
झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने लगभग ८ दर्जन झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१//
—————<•>—————
१)
डुङ्गालाई लगाउने पार
आजका यी बालबालिका
भोलिका हुन् कर्णधार !
२)
कदापि नगरौँ दुर्व्यवहार
समुचित पालनपोषण अनि
सुनिश्चित गरौँ बालअधिकार !
✍️
वसन्त अनुभव
घोराही, दाङ
//२//
—————<•>—————
साना हाम्रा बालक
सिकाउँ राम्राे कुरा
भाेलि देशका चालक ।
✍️
तारप्रसाद चापागाईँ
//३//
—————<•>—————
१)
बालबालिका भविष्यको कर्णधार
ज्ञानकाे कुरा सिकाऔँ
गर्छन् देशको हेरविचार ।
२)
बालबालिका देशको सम्पत्ति
असल शिक्षा दिएमा
देशको हुनेछ प्रगति ।
✍️
राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
//४//
—————<•>—————
१)
शिक्षा भन्छौ नाइँ
भन्नलाई देशका चालक
बालक हिँड्छन् रोइकराइ !
२)
बालकलाई ज्ञान दिनू
पढाएर बढाएर खुसीले
पछि फाइदा लिनू !
✍️
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
//५//
—————<•>—————
बालबालिका भविष्य हाम्रो
हेरचाह, गोडमेल गरौँ
अनि हुनेछ राम्रो !
✍️
दीपा समभाव
दुबेकोल खोटाङ्ग
//६//
—————<•>—————
१)
हुन् पछिल्ला सिँढी
आजका यी बालबच्चा
बनुन् असल पिँढी ।
२)
गरौँ असल व्यवहार
तिनै बालबालिका सबैका
बन्छन् भविष्यमा आधार ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछाप:-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
//७//
—————<•>—————
१)
बालबालिका भविष्यको कर्णधार
संस्कार सिकाउनु पर्छ
लगाउँछन् देशलाई पार ।
२)
राम्रो सोच बोकेर
सिकाउनु पर्छ ज्ञान
सभ्यतालाई अब तोकेर ।
✍️
बिकास छेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।
//८//
—————<•>—————
१)
बालबालिका भविष्यका सहारा
उचित मार्गदर्शन पाए
लिनेछन् देशको अभिभारा ।
२)
बनौँ असल अभिभावक
राम्रो संरक्षण गरेमा
बन्नेछन् देशकै साधक ।
✍️
देव मगर
तिनाउ-१,कचल,पाल्पा
//९//
—————<•>—————
१)
फूल पृथ्वीभरिका मालिका
शैशवावस्था र जवानी
बीचको उमेर बालबालिका ।
२)
कदर गरौँ बच्चाको
बालक एउटा नागरिक
हामीसँगै पक्का हो ।
३)
बालअधिकार सुरक्षित गरौँ
प्रत्येक बालबालिकाका दिमागमा
असल संस्कार भरौँ ।
✍️
गुणनिधि घिमिरे, अमेरिका
//१०//
—————<•>—————
१)
गर्नुपर्छ बालबालिकालाई प्यार
भोलिको देशका सारथि
नगरौँ कसैले अत्याचार ।
२)
हुन्छ खुसी अपार
यही बालक जन्मदा
घर उज्यालो परिवार !
✍️
सतीश पण्डित
भानु ६ चुँदी तनहूँ
हनल चनपा६ मातातीर्थ
//११//
—————<•>—————
१)
साना हाम्रा बालबालिका
देशको उन्नति गर्नेछन्
बनाऔँ सुन्दर तालिका !
२)
शिक्षाको बाटो खोलेर
सक्षम हामी पार्नुछ
संस्कार संस्कृति घोलेर !
✍️
कमल प्रसाद बगाले
वालिङ्ग बजार स्याङ्जा
//१२//
—————<•>—————
१)
असल ज्ञान भरौँ
बन्छन् देशको सान
बालबालिकालाई माया गरौँ ।
२)
शिक्षा राम्रो दिएर
चेतना भरौँ मनमा
सधैंँ बालबालिकालाई लिएर ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा ।
//१३//
—————<•>—————
१)
किताबका धेरै पाना
वीरता अनि साहसको
गाएर सकिन्न गाना ।
२)
गृहकार्य समयमै गर
आफूले नजानेको शब्द
सिक्न अघि सर ।
३)
बढाऔ उनको मनोबल
दण्ड अनि सजाय
होइन समस्याको हल !
