समर्पण रम्जान !

जेद्दा साउदी अरब ! नेपाली युवा क्लब जेद्दाद्वारा ईस्लाम धर्मावलम्बीको महान पर्व इदको पावन अवसरमा गत १० अप्रेल बुधबार राती जेद्दाको सनैयामा आयोजित भलिबल प्रतियोगितामा लुलु हाइपरमार्केट टिम बिजेता र ग्लोबल आइएमइ टिम उप बिजेताको ट्रफी उचाल्न सफल गरेको छ ।
८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा ५०० इन्ट्री फि रहेको थ्यो भने प्रथम हुनेलाइ १७०० रियल र दोस्रो हुनेलाइ १३०० पुरस्कार का साथमा ट्रफी र मेटल ले सम्मान गरिएको थियो ।
पुरस्कार वितरणमा आयोजक टिम नेपाली युवा क्लबका सन्तोष बि.क र मन्जुर अलि मियाँ ले हस्तान्तरण गरेका थिए ।