झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न

  • १७ भाद्र २०८१, सोमबार २०:२१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>—————
    समस्यासँग खेल्दै जुहारी
    हरदम चलिरहन्छ्न् पिता
    बोकी काँधमा जिम्मेवारी !
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    —————<•>—————
    पहिलो भगवान् पिता
    परिवारका वरिष्ठ गुरु
    पावन ग्रन्थ गीता ।
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    पिताको मर्म बुझेर
    सम्मान् गर्न सिकौँ
    पसिनामा आफू रुझेर ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    बाबाले ढाल बनेर
    हरेक दुःख सहे
    नभुलुन् बाटो भनेर ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    —————<•>—————
    सुन्दर संसार देखाउने
    भगवान् हुन् पिता
    साँवा अक्षर लेखाउने ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    तिम्रै छहारीमा बढाई
    संस्कार सिकायौ बा
    संसार देखायौ पढाई !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    —————<•>—————
    बुवा गृहस्थीको मर्म
    सुखदु:खमा हुन्छ धैर्यता
    तत्परतामा गर्ने कर्म ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    नदेउ कहिले दुख
    सम्मान गर सधैँभरि
    त्यहीँबाट हुन्छ सुख ।
    ✍️
    शंकर कार्की,मकवानपुर।
    —————<•>—————
    विश्वभरिका बुवाहरूलाई सम्मान
    हार्दिक शुभकामना कुसेऔँसीको
    सुखशान्ति दिनरात साँझबिहान ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    खुलेर जीउन सिकाए
    आफूले खाई नखाई
    शिक्षामा सधैँ जिताए ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    तिम्रा पिल्सिएका हातहरू
    बन्यो जीवनको आधार
    दीर्घ रहुन् साथहरू !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    —————<•>—————
    बुबा घरको छानो
    सन्तानलाई ओत दिई
    जुटाउॅंछन् दिनहुँ मानो ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    —————<•>—————
    नदेउँ पितालाई दुख
    गरौँ सधैँ सम्मान
    दिएर खुसी सुख ।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
    कालेबुङ
    —————<•>—————
    प्रेरणाका बहुमूल्य गजुर
    सुमार्गमा हिँड्दैछु बाबा !
    सम्झनाको कन्दरामा हजुर ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    घरको खाँबो उनी
    सधैँ आदरसम्मान गरौँ
    उनको आज्ञा सुनी ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ।
    —————<•>—————
    बुवालाई नदेउँ दुख
    आशिष मिलेमा उनको
    भविष्यमा मिल्छ सुख ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    आफ्नो पैताला फुटाएर
    सधैँ छोराछोरीकै निम्ति
    ल्याउनुभयो खानेकुरा जुटाएर ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    सुख बाबुलाई देऊ
    संसार सानो छ
    दुःख तिमी लेऊ ‌।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    —————<•>—————
    बनेर शितल छहारी
    सन्तानको दु:ख ओत्छन्
    आफ्ना इच्छा मारी l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    सिकाउनुहुन्न झुठा बात
    भगवान मान्छु बाबुआमालाई
    साथमा रहन्छु दिनरात ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    औँला समाई हिँडायौ
    कठिन जटिल गोरेटोमा
    पिताजी संघर्षमा भिँडायौ ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    पानी मिठो कुवाको
    अनुशरण गरौँ सधैँ
    हामी सबैले बुबाको ।
    ✍️
    दीप गोले तामाङ – रौतहट
    —————<•>—————
    बुवाकाे सम्मान गर
    उनकाे संरक्षणमा पालियौ
    उनकाे सेवामा मर ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>—————
    सन्तानको बलियो काँध
    सधैँ हौसला दिने
    बुवा हुन् बाँध ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    उर्जाका स्रोत पिता
    संघर्षका हुन् सारथि
    सन्ततिका साक्षात् गीता ।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    पिता ज्युदो भगवान
    औशी मात्र नभनी
    गरौँ सधैँ सम्मान ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    सरणमा हामी परौँ
    बुवा हाम्रा भगवान
    सधैँ सम्मान गरौं ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    बुबाकाे बुझाै दुख
    परिवार सदा रमाउँदै
    पाउँछाै जीवनमा सुख ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान।
    —————<•>—————
    सन्तानलाई अमृतवाणी पिलाई
    पथमा लम्काउने सदा
    माटोमा पसिना मिलाई !
    ✍️
    राज बहादुर बडुवाल
    जुम्ला
    —————<•>—————
    जरालाई नबिर्सौं शाखाले
    बुबाको मुख हेरौँ
    अन्तर्मनको स्वच्छ आँखाले ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    मन चङ्गा हुन्थ्यो
    सिरमा उनको स्पर्सले
    पीडामा उनीसँगै रुन्थ्यो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    खन्छु अवश्य कुवा
    भएर अब प्रतिबद्ध
    सधैँ बाँच्छु, बुवा !