✍️
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
//१४//
—————<•>—————
१//
बालबालिकालाई माया गरेर
महान योद्धा बनाउन
सघाउ लागि परेर ।
२)
देशको मुहार फेरिन्छ
बालबालिकालाई जब हामीले
कर्णधारको रुपमा हेरिन्छ ।
✍️
ललिता गिरी सिन्धुली
//१५//
—————<•>—————
भविष्यका कर्णधार बालबालिका
जारी राखौँ पढाइलेखाइ
बनाई सुन्दर तालिका !
✍️
शलिक राम दाहाल
चा न पा ३ झाैखेल
//१६//
—————<•>—————
१)
हात समाई लेखाउँ
साना यी बालबालिकालाई
असल बाटो देखाउँ ।
२)
प्रेम भाव छरौँ
चोखो मनले बालबालिकालाई
सबले माया गरौँ !
✍️
दीप गोले तामाङ – रौतहट
//१७//
—————<•>—————
१)
कुमालेको काचो माटाे
कर्णधार हुन् भविष्यका
देखाउँ सही बाटाे ।
२)
नपारौँ मगजमा असर
बालक हुन् खम्बा
बनाउन नराखौँ कसर !
३)
नमनाऔँ खाली दिवस
बालशोषण अन्त्य गरौँ
शोषकलाई पारी विवश ।
✍️
राज बहादुर बडुवाल
कनकासुन्दरि -५,जुम्ला
//१८//
—————<•>—————
बालबालिका हाम्रो सान
राम्रो शिक्षा दिलाए
बढ्छ हाम्रो पहिचान ।
✍️
धनुष न्यौपाने
जुम्ला
//१९//
—————<•>—————
बालबालिका देशका शान
लिएर उच्च शिक्षा
राख्दछन् राष्ट्रको मान ।
✍️
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
//२०//
—————<•>—————
१)
बालबालिकालाई पढाऔँ राम्रो
ज्ञानी बुद्धिजीवी बनाऔँ
कर्णधार हुन हाम्रो ।
२)
बालबालिका काचो माटाे
दिनुपर्छ शिक्षा राम्रो
हिँडाऔँ राम्रो बाटाे ।
✍️
कल्पना भण्डारी
काठमाडौँ
//२१//
—————<•>—————
१)
पढ्नमा मन लगाऊ
विद्या चाहिन्छ जीवनमा
निद्रा सबै भगाऊ ।
२)
स्कुलमा ध्यान दिनुपर्छ
विद्वान हुनकाे लागि
त्यसैले भलाे गर्छ।
✍️
नवराज भट्ट
कञ्चनपुर
//२२//
—————<•>—————
१)
बालबालिकालाई पढ्न सिकाउँ
भविष्य हुन्छ उज्ज्वल
उचित मार्गमा लगाउँ ।
२)
बालबालिका बगैंंचाका फूल
अहिले जतन गरे
बुढेसकालमा बन्छन् झुल ।
✍️
देवकृष्ण काफ्ले
//२३//
—————<•>—————
१)
बालबालिकालाई माया गरौँ
दिनलाई गुणस्तरीय शिक्षा
सदैव लागि परौँ ।
२)
बालबालिका हाम्रा काेपिला
दिएर ज्ञान सबैले
बनाऔँ अझ जोशिला ।
३)
असल संस्कार दिलाऔँ
भविष्य सुनिश्चित पार्नलाई
ज्ञानका रस पिलाऔँ ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
//२४//
—————<•>—————
बालबालिका हुन् कर्णधार
असल मार्ग पहिल्याउनलाई
सिकाऔँ असल व्यवहार ।
✍️
प्रेम थापा “मन”बागलुङ
//२५//
—————<•>—————
१)
कस्तो बनाउने कालिगढ
समग्र देशलाइ उचाल्ने
नगरौँ बालबालिकामाथि खेलवाड
२)
नपसोस् प्रभाव अशान्तिको
पुस्तौँका कोपिला मास्न
अन्धविश्वास र भ्रान्तिको ।
✍️
लोक क्षेत्री
//२६//
—————<•>—————
बालबालिका ज्ञानका ज्योति
राम्रोसँग शिक्षा दिउँ
भविष्यका कर्णधार माेती ।
✍️
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम
हाल भारतबाट ।।
//२७//
—————<•>—————
आजका कर्णधार भएर
भोलि कहाँ पुग्नेछौ
दुःख कष्ट सहेर ।
२)
सम्हाल्छौ बुबाको काँध
सङ्घर्षको मैदान धेरै
समस्या समाधान बाँध ।
३)
बालबालिका बाँच्न पाउन
आफूखुशी रम्दै खेल्दै
अधिकारमा धेरै रमाउन ।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
