
झिल्का लेखन अभियानको ३२ औँ शृङ्खला (प्राथमिक उपचार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१//
—————<•>—————
१)
मानवताको जागृत गरौँ
भिडियो बनाउन होइन
घाइतेमा प्राण भरौँ !
२)
मिल्दछ यसैमा धर्म
आफ्नो बिरानो नभनी
गरेमा निस्वार्थ कर्म !
✍️
वसन्त अनुभव
घोराही, दाङ
//२//
—————<•>—————
१)
एकापसमा सहयोग गराैँ
पशुतुल्य व्यवहार हाेइन
सेवामा लागि पराैँ ।
२)
सेवा नै धर्म
यसैमा भलाे हुनेछ
राम्रो गरेमा कर्म ।
✍️
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम । हाल भारत
//३//
—————<•>—————
१)
रोएर हुन्न साथी
छोएर शिखर आँफै
जीवन पुग्छ माथि ।
२)
गालीमा ताली दिँदै
के जिउनु जिन्दगीमा
केवल बदला लिँदै ।
✍️
साहित्य प्रेमी सुशील
धनगढी
//४//
—————<•>—————
काेही बाँच्छ भने
प्राथमिक उपचार गर्नू
काेमल हृदय बने ।
✍️
ताराप्रसाद चापागाईँ
//५//
—————<•>—————
फूल रोपेर हेर
स्याहार पुगे गमलामा
जगत् जगमगाउॅंछ एकफेर ।
✍️
म्यामराज राई, भोजपुर
//६//
—————<•>—————
१)
मानवताको गरौँ व्यवहार
एकदिन मात्र नभई
सकेसम्म भइरहोस् लगातार ।
२)
एकापसमा गरौँ सहयोग
यसरी मिलेर गर्दा
हट्छ लागेको रोग।
३)
गर्दा अरूको सेवा
भगवान्ले आशिष् दिई
पाउँछ त्यसैले मेवा ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
//७//
—————<•>—————
१)
मानव भएर धर्म
गरौँ यही हो
मान्छेको सेवा कर्म ।
२)
दुखेकोमा मलम लगाऊँ
गरौँ असल कर्म
समाज सेवा जनाऊँ ।
३)
चेतनशील प्राणी मानव
समाजसेवामा लागौँ सधैँ
कहिल्यै नहुनू दानव ।
✍️
बेदु न्यौपाने
//८//
—————<•>—————
१)
जहाँ पर्छ आवश्यक
प्राथमिक उपचार गरेर
गरौँ मानिसको रेखदेख !
२)
मेहनतसँग दुर्घटना जोडिन्छ
प्राथमिक उपचार नदिँदा
मानवताको आधार छोडिन्छ !
३)
प्राथमिक उपचारको महत्त्व
परेकालाई गएर सोधौँ
अनि बुझिन्छ सारतत्त्व !
✍️
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
//९//
—————<•>—————
१)
मानवको जस्तो व्यवहार
घाइते अवस्थामा देखाऊँ
यही जीवनको सार ।
२)
सबै रमिता हेर्छन्
अझ भिडियो बनाउँदै
भिडभाड गर्दै घेर्छन् ।
३)
रमिता हेर्नुको साटो
घाइतेमा तुरुन्त अपनाऔँ
प्राथमिक उपचारको बाटो ।
✍️
ललिता गिरी सिन्धुली
//१०//
—————<•>—————
१)
अस्पताल जानुभन्दा पहिले
घटनाको सम्भावना घटाउन
होसियार रहनुपर्छ जहिले ।
२)
होसियारी अपनाइरहँदा बारबार
आकस्मिक दुर्घटनाहरू घटेमा
गर्नुपर्छ प्राथमिक उपचार ।
३)
अस्पताल नपुग्दासम्म बचाउन
जानेसम्मको उपचार गर्दै
बिमारी पुऱ्याऔँ जचाउन ।
✍️
गुणनिधि घिमिरे, अमेरिका
//११//
—————<•>—————
१)
आगजनी दुर्घटना हुँदा
छिटो उद्धार गरौँ
घाइते छट्पटीमा रुँदा ।
२)
घटनास्थलको नबनाई भिडियो
प्राथमिक उपचार दिन
स्ट्रेचर बोकेरै हिँडियो ।
✍️
चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ
//१२//
—————<•>—————
१)
घटनास्थलमा तुरुन्त गएर
प्राथमिक उपचार दिइयो
सेवाभावले अग्रसर भएर !