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    बाबा साच्चै महान्
    आँट भरोसाको केन्द्र
    मेरा लागि भगवान् ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ
    सोलुखुम्बु
    —————<•>—————
    गुणकाे माला उनेर
    बुवाकाे गलामा पहिर्‍याउँ
    मनले श्रद्धा अर्पेर ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँलप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    —————<•>—————
    सकेनछ भावीले लेख्न
    भाग्यमा रहेनछ मलाई
    बुबाकाे अनुहार देख्न ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    —————<•>—————
    माया गरौँ जिउँदैमा
    निरास नपारौँ कहिल्यै
    खुवाउँ मीठो हुँदैमा ।
    ✍️
    धनमाया चौधरी
    कैलाली
    —————<•>—————
    हेर्ने बुवाकाे मुख
    जन्मदाता भगवान हुन्
    नदिउँ कहिले दुख !
    ✍️
    गाेपालप्रसाद दाहाल
    दमक-५ झापा
    —————<•>—————
    मार्गदर्शक उनको मुहार
    नलानू बुबालाई बृद्धाश्रम
    बृद्धावस्थामा देऊ गुहार ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    बुबा तिम्रो आशिर्वाद
    त्यति भए पुग्छ
    मलाई आजीवन साथ ।
    ✍️
    ईश्वर साउद(भिक्षु )
    रामाराेसन गाउपलिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    तिमीलाई भगवान मान्छु
    सधैँ बनोस् आशिर्वाद
    मनको धड्कन ठान्छु ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    दु:ख मैलो धुने
    भएको दिएर सन्तानलाई
    आफू रित्तिनु हुने ।
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    बुवा घरको छानो
    हरेक समस्या झेलेर
    जोगाई ख्वाए मानो !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    रमाई उनका सन्सारमा
    खेलेँ हाँसेर खाएँ
    जाे थियो भन्सारमा ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    —————<•>—————
    बुबालाई वचन दिएँ
    मानवता खोज्छु भनी
    आशीर्वाद थाप्लोमा लिएँ ।
    ✍️
    लक्ष्मी रिजाल
    रुपनगर, सप्तरी, मधेश, नेपाल
    —————<•>—————
    बुवा जिउँदो भगवान
    सन्तानको रक्षा गर्ने
    सधैँ गरौँ सम्मान ।
    ✍️
    वेल थोकर तामाङ
    बकैया ८ // कर्माया/ मकवानपुर
    —————<•>—————
    पराइ जस्तै सम्झिन्छन्
    बुवाकै अगाडि छोरीलाई
    दाजुभाइ किन तर्सिन्छन् ?
    ✍️
    सुनगाभा पोखरेल
    —————<•>—————
    कुरा धेरै काट्छन्
    घरमा बा नभएकोले
    आफन्तले पनि ढाट्छन् ।
    ✍️
    कला ढकाल
    —————<•>—————
    सदा पितालाई हेरौँ
    केवल औँसीमा होइन
    उहाँका मर्यादा नफेरौँ ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>————–
    सृष्टिको रचना गर्ने
    परिवारको खम्बा पिता
    जीवनको रङ्ग भर्ने ।
    ✍️
    कृष्ण बजगाई
    भक्तपुर
    —————<•>—————
    भन्छन् बाबा गगन
    परिवारलाई पाल्न उनले
    लाउँछन् आफ्नो तन ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    पिता छन् देवतातुल्य
    हुन् सन्ततिका धरोहर
    हुन्न उनको मूल्य ।
    ✍️
    जयनारायण नेपाल
    इलाम , हाल सूर्यविनायक २
    बालकोट ,भक्तपुर ।
    —————<•>—————
    प्रेरणाका स्रोत पिता
    उच्च सम्मान राख्दछ
    भागवत ग्रन्थ गीता ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    घरमा खुसीको मेला
    बाबाले ल्याउनु हुन्छ
    लुकाउँदै हातको ठेला ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    ईश्वर हुन् बुवा
    आजकल म भएँ
    एकदमै स्वार्थी बटुवा !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    पीडाका भेलहरू रोकी
    बुवाले सत्मार्गमा डोर्‍याए
    दु:खका पहाडहरू बोकी ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    बाबा सात समुद्रपारि
    जानुभयो घर छोडेर
    बोकेर रिनको भारी !