//२८//
—————<•>—————
१)
आजका साना कोपिला
भोलि राष्ट्रलाई हाक्ने
कर्मठ योद्धा जोशिला ।
२)
हाँसन सकुन् खुलेर
शिक्षाको ज्योति अङ्गाली
नजाउन् देश भुलेर ।
३)
भोलिका तारा चम्किला
फक्रन देऊ फुलेर
कलिला साना कोपिला ।
✍️
विवश पारदर्शी
झापा
//२९//
—————<•>—————
१)
बालबालिका हुन् जीवन
जिन्दगीका माया ममता
आँखाका नानी कञ्चन ।
२)
गरौँ सबैले सम्बर्धन
भविष्य सुन्दर बनाउन
बच्चाको गर्दै समर्थन ।
✍️
कविराज घिमिरे
//३०//
—————<•>—————
बालबालिका भोलिका तारा
पढ्न दिनुहोस् अहिले
बोक्नेछन् देशको अभिभारा ।
✍️
चुडामणी देबकोटा
पुरानो नैकाप काठमाण्डौ
//३१//
—————<•>—————
१)
अपार मायाका खानी
बुढेसकालका सहारा हाम्रा
दुई आँखाका नानी ।
२)
असल अभिभावक जनाऔँ
देश बनाउने चालकको
भविष्य राम्रो बनाऔँ ।
३)
गरेमा उनीहरुमाथि अत्याचार
कर्तव्यबाट विमुख हुँदै
बन्छन् दुर्व्यसनीको शिकार ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
//३२//
—————<•>—————
बालबालिका लेख पढ
अनुपम कर्म गरेपछि
भविष्यमा अगाडि बढ !
✍️
आर्त अकुलीन
//३३//
—————<•>—————
१)
बालबालिका घरको सुकुन
घरबार हुन्छ उज्यालो
सिकाउँदा सदाचार गुण ।
२)
बाबुआमा गुरुजनको जिम्मेवारी
असल शिक्षा दिएर
बालबालिका बन्छन् शिष्टचारी ।
३)
दिन उघ्रिदैँछ घमाइलो
आउँदैछ चाडपर्वको मौसम
बालबालिका गर्लान् रमाइलो ।
✍️
मोती योन्जन सुब्बा, दार्जिलिङ ।
//३४//
—————<•>—————
बालबालिका भविष्य हाम्रो
दिएर नैतिक शिक्षा
बनाऔँ राष्ट्र राम्रो ।
✍️
सुस्मिता अधिकारी ,काठमाडौँ
//३५//
—————<•>—————
सबैका प्यारा बालबालिका
ममता दिएर हुर्काऔँ
सुन्दर फल डालीका ।
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगाबजार।
//३६//
—————<•>—————
बालबालिकालाई माया गर्नु
कर्णधार हुन् देशका
हेरचाहमा अघि सर्नु ।
✍️
कृष्ण बजगाई, भक्तपुर
//३७//
—————<•>—————
१)
मिलाएर शुभ समयतालिका
समुचित शिक्षादीक्षा दिलाऊँ
सबल बन्नेछन् बालबालिका l
२)
गाउँ अनि नगरपालिका
बालअधिकारको प्रत्याभूती देऊ
पथभ्रष्ट हुँदैछन् बालबालिका l
✍️
बाबुराम गौतम, गुल्मी
//३८//
—————<•>—————
१)
आजका हाम्रा बालबालिका
देशका हुन् भविष्य
नपरुन् फन्दामा जालीका ।
२)
कमलो हृदयका कर्णधार
जस्तो शिक्षा दिन्छौँ
उस्तै बनाउँछन् व्यवहार ।
✍️
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
//३९//
—————<•>—————
१)
बालबालिका सुन्दर सानाेमा
ममता अनि प्रेमले
लुकाऔँ अङ्गालोकाे छानाेमा ।
२)
बालश्रमकाे बिराेध गराैँ
शाेषणमुक्त सभ्य समाज
बनाउन चेतना भराैँ ।
✍️
रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
//४०//
—————<•>—————
१)
सानासाना बालक मानी
रक्षा गरेकामा हामीलाई
बन्नुपर्छ भोलि दानी ।
२)
हातमा किताब दिएर
बालबालिकालाई गरे संरक्षण
पढनेछन् मनमा लिएर ।
३)
जगाउनु मनमा भावना
आजको बिशेष दिनको
सबैलाई छ शुभकामना ।
✍️
दुर्गा आचार्य
मोरङ
//४१//
—————<•>—————
१)
नारामा सिमित भयो
बालबालिका संरक्षण गर्ने
सरकार कता गयो ?