२)
पहिला अनुमति लिन्छौँ
बेहोशीमा भएको भए
मुखबाट श्वास दिन्छौँ ।
३)
उनको अवस्था हेर्छौँ
साबुनपानीले घाउलाई धोएर
सुतीको कपडा बेर्छौँ ।
✍️
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
//१३//
—————<•>—————
चाहिने प्राथमिक उपचार
व्यवस्था गरेर राखौँ
जीवनरक्षाका निम्ति उपकार ।
✍️
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
//१४//
—————<•>—————
मानव धर्म निभाउँ
प्राथमिक उपचार गरेर
घाइतेको ज्यान बचाउँ ।
✍️
अनिता कार्की, पाँचथर
//१५//
—————<•>—————
मानिस घाइते हुँदाखेरि
गर्नुपर्छ प्राथमिक उपचार
उसको अवस्था हेरी |
✍️
सरिता सेढाईं, धादिङ
//१६//
—————<•>—————
१)
कुनै दुर्घटना घटे
अस्पताल लानु पहिले
समस्या घट्छ खटे ।
२)
घटना घटेको ठाउँमा
उपलब्ध सामग्री प्रयोगले
उपचार गरिन्छ घाउमा ।
✍️
राज बहादुर बडुवाल
कनकासुन्दरि -५,जुम्ला
//१७//
—————<•>—————
१)
अस्पताल पुर्याउनु पहिल्यै
प्राथमिक उपचार गर्नु
दुर्घटनामा परेकाेलाई जहिल्यै ।
२)
बिरामीको ज्यान बचाउन
प्राथमिक उपचार गर्दै
अस्पताल लानु जचाँउन ।
३)
बुझेर पीडितकाे मर्म
साथ सहयोग गर्दा
हुन्छ सधैँ धर्म ।
✍️
राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
//१८//
—————<•>—————
१)
मानवता दर्साउँ सबैमा
प्राथमिक उपचार गरेर
समय नफालौं कबैमा ।
२)
आपसी सहयोग बढाउँ
घटना देखेको हुँदैन
जोखिममा ज्यान नचढाउँ ।
✍️
धनमाया चौधरी, कैलाली
//१९//
—————<•>—————
घटनास्थलमै हुन्छ उपचार
पहिले जिन्दगी बाँचेमा
देखिन्छ सुन्दर संसार !
✍️
आर्त अकुलीन
//२०//
—————<•>—————
क्षति न्यूनिकरण गर्नलाई
प्राथमिक उपचार गरेमा
पर्दैन बिरामी मर्नलाई ।
✍️
पद्मा काश्यप पाण्डे, मोरङ
//२१//
—————<•>—————
सही प्राथमिक उपचारले
क्षतिलाई जाेगाउन सकिन्छ
मानवीय साेच व्यवहारले ।
✍️
जी.वि.कश्यप
घाेराही,दाङ
//२२//
—————<•>—————
जीवन एउटा उपहार
खतराबाट बच्न बचाउनलाई
सिकौँ प्राथमिक उपचार !
✍️
प्रेम थापा “मन”बागलुङ
//२३//
—————<•>—————
नमानेर कत्ति घाँडो
घाइतेलाई उपचार गर्न
पुर्याउनुपर्छ है चाँडो ।
✍️
दीप गोले तामाङ – रौतहट
//२४//
—————<•>—————
आकस्मिक अवस्था आएमा
गर्नुपर्छ प्राथमिक उपचार
हामीले अवसर पाएमा ।
✍️
कला ढकाल, झापा
//२५//
—————<•>—————
१)
अस्पताल लैजाऔँ पहिले
प्राथमिक उपचार गरेर
बचाऔँ बिरामी जहिले !