    ✍️
    सर्मिला बोहरा, बैतडी
    —————<•>—————
    घाम लाग्यो घमाइलो
    बाबाको मुख हेर्दा
    हुन्छ साह्रै रमाइलो ।
    ✍️
    अनामिका
    —————<•>—————
    दिनुपर्छ उच्च सम्मान
    सम्झेर सबै सन्तानले
    उहाँले दिएको योगदान ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    —————<•>—————
    नभनी आफ्नो दुख
    काँडामा टेकेर पनि
    दिन्छन् सधैँ सुख ।
    ✍️
    नन्दा धामी
    नौगाड दार्चुला
    —————<•>—————
    बुवाको बलियो काँध
    संसारको सारा दु:ख
    रोक्ने सुन्दर बाँध ।
    ✍️
    वि के मुखिया
    दार्जिलिङ, भारत
    —————<•>—————
    समाउने पाइनँ हात
    वाल्यकालमै गुमाएँ बाबा
    रोएर बित्दछन् रात !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    —————<•>—————
    चाउरी परेको मुख
    राम्ररी हेरविचार गरौँ
    नदिई कुनै दुख ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    धमिलो पानी कुवाको
    सुकेर जान्छ घामले
    गर्छु सेवा बुवाको !
    ✍️
    बिधुत गुरुङ
    गोरुबथान भारत
    —————<•>—————
    बाबुु शिरकाे टाेपी
    सन्तति रक्षा खातिर
    राख्ने समस्या छाेपी ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    शिक्षाको ज्ञान छरिदिने
    महान् हुन् पिता
    मनमा शान्ति भरिदिने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    —————<•>—————
    अभावको जिन्दगी जिउँछन्
    सन्तानलाई खुसी राख्न
    आफू आँसु पिउँछन् ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    छैन चामल घरमा
    कसरी चलाउनु घर
    त्यो ज्यालाको भरमा ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>—————
    बाबा खम्बा घरका
    बुझ्नेलाई यथार्थ कुरो
    उनै हुन्छन् भरका ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    पर्दा विरामी साथमा
    हुँदैन है कोही
    सेवा गर्ने गाथमा ।
    ✍️
    लोक बहादुर क्ष्रेत्री
    —————<•>—————
    धेरै गर्नुभयो दुख
    बाबा हजुरलाई सधैँ
    दिनेछौँ हामीले सुख ।
    ✍️
    अनिता कार्की
    पाँचथर
    —————<•>—————
    पुगोस् मनको चाहना
    सबै नेपाली बन्धुहरूलाई
    कुसेऔँसी छ शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>—————
    बुवाको आशीर्वाद लिन
    मलाई माफ गरिदिनुस्
    यसपालि आउन सकिनँ ।
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    आशिष लाग्दै जाओस्
    धर्तीले बिदा गरेपछि
    स्वर्गमा बास होस् !
    ✍️
    लक्ष्मण देउवा डोटी
    —————<•>—————
    बुबाकाे परलाेकमा बास
    टुहुराे भइयाे छिट्टै
    औँसी लाग्दैन खास ।
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    बुबाको त्यो काँध
    छैन कम्जोर पक्कै
    भन्दा कुनै बाँध ।
    ✍️
    अमृत कोइराला
    पोखरा
    —————<•>—————
    सम्झदा खस्दछ्न् ढिका
    बुवाको सामु अरू
    सम्बन्ध लाग्दछ फिका !
    ✍️
    साहित्य प्रेमी
    धनगढी
    —————<•>—————
    चारैतिर घुम्छन् आँखा
    खोज्दै न्यानो काख
    बुवा डुलेको पाखा ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी ।
    —————<•>—————
    वर्षको मात्र एकदिनमा
    सजाएर यो मुहारपुस्तिका
    हुँदैन सम्मान छिनमा ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    सिकाउनुहुन्न झुठा बात
    भगवान मान्छु बुबालाई
    साथ रहन्छु दिनरात ।
    ✍️
    सतिश पण्डित
    —————<•>—————
    छैनन बुवा जस्ताे
    काेही पनि संसारमा
    कसैले नमानाैँ सस्तो !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा !
    —————<•>—————
    फुटेका कुर्कुच्चा हेर
    फेसबुकमा फोटो होइन
    बाबाको दिनचर्या फेर !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    भदाैकाे मास छायाे
    आज कुसेऔँसी आउँदा
    बाबाको याद आयाे ।
    ✍️
    भवानी पोखरेल( बाबु बिराज)
    बाणगंगा १ जितपुर कपिलवस्तु
    —————<•>—————
    बुबाको मुख हेर्नू
    नपर्खनू त्यो कुसेऔँसी
    सधैँ मायाले बेर्नू ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा-२ , मोरङ
    —————<•>—————
    बालाई राखौँ मनमा
    जिउँदो देउता हुन्
    सन्देश दिउँ जनमा ।
    ✍️
    सविता भट्टराई
    जनकपुरधाम
    —————<•>—————
    नक्कली आँसु नझार
    जाऊ आँसु पुछ्न
    मुखले ठिक्क नपार ।
    ✍️
    शम्भु गजुरेल
    —————<•>—————
    बाबा आँखाको दृष्टि
    आमा हुन् जन्मदाता
    अडेको छ सृष्टि ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————

    2 thoughts on “झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न

    1. Somebody essentially help to make significantly articles Id state This is the first time I frequented your web page and up to now I surprised with the research you made to make this actual post incredible Fantastic job

    Leave a Reply