२)
अनेक चाहना हाम्रो
साना बालबालिका यी
भोलिका सारथि राम्रो ।
✍️
कला ढकाल झापा
//४२//
—————<•>—————
१)
आजका हाम्रा बालबालिका
पढ्नुपर्छ तिमीहरू सबै
बनाएर राम्ररी तालिका ।
२)
बालबालिका देशका कर्णधार
थपिदिनु हुँदैन यिनलाई
अनावश्यक घरायसी भार ।
✍️
डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची ।
//४३//
—————<•>—————
१)
सबै अघि सरौँ
बालबालिकालाई आफ्नो अधिकारबाट
कहिले बन्चित नगरौँ ।
२)
बालबालिकाको सुरक्षा गर्नुपर्छ
बालशोषण अन्त्य गर्न
सबै अघि सर्नुपर्छ ।
✍️
अनिता भण्डारी ताप्लेजुङ
//४४//
—————<•>—————
१)
नहोस् अभाव अवसरको
कोपिला हुन् बालबालिका
फक्रेर आउन् चराचरको !
२)
संस्कार दिएर हुर्काउनु
बालबालिकाले भूल गर्ला
औधी गरेर नफुर्काउनु !
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
//४५//
—————<•>—————
१)
बालिका घरको शान
राख्छिन् यिनले सधैँ
बाबु, आमाकाे मान ।
२)
बालक देशको कर्णधार
जिम्मेवारी छ काँधमा
नबस्नु भई मझधार ।
✍️
विनोद खाती
मिरिक
//४६//
—————<•>—————
शिशुहरूलाई माया गर
दुनियाँलाई कसरी बुझाउने
सबैमा ममता भर ।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
//४७//
—————<•>—————
नपरोस् अनिष्टको छाया
भविष्यको कर्णधार बालबालिकालाई
दिउँ हौसला माया ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६ , दोलखा
//४८//
—————<•>—————
कलिला उमेरका बाबुनानी
हुन्छन् खुल्ला दिलको
सबैसँग हाँसिरहने बानी ।
✍️
सुनगाभा पोखरेल
//४९//
—————<•>—————
१)
बालबालिका भोलिका सार
जसले जेसुकै भनुन्
यिनमै रहन्छ आधार ।
२)
बालबालिकाको स्याहार
उज्वल भविष्य बनोस्
गरौँ सबैले पुकार ।
✍️
होमप्रसाद नेउपाने
धरान,सुनसरी
//५०//
—————<•>—————
घरबाट सुरू गरौँ
बालबालिकालाई संस्कार सिकाउन
परिवार अघि सरौँ ।
✍️
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ,भारत
//५१//
—————<•>—————
देश विकासका आधार
तिनै कलिला मुना
भविष्यका हुन् कर्णधार ।
✍️
तोया नाथ चापागाईं
दमक ३, झापा
//५२//
—————<•>—————
१)
बालक देशको कर्णधार
उनिहरूलाई पढाई लेखाई
बनाउँ सबले होनहार !