२)
गरेर प्राथमिक उपचार
तत्काल अस्पताल पठाऔँ
घाइतेलाई हामी हरबार ।
✍️
रबि पाैडेल
दक्षिण भारत पाण्डेचरी
//२६//
—————<•>—————
नघटोस् घटना जहाँ
घटेमा आवश्यक पर्छ
प्राथमिक उपचार त्यहाँ ।
✍️
सतीश पण्डित
भानु६ चुँदी तनहूँ
हाल चनपा ६ मातातिर्थ
//२७//
—————<•>—————
मान्छेको उपचार गरौँ
धर्म हुन्छ जिन्दगीमा
सधैँ अगाडि सरौँ ।
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा
//२८//
—————<•>—————
सरकार बाँच्छ मागेर
जनता औषधी पाउँदैनन्
मर्छन् रुघा लागेर ।
✍️
नागेन्द्रप्रसाद यादव
//२९//
—————<•>—————
नगरे उपचार समयमा
सक्ला बन्न क्यान्सर
शुरूमै गाउँको श्वास्थालयमा ।
✍️ लोक क्षेत्री
//३०//
—————<•>—————
मानवताको पहिलो धर्म
घाइतेलाई उपचार गर्नु
मानिन्छ उत्तम कर्म ।
✍️
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
//३१//
—————<•>—————
सन्देश सुनौँ अहिले
प्राथमिक उपचार गरौँ
अस्पताल जानुभन्दा पहिले ।
✍️
सङ्गीता खरेल
काठमाडौँ
//३२//
—————<•>—————
१)
अनौठो रहेछ संसार
कति अभागीको निधारमा
हुँदैन प्राथमिक उपचार।
२)
सेवा नै मानवधर्म
प्राथमिक उपचार गर्नु
मानवको पहिलो कर्म ।
✍️
बिके मुखिया
दार्जिलिङ, भारत।
//३२//
—————<•>—————
१)
प्राथमिक उपचारकाे घनत्व
दुर्घटनाकाे बेलामा धेरै
हुन्छ यसकाे महत्व ।
२)
सतर्क सजग भएर
प्राथमिक उपचार गराैँ
घटनास्थलमा शिघ्र गएर ।
✍️
डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
//३३//
—————<•>—————
१)
जनता भोकले मर्छन्
विशेष उपचार नेताले
विदेशी अस्पतालमा गर्छन् ।
२)
जनताले सिटामोल पाएनन्
अस्पतालको कुरै नगरौँ
गाउँमा डाक्टरै आएनन् ।
✍️
कृष्ण बजगाई भक्तपुर
//३४//
—————<•>—————
जीवन जाेगाउँ सबैकाे
प्राथमिक उपचार गरेमा
जान्छ ज्यान कबैको ।
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगा बजार ।
//३५//
—————<•>—————
मानिसको सेवा गरौँ
मानवको कल्याण हेतु
सधैँ अघि सरौँ ।
✍️
जनक बिसी
दक्षिणभारत कोचिन
//३६//
—————<•>—————
१)
घाइते बिरामी धाउँछ
अस्पतालको बेडमा बसी
दुख्यो पोल्यो चिच्याउँछ ।
२)
प्राथमिक उपचार राम्रो
ओखती सामान्य हुन्छ
स्वास्थ्य बिग्रँदैन हाम्रो ।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
//३७//
—————<•>—————
१)
गरौँ गम्भीर विचार
त्यागेर दम्भ ईर्ष्या
गरौँ मनले उपचार !
२)
नपखाली मनको मैलो
हुँदैन प्राथमिक उपचार
बोकेर पापको थैलो !
३)
पुर्याऊ खानमा ध्यान
ओठ जीब्रो नबाँधे
जान्छ बेकारमा ज्यान !
✍️
ऋजु दिल्पाली(राजेन्द्र घिमिरे)
ईटहरी १ सुनसरी
//३८//
—————<•>—————
१)
हुनेगर्छ दुर्घटना यात्रामा
पहिला क्यामेरा नझिकौँ
प्राथमिक उपचारको मात्रामा।
२)
खोजौँ साधन पुर्याउन
स्वास्थ्य केन्द्रमा हतारले
घाइतेको ज्यान बचाउन ।
✍️
घनश्याम पन्त, हरिवन सर्लाही
//३९//
—————<•>—————
१)
प्राथमिक उपचार गर्नु
कर्तव्य निर्वाह गर्नलाई
सदासर्वदा अघि सर्नु ।
२)
गरौँ आकस्मिक सेवा
प्राथमिक उपचार गरेर
देऔं स्वास्थ्यमा टेवा ।
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
//४०//
—————<•>—————
१)
बाँच्नु पहिलो अधिकार
जीवन अमूल्य हुन्छ
दिउँ प्राथमिक उपचार ।
२)
चोटमा मल्हम पट्टी
ज्वरोमा पट्टी पानीको
नबढ्दै उपचार पद्धति ।
✍️
मनोहरी पौडेल
गैडाकोट १
