चा छायो ।
    २)
    परदेशी घर आए
    टाढिएका ती परिवारसँगै
    निर्धक्क मिल्न पाए ।
    ३)
    भुलाएर व्यथा पीर
    पिङ खेल्दै रमाउँदै
    मनलाई राखे थिर !
    ✍️
    विवश पारदर्शी 
    झापा

    [९४]
    गर्दैछौँ दु:खको सामना
    विपत्तिमा कसरी दिउँ
    म दसैँको शुभकामना ?
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा

    [९५] 
    १)
    राखेँ मेरो भावना 
    बडादसैँ सुखद् बनाेस्
    यही छ शुभकामना !
    २)
    शान्ति छाओस् मनमा
    दसैँ दशा नहाेस्
    कान्ति छाओस् तनमा !
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    ~~~~~~~~~~
    [९६]
    चाडपर्व  दसैँ  आयो
    सबै  एकजुट  भएर
    चारैतिर खुसियाली छायो ।
    ✍️
    नेत्रबहादुर श्रेष्ठ
    सिन्धुपाल्चोक -१३
    ~~~~~~~~~~

    3 thoughts on “झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न

    Leave a Reply