२)
सक्षम विवेकशील बनाउँ
राम्रो संस्कार दिई
आफ्नो सक्षमता जनाउँ ।
✍️
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा
//५३//
—————<•>—————
१)
नखोसियोस् बाँच्ने अधिकार
कसैले कहिल्यै नबनाऔँ
बालबालिकालाई भेदभावको सिकार ।
२)
आत्मसम्मान कायम रहोस्
बालबालिकाको बुझ्नुपर्छ भावना
पराईको भर नपरोस् ।
३)
स्वास्थ्य उपचारको खाँचो
ध्यानाकर्षणको विषय बनोस्
हुन्छन् नाजुक काँचो ।
✍️
पृथक प्रकृति, झापा
//५४//
—————<•>—————
१)
नाम राख्ने थिएँ
समाजमा आफ्नो आमाबुबाको
बालबालिकालाइ उच्चशिक्षा दिए ।
२)
ज्ञानगुण सधैँ भरौँ
टुहुरा बालबालिकालाई हामीले
सक्दो सहयोग गरौँ ।
✍️
वेल थोकर तामाङ
बकैया_८ // बस्तिपुर,, कर्माया // मकवानपुर
//५५//
—————<•>—————
उज्यालो प्रभात नानीहरू
देशका भविष्य जोगाउन
जेल हुलौँ बलत्कारीहरू ।
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा
//५६//
—————<•>—————
बुझ्नुपर्छ कुराकाे सार
आजका नानी बाबुहरू
भाेलिका हुन् कर्णधार ।
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
//५७//
—————<•>—————
१)
नजाऊ छोडेर तिमी
इन्द्रेणी जुनकिरी सबै
उज्यालो छ रिमिझिमी !
२)
चौतारी बिसौनी रुन्छन्
प्रीतिका गीत गजल
हाम्रै साझा हुन्छन् ।
✍️
घनश्याम कोइराला
//५८//
—————<•>—————
माटोलाई आकार दिन
ममता चाहिन्छ साँचोको
सकिन्छ शीतलता लिन ।
✍️
नागेन्द्रप्रसाद यादव
//५९//
—————<•>—————
आज छौँ सानासाना
हुनेछौँ भोलि ठूलो
कोर्छौँ विकासका पाना ।
✍️
साहित्य प्रेमी सुशील
धनगढी
//६०//
—————<•>—————
बालबालिका अघि बढ्छ्न्
दिनुपर्छ माया हौसला
सफलताको शिखर चढ्छन् ।
✍️
विष्णु पंगेनी (पाण्डे )
वालिङ स्याङ्जा
//६१//
—————<•>—————
१)
राखौँ है शुभभावना
बालदिवस पर्व आज
सफलताको गरौँ कामना ।
२)
बालबालिका कच्चा माटो
मायाले सिँचित गरौँ
देशका हुन् पाटो ।
३)
स्वच्छ भावनाका हुन्छन्
राम्रो पालनपोषणले तिनी
सुन्दर भविष्य बुन्छन् ।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
//६२//
—————<•>—————
१)
बालबालिकाको कुरा गरेर
वर्ष बितेर जान्छ
सधैँ निरासा भरेर ।
२)
उनीहरू निश्चिन्त छैनन्
मात्र बालअधिकारका कुराले
भविष्य कोर्ने हैनन् ।
३)
हरेक बालबालिका कर्णधार
देश यीनैले बनाउँछन्
सरकारको लगानी आधार ।
✍️
पुष्पा राई, बादेल, खाेटाङ ।
//६३//
—————<•>—————
१)
बालबालिकालाई भेदभाव नगरौँ
बाँच्ने आधारहरू चाहिन्छ
ज्ञानका शिक्षादीक्षा भरौँ !
२)
बालबालिका शोषणमा परेर
भविष्यमा जान्छन् डिप्रेसनमा
राखौँ संरक्षण गरेर ।
३)
अहिले नानीहरू बालक
भविष्यमा बन्नेछन् कर्णधार
देशलाई हाँक्ने चालक !