//४१//
—————<•>—————
१)
तयारी राखौँ पहिल्यै
जतिखेरै दुर्घटना हुनसक्छ
राखौँ मलमपट्टी जहिल्यै ।
२)
नराखौँ रोगीलाई लम्पसार
बचाउनु मानवको धर्म
गरेर प्राथमिक उपचार ।
३)
यथाशिघ्र उपचार भनेकै
ससाना स्वास्थ्यकेन्द्रको स्थापना
नजिकमा राम्रो बनेकै ।
✍️
मोती योन्जन सुब्बा, दार्जिलिङ।
//४२//
—————<•>—————
१)
सेवाको गर काम
सबैलाई तिमी यहाँ
तब हुन्छ नाम ।
२)
गाउँमा छैन अस्पताल
हुँदैनन् बिरामी निको
नेताको स्वार्थी चाल ।
३)
सामाजिक सेवा राम्रो
मन हुन्छ आनन्द
कतिको मनै चाम्रो।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत
//४३//
—————<•>—————
१)
सामाजिक प्राणी भएपछि
सामान्य उपचार गर्नुपर्छ
देखेर नजिकै गएपछि ।
२)
बिरामी सामान्य देखेपछि
घरेलु उपचार गर्नु
हस्पिटलले छोड्दैन लेखेपछि ।
३)
औषधी राख्नुपर्छ घरमा
झट्ट बिरामी पर्दा
पर्नुपर्दैन अरूको भरमा ।
✍️
दुर्गा आचार्य
मोरङ
//४४//
—————<•>—————
हेर घटना घट्नेबित्तिँकै
मोबाइल तेर्साउने होइन
मानवता देखाउ निकै ।
✍️
विष्णु पंगेनी(पाण्डे)
वालिङ् -८स्याङ्जा
//४५//
—————<•>—————
१)
सेवाले धर्म हुन्छ
सुखदुःख बाडे आपसमा
सबैको मन छुन्छ ।
२)
पीडामा मलम लगाऊँ
प्राथमिक उपचार गरेर
कलियुगमा पुण्य कमाऊँ ।
३)
प्राथमिक उपचार गरौँ
अरू गर्न नसके
घाउमा मलम भरौँ ।
✍️
शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ
//४६//
—————<•>—————
सधैँ दुर्घटनाका समाचार
तयारी अवस्थामा बसौँ
गर्नलाई प्राथमिक उपचार ।
✍️
सुनगाभा पोख्रेल
//४७//
—————<•>—————
भएमा चेतनाको सार
सोचमोच गरी राखे
घरमै प्राथमिक उपचार !
✍️
सन्तु खत्री
//४८//
—————<•>—————
१)
गरौँ सबैको सेवा
आफ्नो धर्म निभाए
मिल्छ हामीलाई मेवा ।
✍️
अनिता भण्डारी, ताप्लेजुङ
//४९//
—————<•>—————
प्राथमिक उपचारको ज्ञान
भएमा मात्र पनि
बच्छ धेरैको ज्यान ।
✍️
पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
//५०//
—————<•>—————
प्राथमिक उपचार राम्रो
सबैलाई जान्न आवश्यक
ज्यान जोगिन्छ हाम्रो ।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
//५१//
—————<•>—————
सहयोगको राखौँ विचार
घाइते देख्नासाथ सबैले
गरौँ प्राथमिक उपचार ।
✍️
रुना कर्माचार्य दाहाल
चितवन
//५२//
—————<•>—————
जे भेटिन्छ घटनास्थलमा
उपचार गरी बचाऊ
घाइतेलाई उही पलमा ।
✍️
इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३
//५३//
—————<•>—————
१)
घटना घटेको ठाउॅंमा
प्राथमिक उपचार गरेर
रगत रोकौॅं घाउमा !
२)
बाँच्ने सबैको अधिकार
अस्पताल जानुभन्दा पहिला
गरौॅं प्राथमिक उपचार !
✍️
सर्मिला बोहरा,बैतडी
//५४//
—————<•>—————
अचानक घटनाको लागि
प्राथमिक उपचारमा लागौँ
मानवता ज्युँदो राखी ।
✍️
पुष्पा राई, बादेल, खाेटाङ ।
//५५//
—————<•>—————
१)
नबगोस् रगत लगातार
देखेमा कोही घाइते
गरौँ प्राथमिक उपचार ।
२)
शुरुमा घाइतेको उपचार
जीवन अमूल्य सबैको
गरौँ सही व्यवहार ।
✍️
सुस्मिता अधिकारी, काठमाडौँ
//५६//
—————<•>—————
१)
पर्दाखेरि आकस्मिक मार
घरमै दिलाऊँ बिरामीलाई
तुरुन्तै प्राथामिक उपचार l
२)
जताऊँ मानवीय व्यवहार
देख्नासाथ घाइते व्यक्ति
गरौँ प्राथमिक उपचार l
✍️
बाबुराम गौतम, गुल्मी
//५७//
—————<•>—————
अत्यावश्यक हुन्छ गाउँमा
प्राथमिक उपचार पनि