✍️
बेदु न्यौपाने
//६४//
—————<•>—————
बालबालिकाको नैसर्गिक अधिकार
दिनुपर्छ बुझेर सबैले
सुनौलो हुन्छ संसार ।
✍️
सङ्गीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
//६५//
—————<•>—————
बालबालिका भोलिका कर्णधार
जाेगाउँ हुर्काउँ सबैले
हुन् बुढेसकालका आधार ।
✍️
दुर्गा भट्टराई
मोरङ
//६६//
—————<•>—————
१)
भोलिका कर्णधार बालबालिका
रहरलाग्दा कोपिला सुन्दर
प्रतिभाका नयाँ तालिका ।
२)
आकाशका उज्ज्वल तारो
सदैव अँध्यारो मेटाउने
विवेक नहोस् थारो ।
✍️
अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
//६७//
—————<•>—————
१)
आजका निर्दोष बालक
सत्कर्मको ज्ञान दिऊँ
बन्छन् मातृभूमिका चालक ।
२)
सुगन्धित फूल वागका
बालक देशका शक्तिपुञ्ज
ज्योति अमर रागका ।
✍️
ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
ईटहरी १ सुुनसरी ।
//६८//
—————<•>—————
फूलहरू जस्तै मालिका
देशका कर्णधार हुन्
आजका यी बालबालिका ।
✍️
पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
//६९//
—————<•>—————
१)
बालबालिका भोलिका कर्णधार
खाना, स्वास्थ्य, शिक्षा
पाउनु उनको अधिकार ।
२)
हामीबाट सिक्छन् बानी
काँचो माटो हुन्छन्
हाम्रो बाबु नानी ।
✍️
रुना कर्माचार्य दाहाल
चितवन
//७०//
—————<•>—————
१)
रत्न बालबालिका कर्णधार
राष्ट्र अनि परिवारका
बनाउनु प्रेमले अपार ।
२)
घर पहिलो पाठशाला
शिक्षा दिँदा औपचारिक
बच्चामा ज्ञानको माला ।
३)
बन्दछ संस्कारी सिपालु
घर देश सजाउने
असहाय दुःखीप्रति कृपालु ।
✍️
मनोहरी पौडेल
गैडाकोट १
//७१//
—————<•>—————
बालशोषण हो अपराध
नगर्नू कसैले पनि
तोडेर कानुनको साँध ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
//७२//
—————<•>—————
१)
बालबालिका देवता झोलिका
गरौँ अगाध स्नेह
कर्णधार हुन् भोलिका ।
२)
बालदिवस रहेछ भोलि
हकअधिकार पाउन् सबैले
रमाउन् मन खोली ।
✍️
ममता पौडेल
बुढीगङ्गा -२ , मोरङ
//७३//
—————<•>—————
१)
भोलिका सुन्दर सपना
शिक्षाले दिनुपर्छ दर्शन
रहिरहन्छ मनमा जपना ।
२)
आशाका सुन्दर फूलहरू
फुलाउन सके फूलबारीमा
हटाउँछन् राष्ट्रका शूलहरू ।
३)
जगाउँ हौसला दिएर
आशाका हाम्रा दीपहरू
सुमार्ग असल लिएर ।
✍️
घनश्याम पन्त, हरिवन सर्लाही
//७४//
—————<•>—————
१)
बालबालिका हुन् कोपिला
नफक्रिँदै चुड्नु हुँदैन
भोलिका हुन् जोसिला ।
२)
अधिकारबाट बन्चित नगरौँ
गिलो माटो हुन्
समयमै रङ्ग भरौँ ।
✍️
धनमाया चौधरी
//७५//
—————<•>—————
१)
बालबालिकामा गरौँ लगानी
शिक्षा दिएपछि हेर
हुनेछैन कदापि हानी ।
२)
बालबालिकालाई बराबर अधिकार
पढ्ने लेख्ने बेला
भविष्यकाे सुनिश्चित आधार ।
३)
बालदिवस सफल पाराैँ
हातमा हात राखेर
हामी अगाडि साराैँ ।
✍️
श्रीकृष्ण धामी – बझाङ
//७६//
—————<•>—————
बालअधिकारको यो खेल
सरकार बन्द गरिँदे
आउला बाढी भेल ।
✍️
मोहन आचार्य
पाँचथर
//७७//
—————<•>—————
१)
भाेलिकाे सपना बालबालिका
विदेश पठाउन राेकिएन
बनाई वैदेशिक तालिका ।
२)
बालबालिका सन्तान हाम्रो
उनीहरू भविष्यको कर्णधार
व्यवहार सिकाओैँ राम्रो ।
✍️
रामप्रसाद पुरी, बादेल, खाेटाङ
//७८//
—————<•>—————
बालबालिका कर्णधार भोलिका
उचित शिक्षा सँगसँगै
संस्कार सिकुन् बोलिका ।
✍️
समुन्द्रा शर्मा
सुनसरी
//७९//
—————<•>—————
१)
बालबालिकाको गराैँ आशा
शिक्षामा लगानी गरे
हुनुपर्दैन भोलि निराशा ।
२)
ज्ञानको श्रोत शिक्षा
उज्ज्वल भविष्यको लागि
दिनुपर्छ बालबालिकालाई दीक्षा ।
✍️
जयनारायण नेपाल
इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर
//८०//
—————<•>—————
१)
बालबालिका गहना घरका
मायाले उठ्छ शिर
कहिल्यै नसम्झाै परका ।
२)
बालबालिकाकाे बुझाैँ कुरा
यातनाले टाढिन्छन सधैँ
हुँदैन जीवन पूरा ।
✍️
हिरालाल न्याैपाने
बानपा ८काेटमाैला, सल्यान
//८१//
—————<•>—————
बालबालिका बनुन् आधार
देश अनि आमाबाबुको
गरुन् सधैँ हेरविचार !
✍️
सन्तु खत्री
//८२//
—————<•>—————
१)
देशमा छाउँदैन अन्धकार
दिएमा राम्रो शिक्षा
बन्छन् भविष्यका कर्णाधार ।
२)
चेतनाको सुगन्ध छरी
फैलाउँछन् शिक्षाको बास्ना
आफैँले परिश्रम गरी ।
३)
उज्यालो बन्छ घर
बाँच्दछन् स्वाभिमानी बनी
बर्सन्न दुःखका कहर ।
✍️
सीमा कार्की समर्पण
मेलचोक पर्सा
//८३//
—————<•>—————
१)
बालबालिका काँचो माटो
हामी अविभावक भएर
लगाउनुपर्छ सही बाटो ।
२)
चुकाउँदैनन् हाम्रो बोली
बालबालिकाले देशका लागि
केही गर्छन् भोलि ।
✍️
लक्ष्मण देउवा, डोटी
//८४//
—————<•>—————
१)
केन्द्र, प्रदेश, पालिका
बालबालिकालाई छुट्याउ बजेट
भोलिका कर्णधार बालबालिका ।
✍️
बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
//८५//
—————<•>—————
बालबालिकालाई दिउँ शिक्षा
स्वावलम्वी बनुन् आफैँ
नमागुन् कसैसँग भिक्षा ।
✍️
उर्मिला के.शी.
धनकुटा
//८६//
—————<•>—————
१)
बालबालिका भविष्यका पूर्वाधार
संस्कारले सुसज्जित बनाउनु
बाेक्छन् देशकाे भार ।
२)
बालबालिका काँचो माटाे
दिएर उचित शिक्षादीक्षा
हिँडाउँ राम्राे बाटाे ।
३)
बालबालिका सक्षम नभएमा
हुन्न देशकाे उन्नति
सन्तति विदेश गएमा ।
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे।
//८७//
—————<•>—————
हनन् नहाेस् अधिकार
असल संस्कार दिउँ
बन्छन् भाेलिका कर्णधार ।
✍️
काेपिला अधिकारी
गाेरखा
//८८//
—————<•>—————
१)
विद्यालय जान वञ्चित
बालबालिकाको अधिकार नारामै
भाषण भयो अतिरञ्जित ।
२)
बालक श्रमिक घरमा
भाषण गर्दै नेता
कसरी बस्ने भरमा ।
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
//८९//
—————<•>—————
१)
दमन थिचोमिचो नगरौँ
बालअधिकार जानौँ हामी
अबोधमा शिक्षा भरौँ !
२)
मनको मैलो भगाऊँ
बालबालिकाको कोमल मस्तिष्कमा
असल भावना जगाऊँ !
३)
कणकणमा देवको बास
बालबालिकाको पीडा बुझी
जगाऊँ उनीहरूमा आस ।
✍️
शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
—————<•>—————
Blue Techker I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will