बनाउनुपर्छ हरेक ठाउँमा ।
✍️
शंकर कार्की,मकवानपुर
//५८//
—————<•>—————
१)
घरमा गरिएको उपचार
प्रभावकारी हुनाले बन्छ
स्वास्थ्य नबिग्रने आधार ।
२)
पीडितको नजिकै परौँ
दुर्घटना हुँदा घाइतेलाई
सकेसम्म सहयोग गरौँ ।
३)
अकालमा जाँदैन ज्यान
उपचारको लागि दिनुपर्छ
मान्छेले मान्छेको ध्यान ।
✍️
पृथक प्रकृति ,झापा
//५९//
—————<•>—————
१)
दुर्घटना भएको ठाउँमा
प्राथमिक उपचार गरे
रगत रोकिन्छ घाउमा ।
२)
घटना हुन्छ जब
सडकमा छट्पटाउँछ बिरामी
भिडियो खिच्छन् तब ।
३)
सहयोगी हुनुपर्छ जगत
उपचार पाए तत्कालै
रोकिन्छ बगेको रगत ।
✍️
शान्ता पौडेल भट्टराई
//६०//
—————<•>—————
१)
हुन्छ दूर्घटना गाडी
भिडियो बनाउन व्यस्त
उद्दार गर्न छाडी ।
२)
बुझेकै छैन यहाँ
प्राथमिक उपचारको मर्म
मानवता छैन जहाँ ।
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
//६१//
—————<•>—————
घाइते देखिन्छ जहिले
प्राथमिक उपचार गरौँ
अस्पताल लैजानुभन्दा पहिले ।
✍️
अमृत कोइराला
पोखरा
//६२//
—————<•>—————
१)
जनताको गर्नुपर्छ सरकार
नेताहरूकाे मात्रै होइन
नि:शुल्क प्राथमिक उपचार ।
२)
कर्तव्य बुझेर बनाैँ
सरकार ठट्टा होइन
चलाउनै नजान्नेलाई नभनाैँ ।
✍️
रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
//६३//
—————<•>—————
मर्ने गर्छन् अन्जानमा
प्राथमिक उपचार नपाएरै
आघात पर्छ प्राणमा ।
✍️
रचना शर्मा प्रतीक्षा
इमाडोल, ललितपुर
//६४//
—————<•>—————
जोसुकै दुर्घटनामा पर्दा
ज्यान जानबाट जोगिन्छ
प्राथमिक उपचार गर्दा ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६ , दोलखा ।
//६५//
—————<•>—————
१)
रमितेको घुइँचो हुन्छ
मान्छेले मानवता नदेखाए
साह्रै मन रुन्छ ।
२)
हुँदैन पछाडि हट्न
हामी सबैले सक्नुपर्छ
प्राथमिक उपचारमा खट्न ।
३)
मानिस त्यतिकै मर्छ
प्राथमिक उपचारमा खटिनु
हाम्रो दायित्वमा पर्छ ।
✍️
लक्ष्मण देउवा, डोटी
//६६//
—————<•>—————
१)
सत्कर्मतिर नै सरेमा
भन्छन् हुन्छ राम्रो
दुःखीहरूको सेवा गरेमा ।
२)
रगत बगेमा हाम्रो
गरौँ प्राथमिक उपचार
हुन्छ ज्यानलाई राम्रो ।
३)
उपचार नपाए नानी
निको हुँदैन चोटहरू
जान्छ ज्यान सानी ।
✍️
सीमा कार्की समर्पण
मेलचोकपर्सा
//६७//
—————<•>—————
१)
दुर्घटना जीवनमा पर्नसक्छ
प्राथमिक उपचारले घाइतेको
जीवनबाट जोखिम टर्नसक्छ ।
२)
गरौँ सद्भावपूर्ण व्यवहार
हुन्छ घाइतेसँगै बस्दा
हाैसला प्राथमिक उपचार ।
३)
मानवअधिकार संविधानकाे धारामा
नेता रुघाखोकीमा विदेशतिर
सिटमाेलविना जनता पारामा ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
//६८//
—————<•>—————
हुनसक्छ दुर्घटना हेर
आफ्नो ज्ञान सीपले
घाइतेलाई मायाले घेर ।
✍️
होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
//६९//
—————<•>—————
दुर्घटनामा परेका नरलाई
प्राथमिक उपचार गरेर
जिम्मा दिउ डाक्टरलाई ।
✍️
दुर्गा भट्टराई
माेरङ
//७०//
—————<•>—————
१)
आत्तिएर काम गर्दा
बिग्रने बोझ काँधमा
अरूको भरमा पर्दा ।
२)
आपतमा अपनाऔँ सदाचार
शत्रु नै होस्
गरौँ प्राथमिक उपचार ।
✍️
राजेश्वरी राजोपाध्याय
ललितपुर
dodb buzz Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing
Masalqseen I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will